सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो: माओ त्से–तुङ

माओ त्से-तुङ र अर्नेस्टो चे ग्वेभारा बीचको संवाद

(समय: अपराह्न ४:२० - ६:३०, नोभेम्बर १९, १९६०)

स्थान: झोंगनानहाईको चिङझेन हल

वार्तामा सहभागीहरु: क्यूबाली पक्ष – प्रतिनिधि मण्डल प्रमुख र नेशनल डेभलपमेन्ट बैंकका अध्यक्ष मेजर अर्नेस्टो चे ग्वेभारा, र अन्य सबै प्रतिनिधिहरू

चिनियाँ पक्ष – अध्यक्ष माओ त्से-तुङ, प्रधानमन्त्री  चाउ एन लाइ,  लि जियानियन, गेंग बिआओ, शेन जियान, लिन पिङ । अनुवादक: काए तोङ्गुओ, लिउ जिलियाङ
रेकर्डर: झाङ जाइ)

माओ : क्यूबाली प्रतिनिधिमण्डललाई स्वागत छ।

चे  :  अध्यक्ष माओलाई प्रत्यक्षरुपमा भेट्न पाउनु हाम्रो लागि ठूलो खुशीको कुरा हो। हाम्रो संघर्षमा हामीले अध्यक्ष माओलाई सधैं सम्मान गरेका छौ । हामी आधिकारिक प्रतिनिधिमण्डल हौं, जसले क्यूबालाई प्रतिनिधित्व गर्छ, तर हाम्रो प्रतिनिधिमण्डलका सदस्यहरू चार राष्ट्रहरूमा जन्मिएका छन्।

माओ: तपाईं अर्जेन्टिनियन हो।

चे: अर्जेन्टिनामा जन्मिएको।

माओ: प्रतिनिधिमण्डलका अरू सदस्यहरू कहाँ जन्मिएका हुन्?

चे:  रामिरो फर्नान्डो माल्डोनाडो (इक्वेडरको क्रान्तिकारी समाजवादी पार्टीका महासचिव) इक्वेडरियन हुन्, अर्थशास्त्री अल्बान लातास्ते चिलियन हुन्, म अर्जेन्टिनामा जन्मिएको हुँ, बाँकी सबै क्यूबामा जन्मिएका हुन्। यद्यपि हामीमध्ये केही क्यूबामा जन्मिएका छैनौं, क्यूबाली जनताले हामीलाई त्यस्तो आरोप लगाउँदैनन्। हामी वास्तवमै क्यूबाली क्रान्तिको रक्षा गर्छौं। फिडेल क्यास्ट्रोले सम्पूर्ण ल्याटिन अमेरिकीहरूको चाहना प्रतिनिधित्व गर्नुहुन्छ।

माओ: तपाईंहरू अन्तर्राष्ट्रियवादी हुनुहुन्छ।

चे: ल्याटिन अमेरिकाका अन्तर्राष्ट्रियवादीहरू ।

हामीमध्ये केही क्यूबामा जन्मिएका छैनौं, क्यूबाली जनताले हामीलाई त्यस्तो आरोप लगाउँदैनन्। हामी वास्तवमै क्यूबाली क्रान्तिको रक्षा गर्छौं।

माओ: एशियाली जनता, अफ्रिकी जनता, र सम्पूर्ण समाजवादी शिविरले तपाईंहरूलाई समर्थन गर्छ। गत वर्ष तपाईंले केही एशियाली मुलुकहरू भ्रमण गर्नुभएको थियो, होइन र?

चे: भारत, सियाम (थाइल्याण्ड), इन्डोनेसिया, बर्मा, जापान, पाकिस्तान जस्ता केही देशहरू।

माओ: चीन बाहेक, सबै प्रमुख एशियाली देशहरूमा जानुभयो।

चे: त्यसैले म अहिले चीनमा छु।

माओ: तपाईंलाई स्वागत छ।

चे: गत वर्ष मैले क्यूबा छोड्दा हाम्रो आन्तरिक अवस्था स्थिर भइसकेको थिएन, त्यसैले हामी बाहिरी संसारसँग सावधानीपूर्वक व्यवहार गर्थ्यौं। अहिले भने आन्तरिक स्थिति सुदृढ भइसकेको छ, र हामी दृढ हुन सक्छौं।

माओ: अहिलेको अन्तर्राष्ट्रिय स्थिति गत वर्षभन्दा राम्रो छ।

चे: सम्पूर्ण राष्ट्र एकताबद्ध छ, तर प्रत्येक दिन साम्राज्यवादीहरूले हाम्रो विभाजनको अपेक्षा गरिरहेका छन्।

माओ: कामदार र किसानहरू बाहेक, अरू को सँग तपाईंहरूले एकता कायम गर्नुभयो?

चे: हाम्रो सरकार मजदुर र किसानहरूको प्रतिनिधित्व गर्छ। हाम्रो देशमा अझै पनि निम्न पूंजीवादी वर्ग छ, जससँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ र उनीहरू हाम्रो सहयोगी हुन्।

माओ: के त्यहाँ राष्ट्रिय पुँजीपति छैनन्?

चे: राष्ट्रिय पुँजीपति प्रायः आयातकर्ताहरू थिए। उनीहरूको हित साम्राज्यवादसँग गाँसिएको थियो र तिनीहरू हाम्रो विरोधमा थिए। त्यसैले हामीले तिनीहरूलाई आर्थिक र राजनीतिक रूपमा ध्वस्त पार्यौं।

माओ: तिनीहरू त दलाल पुँजीपतिहरु थिए। तिनीहरूलाई राष्ट्रिय पुँजीपति भनेर गणना गर्न मिल्दैन।

चे: केही मानिसहरू पूर्ण रूपमा साम्राज्यवादमा निर्भर थिए। साम्राज्यवादले तिनीहरूलाई पूँजी, प्रविधि, पेटेन्ट, र बजार प्रदान गर्थ्यो। तिनीहरू आफ्नै देशमा बसे पनि, उनीहरूको हित साम्राज्यवादसँग गाँसिएको थियो, उदाहरणका लागि, चिनी व्यापारीहरू।

माओ: चिनी व्यवसायीहरू।

चे: हो, तिनीहरू थिए। अहिले चिनी व्यवसायलाई राष्ट्रियकरण गरिएको छ।

माओ: तपाईंहरूले मूलतः सम्पूर्ण अमेरिकी पूँजी अधिग्रहण गर्नुभयो।

चे: मूलतः होइन, पूरै। सायद केही पूँजी उम्कन सक्यो। तर त्यसलाई अधिग्रहण गर्नें चाहना हाम्रो थिएन भन्ने होइन।

माओ: अधिग्रहणपछि तपाईंहरूले क्षतिपूर्ति पनि दिनुभयो?

