अद्भूत र विचित्रको छ ब्रम्हाण्डको संरचना र इतिहास
निल डिग्रास टाइसनको प्रसिद्ध पुस्तक 'हतारमा भएका मानिसका लागि खगोल-भौतिकशास्त्र' मा आधारित सारांश तथा विश्लेषण

'हतारमा भएका मानिसहरूका लागि खगोल-भौतिकशास्त्र' नील डिग्रास टाइसन (५ अक्टोबर, १९५८) द्वारा लिखित अत्यन्तै लोकप्रिय विज्ञान पुस्तक हो । यो पुस्तक पहिलोपटक सन २०१७ मा प्रकाशित भएको थियो । यो पुस्तक विशेषगरी ब्रम्हाण्डका रहस्यहरूलाई बुझ्नमा रुचि राख्ने तर धेरै समय नहुने साधारण जनताका लागि लेखिएको देखिन्छ । यसले जटिल खगोलीय र भौतिकशास्त्रीय अवधारणाहरूलाई सरल एवं रोचक ढंगले बुझाउने प्रयास गरेको छ ।
नील टाइसन एक प्रसिद्ध खगोलशास्त्री, भौतिक वैज्ञानिक र विज्ञान संचारकर्मी हुन् । उनको जन्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । उनी प्राकृतिक इतिहासको अमेरिकन संग्रहालयमा हेडन प्लानटेरियमका निर्देशक हुन् । टाइसनले हार्वार्ड विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकको उपाधि हासिल गरे र कोलम्बिया विश्वविद्यालयबाट खगोल-भौतिकशास्त्रमा पीएचडी गरे । उनले विज्ञानलाई आम जनतासम्म पुर्याउने कार्यमा धेरै महत्त्वपूर्ण योगदान दिएका छन् । उनले विज्ञान क्षेत्रमा 'कस्मस : ए स्पेस-टाइम ओडिसी' जस्ता धेरै महत्त्वपूर्ण टेलिभिजन कार्यक्रम र डकुमेन्ट्रीहरू बनाएका छन् । टाइसनले यो पुस्तकको अतिरिक्त 'डेथ बाइ बल्याक होल' र 'द प्लुटो फाइल्स' जस्ता पुस्तक लेखेका छन् ।
‘हतारमा भएका मानिसका लागि खगोल-भौतिकविज्ञान’मा जटिल वैज्ञानिक अवधारणाहरूलाई सरल भाषामा बुझाइएको छ ।
टाइसनको पुस्तक Astrophysics for People in a Hurry अर्थात् ‘हतारमा भएका मानिसका लागि खगोल-भौतिकविज्ञान’मा जटिल वैज्ञानिक अवधारणाहरूलाई सरल भाषामा बुझाइएको छ । त्यसकारण यो पुस्तक आम पाठकहरूको लागि धेरै महत्त्वपूर्ण छ । यसमा ब्रम्हाण्डसँग जोडिएका धेरै रोचक तथ्य र जानकारीहरू सामेल गरिएका छन्, जसबाट पाठकहरू धेरै आकर्षित हुने देखिन्छ । यो पुस्तक संक्षिप्तमा लेखिएकोले गर्दा प्रत्येक पाठकहरूको लागि पनि उपयोगी हुने देखिन्छ । पुस्तक सरल भाषामा लेखिए पनि यसमा वैज्ञानिक सटिकता व्यापक रूपमा पाइन्छ । यो पुस्तक विद्यार्थी र विज्ञानप्रति उत्सुक आम मानिसहरूको लागि उत्कृष्ट सामग्री हो । यसले उनीहरूलाई खगोल-भौतिकीका मूल अवधारणाहरूको बारेमा शिक्षित गर्दछ । यसकारणले यो ब्रम्हाण्डको बारेमा जान्न इच्छुक सबैको लागि धेरै उपयोगी छ ।
पुस्तकको सारांशसहित विश्लेषण
मानिसले आफ्नो वरिपरिको संसारलाई बुझ्न थालेपछि जीवन विस्तारै उत्कृष्ट बन्दै गयो । यद्यपि मानिसले आकासतिर हेर्दा अलग्गै संसार भएको र यो संसारमा सूर्य, ग्रह, उपग्रह, तारा, आदि विद्यमान रहेको कुरा देखेपछि उसको मनमा अनेकौं प्रश्नहरू जागृत भए । त्यसपछि मानिस त्यो संसारको बारेमा कसरी जानकारी हासिल गर्ने भन्नेतिर लाग्नथाल्यो । इतिहासमा धेरै ठूला दार्शनिकहरूले यो रहस्यपूर्ण संसारलाई बुझ्ने प्रयास गरेका थिए । विभिन्न महान वैज्ञानिकहरूले पनि ब्रम्हाण्डको निर्माणको बारेमा आ-आफ्ना विचार प्रस्तुत गरे । विभिन्न दार्शनिक, विद्वान र धार्मिक चिन्तकहरूले पनि आफ्नो ढंगले यसको बारेमा विचार राखे । अहिलेसम्म पनि यी प्रश्नहरूको वास्तविक उत्तर आउन सकेको देखिंदैन । तर विज्ञानले यो प्रश्नसँग जोडिएका धेरै चीजहरूलाई सामुन्ने ल्याएको छ र केही हदसम्म यी प्रश्नहरूको उत्तर प्राप्त हुनलागेको छ । विज्ञानको सहायताबाट विस्तारै अझ बढी जानकारी प्राप्त हुँदै गयो र हामी यी प्रश्नको उत्तर नजिक पुग्न लाग्यौं ।
तारा, अन्तरिक्ष र ब्रम्हाण्डको यो संसारको बारेमा बुझ्ने विज्ञानलाई खगोल-भौतिकशास्त्र भनिन्छ । यसको एउटा धेरै ठूलो समस्या के देखिन्छ भने यो धेरै जटिल हुन्छ र यसकारणले गर्दा यसलाई बुझ्नको लागि विज्ञानको राम्रो ज्ञान हुनुपर्छ ।
२०औं शताब्दीमा गएर मात्र ब्रम्हाण्ड सम्बन्धी जटिल विषयका रहस्यहरूलाई प्रकट गर्न लागियो । यसपछि यो संसारमा के कुरा गुप्त छ भन्ने कुरा थाहा भयो । पृथ्वी बाहेक पनि संसारमा अति धेरै अलग-अलग प्रकारका ग्रह विद्यमान छन्, कुनै ग्रहमा आगोका नदीहरू बग्दछन् भने कतै कहिल्यै दिन हुँदैन । केही यस्ता ग्रह पनि छन्, जहाँ जमिनमा खुट्टा राख्न नै संभव हुँदैन र केही यस्ता ग्रह छन्, जहाँ खुट्टा उठाउनै सकिंदैन । यो रहस्यको बारेमा थाहा पाउन वैज्ञानिकले अन्तरिक्षमा धेरै उपग्रहहरु पठाए । वैज्ञानिक स्वयं अन्तरिक्षमा गएर ब्रम्हाण्डको संसारलाई अझ गहिराइपूर्वक पत्ता लगाउने कोशिसमा लागे र अहिलेसम्म पनि लागिरहेका छन् । तर यसको उत्तर यति सजिलैसँग प्राप्त गर्न सकिंदैन । किनकि यो संसार अति विशाल छ । हाम्रो कल्पनाभन्दा पनि धेरै परसम्म फैलिएको यो संसारको बारेमा जान्नको लागि अझै धेरै प्रयासको आवश्यकता हुन्छ । तर अहिलेसम्म जति प्रश्नका उत्तर प्राप्त भएका छन्, तिनीहरूको बारेमा बुझ्नु अति आवश्यक हुन्छ । तारा, अन्तरिक्ष र ब्रम्हाण्डको यो संसारको बारेमा बुझ्ने विज्ञानलाई खगोल-भौतिकशास्त्र भनिन्छ । यसको एउटा धेरै ठूलो समस्या के देखिन्छ भने यो धेरै जटिल हुन्छ र यसकारणले गर्दा यसलाई बुझ्नको लागि विज्ञानको राम्रो ज्ञान हुनुपर्छ ।
निल डेग्रास टाइसनद्वारा लेखिएको पुस्तक 'हतारमा भएका मानिसका लागि खगोल-भौतिकशास्त्र' को शीर्षकबाट नै के थाहा हुन्छ भने यसबाट खगोल-भौतिकीसँग जोडिएका हरेक प्रश्नहरूको जवाफ धेरै सजिलो भाषामा प्राप्त हुन्छ । यसबाट ब्रम्हाण्ड सम्बन्धी धेरै प्रश्नहरूको उत्तर प्राप्त गर्नुका साथै ब्रम्हाण्ड र यो संसारको बारेमा अरु नयाँ प्रश्नहरू पनि उब्जिन्छन् ।
अहिलेसम्मको सबभन्दा महान कथा
कथा-कहानीहरू आजमात्र नभएर शताब्दीयौंदेखि मानिसहरूको बीचमा रहिरहेका छन् । केही कथा युद्धका हुन्छन् भने केही अन्य विचित्र विषयवस्तुमा आधारित हुन्छन् । तर यो यस्तो कथा हो, जुन आजसम्मको विशेष कथा हो । यो विशेष किन छ भने यसबाट अन्ततः हामी कसरी बन्यौं र कसरी यो हामी सबै जीवित रहेको संसार बन्यो भन्ने कुरा पत्ता लाग्छ । यो कहानीमा के बताइएको छ भने करिब १४ अरब (विलियन) वर्ष पहिले यो सम्पूर्ण ब्रम्हाण्डको ऊर्जा एकै ठाउँ एकत्रित थियो र यो ठाउँ अत्यन्तै सानो थियो । यति सानो ठाउँमा यति धेरै ऊर्जा जम्मा भएर रहिरहेको थियो कि त्यहाँ तापक्रम पनि अत्यन्तै बढी थियो । अन्तमा यो सानो ठाउँमा एउटा धेरै ठूलो विस्फोट भयो र यो विस्फोट नै सम्पूर्ण ब्रम्हाण्ड बन्नुको कारण बन्यो । यो विस्फोटलाई 'बिग व्यांग' अर्थात् महाविस्फोट भनिन्छ ।
करिब १४ अरब (विलियन) वर्ष पहिले यो सम्पूर्ण ब्रम्हाण्डको ऊर्जा एकै ठाउँ एकत्रित थियो र यो ठाउँ अत्यन्तै सानो थियो । यति सानो ठाउँमा यति धेरै ऊर्जा जम्मा भएर रहिरहेको थियो कि त्यहाँ तापक्रम पनि अत्यन्तै बढी थियो । अन्तमा यो सानो ठाउँमा एउटा धेरै ठूलो विस्फोट भयो र यो विस्फोट नै सम्पूर्ण ब्रम्हाण्ड बन्नुको कारण बन्यो ।
महाविस्फोटसँगै विद्युत-चुम्बकीय, गुरुत्वाकर्षण र आणविक बल बने र यिनै अलग-अलग प्रकारका बलहरूबाट नै हाम्रो यो संसार कायम रहेको छ । विद्युत-चुम्बकीय शक्ति (इलेक्ट्रो-म्याग्नेटिक फोर्स) ले अलग-अलग अणुहरू (मोलिक्यूल्स) लाई आपसमा मिलाउनको लागि काम गर्छ र गुरुत्वाकर्षण बल (ग्र्याबिटेसनल फोर्स) को मद्दतले ठूला-ठूला ग्रह तथा पदार्थको निर्माण भयो । त्यसैबेला ब्रम्हाण्डमा समय संचालित हुन थाल्यो । यी सम्पूर्ण ऊर्जा अर्थात् इनर्जी विस्तारै पदार्थमा बदलिन लागे । खुला आँखाले देख्न सकिने चीजका साथै धेरै आँखाले देख्न नसकिने चीजहरू नै पदार्थ हुन् । केही स्थानलाई घेर्ने हरेक चीजलाई पदार्थ भनिन्छ । यसमा पहाड, समुद्र, ग्रह, तारा जस्ता ठूला-ठूला चीजहरूदेखि लिएर धूलोका कण, वालुवा, कमिला, भाइरस, व्याक्टेरिया जस्ता साना-साना चीज र अन्य धेरै चीजहरू पनि सामेल हुन्छन् । यसमा देख्न नसकिने हावा पनि सामेल छ । आइन्स्टाइनको ऊर्जा समीकरणको आधारमा ऊर्जालाई पदार्थमा बदल्ने यो प्रक्रियालाई बुझ्न सकिन्छ ।
महाविस्फोटसँगै धेरै मूल कण (पार्टिकल्स) हरूको पनि निर्माण भयो, जसमा बोसोन कण र लेप्टोन कण पनि सामेल छन् । बोसोन पार्टिकलको बारेमा वैज्ञानिक सत्येन्द्रनाथ बोसले बताएका थिए । उनका अनुसार जसरी एउटा परमाणुमा इलेक्ट्रो, प्रोटोन र न्यूट्रोन हुन्छन्, त्यसरी नै यी तीनैभन्दा साना केही कण हुन्छन् र यी कणहरूको नाम पछि बोसोन पार्टिकल राखियो ।
महाविस्फोटपछि सम्पूर्ण ब्रम्हाण्ड चीसो हुनलाग्यो । अब ब्रम्हाण्ड लगातार फैलिन लाग्यो । यसमा केही ठूला तारा बने, जसको तापमान अति थेरै थियो । यी ताराहरूमा हाम्रो सूर्य पनि सामेल थियो । यी ताराहरूको सतहमा इलेक्ट्रोन बनिरहेका थिए । अर्को एक बिलियन वर्षसम्म ब्रम्हाण्ड यसैगरी फैलिंदै र चीसो हुँदै रह्यो । जति-जति ब्रम्हाण्ड चीसो हुँदै गयो, त्यति-त्यति नयाँ पदार्थहरूको निर्माण हुँदै गयो । नयाँ तारा र ग्रहहरू बन्दै गए । तारा र ग्रहहरूको यो समूहलाई 'ग्यालेक्सी' भनियो । बिलियनभन्दा बढी 'ग्यालेक्सी' को त्यही क्रममा निर्माण भयो र हरेक 'ग्यालेक्सी' मा अरबौं-खरबौं तारा थिए । ताराहरूको एकदम केन्द्रमा परमाणु विस्फोटकै रूपमा ठूला-ठूला धमाका भइरहेका थिए । यी विस्फोटहरूबाट नयाँ-नयाँ इलेक्ट्रोन र प्रोटोन बनिरहेका थिए ।
महाविस्फोट पनि भएको थियो वा थिएन भन्ने बारेमा कसैसँग पनि कुनै प्रमाण छैन । कुनै पनि खगोल-भौतिक वैज्ञानिक ब्रम्हाण्डको निर्माण कुनै अर्को घटनाबाट भयो भनेर यसको बारेमा पूर्ण दावीसहित भन्न सक्दैनन् ।
महाविस्फोटको करिब ९ अरब वर्षपछि सूर्य बन्यो । यसको साथसाथै कैयौं धेरै ग्यास पनि बन्नलागे, जसमा अक्सिजन र ओजोन पनि सामेल थिए । विस्तारै-विस्तारै फरक-फरक ग्यासहरू बन्नलागे । हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्यो र यही पानीमा नै संसारको पहिलो जीवको उदय भयो । विस्तारै-विस्तारै यो जीव पानीबाट जमिनमा आयो र त्यसपछिको सम्पूर्ण प्रक्रियाको बारेमा क्रमविकास (इभोल्यूसन) मा पढ्न सकिन्छ ।
यद्यपि महाविस्फोट पनि भएको थियो वा थिएन भन्ने बारेमा कसैसँग पनि कुनै प्रमाण छैन । कुनै पनि खगोल-भौतिक वैज्ञानिक ब्रम्हाण्डको निर्माण कुनै अर्को घटनाबाट भयो भनेर यसको बारेमा पूर्ण दावीसहित भन्न सक्दैनन् । केहीले ब्रम्हाण्ड सदैवदेखि यस्तै थियो भन्छन् । केही भन्छन् - हाम्रो ब्रम्हाण्ड एक मात्र ब्रम्हाण्ड होइन, बरु यस्तै प्रकारका हजारौं-लाखौं ब्रम्हाण्ड विद्यमान छन् । यसलाई बहुब्रम्हाण्ड (मल्टिभर्स) सिद्धान्त भनिन्छ । तर आजसम्म महाविस्फोटको सिद्धान्तलाई नै सबभन्दा उत्कृष्ट सिद्धान्त मानिन्छ, किनकि यसको अतिरिक्त अर्को कुनै पनि धारणाले अन्ततः यो ब्रम्हाण्डको निर्माण कसरी भयो भन्ने बारेमा बताउन सक्दैन ।
पृथ्वी नै स्वर्ग
सर आइज्याक न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुभन्दा पहिले मानिस के सोच्थे भने पृथ्वीमा देखिने प्रकृतिका नियम केवल पृथ्वीमा मात्र सीमित छन्; पृथ्वी बाहिर यस्ता कुनै पनि प्रकारका नियम हुँदैनन् । किनकि त्यसभन्दा पहिलेसम्म मानिसले गुरुत्वाकर्षणको नियमको बारेमा जानकारी हासिल गरेका थिएनन् । न्यूटनले यो नियम ब्रम्हाण्डको हरेक चीजमा लागू हुन्छ भनेपछि मानिसले छिट्टै यो कुरालाई स्वीकार पनि गरेका थिएनन् । तर न्यूटनले अन्ततः कसरी गुरुत्वाकर्षणको यो नियम ब्रम्हाण्डको सबै ठाउँमा एकै रूपमा हुन्छ भन्ने कुरा प्रमाणित पनि गरे । गुरूत्वाकर्षणको नियम एक उदाहरण मात्र हो । यस्ता कैयौं घटनाहरू मानिसलाई केवल पृथ्वीमा मात्र हुन्छन् भन्ने लाग्थ्यो, जस्तो कि सूर्यको किरण सात रंग मिलेर बनेको हुने कुराको बारेमा पनि मानिसलाई थाहा थिएन । पछि न्यूटनले प्रकाशलाई 'प्रिज्म' को माध्यमबाट सात रंगमा फैलिएको देखाएपछि मानिस आश्चर्यचकित भए । सूर्यको प्रकाश र पृथ्वीमा कुनै बल्वको प्रकाश एकै जस्तो हो भन्ने कुरा मानिसले थाहा पाएपछि भौतिकशास्त्रका नियमहरूमा बढी भरोसा हुनलाग्यो ।
हाम्रो दिमागमा आउने प्रश्न के छन् भने भौतिकशास्त्रका यी नियमले के हाम्रो सौर्यमण्डलभन्दा बाहिर पनि काम गर्छन् ? के हाम्रो ग्यालेक्सीभन्दा बाहिर पनि यी निमयले काम गर्छन् ? र, यसपछि के अर्को ब्रम्हाण्डमा पनि यी नियमले यसरी नै काम गर्छन् ?
