नक्सादेखि ग्लोबसम्म
पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– ११

धेरै पहिले, करिब एक सय पचास वर्ष ई.पू., प्राचीन ग्रीक दार्शनिक क्रेट्स अफ मल्लसले पृथ्वीको एउटा मोडेल निर्माण गरे। त्यो एउटा गोलो आकृति थियो। क्रेट्स अरस्तु र उनका शिष्यहरूको अनुयायी थिए। दुर्भाग्यवश, त्यो मोडेल बचेन। तर जसले यसलाई देखेका थिए, उनीहरूका अनुसार क्रेट्सले सुख्खा भूमिहरु मात्र चित्रण गरेका थिए, जुन उनले महासागर नाम दिएका नदीहरूले विभाजित गरेका थिए।
निश्चय पनि, त्यसलाई वास्तविक ग्लोब भन्न सकिँदैन। किनकि वास्तविक ग्लोब भनेको पृथ्वीको एक सटीक मोडेल हो, जसमा सो समयसम्म मानिसहरूलाई ज्ञात सबै महादेशहरू र महासागरहरू समावेश भएको हुन्थ्यो । क्रेट्सको ग्लोब मोडेल नभई एउटा प्रतीक मात्र थियो।
यद्यपि पछि मानिसहरूले फेरि पृथ्वीलाई समतल मान्ने विश्वास गर्न थाले, रोमन र बिजेन्टाइन सम्राटहरू क्रेट्सको ग्लोबलाई आफ्नो शक्तिको प्रतीकका रूपमा प्रयोग गर्ने पहिलो शासक थिए। त्यसलाई जसलाई 'ओर्ब' भनिन्थ्यो । रोमनहरूले आफ्नो ओर्बलाई विजयकी देवीको मूर्तिले सजाए, जबकि ख्रीष्टियनहरूले यसलाई क्रूसले। त्यसबेलादेखि, ओर्ब सम्राटहरूको राजचिन्हमा अनिवार्य बन्यो, एउटा साम्राज्यिक शक्तिको प्रतीक। आजकाल, ओर्बहरू संग्रहालयहरूमा कलात्मक र ऐतिहासिक धरोहरका रूपमा संचित गरिएका छन्, किनभने ती प्रायः सुन र रत्नहरूले सजाइएका हुन्थे र ती तत्कालीन समयका उत्कृष्ट कलाकारहरूले निर्माण गरेका थिए।
युरोपमा पहिलो वास्तविक ग्लोब पन्ध्रौं शताब्दीमा देखा पर्यो। कुनै समय, जर्मनीको पुरानो सहर नूरेम्बर्गमा, मार्टिन बेहाइम नामका एक व्यक्ति स्थानीय कपडा व्यापारी रहेका आफ्ना पितालाई भेट्न गए। उनका आमाबुवाको चाहना उने आफ्नै पिताको व्यवसाय अँगालोस् भन्ने थियो तर मार्टिन एक नाविक बने। उनले गणित सिके, कुशल नाविक बने र पोर्चुगलका राजा हुवाँ द्वितीयको सेवामा लागे। राजाले उनलाई नाइट उपाधि प्रदान गरे।
स्वाभाविक रूपमा नव-निर्मित कुलीन आफ्नो परिवार र छरछिमेकलाई विदेशमा प्राप्त सफलताको प्रदर्शन गर्न चाहन्थे। नूरेम्बर्गका मानिसहरू मार्टिनका कथाहरू सुन्दा अचम्मित भए। उनले "संसारको एक तिहाइ भाग घुमेका थिए"। तीमध्ये धेरैलाई त संसार गोलो छ भन्ने कुरा समेत थाहा थिएन। उनीहरूले मार्टिनलाई यात्रा गर्दा देखेका कुराहरू सम्झनाका रूपमा चित्रण गर्न अनुरोध गरे। मार्टिन राजी भए। उनले एक ठूलो काठको बल बनाउन लगाए, जसको व्यास एक फिट आठ इन्च थियो। त्यसपछि उनले त्यसमा चर्मपत्र टाँसे, जसमा उनले देखेका र सुनेका सबै कुरा चित्रण गरे। साथै, उनले ती चित्रहरू मुनि लेखे। तर लेखाइ नगरेको भए अझ राम्रो हुने थियो। उनले रातो र कालो मसीले यति अनौठा कथाहरू लेखे कि पछि नूरेम्बर्गका मानिसहरू उक्त उपहारप्रति लज्जित भए र लुकाउने प्रयास गरे।