चे: यदि कुनै चिनी कम्पनीले अधिग्रहण अघि हामीबाट तीन मिलियन टनभन्दा बढी चिनी किन्यो भने, हामीले मूल्यको ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने नीति अपनायौं। क्यूबाको अवस्थासँग अपरिचित मानिसहरूले यस नीतिमा रहेको व्यंग्यलाई बुझ्न गाह्रो हुन्छ।

माओ: प्रेसका अनुसार, तपाईंले ४७  कावालेरिया  प्रतिवर्षको आधारमा पूँजी र नाफा फिर्ता गर्नुभयो, वार्षिक १ प्रतिशत ब्याज दरसहित। (पुरानो स्पेनिश जमिनको नाप अनुसार एक कावालेरिया १९४.२ एकड जमिन हुन्छ)

चे केवल ती कम्पनीहरू जसले ३० लाख टनभन्दा बढी चिनी किन्थे, तिनलाई मात्र क्षतिपूर्ति दिइन्थ्यो। कुनै खरिद भएन भने, क्षतिपूर्ति पनि हुँदैन। क्यानडाका दुई बैंकहरू थिए, तुलनात्मक रूपमा ठूला। हामीले तिनीहरूलाई राष्ट्रियकरण गरेनौं, जसले हाम्रो आन्तरिक र बाह्य नीतिसँग मेल खान्छ।

माओ: केही समयका लागि केही साम्राज्यवादी कम्पनीहरूको उपस्थिति स्वीकार गर्नु रणनीतिक रूपमा उपयुक्त हुन्छ। हाम्रै यहाँ पनि केही [साम्राज्यवादी कम्पनीहरू) छन्।

चाउ एन लाइ : ठीक त्यस्तै, जस्तै HSBC [हङकङ एन्ड सांघाई बैंकिङ कर्पोरेशन), जुन मात्र प्रतीकात्मक रूपमा अवस्थित छ।

चे   क्युबामा रहेका यी क्यानडाली बैंकहरू यहाँको HSBC जस्तै हुन्।

माओ: तपाईंहरुले बहुसंख्यक मजदुर  र किसानहरूलाई एकताबद्ध गर्नुपर्छ।

चे: केही बुर्जुवा वर्गका मानिसहरू हामीविरुद्ध गए र शत्रुको शिविरमा सामेल भए।

माओ: जो तपाईंविरुद्ध जान्छ, तिनीहरू तपाईंका शत्रु हुन्। तपाईंले प्रति-क्रान्तिकारीहरूलाई दबाउन धेरै राम्रो काम गर्नुभएको छ।

चे: प्रति-क्रान्तिकारीहरूले आक्रामक गतिविधिहरू गरे। उदाहरणका लागि कहिलेकाहीँ उनीहरूले केही टापुहरू कब्जा गर्थे, त्यस्तो अवस्थामा तिनीहरू चाँडै नै समाप्त पारिन्थे। चिन्ता लिनुपर्दैन। हामीले उनीहरूका नेतालाई जहा पक्राउ पर्छन त्यहि ठाउमा गोली हानेर मृत्युदण्ड दिने गरेका थियौं। उनीहरूको सबै उपकरण अमेरिकाबाट प्यारासुटबाट झारिएको थियो।

माओ: तपाईंहरूले केही अमेरिकीहरूलाई पनि पक्राउ गर्नुभएको थियो, होइन र?

चे: तिनीहरूलाई तुरुन्तै न्यायालयमा पेश गरियो र गोली हानेर मृत्युदण्ड दिइयो।

चाउ एन लाइ:  अमेरिकी सरकारले विरोध गर्‍यो, अनि तपाईंहरूले जवाफ दिनुभयो।

सरकारले हरेक नागरिकलाई घर उपलब्ध गराउने जिम्मेवारी बहन गरेको हुन्छ । हामीले ठूला घरधनीहरूको सम्पत्ति जफत गरी जनतामा बाँड्यौं। साना घरधनीहरूले भने आफ्नो सम्पत्ति यथावत राखे।

माओ:  तपाईं दृढ हुनुहुन्छ। अन्तसम्म दृढ रहनुहोस्, यो नै क्रान्तिको आशा हो, र साम्राज्यवाद झन् गाह्रो स्थितिमा पर्न बाध्य हुन्छ। तर यदि तपाईं डगमगाउनु भयो वा सम्झौता गर्नुभयो भने, साम्राज्यवादलाई तपाईंलाई नियन्त्रण गर्न सहज हुन्छ।

चे:  हाम्रो क्रान्तिको पहिलो चरणमा, फिडेलले सार्वजनिक आवास समस्याको समाधानका लागि उपाय प्रस्ताव गरे, किनभने सरकारले हरेक नागरिकलाई घर उपलब्ध गराउने जिम्मेवारी बहन गरेको हुन्छ । हामीले ठूला घरधनीहरूको सम्पत्ति जफत गरी जनतामा बाँड्यौं। साना घरधनीहरूले भने आफ्नो सम्पत्ति यथावत राखे।

माओ: अनि त्यसपछि?

चे: अहिले हामी क्रान्तिको दोस्रो चरणमा छौं, अर्थात् एउटाले अर्कोलाई शोषण गर्ने अवस्थाको अन्त्य गर्नु। आन्तरिक तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै, हामी हाम्रो शासन सुदृढ पार्ने काम गरिरहेका छौं: निरक्षरता उन्मूलन गर्ने, (विशेष गरी गम्भीर अवस्थामा रहेको) बेरोजगारी अन्त्य गर्ने, औद्योगिक क्षेत्रको विकास गर्ने, र भूमिसुधारलाई अगाडि बढाउने।

माओ: धेरै राम्रो। तपाईंहरुले ल्याटिन अमेरिका मात्र होइन, एशिया र अफ्रिकासमेत प्रभाव पार्नुभएको छ। तपाईंहरूले राम्रो गर्नुभयो भने, तिनीहरू प्रभावित हुनेछन्।

