सबै चीजको सिद्धान्त - संक्षिप्त अध्ययन

स्टेफेन हकिङको प्रसिद्ध पुस्तक 'थ्योरी अफ एभ्रिथिङ'  मा आधारित सारांश तथा विश्लेषण

सबै चीजको सिद्धान्त (Theory of Everything) महान वैज्ञानिक स्टेफेन हकिङले विभिन्न समयमा दिएका व्याख्यानहरूलाई समेटेर तयार गरिएको धेरै महत्त्वपूर्ण पुस्तक हो । यसले रहस्यमय ब्रम्हाण्डलाई गहिराईसम्म पुगेर बुझ्न मद्दत गर्छ । यसमा विज्ञान र दर्शनको संगमबाट विलक्षण विचार प्रस्तुत गरिएको छ । यो पुस्तकको उद्देश्य ब्रम्हाण्डको इतिहासको बारेमा जानकारी प्रदान गर्नु हो । यसको साथै यो पुस्तकले  महाविस्फोटका तत्कालीन घटनाक्रमलाई स्पष्ट रूपमा वर्णन गर्दछ । यो पुस्तकले जीव र जगतको अस्तित्वको बारेमा नयाँ बोध तथा गहनता प्रस्तुत गर्दछ । यसले ब्रम्हाण्डको बारेमा विश्वसनीय ज्ञान र प्रेरणा प्रदान गर्दछ । नयाँ दिशामा सोच्न र सच्चाईको खोज गर्न चाहेको खण्डमा ‘सबै चीजको सिद्धान्त’ पुस्तकले धेरै महत्त्वपूर्ण भूमिका निभाउन सक्छ । संसारका वैज्ञानिक र विचारक माझ लोकप्रिय यो किताब पढेपछि ब्रम्हाण्डको असीम विशालताको अनुमान गर्न सकिन्छ । साथसाथै पृथ्वीबाट करौडौं माइल टाढा ब्रम्हाण्डको अनन्त रहस्यको समाधानमा लागेको अन्तरीक्ष यात्री समान महसुस गर्न सकिन्छ ।

स्टेफेन हकिङ इतिहासमा सबभन्दा बुद्धिमान सैद्धान्तिक भौतिकशास्त्री र ब्रम्हाण्ड वैज्ञानिक मानिन्छन् । महाविस्फोट, 'ब्ल्याक होल', ब्रम्हाण्डको उदय र संरचनासम्म उनले गहन खोज तथा विश्लेषण गरेका छन् । हकिङको जन्म ८ जनवरी १९४२ मा इंग्ल्याण्डको अक्सफोर्डमा भएको थियो । उनी सम्पूर्ण संसारमा एक प्रेरणाको पात्र थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्र (Center For Theoretical Cosmology) को शोध निर्देशकको रूपमा काम गरे । उनले ‘ब्ल्याक होल र बिग ब्याङ्ग‘ (Black Hole and Bing Bang Theory) सिद्धान्त बुझाउनमा महत्त्वपूर्ण भूमिका निभाए । यसको साथै उनले विकिरण (radiation) को क्षेत्रमा पनि महत्त्वपूर्ण काम गरे । उनी शारीरिक रूपमा असक्षम थिए । तर पनि उनले असाधारण काम गरेर कुनै पनि व्यक्तिमा काम गर्ने उत्साह र हौसला भयो भने जेसुकै गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाए ।

उपचार गर्ने डाक्टरले उनलाई केही समय मात्र बाँच्छन् भने । तर हकिङले हार नमानी पचास वर्षसम्म बाँच्न सक्छु भन्ने घोषणा गरे । त्यो बेला उनीमाथि कसैले विश्वास गरेन,  तर उनले प्रमाणित गरेर देखाइदिए ।

हकिङका पिता हकिङले जीवविज्ञान पढून् भन्ने चाहान्थे तर उनलाई गणितमा रूचि थियो । उनले गणितीय समीकरणलाई हल गर्नको लागि केही साथीहरूको सहयोगमा पुराना इलेक्ट्रोनिक उपकरणका हिस्साबाट एक कम्प्युटर नै बनाइदिएका थिए । हकिङ प्रारम्भिक शिक्षाको लागि युनिभर्सिटी कलेज अक्सफोर्डमा भर्ना भए । शुरूमा उनी सामान्य विद्यार्थी थिए तर स्नातकको परीक्षामा भौतिकशास्त्रमा उनी सर्वश्रेष्ठ भए । यसपछि उनी ब्रम्हाण्ड विज्ञान पढ्नको लागि क्याम्ब्रिज गए। त्यहाँ उनले ब्रम्हाण्ड विज्ञानमा अनुसन्धान गरे र यही विषयमा पीएचडी गरे । हकिङ २१ वर्षको हुँदा एकदिन सिँडीबाट लडेर बेहोस भए । त्यही बेलामा उनको शरीरमा विशेष परिवर्तन देखियो । डाक्टरले जाँचेपछि उनी मांशपेशी र मस्तिष्कसँग सम्बन्धित रोग 'आमायोट्राफिक लेटरल स्कलेरोसिस' नामक रोगको शिकार भएका छन् भन्ने थाहा भयो । यो रोगबाट ग्रसित व्यक्तिको सम्पूर्ण अंगले विस्तारै काम गर्न छोड्छ र अन्तिममा श्वास नली बन्द भइ मृत्यु हुन्छ । त्यसबेला उपचार गर्ने डाक्टरले उनलाई केही समय मात्र बाँच्छन् भने । तर हकिङले हार नमानी पचास वर्षसम्म बाँच्न सक्छु भन्ने घोषणा गरे । त्यो बेला उनीमाथि कसैले विश्वास गरेन,  तर उनले प्रमाणित गरेर देखाइदिए । हकिङले कहिल्यै पनि आफूमाथि आफ्नो विमारीलाई हावी हुन दिएनन् ।

शारीरिक असक्षमताको बाबजुद उनले आफ्नो अनुसन्धान कार्य जारी राखे । सन् १९५६ मा उनको पहिलो शोधपत्र On the Hoyle-Narlikar Theory of Gravitation ‘प्रोसिडिंग अफ द रोयल सोसाइटी’ मा प्रकाशित भयो । सन् १९६६ मा उनले पीएचडीको उपाधि प्राप्त गरे। त्यसपछि उनले लण्डनमा वैज्ञानिक गणितज्ञ रोजर पेनरोजसँग मिलेर 'ब्ल्याक होल' माथि शोध कार्य शुरू गरे र क्वान्टम सिद्धान्त तथा सामान्य सपेक्षताको उपयोग गरी 'ब्ल्याक होल' बाट विकिरण उत्सर्जनको प्रदर्शन गर्नमा सफलता हासिल गरे ।

हकिङ ३२ वर्षको उमेरमा रोयल सोसाइटीको सदस्य चुनिएका थिए । उनी यो उपलब्धि हासिल गर्नेहरूमा सबभन्दा कम उमेरका व्यक्ति थिए । सन् १९७९ मा उनी क्याम्ब्रिजमा गणितका प्रोफेसर भए । सन् १९८८ मा उनको विश्वप्रसिद्ध पुस्तक 'समयको संक्षिप्त इतिहास' (A Brief History of Time) प्रकाशित भयो, जसले संसारमा तहल्का मच्चायो । गिनिज बुकका अनुसार यो सबैलाई आकर्षित गरेको सर्वाधिक विक्री हुने सदाबहार पुस्तक हो । हकिङको खोजसँग सम्बन्धित सन् १९९८ मा प्रकाशित भएको दोस्रो पुस्तक The Cosmos Explained हो । यो पुस्तकमा उनले मानिसको अस्तित्वको आधार र वरिपरि विद्यमान चीजहरूसँग त्यसको सम्बन्धलाई व्याख्या गरेका छन् ।

हकिङ ३२ वर्षको उमेरमा रोयल सोसाइटीको सदस्य चुनिएका थिए । उनी यो उपलब्धि हासिल गर्नेहरूमा सबभन्दा कम उमेरका व्यक्ति थिए ।

हकिङको एउटा अर्को पुस्तक Universe in Nutshell हो, जुन  सन् २००१ मा प्रकाशित भएको थियो । यसमा उनले भौतिक विज्ञानका अहिलेका खोजहरूको रहस्योद्घाटन गरेका छन् । उनको खोजमा आधारित रहेर सन् २०१४ मा Theory of Everything नामक फिल्म पनि बनेको थियो । हकिङले रोयल सोसाइटी मेडल (१९७६), अल्बर्ट आइन्स्टाइन मेडल (१९७९), अर्डर अफ द ब्रिटिश एम्पाइर (१९८२), भौतिकशास्त्रको वुल्फ एवार्ड (१९८८), प्रिन्स अफ द अस्ट्रियन एवार्ड (१९८९), अमेरिकी फिजिक्स सोसाइटीको जुलियस एडगर लिनिफिल्ड एवार्ड (१९९९) र अमेरिकाको सर्वोच्च नागरिक सम्मान राष्ट्रपति पदक (२००९) जस्ता धेरै सम्मान र पदक प्राप्त गरे। उनका कृतिहरूमा A Brief History of Time,  My Brief History, The Grand Design, A Briefer History of Time, Black Holes: The Reith lectures, George and the Blue Moon, George and the Unbreakable Code, George and the Big Bang, George’s Cosmic Treasure Hunt, George’s Secret Key to the Universe, The Universe in a Nutshell, Black Holes and Baby Universes, On the Shoulders of Giants, The Large Scale Structure of Space-time, God created the Integers हुन् । सन् २००७ मा हकिङ विशेष रूपले तयार गरिएको विमानमा गुरूत्वाकर्षणविहीन क्षेत्रमा गएर सकुशल पृथ्वीमा फर्किए । बाँचुन्जेल आफ्नो रोगसँग संघर्ष गर्दै ७६ वर्षको उमेरसम्म बाँचे र अन्तमा १४ मार्च २०१८ मा क्याब्रिजमा उनको देहान्त भयो।

धेरै विद्वानको के मान्यता छ भने केही प्रश्न यस्ता हुन्छन्,  जसलाई अपूर्ण छोड्नु नै राम्रो हुन्छ । ब्रम्हाण्डको बारेमा पनि धेरै प्रश्न यस्तै छन्, जसको उत्तर खोज्ने कोशिस नगर्दा नै राम्रो हुन्छ ।

अन्तरिक्षलाई लिएर मानिसको जिज्ञासा कहिल्यै कम थिएन । ब्रम्हाण्डको निर्माणको कारण र यसको उद्देश्यको खोजमा पनि मानिसले धेरै प्रयासहरू गरे । अहिलेसम्म मानिस यो उद्देश्यमा पूर्ण रूपमा सफल नभए पनि यी प्रश्नहरूको उत्तर पाउने संघर्ष अझै जारी छ । सबै चीजको सिद्धान्त (Theory of Everything)  यो खोजलाई नयाँ दिशा दिने एक धेरै उत्कृष्ट प्रयास हो । स्टेफेन हकिङले केवल धेरै आवश्यक प्रश्नहरूको उत्तर मात्र दिएनन्, बरु उनले मानव सामु केही यस्ता प्रश्नहरू तेर्स्याए,  जसको उत्तर खोज्नु सम्पूर्ण मानव सभ्यताको उद्देश्य हुनुपर्छ । मानिसको यो खोज अझै जारी छ र यो आउने समयमा पनि यही जिज्ञासासहित जारी रहनेछ । मानव हुनुको उद्देश्य नै मानिसको लागि अन्तिम प्रश्न पनि हुनसक्छ । यसको अतिरिक्त के पनि संभव छ भने जब मानिसले प्रकृतिका सबै घटनाहरूलाई बुझ्नेछन्, तब मानिस स्वयंले त्यो अन्तिम प्रश्नको उत्तर पनि जान्न सक्नेछन् ।

धेरै विद्वानको के मान्यता छ भने केही प्रश्न यस्ता हुन्छन्,  जसलाई अपूर्ण छोड्नु नै राम्रो हुन्छ । ब्रम्हाण्डको बारेमा पनि धेरै प्रश्न यस्तै छन्, जसको उत्तर खोज्ने कोशिस नगर्दा नै राम्रो हुन्छ । यी सल्लाहमध्ये कुनलाई मान्ने र कुनलाई नमान्ने भन्ने कुरा खोजकर्ताहरूमा निर्भर हुन्छ । तर एउटा कुरा विश्वासपूर्वक भन्न सकिन्छ कि जिज्ञासा मानिसको सबभन्दा विशेष गुण हो, जसले मानिसलाई अलग र नयाँ-नयाँ चीजहरूको बारेमा जान्नको लागि उत्साहित गर्दछ । यही कारणले गर्दा मानिसले यसलाई दबाउनु हुँदैन,  किनकि मानव जीवनको उद्देश्य नै यस्ता समाधान नभएका प्रश्नहरूको उत्तर खोज्नु हो ।

स्टेफेन हकिङको यो पुस्तक (सबै चीजको सिद्धान्त) मानिसको जिज्ञासाले उसलाई कति धेरै कुरा सोच्नको लागि प्रोत्साहित गर्छ भन्ने कुराको एक जीवन्त उदाहरण हो । यो पुस्तकले मानव जीवनमा अझै कति धेरै कुरा खोज्न बाँकी छ भन्ने कुराको पनि महसुस गराउँदछ । यसको साथै यसले यो ब्रम्हाण्डमा मानिस यति सानो भएर पनि कति महत्त्वपूर्ण छ भन्ने कुरा दर्शाएको छ ।

ब्रम्हाण्डको बारेमा विचार-विमर्श  

.पू.  ३४० मा संसारका प्रसिद्ध भौतिकशास्त्री र दार्शनिक एरिस्टोटलले सबभन्दा पहिले पृथ्वी चेप्टो नभएर गोलो छ भन्ने विचार प्रस्तुत गरेका थिए । विस्तारै यो विचार ग्रिसमा पनि धेरै प्रसारित भयो । यो विचारधाराका समर्थकहरूले धेरै उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरे । यी उदाहरणहरूको मद्दतले उनीहरूले के प्रमाणित गरे भने वास्तवमा पृथ्वी चेप्टो नभएर गोलो छ । यसमा सबभन्दा प्रसिद्ध र सहज उदाहरण के दिइयो भने कुनै जहाज टाढाबाट समुद्र तटतिर आउँदा त्यसको सबभन्दा माथिल्लो हिस्साको मस्तूल देखिन्छ । यदि पृथ्वी च्याप्टो भएको हुन्थ्यो भने सम्पूर्ण जहाज एकसाथ देखिनुपर्थ्यो । तर पृथ्वी गोलो छ । त्यसकारणले जहाज जति निकट आउँछ,  त्यति पहिले जहाजको माथिल्लो भाग देखिन्छ र पछि त्यसको बाँकी भाग देखिन्छ । यसको अतिरिक्त एरिस्टोटलले चन्द्र ग्रहण र सूर्य ग्रहणका घटनाहरूको आधारमा पनि पृथ्वी गोलो भएको धारणालाई स्पष्ट बनाए । यहाँसम्म त एरिस्टोटल सही थिए तर पछि उनले पृथ्वी एक ठाउँमा स्थिर रहन्छ र सूर्य, चन्द्रमा  तथा बाँकी सबै ग्रह एवं उपग्रहले पृथ्वीलाई चक्कर लगाउँदछन् भन्ने कुरा मान्न शुरु गरे । तात्कालिक धर्मग्रन्थले पृथ्वी स्थिर छ भन्ने दावी गर्थे । त्यसकारण युरोपका धेरै धार्मिक संस्थानहरूले यो कुरामा धेरै जोड दिन शुरु गरे । यस्तो विचार सयौं वर्षसम्म चलिरह्यो र यसलाई कसैले चुनौती पनि दिएनन् ।

.पू.  ३४० मा संसारका प्रसिद्ध भौतिकशास्त्री र दार्शनिक एरिस्टोटलले सबभन्दा पहिले पृथ्वी चेप्टो नभएर गोलो छ भन्ने विचार प्रस्तुत गरेका थिए । तर पछि उनले पृथ्वी एक ठाउँमा स्थिर रहन्छ र सूर्य, चन्द्रमा  तथा बाँकी सबै ग्रह एवं उपग्रहले पृथ्वीलाई चक्कर लगाउँदछन् भन्ने कुरा मान्न शुरु गरे ।

