समाजवादमा पुग्न पूँजीवादको बाटो

नेपाली समाजको फेसनको दुनियाँमा राजनीतिक फेसन निकै प्रसिद्ध र जरो गाडेको पेशा पनि हो । सिद्धान्तमा भन्दा फेसनका लागि लेख्ने, बोल्ने,संगठन गर्ने र बेला बेलामा राष्ट्रिय ख्याति प्राप्त व्यक्तिले केही नारा छोडिदिने प्रचलन यो फेसनमा छ । फेसनको ख्याल गरेन भने राजनीतिक दोकान नचल्ने हुनाले पनि चाहेर नचाहेर बाध्यतावश पनि यस्तै गरिन्छ । बौद्धिक वर्ग पनि यही फेसनको वरपर बौद्धिक कसरत गर्न पाए आफुपनि फेसनको दुनियाँमा कतै स्थान बनाउन सकिन्छ कि भनेर यसैमा रमाइरहेका हुन्छन् । आफुलाई संस्थापन पक्षमा नराख्नेप्रति राम्रो नै भए पनि नाक खुम्च्याउने र आफ्नो पक्षको छ भने आकाश पाताल जोडेर प्रभुबाट आजै पो केही झरिहाल्छ कि जस्तो पार्ने फेसनेवलहरु धेरै छन् । संस्थापन पक्षप्रति जहिले पनि नकारात्मक बन्यो भनेमात्र सही भइन्छ,, शहीद भइन्छ र वाहवाहीका साथै आफ्नो दोकान पनि चल्छ भन्ने अवधारणा पनि नेपाली राजनीति र बौद्धिक क्षेत्रको सोचाइको फेसनको मूल हो ।
पूँजीवादलाई गाली गर्ने र समाजवादलाई एक अमूर्त विषय बनाउने काम पनि समाजवादकै नाममा हुन पुगे ।
यतिबेला नेपालमा चलेको राजनीतिक फेसन बनेकोछ समाजवाद । नेपाली राजनीतिको जतिबेला मियो बनेको बाम गठबन्धनले आफ्नो अर्थराजनीति समाजवाद उन्मुख हुने भन्ने घोषणा गर्यो त्यसपछि नै यो फेसनको राप चढेको थियो । कम्युनिष्ट सरकारले ल्याएको यो नारा हो तसर्थ यसको कुनै न कुनै रुपमा विरोध गर्नुपर्छ भन्ने फेसनवश होस् वा आफ्नो पक्षको पार्टीले दिएको नारा हो भनेर होस् समाजवादबारे विचार गोष्ठी, अन्तरक्रिया वा लेखहरुमा केही न केही चर्चापरिचर्चा हुने गरेका थिए । हुँदा हुँदा पूँजीवादलाई गाली गर्ने र समाजवादलाई एक अमूर्त विषय बनाउने काम पनि समाजवादकै नाममा हुन पुगे । यहाँसम्म कि नेपालको मौलिक समाजवाद भनेको एउटा दुहुनु गाई, एक हल गोरु प्रत्येक किसानको घरमा पुर्याउनुपर्छ भन्ने वीपीको सिद्धान्त हो भन्ने पनि नाम कहलाएका नेता र बुद्धिजीवी बन्न छोडेका छैनन् ।
फेसनका कुरा नगर्ने हो भने समाजवाद भनेको समाज विकासको एउटा चरणमा अनिवार्य रुपमा अपनाउनुपर्ने राजनीतिक, आर्थिक र सामाजिक प्रणाली हो । मूलतः यो राजनीतिक पद्धति नै हो । नेपालमा मात्र होइन विश्वमा नै सैकडौ बर्ष अघिदेखि समाजवादका थरिथरिका व्याख्या गरिदै आएका छन् । तर मार्क्सले प्रतिपादन गरेको समाजवाद नै आजको दुनियाँको आधिकारिक र वैज्ञानिक समाजवाद हो । मार्क्सले प्रतिपादन गरेको समाजवादका भाष्य र टीका टिप्पणी पनि सैकडौ प्रकारका भइसकेका छन् । त्यसलाई अपभ्रंश गरेर सामाजिक प्राणीका समाजमुखी क्रियाकलाप नै नै समाजवाद हो भन्नेसम्म तल ओर्लेर समाजवादको व्याख्या पनि गरिएकोछ । तर समाजवादको सरल परिभाषामा सम्पूर्ण उत्पादनका साधन सरकारको अधीनमा राखेर नागरिकलाई योग्यता अनुसारको काम दिने र सोही काम अनुसारको दाम अर्थात् उपभोग सुविधा दिने प्रणाली हो भन्ने कुरा नै मार्क्सवादीहरुले मान्दै आएका छन् । समाजवादी प्रणाली किन ? भन्ने कुराको ठोस आधारभूत कारण पनि मार्क्सवादले दिएको छ ।
