एआई: दृष्टिकोणहरुको टकराव

पेरिसको ग्रान्ड प्यालेसको विशाल र प्रभावशाली प्रदर्शनी हलमा, विश्व नेताहरू र प्रविधि कार्यकारीहरू गत महिनामा आजको चर्चित विषय—कृत्रिम बुद्धिमत्ता (एआई)—बारे छलफल गर्न भेला भए। यो बैठक विचारहरूको टकराव थियो। अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले युरोपेलीहरूलाई भने कि “अत्यधिक नियमन” ले एआई उद्योगलाई नष्ट गर्न सक्छ, र ब्रिटेनसँगै उनले अन्तिम घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे। तर, सबैले एउटै कुरामा सहमति जनाएका छन्—ऊर्जाको आवश्यकता। एआईलाई आवश्यक ऊर्जा निरन्तर बढ्दै गएको छ, विशेष गरी जब उपभोक्तामुखी नयाँ उत्पादनहरू लोकप्रिय बन्दै गएका छन्, जस्तै ओपन एआईको च्याटजीपीटीदेखि गूगलको जेमिनी। “एआईको उच्च ऊर्जा खपतलाई ध्यानपूर्वक हेर्नुपर्ने आवश्यकता छ भन्नेमा कुनै शंका छैन,” भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रमुख भाषणमा भने। तर, त्यो ऊर्जा हरित हुनेछ त? र, के यसले अन्य आवश्यक स्थानहरू, जस्तै घरहरूमा आपूर्ति हुने ऊर्जामा असर गर्नेछ?
फ्रान्ससँग संयुक्त रूपमा शिखर सम्मेलनको सह-आयोजन गर्दै, मोदी र राष्ट्रपति इमानुएल म्याक्रोंले स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने आफ्नो प्रयासलाई सम्मेलनमा प्रस्तुत गरे। म्याक्रोंले ठट्टा गर्दै भने, उनले एआईलाई स्वच्छ ऊर्जाबाट समर्थन गर्न “प्लग, बेबी, प्लग” भने, जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल र ग्यासको लागि “ड्रिल, बेबी, ड्रिल” भन्ने योजनासँग तुलना गरे।
संयुक्त राज्य अमेरिकामा, एआई डाटा केन्द्रहरूले विशाल ऊर्जा खपत गरिरहेका छन्, जसका कारण आगामी दशकमा देशको लगभग आधा भाग ऊर्जा अभावको जोखिममा पर्नेछ। नयाँ ५०० अर्ब डलरको एआई पूर्वाधार योजनासँगै, ट्रम्पले प्रविधि कम्पनीहरूलाई उद्योगलाई ऊर्जा प्रदान गर्न मद्दत गर्ने बताए। र, जब नव-निर्वाचित राष्ट्रपतिले ऊर्जा भन्ने गर्छन्, त्यसको मतलब सौर्य प्यानल र वायु टरबाइनहरू भने होइन।
पेरिस शिखर सम्मेलनअघि, एम्नेस्टी इन्टरनेसनल र युरोपियन डिजिटल राइट्स लगायतका गैर-सरकारी संस्थाहरूको गठबन्धनले सहभागीहरूलाई एआईको वातावरणीय क्षतिलाई न्यूनिकरण गर्न आग्रह गरे। तिनीहरूले एआई कम्पनीहरूलाई जीवाश्म इन्धनलाई क्रमशः हटाउन र पूर्वाधार विकास हुँदै जाँदा ऊर्जा तथा पानीको प्रयोग जस्ता कुराहरूमा नजर राख्न माग गरे। गुगल, मेटा, र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीहरूले विभिन्न हरित प्रतिबद्धताहरू गरेका छन्, तर विज्ञहरूका अनुसार स्रोतहरूको बढ्दो खपत न्यूनीकरण गर्न यो क्षेत्रले पर्याप्त कदम उठाइरहेको छैन।
वास्तवमा, ' मानव मस्तिष्क अधिकांस बिजुलीका चिमहरु भन्दा कम ऊर्जा खपत गरेर कविता लेख्न र अन्तरिक्षयान डिजाइन गर्न सक्षम हुन्छ।’ तर, आगामी दशकहरूमा एआई उद्योगको अपार विस्तारका कारण यी प्रविधिगत समाधानहरू मात्र पर्याप्त नहुन सक्छन्। विश्लेषकहरूले नियमनहरू अपरिहार्य हुने भविष्यवाणी गरेका छन्, जस्तै कम्पनीहरूलाई ऊर्जाको प्रयोग रिपोर्ट गर्न, नवीकरणीय ऊर्जाबाट सञ्चालित हुन, वा जलवायु लक्ष्यहरू अनुरुप विकास गर्नुपर्नेछ।
तर, पेरिसमा भएको शिखर सम्मेलनको कार्यसूची हेर्दा, विश्वव्यापी एआई दौडमा वातावरण शीर्ष प्राथमिकता रहेको जस्तो देखिँदैन।
ज्याक ग्राहाम जलवायु परिवर्तनका उप-संपादक हुन् ।

मानव इतिहासको पुनर्लेखन: ११०,००० वर्ष पुरानो खोजले नेन्डरथल र होमो सेपियन्सल…

ईश्वर एक भ्रम

डीएनएको अनौठो भण्डारण क्षमता !

अद्भूत र विचित्रको छ ब्रम्हाण्डको संरचना र इतिहास

नक्सादेखि ग्लोबसम्म

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

के छाला जिउँदो हुन्छ?

प्रतिक्रिया