आज भौतिकशास्त्रका नियमहरूमा भरोसा गर्नुको कारण यही नै हो, किनकि धेरै उदाहरणहरूमा यो कुरा देखिन्छ । प्रकृतिका नियमले सम्पूर्ण ब्रम्हाण्डमा एकै प्रकारले काम गर्दछन् । तर हाम्रो दिमागमा आउने प्रश्न के छन् भने भौतिकशास्त्रका यी नियमले के हाम्रो सौर्यमण्डलभन्दा बाहिर पनि काम गर्छन् ? के हाम्रो ग्यालेक्सीभन्दा बाहिर पनि यी निमयले काम गर्छन् ? र, यसपछि के अर्को ब्रम्हाण्डमा पनि यी नियमले यसरी नै काम गर्छन् ? यी नियमहरूको समयसँग के सम्बन्ध छ ? यी सबै कुराहरूको बारेमा जान्ने इच्छा वैज्ञानिकहरूको दिमागमा पनि आयो । एक-एक गरी हरेक नियमलाई अलग-अलग ग्रहहरू र ग्यालेक्सीमा परीक्षण गरियो । आफ्नो वरिपरिका ताराहरूलाई देखेपछि के बुझियो भने अरु सबै ताराहरू पनि तिनै पदार्थबाट बनेका छन्, जसबाट हाम्रो पृथ्वी बनेको छ । त्यहाँ पनि गुरुत्वाकर्षण नियम थियो र भौतिकशास्त्रका नियम पनि त्यहाँ लागू भइरहेका थिए । यसबाट वैज्ञानिकहरूले के पत्ता लगाए भने भविष्यमा अन्य ग्रहमा जाँदा त्यहाँ पुनः नयाँ नियमहरूको खोज गर्नुपर्दैन । जुन नियम आज यहाँ पढिरहिएको छ, तिनै नियमहरूलाई ती ग्रहहरूमा पनि लागू गर्न सकिन्छ ।
त्यहाँ पनि प्रकाश
ब्रम्हाण्डको हरेक कुनामा एकै प्रकारले व्यवहार गर्ने एउटा अर्को चीज प्रकाशको गति हो । सम्पूर्ण ब्रम्हाण्डमा प्रकाशको गतिभन्दा तीव्र रूपमा चल्नसक्ने कुनै पनि चीज छैन । प्रकाशको गतिभन्दा तीव्र चल्ने कुनै वस्तु छैन भन्ने कुरा त सबैलाई थाहा छ, तर भौतिकशास्त्रमा संभावनाहरूको बढी कुरा गरिन्छ । आजभन्दा धेरै वर्ष पहिले अवश्य मानिस कहिल्यै उड्न सक्दैन पनि भनिएको थियो । त्यसपछि हवाइजहाज कहिल्यै आम मानिसहरूको लागि उपलब्ध हुन सक्दैन पनि भनिएको थियो । त्यसपछि कहिल्यै पनि परमाणु बम बनाउन सकिंदैन पनि भनिएकै थियो । त्यसकारण यी सबै चीजहरू पनि शुरूमा असंभव जस्तै प्रतीत हुन्थे । तर प्रकाशको गतिभन्दा अगाडि जाने कुरा वास्तवमै असंभव छ । किनभने प्रकाशको गतिभन्दा तीव्र कुनै चीज फेला परेमा आज हामी जति पनि भौतिकशास्त्रका नियम देखिरहेका छौं, ती सबै गलत सावित हुनेछन् । त्यसकारण के भनिन्छ भने प्रकाशको गति कुनै विचार होइन, बरु यो स्वयंमा एक नियम हो ।
प्रकाशको गतिभन्दा अगाडि जाने कुरा वास्तवमै असंभव छ । किनभने प्रकाशको गतिभन्दा तीव्र कुनै चीज फेला परेमा आज हामी जति पनि भौतिकशास्त्रका नियम देखिरहेका छौं, ती सबै गलत सावित हुनेछन्
सम्पूर्ण ब्रम्हाण्डमा लागू हुने अर्को निमय 'कन्जर्भेसन' वा ऊर्जा संरक्षणको नियम हो, जसका अनुसार जस्तोसुकै अवस्थामा पनि कुनै विशेष मात्रा कहिल्यै पनि बदलिंदैन । र, यसमा सबभन्दा विशेष द्रव्यमात्रा (मास) को संरक्षणको नियम, ऊर्जाको संरक्षणको नियम र कोणीय गति (एगुंलर मोमेन्टम) को संरक्षणको नियम छन् । मास वा द्रव्यमात्राको अर्थ कुनै पनि चीजको एकप्रकारको भार वा तौल हो र द्रव्यमात्राको संरक्षणको अर्थ कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा जाँदा त्यसको द्रव्यमान बदलिंदैन भन्ने हो । हुन त द्रव्यमान र तौल अलग हुन्छन् तर सहज भाषामा केही समयको लागि द्रव्यमानलाई वजन मानौं । अर्को नियम ऊर्जा संरक्षणको हो, अर्थात् कुल ऊर्जा सँधै निश्चित हुन्छ । ऊर्जालाई उत्पन्न वा अन्त्य गर्न सकिंदैन । यसलाई केवल एक रूपबाट अर्को रूपमा बदल्न सकिन्छ ।
प्रकाश किरण बन्नु महाविस्फोटको घटनापछिको ब्रम्हाण्डको एउटा ठूलो काम थियो र त्यसपछि लगातार विस्तार हुने कार्य पनि भयो । ऊर्जा विस्तारै-विस्तारै कम केन्द्रित भइरहेको थियो । हरेक क्षणसँगै ब्रम्हाण्ड अझ ठूलो हुँदै गयो र साथसाथै केही चीसो पनि । अब ऊर्जा विस्तारै-विस्तारै पदार्थमा बदलिन लाग्यो । र, यतिखेरसम्म इलेक्ट्रोन कुनै परमाणुको भाग नबनीकन लगातार घुमिरहेका थिए । लाखौं वर्षसम्म चीजहरू यसरी नै चलिरहे । केही फोटोन थोरै दुरीमा चलेपछि इलेक्ट्रोनसँग टकराउन लाग्थे । यहाँ फोटोनको बारेमा पनि केही जानकारी हुनु आवश्यक छ । प्रकाश साना-साना कणहरू मिलेर बनेको हुन्छ । ती कणहरूलाई नै फोटोन भनिन्छ । यी फोटोनबिना कुनै पनि चीजलाई देख्न सकिंदैन । कुनै पनि चीजलाई देख्नको लागि यी फोटोन त्यो चीजसँग टकराएर हाम्रा आँखासम्म आउनु आवश्यक हुन्छ ।
शुरुवातमा ब्रम्हाण्डमा इलेक्ट्रोनको संख्या अति धेरै भएकोले कुनै चीजलाई हेर्ने कोशिस गरेको खण्डमा देखिंदैनथ्यो । किनकि फोटोन जुन चीजसँग टकराएर हाम्रा आँखासम्म आउने कोशिस गर्दथ्यो, त्यसभन्दा पहिले नै त्यो मार्गमा कुनै इलेक्ट्रोनसँग टकराउँथ्यो । त्यसकारण के भनिन्छ भने ब्रम्हाण्डको शुरूवाती अवधिमा कुनै तरीकाले त्यहाँ पुगेकै भए पनि केही देख्ने योग्यता राख्न सकिंदैनथ्यो । विस्तारै-विस्तारै तापमान अझ कम हुँदै गयो । तापमान कम भएपछि इलेक्ट्रोनको घुम्ने गति पनि कम हुँदै गयो र इलेक्ट्रोन आफ्नो दोस्रो कण प्रोटोनको पक्कडमा आउनलागे । इलेक्ट्रोन र प्रोटोन अब सँगसँगै हुनलागेका थिए र त्यहीँबाट विस्तारै-विस्तारै एटम (परमाणु) को निर्माण हुनलाग्यो ।
हामीले ब्रम्हाण्डको बारेमा अध्ययन गरिरहेको बेलामा इतिहासलाई देखिरहेका हुन्छौं । यसमा के बुझ्नुपर्छ भने आज जुन तारा हामीभन्दा करोडौं किलोमीटर टाढा छन्, तिनीहरूबाट हामीसम्म प्रकाश किरण पुग्न दूरीका आधारमा फरक फरक समय लाग्छ ।
ब्रम्हाण्डको तापमान निकाल्नको लागि हरमन र अल्फर नामका दुई वैज्ञानिकले प्रयोगशालामा कोशिस गरेका थिए र उनीहरूले ब्रम्हाण्ड बनेको समयको परिस्थिति बनाउने कोशिस गरे । र, यसको माध्यमबाट उनीहरूले त्यस समय ब्रम्हाण्डको तापमान निकाल्ने कुरा सोचे । यो तरीकाबाट उनीहरूले आजभन्दा करोडौं वर्ष पहिलेको एक घटनामा अन्तर्दृष्टिको लागि उत्प्रेरित गरे । उनीहरूको प्रयोगबाट के अनुमान लगाइयो भने त्यसबेलाको तापमान आजको तापमानभन्दा कैयौं हजार गुना बढी थियो ।
हामीले ब्रम्हाण्डको बारेमा अध्ययन गरिरहेको बेलामा इतिहासलाई देखिरहेका हुन्छौं । यसमा के बुझ्नुपर्छ भने आज जुन तारा हामीभन्दा करोडौं किलोमीटर टाढा छन्, तिनीहरूबाट हामीसम्म प्रकाश किरण पुग्न दूरीका आधारमा फरक फरक समय लाग्छ । उदाहरणको लागि सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ । यसको अर्थ के भयो भने हामीले सूर्यतिर हेर्दा ८ मिनेट २० सेकेण्ड पहिलेको सूर्य देखिरहेका हुन्छौं । यदि कुनै कारणले सूर्यमा विस्फोट भयो भने हामीसम्म त्यो धमाका पनि ८ मिनेट २० सेकेण्डपछि मात्र आउनेछ ।
अब के स्पष्ट भयो भने हामीले ताराहरूलाई हेरिरहँदा वास्तवमा इतिहासलाई हेरिरहेका हुन्छौं । त्यसकारण हामीले देखेका ताराको तापक्रम कम हुनुपर्छ, किनकि ब्रम्हाण्ड लगातार विस्तारित भइरहेको छ र यसको साथै लगातार चीसो पनि भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छ । अर्थात् जुनबेला ताराको सतहबाट प्रकाश निस्केको थियो, त्यसबेला त्यसको सतहको तापमान बढी थियो र त्यो प्रकाश हामीसम्म आइपुग्दा त्यसको सतहको तापक्रम थोरै कम भएको हुनुपर्छ । तर जुन प्रकाश हामीसम्म आइपुग्यो, बढी तापमान भएको सतहबाट निस्केको प्रकाश हो । त्यसकारण हामीले के मानेर चल्नुपर्छ भने हामीसम्म ताराबाट जुन प्रकाश निक्लिएर आउँछ, वास्तवमा ताराको तापमान त्योभन्दा केही कम हुन्छ ।
'डार्क इनर्जी' अर्थात् अदृश्य ऊर्जा अत्यन्तै विचित्र प्रकारको हुन्छ । साधारण भाषामा के बुझ्न सकिन्छ भने हामी जुन चीजबाट बनेका छौं, त्यो सामान्य पदार्थ हो र यसमा गुरुत्वाकर्षणको पनि प्रभाव हुन्छ । यसले प्रकाशसँग पनि प्रतिक्रिया गर्दछ । यद्यपि अदृश्य ऊर्जामा गुरुत्वाकर्षण बलको प्रभाव त हुन्छ तर त्यसले कुनै पनि प्रकारले प्रकाशसँग अन्तर्क्रिया गर्दैन । 'डार्क इनर्जी' ले ब्रम्हाण्डमा एक 'भ्याकूम' को निर्माण गर्छ । यो भ्याकूम अन्तर्गत ब्रम्हाण्ड अझ तीव्रतापूर्वक विस्तार हुन्छ । किनकि दुई ग्रहहरूको बीचमा हुने गुरुत्व बलले ब्रम्हाण्डलाई सानो बनाउने कोशिस गर्नेछ । तर 'डार्क इनर्जी' बाट पैदा हुने 'भ्याकूम' यति शक्तिशाली हुन्छ कि यसले गुरुत्व बललाई पनि छलेर ब्रम्हाण्डको विस्तार गरिरहन्छ । यसको बारेमा पछि थप व्याख्या गरिनेछ ।
तारामण्डल (ग्यालेक्सी) हरूको बीचमा
हाम्रो ग्यालेक्सी 'मिल्कीवे'
तारामण्डहरूको बीचमा ब्रम्हाण्डभित्र सम्पूर्ण तारा आकाशमा एकसाथ देखिन्छन् । यद्यपि यी ताराहरूको बीचको दूरी अत्यन्तै धेरै हुन्छ । तर पृथ्वीबाट तिनीहरूलाई हेर्दा यी सबै तारा धेरै निकट छन् जस्तो लाग्छ । एक समूहको रूपमा यिनीहरूलाई एक-अर्कोसँगै भएको देखिन्छ । ताराहरूको यो समूहलाई नै 'ग्यालेक्सी' भनिन्छ । हाम्रो 'ग्यालेक्सी' को नाम 'मिल्कीवे' हो, जसलाई आकाशगंगा पनि भनिन्छ । यदि आकास स्पष्ट भएको बेलामा त्यतातिर हेरियो भने त्यहाँ ताराहरूको एक पट्टीजस्तो देखिन्छ । त्यो पट्टीमा ताराहरूको संख्या अत्यन्तै धेरै हुन्छ । यही नै हाम्रो 'मिल्कीवे' हो । यो हामीबाट ६ लाख प्रकाश वर्ष टाढा छ । प्रकाश वर्षको अर्थ कुनै ठाउँमा जानलाई प्रकाशलाई कति समय लाग्छ भन्ने हो । ६ लाख प्रकाश वर्ष टाढा हुनुको अर्थ के हो भने पृथ्वीबाट यो आकासगंगासम्म जानमा प्रकाशलाई ६ लाख वर्षको समय लाग्छ । अब 'मिल्कीवे' हामीभन्दा कति टाढा छ भन्ने कुरा बुझ्न सकिन्छ । 'मिल्कीवे' को अतिरिक्त हाम्रो नजिकको ग्यालेक्सी 'एन्ड्रोमेडा' हो । ब्रम्हाण्डमा यी ठूला-ठूला ग्यालेक्सीहरूको अतिरिक्त केही साना ग्यालेक्सीहरू पनि हुन्छन्, जसलाई 'ड्वार्फ ग्यालेक्सी' भनिन्छ । यी साना हुन्छन् र यिनीहरूलाई ठूला ग्यालेक्सीहरूमा पाइन्छ । यिनीहरूका ताराको प्रकाश कम हुन्छ । यी सबै चीजहरूबाट ड्वार्फ ग्यालेक्सीको बारेमा जान्न सकिन्छ । यी ग्यालेक्सीहरूको निर्माण अरबौं वर्ष पहिले ग्यासहरू एकत्रीकरण भएपछि भएको हो र आज हाम्रो ब्रम्हाण्डमा यस्ता करोडौं ग्यालेक्सीहरू पाइन्छन् ।
एउटा ठूलो तारामण्डलको बीचमा एउटा यस्तो संरचना थियो, जसले यी सबैलाई आफूतिर आकर्षित गरिरहेको थियो । यसबाट यी सबै तारा र ग्रहहरूलाई एक विशेष प्रकारको बल प्राप्त हुनलाग्यो । र, त्यो बलको मद्दतले यी तारा र ग्रह संरचनाको चारैतिर घुम्नलागे ।
