सुनाखरी टोल

केटी आफैंले आफ्नो निर्णय बदलिछ । मेरो विचारमा वर्ग भनेको यही हो । सस्ता सिनेमाहरूमा जस्तो कहाँ हुन्छ र जीवनमा ?”
एक वर्षअघि यो घटना घट्यो सुनाखरी टोलमा । कथाको प्रारम्भ यसरी भयो :
राष्ट्रिय संवाद समितिको महाप्रबन्धक पदमा राजनीतिक कारणले पुग्न सफल भएको मेरो पत्रकार साथी बलराम ढकाल अचानक मेरो बरण्डामा उभिन
आइपुग्यो । त्यसबखत म भर्खरै एउटा झगडा मिलाएर घर आइपुगेको थिएँ । भदौ महिनाको विहानको ओशिलो गर्मी र थकानले मेरो त्यस दिनको राशीफल बिग्रदैछ भन्ने सोचिरहेको बेला साथी बलराम टुप्लुक्क आइपुगेको थियो ।
"मलाई एउटा मद्दत गर्नुपयो यार !” उसले कुनै भूमिका नै नबाँधिकन भन्यो ।
शुरूमा मैले सोधिन के मद्दत गर्नुपर्यो ?। किनकि मसित यसरी मद्दत मागिने कुरा सर्वथा नयाँ र मौलिक घटना थिएन । एक दिनमा दर्जनौं घटनाहरू त्यस्ता हुन्थे, जहाँ मेरो मद्दतको अनिवार्य भूमिका हुने गर्दथ्यो । त्यसैले मैले सोधिन । तर उसलाई हेरिरहें ।
"न्यायनिसाफ गर्नेमा तेरो नाम निक्कै चलेको छ । यो कुरा सबैलाई थाहा छ । आफ्नो ठाउँमा मात्र होइन, अर्को टोलमा पनि तलाई डाक्छन् । त्यसैले म तँकहाँ आएको ।” उसले निक्कै हतारिएर भन्यो । यसरी उसको हतार र अभिव्यक्तिको ढाँचाले बुझिन्थ्यो- उसको हृदयभित्र गएको जेठतिर आएको भयानक आँधीको प्रेत अझै बास बसेको छ ।
तर म चाहिँ अचेल अरूको झन्झट र तनावमा एकदमै संवेदनहीन जस्तो भइसकेको छु । एक प्रकारले पूरै यान्त्रिक । भोट बढ्ने र घट्ने कुराको मात्र हिसाब राख्ने काम भएको छ मेरो ।
"के पयो रे तलाई त्यस्तो ?"
" के परेन भन् न ? सर्वश्वै भयो नि !"
"के सर्वस्वै भयो ?"
“मेरी भतिजी पोइल गइछ ।"
"तेरी कति वर्षकी भतिजी पोइल गई ?"
"भखरै बीस वर्षकी भई । एघार किलासमा पढ्दै थिई ।"
"कुरा अझै बुझिनस् तैंले । त्यो दमाई केटोसित पोइल गई क्या ?"
“एघार किलासमा पढने बीस वर्षकी केटी पोइल गई त के भयो ? यो उमेर नै त्यस्तो हो, जसमा अचेल धेरै केटीहरू पोइल जाने घटना बढेर गएका छन् । र, अचेल पोइल जानु पहिले-पहिलेको जस्तो नैतिक र सामाजिक कमजोरीको कुरा पनि त होइन । तैंले यत्रो वर्ष पत्रकारिता गरिसकेर पनि यो जाबो कुरा बुझिनस् ?” मैले भनें ।
"कुरा अझै बुझिनस् तैंले । त्यो दमाई केटोसित पोइल गई क्या ?"
“त्यो पनि त के नयाँ कुरा भयो त ? अबको एक्काइसौं शताब्दीमा आएर पनि जातपातको कुरा गर्ने ?"
