‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर  ८ जना राष्ट्रपति निस्केका छन्’ - एलन गारबर, अध्यक्ष, हार्वर्ड विश्वविद्यालय

क्याम्पस क्रान्ति • हार्वर्ड विश्वविद्यालयका अध्यक्षको अमेरिकी राष्ट्रपतिलाई पत्र

हार्वर्ड विश्वविद्यालय अमेरिकाको स्थापनाभन्दा १४० वर्ष पुरानो संस्था हो। यस विश्वविद्यालयले ३८९ वर्ष पूरा गरिसकेको छ। यहाँबाट पढेर ८ जना अमेरिकी राष्ट्रपति बनेका छन्। सत्तामा रहेका  कुनै पनि राजनीतिक पार्टीले हामीलाई के पढाउने, कसरी पढाउने, कुन विद्यार्थीलाई भर्ना दिने वा कसलाई नियुक्ति दिने भन्ने निर्देशन दिन सक्दैन।

ट्रम्प प्रशासनले विश्वविद्यालयलाई आफ्ना नीतिहरू परिवर्तन गर्न आदेश दिएको छ। तर, हार्वर्ड विश्वविद्यालयले अमेरिकी संविधानबाट प्राप्त स्वतन्त्रताको अधिकार कुनै हालतमा पनि बन्धकी राख्ने । कुनै पनि विश्वविद्यालय अभिव्यक्ति स्वतन्त्रताको केन्द्र हो। विश्वविद्यालयको नाताले हामी आफ्ना जिम्मेवारीप्रति सजग छौं। त्रासमुक्त समाज र सबैका लागि समृद्ध जीवनको लक्ष्यसहित हार्वर्डले वर्षौंदेखि काम गर्दै आएको छ।

हामी जहिलेदेखि पनि कुनै पनि जाति (जस्तै यहूदी) वा धर्मविरुद्ध उक्साहटपूर्ण प्रदर्शनहरूको विरोधमा रहँदै आएका छौं। पछिल्ला १५ महिनामा हामीले यस्ता प्रयास गरेका छौं कि संसार बस्न योग्य स्थान बनोस्। हार्वर्डको लक्ष्य बहुलवादी समाजको पक्षमा काम गर्नु हो। पुरातनपन्थी सोचको सधैं विरोध गरिनेछ। हार्वर्डको प्रयास वैज्ञानिक सोचको विकास गर्नुमा केन्द्रित छ।

यी सबै कुराबीच सरकारले जारी गरेका सबै आधिकारिक आदेशहरूलाई विश्वविद्यालयले पालना गर्दै आएको छ। विश्वविद्यालयसँग सम्बन्धित ११ वटा कलेजहरू यसै दिशामा काम गरिरहेका छन्। यो कुरा केवल अमेरिकामा मात्र होइन, पूरै विश्वमा ज्ञात छ। हार्वर्ड विश्वविद्यालय सधैं सरकारसँग खुला संवादका लागि तयार छ। तर म यो पनि स्पष्ट भन्न चाहन्छु—हामी कुनै पनि अनुचित दबाबको अगाडि झुक्ने छैनौं, चाहे जुनसुकै सरकार सत्तामा किन नहोस्।

Source:- दैनिक भास्कर . Photo: https://www.usnews.com