डोनाल्ड ट्रम्पको ‘रिभर्स’ किसिन्जर रणनीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर अमेरिकी सरकार युक्रेनमा शान्ति प्रक्रियामा प्रति प्रतिबद्ध रहेको   बताए। सम्झौताअनुसार, ट्रम्प प्रशासनले पूर्वी युक्रेन र क्राइमिया रुसको हातमा रहने स्पष्ट पारे। उत्तर एट्लान्टिक सन्धि संगठन (NATO) को मुख्यालयमा बोल्दै, ट्रम्पका रक्षा मन्त्री पिट हेगसेथले युक्रेनले २०१४ पूर्वको सिमानामा फर्कने कुरालाई "अवास्तविक" भने, जसले गर्दा क्राइमियालाई रूससँगको वार्ताको विषय नबन्ने संकेत गर्‍यो। हेगसेथका अनुसार, युक्रेनलाई नेटो सदस्यता दिन अमेरिका तयार छैन। हेगसेथलेका अनुसार अमेरिका युरोपेली सुरक्षा प्रति मुख्यरुपमा केन्द्रित छैन, बरु आफ्नै स्वार्थलाई दिनु उसको चासो हो। उनले नेटोका युरोपेली नेताहरुलाई युक्रेनलाई वार्तामा स्थान दिन आग्रह गरे, तर रसियालाई सम्झौताका लागि केही छुट दिन अमेरिकी दबाबको बारेमा केही टिप्पणी गरेनन्। युक्रेन र युरोपले आफ्नो कुरा राख्न सक्छन्, तर ट्रम्पले एजेन्डा निर्धारण गर्ने बताए। “उनले के अनुमति दिन्छन् र के दिंदैनन् भन्ने कुरा स्वतन्त्र विश्वका नेता, राष्ट्रपति ट्रम्पको अधिकार क्षेत्रभित्र पर्छ,” हेगसेथले आफ्नो मध्यपश्चिमी शैलीको आत्मविश्वासका साथ आफ्नो शारीरिक हावभावले देखाउदै भने, "काउबोयहरू फेरि हैकममा फर्केका छन्। "

पछिल्लो पाँच दशकमा, अमेरिकी सरकार खासगरी सामाजिक कल्याण सेवामा खुम्चिएको छ। बाँकी रहेको भनेको  हातहतियार उद्योग मात्रै हो जसलाई ठूला निगमहरूले जतनका साथ सुरक्षित राखेका छन्।

हेगसेथ ब्रसेल्समा हुँदा, ट्रम्प वासिङ्टन डीसीमा आफ्ना नजिकका सहयोगी एलन मस्कसँग थिए। दुबै सरकारी खर्च कटौतीको अभियानमा थिए। पछिल्लो पाँच दशकमा, अमेरिकी सरकार खासगरी सामाजिक कल्याण सेवामा खुम्चिएको छ। बाँकी रहेको भनेको  हातहतियार उद्योग मात्रै हो जसलाई ठूला निगमहरूले जतनका साथ सुरक्षित राखेका छन्। यो उद्योग सधैं अभेद्य देखिएको थियो, र अमेरिकी सैन्य खर्च कटौती असम्भवजस्तै मानिन्थ्यो। तर, हतियार उद्योगलाई चिन्ता लिनु पर्दैन (लकहिड मार्टिन बाहेक, जसले एफ-३५ लडाकू विमानका लागि अनुदान गुमाउन सक्छ); मस्क र उनको टोली सैन्य तथा नागरिक कर्मचारीहरूलाई लक्षित गर्दैछन्। आफ्नो पुष्टि सुनुवाइमा, हेगसेथले सिनेटरहरूलाई दोस्रो विश्वयुद्धमा अमेरिकासँग सात जना चार-स्टार जनरलहरू थिए भने अहिले ४४ जना छन्, भनेर बताए। "हाम्रो नेतृत्वको संख्यात्मक वृद्धिले युद्ध मैदानमा विजयको ग्यारेन्टी दिन्न। हामीलाई माथिको नौकरशाही होइन, तल्लो स्तरका लडाकूहरू चाहिन्छ।" उनले भने, “बोसो खारेर खर्च [अमेरिकी सेना] लाई घातकता हासिल गर्न सकिन्छ।”