चे:  विशेष गरी ल्याटिन अमेरिका।

माओ: ल्याटिन अमेरिकी निम्न बुर्जुवा वर्ग र राष्ट्रिय बुर्जुवा वर्ग समाजवादबाट डराउँछन्। तपाईहरुले लामो समयसम्म सामाजिक सुधारका कामहरुमा हतार गर्नुहुँदैन। यो दृष्टिकोण अपनाउँदा ल्याटिन अमेरिकी निम्न बुर्जुवा वर्ग र राष्ट्रिय बुर्जुवा वर्गलाई आफ्नो पक्षमा ल्याउन सजिलो हुन्छ। विजयपछि, च्याङ काइसेकका व्यवसायहरू, र जर्मनी, इटाली, जापानद्वारा पहिले स्वामित्व गरिएका तर पछि जियाङका सम्पत्तिमा परिणत गरिएका व्यवसायहरू सबै राष्ट्रियकरण गरिए । जसले राज्य-स्वामित्वको पूँजीलाई कुल औद्योगिक पूँजीको ८० प्रतिशतसम्म पु-यायो। यद्यपि राष्ट्रिय बुर्जुवा वर्गले औद्योगिक पूँजीको मात्र २० प्रतिशत ओगटेका थिए, तिनीहरूले १० लाखभन्दा बढी कामदारहरूलाई रोजगारी दिएका थिए र सम्पूर्ण  व्यावसायिक सञ्जाल नियन्त्रण गरेका थिए। यो समस्या समाधान गर्न हामीलाई लगभग ७ वर्ष लाग्यो। हामीले तिनीहरूलाई रोजगारी, मतदान अधिकार, निजी-र-सरकारी संयुक्त व्यवस्थापन, र व्याजको स्वामित्व बेच्ने सुविधा दिएर समाधान खोज्ने प्रयास गर्‍यौं। यस संयुक्त समाधानले तिनीहरूलाई सन्तुष्ट पार्‍यो र अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक प्रभाव पार्‍यो। यस समाधानलाई देखेर, एशियाली बुर्जुवा वर्ग पूर्णरूपमा खुसी भएनन्, तर उनीहरूलाई यो स्वीकार्य उपाय लाग्यो, र स्वामित्व बेच्ने नीति अपनाउनु ठीकै हुने निष्कर्ष निकाले। शहरी हस्तकला क्षेत्र र निम्न बुर्जुवा वर्गको समस्या पनि सहकारीहरूमार्फत समाधान गरियो।

ल्याटिन अमेरिकी निम्न बुर्जुवा वर्ग र राष्ट्रिय बुर्जुवा वर्ग समाजवादबाट डराउँछन्। तपाईहरुले लामो समयसम्म सामाजिक सुधारका कामहरुमा हतार गर्नुहुँदैन। यो दृष्टिकोण अपनाउँदा ती वर्गलाई आफ्नो पक्षमा ल्याउन सजिलो हुन्छ।

चे: हामीले चीन र अन्य समाजवादी देशहरू लगायत अन्य राष्ट्रहरूको अनुभव सापट लिनुपर्छ। बुर्जुवा वर्गलाई हामी सम्मान, रोजगारी, र पैसा दिन्छौं, ताकि उनीहरू विदेश नजाऊन्। साथै, हामी प्रविधिज्ञहरूलाई पनि तलब दिन्छौं। परम्परागत रूपमा, हामीसँग हस्तकला उद्योग थिएन; त्यसैले यो सन्दर्भमा कुनै समस्या देखिएन। बेरोजगारहरूलाई हामीले सहकारीहरूमा समाहित गर्‍यौं, जसले उनीहरूलाई रोजगारी दियो।

माओ: अमेरिकाले क्युबामा राष्ट्रिय बुर्जुवा वर्गको उपस्थिति चाहँदैन। यही कुरा जापानले कोरिया र चीनको उत्तरपूर्वी क्षेत्र अर्थात् मन्चुरियामा गर्‍यो, र फ्रान्सले भियतनाममा गर्‍यो। तिनीहरूले स्थानीय जनतालाई ठूलो उद्योग स्थापना गर्न अनुमति दिएनन्।

चे: यो घटनाक्रम ल्याटिन अमेरिकामा भएको घटनासँग मिल्दोजुल्दो छ। सामन्ती शक्तिहरूलाई नष्ट गर्न साम्राज्यवादले राष्ट्रिय बुर्जुवा वर्गलाई बढावा दियो। राष्ट्रिय बुर्जुवा वर्गले उच्च आयात करको माग पनि गरेको हुन सक्छ। तर उनीहरूले राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गरेनन्; वास्तवमा, उनीहरू साम्राज्यवादसँग साँठगाँठ गरिरहेका थिए।

माओ: मेरो एउटा प्रश्न छ । के ब्राजिलको इस्पात उद्योग पूँजीको हिसाबले अमेरिकासँग सम्बन्धित छ?

चे:  प्रमुख ब्राजिलियन धातु उद्योगहरू अमेरिकी पूँजीबाट स्थापित भएका थिए।

चाउ एन लाइ: अमेरिकी पूँजीको प्रतिशत कति छ? ब्राजिलले वार्षिक १.६ मिलियन टन इस्पात उत्पादन गर्छ।

चे:  सबैभन्दा ठूलो ब्राजिलियन कारखानाको कुल पूँजीको मात्रा स्पष्ट छैन। तर प्रविधिको हिसाबले, यो पूर्ण रूपमा अमेरिकामा निर्भर छ। ब्राजिल ठूलो देश हो, तर वास्तवमा ल्याटिन अमेरिकाका अन्य देशहरूसँग तुलनात्मक रूपमा कुनै ठूलो भिन्नता छैन।

माओ: मेरो अर्को प्रश्न छ। क्युबामा तपाईंहरू अवतरण गरेको क्षणदेखि लिएर अन्तिम विजयसम्म दुई वर्षभन्दा बढी समय लाग्यो। तपाईंहरूले किसानहरूलाई एकजुट गर्नुभयो र विजय प्राप्त गर्नुभयो। के ल्याटिन अमेरिकाका अन्य देशहरूले पनि यो मोडल अनुसरण गर्न सक्छन्?

चे:  यो प्रश्नलाई एउटै तरिकाले उत्तर दिन सकिँदैन । वास्तवमा, तपाईंहरूसँग हाम्रो भन्दा बढी अनुभव र गहिरो विश्लेषण छ । मेरो विचारमा, क्युबाले ल्याटिन अमेरिकाका अन्य देशहरूको तुलनामा क्रान्तिका लागि झन् कठिन परिस्थिति सामना गर्‍यो। तर त्यहाँ एउटा मात्र अनुकूल पक्ष थियो: हामीले साम्राज्यवादको हेलचक्र्याइँको फाइदा उठाएर विजय प्राप्त गर्‍यौं। साम्राज्यवादले हामीलाई दबाउन आफ्नो बल केन्द्रित गरेन। उनीहरूले सोच्थे, फिडेलले विजयपछि ऋण माग्नेछ र उनीहरूसँग सहकार्य गर्नेछ। तर, ल्याटिन अमेरिकाका अन्य देशहरूमा क्रान्ति सुरु गर्दा ग्वाटेमालाले जस्तै समान खतराको सामना गर्नेछ —अमेरिकाले नौसैनिकहरू पठाएर हस्तक्षेप गर्नेछ।

मेरो विचारमा, क्युबाले ल्याटिन अमेरिकाका अन्य देशहरूको तुलनामा क्रान्तिका लागि झन् कठिन परिस्थिति सामना गर्‍यो। तर त्यहाँ एउटा मात्र अनुकूल पक्ष थियो: हामीले साम्राज्यवादको हेलचक्र्याइँको फाइदा उठाएर विजय प्राप्त गर्‍यौं।

माओ: यी ल्याटिन अमेरिकी देशहरूबीच आन्तरिक अवस्थाको हिसाबले कुनै भिन्नता छ?