मार्टिन बेहाइमको ग्लोबमा धेरै प्रसिद्ध स्थानहरू गलत अक्षांशमा राखिएका थिए, जुन त्यतिबेला बनेका साधारण नक्साहरूमा समेत देखिँदैनथ्यो। टाढाका स्थानहरूको हकमा त ग्लोब पूरै अवास्तविक थियो। उदाहरणका लागि, उनले अमेरिका हुनुपर्ने ठाउँमा टापुहरूको एउटा ठूलो समूह राखे र लेखे कि त्यहाँ असाधारण ठूला मानिसहरू बस्छन्, जो सामान्य मानिसभन्दा चार वा पाँच गुणा ठूला छन्। उनले लेखे अनुसार ती मानिसहरू नाङ्गै हिंड्छन्, लामो कान, ठूलो मुख, भयानक ठूला आँखा र सामान्यभन्दा चार गुणा लामो हात भएका थिए।
उनले जाभालाई पुच्छर भएका मानिसहरूले भरिएको देखाए। जापान (जसलाई उनले 'जिपाङ्गो' भने) मा उनले समुद्री दैत्यहरू, जलपरीहरु र अन्य माछा-मानिसहरू चित्रण गरे।
तर "पृथ्वीको स्याउ" भनिने उनको ग्लोब निकै रङ्गीचङ्गी थियो। प्रत्येक देशमा एउटा राजा सिंहासनमा विराजमान थियो, र हरेक ठाउँमा झण्डा तथा चम्किला प्रतीक थिए। त्यतिबेलाका यात्रुहरूका लागि लगभग दक्षिणी गोलार्द्धमा मार्टिनले आफ्नो ग्लोब निर्माणको इतिहास लेखे।
मार्टिन बेहाइमको ग्लोबको सिको गर्दै पछि अन्य धेरै देशहरूमा ग्लोबहरू निर्माण गरिए। ती महँगा, ठूला र यात्रा मार्ग पहिचान गर्न खासै उपयोगी थिएनन्। यद्यपि, ती जलयात्रा सिक्नका लागि अत्यन्त उपयोगी भए, जसका कारण धेरै कारीगरहरूले ग्लोब निर्माण गर्न थाले। तीमध्ये केही साँच्चै अनौठा थिए। अब म तपाईंहरुलाई त्यस्तै एउटा ग्लोबको बारेमा बताउनेछु।
क्रमश:
यस श्रृङ्खलाका लेखहरु
भाग १ |
|
भाग २ |
|
भाग ३ |
जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो ! |
भाग ४ |
|
भाग ५ |
|
भाग ६ |
|
भाग ७ |
|
भाग ८ |
|
भाग ९ |
संसार परिक्रमा गर्ने पहिलो समुद्री यात्रा, जसले पृथ्वी गोलो छ भन्ने प्रमाणित भयो ! |
भाग १० |

मानव इतिहासको पुनर्लेखन: ११०,००० वर्ष पुरानो खोजले नेन्डरथल र होमो सेपियन्सल…

ईश्वर एक भ्रम

डीएनएको अनौठो भण्डारण क्षमता !

एआई: दृष्टिकोणहरुको टकराव

अद्भूत र विचित्रको छ ब्रम्हाण्डको संरचना र इतिहास

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

के छाला जिउँदो हुन्छ?

प्रतिक्रिया