ट्रम्प प्रशासनका यी कदमहरूको गलत व्याख्या गरिएको छ। प्रायः यसलाई “अमेरिका फस्ट” नीतिमा प्रतिबद्ध रहेका अतिवादी दक्षिणपन्थी राष्ट्रपतिको अनौठो व्यवहारका रूपमा हेरिन्छ, जसले आफ्नो स्वार्थमा नपर्ने महँगो युद्धहरू लड्न अस्वीकार गरेको देखिन्छ। तर, युक्रेनको विषयमा पुटिनसँग भएको ट्रम्पको फोन कल र अमेरिकी सेनाप्रतिको उनको दृष्टिकोणलाई यथार्थपरक रूपमा हेर्नु आवश्यक छ। यो अलगाववादी कदम होइन, बरु ट्रम्पले "रिभर्स किसिन्जर रणनीति" अपनाएका छन्, जसको अर्थ रसियासँग मित्रता गरेर चीनलाई एक्ल्याउनु हो।

ट्रम्पले बुझेका छन् कि चीनको प्रविधि र विज्ञानमा तीव्र विकास र नयाँ उत्पादक शक्तिहरूले भने विश्व अर्थतन्त्रका मुख्य क्षेत्रहरूमा अमेरिकी प्रभुत्वलाई साँच्चिकै चुनौती दिइरहेको छ।  चीनबाट उत्पन्न भएको यही खतराले ट्रम्पको गठबन्धन र शत्रुहरूप्रतिको दृष्टिकोणलाई प्रेरित गर्छ।

ट्रम्पले बुझेका छन् कि रुस अमेरिका लागि अस्तित्वगत खतरा होइन। अमेरिकी सरकारलाई युरोपमा रुसी उर्जाको बिक्रीको डर छैन, किनभने यी प्राथमिक वस्तुहरूको व्यापारले अमेरिकी विश्व अर्थतन्त्रमा नियन्त्रणलाई कमजोर बनाउँछ भन्ने कुनै भ्रम छैन। तर, चीनको प्रविधि र विज्ञानमा तीव्र विकास र नयाँ उत्पादक शक्तिहरूले भने विश्व अर्थतन्त्रका मुख्य क्षेत्रहरूमा अमेरिकी प्रभुत्वलाई साँच्चिकै चुनौती दिइरहेको छ।  चीनबाट उत्पन्न भएको यही खतराले ट्रम्पको गठबन्धन र शत्रुहरूप्रतिको दृष्टिकोणलाई प्रेरित गर्छ।

किसिंजरको रणनीति: चीनसँग मित्रता गरेर रसियालाई अलग पार्ने नीति

हेनरी किसिंजर (१९२३–२०२३) अमेरिकी विदेश नीति इतिहासका सबैभन्दा प्रभावशाली ब्युरोक्रेटमध्ये एक थिए। सन् १९६९ देखि १९७४ सम्म रिचर्ड निक्सनको राष्ट्रपतिकालमा, किसिंजरले अमेरिकी विदेश नीति सञ्चालन गरे। निक्सन र किसिंजर दुवैले सोभियत संघ र जनवादी गणतन्त्र चीन (PRC) बीचको विवादलाई नजिकबाट नियालिरहेका थिए। जब निक्सन राष्ट्रपति बने, झेनबाओ टापुमा भएको सोभियत-चीन सीमावर्ती विवादले झन्डैझन्डै मस्कोले बेइजिङमाथि आणविक आक्रमण हुनसक्ने अवस्था सिर्जना गरेको थियो।

किसिंजरले लेखेका थिए यदि रुस र चीनले गठबन्धन गरेका भए, तिनीहरूले पश्चिमी शक्तिको जग नै हल्लाउन सक्थे। यस्तो गठबन्धन रोक्न र सोभियत-चीन विवादलाई गहिरो खाडलमा परिणत गर्नु किसिंजरको नीति थियो।