अब हामी यी ग्यालेक्सीहरू कसरी बन्छन् भन्ने सम्पूर्ण प्रक्रियाको बारेमा बुझौं । महाविस्फोटको घटनाको सयौं अरब वर्षपछि विस्तारै-विस्तारै ब्रम्हाण्डमा हाइड्रोजन र हेलियम जस्ता ग्यासहरूको निर्माण भयो । त्यसपछि विस्तारै यी ग्यासहरू एक-अर्कोको निकट आउन लागे । यी ग्यासहरू निकट आएपछि तारा र ग्रहहरूको निर्माण भयो । यी तारा र ग्रह पनि एक-अर्कोको निकट नै विद्यमान थिए । यो सबै गुरुत्व बलको कारणले भयो । एउटा ठूलो तारामण्डलको बीचमा एउटा यस्तो संरचना थियो, जसले यी सबैलाई आफूतिर आकर्षित गरिरहेको थियो । यसबाट यी सबै तारा र ग्रहहरूलाई एक विशेष प्रकारको बल प्राप्त हुनलाग्यो । र, त्यो बलको मद्दतले यी तारा र ग्रह संरचनाको चारैतिर घुम्नलागे । यो प्रक्रिया बिल्कुल त्यस्तै हुन्छ, जस्तो कि पृथ्वीले सूर्यको चारैतिर चक्कर लगाइरहेको छ । यसको कारण के हो भने सूर्य पृथ्वीभन्दा धेरै गुना (१०९ गुना) ठूलो छ र यसको कारणले गर्दा त्यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीको गुरुत्वाकर्षण शक्तिभन्दा बढी छ । त्यसकारण पृथ्वी अपकेन्द्रित (सेन्ट्रीफ्यूगल) बलको मद्दतले सूर्यको चारैतिर गोलाकारमा घुमिरहेको छ । 'सेन्ट्रीफ्यूगल' बललाई यसरी बुझ्न सकिन्छ, जस्तो कि एउटा ढुंगालाई एउटा धागोले बाँधेर त्यसलाई गोलोगरी घुमाइयो भने त्यो ढुंगा आफूतिर नआएर घोलो भएर घुमिरहन्छ । यसको कारण के हो भने जुन डोरीले ढुंगालाई बाँधिएको छ, त्यसबाट ढुंगामा एक बल लागिरहेको हुन्छ, जसलाई 'सेन्ट्रिफ्यूगल' बल भनिन्छ । यसैले ढुंगालाई एउटा गोलो मार्गमा घुमाउँछ । यसरी नै ग्यालेक्सीमा विद्यमान तारा तिनीहरूका केन्द्रमा विद्यमान संरचनाको चारैतिर गोलो दिशामा घुम्न लागे ।
ग्यालेक्सीको केन्द्रमा विद्यमान यो संरचना आखिर के हो त ? यो संरचनाको नाम हो 'ब्ल्याक होल' । त्यहीँ ग्यालेक्सीको बीचमा 'क्वासर्स' (ब्रम्हाण्डका सबभन्दा ऊर्जावान पिण्ड) नामको एक संरचना पनि हुन्छ । 'ब्ल्याक होल' र 'क्वासर्स' दुवै अत्यन्तै ऊर्जायुक्त संरचना हुन् । 'क्वासर' सम्पूर्ण ब्रम्हाण्डमा सबभन्दा बढी ऊर्जायुक्त संरचना हो । यो ऊर्जासँगै सम्पूर्ण ताराले चारैतिर चक्कर लगाइरहेका छन् । यो ग्यालेक्सी धेरै तीव्र रूपमा ब्रम्हाण्डमा घुमिरहेको छ । हामी पनि हाम्रो ग्यालेक्सीको 'मिल्कीवे' का हिस्सा हौं, अर्थात् अहिले पनि हामी धेरै तीव्र रूपमा ब्रम्हाण्डभित्र कुनै दिशामा गइरहेका छौं । यस्तो हुँदा कैयौं पटक दुई ग्यालेक्सी आपसमा टकराउँछन् पनि ।
ग्यालेक्सीहरूको बीच-बीचमा जुन खाली स्थान पाइन्छ, त्यसलाई 'इन्टर-ग्यालेक्टिक स्पेस' भनिन्छ । त्यहाँ तापमान अत्यन्तै कम हुन्छ । यस स्थानमा अत्यन्तै धेरै तीव्र रूपमा चल्ने 'सब-एटिमक पार्टिकल्स' हुन्छन् ।
वैज्ञानिकहरूले अन्ततः दुई ग्यालेक्सी टकराउँदा के हुन्छ भन्ने बारेमा धेरै विचार गरेका छन् । शुरुमा के भनियो भने दुई ग्यालेक्सी आपसमा टकराउँदा यिनीहरूमा जुन कमजोर ग्यालेक्सी हुन्छ, त्यो विस्फोट भएर छरिन्छ र शक्तिशाली ग्यालेक्सी बच्नेछ । तर पछि प्रयोगबाट यस्तो बिल्कुल हुँदैन भन्ने कुरा थाहा भयो । ग्यालेक्सीका ताराहरूको बीचमा धेरै बढी खाली स्थान हुन्छ, त्यो खाली 'स्पेस' मा अदृश्य पदार्थ वा 'डार्क म्याटर' भरिएको हुन्छ । त्यसकारण दुई ग्यालेक्सी आपसमा टकराउँदा यिनीहरूमा विद्यमान ताराहरू पनि आपसमा टकराउने कुरा धेरै कम संभव छ । यसरी ताराबिना एक-अर्कोसँग टकराएका दुवै ग्यालेक्सी आपसमा मिल्छन् । तिनीहरूको केन्द्रमा विद्यमान 'ब्ल्याक होल' पनि अब आपसमा मिलिसकेका हुन्छन् । ब्ल्याक होल मिलेपछि र ताराहरूको स्थान कम भएपछि अझ बढी संघनित भइसकेको हुन्छ । यसकारण यो ग्यालेक्सीमा अब अझ बढी ताराहरूको निर्माण हुनेछ ।
ग्यालेक्सीहरूको बीच-बीचमा जुन खाली स्थान पाइन्छ, त्यसलाई 'इन्टर-ग्यालेक्टिक स्पेस' भनिन्छ । त्यहाँ तापमान अत्यन्तै कम हुन्छ । यस स्थानमा अत्यन्तै धेरै तीव्र रूपमा चल्ने 'सब-एटिमक पार्टिकल्स' हुन्छन् । यिनीहरूमा इलेक्ट्रोन, प्रोटोन जस्ता मूल पार्टीकल सामेल हुन्छन् । यी पार्टिकल्समा यति धेरै ऊर्जा हुन्छ कि पृथ्वीमा आजसम्म बनाइएका सबैभन्दा बढी इनर्जीयुक्त पार्टीकल पनि यसको सामु अत्यन्तै धीमा हुन्छ । तीव्र रूपमा चल्ने यी पार्टीकल्सहरूलाई ब्रम्हाण्डीय किरण (कस्मिक रे) भनिन्छ । यिनीहरू लगभग प्रकाशको गति बराबर चल्छन् । एउटा सानो कणसँग पनि अति धेरै ऊर्जा हुन्छ । यो खाली स्थानबाट निक्लिने यी सबै एटमिक पार्टिकल्सको ऊर्जालाई नै 'डार्क इनर्जी' भनिन्छ । यसको बारेमा पछि अझ बढी व्याख्या गरिन्छ ।
अदृश्य पदार्थ (डार्क म्याटर)
गुरुत्व बल प्रकृतिको एक यस्तो बल हो, जसको बारेमा हामी सबैलाई धेरै कुरा थाहा छ । तर यति धेरै जानेपछि पनि हाम्रा सामु धेरै प्रश्नहरू छन्, जसको उत्तर छैन । यो गुरुत्व बल जस्तो भव्य चीजलाई सर आइज्याक न्यूटनले सबभन्दा पहिले हाम्रो सामु लिएर आए । उनले के बताए भने दुई चीजहरूको बीचमा लाग्ने बललाई गणितको एक समीकरण (F = G m1m2/r2) बाट बुझ्न सकिन्छ । जहाँ F = गुरुत्वाकर्षण बल, G = गुरुत्वाकर्षण बल स्थिरांश, m1m2 = दुई वस्तुहरूको द्रव्यमान र r = दुई वस्तुहरूको बीचको दूरी हुन्छ ।
न्यूटको करिब डेढसय वर्षपछि एक जना अर्का धेरै प्रतिभाशाली व्यक्ति आए, जसले यही गुरुत्वाकर्षण बललाई केही थप परिवर्तनसँगै हाम्रो सामु प्रस्तुत गरे । र, ती प्रतिभाशाली व्यक्ति अरू कोही नभएर अल्वर्ट आइन्स्टाइन थिए । आइन्स्टाइनले गुरुत्व बल सँगसँगै स्थान र समयको कुरा पनि गरे । उनले कसरी पदार्थ र ऊर्जाले गुरुत्व बललाई प्रभावित गर्दछन् भन्ने कुरा पनि बताए । उनले गुरुत्व बलले केवल सामान्य चीजहरूलाई मात्र प्रभावित गर्दैन, बरु यसले प्रकाशलाई पनि प्रभावित गर्छ भन्ने कुरा पनि स्पष्ट बनाए । यी चीजहरूको प्रमाण पेश गर्नको लागि आइन्स्टाइनले एक उदाहरण दिए - कुनै पनि ताराको प्रकाश कुनै ठूलो ग्रहको निकटबाट जाँदा त्यो सीधै नगएर थोरै मोडिन्छ । यो मोडिनुको कारण त्यो ठूलो ग्रहद्वारा लगाइने गुरुत्वाकर्षण बल हुन्छ ।
अब गुरुत्वाकर्षण बल कसरी उत्पन्न हुन्छ भन्ने बारेमा जान्नु आवश्यक हुन्छ । यदि संसारमा विद्यमान कुल गुरुत्वाकर्षण बलको कुरा गर्ने हो भने त्यसमध्ये केवल १५ प्रतिशत मात्र हामीले देख्ने चीजहरूबाट आउँछ, अर्थात् कुनै ग्रह वा ताराबाट । बाँकी ८५ प्रतिशत गुरुत्व बल यस्ता चीजहरूबाट आउँछ, जसलाई आजसम्म पनि कसैले देखेको छैन । यो कति विचित्रको कुरा छ । आखिर यो गुरुत्वबल कहाँबाट आइरहेको छ त ? यसको अर्थ के न्यूटनको नियम गलत छ ? अर्थात् हामीले मानेर चलेको नियममा केही परिवर्तन गर्नु आवश्यक छ ?
यो कुराको बारेमा सबभन्दा पहिले खगोल-भौतिक वैज्ञानिक ज्विकीले बताए । उनले 'क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी' मा ४० वर्षसम्म पढाइरहे । उनले यो गुप्त अनजान चीजको बारेमा धेरै कुराहरू बताए । उनले ग्यालेक्सीको गति धेरै भएको र यति धेरै गति केवल त्यहाँ विद्यमान ताराहरूको गुरुत्वाकर्षण बलबाट मात्र आउन सक्दैन भन्ने कुरा पत्ता लगाए । यसको अर्थ के हो भने त्यो ग्यालेक्सीमा केही यस्ता चीजहरू पनि विद्यमान थिए, जसले गुरुत्व बल त लगाइरहेका नै थिए तर त्यसलाई देख्न सकिरहिएको थिएन । जुन गतिबाट ती तारा र ग्यालेक्सी चलिरहेका थिए, त्यो पलायन वेग अर्थात् 'इस्केप गति' भन्दा पनि बढी थियो ।
हामीले यो पलायन वेग अर्थात् 'इस्केप गति' को बारेमा पनि जान्नु आवश्यक हुन्छ । रकेट लन्च हुँदा त्यसको एक निश्चित गति हुनुपर्छ । यदि रकेटलाई त्यसको गतिभन्दा कम गतिमा लन्च गरियो भने त्यो रकेटले पृथ्वीको वातावरणलाई पार गर्न सक्दैन र त्यो अन्तरिक्षमा पुग्ने कुरा संभव हुँदैन । त्यस्तै आकासमा ढुंगा वा बल फ्याँक्दा तिनीहरू केही माथि गएर पुनः तल झर्दछन् । किनकि तिनीहरूको गति पृथ्वीको वातावरणलाई पार गरेर अन्तरिक्षमा जानसक्ने हुँदैन । त्यसकारण 'स्केप भेलोसिटी' त्यो गति हो, जुन गतिमा कुनै पनि चीजले कुनै पनि ग्रहको वातावरणलाई पार गरी अन्तरिक्षमा जान्छ । ग्यालेक्सीमा रहेका तारा पनि 'स्केप भेलोसिटी' भन्दा बढी गतिमा घुमिरहेका थिए । त्यस हिसाबले ती ताराहरूले ग्यालेक्सीबाट बाहिर आउनुपर्थ्यो । तर पनि यस्तो केही भइरहेको थिएन । यसको अर्थ के हो भने त्यो ग्यालेक्सीमा केही यस्ता चीज पनि विद्यमान थिए, जसले ती ताराहरूलाई त्यहाँ बाँधेर राखिरहेका थिए । र, यो समस्या केवल एउटा ग्यालेक्सीमा मात्र थिएन, बरु ब्रम्हाण्डमा जति पनि ग्यालेक्सीलाई देखिएको छ, ती सबैमा पनि यही कुरा देखियो । ती ग्यालेक्सीहरूको गति त्यसको 'स्केप भेलोसिटी' भन्दा पनि बढी हुन्थ्यो । तर पनि त्यो ग्यालेक्सीका ताराले त्यसलाई छोडेर टाढा जान सकिरहेका थिएनन् । त्यसपछि पहिलो पटक यो अनजान गुरुत्वाकर्षण शक्तिको स्रोतलाई अदृश्य पदार्थ अर्थात् 'डार्क म्याटर' भनियो ।
'डार्क म्याटर' पनि यस्तै कुनै चीज हो । यसलाई देख्न सकिंदैन, न यसलाई छुन नै सकिन्छ । केवल यसको गुरुत्वाकर्षण बललाई महसुस गर्न सकिन्छ ।
'डार्क म्याटर' लाई सरल भाषामा बुझ्ने हो भने यो बिल्कुल यस्तो हुन्छ, जस्तो कि कुनै अध्यारोमा चुम्बक राखिन्छ र त्यसले फलामको कुनै काँटीलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ । अब अध्यारोमा भएको कारणले त्यो चुम्बक अदृश्य छ, तर पनि त्यसको प्रभाव देखा परिरहेको छ । 'डार्क म्याटर' पनि यस्तै कुनै चीज हो । यसलाई देख्न सकिंदैन, न यसलाई छुन नै सकिन्छ । केवल यसको गुरुत्वाकर्षण बललाई महसुस गर्न सकिन्छ ।
पछि धेरै वैज्ञानिकहरूले के देखे भने हरेक ग्यालेक्सीको बीचमा वा एउटा ग्यालेक्सीमा धेरै अलग-अलग स्थानमा केही यस्तो स्थान हुन्थ्यो, जहाँ कुनै पनि तारा विद्यमान हुँदैनथ्यो । र, यो कुरा हरेक ग्यालेक्सीमा देखियो । त्यसपछि वैज्ञानिकहरूले के निष्कर्ष निकाले भने 'डार्क म्याटर' अवश्य यो खाली स्थानमा हुनसक्छ । यसको अर्थ के भयो भने 'डार्क म्याटर' एक यस्तो चीज हो, जसलाई कतै रहनको लागि स्थानको आवश्यकता त अवश्य पर्छ । र, यो पहिलेदेखि विद्यमान कुनै चीजमा रहन सक्दैन । अर्थात् 'डार्क म्याटर' त्यो ठाउँमा रहन सक्दैन, जहाँ पहिलेदेखि नै कुनै अर्को चीज रहेको होस् । यो 'डार्क म्याटर' को गुरुत्वाकर्षण बल हाम्रो वरिपरिका सामान्य पदार्थभन्दा ६ गुना बढी हुन्छ ।
'डार्क म्याटर' को बारेमा अहिले वैज्ञानिक अझ बढी जानकारी जुटाउनमा लागेका छन्, ताकि ब्रम्हाण्डको बारेमा अझ बढी गहिराइपूर्वक जान्न सकियोस् । 'डार्क म्याटर' को रहस्यलाई बुझेपछि 'ब्ल्याक होल' को रहस्यलाई अझ बढी सहज ढंगले बुझ्न सकिन्छ । अहिले पनि वैज्ञानिक यो 'डार्क म्याटर' कुन चीजले बनेको छ भन्ने कुरा जान्नमा लागिरहेका छन् । किनकि जति चीज देखिन्छ, ती कुनै न कुनै परमाणु र अणुबाट बनेका हुन्छन् । तिनीहरू ठोस, तरल, ग्यास हुन सक्छन् । 'डार्क म्याटर' यी सबैको परिभाषाभन्दा टाढा छ । त्यो न ठोस हो, न ग्यास हो र न तरल नै हो । 'डार्क म्याटर' केवल ब्रम्हाण्डमा विद्यमान छ । यसको उपस्थितिलाई हामी त्यसले लगाउने गुरुत्वाकर्षण बलबाट बुझ्न सक्छौं । तर यदि 'डार्क म्याटर' मा प्रकाश दिइयो भने केही पनि देखिंदैन । यदि त्यसलाई छुने कोशिस गरियो भने पनि केही महसुस हुँदैन । त्यसकारण वैज्ञानिकले अहिलेसम्म 'डार्क म्याटर' को बारेमा धेरै कुरा पत्ता लगाउन सकेका छैनन् । केही त यसको बारेमा विश्वास पनि गर्दैनन् । किनकि ती मानिसहरू केवल ती चीजहरूमाथि विश्वास गर्छन्, जसलाई देख्न र महसुस गर्न सकिन्छ । तर 'डार्क म्याटर' लाई न त महसुस गर्न सकिन्छ र न देख्न नै सकिन्छ ।