सन् १५१४ मा आएर मात्र एक खगोलशास्त्री कोपर्निकसले यो विचारलाई चुनौती दिए । उनले के बताए भने पृथ्वीले वास्तवमा सूर्यको चारैतिर चक्कर लगाउँछ,  सूर्यले पृथ्वीको होइन । यो विचार वास्तवमा क्रान्तिकारी थियो, किनकि त्यसबेलासम्म प्रायः सबै ठूला सिद्धान्तकार र धार्मिक संस्थाहरूले पृथ्वीको चारैतिर सूर्यले चक्कर लगाउँछ भन्ने विचारमाथि जोड दिंदै आएका थिए । आश्चर्यको कुरा के थियो भने कोपर्निकस स्वयं एक चर्चका पुजारी थिए । उनको यसप्रकारको क्रान्तिकारी विचारलाई तात्कालिक धार्मिक संगठनहरूले मन पराएनन् । त्यसकारण शुरुमा कोपर्निकसले आफ्नो कार्यलाई लुकाएर प्रकाशित गरेका थिए । पछि सन् १६०० वरिपरि ग्यालिलियो ग्यालिली र जोहान्स केपलरले कोपर्निकसका विचारलाई खुलेर समर्थन दिन शुरू गरे । केप्लरले पृथ्वीले सूर्यको चारैतिर एक दीर्घ वृत्ताकार मार्गमा चक्कर लगाउँछ र यही दीर्घ वृत्ताकार मार्गको कारणले पृथ्वीमा फरक-फरक मौसम देखिन्छ भन्ने कुरा बताए ।

यद्यपि ब्रम्हाण्डको बारेमा सबभन्दा ठूलो रहस्य १७औं शताब्दीमा न्यूटनद्वारा उजागर गरिएको थियो । इंगल्याण्डका वैज्ञानिक सर आइज्याक न्यूटन संसारका सबभन्दा महान वैज्ञानिकमध्ये एक हुन् । उनले आफ्नो पुस्तकको माध्यमबाट भौतिकशास्त्रको संसारलाई हल्लाइदिए र उनका हरेक पुस्तक अगाडि गएर एक नयाँ अनुसन्धानको क्षेत्र बने । भौतिकशास्त्रमा न्यूटनलाई आज पनि सबभन्दा महान वैज्ञानिक मानिन्छ । न्यूटनले आफ्नो पुस्तक 'प्रिन्सिपिया द म्याथम्याटिका'  मा धेरै गणितीय सूत्र बताए, तर यो पुस्तक यी गणितीय सूत्रभन्दा पनि बढी एउटा यस्तो नियमको कारणले प्रसिद्ध भयो, जसले भौतिकशास्त्रभित्र एक क्रान्तिकारी परिवर्तन ल्याइदियो । र,  त्यो गुरुत्वाकर्षणको सार्वभौमिक नियम थियो । यो नियमानुसार ब्रम्हाण्डका हरेक वस्तुले अरु वस्तुलाई आफूतिर आकर्षित गर्दछन् र तिनीहरूको बीचमा लाग्ने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ । यही काणले गर्दा कुनै पनि वस्तुलाई पृथ्वीबाट माथितिर फ्याँक्दा त्यो पुनः पृथ्वीतिरै फर्किन्छ । न्यूटनले यो नियमको माध्यमबाट त्यसबेला धेरै प्रश्नहरूको उत्तर दिए । उदहारणतः किन हरेक वस्तु पृथ्वीतिर फर्किएर आउँछन् ?  किन चन्द्रग्रहण र सूर्यग्रहण हुन्छ ?  तर केही यस्ता चीज पनि थिए, जसलाई न्यूटनले आफ्नो नियमबाट बुझाउन सकेका थिएनन् । यसको कारण के थियो भने त्यसबेला विज्ञानको क्षेत्रमा धेरै आधुनिक उपकरण उपलब्ध थिएनन् । जसको कारणले गर्दा न्यूटनले आफ्नो खोजलाई अगाडि बढाउने धेरै कष्ट बेहोर्नुपरेको थियो ।

न्यूटनको नियमले भौतिकशास्त्रका वैज्ञानिकहरूको सामुन्ने एउटा अर्को महान प्रश्न उपस्थित गरिदिएको थियो । त्यो प्रश्न थियो - ब्रम्हाण्डका हरेक वस्तुले एक-अर्कोलाई आफूतिर आकर्षित गर्दछन् भने आखिर सबै ग्रहहरू आपसमा किन ठोक्किदैनन् ?  

सत्रौं शताब्दीमा संसार केवल राजा र महाराजाहरूको दासतासम्म मात्र सीमित थियो । यद्यपि न्यूटन भने धेरै क्रान्तिकारी विचारसँगै अगाडि बढिरहेका थिए  । तर न्यूटनका सिद्धान्तहरूबाट मात्र सबै प्रश्नहरूको हल हुन सकेन । न्यूटनको नियमले भौतिकशास्त्रका वैज्ञानिकहरूको सामुन्ने एउटा अर्को महान प्रश्न उपस्थित गरिदिएको थियो । त्यो प्रश्न थियो - ब्रम्हाण्डका हरेक वस्तुले एक-अर्कोलाई आफूतिर आकर्षित गर्दछन् भने आखिर सबै ग्रहहरू आपसमा किन ठोक्किदैनन् ?   किन चन्द्रमा यति धेरै वर्षमा पनि पृथ्वीतिर खसेन र किन पृथ्वीभन्दा धेरैगुना ठूलो सूर्यमा गएर समाहित भएन ?  यी प्रश्नहरूको जवाफ खोज्नको लागि धेरै मानिसले के भन्न शुरु गरे भने शायद गुरुत्वाकर्षण बलको दूरी बढी हुँदा प्रतिकर्षण गर्दछ र वस्तुहरूको निकट आउँदा त्यसले आकर्षण बलको जस्तै कार्य गर्दछ । तर यी सुझावहरूलाई पनि रद्द गरियो, किनकि यसरी त यदि कुनै ग्रह कुनै अर्को ग्रहसँग आकर्षणको दूरीबाट थोरै टाढा जाँदा पनि प्रतिकर्षण बलद्वारा त्यो टाढा हुँदै जानेछ । त्यहीँ यदि यो निश्चित सीमाभन्दा अगाडि आयो भने आकर्षण बलद्वारा अर्को ग्रहतिर तानिंदै जानेछ ।

ब्रम्हाण्डमा यस्तो केही पनि देखिंदैन । ब्रम्हाण्डका सम्पूर्ण ग्रह एक-अर्कोसँग सन्तुलित रहिरहेका हुन्छन् । यो सन्तुलनको कारण के हुनसक्छ ?  यो प्रश्नले सबै वैज्ञानिकलाई हैरान बनाएको थियो । यहींबाट ब्रम्हाण्ड लगातार विस्तार हुने धारणाको शुरुवात भयो । यस क्रममा लगातार भौतिशास्त्रीहरूको दिमागमा आइरहेको एउटा अर्को प्रश्न ब्रम्हाण्डको शुरुवात सम्बन्धी थियो । धार्मिक ग्रन्थमा त ब्रम्हाण्डको शुरुवात करिब पाँच हजार पहिले बताइएको थियो । तर वैज्ञानिक अहिलेसम्म यो सबै कुरा झूटो हो र यसको कुनै पनि वैज्ञानिक आधार छैन भन्ने बुझिसकेका थिए । त्यसपछि कुन प्रश्न अगाडि आइरहेको थियो भने आखिर यो ब्रम्हाण्डको शुरुवात कसरी भयो ?

सन् १९२९ मा एड्विन हब्बल नामक एक वैज्ञानिकले यस बारेमा एक भव्य विश्लेषण गरेका थिए । उनका अनुसार हामीले कुनै तारातिर हेरेको बेला त्यो तीव्र रूपमा हामीबाट टाढा गइरहेको हुन्छ । यसको अर्थ के हो भने धेरै वर्ष पहिले त्यो तारा बढी नजिक थियो र करोडौं वर्ष पहिले यो ब्रम्हाण्डका सबै ताराहरू एकै ठाउँमा केन्द्रित भएको हुनसक्छ । यहींबाट ब्रम्हाण्डको उत्पत्तिको अवधारणाको प्रार्दुर्भाव हुन्छ, जसलाई 'बिग ब्यांग' सिद्धान्त पनि भनिन्छ ।

ब्रम्हाण्डको शुरुवातलाई बुझ्नको लागि यसको वर्तमान स्थितिलाई बुझ्नु आवश्यक हुन्छ । सन् १९२९ मा एड्विन हब्बल नामक एक वैज्ञानिकले यस बारेमा एक भव्य विश्लेषण गरेका थिए । उनका अनुसार हामीले कुनै तारातिर हेरेको बेला त्यो तीव्र रूपमा हामीबाट टाढा गइरहेको हुन्छ । यसको अर्थ के हो भने धेरै वर्ष पहिले त्यो तारा बढी नजिक थियो र करोडौं वर्ष पहिले यो ब्रम्हाण्डका सबै ताराहरू एकै ठाउँमा केन्द्रित भएको हुनसक्छ । यहींबाट ब्रम्हाण्डको उत्पत्तिको अवधारणाको प्रार्दुर्भाव हुन्छ, जसलाई 'बिग ब्यांग' सिद्धान्त पनि भनिन्छ । 'बिग ब्यांग' सिद्धान्तको यो अवधारणा अनुसार सम्पूर्ण ब्रम्हाण्ड पहिले एकै बिन्दुमा केन्द्रित थियो । यो बिन्दुको घनत्व अत्याधिक थियो र यो स्थानभन्दा बाहिर कतै केही पनि थिएन । एक दिन त्यसभित्रको ऊर्जा अत्याधिक बढेपछि एउटा भयंकर विस्फोट भयो र यसको केन्द्र छरप्रष्ट भयो । यसपछि ताराहरूको रूपमा यसका टुक्रा ब्रम्हाण्डमा विस्तृत हुनलागे । यी तारा आज पनि त्यसरी नै विस्तृत भइरहेका छन् । र, यसैको आधारमा के भन्न सकिन्छ भने ब्रम्हाण्डको लगातार विस्तार भइरहेको छ ।

ब्रम्हाण्डको विस्तार

ब्रम्हाण्डको बारेमा आधारभूत जानकारी प्राप्त भएपछि वैज्ञानिक यसमा हाम्रो आकाशगंगा मात्र रहेको छ र यही नै ब्रम्हाण्ड हो भन्ने मान्न लागेका थिए । तर एड्बिन हब्बलले ब्रम्हाण्डको विस्तारको बारेमा कुरा गरेर यो अवधारणालाई रद्द गरिदिएका थिए । सन् १९२४ मा एड्विन हब्बलले ब्रम्हाण्डमा हाम्रो आकाशगंगा मात्र नभएर यस्तै प्रकारका करोडौंको संख्यामा अरु आकाशगंगा रहेका छन् भन्ने कुरामा जोड दिए । आफ्नो कुरा प्रमाणित गर्नको लागि हब्बलले अर्को आकाशगंगामा रहेका ताराहरूबाट पृथ्वीको दूरी मापन गर्न शुरू गरे । यसको लागि उनले ती ताराहरूबाट आउने प्रकाश किरणलाई आधार बनाए । कुनै पनि तारा चम्किंदा पृथ्वीमा आउने त्यसको किरण दुइटा कुरामाथि निर्भर हुन्छ । पहिलो, त्यो ताराको किरण कति तीव्र हुन्छ ?  र,  अर्को त्यो ताराको पृथ्वीबाट दूरी कति छ ?  हब्बलले के दावी गरेका थिए भने ब्रम्हाण्डमा कयौं विशेष प्रकारका तारा हुन्छन्, जसको प्रकाश किरणको तीव्रता सधैं स्थिर हुन्छ । यी ताराहरूको तीव्रतालाई अन्य आकाशगंगाका ताराहरूको तीव्रतासँग तुलना गरेको खण्डमा सजिलैसँग अन्य आकाशगंगाको दूरी पत्ता लगाउन सकिन्छ । यसरी यो प्रविधिको प्रयोग गरेर हब्बलले नौ अलग-अलग आकाशगंगाहरूको पृथ्वीबाट दूरी पत्ता लगाएका थिए ।

अब एक-आपसमा बिल्कुल एकै जस्ता देखिने करौडौं तारालाई वैज्ञानिकले कसरी फरक छुट्याउँछन् भन्ने प्रश्न उठ्छ । हब्बलले कसरी फरक छुट्याएर तिनीहरूलाई अलग-अलग आकाशगंगाको दूरी पत्ता लगाए होलान् ?  यी सबै ताराहरूमा केवल एउटा चीजको फरक हुन्छ, र त्यो यिनीहरूको प्रकाशको रंग हो । न्यूटनले पनि प्रकाशमाथि गरिएका प्रयोगहरूको आधारमा साधारणतया रंगहीन देखिने प्रकाशलाई कुनै प्रिज्मबाट निकालियो भने त्यो अलग-अलग रंगमा बाँडिन्छ भन्ने निष्कर्ष निकालेका थिए र यसलाई त्यसको 'स्पेक्ट्रम' भनिन्छ । अलग-अलग ताराहरूबाट आएका प्रकाश-किरणलाई प्रिज्मबाट निकालेर त्यसको 'स्पेक्ट्रम' लाई हेरिन्छ र जुन रंगको 'स्पेक्ट्रम' मा अनुपस्थिति हुन्छ, त्यसलाई ध्यान दिइन्छ । संसारमा रहेका लगभग हरेक वस्तुको आफ्नो एक विशेष रंग हुन्छ । सूर्यको प्रकाशमा पनि सात रंग हुन्छन् र यसको प्रकाश कुनै प्रिज्म भएर जाँदा त्यो सात रंगमा छरिन्छ । यही कारणले गर्दा इन्द्रेणीमा अलग-अलग रंग देखिन्छ । जुन रंग प्रिज्ममा अवशोषित हुन्छ, त्यो रंग बाहिर आउन सक्दैन । तर प्रिज्म स्वयं भने त्यसले अवशोषण गरेको रंगको देखिन्छ । यसको अर्थ कुनै रातो रंगको वस्तु देखिनु भनेको सात रंगमा सूर्यको प्रकाश पर्दा त्यसले सबै रंगलाई अवशोषित गरेन भन्ने हुन्छ;  त्यसले केवल रातो रंगलाई मात्र अवशोषित गर्‍यो र बाँकी सबै रंगलाई वातावरणमा पठाइदियो । यसकारणले गर्दा वस्तु रातो रंगको देखिन्छ । ग्रहहरूको मामिलामा पनि यही कुरा लागू हुन्छ । ग्रहहरूबाट आउने प्रकाशलाई कुनै प्रिज्मबाट निकाल्दा त्यसमा कुनै एक विशेष रंग देखिंदैन । वास्तवमा त्यही विशेष रंग त्यो ग्रहको रंग हुन्छ । त्यही अनुपस्थित रंगको आधारमा जुन ग्रहबाट प्रकाश आएको छ, त्यो ग्रहमा कुन पदार्थ बढी मात्रामा पाइन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

यसप्रकारको प्रयोग धेरै ठूलो स्तरमा हुन लागेपछि वैज्ञानिकहरूले विस्तारै-विस्तारै हरेक ग्रहको विशेष रंग रातो रंगतिर बढ्दै गइरहेको पाए । स्पेक्ट्रममा सात रंगको साथै त्यसको कुनामा बैजनी र रातो रंग पनि हुन्छन् । रातो रंगको तरंग-लम्बाई सबभन्दा बढी हुन्छ भने बैजनी रंगको तरंग-लम्बाई सबभन्दा कम हुन्छ । तरंग-लम्बाईको सम्बन्ध ऊर्जासँग पनि हुन्छ । तरंग-लम्बाई जति बढी हुन्छ, ऊर्जा त्यति नै कम हुन्छ । यसको अर्थ के हो भने रातो रंगको ऊर्जा सबभन्दा कम र बैजनी (पर्पल)  रंगको ऊर्जा सबभन्दा बढी हुन्छ । कुनै प्रकाशको स्रोत हामीबाट टाढा गइरहेको बेलामा त्यसको माध्यमबाट हामीसम्म आउने ऊर्जा कम हुन्छ, अर्थात् हामी विस्तारै रातो रंगतिर बढ्न लाग्छौं । यसको अर्थ के हो भने जुन रंग देखिन्छ, त्यो रातो रंगतिर बढ्न लाग्नेछ । कुनै ग्रहको प्रकाश स्रोत हामीसम्म आइरहेको बेला नजिक भएको कारणले त्यसबाट आउने ऊर्जा पनि बढी हुनेछ । किनकि बैजनी रंगको सम्बन्ध बढी ऊर्जासँग हुन्छ । त्यसकारण अब यो प्रकाश बैजनी रंगतिर बढ्दै गरेको देखिन्छ । यो रातो रंगतिर बढ्नुको अर्थ त्यो प्रकाशको स्रोत हामीबाट टाढा गइरहेको छ भन्ने हुन्छ, जबकि बैजनी रंगतिर बढ्नुको अर्थ त्यो प्रकाशको स्रोत हाम्रो निकट आइरहेको छ भन्ने हुन्छ । यसलाई विज्ञानको भाषामा 'डोप्लर प्रभाव' भनिन्छ । यी ताराहरूको रंग विस्तारै-विस्तारै रातो रंगतिर बढिरहेको थियो । यसबाट के थाहा हुन्छ भने सबै ताराहरू हामी (पृथ्वी) बाट टाढा गइरहेका छन् र ब्रम्हाण्डको लगातार विस्तार भइरहेको छ ।