चे:  राजनीतिक रूपमा, भिन्नता छन्। तर सामाजिक रूपमा, यी सबै देशहरू केवल दुई वा तीन श्रेणीमा विभाजित छन्। हाल तीन देशहरूमा सैन्य संघर्ष चलिरहेको छ। ती हुन् पाराग्वे, निकारागुआ र ग्वाटेमाला।

माओ: अहिले अमेरिकाले आफ्नो भाला ग्वाटेमाला र निकारागुआतर्फ तेर्स्याइरहेको छ।

चे: कोलम्बिया र पेरूमा ठूलो जनक्रान्ति आन्दोलनको सम्भावना देखा परेको छ।

माओ: पेरूमा, जस्तै मैले भनेँ, अधिकांश जनतालाई जमिन आवश्यक छ। कोलम्बियामा पनि त्यही अवस्था छ।

चे: पेरूको अवस्था रोचक छ। त्यहाँ सधैंदेखि आदिम साम्यवादको प्रथा रहेको छ। स्पेनिशहरूले आफ्नो शासनकालमा सामन्तवाद र दास प्रथा ल्याए। तर त्यसका कारण आदिम साम्यवाद पूर्ण रूपमा नष्ट भएन। यसको विपरित, यो अहिले पनि टिकिरहेको छ। कुस्कोमा कम्युनिस्ट पार्टीले निर्वाचन जित्यो। यो सङ्घर्ष [निर्वाचनमा कम्युनिस्टको विजयका लागि भएको संघर्ष) जातीय सङ्घर्षसँग गाँसिएको छ। पेरूमा धेरै आदिवासी इन्डियनहरू बसोबास गर्छन्, तर केवल स्वेतहरु वा स्वेत/इन्डियन मेस्टिजोहरूले मात्र जमिनको स्वामित्व राख्न सक्छन् र जमीन्दार हुन सक्छन्।

माओ: त्यहाँ स्थानीयको जनसङ्ख्या ९ देखि १० मिलियन रहेको छ, जबकि त्यहाँका स्पेनिशहरूको  सङ्ख्या जम्मा दश हजार मात्र छ।

चे: यी तथ्याङ्कहरू केही बढाइचढाइ गरिएको हुन सक्छ। पेरूको कुल जनसङ्ख्या १२ मिलियन छ, जसमा १० मिलियन आदिवासी छन् र २ मिलियन स्वेतहरु छन्।

माओ:  पेरू दक्षिण अफ्रिकासँग मिल्दोजुल्दो छ। दक्षिण अफ्रिकामा केवल ३ मिलियन बेलायतीहरू छन्।

चाउ एन लाइ: त्यहाँ ३ मिलियन बेलायती, १ मिलियन डच, १ मिलियन मिश्रित जाति, ८ मिलियन कालाहरू, र आधा मिलियन भारतीय छन्। पछिल्ला दुई समूहका मानिसहरू सबैभन्दा दयनीय अवस्थामा बस्न बाध्य छन्। केवल गोराहरूलाई मात्र मतदान गर्ने अधिकार छ

चे: पेरूमा अहिले पनि दास प्रथा छ। जमिन प्रायः मानिसहरू सहित बिक्री गरिन्छ।

चाउ एन लाइ : विगतमा तिब्बतमा जस्तै।

चे: ती पछाडि परेका क्षेत्रमा, बासिन्दाहरूले पैसा प्रयोग गर्दैनन्। जब किनबेच गर्नुपर्छ, बिक्रेताले वस्तुहरू बिक्रीका लागि राख्छन् र तौल गर्न तिनीहरूलाई तामा मुद्रासँग तराजुमा जोख्छन् । त्यहाँ नोटहरू प्रयोग गरिँदैन।

माओ: कोलम्बियाको अवस्था केही फरक छ  हैन त?

चे: कोलम्बियामा सामन्तवाद कमजोर छ, तर त्यहाँ क्याथोलिक चर्चको प्रभाव निकै बलियो छ। जमीन्दारहरू र क्याथोलिक चर्च अमेरिकासँग साँठगाँठ गर्छन्। आदिवासी इन्डियनहरू गरीब छन्, तर दास छैनन्। कोलम्बियामा पहिले गुरिल्ला सेना सक्रिय थियो, तर अहिले उनीहरूले लडाइँ रोकिसकेका छन्।

माओ: के क्युबाको अन्य ल्याटिन अमेरिकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध छ?

चे: केही देशहरू मिलेर क्युबासँगको सम्बन्ध विच्छेद गरेका छन्। ती देशहरू हुन् हैटी, डोमिनिकन गणतन्त्र, र ग्वाटेमाला। कोलम्बिया, एल साल्भाडोर, होन्डुरसले संयुक्त रूपमा क्युबाली राजदूतलाई अवान्छित व्यक्ति (persona non grata) घोषणा गरेका छन्। ब्राजिलले आफ्ना राजदूत फिर्ता बोलायो, तर त्यो अर्कै कारणले थियो।

चाउ एन लाइ : त्यसो भए कुल ७ देशहरू छन्।

माओ: त्यस अवस्थामा, क्युबासँग अधिकांश देशहरूसँग अझै सम्बन्ध छ: १९ ल्याटिन अमेरिकी राष्ट्रहरू मध्ये ७ घटाउँदा १२ रहन्छ।

चे: क्युबाको पहिलो ३ देशहरू हैटी, डोमिनिकन गणतन्त्र, ग्वाटेमाला सँग कुनै सम्बन्ध छैन।  अन्तिम ४ राष्ट्रहरू (कोलम्बिया, एल साल्भाडोर, होन्डुरस, ब्राजिल) मा क्युबाली मिसन प्रमुख (chargé d'affaires)  छन्, यद्यपि त्यहाँ क्युबाली राजदूत छैनन्। क्युबालीहरू ब्राजिल जाँदा, यो सो-काल्ड आयरन कर्टेन (Iron Curtain) को अर्को किनारामा जाँदा जस्तै हुन्छ।

माओ: ग्वाटेमाला र निकारागुआमा भएका युद्धहरूको प्रकृति के हो? के ती जनयुद्धहरू हुन्?