मार्क्सले समाजवादको परिकल्पना परोपकारको दृष्टिले होइन कि पूँजीको लगानी गरेर नाफा लिनका लागि पूँजीवादीले जुन अत्यधिक आधुनिक उत्पादन पद्धतिको प्रयोगबाट प्रतिस्पर्धा जित्न र नाफा लिन थाल्दछन् त्यसका कारण उत्पन्न अस्वस्थ प्रतिस्पर्धाले पूँजीवादी पद्धति नै अगाडि चल्नै नसक्ने स्थिति आउँछ र त्यसको एकमात्र समाधान समाजवाद मात्र हुन्छ भनेर समाजविकासको अवरुद्ध बाटो खोल्ने उपाय पनि दिएका हुन् ।
मार्क्सको युगमा पूँजीवादले विगत सामन्तवादी आर्थिक प्रणालीको तुलनामा आर्थिक र प्राविधिक विकास यति तीव्ररुपमा गर्यो कि त्यसले एकातिर मुठ्ठीभर पूँजीपतिहरुले सम्पूर्ण उत्पादनका साधन पूँजी, श्रम, जमिन, कच्चापदार्थ, कारखाना सवै सवै आफ्नो कब्जामा पारे । अर्कातिर लाखौं मानिस उत्पादनका साधनविहीन बनेर तिनै पूँजीपतिका लागि सस्तोमा श्रम बेचेर जीवन धान्न विवस भए । उनीहरुको आफ्नो मौलिक शीप विर्सन बाध्य भए । उनीहरु नाङ्गा सर्बहारा भए । लाखौ यस्ता सर्बहाराको जीवन अमानवीय अवस्थामा गुज्रन थाल्यो । पूँजीपतिले नाफाका लागि कमाउने प्रतिस्पद्र्धामा उत्पादनका साधन र उत्पादित बस्तु प्रयोगमा ल्याउने वा नष्ट गर्ने गरेपछि मानिसको आवश्यकताअनुरुपको उत्पादन प्रणाली नहुदा हजारौं लाखौ मानिस युरोपका गल्लीमा भोकै पनि मरे । यसरी केही सय पूँजीपतिले लाखौ मानिसको जीवनमा खेलवाड गर्दा पनि त्यहाँका सरकारले जनताका लागि केही गरेनन् किनभने ती पूँजपितिकै भरौटेहरुले बनाएका सरकार थिए । यस स्थितिमा मार्क्सले समाज विकासको क्रममा पूजीवादले जुन अद्भूत विकास गरेकोछ त्यसको उपयोग केवल पूँजीपतिहरुको नाफाको लागि मात्र हुन थालेकोले बहुसंख्यक मानिस एकातिर कङ्गाल सर्बहारा बन्ने र अर्कातिर मुठ्ठीभर पूँजीपति धनाढ्य,सम्पन्न हुने स्थितिको अन्त्य गरेर फेरि समाजलाई अझ उन्नत र विकसित तुल्याउन सम्पूर्ण उत्पादनका साधन सरकारको मातहतमा राखेर सबैलाई योग्यता क्षमता अनुसारको काम दिने व्यवस्था नै उत्तम विकल्प हो भन्ने सिद्धान्त प्रतिपादन गरेका हुन् । उनले समाजवादको परिकल्पना परोपकारको दृष्टिले होइन कि पूँजीको लगानी गरेर नाफा लिनका लागि पूँजीवादीले जुन अत्यधिक आधुनिक उत्पादन पद्धतिको प्रयोगबाट प्रतिस्पद्र्धा जित्न र नाफालिन थाल्दछन् त्यसका कारण उत्पन्न अस्वस्थ प्रतिस्पर्धाले पूँजीवादी पद्धति नै अगाडि चल्नै नसक्ने स्थिति आउँछ र त्यसको एकमात्र समाधान समाजवाद मात्र हुन्छ भनेर समाजविकासको अवरुद्ध बाटो खोल्ने उपाय पनि दिएका हुन् । उनले कुनै पूँजीपतिको रीसले, कसैको सम्पत्ति खोस्न यस्तो सिद्धान्त प्रतिपादन गरेका पनि होइनन् तर स्वाभाविक थियो मार्क्सको यो सिद्धान्तप्रति पूँजीपतिहरु असहमत मात्र होइन आक्रोसित पनि बने । तर मार्क्सवादले मानवसमाजको विकासको इतिहासमा पूँजीवादलाई त्यस अघिको सामन्तवादको तुलनामा धेरै प्रगतिशील प्रणाली र समाज विकासमा अत्यावश्यक चरण मानेको कुरा विर्सन मिल्दैन । पूँजीवादको निश्चित चरण पूरा भएपछि यो यस्तो अन्तरविरोधमा फस्दछ कि समाजवाद नै त्यसको एकमात्र विकल्प रहन पुग्दछ । पूँजीवाद नाफाको आधारभूत सिद्धान्तका कारण चल्नै नसक्ने अवस्थामा पुग्दछ र आफ्नो अस्तित्वका लागि युद्धको सहारा लिन थाल्छ । पूँजीवादीहरु प्रतिगामी, उपनिवेशवादी, साम्राज्यवादी र जनविरोधी वन्न थाल्दछन् । समाज विकासको नियम अनुसार त्यसको समाधान समाजवादले दिन्छ । मार्क्सले प्रतिपादन गरेको यो निष्कर्षकै कारणले त्यसैबेलादेखि यो सिद्धान्त र यसका प्रतिपादकहरुलाई जरैदेखि निर्मूल पार्ने प्रयास पनि पूँजीपतिहरुले शुरु गरे । निर्मूल पार्न नसके पछि यसमा भ्रमछर्ने र जनतालाई दिग्भ्रमित बनाएर सही विचारलाई कमजोर पार्ने प्रयास पनि शुरु गरे । यता मार्क्स र उनका उत्तराधिकारीहरुले पनि यसका लागि सङ्गठित प्रयासबाट सरकार हत्याए पछिमात्र समाजवाद लागू गर्न सकिने रहेछ भन्ने अनुभवका आधारमा सर्बहारा अधिनायकत्वको सिद्धान्त प्रस्तुत गरेका हुन् ।
हाम्रो देशमा अहिले समाजवाद चर्चाको विषय मात्र होइन फेसनको विषय पनि बन्दै गएको छ । तर यूरोपमा जतिबेला पूँजीवाद विकसित भएर सङ्कटमा फस्दै समाजवादविना समाज नै अगाडि बढ्न नसक्ने स्थिति थियो त्यो स्थिति अविकसित देशहरु जसमा नेपाल पनि पर्छ, अझै आएको छैन ।
त्यस पछिका दिनमा मार्क्सको भविष्यवाणी जसरी नै पूँजीवाद सङ्कटमा फस्यो । विश्व युद्ध भयो । अनि पूँजीवादी देशहरु आफ्नो देशको पूँजीको थैली बोकेर कतै परोपकारी भेषमा कतै सहकार्यको नाममा पूँजीको विकास नभएका सामन्ती उत्पीडन भएका बर्बर शासकहरु भएका देशमा लगानी गरेर त्यहाँको नाफाले आफनो देशमा मध्यम वर्गको विकास गराउने र पहिलेको एकातिर करोडपति मुठ्ठीभर पूँजीपति र अर्कातिर लाखौं सर्बहारा भएको विषमताको अवस्थालाई रोकेर आफ्नो किल्ला सुरक्षित राख्ने रणनीतिमा लागे । फलस्वरुप अहिले हुँदा हुँदा त्यस्ता पछौटे देशमा पनि पूँजी र प्रविधिको विकास हुँदै गएको छ । पूँजीवादी देश ती देशलाई साधनको रुपमा प्रयोग गरेर सङ्कट टार्दै बसेका छन् । अहिले युरोपमा पूँजीवादको पहिलोपटक देखापरेको प्रकारको संकट त टरेको छ वित्तीय पूँजीवादका जटिलखालका समस्या देखापर्ने गरेका छन् । उदारवादी विश्वव्यापीकरणको रणनीति अँगालेपछि पनि पूजीवादी विश्वमा सन् १९९८, २००८ र अहिलेसम्म पनि युरोपमा वित्तीय पूँजीको सङ्कटले लाखौ वेरोजगार बने, साना ठूला पूँजीपतिहरु कङ्गाल बने ।