किसिंजरले यो विवादलाई अमेरिका लागि बहुमूल्य अवसरका रूपमा देखे, किनभने यसले दुई विशाल यूरेसियन राष्ट्रहरूलाई नेटो द्वारा सुरक्षित एटलान्टिक गठबन्धनविरुद्ध एकजुट हुनबाट रोक्न सक्थ्यो। किसिंजरले लेखेका थिए यदि रुस र चीनले गठबन्धन गरेका भए, तिनीहरूले पश्चिमी शक्तिको जग नै हल्लाउन सक्थे। यस्तो गठबन्धन रोक्न र सोभियत-चीन विवादलाई गहिरो खाडलमा परिणत गर्नु किसिंजरको नीति थियो। चीनसँग मेलमिलाप गर्दा भियतनामी राष्ट्रिय मुक्ति सेनाले अमेरिकी आक्रमणविरुद्ध लडिरहेको आपूर्तिको मार्ग पनि बन्द गर्न मद्दत पुग्थ्यो।

त्यसैले, किसिंजरले १९७० मा पाकिस्तानमार्फत चीन सरकारसँग गोप्य वार्ता सुरु गरे, १९७१ मा गोप्य रूपमा बेइजिङ भ्रमण गरे, र त्यसपछि निक्सनलाई १९७२ मा चीन भ्रमण गर्ने ढोका खोलिदिए। चीन भ्रमणपछि ह्वाइट हाउसका कर्मचारीहरूलाई दिएको मौखिक रिपोर्टमा किसिंजरले भने, “चिनियाँहरू अत्यन्तै गम्भीर मान्छेहरु हुन्। तिनीहरू हाम्रो भलो चाहँदैनन्। हामीलाई यसबारे कुनै भ्रम छैन। तर, सोभियत दबाब र दक्षिणपूर्व एशियाको अवस्थाका सन्दर्भमा, हामीले चिनियाँहरूलाई आफूतिर तान्नु हाम्रो हितमा छ।” निक्सनको ऐतिहासिक चीन भ्रमण अमेरिकी स्वार्थमा आधारित थियो, जसको उद्देश्य रुस र चीनलाई विभाजन गरेर एशियाली महादेशमा अमेरिकी शक्ति स्थापना गर्नु थियो।

चीन भ्रमणपछि ह्वाइट हाउसका कर्मचारीहरूलाई दिएको मौखिक रिपोर्टमा किसिंजरले भने, “चिनियाँहरू अत्यन्तै गम्भीर मान्छेहरु हुन्। तिनीहरू हाम्रो भलो चाहँदैनन्। हामीलाई यसबारे कुनै भ्रम छैन। तर, सोभियत दबाब र दक्षिणपूर्व एशियाको अवस्थाका सन्दर्भमा, हामीले चिनियाँहरूलाई आफूतिर तान्नु हाम्रो हितमा छ।”

सोभियत संघ पतन भएको धेरै पछि पनि, किसिंजरले अमेरिका चीनसँग मित्रता गाँस्न, रुसलाई अलग पार्न, र युरोपलाई अधीनस्थ बनाउनुपर्ने धारणा प्रस्तुत गरिरहे। यही तर्क उनको २०११ मा प्रकाशित ६००-पृष्ठ लामो बृहत कृति On China मा अभिव्यक्त छ।

ट्रम्पको उल्टो रणनीति: रुससँग मित्रता गरेर चीनलाई अलग पार्ने नीति

सोभियत संघ पतन भएपछिको समयमा, अमेरिकी संस्थापनले रुस र चीन दुवैसँग मित्रता गाँस्ने रणनीति अपनायो, तर रुससँग अझ बढी। विदेशी नीति विशेषज्ञहरूबीच, बोरिस येल्त्सिनको १९९१ देखि १९९९ को राष्ट्रपतिकालमा रुस पूर्ण रूपमा अमेरिकाको अधीनमा आएको थियो, र रुस यूरेशियन महादेशमा गौण शक्ति बन्ने विश्वास गरिएको थियो। रुसको G7 (पछिमा G8) मा १९९८ मा प्रवेश गर्नु, यस अधीनताको चरम अवस्था थियो। रुसमा सार्वजनिक रूपमा इसाई धर्मको पुनरागमन र युरोपमुखी सांस्कृतिक प्रवर्द्धनले रुसले पश्चिमी विरासतलाई आत्मसात गरेको संकेत गर्‍यो। यसले रुसले आफ्नो सार्वभौमसत्ता र एसियाबाट दूरी बनाएको देखायो, जसले चीनसँगको सम्बन्धलाई कमजोर बनायो। १९९३ मा, अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले येल्त्सिनलाई फोन गरेर भने, "हामी लामो अवधिसम्म तपाईंको साथमा छौं।"