ब्रम्हाण्डको विस्तारको धारणा बीसौं शताब्दीको सबभन्दा महत्त्वपूर्ण खोजमध्ये एक थियो ।

शुरुवातमा वैज्ञानिकहरूले ब्रम्हाण्डभित्र सबै आकाशगंगा कुनै प्याटर्न (ढाँचा) बिना नै यता-उता गतिशील छन् भन्ने आशा गरेका थिए । त्यसकारण उनीहरूले शायद रातो रंगको अतिरिक्त बैजनी रंगका अरु धेरै प्रकाशको झुकाव देख्न सकिन्छ भन्ने आशा गरेका थिए । तर उनीहरूले आकाशगंगामा बैजनी रंगतिर झुकाव भएको कुनै एउटा पनि तारा देख्न सकेनन् । यसैबाट यो ब्रम्हाण्डको लगातार विस्तार भइरहेको छ भन्ने कुरा स्पष्ट भइसकेको थियो । र, यससँगै जुन समस्या न्यूटनको सामुन्ने उत्पन्न भएको थियो, त्यसको पनि समाधान मिल्यो । न्यूटन सधैं यो ब्रम्हाण्ड स्थिर छ भने गुरुत्वाकर्षण बलले सबै ग्रहलाई एक-अर्कोभित्र तान्नेछन् भन्ने मान्थे । अब ब्रम्हाण्डको विस्तारको धारणाबाट किन अलग-अलग आकाशसंगा एक-अर्कोमा आएर मिल्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको थियो । अन्य ग्रह र आकाशगंगाले गुरुत्वाकर्षण बलबाट बच्नको लागि हरेक ग्रह र आकाशगंगाले एक निश्चित सीमामा तीव्र गतिले विस्तार हुनु आवश्यक हुन्छ, जसबाट त्यो अर्को आकाशगंगाको गुरुत्वाकर्षण बलको सीमाभन्दा बाहिर रहन सकोस् । यो बिल्कुल यस्तै हुन्छ, जस्तो कि कुनै अन्तरिक्ष यानले पृथ्वीबाट बाहिर जाने क्रममा त्यसले एक निश्चित सीमामा तीव्र गतिले अगाडि बढ्नु हुन्छ । यदि त्यो अन्तरिक्ष यान त्योभन्दा कम गतिले चल्यो भने त्यसले पृथ्वीको वायुमण्डललाई कहिल्यै पार गर्न सक्दैन ।

ब्रम्हाण्डको विस्तारको धारणा बीसौं शताब्दीको सबभन्दा महत्त्वपूर्ण खोजमध्ये एक थियो । ब्रम्हाण्डको विस्तारको यो कुरालाई न्यूटनको गुरुत्वाकर्षण नियमबाट बुझाउन सकिए पनि एक स्थिर ब्रम्हाण्डको सिद्धान्त मानिसको मस्तिष्कमा यति हावी भइसकेको थियो कि मानिस यसको अतिरिक्त अरु केही सोच्नै सकिरहेका थिएनन् । स्थिर ब्रम्हाण्डको अवधारणाको यति धेरै समर्थक हुनुको सबभन्दा ठूलो कारण के थियो भने त्यसबेला जति पनि भौतिकविज्ञानका प्रयोग भएका थिए, ती सबैको परिणाममा ब्रम्हाण्ड स्थिर भएको पाइयो । प्रकाशको गतिको मापन र ग्रहको गतिको मापनबाट पनि ब्रम्हाण्ड गतिशील छ भन्ने कुरा प्रतीत भइरहेको थिएन । किनकि शुरुदेखि नै मानिसले ब्रम्हाण्ड एक बन्द गोला हो, जसको एक निश्चित अन्त छ र त्यसभित्र सबै प्रकारका आकाशगंगा र ग्रह, इत्यादि विद्यमान छन् भन्ने मानेका थिए ।

मानिसले ब्रम्हाण्ड स्वयं गतिशील छ भन्ने कुरा बुझ्नु धेरै जटिल काम थियो । यसको अतिरिक्त कुनै वैज्ञानिकले ब्रम्हाण्ड गतिशील छ भन्ने दावी गरेको खण्डमा त्यो कुन माध्यमले यति गतिशील छ भन्ने प्रश्न सोधिन्थ्यो । यसरी नै यी प्रश्नहरूको एउटा यस्तो चक्र बन्दछ, जसको कसैले उत्तर दिन सक्दैन । तर स्थिर ब्रम्हाण्डलाई नै वास्तविक सिद्धान्त मान्ने वैज्ञानिकहरूको यो भीडमा एउटा यस्ता व्यक्ति पनि थिए, जो ब्रम्हाण्डको विस्तारको सिद्धान्तलाई प्रमाणित गर्नमा लागेका थिए । ती व्यक्ति रूसका भौतिकशास्त्री अलेक्जेण्डर फ्रेडम्यान थिए । उनले हब्बलद्वारा ब्रम्हाण्डको विस्तारको जानकारी दिएको धेरै वर्षपछि यसको घोषणा गरिदिएका थिए । यो कुरालाई बुझाउनको लागि उनले भनेका थिए -  ब्रम्हाण्डलाई हरेकतिरबाट एकै प्रकारको देखिन्छ, अर्थात् कुनै पनि किनाराबाट हेर्दा त्यो एकै प्रकारको देखिन्छ । शुरुवातमा त फ्रेडम्यानको यो दावीलाई अस्वीकार गरियो, किनकि वैज्ञानिकहरूले यस्ता धेरै तथ्य प्राप्त गरेका थिए, जसबाट के थाहा हुन्थ्यो भने टाढाबाट आउने प्रकाश र निकटबाट आउने प्रकाशमा फरक हुन्छ र दिशा बदल्दा यो पनि बदलिन्छ ।

सन् १९६५ मा दुई अमेरिकी भौतिकशास्त्री रोबर्ट विल्सन र पेन्जियाज न्यूजर्सीमा आफ्नो एक माइक्रोवेभ रडारमा काम गरिरहेका थिए । उनीहरूले पृथ्वीको चारैतिर घुमिरहेको स्याटालाइटद्वारा ग्रहण गरिने संवेदनशील जानकारी संकलन गरिरहेका थिए । यस क्रममा उनीहरूले आफ्नो माइक्रोवेभमा कुनै आवाज आउन लागेको सुने । यो आवाज कुनै टाढाबाट आउने ताराबाट निक्लिएको प्रकाशको कारणले आइरहेको थियो । वास्तवमा उनीहरूको रडारले ताराबाट आउने प्रकाशलाई आवाजमा बदलेर सिग्नल दिइरहेको थियो । उनीहरूले जति-जति प्रकाशको स्रोत टाढा वा नजिकमा हुन्छ, आउने आवाजमा पनि परिवर्तन सुनिन्छ भन्ने देखे । त्यसपछि उनीहरूले ब्रम्हाण्ड दुवैतिरबाट एकै प्रकारको छ वा अलग-अलग भन्ने कुरा जान्नको लागि यसको प्रयोग गर्ने विचार गरे । यसपछि उनीहरूले के परिणाम देखे भने कुनै पनि दिशाबाट आउने प्रकाशको कारण पैदा हुने आवाज बिल्कुलै अलग थिएन । त्यसपछि ब्रम्हाण्ड दुवैतिरबाट एकै हुने धारणामाथि एउटा अर्को प्रश्न उत्पन्न भयो । यो खोजको लागि दुवै वैज्ञानिकलाई सन् १९७८ मा नोबेल पुरस्कार पनि दिइएको थियो ।

शुरुवातमा कुनै दुई ताराको बीचको दूरी शून्य हुन्छ, जुन महाविस्फोटपछि बढ्दै-बढ्दै आफ्नो अधिकतम् सीमासम्म पुग्छ, जहाँबाट यी तारा एक-अर्कोतिर आकर्षित हुन लाग्छन् र अन्तमा यी एक-अर्कोसँग टकराउँदछन् । यसपछि तिनीहरू बीचको दूरी पुनः शून्य हुन्छ ।

ब्रम्हाण्ड हरेकतिरबाट एकै प्रकारको छ भन्ने कुराले शायद पृथ्वी यो ब्रम्हाण्डको केन्द्र हुनसक्छ भन्ने भ्रम पनि उत्पन्न हुन सक्छ । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने बाँकी आकाशगंगाहरूमा उपस्थित तारा र ग्रहको हरेकतिरबाट आउने प्रकाशले ब्रम्हाण्ड चारैतिरबाट एकै प्रकारको छ भन्ने कुरा बताउँछ । यो सिद्धान्तको आधारमा फ्रेडम्यानले केही अरु अनुमान लगाएका थिए । उनले पहिलो अनुमान के लाए भने ब्रम्हाण्ड यति विस्तारै विस्तार भइरहेको छ कि कुनै बेला यो विस्तार रोकिन्छ र गुरुत्वाकर्षण बलको कारण सबै आकाशगंगा एक-अर्कोसँग मिल्नेछन्  । अर्थात् शुरुवातमा कुनै दुई ताराको बीचको दूरी शून्य हुन्छ, जुन महाविस्फोटपछि बढ्दै-बढ्दै आफ्नो अधिकतम् सीमासम्म पुग्छ, जहाँबाट यी तारा एक-अर्कोतिर आकर्षित हुन लाग्छन् र अन्तमा यी एक-अर्कोसँग टकराउँदछन् । यसपछि तिनीहरू बीचको दूरी पुनः शून्य हुन्छ । फ्रेडम्यानको दोस्रो अनुमान अनुसार ब्रम्हाण्ड यति तीव्र रूपमा विस्तार भइरहेको छ कि गुरुत्वाकर्षण बलले यसलाई कहिल्यै रोक्न सक्दैन, यद्यपि लाग्ने बलका कारण यसको फैलिने गति थोरै धीमा अवश्य हुन्छ, तर यसले ब्रम्हाण्डलाई कहिल्यै रोक्न सक्दैन । त्यसपछि अन्तमा सबै आकाशगंगाहरू एक-अर्कोबाट टाढा हट्दै जान्छन् । फ्रेडम्यानको तेस्रो अनुमान अनुसार ब्रम्हाण्ड केवल यति तीव्र विस्तार भइरहेको छ कि त्यो दुई आकाशगंगामा हुने टकरावबाट बच्न सकोस् । फ्रेडम्यानको पहिलो अनुमानबाट त्यसबेलाका वैज्ञानिकहरूले एक धेरै रोचक र शानदार संभावना बताएका थिए । उनीहरूले भनेका थिए -  शायद ब्रम्हाण्डका सबै आकाशगंगा एक-अर्कोसँग यति आकर्षित हुन लाग्छन् कि ब्रम्हाण्ड एक बण्डल जस्तै मोडिनेछ र अन्तमा आफ्नै अर्को किनारासँग मिल्छ । यसरी ब्रम्हाण्ड एक यस्तो सतह बन्छ, जसको कुनै अन्त हुँदैन । अब प्रश्न के उठ्छ भने फ्रेडम्यानका यी सबै अनुमानमा कुन अनुमानले ब्रम्हाण्डको बारेमा सही ढंगले बताउन सक्छ ?  के ब्रम्हाण्ड एक दिन फैलिंदै-फैलिंदै खुम्चिन शुरु गर्नेछ वा यो यसरी सधैं विस्तार भइरहनेछ ?  यस बारेमा बुझ्नको लागि सबभन्दा पहिले ब्रम्हाण्डको आजको विस्तार दरको बारेमा बुझ्नुपर्छ र यो दर निश्चित समयपछि कति कम भइरहेको छ भन्ने कुरा पनि हेर्नुपर्छ ।

ब्रम्हाण्डको विस्तार दरलाई 'डोप्लर प्रभाव' को सहायताबाट बुझ्न सकिन्छ । वैज्ञानिकहरूले आजसम्म जुन सबै प्रयोग गरेका छन्, त्यसबाट के भन्न सकिन्छ भने ब्रम्हाण्डको विस्तार हुने दर ५ देखि १० प्रतिशत प्रत्येक अरब वर्ष हुन्छ । यसको अतिरिक्त यदि ब्रम्हाण्डका सबै ग्रह र उपग्रहहरूको कुल भारलाई हेर्ने हो भने यो भार पनि त्यो भारभन्दा धेरै गुना कम छ, जुन ब्रम्हाण्डको विस्तारलाई रोक्नको लागि आवश्यक हुन्छ । केही वैज्ञानिकहरूका अनुसार ब्रम्हाण्डमा धेरै ठूलो परिमाणमा 'डार्क म्याटर' पाइन्छ भन्ने छ । 'डार्क म्याटर' यस्तो पदार्थ हो, जसलाई कुनै पनि यन्त्र वा आँखाद्वारा देख्न सकिंदैन र  त्यसलाई छुन पनि सकिंदैन, तर यसको पनि आफ्नो भार हुन्छ । वैज्ञानिकहरूले ब्रम्हाण्डमा 'डार्क म्याटर' को अतिरिक्त कुनै अर्को प्रकारको पदार्थ उपस्थित छैन भन्ने कुरा अस्वीकार गर्दैनन्; यदि यी सबै पदार्थ, ग्रह, उपग्रहहरूको सम्मिलित भार त्यसको भारभन्दा बढी हुँदा ब्रम्हाण्डको विस्तार रोकिन सक्छ र ब्रम्हाण्ड एक निश्चित समयपछि विस्तारित हुन बन्द हुन सक्छ ।

फ्रेडमेनका अनुसार अरबौं-खरबौं वर्ष पहिले सबै तारा एक-अर्कोको बिल्कुल निकट थिए र ती सबैको बीचको दूरी लगभग शून्य थियो । यहींबाट महाविस्फोटको कहानी शुरु हुन्छ । आजभन्दा धेरै वर्ष पहिले सबै तारा एक-अर्कोभित्र समाहित भएका बेला एउटा ठूलो ताराको घनत्व अति धेरै भएको थियो, किनकि त्यो एउटा ताराको द्रव्यमान अति धेरै थियो । घनत्व अति धेरै भएकै कारणले यो ताराले अति धेरै गुरुत्वाकर्ण शक्ति पनि राख्दथ्यो । यसकारणले बाँकी तारा पनि यसबाट टाढा जान सक्दैनथे । तर विस्तारै-विस्तारै यसभित्रको ऊर्जा पनि अति धेरै बढेको थियो, जसको कारणले अब यो टिकिरहने कुरा धेरै मुश्किल भएको थियो । अन्तमा एक भयंकर विस्फोटसँगै त्यो तारा छरप्रस्ट भयो र त्यसबाट निक्सिएका सबै टुक्रा ग्रह, उपग्रह तथा सूर्य एवं त्योभन्दा पनि ठूला ताराहरू बने । यसैलाई 'बिग ब्यांग' को अवधारणा मानिन्छ ।

'ब्ल्याक होल' एक यस्तो चीज हो, जसले ब्रम्हाण्डमा उपस्थित कुनै पनि वस्तुलाई आफूतिर आकर्षित गर्दछ । यसको गुरुत्वाकर्षण क्षेत्र यति बलियो हुन्छ कि प्रकाश पनि यसबाट बचेर निक्लिन सक्दैन ।

'बिग ब्यांग' को यो अवधारणालाई सबै ठाउँमा स्वीकार पनि गरिएको थिएन । जस्तो कि सन् १९४८ मा दुई भौतिकशास्त्री बोण्डी र थोमस गोल्डले भनेका थिए - आकाशगंगाहरू सदैव एक-अर्कोबाट टाढा गइरहेका छन्, तर पहिलेका आकाशगंगा एक-अर्कोबाट टाढा जाँदा नयाँ आकाशगंगाले तिनीहरूको स्थान लिन्छन् र यो प्रकरण निरन्तर चलिरहन्छ । यसकारण आजभन्दा अरबौं-खरबौं वर्ष पहिले पनि ब्रम्हाण्ड यस्तै थियो, जस्तो त्यो आज देखिन्छ । यसको अतिरिक्त केही प्रयोग यस्ता पनि भएका छन्, जसले यो 'बिग ब्यांग'  अवधारणालाई समर्थन दिन्छन्, जस्तो कि विल्सन र पेनजियाजको प्रयोग; यसबाट के थाहा हुन्छ भने ब्रम्हाण्ड पहिले  धेरै बढी सघन थियो, अर्थात् आकाशगंगा पहिले एक-अर्कोको धेरै निकट थिए । यसको साथै दुई रूसका वैज्ञानिक आइज्याक खलात्निकोभ र एभजेनीले सन् १९६३ मा 'बिग ब्यांग'  अवधारणालाई नयाँ दावीसहित समर्थन दिएका थिए । यसको लागि उनीहरूले फ्रेडम्यानका अनुमानहरूको सहारा लिए ।  उनीहरूले भनेका थिए -  ब्रम्हाण्डमा आकाशगंगाहरू एक-अर्कोबाट लगातार टाढा गइरहेका छन्, जबकि एक समय तिनीहरू एक-अर्कोको निकट थिए । यो अनुमानलाई बुझाउनको लागि सबभन्दा पहिलो तरीका ब्रम्हाण्डको शुरुवात 'बिग ब्यांग' बाट भएको हो भन्ने मान्नुपर्छ । दुवै वैज्ञानिकहरूको सिद्धान्तमा धेरै आधार नभएको कारणले गर्दा सन् १९७७ मा उनीहरू यो दावीबाट पछि हटेका थिए । 'बिग ब्यांग' को अवधारणालाई सन् १९६५ मा ब्रिटिश भौतिकशास्त्री रोजर पेनरोजले नयाँ आयाम दिएका थिए । उनले सापेक्षतावादको सिद्धान्तलाई ध्यानमा राखेर के बताए भने गुरुत्वाकर्षण बल सदैव आकर्षणको प्रकृतिको हुन्छ र धेरै पटक कुनै तारा आफ्नै गुरुत्वाकर्षण क्षेत्रमा फस्छ, त्यसकारण त्यसले स्वयंलाई एक केन्द्रमा तान्न लाग्छ र अन्तमा त्यहाँ आयतन शून्य हुन्छ । यसको कारणले त्यहाँ घनत्व अनन्तसम्म पुग्छ र यसैलाई 'ब्ल्याक होल' पनि भनिन्छ ।