फेरि पनि पूँजीवादीहरु समस्या परे गरीब देशलाई परोस् आफुलाई नछोओस् भन्ने भावनाले काम गरेमा आफ्नो सङ्कट टर्ने विश्वासमा छन् । यसका लागि आजभोलि ए आई र अटोमेशनका उपाय पनि अपनाउन थालेका छन् । तर यसबाट पछि परेको समाज र देशमा देखिने संकटले पूँजीवादी देशलाई पनि क्रमशः सङ्कटतिर धकेलिरहेकोछ ।पूँजीवादको यही सङ्कट समाधानका लागि नै यहाँ पनि समाजवादका चर्चा हुने गरेकाछन् । त्यस्तै चर्चामध्यै हाम्रो देशमा अहिले समाजवाद चर्चाको विषय मात्र होइन फेसनको विषय पनि बन्दै गएको छ ।
देशमा पूँजीवादको विकास किन नगरेर नेताहरुले समाजवादको गफ हाँकेका । समाजवाद ल्याउन पहिले पूँजीवादको विकास गर्नु परो नि ! पूँजीवादी वातारणमा पूँजीवादको विकास गर्न नसक्ने अनि आफ्नो अक्षमता ढाक छोप गर्न समाजवादका कुरा गर्ने ?
तर यूरोपमा जतिबेला पूँजीवाद विकसित भएर सङ्कटमा फस्दै समाजवादविना समाज नै अगाडि बढ्न नसक्ने स्थिति थियो त्यो स्थिति अविकसित देशहरु जसमा नेपाल पनि पर्छ, अझै आएको छैन । यहाँ जुन दुख हामी भोगिरहेछौं त्यो हामी कहाँको पूँजी र प्रविधिको विकासबाट अधिक उत्पादन र अतिरिक्त श्रमको अधिक शोषण भएरभन्दा पनि हाम्रो देशमा उपलब्ध धनसम्पत्ति पूँजीको रुपमा विकास हुन नसकेर, लगानी भएको पूँजीबाट प्राप्त नाफा अर्थात् अतिरिक्त पूँजीको पुनर्लगानीको र पुनरुत्पादनको चक्र, जुन पूँजीवादको लागि जीवन चक्र नै हो, अगाडि नबढेर भएको हो । यस्तो नहुनाले देशमा उत्पादन बढेन, रोजगारी बढेन, अनि सरकारको कर आदि आम्दानी पनि बढेन । देशमा सामन्तवादी अर्थतन्त्र कमजोर भैसकेको छ । यसको आय प्रतिशत निकै कम छ । सामन्तवादी अर्थतन्त्रबाट जीविका चल्दैन । स्वतन्त्र श्रमिकको देशमा बाढी आएको छ । शहरीकरण र वैदेशिक रोजगारबाट भएका आम्दानीले उपभोग्य वस्तुको माग वढ्दो छ । विदेशी सामानले बजार भरिएको छ । यस्तो अवस्थामा मानिसहरुको पैसा लगानी गर्ने ठाउँ नपाएर थुप्रिएको छ । भएको पैसा पनि ह्रासमा जाँदो छ । सारांशमा पूँजीवादको विकास हुनसक्ने वातावरण छ ।तर पूँजीवादको विकास भएको छैन । अधिकांश पूँजीपति विदेशी छन् । उनीहरु आफ्ना उद्योगलाई पूर्ण क्षमतामा पनि चलाइरहेका छैनन् । उनीहरु जो हात सो साथ गरेर पूँजीको पुनर्लगानी चक्रचलाउनुको साटो पूँजी पलायन गरिरहेछन् । यसो हुनको कारण हाम्रो सरकार र पार्टीले पूँजीवादको विकासमा दह्रो कदम चाल्न नसक्नु हो । भ्रष्टाचार र कमिशनमा लिप्त हुनु हो । राजनीतिक अस्थिरता कायम रहनु हो । अन्तर्राष्ट्रियस्तरबाट हुने वित्तीय संस्था र गैरसरकारी संस्थाहरुको दवाव झेल्न नसक्नु हो । यदि सरकार दरो हुन्थ्यो भने राजनीतिक प्रणली पूँजीवादी जनवादी नै छँदै थियो । केही हदसम्म पूर्बाधार पनि बनेकै थियो । अनि देशमा पूँजीवादको विकास किन नगरेर नेताहरुले समाजवादको गफ हाँकेका । समाजवाद ल्याउन पहिले पूँजीवादको विकास गर्नु परो नि ! पूँजीवादी वातारणमा पूँजीवादको विकास गर्न नसक्ने अनि आफ्नो अक्षमता ढाक छोप गर्न समाजवादका कुरा गर्ने ?