चे: म ठ्याक्कै उत्तर दिन सक्दिनँ। मेरो बुझाइमा ग्वाटेमालाको युद्ध जनयुद्ध हो, तर निकारागुआको युद्ध सामान्य प्रकारको युद्ध हो। यी स्थानहरू क्युबाबाट टाढा छन्। मलाई त्यसको वास्तविक प्रकृति थाहा छैन। मैले भनेको कुरा व्यक्तिगत विचार हो।

माओ: के ग्वाटेमालामा भएको घटनाक्रम जाकोबो अर्बेन्ज गुज्मानसँग सम्बन्धित छ?

चे: म चीन जानु अघि मैले केवल आर्बेन्जको घोषणापत्र देखेको थिएँ। त्यहाँको क्रान्ति सम्भवतः आम जनतामा आधारित छ ।

माओ: त्यसो भए, आर्बेन्ज अहिले क्युबामा छन्?

चे: हो, क्युबामा छन्।

माओ: उनी चीन र सोभियत संघ पनि गएका थिए। राम्रो मानिस हुन्।

चे: हामी उनलाई विश्वास गर्छौं। उनले अघिल्लो समयमा केही गल्ती गरे, तर उनी इमानदार, दृढ, र विश्वास गर्न योग्य छन्।

(माओले सम्पूर्ण क्युबाली प्रतिनिधिमण्डललाई खानाका लागि निमन्त्रणा गर्नुभयो, जसक्रममा वहाहरुबीच निम्न वार्ता पनि भयो)

चे: चीन र क्युबाबीच दुई उस्तै कुरा छन् जसले मलाई निकै पारेको छ । जब तपाईंहरू क्रान्ति गर्दै हुनुहुन्थ्यो, च्याङ काइसेकले तपाईंहरूलाई आक्रमण गर्दा त्यसलाई  घेराबन्दी र दमन भनिन्थ्यो। यी दुई शब्दहरू हाम्रो ठाउँका प्रतिक्रियावादीहरूले पनि प्रयोग गरेका थिए। उनीहरूले अपनाएको रणनीति पनि उस्तै थियो।

माओ: जब कुनै बाह्य तत्व शरीरमा प्रवेश गर्छ, सेतो रक्तकोशिकाहरूले त्यसलाई घेरा हाली दमन गर्छन्। च्याङ काइसेकले हामीलाई ब्याक्टेरियाको रूपमा हेरे र नष्ट गर्न चाहे। हामीले २२ वर्षसम्म उनको विरुद्ध लड्यौं, दुईपटक सहकार्य गर्‍यौं, दुईपटक अलग भयौं, जसले गर्दा समय लम्बियो। पहिलो सहकार्यमा, हामीले दक्षिणपन्थी अवसरवादको गल्ती गर्‍यौं। पार्टीभित्र  दक्षिणपन्थी समूह देखा पर्यो। त्यसको परिणामस्वरूप, च्याङ काइसेकले पार्टीलाई सफाया गर्‍यो, साम्यवादको विरोध गर्‍यो, र युद्धद्वारा दमन गर्‍यो, जुन उत्तरी अभियानको समयमा भयो। १९२४ देखि १९२७ सम्मको दोस्रो कालखण्ड बाहेक अरु केही थिएन। हामीसँग कुनै उपाय बाँकी रहेन,  जसरी बाटिस्टाले तपाईहरुलाई कुनै बाटो छोडेनन् र मानिसहरूलाई हत्या गर्न थाले। च्याङ काइसेकले हामीलाई सिकाए, साथै चिनियाँ जनतालाई पनि, उस्तै जसरी बाटिस्टाले तपाईहरुलाई र क्युबाली जनतालाई सिकाए—हतियार उठाएर लड्नुबाहेक अरू कुनै विकल्प छैन। हामी कसरी लड्ने भन्ने जान्दैनथ्यौं, न त हामी लड्नको लागि तयार थियौं। प्रधानमन्त्री र म दुवै बौद्धिक थियौं; उहाँ (उप-प्रधानमन्त्री ली सियाननियनलाई इंगित गर्दै) एक श्रमिक हुनुहुन्थ्यो। तर हामीसँग अरू के उपाय थियो र? च्याङ काइसेकले मार्न चाहन्थे।

(माओले क्युबाली जनताको क्रान्तिको सफलताको र प्रतिनिधि मण्डलका सबै सदस्यहरूको सुस्वास्थ्यको कामना गर्दै टोस्ट प्रस्ताव गर्नुभयो।)

हामीसँग कुनै उपाय बाँकी रहेन,  जसरी बाटिस्टाले तपाईहरुलाई कुनै बाटो छोडेनन् र मानिसहरूलाई हत्या गर्न थाले। च्याङ काइसेकले हामीलाई सिकाए, साथै चिनियाँ जनतालाई पनि, उस्तै जसरी बाटिस्टाले तपाईहरुलाई र क्युबाली जनतालाई सिकाए—हतियार उठाएर लड्नुबाहेक अरू कुनै विकल्प छैन।

माओ: जब युद्ध सुरु भयो, त्यसपछि लगातार दश वर्षसम्म जारी रह्यो। हामीले आधार क्षेत्रहरू निर्माण गर्‍यौं, तर दक्षिणपन्थी अवसरवादको गल्ती गर्‍यौं; जब नीति अत्यधिक वामपन्थतिर ढल्यो, आधार क्षेत्र गुमायौं, र जबरजस्ती बाहिर जानुपर्‍यो, जुन जुन लंग मार्च थियो। यी गल्तीहरूले हामीलाई सिकाए—हामीले दुईटा प्रमुख गल्ती गर्‍यौं, एउटा दक्षिणपन्थी र अर्को वामपन्थी—र एउटा पाठ सिक्यौं। जब जापानले चीनमा आक्रमण गर्‍यो, हामीले फेरि च्याङ काइसेकसँग सहकार्य गर्‍यौं, यो प्रसंग तपाईहरुको भएन।