मैले फेरि फट्कारेपछि ऊ अरू धेरै बटारियो । एकछिनसम्म उसको भनाइ स्पष्ट भएर खुल्दै खुलेन । उसको आन्तरिक संसारमा उसको आफ्नो समस्या रन्थनिएको छ भन्ने कुरा उसको भावभंगिमाबाट सजिलै बुझ्न सकिन्थ्यो ।
“तँ कुरै बुझ्न खोज्दैनस् । खाली फतरफतर गरेर मलाई मात्र जित्न खोज्छस् । न्यायनिसाफ गर्ने काममा लागेपछि तँमा गम्भीरतापूर्वक अरूको कुरा सुन्ने बानी परेको होला भनेको त पहिले पहिले कलेजमा छँदाजस्तै हाउडे र लण्ठ पो रहिछस् अझैं ।” दिक्क मान्दै उसले भन्यो ।
"अनि किन ठाडै भन्दैनस् त आफ्नो कुरा ? एउटा सानो समस्या दर्शाउन पनि यसरी ठस्ठस्ती कनिरहनुपर्छ ?"
“ल राम्ररी सुन् । मेरी बीस वर्ष लागेकी कक्षा एघारमा पढ्ने भतिजी अर्थात् आफ्नै दाजुकी छोरी एउटा दमाई केटोसित पोइल गइछ । कम्प्यूटर सिक्न जाँदाजाँदै त्यो केटोले फुस्ल्याएर त्यसलाई भगाएछ । जातपातको त कुरै छैन यहाँ । मेरो परिवार पनि त्यो मामिलामा प्रगतिशील नै छ । तर त्यो दमाई केटोलाई एउटा कुख्यात अपराधी नै हो भन्दा पनि हुनेरहेछ । त्यसले यसअघि पनि यस्ता थुप्रै घटना घटाइसकेको पत्ता लाग्यो । लमजुङ्गको दूराडाँडामा त्यसको पुख्यौली घर रहेछ । त्यहाँ उसकी प्रथम विवाहित स्वास्नी पनि छ रे । त्यो अहिले यहीँ नजिकको सुनाखरी टोलमा डेरा गरेर बसेको छ रे । मेरी भतिजीले त्योसित भागेर आउँदा नगद र गरगहनासमेत गरी एक लाख जति घरबाट ल्याएकी छ । पैसा नसकिञ्जेल उसले त्यसलाई त्यहाँ राख्छ । त्यसपछि रस चुसेको उखुको छोक्रा उसलाई छोडेर त्यो अन्यत्र जान्छ । यो सबै षड्यन्त्रको विषयमा मेरी भतिजीलाई केही पनि थाहा छैन । तसर्थ जसरी पनि उसलाई त्यो बदमासको चङ्गुलबाट मुक्त पार्नु पयो । मलाई थाहा छ, तैंले यो मामिलामा मलाई राम्रोसित मद्दत गर्न सक्छस् । शहरका वडाअध्यक्षहरूमध्येमा तेरो नाम र इज्जत निक्कै माथि छ । यो कुरा मलाई राम्ररी थाहा छ । "
मेरी भतिजीले त्योसित भागेर आउँदा नगद र गरगहनासमेत गरी एक लाख जति घरबाट ल्याएकी छ । पैसा नसकिञ्जेल उसले त्यसलाई त्यहाँ राख्छ । त्यसपछि रस चुसेको उखुको छोक्रा उसलाई छोडेर त्यो अन्यत्र जान्छ ।
उसले यो लामो आत्मपुराण भनिरहँदा मेरो दिमाग एक छिनसम्म त्यसै शिथिल भएर निदायो । म त्यसैत्यसै तर्कहीन भएँ ।
"कुन टोलमा बस्छ भनिस् रे त्यो केटो ?" मर्न लागेको मानिसले झैं मैले सोधें ।