'ब्ल्याक होल' एक यस्तो चीज हो, जसले ब्रम्हाण्डमा उपस्थित कुनै पनि वस्तुलाई आफूतिर आकर्षित गर्दछ । यसको गुरुत्वाकर्षण क्षेत्र यति बलियो हुन्छ कि प्रकाश पनि यसबाट बचेर निक्लिन सक्दैन । वास्तवमा 'ब्ल्याक होल' एक सामान्य प्रकारको तारा नै हो, जुन अत्यन्तै सघन हुन्छ । यद्यपि आजसम्म कसैले पनि 'ब्ल्याक होल' लाई देखेको छैन । तर धेरै प्रयोग र यहाँसम्म कि अन्तरिक्षमा घुमिरहेका मानव-निर्मित उपग्रहहरूद्वारा 'ब्ल्याक होल' को उपस्थितिको अनुमान लगाइएको छ । वर्तमानमा जुन चीजले अन्तरिक्ष वैज्ञानिकलाई सबभन्दा बढी आकर्षित गर्दछ, त्यो 'बल्याक होल' नै हो । यसको मुख्य कारण के हो भने 'ब्ल्याक होल' को असीम गुरुत्वाकर्षण शक्तिको अतिरिक्त यसको बारेमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

'ब्ल्याक होलको रहस्य'

'ब्ल्याक होल' शब्दको प्रयोग पहिलो पटक बीसौं शताब्दीको मध्यमा भएको थियो । वास्तवमा यो धारणा विज्ञानको ठूलो बहसको कारण सामुन्ने आएको थियो । अठारौं शताब्दीमा वैज्ञानिकहरूका दुई समूह बनेका थिए, तिनीहरूमध्ये एउटा समूहको मान्यता प्रकाश कणहरूबाट बनेको हुन्छ भन्ने थियो भने दोस्रो समूहको मान्यता प्रकाश तरंगहरूबाट बनेको हुन्छ भन्ने थियो । आजसम्म आउँदा प्रकाश यी दुवै चीजहरूबाट बनेको हुन्छ भन्ने कुरा थाहा भइसकेको छ । किनकि प्रकाशले कण र तरंग दुवैको रूपमा व्यवहार गर्दछ । यदि प्रकाश कणले बनेको भए त्यसमा गुरुत्वाकर्षणबाट फरक पर्नुपर्छ; क्याम्ब्रिजमा जोन मिश्चेलले यही कुरालाई लिएर आफ्नो पीएचडी शोधपत्र लेखिरहेका थिए । उनका अनुसार यदि कुनै तारा धेरै ठूलो र भारी हुन्छ, तर त्यसको आकार धेरै सानो हुन्छ भने यसबाट त्यसको घनत्व धेरै बढ्नेछ । त्यसपछि त्यसको गुरुत्वाकर्षण क्षेत्र यति बलियो हुन्छ कि प्रकाश पनि यसबाट बचेर निक्लिन सक्दैन । मिश्चेलको सुझाव अनुसार ब्रम्हाण्डमा संभवतः यस्ता करोडौं तारा छन्, जसको गुरुत्वाकर्षण बल अत्यन्तै शक्तिशाली छ, यद्यपि अहिलेसम्म हामीले यिनीहरूलाई देख्न सकेका छैनौं । किनकि यिनीहरूबाट आउने प्रकाश यिनीहरूको प्रबल गुरुत्वाकर्षण बलको कारण पृथ्वीसम्म आउन सक्दैन । मिश्चेलले उल्लेख गरेका यिनै ताराहरूलाई आज 'ब्ल्याक होल' भनिन्छ । किनकि यी अन्तरिक्षमा एक कालो रिक्त स्थान जसरी अस्तित्वमान हुन्छन् । यद्यपि त्यसबेला के समस्या उत्पन्न भएको थियो भने वैज्ञानिकहरूले प्रकाशमा गुरुत्वाकर्षणको कुनै प्रभाव पर्न सक्छ भन्ने कुरा मान्न अस्वीकार गरिरहेका थिए । सन् १९१५ सम्म यही धारणा वैज्ञानिकहरूको दिमागमा कायम रह्यो । सन् १९१५ मा आइन्स्टाइनले आफ्नो सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेपछि वैज्ञानिकहरूलाई प्रकाश प्रकाश पनि गुरुत्वाकर्षणबाट प्रभावित हुन्छ भन्ने लाग्यो ।

'ब्ल्याक होल' लाई बुझ्नको लागि एउटा ताराको जीवनचक्रलाई बुझ्नुपर्छ । कुनै पनि तारा त्यसभित्र ठूलो मात्रामा ग्यास आपसमा निकट आएपछि बन्छ । यिनीहरू एक-अर्कोको निकट आउनुको कारण पनि गुरुत्वाकर्ण बल नै हुन्छ । ग्यास निकट आउँदै गएपछि तारा अझ बढी सघन हुन लाग्छ । त्यसपछि यो अझ तीव्रतापूर्वक घुम्न लाग्छ । यो घुमेपछि ऊर्जा पैदा हुन्छ, जसले ग्यासलाई तातो बनाउँछ र अन्तमा ग्यास यति तातो हुन्छ कि त्यसभित्रका अणु एकअर्कोबाट अलग रहन सक्दैनन् । त्यसपछि तिनीहरू आपसमा मिलेर हेलियमका परमाणु बन्छन् । यो प्रक्रियामा असीम मात्रा ऊर्जा पैदा हुन्छ । यही प्रक्रियाको प्रयोग गरेर मानिसले संसारको सबभन्दा खतर्नाक हाइड्रोजन बम बनाएका हुन् । ग्यासबाट प्राप्त हुने ऊर्जा र त्यसद्वारा आकर्षित गरिने गुरुत्वाकर्षण बल बराबर हुन्छ, जसबाट ग्यासका परमाणु त्यही स्थानमा कामय रहन्छन् । ताराभित्र पैदा हुने ऊर्जा त्यसको गुरुत्वाकर्षण बल बराबर हुँदा त्यो तारा कामय रहन्छ । अन्तमा त्यो ताराको सबै हाइड्रोजन खत्तम हुन्छ र यसको गुरुत्वाकर्षण क्षेत्र बढी बलियो भइसकेको हुन्छ । यो तारा अब विस्तारै चीसो भएर संकुचित हुनलाग्छ ।

पहिले वैज्ञानिक यही तारा विस्तारै चीसो भएर 'ब्ल्याक होल' बनेको हो भन्ने कुरा गर्थे । एकजना भारतीय भौतिकशास्त्री चन्द्रशेखरले यसबारेमा एउटा नयाँ धारणा लिएर आउँछन् ।

यसभन्दा पहिले वैज्ञानिक यही तारा विस्तारै चीसो भएर 'ब्ल्याक होल' बनेको हो भन्ने कुरा गर्थे । एकजना भारतीय भौतिकशास्त्री चन्द्रशेखरले यसबारेमा एउटा नयाँ धारणा लिएर आउँछन् । चन्द्रशेखरले कलेजबाट ग्र्याजुएसन पूरा गरेपछि क्याम्ब्रिज वैज्ञानिक अर्थर एडिंग्टनसँग काम गर्ने निर्णय लिए । एडिंग्टनलाई सन् १९२० मा एक पत्रकारले यो संसारमा सापेक्षताको सिद्धान्तलाई केवल तीन जनाले मात्र बुझेका छन्,  त्यो तेस्रो व्यक्ति को हो ?   भन्ने प्रश्न सोधेपछि ती व्यक्तिलाई चन्द्रशेखर भएको उत्तर मिल्यो । चन्द्रशेखरले कसरी एउटा ठूलो ताराले आफूलाई स्वयंको गुरुत्वाकर्षण शक्तिको चंगुलबाट बचाउन सक्छ भन्ने कुरामा विचार गरिरहेका थिए । उनका अनुसार सबै हाइड्रोजन परमाणु खत्तम भएपछि तारा धेरै सानो हुन्छ र सबै पदार्थका कण एक-अर्कोको धेरै निकट आउँदछन् । यसक्रममा यहाँ पाउलीको सिद्धान्त अगाडि आउँछ, जसका अनुसार पदार्थ वा कणको गति एकै समयमा एकै स्थानमा समान हुन सक्दैन  । यसकारणले यी कणहरूको गति अलग-अलग राख्नुपर्छ र यिनीहरूको अलग-अलग गति हुनुको अर्थ ती दुवैको बीचमा दूरी बढ्नु हो र यो चीजले तारालाई पुनः ठूलो बनाउनमा भूमिका खेल्छ । यसप्रकारले यो तारा आफ्नो एक दायरामा निश्चित रहन्छ ।

चन्द्रशेखरलाई यसरी हुने प्रतिकर्षण धेरै सीमित हुन्छ भन्ने कुरा थाहा थियो । सापेक्षताको सिद्धान्तले गतिमा हुने अधिकतम् परिवर्तनलाई पनि सीमित बनाइदिन्छ । अन्तमा यी सबै कुरा हुँदा पनि तारा यति सघन हुनेछ कि बाँकी कुनै पनि प्रकारको प्रतिकर्षण यसको गुरुत्वाकर्षण क्षमताभन्दा बढी शक्तिशाली हुन सक्दैन । तर चन्द्रशेखरले एक सीमा तय गरेका थिए,  जसमा यो द्रव्यमानभन्दा बढी द्रव्यमानको ताराले स्वयंलाई आफ्नै गुरुत्वाकर्षणबाट बचाउन सक्दैन भन्ने थियो । चन्द्रशेखरका अनुसार हाम्रो आकाशगंगामा रहेको सूर्यभन्दा डेढगुना बढी तौल भएको ताराले स्वयंलाई आफ्नै गुरुत्वाकर्षण बलबाट बचाउन सक्दैन । द्रव्यमानको यो सीमालाई चन्द्रशेखर सीमा पनि भन्ने गरिन्छ । यसको असर ब्रम्हाण्डका धेरै ताराहरूमा देखियो । जुन तारा सीमाभन्दा बढी द्रव्यमानको हुन्छ,  त्यो अन्तमा 'ब्ल्याक होल' को रूपमा परिवर्तित हुन्छ । त्यहीँ कम द्रव्यमान हुने तारा एक समयपछि खुम्चिन बन्द गर्दछ । त्यसलाई 'ह्वाइट ड्वार्फ' भनिन्छ । हाम्रो आकाशगंगामा विद्यमान सबभन्दा चम्किलो तारा सिरियस वास्तवमा एक 'ह्वाइट ड्वार्फ' हो । तर कयौं ताराहरूको सीमा चन्द्रशेखर सीमाभन्दा बढी थियो । तिनीहरू धेरै बढी सघन हुँदा तिनीहरूमा एक विस्फोट देखिन्छ, जसबाट तिनीहरूको द्रव्यमान कम हुन्छ र तिनीहरू चन्द्रशेखर सीमाभित्र आउँछन् ।

अझै पनि धेरै प्रश्नको उत्तर वैज्ञानिकहरूले प्राप्त गर्न सकेका थिएनन् । जस्तो कि एउटा तारालाई आफ्नो द्रव्यमान कम गर्नुपर्छ भन्ने कसरी थाहा हुन्छ र पहिले चन्द्रशेखर सीमामा भएको कुनै तारामा वजन थपिंदा के यो 'ब्ल्याक होल' जस्तै बन्नेछ ?  चन्द्रशेखरको परिणाम देखेपछि एडिंग्टनले त्यसलाई मान्न अस्वीकार गरे । उनले के सोचे भने कुनै तारा निश्चित सीमासम्म मात्र खुम्चिने कुरा संभव हुन्छ । अर्कोतिर आइन्स्टाइनसमेत सामेल भएका त्यसबेलाका सबै वैज्ञानिकहरूको पनि यही मान्यता थियो । एडिंग्टनले चन्द्रशेखरलाई आफ्नो धारणा त्यागिदिनको लागि धेरै सम्झाए, तर उनले मानेनन् । त्यसपछि एडिंग्टनले उनको प्रतिभालाई त्यतिखेर बुझे, जतिखेर सन् १९८३ मा उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो ।

आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तबाट के स्पष्ट हुन्छ भने प्रकाशभन्दा तीव्र यो ब्रम्हाण्डमा कुनै पनि चीज छैन । त्यसकारण कुनै पनि चीज 'ब्ल्याक होल' को गुरुत्वाकर्षण क्षेत्रबाट बचेर निक्लिन सक्दैन ।

एकातिर चन्द्रशेखरले धेरै प्रश्नको उत्तर दिए, अर्कोतिर अझै धेरै अनुत्तरित प्रश्न पनि थिए । जस्तो कि चन्द्रशेखर सीमभन्दा कम द्रव्यमान भएका ताराको स्थिति कस्तो हुन्छ ?  यो कुरा धेरै लामो समयसम्म कुनै पनि वैज्ञानिकले पत्ता लगाउन सकेका थिएनन् । सन् १९३९ मा एक अमेरिकी वैज्ञानिक रोबर्ट ओपनहाइमरको प्रयोगबाट यसको उत्तर प्राप्त भयो । ओमनहाइमर संसारको पहिलो परमाणु बमका आविष्कारक हुन् । उनले परमाणु कार्यक्रमलाई धेरै निकटबाट हेरे, जसबाट उनले यसका सम्पूर्ण यान्त्रिकीलाई बुझे । उनले आफ्ना प्रयोगहरूको माध्यमबाट यस्ता ताराहरूको गुरुत्वाकर्षण क्षेत्रले अन्तरिक्षमा प्रकाशका मार्गहरूलाई मोड्दछ र विस्तारै यी तारा अझ सघन हुन्छन् भन्ने कुरा बताए । यसको साथै प्रकाश यिनीहरूतिर बढी मोडिन्छ र अन्तमा प्रकाश यसप्रकारका ताराहरूबाट बचेर निक्लिन सक्दैन । त्यतिखेरसम्म त्यो तारा यति सघन भइसकेको हुन्छ कि त्यो धेरै सानो भइसकेको हुन्छ र यसको गुरुत्वाकर्षण क्षेत्र पनि धेरै बलियो भइसकेको हुन्छ । त्यसपछि त्यसबाट प्रकाश पनि बचेर निक्लिक सक्दैन ।

आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तबाट के स्पष्ट हुन्छ भने प्रकाशभन्दा तीव्र यो ब्रम्हाण्डमा कुनै पनि चीज छैन । त्यसकारण कुनै पनि चीज 'ब्ल्याक होल' को गुरुत्वाकर्षण क्षेत्रबाट बचेर निक्लिन सक्दैन । अब यस्ता 'ब्ल्याक होल' र यस्ता तारा बन्ने सयमको बारेमा कुरा आउँछ । आजसम्म यी ताराहरूको 'ब्ल्याक होल' बन्ने सही समयको बारेमा जानकारी प्राप्त हुन सकेको छैन । समय सम्पूर्ण ब्रम्ण्डमा एकै हुँदैन र यो देख्ने व्यक्तिको स्थितिमा निर्भर हुन्छ । पृथ्वीमा एक व्यक्ति कुनै रडारमा बस्दछ र अर्को व्यक्ति अन्तरिक्षबाट ताराहरूलाई 'ब्ल्याक होल' बनेको देखिरहेको छ । रडारको मद्दतले उसले अन्तरिक्षबाट सिग्नल लिइरहेको छ । उसको घडीको अनुसार ठीक ११ बजे त्यो व्यक्तिले पृथ्वीमा भएको व्यक्तिलाई सिग्नल पठाउँछ  । यो तारा 'ब्ल्याक होल' बन्न शुरु भइसकेको छ,  तर त्यो सिग्नल पृथ्वीमा भएको मानिसम्म आइपुग्दा तारा पहिले नै 'ब्ल्याक होल' बनिसकेको हुन्छ । मानौं, त्यो सिग्नल पृथ्वीमा १२ बजे आइपुग्छ, त्यसपछि १२ बजे अन्तरीक्षमा बल्याक होल बनिरहेको तारा देखिनेछ भन्ने आशा गर्न सकिन्छ । वास्तवमा यस्तो कुनै पनि तरीका छैन,  जसबाट समयमा आउने यो अन्तरालको क्षतिपूर्ति गर्न सकियोस् । किनकि सिग्नल केवल अधिकतम् रूपमा प्रकाशको गतिबाट मात्र पठाउन सकिन्छ,  तर त्यो गतिबाट पनि सिग्नललाई अन्तरिक्षबाट पृथ्वीसम्म आइपुग्न केही समय लाग्नेछ र यसबाट सयमको एक अन्तराल पैदा हुनेछ ।