चे: भाग्यले हामीलाई त्यसबाट बचायो।

माओ: तपाईहरूले बाटिस्टासँग सहकार्य गर्ने सम्भावना नै थिएन।

चे: बाटिस्टाको अमेरिकीहरूसँग कुनै द्वन्द्व थिएन।

माओ: च्याङ काइसेक ब्रिटेन र अमेरिकाको कुकुर थियो। जब जापानले आक्रमण गर्‍यो, च्याङ काइसेकले अनुमोदन गरेन। तेस्रो कालखण्ड, जुन ८ वर्ष (१९३७-४५) सम्म रह्यो, हामीले जापानको विरुद्ध च्याङ काइसेकसँग सहकार्य गर्‍यौं। तर त्यो सहकार्य राम्रो भएन, किनभने च्याङ काइसेकले  दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्थे, उनी ब्रिटेन र अमेरिकाका दलाल थिए।

चौथो कालखण्डमा, जापानलाई पराजित गरेपछि, च्याङ काइसेकले आक्रमण गरे; हामीले एक वर्षसम्म प्रतिरक्षा गर्‍यौं, त्यसपछि प्रत्याक्रमण गर्‍यौं, जसमा जम्मा साढे तीन वर्ष लाग्यो  १९४९ मा हामीले समग्र सफलता प्राप्त गर्‍यौं, च्याङ काइसेकले ताइवान भागे। तपाईहर सँग ताइवान टापु छैन।

चाउ एन लाइ : तपाईहरूसँग पिनोस टापु (Isle of Pines) छ। तर बाटिस्टा त्यो टापुमा भाग्नुअघि नै उहाहरुले कब्जा गर्‍यौ।

माओ: त्यसलाई कब्जा गर्नु धेरै राम्रो भयो।

चे: अमेरिकी आक्रमणको सम्भावना अझै बाँकी छ।

चाउ एन लाइ: अमेरिकीहरूले पिनोस टापुमा आक्रमण गर्ने प्रयास गरे।

माओ: त्यसैले अमेरिकी साम्राज्यवाद हाम्रो साझा शत्रु हो, साथै विश्वभरिका जनताको साझा शत्रु हो। तपाईहरु सबै धेरै जवान देखिनुहुन्छ।

चे: जब तपाईंले क्रान्ति सुरु गर्नुभयो, हामी त जन्मेकै थिएनौं, उहाँ (मेजर सुयोललाई इंगित गर्दै) बाहेक। उहाँ ३५ वर्षका हुनुहुन्छ, हाम्रो समूहमा सबैभन्दा बुढो।

माओ: विगतमा हामीले युद्धमा संघर्ष गर्‍यौं। अब हामीले निर्माणमा संघर्ष गर्नुपर्छ।

कमाण्डान्ते एडी सुयोल:  क्रान्तिलाई जोगाउनु पर्छ।

चे: चीनले क्युबासँग अर्को कुरामा पनि समानता राख्छ। १९४५ को चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनमा प्रस्तुत मूल्याङ्कन अनुसार, केही शहरी व्यक्तिहरूले गाउँहरूलाई हेप्थे; हाम्रो संघर्ष दुई भागमा विभाजित थियो: एक, पहाडी क्षेत्रमा गुरिल्ला युद्ध सञ्चालन गर्ने र अर्को, शहरहरूमा हड्ताल गर्ने। जो शहरमा हड्ताल गर्ने विचार राख्थे, तिनीहरूले पहाडी क्षेत्रमा गुरिल्ला युद्ध गर्नेहरूलाई अवहेलना गर्थे। अन्ततः, हड्ताललाई प्राथमिकता दिनेहरू असफल भए।

चाउ एन लाइ:  निकै मिल्दोजुल्दो।

माओ: शक्तिको अनावश्यक खर्च गरेर आराम प्राप्त गर्ने—यो दुःसाहसवाद हो। जब उनीहरू गाउँतर्फ ध्यान दिन सक्दैनन्, तब शहरी मानिसहरूका लागि किसानहरूसँग एकता कायम गर्नु सजिलो हुँदैन।

चाउ एन लाइ: तपाईंको अक्टोबर ५ को लेख (चेको ‘Verde Olivio’ पत्रिकामा प्रकाशित क्युबाली क्रान्तिकारी विचारधारासम्बन्धी लेखलाई इंगित गर्दै) पढेपछि मलाई यो कुरा झल्कियो। मैले त्यस लेखको सारांश र तपाईंले उठाएका मुद्दाहरू पढेँ। तपाईंलाई बुद्धिजीवीको रूपमा मान्न सकिन्छ।

चे: म अझै बौद्धिक तहमा पुगेको छैन।

माओ: तपाईं लेखक बनिसक्नुभएको छ। मैले पनि त्यो लेखको सारांश पढेँ, र तपाईंका विचारहरूसँग पूर्ण सहमति जनाउँछु। त्यो लेखले सम्भवत: ल्याटिन अमेरिकामा प्रभाव पार्न सक्छ।

चाउ एन लाइ: तपाईंले त्यो लेखको पूर्ण पाठ ल्याउनुभएको छ?

चे: म खोज्ने प्रयास गर्नेछु।

माओ: तपाईले आफ्नो लेखमा तीनवटा सिद्धान्तहरू उठाउनु भएको छ। पहिलो, जनताले प्रतिक्रियावादीहरूलाई पराजित गर्न सक्छन्। दोस्रो, क्रान्ति सुरु गर्न सबै सर्तहरू परिपक्व हुन आवश्यक छैन। तेस्रो सिद्धान्त के हो?

चे: तेस्रो सिद्धान्त यो हो कि ल्याटिन अमेरिकामा मुख्य कार्य ग्रामीण क्षेत्रमा केन्द्रित रहन्छ।

चाउ एन लाइ:  क्रान्तिलाई गाउँसँग जोड्नु अत्यन्त महत्त्वपूर्ण छ।

चे: हामी यस बुँदामा पूर्ण रूपले प्रतिबद्ध छौं।

शहरहरूमा अस्तित्व टिक्न नदिई शत्रुले हामीलाई पाठ पढायो। च्याङ काइसेक जनतालाई मार्न चाहन्थे। त्यस अवस्थामा तपाईंले अरू के गर्न सक्नुहुन्थ्यो?

चाउ एन लाइ:  केही ल्याटिन अमेरिकी मित्रहरूले किसानहरूलाई बेवास्ता गरे, तर तपाईंले यसलाई अत्यन्त ध्यान दिनुभयो र सफल हुनुभयो। चिनियाँ क्रान्ति पनि उस्तै थियो: धेरै व्यक्तिले किसानहरूको योगदानलाई महत्त्व दिएनन्, तर कमरेड माओ त्से-तुङले यसलाई गहिरो रूपमा ध्यान दिनुभयो।

माओ:, शहरहरूमा अस्तित्व टिक्न नदिई शत्रुले हामीलाई पाठ पढायो। च्याङ काइसेक जनतालाई मार्न चाहन्थे। त्यस अवस्थामा तपाईंले अरू के गर्न सक्नुहुन्थ्यो?