वैज्ञानिकले 'डार्क म्याटर' माथि धेरै विश्वास गर्छन्, किनभने वैज्ञानिक केवल महसुस हुने र देखिने कुरामा मात्र विश्वास गर्दैनन् । उनीहरू ती सबै चीजहरूको बारेमा कुरा गर्दछन्, जसको कल्पना पनि गर्न सकिन्छ र जसलाई प्रयोगको माध्यमबाट प्रमाणित पनि गर्न सकिन्छ । अहिलेसम्म 'डार्क म्याटर' ले अर्को प्रकारको गुरुत्वाकर्षण बलसँग प्रतिक्रिया गर्छ वा गर्दैन भन्ने बारेमा पत्ता लाउन सकिएको छैन । अर्थात् यदि कुनै अर्को शक्तिशाली गुरुत्वाकर्षण बललाई 'डार्क म्याटर' निकट लिएर जाने हो भने त्यसमा यसको केही असर पर्छ वा पर्दैन । के देखिएको छ भने 'डार्क म्याटर' ले प्रबल आणविक बलसँग कुनै प्रकारको प्रतिक्रिया देखाउँदैन । यसको अर्थ के हो भने 'डार्क म्याटर' मा कुनै प्रकारको न्यूक्लियस विद्यमान छैन र यदि त्यसमा न्यूक्लियस छैन भने यो कुराबाट 'डार्क म्याटर' मा प्रोटोन र इलेक्ट्रोन जस्ता आधारभूत पार्टीकल विद्यमान हुँदैनन् ।
अहिलेसम्म 'डार्क म्याटर' को बारेमा केवल यति मात्र चीज देखिएको छ कि त्यसले गुरुत्वाकर्षण बल लगाउँछ । 'डार्क म्याटर' यस्तो अनजान चीज हो, जसको बारेमा अहिलेसम्म धेरै कुरा जानकारी नै छैन । यो केवल यस्तो चीज बनेर रहेको छ, जुन हाम्रो ब्रम्हाण्ड विद्यमान त छ, तर जसलाई अहिलेसम्म पूर्ण रूपमा बुझ्न सकिएको छैन । यद्यपि यति त हामीलाई थाहा छ कि ब्रम्हाण्डमा विद्यमान हरेक घटना र हरेक चीज हुनुको एक उद्देश्य हुन्छ । यसको अर्थ 'डार्क म्याटर' हुनुको पनि कुनै न कुनै कारण अवश्य छ । 'डार्क म्याटर' नहुँदा शायद पृथ्वीमा जीवन नै संभव नहुने पनि हुनसक्छ । यदि यो 'डार्क म्याटर' आजै खत्तम भयो भने शायद त्यससँगै सम्पूर्ण ब्रम्हाण्डको पनि अन्त्य हुन सक्छ ।
अदृश्य ऊर्जा (डार्क इनर्जी)
जति पनि क्रान्तिकारी विचार यो संसारमा आए, तिनीहरू विशेषगरी बीसौं शताब्दीपछि देखिएका थिए । तिनीहरूमा आइन्स्टाइनले दिएको विचारलाई धेरै महत्त्वपूर्ण मानिन्छ । उनको विशेष कुरा के थियो भने उनी धेरै प्रयोग गर्दैनथे । उनी केवल आफ्नो दिमागमा चीजहरूको परिकल्पना गर्थे र त्यसपछि आफ्नो परिकल्पनाको आधारमा र गणितको मद्दतले जटिलभन्दा जटिल चीजहरूलाई प्रमाणित गर्थे र संसारको अगाडि प्रस्तुत गर्थे । आइन्स्टाइनका अनुसार ज्ञानभन्दा पनि बढी आवश्यक चीज परिकल्पना हो । ज्ञान किताबहरूबाट धेरै लिन सकिन्छ तर परिकल्पनाले ज्ञानको सही प्रयोग गर्न सिकाउँछ । आइन्स्टाइनले यो सम्पूर्ण ब्रम्हाण्डलाई व्यवस्थित गर्नका लागि आवश्यक कारण गुरुत्वाकर्षण बललाई बताए । उनले धेरै पटक गुरुत्व बलले कसरी यो ब्रम्हाण्डलाई सन्तुलनमा राखेको छ भन्ने कुरा बुझाउनको लागि उदाहरण प्रस्तुत गरे । यसलाई आइन्स्टाइनको 'सामान्य सापेक्षताको सिद्धान्त' भनियो, जसलाई १९१६ मा प्रकाशित गरिएको थियो ।
सामान्य सापेक्षताको सिद्धान्तको मुख्य कुरा के हो भने यसलाई पहिलो पटक सबै सामु प्रस्तुत गर्दा आइन्स्टाइनले यसमा कुनै पनि प्रकारको परिवर्तनको आवश्यकता छैन भन्ने कुरा स्पष्ट बनाए । प्रायः के देखिन्छ भने कुनै वैज्ञानिकले कुनै सिद्धान्त प्रतिपादन गर्छ भने त्यसमा समयसँगै केही न केही परिवर्तन आइरहन्छ तर आइन्स्टाइनको सिद्धान्तभित्र आजसम्म कुनै पनि प्रकारको परिवर्तन आएको छैन । यही कुराले आइन्स्टाइनलाई संसारका सबभन्दा महान वैज्ञानिक बनाउँछ । आइन्स्टाइनले आजभन्दा करिब १०० वर्ष पहिले नै गुरुत्वाकर्षण तरंगको बारेमा भविष्यवाणी गरेका थिए । उनले गुरुत्वाकर्षण बलको कारणले यो तरंग प्रकाशको गतिले स्थान-समयमा चलिरहन्छ र यी तरंगहरूको निर्माण गुरुत्वाकर्षण अवरोधबाट (ग्र्याबिटेसनल डिस्टरबेंस) हुन्छ । यस्तै गुरुत्वाकर्षण अवरोध 'ब्ल्याक होल' टकराउँदा पनि हुन्छ ।
आइन्स्टाइनले सम्पूर्ण ब्रम्हाण्डलाई गुरुत्वाकर्षण बलको आधारमा बुझाउन सकिन्छ भनेपछि त्यसबेला केही अनुत्तरित प्रश्नहरू पनि पैदा भए । आइन्स्टाइनले गुरुत्वबलको नयाँ समीकरणमा एउटा विशेष शब्दको प्रयोग गरे, जसलाई उनले ब्रम्हाण्डीय स्थिरांक (कस्मोलोजिकल कन्स्टेंट) भने ।
सन् २०१६ मा आएर गुरुत्वाकर्षण तरंगको खोज गरियो र यसको निर्माण ग्यालेक्सीमा करिब १.३ अरब वर्ष पहिले दुई ब्ल्याक होल टकराउँदा भएको थियो । त्यसबेला पृथ्वीमा केवल एक कोषीय जीव अस्तित्वमा थिए । यो गुरुत्वाकर्षण तरंग पृथ्वीमा पूर्ण रूपमा फैलिनमा करिब ४०० मिलियन वर्षको समय लाग्यो र त्यतिखेरसम्म पृथ्वीमा पशु-पक्षी, वनस्पति र डाइनासोर, आदि उत्पन्न भइसकेका थिए । स्तनधारी पनि अस्तित्वमा आइसकेका थिए । यिनै स्तनधारीबाट अगाडि बढेर 'होमो सेपियन्स' अर्थात् मानिस बन्छन्, जसले कृषि र सभ्यताको निर्माण गर्छन् । र, तिनै मानिसले अगाडि बढेर दर्शन, कला-साहित्य र विज्ञानको आविष्कार गर्छन् । एक दिन यिनै मानिसहरूमध्ये एक व्यक्ति आइन्स्टाइनले गुरुत्वाकर्षण तरंगको खोज गर्दछन् । यो विगत १.३ अरब वर्षदेखि पृथ्वीमा घुमिरहेको थियो । आइन्स्टाइनले सम्पूर्ण ब्रम्हाण्डलाई गुरुत्वाकर्षण बलको आधारमा बुझाउन सकिन्छ भनेपछि त्यसबेला केही अनुत्तरित प्रश्नहरू पनि पैदा भए । आइन्स्टाइनले गुरुत्वबलको नयाँ समीकरणमा एउटा विशेष शब्दको प्रयोग गरे, जसलाई उनले ब्रम्हाण्डीय स्थिरांक (कस्मोलोजिकल कन्स्टेंट) भने । यसैको मद्दतबाट उनले एक सन्तुलित ब्रम्हाण्डको बारेमा बुझाउन सकिरहेका थिए । आइन्स्टाइनले ब्रम्हाण्डीय स्थिरांकको प्रयोग ब्रम्हाण्डको सन्तुलनलाई बुझाउनको लागि नै गरेका थिए ।
अब ब्रम्हाण्डीय स्थिरांकको प्रयोगबाट ब्रम्हाण्डको सन्तुलनलाई कसरी बुझ्न सकिन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । यसको लागि कन्स्टेंट वा स्थिरांकको अर्थ बुझ्नुपर्छ । कन्स्टेंट कुनै समीकरणमा सधैं स्थिर हुने मात्रा हुन्छ । अवस्था बदलिंदा पनि 'कन्स्टेंट क्वान्टिटी' स्थिर रहन्छ । जति पनि समीकरण छन्, तिनीहरूमा केही न केही चीजलाई 'कन्स्टेंट' मानेर अगाडि बढेको पाइन्छ । जस्तो कि कुनै विद्युतीय तारको 'रेजिस्टेन्स' निकाल्दा तारको मोटाईलाई 'कन्स्टेंट' मानिन्छ । यसरी नै आइन्स्टाइनले यो ब्रम्हाण्डीय अचर वा स्थिरांकको कल्पना गरे । गुरुत्वाकर्षण बलको आधारमा ब्रम्हाण्डको सन्तुलनलाई बुझाउनु संभव छैन भन्ने कुरा आइन्स्टाइनलाई थाहा थियो । किनकि आज कुनै पनि ग्रह आफ्नो मूल ठाउँबाट थोरै हल्लिए पनि सम्पूर्ण ब्रम्हाण्डका ग्रहमा अब नयाँ प्रकारले बल लागिरहेको हुन्छ । अब सम्पूर्ण ब्रम्हाण्डले फेरि सन्तुलनमा आउनको लागि एक नयाँ 'प्याटर्न' खोज्नुपर्छ । यहाँ ब्रम्हाण्डीय स्थिरांको काम आउँछ । यसको मात्राले त्यो चीजको पूर्ति गर्दछ, जसको कारणले ब्रम्हाण्डमा सन्तुलन बिग्रेको थियो । अर्थात् गुरुत्वाकर्षण बलको कारणले ब्रम्हाण्डको सन्तुलन बिग्रिंदा ब्रम्हाण्डीय स्थिरांक नामको यो अज्ञात राशिले ब्रम्हाण्डलाई सन्तुलनमा राख्ने काम गर्छ ।
रसियन भौतिकशास्त्री अलेक्जेंडर फ्रीडमेनका अनुसार आइन्स्टाइनले जुन ब्रम्हाण्डको कुरा गरिरेका छन्, त्यो सन्तुलन त हो, तर अस्थिर छ । यो कुनै पहाडको टुप्पामा राखिएको बल जस्तै हुन्छ । बललाई हेर्दा के लाग्छ भने बल सही ठाउँमा छ र सन्तुलनमा पनि छ, तर बललाई थोरै पनि अर्कोतिर धक्का दिइयो भने त्यो तल झर्छ र सन्तुलनमा रहँदैन । फ्रिडमेनका अनुसार गुरुत्वाकर्षण बलको कारणले ब्रम्हाण्ड पनि केही यस्तै स्थितिमा थियो ।
आज ब्रम्हाण्डमा करिब ६८ प्रतिशत ऊर्जा 'डार्क इनर्जी' ले लिएको मानिन्छ । 'डार्क म्याटर' ले ब्रम्हाण्डको २७ प्रतिशत हिस्सा घेरेको छ । र, ब्रम्हाण्डमा बाँकी ५ प्रतिशत भाग मात्र देखिने र छुन सकिने वस्तुहरू रहेका छन् ।
आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तका अनुसार गुरुत्वाकर्षण बल कुनै पनि स्थान-समयमा उत्पन्न गरिएको एक वक्रता (कर्भेचर) जस्तै हुन्छ । यो कुरालाई बुझ्नलाई एउटा उदाहरणमा जान सकिन्छ । एउटा पातलो तौलिया चारै कुनाबाट तानेर बाँधिएको छ, अब यो तौलिया बिल्कुल सीधा छ । अब एउटा क्रिकेट बललाई यो तौलियामा राखौं । अब के देखिन्छ भने क्रिकेटको बल राखेपछि यो तौलियामा केही बक्रता आएको छ । बक्रताको अर्थ कुनै चीज केही मोडिएको हुनु हो र यो बल तौलियाको बीचमा गएर रोकिन्छ । अब यो तौलिया सीधा रहेको हुँदैन । ब्रम्हाण्डलाई पनि यस्तै कल्पना गर्न सकिन्छ । अलग-अलग ग्रहहरूको कारणले स्थान-समय वा अन्तरिक्ष-समयमा बक्रता पैदा हुन्छ । यसको कारणले गुरुत्वाकर्षण बल नामको शक्ति अस्तित्वमा आउँदछ । यदि आइन्स्टाइनको सम्पूर्ण सिद्धान्तलाई सरल शब्दमा भन्ने हो भने पदार्थले स्थानलाई मोडिने कसरी भन्ने कुरा बताउँछ र स्थानले पदार्थलाई कसरी चल्ने भनेर बताउँछ । तर अझै पनि आइन्स्टाइनको त्यो ब्रम्हाण्डीय स्थिरांक के थियो भन्ने प्रश्नको उत्तर प्राप्त भएको छैन । यसको उत्तर आइन्स्टाइनको नब्बे वर्षपछि पर्लमर्टर, ब्रायन शिफ्ट र एडम रीस नामक तीन वैज्ञानिकहरूले दिए । र, उनीहरूले यसलाई 'डार्क इनर्जी' भने । यो खोजको लागि उनीहरूलाई २०११ मा नोबेल पुरस्कार पनि प्राप्त भयो । आज ब्रम्हाण्डमा करिब ६८ प्रतिशत ऊर्जा 'डार्क इनर्जी' ले लिएको मानिन्छ । 'डार्क म्याटर' ले ब्रम्हाण्डको २७ प्रतिशत हिस्सा घेरेको छ । र, ब्रम्हाण्डमा बाँकी ५ प्रतिशत भाग मात्र देखिने र छुन सकिने वस्तुहरू रहेका छन् ।
वैज्ञानिकहरू यो अदृश्य ऊर्जा वा 'डार्क इनर्जी' को बारेमा अझै धेरै जानकारी खोज्नमा लागिरहेका छन् । उनीहरू 'डार्क इनर्जी' बाट ब्रम्हाण्डमा के असर पर्छ र यसले कसरी ब्रम्हाण्डलाई सन्तुलनमा राख्ने काम गर्छ भन्ने खोज गर्नमा लागिरहेका छन् । 'डार्क इनर्जी' को बारेमा जति जानकारी प्राप्त हुन्छ, त्यति ब्रम्हाण्डलाई बुझ्ने काममा सहजता हुन्छ । त्यसकारण २१औं शताब्दीका कुनै अन्य आइन्स्टाइनले एकपटक फेरि संसारलाई अन्तरिक्षको मार्गमा एक कदम अगाडि बढाउनेछन् भन्ने आशा गर्न सकिन्छ ।
ब्रम्हाण्ड एउटा टेबुलमा