यो कुरालाई अर्को तरीकाबाट पनि बुझ्न सकिन्छ । हामीले कसैलाई बोलाउँदा आवाज ध्वनि तरंगको माध्यमबाट चारैतिर फैलिन्छ र वरिपरि रहेका मानिसका कानसम्म पुग्छ । तर आवाज हाम्रो मुखबाट निक्लिनु र सामुन्ने भएको व्यक्तिको कानसम्म पुग्नुमा थोरै समयको अन्तराल हुन्छ । यो समय अन्तराललाई बिजुली चम्किंदा महसुस गर्न सकिन्छ । बिजुली चम्किंदा पहिले आकाशमा प्रकाश देखिन्छ र त्यसको केही सेकेण्डपछि आकाश गर्जनको आवाज सुनिन्छ । यसको कारण के हो भने ध्वनिको तरंगको रफ्तार प्रकाशको तरंगको रफ्तारभन्दा कम हुन्छ । त्यसकारण आकाश गर्जनको आवाज हामीसम्म आइपुग्न केही बढी समय लाग्छ, जबकि प्रकाशलाई कम समय लाग्छ । तर यसको अर्थ प्रकाशको गतिलाई बढी समय लाग्दैन भन्ने होइन । दूरी अति धेरै हुँदा प्रकाशलाई यो दूरी तय गर्न धेरै समय लाग्छ । सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न ८ मिनेट २० सेकेण्ड समय लाग्छ । यसको अर्थ के हो भने हामीले सूर्योदय देख्नुभन्दा ८ मिनेट २० सेकेण्ड पहिले नै त्यो उदय भइसकेको हुन्छ । यो समयान्तराल ग्रहहरूको अध्ययन गर्दा पनि देखिन्छ ।

'ब्ल्याक होल' को सिद्धान्तलाई बुझ्नको लागि भौतिकशास्त्रका केही आवश्यक परिभाषाको बारेमा जान्नु आवश्यक हुन्छ । यसको लागि 'सिंगुलारिटी' को बारेमा बुझ्नुपर्छ । 'सिंगुलारिटी' भनेको त्यो स्थिति हो,  जहाँ कुनै वस्तुको गुरुत्वाकर्षण शक्ति यति प्रबल हुन्छ कि त्यो ठाउँमा समय पनि व्यवस्थित ढंगले चल्न सक्दैन ।

'ब्ल्याक होल' एकप्रकारको भ्याकूम मात्र होइन । यसभित्र धेरै घटनाक्रमहरू विकसित हुन्छन् । 'ब्ल्याक होल' को सिद्धान्तलाई बुझ्नको लागि भौतिकशास्त्रका केही आवश्यक परिभाषाको बारेमा जान्नु आवश्यक हुन्छ । यसको लागि 'सिंगुलारिटी' को बारेमा बुझ्नुपर्छ । 'सिंगुलारिटी' भनेको त्यो स्थिति हो,  जहाँ कुनै वस्तुको गुरुत्वाकर्षण शक्ति यति प्रबल हुन्छ कि त्यो ठाउँमा समय पनि व्यवस्थित ढंगले चल्न सक्दैन । समय कसरी अव्यवस्थित हुन्छ भन्ने कुराले अचम्मित बनाउन सक्छ । जसरी हाम्रो चारैतिर धेरै प्रकारका आयामहरू देखिन्छन्,  जसमा लम्बाई, चौडाई, उचाई,  भार,  इत्यादि सामेल हुन्छन्,  त्यसरी नै समय पनि एकप्रकारको आयाम हो । समय सम्पूर्ण ब्रम्हाण्डमा निश्चित छैन । कुनै पनि 'ब्ल्याक होल' को गुरुत्वाकर्षण शक्ति अत्याधिक बढेपछि त्यही 'ब्ल्याक होल' भित्र समय पनि व्यवस्थित रहन सक्दैन । यद्यपि 'ब्ल्याक होल' भित्र समय कति छिटो वा ढिलो चलिरहेको छ भन्ने कुरा कसैले पनि बताउन सक्दैन । किनकि 'ब्ल्याक होल' बाट निक्लिने कुनै पनि सिग्नल त्यहाँबाट बाहिर निक्लिन सक्दैन । किनकि त्यसको गुरुत्वाकर्षण यति धेरै हुन्छ कि स्वयं प्रकाश पनि 'ब्ल्याक होल' लाई छोडेर बाहिर निक्लिन सक्दैन । यही समय अव्यवस्थाको कारणले समय यात्राको पनि संभावना हुन्छ । समयमा आउने यो अव्यवस्थाबाट संभवतः भूतकालमा पुग्न सकिन्छ र भविष्य कालमा पुग्ने कुरा पनि संभव हुन सक्छ ।

'ब्ल्याक होल' को रहस्यबारे थप व्याख्यान

'ब्ल्याक होल' का बारेमा धेरै विचित्र कुरा पनि छन्,  जसले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाइदिएका छन् । सन् १९७० मा हकिङको  बढी ध्यान आइन्स्टाइनको सापेक्षतावाद सिद्धान्तको नयाँ व्याख्या गर्नमा लागेको थियो । र,  'बिग ब्यांग' को 'सिंगुलारिटी' को बारेमा उनी धेरै समयदेखि विचार गरिरहेका थिए । यी विचार कुनै नतिजाबिना नै अगाडि बढिरहेका थिए । तर हकिङकी छोरी जन्मिएकी दिन सुत्न जानुभन्दा पहिले उनी 'ब्ल्याक होल' को बारेमा सोच्न लागे । 'ब्ल्याक होल' को भित्रको समय र बाहिरको समयमा के फरक छ ?  रोजर पेनरोजसँग 'ब्ल्याक होल' को बारेमा कुरा गरिरहेको बेला उनलाई यसको बारेमा केही खास कुरा थाहा भयो । उनले पेनरोजलाई भने - 'ब्ल्याक होल' अलग-अलग प्रकारका घटनाहरूको लगातार चल्ने क्रम हो, जसबाट निश्चित दूरीपछि बच्न धेरै कठिन छ । यसको अर्थ के भयो भने 'ब्ल्याक होल' को किनारामा सधैं प्रकाशका किरण रहन्छन् । यी किरण त्यति नै दूरीमा हुन्छन्,  जहाँबाट अगाडि बढ्दा यिनीहरूलाई 'ब्ल्याक होल' ले निलिदिन्छ । प्रकाशका किरण 'ब्ल्याक होल' को किनारामा फसेका हुन्छन्,  जहाँबाट यिनीहरू न त 'ब्ल्याक होल' बाट टाढा भाग्न सक्दछन्,  र न 'ब्ल्याक होल' भित्र नै जान सक्छन् । यस्तो अवस्थामा कुनै अर्को प्रकाश किरण पहिलेको प्रकाश किरणको सामुन्नेबाट 'ब्ल्याक होल' तिर आएर पहिलेको किरणसँग टकराएपछि दुवै किरणलाई 'ब्ल्याक होल' ले निलिदिन्छ; तर वास्तवमा यस्तो कहिल्यै हुँदैन । 'ब्ल्याक होल' को किनारा सधैं चमकदार हुन्छ । यसको कारण त्यसको किनारामा फसेका प्रकाश किरण हुन्छन् । यसबाट के बुझ्न सकिन्छ भने 'ब्ल्याक होल' को किनारामा फसेका ती प्रकाश  किरण कहिल्यै पनि 'ब्ल्याक होल' भित्र जाँदैनन् । यसकै आधारमा के भन्न सकिन्छ भने 'ब्ल्याक होल' मा कहिल्यै पनि दुई प्रकाश किरण आपसमा टकराउँदैनन् । तिनीहरू सँधै एक-अर्कोको समानान्तर कायम रहन्छन् ।

हकिङ लगातार 'ब्ल्याक होल' मा काम गर्दै गइरहेको थिए । उनी 'ब्ल्याक होल' को रहस्यमलाई बुझ्नमा लागेको थिए । त्यसपछि उनको विचारमा एक उत्कृष्ट विचार आयो । उनले यो 'ब्ल्यक होल' को 'एन्ट्रोपी' लाई बुझेपछि यो रहस्यको बारेमा धेरै हदसम्म पत्ता लगाउन सकिन्छ भन्ने सोचे । 'एन्ट्रोपी'  भौतिकविज्ञानको त्यो राशि हो,  जसबाट कुनै पनि प्रणालीमा फैलिएको अव्यवस्थालाई थाहा पाउन सकिन्छ । जुन वस्तु जति स्थायी हुनेछ,  त्यसको 'एन्ट्रोपी' पनि त्यति नै कम हुन्छ । सामान्यतः के देखिएको छ भने जब कुनै प्रणालीलाई कुनै रोकटोकबिना चल्न दिइन्छ,  तब त्यसको 'एन्ट्रोपी' बढ्छ । यसलाई यसरी बुझ्न सकिन्छ । जस्तो कि कुनै नयाँ घर बनाउँदै गर्दा त्यसलाई केवल कामदारहरूको भरमा छोडिदिइन्छ,  त्यसबाट के संभव हुन्छ भने त्यो घरको निर्माणमा केही न केही गडबडी अवश्य देखिनेछ । यसको प्रत्यक्ष सम्बन्ध प्रणालीमा उपलब्ध ऊर्जासँग पनि हुन्छ । जति ऊर्जा प्रणालीमा विद्यमान हुन्छ,  प्रणालीको 'एन्ट्रोपी' पनि त्यति नै बढी हुन्छ । यदि कुनै तरीकाले यो ऊर्जाको मात्रालाई कम गरियो भने यसको प्रत्यक्ष असर प्रणालीको 'एन्ट्रोपी' मा पर्दछ र त्यो पनि कम हुन्छ । यसलाई तापगतिविज्ञानको दोस्रो नियम भनिएको छ । यो नियम अनुसार केहीसँग नजोडिएको र त्यसको 'एन्ट्रोपी' मा समयसँगै परिवर्तन नदेखिने कुनै यस्तो प्रणाली हुँदैन । यसको अतिरिक्त यदि दुई यस्ता प्रणाली आपसमा मिलेको खण्डमा मिलेर बनेको त्यो नयाँ प्रणालीको 'एन्ट्रोपी' दुवै प्रणालीको 'एन्ट्रोपी' को योगभन्दा सधैं बढी हुन्छ । यसरी नै मानौं दुई बक्सा छन्,  जसमध्ये एउटामा अक्सिजनका र अर्कोमा नाइट्रोजनका अणु छन् । यी दुवै बक्साको बीचमा एउटा पर्खाल छ । अब यदि कसैले यिनीहरूको बीचको पर्खाललाई हटाइदियो भने अक्सिजन र नाइट्रोजनका अणु आपसमा मिल्न शुरु हुन्छन् । केही समयपछि अक्सिजन र नाइट्रोजनका अणुहरूको एक समान मिश्रणको एक नयाँ प्रणाली बन्नेछ । यो स्थितिमा स्वतः अव्यवस्था हुन्छ । त्यसकारण यसको 'एन्ट्रोपी' पनि बढी हुन्छ ।  

तापगतिविज्ञानको यो दोस्रो नियमको तुलनामा विज्ञानको नियम धेरै फरक हुन्छ । बाँकी नियम जस्तो कि न्यूटनको गुरुत्वाकर्षणको नियम, इत्यादि पनि सधैं लागू हुन्छन् । तर तापगतिविज्ञानको दोस्रो नियम सधैं लागू हुँदैन । हाम्रो बक्समा सबै ग्यास अणुहरूको हुने संभावना बक्सको एक आधा हिस्सामा पछिको सयममा धेरै गुना बढी हुन्छ । यद्यपि यदि कसैसँग 'ब्ल्याक होल' छ भने ऊसँग एउटा अर्को सहज तरीका छ । दोस्रो नियमको उल्लंघन गर्नको लागि उसले केही पदार्थलाई अति धेरै 'एन्ट्रोपी' सँगै 'ब्ल्याक होल' मा फ्याँकिदिनुपर्छ । जसबाट बाहिरको पदार्थको कुल 'एन्ट्रोपी' 'ब्ल्याक होल' भन्दा कम हुनेछ । 'ब्ल्याक होल' भित्र हेर्ने त कुनै तरीका हुँदैन । त्यसकारण त्यसभित्र कति 'एन्ट्रोपी' छ भन्ने कुरा पनि देख्न सकिंदैन । तर बाहिरबाट हेर्ने कुनै व्यक्तिले 'ब्ल्याक होल' मा केही चीज फ्याँक्दा त्यसको 'एन्ट्रोपी' बढ्नेछ भन्ने सोच्न सक्छ ।  

प्रिन्सटनमा एक विद्यार्थी ज्याकोब बेकेस्टीनले 'ब्ल्याक होल' कसरी भएको होला भन्ने सम्बन्धमा एक सुझाव प्रस्तुत गरे । उनका अनुसार जसरी 'एन्ट्रोपी' लिएर जाने पदार्थ 'ब्ल्याक होल' मा गएपछि 'ब्ल्याक होल' को विस्तार हुन्छ, जसबाट 'एन्ट्रोपी' को कूल योग कहिल्यै पनि बदलिंदैन । यसप्रकार यसमा पनि तापगतिविज्ञानको दोस्रो नियमको पालन भएको देखिन्छ । ज्याकोबको यो सुझावले धेरै अवस्थामा अर्को नियमलाई भंग हुनबाट बचाइरहेको थियो, तर यसमा केही ठूलो समस्या पनि थियो । पहिलो समस्या के थियो भने यदि 'ब्ल्याक होल' सँग 'एन्ट्रोपी' हुन्छ भने यससँग केही न केही तापक्रम पनि हुनेछ । यसको कारण एउटा वस्तुले गैरशून्य तापक्रमको एक निश्चित दरमा विकिरण उत्सर्जित गर्नेछ,  त्यहीँ कम तापमानमा पिण्डले विकिरण उत्सर्जित गर्दछ । तर सामान्यतः यसलाई कसैले देख्न सक्दैन,  किनकि यिनीहरूको संख्या धेरै कम हुन्छ । दोस्रो नियमको उल्लंघनलाई रोक्नको लागि त्यो विकिरणको आवश्यकता हुन्छ । त्यसकारण 'ब्ल्याक होल' ले विकिरण उत्सर्जित गरिरहनुपर्ने हुन्छ । 'ब्ल्याक होल' को परिभाषा अनुसार यो यस्तो वस्तु हो,  जसबाट केही पनि उत्सर्जित हुँदैन,  त्यसकारण के मानिन्छ भने 'ब्ल्याक होल' बाट विकिरण निक्लिन्छ भन्ने कुरा एक गलत अनुमान हो ।

सेप्टेम्बर १९७३ मा हकिङले मस्को यात्राको क्रममा दुई प्रमुख सोभियत विशेषज्ञ याकोभ जेल्डोभिच र अलेक्जेण्डर स्टारोभिन्स्कीसँग 'ब्ल्याक होल' को बारेमा छलफल गरे । उनीहरूले के बताए भने क्वान्टम यान्त्रिकीको अनिश्चितताको सिद्धान्त अनुसार घुम्ने 'ब्ल्याक होल' ले कणहरूको निर्माण र उत्सर्जन गर्नुपर्छ । पछि यसको गणितीय गणना गरेपछि हकिङले धेरै आश्चर्यजनक परिणाम प्राप्त गरे । उनले आफ्नो गणनामा के पाए भने घुम्ने मात्र होइन,  नघुम्ने 'ब्ल्याक होल' ले पनि एक निश्चित दरमा कणहरूको उत्सर्जन गर्दछन् । अन्तमा उनले के पाए भने प्रत्येक 'ब्ल्याक होल' आफ्नो तापमान अनुसार 'स्पेक्ट्रम' का कणहरूको उत्सर्जन गर्दछन् । यी 'ब्ल्याक होल' ले ठीक त्यही दरमा कणहरूको उत्सर्जन गर्दछन्,  जसबाट तापगतिविज्ञानको दोस्रो नियमको ठीक ढंगले पालन हुनसकोस् । यी कणहरूलाई 'भर्च्यूल' वा आभासी कण भनिन्छ । यसको अतिरिक्त यी कण वास्तविक कणहरूजस्तो देखिंदैनन् । तर तिनीहरूको अप्रत्यक्ष प्रभाव जस्तो इलेक्ट्रोनका कक्ष र परमाणु ऊर्जा, इत्यादिलाई अवश्य मापन गर्न सकिन्छ ।