अमेरिकी अतिवादी दक्षिणपन्थी खेमाले रुसको देशभक्त राष्ट्रवादलाई आफ्नै विचारधारा ठान्छ, तर चिनियाँ साम्यवादलाई आफ्नो विरोधी देख्छ।

२००० दशकको अन्त्यतिर, अमेरिकी दक्षिणपन्थी पक्षले दुई मुख्य प्रवृत्तिहरू पहिचान गरे। पहिलो, चीनको प्रविधि विकासले अमेरिकी कम्पनीहरूको बौद्धिक सम्पत्तिमाथिको प्रभुत्वलाई गम्भीर चुनौती दियो। दोस्रो, रुसको नयाँ राष्ट्रवादले सार्वभौमसत्ता (पुटिनको देशभक्त पार्टीहरूको उदय) र रुसको रूसी रूढिवादी र श्वेत सर्वोच्चतावादी सिद्धान्त (एलेक्जान्डर दुगिनका सिद्धान्तहरूद्वारा प्रेरित) लाई आधार बनायो। अमेरिकी अतिवादी दक्षिणपन्थी खेमाले रुसको देशभक्त राष्ट्रवादलाई आफ्नै विचारधारा ठान्छ, तर चिनियाँ साम्यवादलाई आफ्नो विरोधी देख्छ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नै चीनलाई अलग पार्न र युरोपलाई अधीनस्थ बनाउन रुससँग मित्रता गर्न खोजे। किसिंजरको रणनीतिलाई उल्ट्याउने यो नीति प्रगतिशील होइन, बरु उस्तै प्रतिक्रियावादी र खतरनाक थियो। अमेरिकी प्रभुत्व सुनिश्चित गर्ने लक्ष्य भने उही रह्यो, तर पात्रहरू उल्टिए। यसैले, ट्रम्पमाथि रुसी हस्तक्षेपको फाइदा उठाएको आरोप लगाइयो।

अहिले अमेरिकाले गर्ने प्रयास भनेको २००७ देखि चीन र रुसबीच स्थापित सम्बन्धलाई तोड्नु हो, जब पुटिनले ४३औँ म्युनिक सुरक्षा सम्मेलनमा औपचारिक रुपमा अमेरिका संगको सम्बन्ध तोडेका थिए। चीन र रुसबीच राम्रो सहकार्यले तीव्र गति लिएको छ, र दुवै देशबीच रूबल र रेनमिन्बीमा वस्तु तथा सेवा आदानप्रदानका लागि सुरक्षा सम्झौता छ। यो सम्बन्ध तोड्न सजिलो छैन, तर यो नै ट्रम्पले पछ्याउने रणनीति बनाएका छन्।

अहिले अमेरिकाले गर्ने प्रयास भनेको २००७ देखि चीन र रुसबीच स्थापित सम्बन्धलाई तोड्नु हो, जब पुटिनले ४३औँ म्युनिक सुरक्षा सम्मेलनमा औपचारिक रुपमा अमेरिकासंगको सम्बन्ध तोडेका थिए।

किसिंजरले सन् १९७१ मा चिनियाँ नेतृत्वबारे गरेको मुल्यांकन सम्झन लायक छ: "उनीहरूको चासो १००% राजनीतिक हो... सम्झनुहोस्, यी मानिसहरू वैचारिक रुपमा शुद्ध व्यक्ति हुन्। चाउ एनलाई  चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा धेरै अघि नै १९२० मा फ्रेन्च कम्युनिस्ट पार्टीमा सामेल भएका थिए। यो पुस्ताले ५० वर्षसम्म संघर्ष गर्यो, लङ मार्चमा सामेल भयो, व्यापारका लागि होइन।" यस दृष्टिकोणले न केवल चाउ एनलाई र माओ त्से तुङलाई समेट्छ, तर भ्लादिमिर पुटिन र सी जिनपिङलाई पनि समेट्छ। उनीहरू पनि पछिल्लो दशकभरि अमेरिकासँगको संघर्षमा कठोर बनेका छन्। केही साना लोभलालचहरूले पुटिनलाई ट्रम्पको 'रिभर्स किसिंजर रणनीति' अपनाउन प्रेरित गर्ने सम्भावना निकै कम छ।

https://peoplesdispatch.org बाट अनुदित । अनुवाद: केदार सिटौला