प्रायः हामी सबैले पेरियोडिक टेबलको बारेमा थाहा पाएका छौं । कसरी पेरियोडिक टेलबमा रहेका फरक-फरक तत्त्वहरू हाम्रो वातावरणमा विद्यमान छन् र तिनीहरूले कसरी हाम्रो जीवनलाई प्रभावित गर्छन् भन्ने कुरा थाहा पाएका छौं । तर प्रश्न के उठ्छ भने आखिरमा यी सबै तत्त्वहरू हाम्रो वातावरणमा कसरी आए ? यिनीहरू पृथ्वीबाट नै आएका हुनसक्छन् भन्ने जवाफ दिइन्छ । तर पृथ्वीको सतहमा यी सबै तत्त्वहरू कसरी आए त ? धेरै मानिसहरूलाई यो प्रश्नको उत्तर थाहा छैन । पहिलेको छलफलबाट महाविस्फोट घटनाको क्रममा कसरी केही ग्यास बने भन्ने कुरा थाहा भयो । महाविस्फोटको घटनापछि ब्रम्हाण्डमा केवल हाइड्रोजन, हेलियम र लिथियम गरी तीन प्रकारका तत्त्व मात्र विद्यमान थिए । यसको अतिरिक्त बाँकी सबै तत्त्वका एटम यति धेरै तापमा बिल्कुल छरिइसकेका थिए ।
पेरियोडिक टेबलतिर हेर्दा एउटा धेरै रहस्यमय संसारको बारेमा जानकारी प्राप्त हुन्छ । हाइड्रोजन धेरै सजिलैसँग बल्ने ग्यास हो, त्यहीं अर्कोतिर अक्सिजन ग्यासले बल्नलाई मद्दत गर्छ, तर यी दुवै ग्यास आपसमा मिल्दा पानी बन्छ र यो पानीले आगो निभाउने काम गर्छ । पानीको लक्षण यी दुवै ग्यासभन्दा बिल्कुल फरक छ । यसरी नै नून सोडियम र क्लोरिनबाट बन्छ । सोडियम चक्कुले पनि काट्न सकिने एक धातु हो । यसको साथै यो एक विषालु धातु हो । अर्कोतिर क्लोरिन एक दुर्गन्धित ग्यास हो । तर यी दुवैलाई मिलाउँदा नून बन्छ र यो नून हाम्रो खानाको एक महत्त्वपूर्ण भाग हो ।
त्यसकारण पेरियोडिक टेबललाई एक खगोल-भौतिकीको दृष्टिकोणबाट हेर्नु आवश्यक हुन्छ । एउटा प्रोटोनलाई लिएर घुमिरहेको हाइड्रोजन सम्पूर्ण पेरियोडिक टेबलमा सबभन्दा हल्का तत्त्व हो । यसको निर्माण महाविस्फोटकै क्रममा भएको थियो । हाइड्रोजनले हाम्रो शरीरको करिब ७५ प्रतिशत हिस्सा बनाउँछ । र, यो ब्रम्हाण्डको ९० प्रतिशतभन्दा बढी पदार्थमा हाइड्रोजन विद्यमान हुन्छ । यो सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह वृहस्पति (जुपिटर) को केन्द्रमा पनि विद्यमान छ । यति धेरै प्रेसरको बीचमा हाइड्रोजनले एक ग्यासको रूपमा नभएर एक 'मेटल' को रूपमा काम गर्छ । त्यहाँ त्यसले एक धेरै शक्तिशाली चुम्बकीय क्षेत्र पनि उत्पन्न गर्दछ ।
हाइड्रोजनपछि हेलियम पनि ब्रम्हाण्डमा धेरै मात्रामा उपलब्ध छ । सम्पूर्ण ब्रम्हाण्डमा १० प्रतिशतभन्दा बढी परमाणु हेलियमले बनेका छन् र लगातार यो हेलियमको निर्माण पनि भइरहेको छ ।
सूर्यको सतहमा पनि यिनै हाइड्रोजन परमाणु आपसमा मिलेर यति धेरै मात्रामा ऊर्जा उत्पन्न गर्दछन् र यिनीहरूबाट ऊर्जासँगसँगै नयाँ परमाणु बन्छन्, तिनीहरूलाई हेलियम भनिन्छ । हेलियमलाई पनि धेरै ठाउँमा प्रयोग गरिन्छ । यो एउटा कम घनत्व भएको ग्यास हो । हाइड्रोजनपछि हेलियम पनि ब्रम्हाण्डमा धेरै मात्रामा उपलब्ध छ । सम्पूर्ण ब्रम्हाण्डमा १० प्रतिशतभन्दा बढी परमाणु हेलियमले बनेका छन् र लगातार यो हेलियमको निर्माण पनि भइरहेको छ । ताराहरूमा उत्पन्न हुने ऊर्जा हाइड्रोजन परमाणु टकराउँदा हुन्छ र दुई हाइड्रोजन आपसमा मिलेपछि हेलियम ग्यासको परमाणु बन्छ । हाइड्रोजन र हेलियमपछि तेस्रो तत्त्व लिथियम हो । यो पेरियोडिक टेबलमा पनि तेस्रो नम्बरमा आउँछ । र, यसको निर्माण पनि हाइड्रोजन र हेलियमकै जसरी महाविस्फोटको क्रममा भएको थियो । जहाँ अर्कोतिर हेलियमको निर्माण ताराहरूको सतहमा भइरहेको थियो, त्यहीँ लिथियम यी आणविक प्रतिक्रियाबाट लगातार टुट्दै गइरहेका थिए ।
ब्रम्हाण्डको लगभग हरेक ठाउँमा पाइने अर्को तत्त्व कार्बन हो । कार्बन लगभग सबै प्रकारका चीजहरूमा विद्यमान हुन्छ । कार्बन ताराहरूको केन्द्रमा, सतहमा र तिनीहरू जल्दा उत्पन्न हुने धुवामा पनि पाइन्छ । कार्बनसँग जोडिएको रसायनशास्त्रको एक अलग शाखा पनि बनेको छ, जसलाई जैविक रसायनशास्त्र भनिन्छ । यो जैविक रसायनशास्त्रमा सामेल तत्त्वले हाम्रो शरीरका लगभग हरेक भागको निर्माण गर्छन् । अर्थात् हाम्रो शरीरको लगभग हरेक भागमा कार्बन विद्यमान हुन्छ । कार्बनसँगसँगै अक्सिजन पनि ब्रम्हाण्ड धेरै रहेको छ । अक्सिजन तारा विस्फोट हुँदा निस्किन्छ ।
अक्सिजन र कार्बन दुवै पृथ्वीमा जीवनको लागि महत्त्वपूर्ण घटक हुन् । आखिर कार्बन कसरी हाम्रो जीवनको मुख्य हिस्सा बन्छ ? हाम्रो शरीर अरू तत्त्वहरूबाट किन बनेन ? पेरियोडिक टेबलमा कार्बनकै समूहमा भएको र ठीक कार्बनभन्दा तल पाइने सिलिकनको धेरै विशेषता कार्बनसँग मिल्दोजुल्दो हुन्छ । तर पनि हाम्रो शरीर सिलिकनबाट नबनेर कार्बनबाट बनेको छ । यदि हाम्रो शरीर सिलिकनले बनेको हुन्थ्यो भने हामी कस्ता हुन्थ्यौं भन्ने बारेमा अहिले वैज्ञानिक सोचिरहेका छन् । केही वैज्ञानिक के मान्छन् भने त्यस अवस्थामा हाम्रो शरीर यति कठोर हुन्छ कि गोलीले पनि त्यसलाई छेड्न सक्दैन ।
हाम्रो शरीर किन कार्बनबाट नै बनेको हो भन्ने प्रश्नको जवाफ अहिलेसम्म पनि पूर्ण रूपमा त पाउन सकिएको छैन । तर यति कुरा त बुझिन्छ कि कार्बनमा यस्ता धेरै खास कुराहरू छन्, जसले त्यसलाई अरू तत्त्वहरूबाट अलग गर्दछन् । तिनीहरूमध्ये एक कार्बनको चेन बनाउने विशेषता हो । कार्बनका परमाणु अरू कार्बनका परमाणुसँग सजिलैसँग जोडिएर एउटा लामो चेन बनाउँछन् र यही लामो चेनका अलग प्याटर्नबाट अलग-अलग केमिकल्स बन्छन्, जुन हाम्रो शरीरको लागि आवश्यक हुन्छ ।
अर्को एउटा महत्त्वपूर्ण तत्त्व एल्मुनियम हो । यसले पृथ्वीको सतहको लगभग १० प्रतिशत भाग बनाउँछ । तर पनि आजभन्दा दुईसय वर्ष पहिलेसम्म एल्मुनियमको खोज पनि भएको थिएन । सबभन्दा पहिले एल्मुनियमलाई सन् १८२७ मा खोजियो र १९६० को अन्तमा यो सबै मानिसको घरसम्म पुगेको थियो । एल्मुनियमपछि टाइटेनियम आउँछ । यो एल्मुनियमभन्दा दुईगुना बढी बलियो हुन्छ । यसको प्रयोग धेरै युद्धबिमान र चिकित्सा क्षेत्रमा प्रोस्थेटिक हात तथा खुट्टा बनाउनमा गरिन्छ ।
आज संसारका सबै देशले सबभन्दा बढी माग गरिरहेको एउटा अर्को चीज 'एटम बम' हो । यसले केही सेकेण्डमा नै सम्पूर्ण संसारलाई अन्त्य गर्ने शक्ति राख्छ । यसलाई बनाउने प्रमुख तत्त्वको नाम हो यूरेनियम ।
अर्को एक अत्यावश्यक तत्त्व आइरन धातु हो । आइरन अर्थात् फलाम एक यस्तो पदार्थ हो, जसबिना आज यी ठूला-ठूला भवन, पुल, सडक, गाडी, आदिको आशा पनि गर्न सक्दैनथ्यो । फलामका परमाणुको मुख्य कुरा के हुन्छ भने यिनीहरूले ऊर्जा अवशोषित (अब्जर्ब) गर्दछन् । फलामलाई तोड्दा पनि र अलग-अलग आइरनका एटमलाई आपसमा जोड्दा पनि ऊर्जाको आवश्यकता हुन्छ । लगभग तरलको रूपमा रहने अर्को एक तत्त्वको नाम हो ग्यालियम । ग्यालिमको उम्लने बिन्दु (मेल्टिङ प्वाइन्ट) यति कम हुन्छ कि यसलाई हत्केलामा लिंदा पनि पग्लिन्छ । सूर्यको सतहमा ग्यालियम पनि रहेको देखिएको छ । यो ग्यालियम न्यूट्रोनसँग मिलेर जर्मेनियम धातुमा बदलिन्छ । यो प्रक्रियमा एक एक्स-रे प्रकाशलाई देख्न सकिन्छ ।
आज संसारका सबै देशले सबभन्दा बढी माग गरिरहेको एउटा अर्को चीज 'एटम बम' हो । यसले केही सेकेण्डमा नै सम्पूर्ण संसारलाई अन्त्य गर्ने शक्ति राख्छ । यसलाई बनाउने प्रमुख तत्त्वको नाम हो यूरेनियम । यूरेनियमको वरिपरिबाट पेरियोडिक टेबलका तत्त्व 'रेडियोएक्टिभ' हुन लाग्छन् । अर्थात् यिनीहरूको न्यूक्लियस स्थिर हुँदैन र त्यसकारण यिनीहरूले आफ्नो न्यूक्लियसबाट लगातार न्यूट्रोन र इलेक्ट्रोन निकालिरहन्छन् । न्यूट्रोन र इलेक्ट्रोन सँगसँगै यी परमाणुका टुक्रा पनि हुन लाग्छन् र यिनीहरू विस्तारै-विस्तारै अझ बढी स्थिर न्यूक्लियसतर्फ जान लाग्छन् । तत्त्व भंग भएपछि यो प्रक्रियामा अति धेरै ऊर्जा उत्पन्न हुन्छ । त्यही ऊर्जालाई आणविक ऊर्जाको रूपमा प्रयोग गरिन्छ र यसको मद्दतले आवणविक बम पनि बनाइन्छ ।
सबै चीज गोला
हाम्रो वरिपरिको वातावरणलाई हेर्दा त्यहाँ हुने जति पनि प्राकृतिक चीजहरू छन्, तिनीहरूमध्ये धेरै चीज गोला छन् । जस्तो कि पृथ्वी, अन्य ग्रह, पानीको थोपा, असिना, साबुनको फिंज, आदि धेरै कुरा गोला हुन्छन् । आखिर प्रकृतिमा यति धेरै गोला चीजहरू किन देखिन्छन् । यो कुरा पनि भौतिकशास्त्रकै एउटा भाग हो । ढुंगा र चट्टानलाई छोडेर प्रकृतिले सबै जीजहरूलाई गोलो नै बनाएको छ । तर यसको कारण के हो ? यसको लागि के बुझ्नुपर्छ भने कुनै पनि चीजले आफ्नो ऊर्जालाई कमभन्दा कम राख्न चाहन्छ । जस्तो कि कुनै चीजलाई थोरै माथि उठाई आफ्नो हातमा समातेर राख्दा त्यो चीजले जमिनमा खस्ने प्रयास गरिरहेको हुन्छ । त्यसलाई माथि उठाएर राख्दा त्यसमा 'पोटेन्शियल इनर्जी' संचित हुन्छ र त्यसलाई छोड्नेवित्तिकै त्यो 'पोटेन्शियल इनर्जी' 'काइनेटिक इनर्जी' मा बदलिएर त्यो चीजलाई जमिनमा झारिदिन्छ । जमिनमा आएपछि त्यसको 'पोटेन्शियल इनर्जी' पनि कम हुन्छ र 'काइनेटिक इनर्जी' पनि शून्य हुन्छ । यसको अर्थ के हो भने हरेक वस्तुले आफ्नो ऊर्जालाई कमभन्दा कम राख्न चाहन्छ ।
'सर्फेस टेंशन' एक यस्तो बल हो, जसले हरेक वस्तुलाई कम ऊर्जायुक्त र गोलो आकारमा ढाल्दछ । त्यसकारण प्रकृतिमा धेरैजसो चीज गोला देखिन्छन् । गोला वस्तुहरूको 'सर्फेस इनर्जी' तिनीहरूको क्षेत्र कम भएकोले हुन्छ र 'सर्फेस इनर्जी' कुनै वस्तुको क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।
'पोटेन्शियल' र 'काइनेटिक' ऊर्जाको अतिरिक्त एउटा अर्को यस्तो ऊर्जा छ, जसलाई हरेक वस्तुले कमभन्दा कम राख्न चाहन्छन्, त्यो 'सर्फेस इनर्जी' हो । यो सर्फेस ऊर्जा 'सर्फेस टेंशन' नामको बलबाट उत्पन्न हुन्छ । 'सर्फेस टेंशन' एक यस्तो बल हो, जसले हरेक वस्तुलाई कम ऊर्जायुक्त र गोलो आकारमा ढाल्दछ । त्यसकारण प्रकृतिमा धेरैजसो चीज गोला देखिन्छन् । गोला वस्तुहरूको 'सर्फेस इनर्जी' तिनीहरूको क्षेत्र कम भएकोले हुन्छ र 'सर्फेस इनर्जी' कुनै वस्तुको क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । गोला चीजहरू समाउन धेरै गाह्रो हुन्छ । पहाड, आदि देखेर कतिलाई पृथ्वी पूर्ण गोलो छैन भन्ने लाग्न सक्छ । पृथ्वीको व्यास (रेडियस) लगभग ६४०० किलोमीटर छ । अर्थात् पृथ्वीको केन्द्रमा पुग्नको लागि ६४०० किलोमीटर गहिरो खाल्डो खन्नुपर्छ । धर्तीको सबभन्दा उच्च पहाड सगरमाथा हो, जसको उचाई करिब ८ किलोमीटर मात्र छ । त्यसकारण पृथ्वीमा पहाड हुनु भनेको हाम्रो हत्केलामा कपालका साना-साना टुक्रा हुनुजस्तै हो । पहाडहरूको कारणले पृथ्वी गोलो नलाग्ने हुँदैन । पृथ्वीको आकार यी पहाडको तुलनामा अति धेरै हुने भएकोले यसबाट पृथ्वीको आकारमा धेरै परिवर्तन आउँदैन ।