'ब्ल्याक होल' को द्रव्यमान जति कम हुन्छ,  त्यसको तापमान त्यति नै बढी हुन्छ । यसरी नै 'ब्ल्याक होल' को द्रव्यमान कम भएपछि त्यसको तापक्रम र उत्सर्जनको दर दुवै बढ्दछ । तर 'ब्ल्याक होल' को द्रव्यमान अत्यन्त कम हुँदा के हुन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन ।

ऊर्जा संरक्षणको नियमानुसार यी कणहरूको एक जोडी सकारात्मक ऊर्जा र अर्को जोडी नकारात्मक ऊर्जाबाट बनेको हुन्छ । नकारात्मक ऊर्जायुक्त कण धेरै समयसम्म रहन सक्छन्,  र स्थायी वास्तविक कण बढी सकारात्मक ऊर्जायुक्त हुन्छन् । यद्यपि 'ब्ल्याक होल' भित्रको गुरुत्वाकर्षणयुक्त क्षेत्र यति बलियो हुन्छ कि त्यसमा एक वास्तविक कण पनि नकारात्मक हुनसक्छ । त्यसकारण के संभव हुन्छ भने एक नकारात्मक ऊर्जायुक्त कण 'ब्ल्याक होल' मा प्रवेश गरेर एक वास्तविक ऊर्जायुक्त कण बन्दछ । एउटा टाढा उभिएको व्यक्तिले यसलाई एक वास्तविक कण 'ब्ल्याक होल' बाट नै उत्सर्जित गरिएको हो भन्ने मान्छ । 'ब्ल्याक होल' जति सानो हुन्छ,  नकारात्मक ऊर्जायुक्त कणले वास्तविक कण बन्नको लागि त्यसबाट त्यति नै कम टाढा जानुपर्नेछ । यसप्रकार उत्सर्जनको दर पनि बढी हुनेछ र त्यसमा 'ब्ल्याक होल' को तापमान पनि बढी हुनेछ । 'ब्ल्याक होल' बाट बाहिर निक्लिने सकारात्मक विकिरणलाई 'ब्ल्याक होल' मा प्रवेश गर्ने नकारात्मक आभासी कणहरूको प्रवेशद्वारा सन्तुलित गरिन्छ । आइन्स्टाइनको प्रसिद्ध समीकरण E = MC2 को सूत्रद्वारा ऊर्जा द्रव्यमान (मास)  को बराबर हुन्छ भन्ने बुझ्न सकिन्छ । 'ब्ल्याक होल' मा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ,  त्यसकारण यसले यसको द्रव्यमानलाई कम बनाइदिन्छ । 'ब्ल्याक होल' को द्रव्यमान कम भएपछि यसको आकार सानो हुन्छ र यसबाट 'ब्ल्याक होल' को 'एन्ट्रोपी' मा पनि कमी आउँछ । उत्सर्जित विकिरणको मात्रा 'एन्ट्रोपी' द्वारा गरिएको भुक्तानीभन्दा बढी हुन्छ,  जसबाट दोस्रो नियमको पनि उल्लंघन हुँदैन ।

'ब्ल्याक होल' को द्रव्यमान जति कम हुन्छ,  त्यसको तापमान त्यति नै बढी हुन्छ । यसरी नै 'ब्ल्याक होल' को द्रव्यमान कम भएपछि त्यसको तापक्रम र उत्सर्जनको दर दुवै बढ्दछ । तर 'ब्ल्याक होल' को द्रव्यमान अत्यन्त कम हुँदा के हुन्छ भन्ने कुरा अहिलेसम्म अहिलेसम्म स्पष्ट छैन । यसको सबभन्दा प्रसिद्ध अनुमान के छ भने शायद यो एक शक्तिशाली विस्फोटसँगै पूर्ण रूपमा लोप हुनेछ । 'ब्ल्याक होल' को द्रव्यमान सूर्यको द्रव्यमानभन्दा कयौंगुना बढी हुन्छ । यसको तापक्रम परम शून्य (-२७३ डिग्री सेन्टिग्रेड) भन्दा थोरै मात्र बढी हुनेछ । यो तापक्रम ब्रम्हाण्डलाई भर्ने माइक्रोवेभ विकिकरणको तापक्रमभन्दा अति धेरै कम हो,  जुन परम शून्य तापमानभन्दा लगभग २.७ डिग्री बढी हुन्छ ।

यसकारण 'ब्ल्याक होल' ले अवशोषणको तुलनामा कम उत्सर्जन गर्नेछ । यद्यपि यसको अवशोषण पनि धेरै कम हुन्छ । यदि ब्रम्हाण्डले सदैव विस्तार गरिरहन्छ भने 'माइक्रो वेभ' को तापक्रम कम हुँदै हुँदै 'ब्ल्याक होल' को तापक्रमभन्दा पनि कम हुन्छ । त्यसपछि 'ब्ल्याक होल' ले उत्सर्जित गर्ने भन्दा कम अवशोषित गर्दछ र द्रव्यमान गुमाउन शुरु गर्दछ । तर पनि यसको तापक्रम यति कम हुन्छ कि यसलाई वाष्पित हुनमा लगभग १०६६ वर्ष लाग्नेछ । यो ब्रम्हाण्डको उमेरभन्दा धेरै लामो हुन्छ,  जुन केवल १०१० वर्ष बराबर हुन्छ । हामीले ब्रह्माण्डमा पाइने अनियमितताको कारण बनेका प्राथमिक ब्ल्याक होल (primordial black holes) पनि हुन सक्छन् भन्ने कुरा पहिले नै थाहा पाएका छौं। यस्ता 'ब्ल्याक होल' को तापमान पनि धेरै बढी हुन्छ र तिनीहरूले धेरै ठूलो मात्रामा विकिरण उत्सर्जित गर्न सक्छन् । एक हजार मिलियन टन द्रव्यमान भएका प्राथमिक 'ब्ल्याक होल' को उमेर लगभग ब्रम्हाण्डको उमेर बराबर हुनुपर्छ । योभन्दा कम प्रारम्भिक द्रव्यमान भएका प्राथमिक 'ब्ल्याक होल' पहिलेदेखि नै पूर्ण रूपमा नष्ट भएर वाष्पित भएको हुनुपर्छ । यद्यपि थोरै बढी द्रव्यमान भएको 'ब्ल्याक होल' अझै एक्स-किरण र गामा-किरणहरूको रूपमा विकिरण उत्सर्जित गरिरहेको हुनुपर्छ । यी विकरण प्रकाशका तरंग जस्तै हुन्छन्,  तर यिनीहरूको तरंग-लम्बाई धेरै कम हुन्छ र ऊर्जा धेरै बढी । यदि यसको ऊर्जाको मात्रालाई हेर्ने हो भने यस्तो एउटा 'ब्ल्याक होल' ले करिब दसहजार मेगावाटको दरले ऊर्जा उत्सर्जित गर्न सक्छ ।

ब्रम्हाण्डको उत्पत्तिको अतिरिक्त यी 'ब्ल्याक होल' को माध्यमबाट पृथ्वीमा जीवनको शुरुवात कसरी भयो भन्ने कुरा पनि जान्न सकिन्छ । अब के यी प्राथमिक 'ब्ल्याक होल' लाई देख्न सकिन्छ त भन्ने प्रश्न उठ्न सक्छ । गामा किरणको मद्दतबाट 'ब्ल्याक होल' को जीवनकालको बारेमा थाहा पाउन सकिन्छ ।

अहिलेसम्म प्राथमिक 'ब्ल्याक होल' को बारेमा र यिनीहरूको उत्पत्तिको अवधिको बारेमा थाहा भयो । यी प्राथमिक 'ब्ल्याक होल' ले धेरै अध्ययनमा महत्त्वपूर्ण भूमिका निभाउन सक्छन् । यिनीहरूको माध्यमबाट ब्रम्हाण्डका रहस्यहरूलाई खोल्नमा सहयोगी सावित हुने धेरै कुराहरूलाई बुझ्न सकिन्छ । प्राथमिक 'ब्ल्याक होल' ले अन्ततः हाम्रो उत्पत्ति कसरी भयो भन्ने कुरा बताउनेछन् । ब्रम्हाण्डको उत्पत्तिको अतिरिक्त यी 'ब्ल्याक होल' को माध्यमबाट पृथ्वीमा जीवनको शुरुवात कसरी भयो भन्ने कुरा पनि जान्न सकिन्छ । अब के यी प्राथमिक 'ब्ल्याक होल' लाई देख्न सकिन्छ त भन्ने प्रश्न उठ्न सक्छ । गामा किरणको मद्दतबाट 'ब्ल्याक होल' को जीवनकालको बारेमा थाहा पाउन सकिन्छ । यद्यपि यिनीहरूमध्ये धेरैजसो विकिरण धेरै कमजोर हुनेछन्, किनकि तिनीहरू धेरै टाढा छन् । केहीले गामा किरणको माध्यमबाट यी प्राथमिक 'ब्ल्याक होल' को जानकारी हुन सक्दैन पनि भन्दछन् । तर पनि यी गामा किरणले धेरै आवश्यक जानकारी प्रदान गर्नेछन् । यति दुर्लभ भएको कारणले 'ब्ल्याक होल' प्राप्त हुने संभावना धेरै कम हुन सक्छ । तर गुरूत्वाकर्षणले हरेक प्राथमिक 'ब्ल्याक होल' लाई आकर्षित गर्दछ । यस हिसाबले आकाशगंगामा 'ब्ल्याक होल' धेरै हुनु आवश्यक हुन्थ्यो ।  

प्राथमिक 'ब्ल्याक होल' को बारेमा थाहा पाउनको लागि एकै दिशाबाट आउने गामा किरणलाई एक हप्ताभन्दा पनि बढी समय निरीक्षण गर्नुपर्छ । जर्मनका भौतिक वैज्ञानिक म्याक्स प्ल्यांकको सिद्धान्तले के बताउँछ भने प्रत्येक गामा किरण-क्वान्टममा ऊर्जा अत्याधिक हुन्छ,  किनकि गामा किरणको आवृत्ति अति धेरै हुन्छ । त्यसकारण धेरै मेगावाट ऊर्जा उत्सर्जित गर्नको लागि धेरै संख्यामा क्वान्टम लाग्नेछैन । यी कम संख्यामा निक्लिएका क्वान्टमलाई थाहा पाउनको लागि एक अन्त्यतै आधुनिक क्वान्टम सूचकको आवश्यकता हुन्छ,  जुन आजसम्म बनेको छैन । यसको अतिरिक्त अन्तरिक्षमा एउटा डिटेक्टर हुनुपर्छ,  किनकि गामा किरण वायुमण्डलमा प्रवेश गर्न सक्दैनन् ।

यदि प्लूटो ग्रह जत्रै एउटा 'ब्ल्याक होल' आफ्नो जीवनको अन्तसम्म पुग्दछ र यसमा विस्फोट हुन्छ भने यसको बारेमा पत्ता लगाउने कुरा धेरै सजिलो हुन्छ । त्यहीं यदि कुनै 'ब्ल्याक होल' विगत दस वा बीस हजार अरब वर्षदेखि विकिरण उत्सर्जित गरिरहेको छ भने यसको अर्को केही वर्षमा आफ्नो जीवनको अन्तसम्म पुग्ने संभावना धेरै कम हुन्छ । यो अतीत र भविष्यका कयौं अरब वर्षसम्म एकै प्रकारको देखिन सक्छ । यसकारण अब यसमा विस्फोटलाई देख्ने अवसर धेरै कम भएको हुन्छ । यद्यपि यो मामिलामा सबै क्वान्टम एकै दिशाबाट आएका हुन् भन्ने कुरा निर्धारित गर्नु आवश्यक हुँदैन । यसको लागि यी सबै एकै विस्फोटबाट आएका हुन् भन्ने कुराको पर्याप्त निरीक्षण गर्ने हो भने धेरै कुरा जान्न सकिन्छ । गामा किरण अन्य परमाणुसँग टकराउँदा तिनीहरूले बदलामा इलेक्ट्रोन र पोजिट्रोनका धेरै जोडी बनाउँछन् । यिनीहरू टकराएपछि आकासमा शक्तिशाली प्रकाशकिरण उत्पन्न हुन्छ,  जसलाई सेरेनकोभ विकिरण (Cerenkov radiation)  भनिन्छ । डब्लिन निल पोर्टर र ट्रेभोर विक्स नामका दुई वैज्ञानिकहरूले दूरबीनको उपयोग गरेर एरिजोनामा धेरै प्रकारका प्रकाश किरण देखेका थिए । तर यिनीहरूमध्ये कुनै पनि निश्चित रूपले गामा किरण हुन सक्दैनथे । प्राथमिक 'ब्ल्याक होल' को खोज सफल नभए पनि यसले ब्रम्हाण्डका शुरुवाती चरणको बारेमा महत्त्वपूर्ण जनकारी दिन्छ ।

'ब्ल्याक होल' बाट विकिरण निक्लिने कुराबाट यसको बीसौं शताब्दीका दुई महान सिद्धान्त - सामान्य सापेक्षतावादको सिद्धान्त र क्वान्टम यान्त्रिकी - सँग सम्बन्ध देखिएको थियो । त्यहीँ अब केही नयाँ प्रश्नहरू उत्पन्न भएका भए,  जस्तो कि 'ब्ल्याक होल' ले जेसुकै कसरी उत्सर्जित गर्न सक्छ ?  मैले पहिलो पटक एउटा सम्मेलनमा आफ्नो गणनाको परिणाम सामुन्ने ल्याउँदा कसैले मलाई विश्वास गरेनन् । यद्यपि केही वर्षपछि सबैले के कुरा स्वीकार गरे भने 'ब्ल्याक होल' ले तातो पिण्ड जस्तै विकिरण उत्सर्जन गर्नुपर्छ । किनकि त्यसबिना सामान्य सापेक्षता र क्वान्टम यान्त्रिकीको नियम ठीक ढंगले लागू हुन सक्दैन । अन्तमा,  'ब्ल्याक होल' एक प्रकारले ब्रम्हाण्डलाई पुनर्चक्रण गर्ने उपकरण हो । यदि कुनै अन्तरीक्ष यात्री एउटा 'ब्ल्याक होल' मा फस्यो भने उसको द्रव्यमान बढ्नेछ र यो अतिरिक्त द्रव्यमान विकिरणको रूपमा ब्रम्हाण्डमा छोडिनेछ । यसको अतिरिक्त त्यो अन्तरिक्ष यात्रीको सम्पूर्ण द्रव्यमानलाई पनि सकारात्मक कण र ऊर्जाको रूपमा परिवर्तित गरी ब्रम्हाण्ड छोडिनेछ । यसको अर्थ के हो भने ब्रम्हाण्डको उत्पत्तिको सिद्धान्तको लागि भौतिकशास्त्रका नियमहरूलाई भंग गर्नु आवश्यक छैन ।  

ब्रम्हाण्डको उत्पत्ति र यसको भविष्य

सन् १९७० को दशकको क्रममा हकिङ मुख्यगरी 'ब्ल्याक होल' माथि अध्ययन गरिरहेक थिए । यद्यपि सन् १९८१ मा ब्रम्हाण्डको उत्पत्तिको बारेमा विभिन्न प्रश्नहरूलाई लिएर उनको जिज्ञासा पुनः जागृत भयो । उनी भ्याटिकनमा ब्रम्हाण्ड विज्ञानमाथि भएको एक सम्मेलनमा सामेल हुँदा त्यसमा सहभागीहरूलाई पोपसँग भेट गराइयो । पोपले सबै वैज्ञानिकहरूलाई भने - ब्रम्हाण्डको विकासको अध्ययन गर्नु ठीक हो,  तर 'बिग ब्यांग' को बारेमा धेरै खोज गर्नु हुँदैन,  किनकि त्यो ब्रम्हाण्डको निर्माणको क्षण थियो; त्यसकारण यो ईश्वरद्वारा गरिएको कार्य हो । त्यसपछि हकिङलाई के स्मरण भयो भने धेरै वर्ष पहिले ग्यालिलियोले ब्रम्हाण्डको बारेमा भन्न शुरु गर्दा त्यसबेलाका धार्मिक संगठनहरूले उनलाई अति धेरै दुःख दिएका थिए । त्यसकारण हकिङले पोपसँग यो मुद्दामा बढी कुरा गर्नु ठीक ठानेनन् ।

https://th-thumbnailer.cdn-si-edu.com

'बिग ब्यांग' को समयमा ब्रम्हाण्डको आकार शून्य थियो र यसकारणले यो धेरै तातो थियो । तर ब्रम्हाण्डको विस्तार हुँदै जाँदा विकिरणको तापमान पनि घट्यो । 'बिग ब्यांग' को एक सेकेण्डपछि यसमा लगभग दस हजार बिलियन डिग्री सेल्सियस जति तापक्रम घट्यो ।