चे: माओ माओका रचनामा रहेको एउटा बुँदा फिडेल क्यास्ट्रोले निकै महत्त्वपूर्ण ठाने, जुन मैले सुरुवातमा ध्यान दिएको थिइनँ। त्यो बुँदा हो—युद्ध बन्दीहरूसँग उदार व्यवहार गर्ने: उनीहरूको घाउ उपचार गर्ने र फिर्ता पठाउने। हामीले यो बुँदालाई बुझ्यौं, जसले हाम्रो संघर्षमा ठूलो मद्दत गर्‍यो।

माओ: यस तरिकाले शत्रुको सेनालाई विघटन गर्न सकिन्छ।

चाउ एन लाइ:  तपाईंको लेखमा पनि यो विषय समेटिएको छ।

चे: यो बुँदा पछि मात्र थपिएको थियो। सुरुवातमा, हामीले युद्ध बन्दीहरूसँग उनीहरूको जुत्ता र लुगा खोस्ने गथ्र्यौं, किनभने हाम्रा सैनिकहरूसँग जुत्ता र लुगा थिएनन्। तर पछि फिडेलले हामीलाई यस्तो नगर्न आदेश दिनुभयो।

चे: गुरिल्ला युद्ध लड्दा मानिसहरू राम्रोसँग खान पाउँदैनथे। हामी मानसिक आहारको पनि अभावमा थियौं। पढ्ने सामग्रीहरू पाउन सक्दैनथ्यौं।

चाउ एन लाइ: जब माओ माओ गुरिल्ला युद्ध लड्दै हुनुहुन्थ्यो, उहाँले प्रायः पत्रिका लागि मान्छेहरू पठाउनुहुन्थ्यो।

माओ: पत्रिकालाई जानकारीको स्रोतको रूपमा लिनुहोस्। शत्रुका पत्रिकाहरूले  प्रायः शत्रुका गतिविधिहरू चुहाउथे, जुन हाम्रो लागि जानकारीको एउटा स्रोत थियो। हामीले  केही हजार मानिसहरूबाट क्रान्ति सुरु गर्‍यौं; त्यसपछि हाम्रो संख्याले दश हजार पार गर्‍यो, र पछि तीन लाख पुग्यो, त्यसपछि हामीले वामपन्थी गल्ती गर्‍यौं। लामो मार्चपछि, तीन लाखको संख्या घटेर मात्र पच्चीस हजार रह्यो। शत्रु हामीसँग डराउन छाड्यो। जब जापानीहरूले चीन आक्रमण गरे, हामी च्याङ काइसेकसँग सहकार्य गर्न चाहन्थ्यौं। उनले हामीसँग सहकार्य गर्न सकिन्छ भने, किनभने हामी धेरै कम थियौं र उनले हामीलाई खतरा ठानेनन्। उनको उद्देश्य जापानीहरूले हामीलाई समाप्त गरून् भन्ने थियो। तर उनले सोचेनन् कि जापानीहरूसँग लडाइँ गरेपछि हाम्रो संख्याले बीस  हजारबाट बढेर लाखौं पुग्छ। जब जापानले आत्मसमर्पण गर्‍यो, जियाङ जियेशीका चालीस लाख सेनाले हामीमाथि आक्रमण गरे, तर त्यतिखेरसम्म हामीसँग दस लाख सेना र हाम्रो आधार क्षेत्रहरूमा दस करोड जनसंख्या भइसकेको थियो। तीन वर्ष र छ महिनाभित्र, हामीले जियाङ जियेशीलाई पराजित गर्‍यौं। त्यो गुरिल्ला युद्ध मात्र थिएन;  ठूलो स्तरको युद्ध थियो। तपाईंको लेखमा उल्लेख गरिएझैं, प्लेन, तोप, र ट्यांकले कुनै निर्णायक भूमिका खेल्न सकेनन्। त्यतिखेर च्याङ काइसेकसँग यी सबै थिए, तर हामीसँग केही थिएन। पछि मात्र हामीले केही तोपहरु कब्जा गर्‍यौं।

चाउ एन लाइ: अन्तिम चरणमा, हामीले ट्यांकहरू पनि कब्जा गर्‍यौं।

माओ: मुख्य रूपमा हामीले कब्जा गरेको हतियार तोपहरू थिए, जसले गर्दा हामीले तोप विभाग, तोप ब्रिगेड, वा तोप रेजिमेन्ट स्थापना गर्न सक्यौं। ती सबै अमेरिकी उपकरणहरू थिए।

चाउ एन लाइ: जब बेइजिङ मुक्त भयो, हामीले परेड गर्‍यौं। सबै अमेरिकी उपकरणहरू थिए। त्यतिखेर अमेरिकनहरू चीन छोडेका थिएनन्। अमेरिकी महावाणिज्यदूत र सैन्य अधिकारीहरू आएर परेड हेरे।

चे: युद्धको सुरुआती समयमा, मैले नेतृत्व गरेको समूह एउटा कम्पनीभन्दा अलिकति मात्र ठूलो थियो। एकपटक हामीले एउटा ट्यांक कब्जा गर्‍यौं, जसले हामीलाई अत्यन्त खुसी बनायो। तर फिडेलले त्यसलाई लैजान चाहन्थे। म खुसी थिइनँ, र केवल एउटा बाजुका (ट्यांकभेदी रकेट) दिएर साटेपछि मात्र म सहमत भएँ।

माओ: यद्यपि प्लेनहरू दैनिक रूपमा आकाशमा उड्थे, तिनले खासै क्षति पुर्‍याउन सक्दैनथे। मानिसहरूले छद्मआवरण धारण गर्न सक्थे। हरियो लुगा लगाएर आफ्नो रूप बदल्न सकिन्थ्यो। तपाईं सबैले वर्दी लगाउनुभएको छ। तपाईं सबै सैनिक हुनुहुन्थ्यो।

चे: रोड्रिगेज (उप-विदेशमन्त्री) सैनिक थिएनन्। उनी जेलमा यातना सहिरहेका थिए।

माओ: तपाईं (रोड्रिगेजतर्फ संकेत गर्दै) धेरै जवान देखिनुहुन्छ।

रोड्रिगेज: पच्चीस वर्ष।

माओ: तपाईं (मोरा र सुयोलतर्फ संकेत गर्दै) सैनिक हुनुहुन्थ्यो।

चे: मोराको बुबा युद्धमा मारिनु भयो। सुनोल तीन पटक घाइते भए, उनको शरीरका ६ ठाउँमा चोट लाग्यो। म स्वयं दुई पटक घाइते भएँ। रोड्रिगेजले जेलमा यातना सहनु परेको थियो। सुरुआतमा हामीसँग धेरै कम मानिसहरू थिए। फिडेल आफैं आफ्नै बन्दुक बोकेर लडेका थिए।  हामी जम्मा बाह्र जना थियौं।

माओ: के तपाईंहरू अस्सी जनाजति हुनुहुन्नथ्यो?