'सर्फेस टेंशन' को अतिरिक्त गुरुत्वाकर्षण बलले पनि ग्रहहरूलाई गोलो राख्नमा काम गर्दछ । गरुत्व बलले हरेकतिरबाट दबाव सिर्जना गर्दछ, जसको कारण कुनै वस्तु हरेकतिरबाट पतन हुने अवस्थामा हुन्छ । त्यसकारण यदि एउटा ग्रह अर्को एक ठूलो ग्रह निकट हुँदा त्यो ग्रहको शक्तिशाली गुरुत्व बलको कारण त्यो सानो ग्रह पूर्ण रूपमा गोलो हुँदैन । ग्रहमा गुरुत्व बल सँगसँगै 'सेन्ट्रीफ्यूगल बल' पनि लागेको हुन्छ । कुनै पनि चीज घुम्नको लागि 'सेन्ट्रीफ्यूगल बल' आवश्यक हुन्छ । यो बलले कुनै पनि वस्तुलाई केन्द्रबाट टाढा राख्छ । यसको कारणले पनि ब्रम्हाण्डका चीजहरू गोला रहन्छन्, किनकि गुरुत्व बल चारैतिरबाट बढी हुँदा त्यसले कुनै वस्तुलाई पूर्ण रूपले दबाएर ध्वस्त गरिदिने पनि हुन सक्छ ।
हामी जुन ठाउँमा बसेका छौं, हामीमा लाग्ने निश्चित गुरुत्व बल शून्य हुनु आवश्यक छैन र यसलाई सन्तुलनमा राख्नको लागि 'सेन्ट्रीफ्यूगल बल' काममा आउँछ । यही चीजको अनुमान लगाउँदै वैज्ञानिक सम्पूर्ण ब्रम्हाण्ड गोलै हुने कुरा संभव छ त भन्ने कुरा सोचिरहेका छन् । किनभने ब्रम्हाण्डभित्र विद्यमान सबै चीज अन्य अलग-अलग चीजहरूको कारण आकारमा गोला छन् । त्यसकारण ब्रम्हाण्ड पनि गोलो हुने कुरा संभव छ । यो कुराको संभावना त्यतिखेर अझ बढ्दछ, जतिखेर हामी ब्रम्हाण्ड विस्तारको सिद्धान्तलाई पढ्छौं । विस्तार सिद्धान्तका अनुसार ब्रम्हाण्ड लगातार फैलिरहेको छ र यो चारै दिशातिरबाट एकै हिसाबले फैलिरहेको छ । जस्तो कि कुनै 'बबल' फुलिरहेको हुन्छ, त्यो फुल्दा चारै दिशाबाट बराबर दिशामा फुल्छ । यस्तै हाम्रो ब्रम्हामण्डमा पनि देखिन्छ । त्यसकारण यहाँ हाम्रो ब्रम्हाण्ड गोलो हुने कुराको संभावना अझ बढ्दछ ।
विस्तार सिद्धान्तका अनुसार ब्रम्हाण्ड लगातार फैलिरहेको छ र यो चारै दिशातिरबाट एकै हिसाबले फैलिरहेको छ ।
ब्रम्हाण्ड गोलो हुनुको साथसाथै आज संसारमा बहुब्रम्हाण्ड अर्थात् 'मल्टिभर्स' को कुरा पनि चलिरहेको छ । 'मल्टिभर्स' को सिद्धान्तलाई मान्ने वैज्ञानिक के भन्दछन् भने हाम्रो ब्रम्हाण्डको अतिरिक्त अन्तरिक्षमा अरु पनि ब्रम्हाण्डहरू रहेका छन् । यसलाई यसरी बुझौं - एउटा अध्यारो कुनान अनगिन्ती साना-साना 'बबल' हरू छन्; तिनीहरू लगातार फैलिरहेका छन् ; ती 'बबल' भित्र अरबौंको संख्यामा ग्यालेक्सीहरू बनेका छन्; ती ग्यालेक्सीहरूभित्र अलग-अलग ग्रहहरू छन्; ती ग्रहहरूमध्ये नै केही ग्रहमा जीव उत्पन्न भएका छन् । केही वैज्ञानिकहरूको मान्यता के छ भने 'मल्टिभर्स' मा अलग-अलग ब्रम्हाण्ड एक-अर्कोबाट धेरै टाढा छन् । केहीले भन्छन्, यी अलग-अलग ब्रम्हाण्ड एक-अर्कोबाट धेरै टाढा छैनन् । तर यी ब्रम्हाण्डमा केही न केही दूरी त अवश्य नै छ । किनकि यदि त्यो दूरी नहुने हो भने ब्रम्हाण्ड लगातार विस्तार हुँदैनथ्यो ।
यसकारण ब्रम्हाण्डलाई बुझ्ने कुराको शुरुवात आफ्ना वरिपरिका चीजहरूलाई बुझ्ने कुराबाट नै हुन्छ । पानीको थोपा पनि गोलो देखिन्छ र यो सम्पूर्ण ब्रम्हाण्ड पनि गोलो हुन्छ । प्रकृतिको नियम पानीको थोपामा पनि त्यसरी नै लागू हुन्छ, जसरी यो सम्पूर्ण ब्रम्हाण्डमा । त्यसकारण के भनिन्छ भने सम्पूर्ण ब्रम्हाण्डलाई बुझ्न र ब्रम्हाण्डका यी गहन प्रश्नहरूको उत्तर खोज्नको लागि आफ्ना वरिपरिका चीजहरूको बारेमा जानकारी हासिल गर्नुपर्छ । र, प्रकृतिसँग ती चीजहरूको कस्तो व्यावहार हुन्छ भन्ने कुरालाई बुझ्नुपर्छ । तिनै चीजहरूबाट ब्रम्हाण्डको बारेमा सबै प्रश्नहरूको उत्तर प्राप्त हुनेछ ।
अदृश्य प्रकाश
प्रकाश शब्द उच्चारण गर्दा सूर्यबाट आउने कुनै प्रकाश वा कुनै बल्वबाट निक्लिने प्रकाशको विचार उत्पन्न हुन्छ । प्रकाशको सबभन्दा विशेष कुरा भनेको यो देखिनु हो । यद्यपि वास्तविक प्रकाश देखिंदैन, तर पनि प्रकाशको कारणले बाँकी चीजहरू देखिन्छन् । त्यसबाट कुनै ठाउँमा प्रकाश छ कि छैन भन्ने कुरा थाहा हुन्छ । सूर्यबाट जुन प्रकाश आउँछ, त्यसमा प्रकाशका अलग-अलग प्रकारका भाग हुन्छन् । १७औं शताब्दीमा न्यूटनले एउटा 'प्रिज्म' को मद्दतले सूर्यबाट आउने यो प्रकाशलाई सात रंगबाट बाँडेर देखाए । यसबाट मानिसहरूलाई सूर्यबाट आउने प्रकाश सात अलग-अलग रंग मिलेर बनेको छ भन्ने कुरा थाहा भयो ।
यद्यपि यो कुरा यहीं अन्त्य भएन । १९औं शताब्दीको शुरुवातमा एक खगोलशास्त्री विलियम हर्स्चेलले सूर्यबाट आउने एक विशेष प्रकारको प्रकाशले कुनै चीजलाई तातो बनाउन सक्छ, जसलाई आँखाले देख्न सकिंदैन भन्ने कुरा बताए । हर्स्चेलले योभन्दा पहिले १७८१ मा अरुण (युरेनस) ग्रहको खोज गरिसकेका थिए । उनी सूर्यको प्रकाश, रंग र यी रंगहरूबाट निक्लिने तापको बारेमा प्रयोग गरिरहेका थिए । यसको लागि उनले सूर्यको प्रकाशको मार्गमा एउटा 'प्रिज्म' राखिदिए र जस्तो कि न्यूटनको प्रयोगको क्रममा पनि भएको थियो, प्रिज्मलाई राख्दा सूर्यको प्रकाश सात अलग-अलग रंगमा बाँडियो । यसपछि विलियमले सात अलग-अलग रंगका पट्टीमा थर्मामीटर राखे । त्यसपछि आश्चर्यजनक कुरा के देखियो भने अलग-अलग रंगले अलग-अलग तापमान देखाइरहेका थिए । यद्यपि विलियमले पहिलेदेखि नै यो परिणामको अपेक्षा राखेका थिए । त्यसपछि विलियमले रातो रंगको ठीक तल एउटा थर्मामीटर राखे । त्यसमा के देखियो भने त्यो ठाउँमा तापमान सामान्य सूर्यको प्रकाशमा राखिएको थर्मामीटरको तापमानभन्दा बढी देखिएको थियो । अर्थात् त्यहाँ सूर्यको प्रकाशको एउटा यस्तो भाग झरिरहेको थियो, जुन सूर्यको सामान्य प्रकाशभन्दा बढी तातो थियो । विलियमले यसलाई 'इन्फ्रारेड लाइट' भने, जसलाई आँखाले देख्न सकिंदैन, तर विलियमकै जसरी प्रयोग गरेर यसको अस्तित्वलाई प्रमाणित गर्न सकिन्छ ।
अब वैज्ञानिकहरूलाई के थाहा भएको थियो भने सूर्यको प्रकाशमा सात रंगको अतिरिक्त केही विशेष किरण पनि हुन्छन् । यहींबाट 'रेडियोवेभ', 'माइक्रोवेभ', 'अल्ट्राभायोलेट', 'एक्स-रे', 'गामा-रे' जस्ता अलग-अलग प्रकारका किरणहरूको खोज भयो ।
यसरी विलियमले 'इन्फ्रा-रेड' किरणको खोज गरे र यो भौतिकशास्त्रको संसारमा एक धेरै ठूलो खोज थियो । किनकि अब वैज्ञानिकहरूलाई के थाहा भएको थियो भने सूर्यको प्रकाशमा सात रंगको अतिरिक्त केही विशेष किरण पनि हुन्छन् । यहींबाट 'रेडियोवेभ', 'माइक्रोवेभ', 'अल्ट्राभायोलेट', 'एक्स-रे', 'गामा-रे' जस्ता अलग-अलग प्रकारका किरणहरूको खोज भयो । अगाडि बढेर यी सबै किरणहरूको धेरै राम्रोसँग उपयोग पनि गरियो । आज यी सबै किरणहरूको मद्दतबाट एक क्रान्ति नै भएको छ । 'रेडियो वेभ' को मद्दतले संचारको संसारमा धेरै प्रगति भयो, 'माइक्रो वेभ' को मद्दतले खानालाई तातो बनाउन सकिन्छ, 'एक्स-रे' को मद्दतले चिकित्सा क्षेत्रमा धेरै आवश्यक कामहरू गर्न सकिन्छ । र, यस्तै बाँकी किरणहरूको पनि फरक-फरक क्षेत्रमा धेरै उपयोगिता हुन्छ । विलियमको खोजपछि लगत्तै वैज्ञानिकहरूले यी किरणहरूको प्रयोग गर्न सिकेका भने होइनन् । यसको लागि उनीहरूलाई करिब १५० वर्ष लागेको थियो । यसपछि एउटा यस्तो टेलिस्कोप बन्यो, जसले सामान्य आँखाले देख्न नसकिने प्रकाशलाई पनि पहिचान गर्न सक्थ्यो । अगाडि बढेर जर्मन भौतिकशास्त्री हेनरिक हर्ट्जले यी अलग-अलग प्रकारका किरणहरूमा यिनीहरूको आवृत्ति (फ्रिक्वेन्सी) फरक हुन्छ भन्ने कुरा बताए । यहाँ हामीले 'फ्रिक्वेन्सी' को बारेमा पनि बुझ्नुपर्छ ।
प्रकाश एकप्रकारको तरंग हुन्छ र यसलाई विद्युत-चुम्बकीय तरंग पनि भनिन्छ । एक तरंगमा उतारचढाव लगातार आइरहन्छ र तरंगलाई देख्दा यी उतारचढाव पनि देखिन्छ । एउटा तरंगले लगातार कम्पन गरिरहँदा यो 'भाइब्रेसन' वा कम्पनलाई 'फ्रिक्वेन्सी' भनिन्छ । एक सेकेन्डमा हुने कुनै तरंगको कम्पनलाई त्यसप्रकारको 'फ्रिक्वेन्सी' भनिन्छ । सजिलो भाषामा 'फ्रिक्वेन्सी' भनेको एक सेकेन्डमा कुनै घटनाले कतिपटक स्वयंलाई दोहोर्याइरहेको छ भन्ने हो । उदाहरणको लागि यदि कुनै पंखाले एक सेकेण्डमा दस चक्कर लगाउँछ भने त्यो पंखाको 'फ्रिक्वेन्सी' दस हर्ट्ज हुन्छ । तर प्रश्न के उठ्छ भने वैज्ञानिकहरूको लागि यो चीज अरु केमा काम लाग्छ । उनीहरूले यसको प्रयोग टेलिस्कोपलाई अझ उत्कृष्ट बनाउनको लागि गरे ।
टेलिस्कोपमा यी अलग-अलग तरंगहरूको के काम हुन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ । यसको लागि अर्को ग्रहको अध्ययन कसरी गरिन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । कुनै अर्को ग्रहको अध्ययन गर्नको लागि टेलिस्कोपद्वारा त्यो ग्रहबाट पृथ्वीमा आउने प्रकाशको अवलोकन गरिन्छ । त्यो प्रकाश कुन प्रकारको छ भन्ने थाहा पाएपछि त्यसको आधारमा त्यो ग्रहको सतहमा कति तापक्रम छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । तर धेरै यस्ता ग्रह पनि छन्, जसले निकाल्ने लाइट त्यसभित्र आउँदैनन् र जसलाई आँखाले देख्न सकिन्छ । यद्यपि त्यस्तो परिस्थितिमा 'एक्स-रे', 'अल्ट्राभायोलेट-रे' र 'इन्फ्रारेड' किरणलाई पहिचान गर्नसक्ने टेलिस्कोपको आवश्यकता पर्छ । आज यस्ता धेरै टेलिस्कोप रहेका छन्, जसले प्रकाशको सम्पूर्ण वर्णक्रम वा 'स्पेक्ट्रम' को हरेक भागलाई पहिचान गर्न सक्छन् । यसकारण आज हरेक ग्रहबाट आउने प्रकाशका आधारमा त्यो ग्रहको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।
ग्रहहरूको बीचमा
सौर्य प्रणाली टाढाबाट बिल्कुल खाली देखिन्छ । यदि सम्पूर्ण सौर्य प्रणालीलाई एउटा काँचको गोलामा बन्द गर्ने हो भने सबै ग्रह, उपग्रह र सूर्य, आदिले अन्तरिक्षको केवल एउटा धेरै सानो भाग मात्र भर्नेछन् । बाँकी खाली स्थानको के काम हुन्छ त ? वास्तवमा यो खाली स्थान होइन, यो खाली ठाउँमा धेरै चट्टान, ठूला-ठूला पत्थर, धुलो, आदि 'सब-एटमिक' कण छन् र यी सबैमाथि पनि गुरुत्व बल र चुम्बकीय क्षेत्रको असर पर्छ । यति धेरै खाली स्थानमा कति धेरै चट्टान र पत्थर रहेका होला भन्ने सोच्न सकिन्छ । अन्तरिक्षमा लगभग हरेक दिन हजारौंको संख्यामा मिटिओर्स (meteors) वा उल्का भनिने ठूला-ठूला चट्टान गुज्रिरहन्छन्, यद्यपि ठूलो समूहमा ठूला चट्टानहरू धेरै कम हुन्छन् र यिनीहरूमा धेरैजसो बालुवाका कणको आकारमा हुन्छन् । यिनीहरू पृथ्वीतिर बढ्दा हावासँग यिनीहरूको 'फ्रिक्सन' बाट यति धेरै ऊर्जा उत्पन्न हुन्छ कि यी चट्टान र वालुका कण जलेर वाफ बन्दछन् । यसकारण यी 'मिटिओर्स' लाई पृथ्वीमा आइरहेको पनि देख्न सकिंदैन । यिनीहरू कुनै ग्रहबाट नै बन्छन् । कुनै ग्रहकै पदार्थ अगाडि बढेर त्यो ग्रहभन्दा टाढा रहन्छ र त्यो अन्तरिक्षमा 'मिटिओर्स' बनेर घुमिरहन्छ । पृथ्वीबाट पनि एक समयमा धेरै पदार्थ टुटेर अन्तरिक्षमामा गएको थियो । पछि त्यसलाई चन्द्रमाको सतहमा पाइयो । यसको अर्थ के हो भने त्यो पदार्थ चन्द्रमाको सतहमा 'मिटिओर' बनेर खसेको हुनुपर्छ ।
अन्तरिक्षबाट खस्ने यो चट्टानले पृथ्वीमा कति प्रभाव पार्छ त ? जुन 'मिटिओर' बाट डाइनासोरको प्रजातिको अन्त भएको थियो, त्यो आजको सबभन्दा शक्तिशाली परमाणु बमभन्दा कैयौंगुना बढी शक्तिशाली थियो ।