ब्रम्हाण्डको उत्पत्तिको बारे थप व्याख्यानभन्दा अगाडि आज ब्रम्हाण्डको निर्माणको बारेमा कुन धारणालाई सबभन्दा बढी स्वीकार गरिन्छ भन्ने बारेमा बुझ्नुपर्छ, जसलाई 'हट बिग ब्यांग मोडेल'  को रूपमा बुझिन्छ । यस अनुसार ब्रम्हाण्डको वर्णन फ्राइडम्यान मोडेलद्वारा गरिएको छ । यो मोडेलमा के भनिएको छ भने ब्रम्हाण्ड फैलिंदा त्यसमा विद्यमान सबै पदार्थहरूको तापमान र विकिरणको स्तर कम हुन्छ । किनकि तापमान कणहरूको ऊर्जाको एक माप हो । त्यसकारण ब्रम्हाण्ड चीसो हुनुको प्रभाव यसमा विद्यमान पदार्थमा पनि पर्नेछ । धेरै उच्च तापमानमा कण यति तीव्रतापूर्क घुमिरहेका हुन्छन् कि परमाणुको न्यूक्लियस वा विद्युत चुम्बकीय बलको कारण यिनीहरू एक-अर्कोबाट सबै प्रकारका आकर्षण बलबाट बच्न सक्दछन् । तर यिनीहरू चीसो हुँदै जाँदा जुन कणहरूले एक-अर्कोलाई आकर्षित गरिरहेका थिए,  तिनीहरू आपसमा टकराउन लाग्छन् ।

'बिग ब्यांग' को समयमा ब्रम्हाण्डको आकार शून्य थियो र यसकारणले यो धेरै तातो थियो । तर ब्रम्हाण्डको विस्तार हुँदै जाँदा विकिरणको तापमान पनि घट्यो । 'बिग ब्यांग' को एक सेकेण्डपछि यसमा लगभग दस हजार बिलियन डिग्री सेल्सियस जति तापक्रम घट्यो । सूर्यको केन्द्रको तापक्रम लगभग एक हजार गुना बढी छ । यो तापक्रममा अति धेरै हाइड्रोजन बमको विस्फोट हुन्छ । यो सयममा ब्रम्हाण्ड फोटोन, इलेक्ट्रोन, न्यूट्रोन र तिनीहरूका एन्टि-पार्टिकल्सबाट बनेको हुन्छ । ब्रम्हाण्डको विस्तार हुँदै जाँदा तापक्रम कम हुँदै गयो, त्यसपछि इलेक्ट्रोन, एन्टी-इलेक्ट्रोनका जोडी उत्पन्न हुँदै गए । अधिकांश इलेक्ट्रोन र एन्टी-इलेक्ट्रोनहरूले एक-अर्कोलाई नष्ट गरिदिए र तिनीहरूबाट फोटोन उत्पन्न हुनलागे । 'बिग ब्यांग' को लगभग सय सेकेण्डपछि तापक्रम एक हजार करोड डिग्रीसम्म कम भयो । यो तापक्रममा प्रोटोन र न्यूट्रोनसँग प्रबल परमाणुको आकर्षणबाट बच्नको लागि पर्याप्त ऊर्जा बाँकी रहेन । त्यसकारण यिनीहरूले ड्यूटेरियमका परमाणुहरूको न्यूक्लियसको निर्माण गर्नको लागि एक-अर्कोसँग संयोजन गर्न शुरु गरे । ड्यूटेरियम भनेको भारी मात्रामा हाइड्रोजन हो,  जसमा एक प्रोटोन र एक न्यूट्रोन हुन्छ । ड्यूटेरियम न्यूक्लियसले त्यसपछि धेरै प्रोटोन र न्यूट्रोनसँग मिलेर हेलियम न्यूक्लियस बनाउँछ, जसमा दुई प्रोटोन र दुई न्यूट्रोन हुन्छन् । के संभव छ भने त्यहाँ धेरै लिथियम र बेरेलियमका केही तत्त्वहरू पनि विद्यमान भएको हुनसक्छ ।

'बिग ब्यांग' को केही घण्टामा हेलियम र अन्य तत्त्वहरूको उत्पादन बन्द हुन्छ । यसपछि अर्को दसौं लाख वर्षसम्म ब्रम्हाण्डको विस्तार जारी रहन्छ । यद्यपि जुन क्षेत्र औसतभन्दा थोरै बढी घनत्वयुक्त हुन्छ,  त्यहाँ बढी गुरुत्वाकर्षणको कारण विस्तार धीमा भयो । यो बढिरहेको गुरुत्वाकर्षण बललाई सन्तुलित गर्नको लागि सबै आकाशसंगा तीव्र रूपमा घुम्न लागे र आज पनि त्यसरी नै घुमिरहेका छन् ।

समय बित्दै जाँदा आकाशसंगाहरूमा विद्यमान ग्यास साना-साना बादलहरूमा भंग हुँदै गए र ती गुरुत्वाकर्षणमा बाँधिनलागे । यिनीहरू खुम्चिंदै जाँदा यी ग्यासका बादलहरूको तापक्रम पनि परमाणु प्रक्रिया शुरु गर्नको लागि पर्याप्त तातो नहुन्जेलसम्म लगातार बढ्दै गयो । यसपछि यी प्रक्रियाको माध्यमबाट हाइड्रोजन हेलियममा बदलियो र यसबाट निस्किएको तापबाट यी बादलहरूको बीचमा दबाव बढ्यो,  जसले बादललाई अगाडि खुम्चिनबाट रोकिदियो । त्यसबेलादेखि यिनीहरू यस अवस्थामा लामो समयबाट सूर्य जस्ता ताराहरूको रूपमा रहन्छन् । यो स्थितिमा तिनीहरूले हाइड्रोजनलाई हेलियममा जलाउँदछन् र ऊर्जालाई ताप र प्रकाशको रूपमा उत्सर्जित गरिरहन्छन् ।

धेरै ठूला ताराहरूले आफ्नो प्रबल गुरुत्वाकर्षणलाई सन्तुलित बनाउनको लागि अति धेरै तातो हुनु आवश्यक हुन्छ । ताराहरू बढी तातो हुँदै गएपछि यिनीहरूले हेलियमलाई कार्बन र अक्सिजन जस्ता भारी तत्त्वहरूमा बदल्न शुरु गर्दछन् । योभन्दा अगाडि के हुन्छ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छैन । तर के अनुमान लगाइन्छ भने ताराहरूको बीचको क्षेत्र धेरै सघन हुनेछ; त्यसपछि ताराको बाहिरी क्षेत्रमा शक्तिशाली विस्फोट हुनसक्छ,  जसलाई सुपरनोभा भनिन्छ । हाम्रो सूर्यमा भारी तत्त्वहरूको लगभग दुई प्रतिशत हिस्सा हुन्छ । यसको निर्माण लगभग पाँच हजार करोड वर्ष पहिले भएको थियो । त्यतिखेर यो केवल एक घुम्ने ग्यासको बादल थियो । यद्यपि भारी तत्त्वहरूको सानो मात्राले एकसाथ एकत्रित भएर यस्तो पिण्ड बनाउँछन्,  जसले पृथ्वी जस्ता ग्रहहरूको रूपमा सूर्यको परिक्रमा गर्दछन् ।

ब्रम्हाण्डको निर्माणको यो अवधारणाले धेरै प्रश्नहरूको उत्तर त दिन्छ,  तर सँगसँगै यसले धेरै महत्त्वपूर्ण प्रश्नहरूलाई छोडिदिन्छ । सबभन्दा पहिले, प्रारम्भिक ब्रम्हाण्ड यति तातो किन थियो ?  दोस्रो,  ब्रम्हाण्ड यति ठूलो मात्रामा एक समान किन छ ?  अर्थात् यो अन्तरिक्षका सबै बिन्दु र सबै दिशामा एक समान किन देखिन्छ ?  तेस्रो,  ब्रम्हाण्डको शुरुवात यति धेरै महत्त्वपूर्ण विस्तार दरबाट किन भयो,  केवल नष्ट हुनबाट बच्नको लागि ?  यदि धमाकाको एक सेकेण्डपछि विस्तारको दर थोरै पनि कम हुन्थ्यो भने ब्रम्हाण्ड आफ्नो वर्तमान आकारसम्म पुग्नुभन्दा पहिले नै पुनः ध्वस्त भएको हुन्थ्यो । यसको अतिरिक्त यदि विस्तारको दर बढी भएको भए ब्रम्हाण्डको यति धेरै विस्तार भएको हुन्थ्यो कि त्यो अहिलेसम्म बिल्कुल खाली हुन्थ्यो । चौथो प्रश्न के हो भने ब्रम्हाण्ड सामान्यतः यति समान र समरूप हुनुको बावजूद पनि यसमा तारा र आकाशगंगाहरू हुन्छन् ।

प्रारम्भिक ब्रम्हाण्डमा अलग-अलग क्षेत्रहरूको घनत्वको थोरै अन्तरबाट यी सबै विकसित भएको हुनुपर्छ । यो घनत्वमा अन्तरको के कारण थियो ?  सामान्य सापेक्षतावादको सिद्धान्त स्वयंले यी विशेषताहरूको व्याख्या गर्न सक्दैन । अन्तमा, के भन्न सकिन्छ भने यो ब्रम्हाण्डको उत्पत्ति कुनै विशेष पद्धतिबिना नै घटिरहेको हुनुपर्छ,  जुन कुनै योजनाको आधारमा बनेको संरचना थिएन । यो घटनाबाट एक यस्तो ब्रम्हाण्डको निर्माण भएको थियो, जसको अलग-अलग क्षेत्रमा अलग-अलग प्रकारका आकाशगंगा र ग्रहहरूको निर्माण भयो । यिनीहरूमध्ये केही क्षेत्र यस्ता थिए,  जुन बुद्धिमान जीवहरूको उत्पत्तिको लागि सही थिए । यिनै स्थानमा जीवहरूको निर्माण भएको थियो,  जसमा हाम्रो पृथ्वी पनि एक हो ।

'हट बिग ब्यांग'  को शुरुवाती चरणमा आउने कठिनाइबाट बच्नको लागि म्यासाचुसेट्स इन्स्टिच्यूड अफ टेक्नोलोजीका एलेन गुथले एउटा नयाँ मोडेल प्रस्तुत गरे । उनका अनुसार प्रारम्भिक ब्रम्हाण्ड धेरै तीव्र रूपमा विस्तार भएको छ;  त्यसकारण यसलाई 'इन्फ्लेशनरी मोडेल' भनियो । अब यहाँ के थाहा पाउनु आवश्यक हुन्छ भने 'इन्फ्लेशन' शब्दको सम्बन्ध वास्तवमा मुद्राको मूल्यमा आएको गिरावटसँग हुन्छ । यसमा तीव्र रूपमा मुद्राको मूल्यमा कमी हुने कुराको उल्लेख गरिन्छ । गुथका अनुसार ब्रम्हाण्डको शुरुवात ठूलो धमाकासहित भएको थियो र यति उच्च ताममानमा प्रबल र कमजोर परमाणु बल तथा विद्युत-चुम्बकीय बल सबै एकै प्रकारको बलमा एकीकृत हुने कुरा संभव हुन्छ । ब्रम्हाण्डको विस्तार हुँदै जाँदा यो अझ चीसो हुँदै जान्छ र यसमा सामेल भएका कणहरूको ऊर्जा पनि कम हुँदै जानेछ । त्यसपछि विस्तारै-विस्तारै सबै प्रकारका बलमा पनि फरक देखिनेछ । कमजोर बल र प्रबल बल दुवैले अलग-अलग प्रकारले व्यवहार गर्न लाग्नेछन् । यही प्रकारको विस्तारबाट ब्रम्हाण्डको समरूपता कायम रहनेछ ।

आइन्स्टाइनले ब्रम्हाण्डको एक स्थायी मोडेलमा काम गरिरहेको बेलामा एउटा संकेत दिए । उनका अनुसार ब्रम्हाण्ड पहिलेदेखि नै विस्तार भइरहेको थियो, जुन कुनै रोकावटबिना नै अनन्तसम्म चलिहनेछ । अगाडि यसको माध्यमबाट हामी के बुझ्नेछौं भने ब्रम्हाण्डका सबै कणहरूको निर्माण ऊर्जाको द्रव्यमानमा परिवर्तनको कारण भएको हो । यो ऊर्जाको निर्माण कसरी भयो भन्ने प्रश्न आएको खण्डमा यसको जवाफ के हुन्छ भने  ब्रम्हाण्ड कूल ऊर्जा शून्य छ । तर यो कसरी संभव छ ?  वास्तवमा पदार्थ सकारात्मक ऊर्जाबाट बनेको हुन्छ,  यद्यपि हरेक पदार्थले स्वयंलाई गुरुत्वाकर्षण बलद्वारा आकर्षित गरिरहेको हुन्छ । एक-अर्कोको निकट भएका पदार्थका दुई टुक्रामा कम ऊर्जा भएको पदार्थ बढी दूरीमा हुन्छ । यस्तो किन हुन्छ भने तिनीहरू अलग हुनको लागि ऊर्जाको खर्च हुन्छ, जसको लागि गुरुत्वाकर्षण बलको विरुद्ध कार्य गर्नुपर्छ । यसरी एक अर्थमा भन्ने हो भने गुरुत्वाकर्षण एक क्षेत्रको नकारात्मक ऊर्जा हुन्छ । सम्पूर्ण ब्रम्हाण्डको मामिलामा के भन्न सकिन्छ भने यो नकारात्मक गुरुत्वाकर्षण ऊर्जाले सकारात्मक ऊर्जालाई बिल्कुल नष्ट गरिदिन्छ । यस्तो 'इन्फ्लेशन' को विस्तारको कारण हुन्छ । किनकि धेरै चीसो अवस्थामा ऊर्जा घनत्व स्थिर रहन्छ,  जबकि ब्रम्हाण्ड फैलिंदा यो आकारमा दुईगुना हुन्छ,  त्यसपछि सकारात्मक पदार्थ ऊर्जा र ऋणात्मक गुरुत्व ऊर्जा दुवै दुईगुना हुन्छ । यसकारण कूल ऊर्जा शून्य रहन्छ ।

'इन्फ्लेशन' को चरणको क्रममा ब्रम्हाण्डले आफ्नो आकारमा अति धेरै मात्रामा वृद्धि गर्दछ । त्यसपछि पनि ऊर्जा संरक्षणका नियमहरूको पूर्ण रूपमा पालन हुन्छ । आज ब्रम्हाण्ड 'इन्फ्लेशन' को कारण विस्तारित भइरहेको छैन । यो कुरालाई मध्यनजर गर्दा हामीसँग यस्तो नियन्त्रक हुनुपर्छ, जसले यो विस्तार दर धीमा हुने कुरालाई बुझाउन सकोस् । ब्रम्हाण्डको विस्तार हुनु र चीसो हुनुले सबै बलहरूको बीचको एकता विस्तारै खत्तम हुनलाग्छ । यो प्रक्रियामा मुक्त भएको ऊर्जाले ब्रम्हाण्डलाई पुनः तातो बनाउँछ । यसपछि ब्रम्हाण्ड पुनः विस्तार हुन्छ र फेरि चीसो हुन्छ । यो 'हट बिग ब्यांग मोडेल' मा बताइएको कुरा जस्तै हुन्छ । केवल फरक यति मात्र हुन्छ कि अब हामीसँग ब्रम्हाण्डले एक निश्चित दरबाट नै किन विस्तार गर्दछ भन्ने प्रश्नको जवाफ हुन्छ । यस्तो किन हुन्छ भने ब्रम्हाण्डको विस्तार र अलग-अलग प्रकारका बलहरूको एकता भंग हुनु एक धीमा प्रक्रिया हो । यो प्रक्रिया एकसाथ नभएर अलग-अलग पदहरूमा हुन्छ र हरेक पदपछि त्यसको ऊर्जाबाट ब्रम्हाण्डको विस्तार हुन्छ । र,  यसरी नै यो प्रक्रिया निरन्तर अगाडि बढ्छ ।