हामीकहाँ अहिले समाजवदलाई अपव्याख्या गर्ने, फेसनको रुपमा चर्चा गर्ने जुन परिपाटी बसेको छ, त्यो चाहिँ पश्चिमा पूँजीवादबाट प्रभावित बौद्धिक वर्गले वैज्ञानिक समाजवादलाई दिग्भ्रमित पार्न प्रायोजित अभियानकै अङ्ग हो । उनीहरु सामन्तवादी देशका वुर्जुवा बुद्धिजीवी र यहाँसम्म कि धर्मगुरुहरुलाई समेत धन खर्च गरीगरी पूँजीवादलाई गाली गर्न लगाउँछन् र समाजवादको आफ्नै मौलिक मोडलको विकास गर्नुपर्छ भन्दछन् ।पूँजीवादको विकास गर्यो भने अशान्ति बढ्छ, परम्पराको रक्षा गर्नुपर्छ, ठूला मेसिन भएका आधुनिक कारखाना खोल्न हुँदैन, ठूला एयरपोर्ट र ठूला विल्डिङ् बनाउन हुँदैन, भरसक पैदलै हिँड्नुपर्छ, खेतीमा यान्त्रिकीकरण गर्न हुँदैन आदि पनि भन्दछन् । आफूहरुचाहिँ मनग्य भौतिक विकास गरेर आफ्ना सम्पदाले न पुगेर गरीब देशको सम्पदासमेत चोर्दै लगेर विलासी बनेर वस्ने अनि अरुलाई विकासले विनास निम्त्याउँछ भन्ने पूँजीवादीहरुले यसरी हाम्रो दयाले, हाम्रो गौरवको रक्षाका लागि भनेका होइनन् बरु आत्मरक्षाका लागि भनेका हुन् । वास्तवमा पूँजीवाद सामन्तवादभन्दा धेरै प्रगतिशील र आधुनिक विकासको ढोका खोल्ने व्यवस्था हो । यसको निन्दा होइन प्रशंसा गर्नुपर्दछ र हामीले पनि पूँजीवादकै विकास गर्नुपर्दछ । हरेक वाद वा प्रणालीका आआफ्ना विशेषता र चरण हुन्छन्, त्यहाँ पुगेपछि सरकार र समाजले, राजनीतिले नयाँ पद्धतिको प्रयोग गर्न सक्नुपर्दछ ।पूँजीवादको विकासको चरण पार गरेपछिमात्र वैज्ञानिक समाजवाद लागूगर्न सकिन्छ, यो कसैको लहडले आउने व्यवस्था होइन । समाजवादको लागि त पूँजीवादको विकास अनिवार्य छ । अहिले त हामी वित्तीय पूँजीवादको साम्राज्यवादी संस्था र संगठनका दमनले गर्दा राष्ट्रिय पूँजीको विकास गर्न सकिरहेकै छैनौ । हामी त साम्राज्यवादीहरुले सम्रक्षण गरेको सामन्तवादको अवशेष र वित्तीय साम्राज्यवादका दलालका कारण राष्ट्रिय पूँजीवादको विकास समेत हुननसकेको अवस्थामै छौ भने कसरी समाजवादमा फड्को मार्न सक्छौ र ?

‘दिएको खाने, अह्राएको गर्ने’हरूको सांस्कृतिक उचाइ हुँदैन

‘बाँदरको हातमा गणतन्त्र’ का शासकहरु

उडायो सबै हुरीले

घर जलाउने आगलागीका लागि पेट्रोल र मचिसको थुप्रो चाहिन्न, एउटा सानो झिल्को नै…

सही दर्शन र गलत दर्शन

समस्या उठाउने बेला हो अहिले, कुण्ठा सेक्ने बेला होइन !

अमेरिकी दलालहरुको अपराध

प्रतिक्रिया