पृथ्वीमा जीवन नभएको बेलामा यहाँ उल्का खस्ने कुरा धेरै सामान्य हुन्थ्यो । किनकि त्यसबेला पृथ्वीसँगै अन्य धेरै ग्रह भर्खरै बनेका थिए र यी भर्खर बनेका ग्रहहरूमा ठीक ढंगले वायुमण्डल पनि बनेको थिएन । यसकारण ती ग्रहहरूबाट चट्टान भंग भएर अन्तरिक्ष घुमिरहन्थे र त्यही क्रममा तिनीहरू कहिलेकाहीं पृथ्वीको सतहमा पनि खस्थे । पृथ्वी बनेको खरबौं वर्षपछि पनि 'मिटिओर' झर्ने खतरा रहिरहन्छ । पृथ्वीमा डाइनासोर विलोपको एउटा ठूलो कारण यही 'मिटिओर' खस्नुलाई मानिन्छ ।
अन्तरिक्षबाट खस्ने यो चट्टानले पृथ्वीमा कति प्रभाव पार्छ त ? जुन 'मिटिओर' बाट डाइनासोरको प्रजातिको अन्त भएको थियो, त्यो आजको सबभन्दा शक्तिशाली परमाणु बमभन्दा कैयौंगुना बढी शक्तिशाली थियो । त्यो यति शक्तिशाली थियो कि त्यो पृथ्वीमा बजारिंदा ठूला-ठूला भूकम्प आएका थिए र भयंकर सुनामी पनि आएको थियो भन्ने अनुमान लगाइन्छ । यी उल्का र 'एस्ट्रोइड्स' वा क्षुद्रग्रहको एउटा विशेष कुरा के छ भने यिनीहरू एक विशेष पेटीमा रहन्छन् । अन्तरिक्षमा चट्टान कुनै 'प्याटर्न' बिना घुमिरहन्छन् भन्ने हुँदैन, बरु यिनीहरू एक समूहमा चल्छन् । यिनीहरू समूहमा हुनुको कारण के हो भने जुनबेला यी सबै चट्टान कुनै ग्रहबाट भंग भएर अन्तरिक्षमा आएका हुन्छन्, तिनीहरू एकसाथ आएका हुन्छन् । किनकि अन्तरिक्षमा कुनै पनि प्रकारको बाहिरी बल लगाउने कुनै स्रोत हुँदैन । यसकारणले मानिसले अलग-अलग दिशामा जाने प्रश्न नै उठ्दैन । वैज्ञानिकले लगातार के चेतावनी दिइरहेका छन् भने आउने समयमा पृथ्वीको निकटबाट एउटा क्षुद्रग्रह (एस्ट्रोइड) को ठूलो पेटी गुज्रिनेछ । पृथ्वीमा त्यसबेला यी चट्टानहरूको वर्षा हुने कुरा पनि संभव छ । नासाले त यस्ता चट्टानहरूलाई अन्तरिक्षमा नै भंग गरेर साना बनाउने केही मिसाइलहरू पनि बनाउन लागेको छ, ताकि यिनीहरू खतराको एक कारण नबनून् ।
यिनीहरूको अतिरिक्त अन्तरिक्षमा धूम्रकेतु (कोमेट) वा पुछ्रेतारा नामको अर्को चीज हुन्छ, जुन सूर्यको चारैतिर लगातार घुमिरहन्छ । धूम्रकेतुको खास कुरा के हुन्छ भने यसको पछाडि एउटा पुच्छर देखिन्छ । यिनीहरूमा अलग-अलग प्रकारका बल्ने ग्यास भएकाले यी पुच्छर देखिएका हुन् । धूम्रकेतु पनि धेरै पटक पृथ्वी निकटबाट गुज्रिन्छन् । यद्यपि यिनीहरू पृथ्वीमा खस्ने संभावना केही कम हुन्छ । सौर्य प्रणालीमा रहेको जुपिटर (वृहस्पति) ग्रहको कारणले पनि पृथ्वीमा धेरै ठूलो संख्यामा उल्का पिण्ड खस्न सक्दैनन् । वृहस्पति हुनु र पृथ्वीमा अन्तरिक्षका यी चट्टानहरू नखस्नुमा के सम्बन्ध हुन्छ त ? यसको सम्बन्ध वृहस्पतिको ठूलो आकारसँग हुन्छ । वृहस्पति ग्रहको आकार र भार यति धेरै छ कि त्यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा धेरैगुना बढी छ । यसकारणले यदि कुनै उल्का पृथ्वीको निकटबाट गुज्रियो भने वृहस्पतिले त्यसलाई पहिले नै आफूतिर तान्छ । किनकि त्यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा धेरै बढी छ । यसरी वृहस्पतिले पृथ्वीको लागि एक रक्षा-कवचको रूपमा काम गर्छ । वृहस्पति ग्रहबिना हामी पृथ्वीमा यति शान्तसँग जीवनको कहिल्यै आशा पनि गर्न सक्दैनथ्यौं । यसबाट के बुझिन्छ भने पृथ्वीमा जीवन केवल यहाँ वातावरण कस्तो छ भन्ने कुरामा मात्र निर्भर हुँदैन, बरु पृथ्वी वरिपरिका ग्रहहरूले पनि त्यसलाई प्रभावित गर्दछन् ।
वृहस्पतिको अतिरिक्त बाँकी ग्रहले पनि हामीमाथि कुनै न कुनै प्रकारको प्रभाव अवश्य पार्दछन् । यहाँसम्म कि पृथ्वीभन्दा धेरैगुना सानो चन्द्रमाले पनि पृथ्वीमा धेरै प्रभाव पार्दछ । चन्द्रमाको कारण समुद्रको पानीमा छाल आउँछ, जसलाई ज्वारभाटा भनिन्छ ।
बाह्यग्रह पृथ्वी
अन्तरीक्षबाट देखिने पृथ्वीको दृश्य
पृथ्वीमा धेरै प्राकृतिक चीजहरू देखिन्छन् । यसमा वनस्पति, पशुपक्षी र मानिसद्वारा बनाइएका भवन, गाडी, सडक, आदि हुन्छन् । यो ग्रहका अनगिन्ती चीजहरूलाई रात-दिन देखिन्छ, तर पृथ्वीबाट टाढा हुँदै जाँदा भने यी चीजहरू कम देखिन लाग्छन् । हवाईजहाजको झ्यालबाट हेर्दा ठूला-ठूला भवन पनि धेरै साना देखिन्छन् । अन्तरिक्ष यात्री रकेटमा बसेर पृथ्वीबाट टाढा हुँदै जाँदा उनीहरूले चीजलाई अझ कम देख्दै जान्छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसेको एक यात्रीले बेलायत, चीन, भारत, फ्रान्स, अमेरिका, रूस जस्ता ठूला-ठूला देशका शहर दिउँसो त देख्छ, त्यो पनि उसले भूगोल कक्षामा यी शहर कहाँ-कहाँ छन् भन्ने कुरा पहिले नै थाहा पाएको कारणले मात्र देख्छ । त्यहाँबाट न त मिश्रको पिरामिड देखिन्छ र न चीनको महान पर्खाल नै देखिन्छ । धेरै मानिसहरूले अन्तरिक्षबाट चीनको महान पर्खाल देखिन्छ भन्ने कुरा गरेका थिए तर यो साँचो होइन । किनकि चीनको महान पर्खाल जतिसुकै लामो भए पनि त्यसको चौडाई करिब २० फिट मात्र छ, जुन एक सडकको चौडाइभन्दा पनि कम हो । यस्तो परिस्थितिमा त्यो पर्खाललाई अन्तरिक्षबाट देखिने कुरा हुँदैन ।
सन् १९९० को १४ फेब्रुअरीमा भोएजर १ अन्तरिक्ष यानले शनि ग्रह नजिकबाट अर्थात् ६.४ अरब किलोमिटर टाढाबाट पृथ्वीको एउटा फोटो खिचेको थियो । त्यो फोटोमा पृथ्वीमा एउटा सानो नीलो डट जस्तै देखिएको थियो ।
यद्यपि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसेको त्यो यात्रीले पृथ्वीको कुन ठाउँमा हरियाली छ र कुन ठाउँमा मरुभूमि छ भन्ने कुराचाहिँ अवश्य देख्छ । यदि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र भन्दा पनि अगाडि चन्द्रमासम्म जाने हो भने त्यहाँबाट कुनै पनि शहर अलिकति पनि देखिंदैन । तर त्यहाँबाट पृथ्वीको मौसमको ढाँचालाई देख्न सकिन्छ । पृथ्वीमा बादल कसरी एक ठाउँबाट अर्को ठाउँमा गइरहेको छ भन्ने कुरा देखिन्छ । यदि चन्द्रमाभन्दा पनि अगाडि मंगल ग्रहसम्म जाने हो भने त्यहाँबाट टेलिस्कोपको मद्दतबिना कुनै पनि चीज देखिंदैन । टेलिस्कोपको सहायताले पृथ्वीका हिमालय र ठूला-ठूला पहाडका चट्टानहरू देख्न सकिन्छ । त्यसपछि अझ अगाडि नेप्च्युन (बरुण) ग्रहमा गएर हेर्दा पृथ्वीको त कुरै छोडौं, सूर्यलाई पनि कम प्रकाश भएको देखिन्छ । पृथ्वी त त्यहाँबाट अदृश्य नै हुन्छ ।
सन् १९९० को १४ फेब्रुअरीमा भोएजर १ अन्तरिक्ष यानले शनि ग्रह नजिकबाट अर्थात् ६.४ अरब किलोमिटर टाढाबाट पृथ्वीको एउटा फोटो खिचेको थियो । त्यो फोटोमा पृथ्वीमा एउटा सानो नीलो डट जस्तै देखिएको थियो । यदि कसैले यो नीलो डट नै पृथ्वी हो भन्ने कुरा नबताएको खण्डमा कसैले पनि त्यसलाई चिन्न सक्दैन । अन्तरीक्षबाट पृथ्वीमा सबभन्दा पहिले समुद्र देखिन्छ । किनकि पृथ्वीको सतहको लगभग ७५ प्रतिशत भाग समुद्रले ढाकिएको छ र ब्रम्हाण्डमा टाढाबाट हेर्दा सबभन्दा पहिलो चीज यही देखिन्छ । यो पानी समुद्रमा हुन्छ र समुद्रमा केही तट पनि हुन्छ । पानीको तरल अवस्थालाई बुझेपछि पृथ्वीको तापमानको बारेमा पनि थाहा हुन्छ । यससँगै पृथ्वीको चापको बारेमा पनि अनुमान लगाउन सकिन्छ । अझ ध्यानपूर्वक हेर्दै जादा ध्रुबीय क्षेत्रमा रहेको बरफयुक्त पहाडलाई पनि देखिन्छ । यसबाट पृथ्वीमा कसरी फरक-फरक मौसम हुन्छन् भन्ने थाहा हुन्छ । पृथ्वीको घुमाइको आधारमा एक दिनमा कति घण्टा हुन्छ भन्ने कुरा पनि थाहा हुन्छ । यसको अतिरिक्त मौसमको परिवर्तनलाई पनि देख्न सकिन्छ । किनकि कुनै टाढाको ग्रहबाट उत्कृष्ट टेलिस्कोपले पृथ्वीतिर हेर्दा बादलहरूको चालको बारेमा धेरै कुरा थाहा हुन्छ । पृथ्वीको सबभन्दा नजिकको तारा अल्फा सेन्टाउरी हो, जुन पृथ्वीभन्दा चार प्रकाशवर्ष टाढा छ । अल्फा सेन्टाउरीको सौर्य प्रणालीमा कुनै ग्रह रहेको छ भने र त्यो ग्रहबाट कसैले पृथ्वीलाई हेर्न चाहन्छ भने यो धेरै मुश्किल हुन्छ । किनकि सूर्यको प्रकाशको कारण पृथ्वी त्यो प्रकाशमा नै लोप हुन्छ
नासाको केपलर टेलिस्कोप पृथ्वी जस्तै ग्रहहरूको खोजको लागि र यसको साथसाथै सूर्य जस्तै ताराहरूको खोजको लागि बनाइएको छ । यो टेलिस्कोपको काम गर्ने तरीका कस्तो छ भने त्यसले कुनै ताराबाट निक्लिने प्रकाशसँग सूर्यको तुलना गर्दछ । यसबाट सूर्य र त्यो तारामा कति समानता छ भन्ने कुरा पत्ता लाग्छ । यसको साथै त्यो ताराको सामु कुनै ग्रह छ वा छैन भन्ने तरीकाबाट पनि यो कुरा पत्ता लगाउन सकिन्छ । कल्पना गरौं, पृथ्वीले एक वर्षमा सूर्यको सम्पूर्ण चक्कर लगाउँदा पृथ्वी सूर्यको ठीक सामुन्ने हुन्छ, त्यसपछि कुनै टाढाको ग्रहमा बसेको मानिसको लागि सूर्यको प्रकाशमा हल्का कमी आउनेछ । किनकि सूर्य र उसको बीचमा पृथ्वी आइसकेको छ । यसबाट त्यो व्यक्तिले यो सौर्यमण्डलमा कुनै ग्रह विद्यमान छ भन्ने कुरा पत्ता लगाउँछ । यसरी नै अन्तरिक्षमा कुनै नयाँ तारा पाइएको खण्डमा यो तारासँग कुनै ग्रह छ वा छैन भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ । त्यसबेला त्यसको प्रकाशमा आउने परिवर्तनलाई हेरिन्छ ।
केपलर टेलिस्कोपबाट यो परिवर्तनलाई सूचित गरिन्छ र आखिर त्यो ताराको सामु कुनै ग्रह छ वा छैन र यदि छ भने त्यो ग्रहले कति समयमा त्यो तारालाई एक चक्कर लगाउँछ भन्ने कुरा पत्ता लगाउने कोशिस गरिन्छ । तर यो तरीका पनि बढी प्रभावकारी हुँदैन । किनकि यदि कुनै ताराको आकार उसको सौर्य प्रणालीमा विद्यमान ग्रहहरूको तुलनामा धेरै ठूलो छ भने त्यो ग्रह उक्त ताराको सामु आउँदा त्यसको प्रकाशमा धेरै फरक आउँदैन । उदाहरणको लागि हाम्रो सौर्य प्रणालीलाई नै हेर्न सक्छौं । हाम्रो सूर्य पृथ्वीभन्दा धेरै गुना ठूलो छ र पृथ्वी सूर्यको सामुन्ने आउँदा त्यसको धेरै सानो हिस्सा मात्र छेक्छ । त्यो सानो हिस्साको कारणले सूर्यको प्रकाशमा धेरै फरक पर्दैन । सूर्यको प्रकाशमा लगातार परिवर्तन आउँदा मात्र त्यहाँ कुनै अर्को ग्रह छ भन्ने थाहा हुन्छ ।
ब्रम्हाण्ड र मानिस
अहिलेसम्म ब्रम्हाण्डको बारेमा धेरै कुरा थाहा भयो । तर यी चीजहरूबाट कसको जिन्दगीमा के फरक परिरहेको छ भन्ने प्रश्न उठ्छ ।
जुन समय मंगल ग्रहमा जानको लागि अरबौं-खरबौं धन खर्च गरिन्छ, त्यही बेला संसारमा खाना र घरबिना नै रहिरहेका धेरै बच्चाहरू हुन्छन्, जो हरेक दिन भोकै सुतिरहेका छन् । 'डार्क म्याटर' को कुरा गरिरहिको बेला संसारमा धर्मको नाममा मानिसलाई मारिरहिएको हुन्छ ।
ब्रम्हाण्डको शुरुवात कसरी भयो भन्ने कुरा पत्ता लाग्नुभन्दा हजारौं वर्ष पहिलेदेखि नै मानिसले आफ्नो जिन्दगी चलाइरहेका थिए । ब्रम्हाण्डमा अरबौं ग्यालेक्सीहरू विद्यमान छन् भन्ने कुरा थाहा हुँदा पनि मानिसको जिन्दगीमा कुनै फरक आएन । त्यसकारण यो ब्रम्हाण्डीय दृष्टिकोणको उत्सव मनाउने अवसर कसलाई प्राप्त हुन्छ ? यो मौका एक किसानलाई प्राप्त हुँदैन र न यो मौका एक गृहविहीन व्यक्तिलाई नै मिल्छ । यसको लागि मानिससँग समय हुनुपर्छ र मानिसको संघर्ष केवल बाँच्नको लागि मात्र हुनु हुँदैन । मानिसले एउटा यस्तो देशमा रहनुपर्छ, जहाँको सरकारले अन्ततः यो ब्रम्हाण्डमा मानवताको के स्थान छ भन्ने कुरा पत्ता लगाउने कुरामा रूचि राखोस् । यो संसारभन्दा पर पनि केही छ वा छैन भन्ने कुरा लगातार सोच्ने मानिसको समाजमा निरन्तर प्रश्न गरिन्छ । तर यसको पनि केही न केही भुक्तान गर्नुपर्छ ।