ब्रम्हाण्डको प्रारम्भिक अवस्थामा क्वान्टम सिद्धान्तको एक महत्त्वपूर्ण भूमिका रहेको छ । क्वान्टम सिद्धान्तका अनुसार पार्टिकल्स एकै समयमा धेरै अवस्थामा अस्तित्वमान हुन सक्छन्,  जसलाई 'सुपरपोजिसन'  भनिन्छ । र,  तिनीहरूको अवस्थितिलाई संभाव्यताको माध्यमबाट सुनिश्चित गर्न सकिन्छ । यसको अर्थ के हो भने पार्टिकल्सको व्यवहार स्वाभाविक रूपमा अनिश्चित हुन्छ र तिनीहरूको वास्तविक अवस्थिति एवं गतिलाई समयसँगै एकसाथ बुझ्न सकिंदैन । 'इन्फ्लेसन' सिद्धान्तलाई पनि क्वान्टम सिद्धान्तबाट व्युत्पन्न गरिएको हो । यसको अर्थ 'बिग ब्यांग' पछि पहिलो अति सूक्ष्म सेकेण्डमा ब्रम्हाण्डको अत्यन्तै विस्तार भयो र यो तीव्र विस्तार त्यो समयमा विद्यमान ऊर्जा क्षेत्रमा 'क्वान्टम फ्लक्चुएशन' को माध्यमबाट संचालित हुन्थ्यो । क्वान्टम सिद्धान्त र इन्फ्लेशन सिद्धान्तको संयोजनबाट ब्रम्हाण्डको प्रारम्भिक अवस्थामा विस्तारको क्रम क्वान्टम फ्लक्चुएशन (अनिश्चितता)  को माध्यमबाट सुनिश्चित भएको बुझ्न सकिन्छ । यो अनिश्चितताले तारा,  ग्यालेक्सी र अन्य ब्रम्हाण्डीय संरचनाको लागि एक बीजको रूपमा कार्य गर्दछ ।

समयको दिशा

समयको बारेमा हामीले बुझ्ने सामान्य कुरा के हो भने समय सदैव अगाडिको दिशामा चल्छ । तर के यो पूर्ण रूपमा साँच हो ?  यदि यो साँचो हो भने यसको सम्बन्ध ब्रम्हाण्ड पनि सदैव अगाडिको दिशामा गइरहेको छ वा ब्रहाण्ड केवल विस्तार भइरहेको छ त भन्ने कुरासँग हुन्छ ?  के हामीलाई भौतिकशास्त्रका नियमहरूको सबभन्दा विशेष कुरा थाहा छ ?  यी नियमहरूको सबभन्दा विशेष कुरा के हो भने यिनीहरूले भविष्य र अतीतमा अलग-अलग प्रकारले व्यवहार गर्दैनन् । वास्तवमा भन्ने हो भने यदि कुनै घटनलाई उल्टो बनाएर हेर्दा भौतिकशास्त्रका नियम उल्टो हुँदैनन्, बरु ती नियमले पहिलेकै जसरी नै काम गर्नेछन् र यही नै यी नियमहरूको विशेष कुरा हो । संसारमा घट्ने घटनामा गर्न सकिने तीन मुख्य प्रकारका परिवर्तनमा भौतिकशास्त्रका नियम बिल्कुल बदलिंदैनन् । यसमा पहिलो परिस्थिति वास्तविक कणहरूको तिनीहरूका विपरीत कणहरूसँग फेरबदल हो । यसपछि दोस्रो परिस्थिति दर्पण प्रतिबिम्ब हुने स्थिति हो,  अर्थात् दायाँ र बाँया आपसमा बदलिनु । तेस्रो परिस्थिति समय उल्टो चल्नु हो । यसलाई एउटा उदाहरणको सहायताबाट बुझ्न सकिन्छ । मानौं ब्रम्हाण्डमा हामीले एउटा अर्को संसार प्राप्त गरेका छौं,  जहाँका हरेक चीज हाम्रो संसारको तुलनामा उल्टा छन्,  तब तिनीहरूको लागि भौतिकशास्त्रका नियम पनि उल्टा हुन्छन् भन्ने हुँदैन । यसको साथै यदि कुनै तरीकाले हामी उल्टो चल्न बाध्य भयौं भने पनि भौतिकशास्त्रका आधारभूत नियमले त्यसरी नै काम गर्नेछन् ।

समयको तीरबाट समयले कसरी काम गर्दछ भन्ने कुरा थाहा हुन्छ । कुनै काँचको प्लेट वा कप फुटेपछि पुनः जोड्नु असंभव हुन्छ । यसको कारण पनि तापगतिविज्ञानको दोस्रो नियम हो । जसानुसार के भनिन्छ भने कुनै पनि प्रणालीको समयसँग 'एन्ट्रोपी' र अव्यवस्था सदैव बढ्छ । यदि फुटेको कप आफै पुनः जोडियो भने यसबाट त्यसको अव्यवस्था वा 'एन्ट्रोपी' कम हुनजान्छ । समयसँग 'एन्ट्रोपी' र अव्यवस्थामा वृद्धिलाई नै समयको तीर भनिन्छ । भौतिकशास्त्रमा जम्मा तीन समयका तीर मानिएका छन्,  जसमा सबभन्दा पहिलो समयको तापगतिविज्ञान तीर हो । कुनै तस्वीरको रहस्यलाई समाधान गर्ने क्रममा यो समस्यालाई बुझ्न सकिन्छ, जसमा अलग-अलग तस्वीरका टुक्राहरूलाई ठीक ढंगले मिलाएर एक सही तस्वीर बनाउने कार्य रहेको हुन्छ । सही तस्वीर बनाउने तरीका केवल ती तस्वीरहरूलाई सही ढंगले एक-अर्कोसँग राख्नु हुन्छ । यी तस्वीरहरूमा एक विशेष प्रकारको व्यवस्था हुन्छ,  जसले एक सही तस्वीर प्रदान गर्दछ । त्यही बनेको तस्वीर एक व्यवस्थित प्रणालीको उदाहरण हो । यो विशेष प्रकारको व्यवस्थाको अतिरिक्त अन्य सबै प्रकारका व्यवस्थाहरूमा यो प्रणाली कहिल्यै पूर्ण रूपमा व्यवस्थित हुन सक्दैन । यसको अर्थ के हो भने समयसँग यसको अव्यवस्थामा केवल वृद्धि हुन्छ । अब ब्रम्हाण्डको सन्दर्भमा पनि यसरी नै सोच्न सकिन्छ । ब्रम्हाण्डको निर्माण यसरी नै भएको हो,  यसमा समयसँगै 'एन्ट्रोपी' र अव्यवस्थामा वृद्धि हुन्छ । यदि ब्रम्हाण्ड अन्य कुनै व्यवस्थासँगै बनेको हुन्थ्यो भने फुटेको कपलाई हावामा फ्याँकेर आफै जोडिएको देख्न सक्थ्यौं ।

समयको दोस्रो तीर मनोवैज्ञानिक तीर हो । यसमा समयसँगै ब्रम्हाण्डमा अव्यवस्था कम हुने विशेष परिस्थितिको बारेमा जान्नुपर्छ । के वास्तवमा यस्तो संभव छ ?  यसको लागि मानव स्मरणको बारेमा बुझ्नुपर्छ । अझै हामीसँग मानव स्मरणसँग जोडिएका धेरै जानकारी छैनन् । त्यसकारण कम्प्यूटरको स्मरणको बारेमा कुरा गर्न सकिन्छ । किनकि कम्प्यूटर र मानव मस्तिष्कको स्मरण ग्रहण गर्ने तरीका लगभग एकै जस्तो हुन्छ । कम्प्यूटरको मेमोरी खाली हुँदा त्यसमा सबै प्रकारका संभावनाहरू लगातार यता-उता चलिरहन्छन् । कम्प्यूटरमा कुनै पनि संन्देश ० र १ को रूपमा रेकर्ड हुन्छ । जबसम्म कम्प्यूटरमा कसैले केही सन्देश वा जानकारी टाइप गर्दैन,  तबसम्म यसको मेमोरीमा यही ० र १ अनियमित रूपमा छरप्रष्ट भइरहन्छन् । यसबाट यो स्थिति कति अव्यवस्थित छ भन्ने कुरा बुझ्न सकिन्छ । कुनै जानकारी कम्प्यूटरमा टाइप गरेको खण्डमा ० र १ को विशेष पद्धति यसको मेमोरीमा एकत्रित हुन्छ । यो पद्धति बढी व्यवस्थित हुन्छ । त्यसकारण समयसँगै यहाँ अव्यवस्थामा कमी आएको छ भन्न सकिन्छ । के यो तापगतिविज्ञानको दोस्रो नियमको उल्लंघन हो ?  होइन । यदि कम्प्यूटरको मेमोरीलाई हेर्ने हो भने यसको अव्यवस्था समयसँगै कम भइरहेको प्रतीत हुन्छ,  तर यसलाई प्रणालीको सन्दर्भमा कुरा गर्दा त्यसमा त्यसका सबै भाग सामेल हुन्छन् । कम्प्यूटरको माउस,  डेक्स्टप,  सीपीयू,  इत्यादि सबैलाई सम्मिलित रूपमा हेर्दा  यसबाट सम्पूर्ण प्रणालीको अव्यवस्था समयसँगै बढेको देखिन्छ,  घटेको देखिंदैन । त्यसकारण के भन्न सकिन्छ भने एउटा कम्प्यूटरले पनि त्यो दिशामा काम गर्दछ,  जुन दिशामा समयसँगै अव्यवस्था बढ्छ । यसको अतिरिक्त के पनि भन्न सकिन्छ भने समयसँगै ब्रम्हाण्डमा अव्यवस्था बढ्छ । किनकि समयलाई त्यही दिशामा मापन गरिन्छ,  जुन दिशामा ब्रम्हाण्डको अव्यवस्था बढिरहेको हुन्छ । यसबाट नै के पनि बुझ्न सकिन्छ भने समयको यो दोस्रो तीर वास्तवमा ताप-गतिविज्ञानको दोस्रो नियमसँग जोडिएको हुन्छ ।

https://i.ytimg.com

कोही 'ब्ल्याक होल' भित्र हाम फाल्छ भने त्यसले हामीलाई त्यहाँ हुने घटनाहरूको बारेमा कहिल्यै बताउन सक्दैन । किनकि त्यो व्यक्ति सदैवको लागि 'ब्ल्याक होल' को कैदमा रहनेछ ।

अब समयको तेस्रो तीरको बारेमा बुझौं,  जसलाई समयको ब्रम्हाण्डीय तीर पनि भनिन्छ । यसका अनुसार ब्रम्हाण्ड सदैव विस्तारित हुन्छ । अब कुन प्रश्न उत्पन्न हुन्छ भने ब्रम्हाण्ड यसकारण विस्तारित भइरहेको छ,  किनकि यसबाट समयसँगै कुल व्यवस्थामा वृद्धि हुन्छ वा ब्रम्हाण्ड लगातार विस्तार भइरहेको छ । यही कारणले तापगतिविज्ञानको दोस्रो नियमलाई सधैं ठीक पाइन्छ । यदि एक दिन ब्रम्हाण्ड खुम्चिन शुरु गर्‍यो भने तापगतिविज्ञानको दोस्रो नियम पनि उल्टो हुन्छ ?  के समयको अव्यवस्था पनि कम हुन शुरु हुन्छ ?  यो धेरै रोचक र जटिल प्रश्न हो । किनकि यस आधारमा समय नै उल्टो चल्न शुरु हुन्छ र भोलि हुने घटनाहरूको बारेमा पहिलेदेखि नै जानकारी मिल्नेछ । ब्रम्हाण्ड त आउने अरबौं अरब वर्षसम्म पनि खुम्चिन शुरु हुँदैन । यी प्रश्नहरूको जवाफ थाहा पाउने एउटा अर्को तरीका 'ब्ल्याक होल' भित्र गएर हेर्नु हो । तर यसमा पनि एउटा समस्या छ । यदि कोही 'ब्ल्याक होल' भित्र हाम फाल्छ भने त्यसले हामीलाई त्यहाँ हुने घटनाहरूको बारेमा कहिल्यै बताउन सक्दैन । किनकि त्यो व्यक्ति सदैवको लागि 'ब्ल्याक होल' को कैदमा रहनेछ ।

सबै चीजको सिद्धान्त

आजसम्म मानिसले अनगिन्ती सिद्धान्त दिएका छन्, तिनीहरूमध्ये केहीको प्रकृतिमा सदैव पालन हुन्छ भने कयौं अपवाद देखिने सिद्धान्त पनि छन् । तर आजसम्म यस्तो कुनै सिद्धान्त दिइएको छैन,  जसले प्रकृतिमा हुने हरेक घटनाको व्याख्या गर्न सकोस् । यद्यपि विस्तारै-विस्तारै नयाँ सिद्धान्त दिएर मानिस अन्तमा यस्तो सिद्धान्तसम्म पुग्नेछ,  जसले हरेक घटनाहरूको व्याख्या गर्न सक्नेछ । उदाहरणको लागि रसायन विज्ञानमा न्यूक्लियसभित्रको संरचनाको बारेमा नबुझीकन हाम्रो वरिपरि हुने अनगिन्ती रासायनिक प्रतिक्रियाहरूको ठीक व्याख्या गर्न सक्छौं ।

आइन्स्टाइनले पनि आफ्नो आधा जीवन यही प्रकारको एक संयुक्त सिद्धान्तको खोजमा बिताए । तर त्यो समय उनको लागि सही थिएन । त्यसबेला परमाणुहरूको न्यूक्लियसको बारेमा धेरै कम जानकारी थियो । त्यसकारणले गर्दा आइन्स्टाइनले एकीकृत सिद्धान्तको बारेमा गहिराईपूर्वक अनुमान लगाउन सकेनन् । एकीकृत सिद्धान्तको बारेमा पत्ता लगाउने यो यात्राको क्रममा धेरै कुरा पनि ध्यान दिनुपर्छ ।

आजभन्दा करिब एक शताब्दी पहिले हामी हरेक घटनालाई केही छानिएका सिद्धान्तको माध्यमबाट बुझिरहेका थियौं । तर के त्यो एक एकीकृत सिद्धान्त थियो ?  बिल्कुल होइन । त्यो हाम्रो भौतिकशास्त्रको कम बोध थियो,  जसको कारणले गर्दा हामी हरेक घटनाको गहिराईलाई बुझ्नमा असफल भयौं र त्यसको केवल बाहिरी भागको मात्र व्याख्या गर्यौं । भविष्यमा पनि हामीले यो कुरामा धेरै ध्यान दिनुपर्छ । जुन नियम आज हामीले जानेका छौं,  त्यही सदैव सत्य हुन्छ र सम्पूर्ण ब्रम्हाण्डमा सर्वव्यापी छ भन्ने सोच्नु हुँदैन ।

भौतिकशास्त्रका विषयहरूको बारेमा धेरै महान व्यक्तिहरूले भनेका छन् -  आज भौतिकशास्त्रका नियमहरूको बारेमा जुन कुरा जानिन्छ,  आउने ६ महिनामा नै त्यो पूर्ण रूपमा बदलिन पनि सक्छ । अहिलेसम्म वैज्ञानिक ब्रम्हाण्ड किन बन्यो भन्ने कुराको सट्टा ब्रम्हाण्ड कसरी बन्यो भन्ने कुरामा बढी ध्यान दिइरहेका थिए । अर्कोतिर,  दार्शनिकले यस्तो किन भयो भन्ने प्रश्नको उत्तर खोज्ने काममा वैज्ञानिक सिद्धान्तको प्रगतिसँग तालमेल कायम राख्न सकेनन् । यसकारणले गर्दा आज दर्शनशास्त्र विज्ञानको संसारभन्दा दुईसयदेखि तीनसयवर्ष पछाडि छ । यसको एउटा मुख्य कारण के हो भने १९औं र २०औं शताब्दीमा विज्ञान धेरै जटिल भयो । यसपछि दार्शनिकहरूले आफ्नो जाँचको दायरालाई कम गरिदिए ।

यद्यपि,  यदि हामीले एक सम्पूर्ण सिद्धान्त खोज्यौं भने समयसँगै यो वैज्ञानिकहरूको लागि मात्र नभएर सबैको लागि व्यापक सिद्धान्तको रूपमा बोध हुनेछ । त्यसपछि हामी ब्रम्हाण्ड किन अस्तित्वमान छ भन्ने छलफलमा भाग लिन सक्नेछौं । यदि हामीले यसको उत्तर पायौं भने मानवीय तर्कको अन्तिम जित हुनेछ । यसको अतिरिक्त त्यसपछि हामी ईश्वर छ कि छैन कुराको अर्थ पनि सजिलैसँग बुझ्न सक्नेछौं ।

 

सन्दर्भ स्रोतहरू

  1. STEPHEN W. HAWKING, THE THEORY OF EVERYTHING, THE ORIGIN AND FATE OF THE UNIVERSE, First published under the title The Cambridge Lectures: Life Works, Phoenix Books, 2005
  2. https://ia601000.us.archive.org/35/items/toe_20190914/ToE.pdf
  3. https://nationalbook.com/
  4. Study and Research of various websites, blogs, online portal, youtube channels, etc.
  5. https://narayangiri.wordpress.com/2024/03/31/scientist-and-their-works-in-nepali-2/