हाम्रो साइनिङ पाथ - क. बसवराज

क. बसवराज - राज्यविहीनहरुको मशाल !

जो कहिल्यै निभेको छैन -

हरेक आदिवासी, उत्पीडित, र विद्रोही चेतनामा

जुन झिलिमिली छ - मुक्तिको अनन्त प्रकाशझैं ।

हाम्रो साइनिङ पाथ - क. बसवराज !

 

क. बसवराज - आवाजविहीनहरुको आवाज !

यो निष्पट्ट मौनता चिर्दै बोलिरहेको छ –

"नक्सालबारी कहिल्यै मर्दैन,

यो फेरि-फेरि-फेरि जन्मिरहनेछ !"

हाम्रो साइनिङ पाथ - क. बसवराज !

 

तिनीहरू, जो 'उत्सव' मनाउँदैछन -

साम्राज्यवादका एजेन्टहरू, फाँसीवादका अनुयायीहरू,

र संशोधनवादी गद्दारहरु !

तर त्यो टिक्नेवाला छैन -

नयाँ भूकम्प आउँदैछ, जब बसवराजको धुनमा

धरती काँप्नेछ, जनसमुदाय जाग्नेछ ।

बलिदान - महाविप्लव सावित हुनेछ !