जुन समय मंगल ग्रहमा जानको लागि अरबौं-खरबौं धन खर्च गरिन्छ, त्यही बेला संसारमा खाना र घरबिना नै रहिरहेका धेरै बच्चाहरू हुन्छन्, जो हरेक दिन भोकै सुतिरहेका छन् । 'डार्क म्याटर' को कुरा गरिरहिको बेला संसारमा धर्मको नाममा मानिसलाई मारिरहिएको हुन्छ । कतै राजनीतिको नाममा मानिसहरूलाई मारिरहिएको हुन्छ । छुद्र ग्रहले आफ्नो कक्षमा चक्कर लगाउने कुरा पत्ता लगाइरहेकै बेला धेरै बच्चाहरू भीख माग्न लागिरहेको देखिन्छ । यो विचारले उदास त बनाउँछ र सँगसँगै यसले मानिसलाई मुक्त पनि गर्छ । यसले के सिकाउँछ भने यो संसारका हरेक चीज हाम्रो हातमा छैनन् र हामी एक अलग मार्गमा छौं । अर्को मार्गमा विद्यमान कैयौं यस्ता घटनाहरू हुन्छन्, जुन हामीलाई मन पर्दैन ।
यो ब्रम्हाण्ड सोचभन्दा धेरै ठूलो छ भन्ने विचार गरिरहँदा यो ब्रम्हाण्डको अगाडि मानिस कति सानो छ भन्ने कुरा पनि बुझ्न सकिन्छ । यो सम्पूर्ण ब्रम्हाण्डमा हामी हुनु र नहुनु एक घटना मात्र हो भन्ने कुरा जानेपछि त्यस अवस्थामा हामी आफ्नो जीवनमा उत्कृष्टभन्दा उत्कृष्ट काम गर्न चाहन्छौं । र, त्यो उत्कृष्ट काम ती मानिसहरूको सहायताबाट गरिन्छ, जसलाई सहायता गर्ने कोही हुँदैन । अलिकति के सोचौं भने संसारका सबै धनी मानिसहरूलाई ब्रम्हाण्डको बारेमा सबै कुरा थाहा छ; उनीहरूलाई ब्रम्हाण्ड कति ठूलो छ भन्ने कुरा थाहा छ; उनीहरूलाई पृथ्वीको अतिरिक्त यो सम्पूर्ण ब्रम्हाण्डमा अनगिन्ती ग्रह छन् भन्ने कुरा पनि थाहा छ । उनीहरूलाई बहु-ब्रम्हाण्डको बारेमा पनि थाहा छ । उनीहरूलाई हाम्रै जस्ता धेरै ब्रम्हाण्ड पहिले नै विद्यमान छन् भन्ने कुरा पनि थाहा छ । यस्तो अवस्थामा ती मानिसलाई यो असीम ब्रम्हाण्डको सामुन्ने उसको कद कति धेरै सानो छ भन्ने कुरा महसुस हुँदा पनि उसले आफ्नो जीवनमा साना-साना चीजहरूको लागि किन झगडा गर्छ ? यस्तो अवस्थामा ती व्यक्तिले कसैको भलाईको काम पनि त गर्न सक्छन् । त्यसकारण हामीले कुनै ब्रम्हाण्डीय सत्यको बारेमा पढिरहँदा वा कुनै जिज्ञासामा काम गरिरहँदा हामीभित्र जन्मिएको घमण्डबाट मुक्त हुनुपर्छ । किनकि एकपटक हामी हुने कुराको वास्तविकता थाहा भएपछि जीवनको उद्देश्य पनि प्राप्त हुन्छ । त्यसकारण यी सबै चीजहरूबाट स्वयंलाई मुक्त गर्ने सबभन्दा सहज तरीका भनेको ब्रम्हाण्डतिर हेर्नु नै हो । कसरी प्रकृतिले यो रहस्यात्मक र विचित्र चीजलाई बनाएको छ भन्ने कुरा हेर्नुपर्छ । 'बल्याक होल' नामको एक चीजले कसरी प्रकाशलाई पनि निल्छ भन्ने कुरा बुझ्नुपर्छ । यी सबै चीजहरूलाई हेरेपछि मात्र जीवनको उद्देश्यलाई प्राप्त गर्ने मार्गमा एक कदम अगाडि बढ्न सकिन्छ ।
जनवरी २००० मा न्यूयोर्कमा शहरमा एउटा विशेष प्रदर्शनी राखिएको थियो । यसमा आउने मानिसहरूलाई एक 'भर्च्यूल' यात्रामा लिएर गइयो र यसमा उनीहरूलाई ब्रम्हाण्ड र अन्तरिक्षको बारेमा चीजहरूलाई धेरै गहिराइपूर्वक बुझाइयो । उनीहरूले अब सूर्य र बाँकी ग्रहहरूलाई एकदम नजिकैबाट हेरिरहेका थिए । उनीहरूले ब्ल्याक होललाई पनि देखिरहेका थिए । यसको साथसाथै उनीहरूले जुपिटर जस्तो ठूलो ग्रहमा जाँदा कस्तो महसुस हुन्छ भन्ने कुरा पनि जाने । त्यो प्रदर्शनी अन्त्य भएपछि लेखकलाई एउटा चिठ्ठी आयो । त्यो चिठ्ठी विश्वविद्यालयका एक मनोविज्ञानका प्रोफेसरको थियो । प्रोफेसर मानिसलाई प्रायः उनीहरू संसारमा कति साना छन् भन्ने कुरा बताउने गर्थे । तर उनले त्यो प्रदर्शनी हेरेपछि स्वयंलाई धेरै सानो महसुस गरिरहेका थिए । ती प्रोफेसरका अनुसार अन्तरिक्षमा हेर्दा मानिसको योग्यताको बारेमा बुझ्न सकिन्छ । किनकि यति ठूलो ब्रम्हाण्डको बारेमा पत्ता लगाउने काम त आखिरमा मानिसका साना-साना दिमागले नै त गरेको हो । अन्तरिक्षमा गएपछि प्रकृतिकको धेरै निकट पुगिन्छ । मानिसको घमण्ड कम हुन्छ र उनीहरू अरूको लागि बढी स्वीकार्य हुन्छन् ।
यो कुरा महसुस गर्नको लागि हामीले ब्रम्हाण्डको बारेमा सबै कुरा जान्नु आवश्यक छैन । ब्ल्याक होलको सम्पूर्ण गणित पनि जान्नु आवश्यक छैन । आइन्स्टाइनको विशेष सापेक्षताको सिद्धान्त पनि बुझ्नु आवश्यक छैन । हामीले केवल स्वयंलाई अझ बढी स्तरमा सोच्नुपर्छ । र, हामीले स्वयंलाई यो ब्रम्हाण्डको एक सानो ग्रहको एक सानो हिस्सामा रहने जीव हौं भन्ने कुरा सोच्नुपर्छ । तर पनि हामीले आफ्नो दिमागको क्षमता अनुसार त्यो सबै कुरा सोच्न सक्छौं, जसले यो सम्पूर्ण ब्रम्हाण्डलाई बदल्न सक्छ । हामी यो ब्रम्हाण्ड कसरी बन्यो भन्ने कुरा पत्ता लगाउन सक्छौं । हामीले यो ब्रम्हाण्डले काम गर्ने तरीका पत्ता लगाउन सक्छौं । त्यसपछि यो सानो दिमागको माध्यमबाट हामी संगीत बनाउँछौं, कविता लेख्छौं, कला-साहित्य र विज्ञान पनि बनाउँछौं, यहाँसम्म कि गणित पनि हामीले नै आविष्कार गरेको हो । हामी गणितमा कमजोर नै भए पनि दैनिक जीवनयापनमा चाहिने गणित त अवश्य आउँछ । यसकारण हामी यो ब्रम्हाण्ड यति सानो हुँदा पनि कति विशेष छौं । यो विशेतालाई दिमागमा राखेपछि हामी सबैले त्यो ब्रम्हाण्डका ती प्रश्नहरूको उत्तर प्राप्त गर्न सक्छौं, जसको उत्तर अहिलेसम्म प्राप्त गर्न सकिएको छैन । ती प्रश्नहरूको उत्तरतिर गइरहँदा वास्तवमा हामी स्वयं आफ्नो खोजमा गइरहेका हुन्छौं । हामी सबैको अन्तिम उद्देश्य त हामीले स्वयंलाई जान्न सकौं भन्ने नै हो ।
ब्रम्हाण्डको सीमाको कुनै अन्त छैन र हाम्रो सोचको सीमाको पनि अन्त छैन । यदि ब्रम्हाण्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो बिल्कुल एक मानवीय दिमाग जस्तै छ ।
ब्रम्हाण्डलाई जान्नुको अतिरिक्त हामी आफ्ना वरिपरिका धेरै चीजहरूलाई देख्न सक्छौं, जसबाट हामीलाई धेरै ठूलो संसारको एउटा सानो हिस्सा हौं भन्ने कुरा महसुस हुन्छ । जस्तो कि एक गिलास पानीमा अणुहरूको एक अलग ब्रम्हाण्ड बनेको हुन्छ । यसकारण ब्रम्हाण्डको बारेमा जान्नुको अर्थ हामी स्वयंलाई जान्नु हो । यसबाट के प्रमाणित हुन्छ भने ब्रम्हाण्डको बारेमा जानेपछि मात्र हाम्रो उद्देश्यको बारेमा र हाम्रो अस्तित्वको बारेमा जान्न सक्छौं ।
यद्यपि ब्रम्हाण्डको सीमाको कुनै अन्त छैन र हाम्रो सोचको सीमाको पनि अन्त छैन । यदि ब्रम्हाण्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो बिल्कुल एक मानवीय दिमाग जस्तै छ । हाम्रो दिमागभित्र 'न्यूरोन्स' नामक कोशिकाहरूको यस्तै संजाल हुन्छ, जस्तो कि अन्तरिक्षमा ग्यालेक्सीको हुन्छ । यी सबै 'न्यूरोन्स' आपसमा जोडिएका हुन्छन् । हामीले केही गर्नुपर्दा वा हाम्रो दिमागमा कुनै विचार आउँदा यिनै 'न्यूरोन्स' हुँदै आउँछ । यी न्यूरोन्सले हामीलाई जुनसुकै कार्य गर्ने संकेत दिन्छन् र हामी यिनीहरूकै अनुसार हाम्रो वरिपरिका चीजहरूलाई देख्न सक्छौं; अलग-अलग चीजहरूको अनुभव गर्छौं । ब्रम्हाण्ड पनि हाम्रो दिमागकै एक प्रकारले फैलिएको रूप हो । हामी स्वयं यो ब्रम्हाण्डसँग जोडिएका छौं । जसरी विस्तारै ब्रम्हाण्डको विस्तार भइरहेको छ, त्यसरी नै हामी पनि आफ्नो दिमागलाई लगातार विस्तार गरिरहेका छौं र नयाँ-नयाँ प्रश्नहरूको उत्तर प्राप्त गरिरहेका छौं ।
ब्रम्हाण्ड हामी सबैभित्र र हामी सबैको दिमागभित्र छ । जसरी हामी यो बाहिरको ब्रम्हाण्डलाई बुझ्नमा लागेका छौं, त्यसरी नै हामीले हामी भित्रको ब्रम्हाण्डलाई पनि बुझ्नुपर्छ । हामीले हामीभित्रको ब्रम्हाण्डको गहिराई कति छ र यो ब्रम्हाण्ड कति विशाल छ भन्ने कुरा पनि बुझ्नुपर्छ । जसरी हामीले बहिरको अनन्तसम्म फैलिएको ब्रम्हाण्ड सम्बन्धी प्रश्नहरूको उत्तर प्राप्त गरेका छौं, त्यसरी नै हामी भित्रको ब्रम्हाण सम्बन्धी प्रश्नहरूको उत्तर खोज्न लाग्यौं भने अवश्य ती प्रश्नहरूको उत्तर पनि पाउनेछौं । हामी कसरी बन्यौं र हामी किन बन्यौं भन्ने दुई महत्त्वपूर्ण प्रश्नको उत्तर प्राप्त गर्ने कोशिस शताब्दीयौंदेखि जारी छ । यी प्रश्नको उत्तर खोज्नको लागि यदि ब्रम्हाण्डतिर दृष्टि दिइयो भने वास्वमा हामीले आफैभित्र अन्तदृष्टि दिइरहेका हुन्छौं । त्यसपछि हामी यी प्रश्नको उत्तर पनि पाउँछौं । ब्रम्हाण्डलाई बुझ्ने कोशिस आजको मात्र होइन, यो कोशिस शताब्दीयौं पुरानो हो । यसमा धेरै मानिसहरूले आफ्नो क्षमता खर्चिएका छन् । यद्यपि आज हामीले यस सम्बन्धी प्रश्नहरूको उत्तर छिट्टै प्राप्त गर्न सकेका छौं, तर ब्रम्हाण्ड सम्बन्धी प्रश्नहरूको कुनै अन्त छैन, जसरी ब्रम्हाण्डको कुनै अन्त छैन । हामी पृथ्वीमा बनेको यो सानो संसारमा धेरै पटक आफैलाई सीमित गर्दछौं, तर जब हामी आफ्नो दृष्टिलाई माथि उठाएर आकाशतिर हेर्छौं, तब हामीले वास्तविक संसारलाई आजसम्म नदेखेको महसुस गर्छौं ।
आज संसारका देश अन्तरिक्षमा आफ्ना अलग-अलग सफलता हासिल गर्नमा लागेका छन् । केही देश चन्द्रमामा पानीको खोजमा लागेका छन् र केही देश मंगल ग्रहमा जीवनको खोजमा लागेका छन् । तर महत्त्वपूर्ण प्रश्न के हो भने वास्तवमा के ती ग्रहहरूमा जीवन खोज्नु आवश्यक छ ? यो प्रश्नको उत्तर त्यति सरल छैन । तर यो सम्पूर्ण ब्रम्हाण्ड, तारा, सूर्य, ग्रह, आदिलाई हेर्दा हामी कति धेरै सामान्य प्राणी हौं भन्ने कुरा महसुस हुन्छ । सामान्य हुनुको साथै हामी कति धेरै विशेष छौं भन्ने कुरा पनि महसुस हुन्छ । यति अनन्त र विशाल ब्रम्हाण्डमा अहिलेसम्म हामीले जति पनि ग्रहहरूलाई देख्यौं, तिनीहरूमध्ये केवल एकै ग्रह पृथ्वीमा जीवन पाइएको छ । त्यसकारण हामी यो सम्पूर्ण ब्रम्हाण्डमा धेरै सानो भएर पनि कति धेरै विशेष छौं । ब्रम्हाण्डमा अरबौंको संख्यामा ग्रहहरू भए पनि केवल हाम्रै ग्रहमा जीवन शुरू हुनसक्यो । ब्रम्हाण्डको बारेमा बुझ्ने खोज निरन्तर जारी छ । खोजको क्रमसँगै हामीले हाम्रो जीवन र अन्य धेरै कुराको बारेमा जटिलभन्दा जटिल प्रश्नहरूको उत्तर पाउँदै जानेछौं । हाम्रो अस्तित्वलाई बुझ्न सक्नेछौं र हामीले स्वयंलाई अझ धेरै बुझ्न सक्नेछौं ।
सन्दर्भ स्रोतहरू
- Astrophysics for People in a Hurry, NEIL DEGRASSE TYSON, W. W. NORTON & COMPANY, Indepedendent Publishers Since 1923, New York, London.
- https://nationalbook.com/
- Study and Research of various websites, blogs, online portals, newspapers, youtube channels, etc.
प्रतिक्रिया