चे: संख्या विस्तारै घट्दै गयो, अन्तमा मात्र बाह्र जना बाँकी रहे।

माओ: ती बाह्र जना नै बीउ थिए। तपाईंहरूको ठाउँमा तापक्रम राम्रो छ।

चे: क्युबा २२ डिग्री उत्तरमा छ।

माओ: तपाईंहरूको जमिन पनि राम्रो छ।

चे: सबै जमिन खेतीयोग्य छन्। बालुवा भएको क्षेत्रमा नरिवलका रुख रोप्न सकिन्छ। तर पहाडमा खेती गर्न गाह्रो हुन्छ।

माओ: त्यसो भए तपाईंहरूको देशको जनसंख्या कम्तीमा ३० मिलियनसम्म पुग्न सक्छ।

चे: इन्डोनेसियाको जाभा टापुमा त ५० मिलियन मानिस छन्।

माओ: तपाईंहरूले जनरल बाटिस्टालाई धन्यवाद दिनुपर्छ, ठीक त्यस्तै जसरी हामीले च्याङ काइसेकलाई धन्यवाद दिएका थियौं। उनले मानिस मारेर हामीलाई पाठ सिकाए।

हाम्रो अर्को शिक्षक पनि छ, त्यो हो साम्राज्यवाद। यो हाम्रो दीर्घकालीन शिक्षक हो। सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो। तपाईंहरूका पनि दुई जना शिक्षक छन्—बाटिस्टा र अमेरिकी साम्राज्यवाद।

अल्बर्टो मोरा बेसेर्रा: हामी बाटिस्टालाई त्यसैले पनि धन्यवाद दिन्छौं किनभने उनले अझ बढी मानिसहरूलाई हाम्रो पक्षमा धपाए।

माओ: हाम्रो अर्को शिक्षक पनि छ, त्यो हो साम्राज्यवाद। यो हाम्रो दीर्घकालीन शिक्षक हो। सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो। तपाईंहरूका पनि दुई जना शिक्षक छन्—बाटिस्टा र अमेरिकी साम्राज्यवाद। मैले थाहा पाएसम्म, बाटिस्टा अहिले अमेरिकामा छन्। के उनी पुनर्स्थापनाको योजना गरिरहेको छन्?

चे: बाटिस्टाका समर्थकहरू अहिले पाँच समूहमा विभाजित छन्, जसले पाँच राष्ट्रपतिको उम्मेदवार चयन गरेका छन्। यी उम्मेदवारहरूका विचार एकअर्कासँग भिन्न छन्। कोही बाटिस्टाको विरोध गर्छन्, भने कोही अलिकति भए पनि बाटिस्टाजस्तै व्यवहार गर्छन्।

माओ: ती सबै बाटिस्टाको स्तरका छैनन्। बाटिस्टाको उमेर कति भयो?

चे: ६० वर्ष।

माओ: हाम्रो च्याङ काइसेक अहिले ७४ वर्षको भइसकेको छन्।, जो प्रत्येक दिन बेइजिङ फर्कने चाह राख्छ।

मोरा: यी पाँच उम्मेदवारहरू सबै कुनै न कुनै पार्टीका नेता थिए। जनताले उनीहरूको नाम  चिन्छन्, र तिनीहरू पनि प्रत्येक दिन क्युबामा फर्कन चाहन्छन्।

चे: हाम्रो विजयको चार-पाँच दिनपछि उनीहरू मध्य अमेरिका हुँदै प्रस्थान गरे र क्युबामा अवतरण गर्ने योजना बनाए। तिनीहरूले बाटिस्टालाई सत्ताच्युत गर्न आएको भने, तर तिनीहरूलाई थाहा थिएन कि हामीले क्रान्तिमा पहिले नै विजय प्राप्त गरिसकेका थियौं।

माओ: मध्य अमेरिकी देशहरू धेरै छन्। मेरो विचारमा, डोमिनिकन गणराज्य आशाजनक देखिन्छ, किनभने त्यहाँका सबै जनता राफेल त्रुजिल्लो विरुद्ध एकजुट भएका छन्।

चे: त्यो भन्न गाह्रो छ। त्रुजिल्लो ल्याटिन अमेरिकाको सबैभन्दा परिपक्व तानाशाह हो। अमेरिकनहरू उनलाई हटाउने सोचमा छन्।

माओ: अमेरिकनहरूलाई त्रुजिल्लो मन पर्दैन?

चे: सबैले उनको विरोध गरिरहेका छन्, त्यसैले उनलाई हटाउनैपर्छ।

चाउ एन लाइ : दक्षिण भियतनामी नेता नो दिन्ह दियम र दक्षिण कोरियाली नेता सिङमन री जस्तै।

माओ: नो दिन्ह दियम अहिले सबैभन्दा धेरै गुनासो गरिरहेको छन्।

चाउ एन लाइ: आश्रितहरूको जीवन सजिलो हुँदैन।

माओ: अमेरिकनहरूलाई अहिले च्याङ काइसेक मन परेको छैन। हामीलाई ऊ झन् मन पर्न थालेको छ। जो सत प्रतिशत अमेरिकी समर्थक छ, त्यो च्याङ भन्दा झन् खराब छ, किनभने च्याङ त केवल ९९ प्रतिशत मात्र अमेरिकी समर्थक हो। उसले अझै पनि आफ्नो प्रभाव कायम राख्न चाहन्छ।

चाउ एन लाइ: यो द्वन्द्वात्मक छ।

कमान्डर एडी सुनोल: मलाई लाग्छ तपाईंहरू च्याङ काइसेक फर्किन चाहन्छ भनेर अपेक्षा गर्दै हुनुहुन्छ।

माओ: जबसम्म उनी अमेरिकाबाट अलग रहन्छन्, हामी उनलाई हाम्रो सरकारमा स्थान प्रदान गर्नेछौं।

चाउ एन लाइ: यदि उनले ताइवानलाई पनि साथमा लिएर फर्किए अझ राम्रो हुन्थ्यो।

माओ: यस्तो लाग्छ, उनी फर्कन खासै इच्छुक छैन ।

प्रस्तुति: केदार सिटौला