"सुनाखरी टोलमा । एउटा ब्रिटिस गोर्खाको रिटायर्ड सिपाहीको घर हो रे त्यो । जब एक महिनाजति अघि भतिजी हराई, हाहाकार नै मच्चियो हाम्रो घरमा । कहाँ गई, मरी कि बाँची केही थाहा भएन । तर तीन हप्तापछि त्यही घरबाट फोन गरिछ । उसले कताबाट फोन गरिछ भने पत्ता लगाउन सकिन्छ भनेर हामीले दूरसंचारमा गएर कलर आइ. डी. जोड्न लगाएका थियौं । त्यसपछि पत्ता लागिहाल्यो ।” उसले भन्यो ।
"यदि उनीहरू बस्ने टोल सुनाखरी नै हो भने त्यहाँ अलि बेग्लै अवस्था छ ।” मैले घोरिएर भनें ।
"त्यो अवस्थाबारे पनि मलाई राम्ररी थाहा छ । त्यहाँ बेग्लै प्रकारका मानिसहरूको दबदबा छ ।"
"त्यो अहिलेदेखिको त्यस्तो ठाउँ होइन । पहिले पहिले प्रेम-विवाहको सवालमा हाम्रो समाज अत्यन्त कट्टरपन्थी हुँदा पनि केटा र केटी भागेर आउने र लुकेर केही समय गुजार्ने टोल हो त्यो । पछि जब केटाकेटीका आमा-बाबुको आक्रोश मत्थर हुन्थ्यो, त्यसपछि केटाकेटीहरू त्यहाँबाट आफ्नो घर फर्किएका थुप्रै घटना थिए, त्यो टोलमा । त्यो एक प्रकारले प्रेम- विवाह गर्ने हाम्रो इतिहासको एउटा साक्षी र संरक्षक टोल हो । एक दुई महिनाअघि पनि त्यहाँ एउटा घटना घटेको थियो । केटीपट्टिका मान्छेहरू आएर आफ्नी छोरीलाई छुटाएर लान खोजेछन्, तर टोलकाहरू घुरिएर बेस्सरी चुटेर पठाएछन् ।’’ मैले भनें ।
त्यो एक प्रकारले प्रेम- विवाह गर्ने हाम्रो इतिहासको एउटा साक्षी र संरक्षक टोल हो । एक दुई महिनाअघि पनि त्यहाँ एउटा घटना घटेको थियो । केटीपट्टिका मान्छेहरू आएर आफ्नी छोरीलाई छुटाएर लान खोजेछन्, तर टोलकाहरू घुरिएर बेस्सरी चुटेर पठाएछन्
"त्यो सबै मैले बुझेर आएको हूँ । तर त्यहाँका मानिसहरू तलाई चाहिँ निक्कै आदरपूर्वक व्यवहार गर्छन रे ।” उसले भन्यो ।
म चुप लागें । त्यसपछि ऊ एकदमै हलुको देखियो । ऊ यति हलुको देखियो, मानौं उसले आफूलाई थिचेको एउटा अजङ्गको पहाडलाई हर्कुलसले झैँ भर्खरै पन्छाएर हटाएको छ ।
000
वास्तवमा उसले भर्खरै पन्छाएको त्यो पहाडले अब मलाई किच्न थाल्यो । अचानक मेरो स्वासप्रश्वास बढ्यो । किनकि त्यो एकदमै जटिल र खतरनाक मामिला थियो । पहिलो, त्यो घटना उत्पीडित जातिसँग जोडिएको सम्वेदनशील विषय थियो । दोस्रो, मेरो महाप्रबन्धक साथीले भनेको जस्तो सजिलो थिएन, त्यो प्रकरण । दुईजनाको प्रेम- विवाहलाई ध्वस्त गर्नु साँच्चै नै एउटा जंगली न्याय प्रणालीको विशेषता र अवशेष हुन्थ्यो ।
“यो केश मेरो निम्ति निक्कै अप्ठेरो छ ।” निधारमा पसिना उमार्दै मैले महाप्रबन्धक साथीलाई भनें ।
"यो केशमा तैले अरू केही गर्नुपर्दैन । खाली हाम्रो परिवारले उनीहरूसित भेटघाट गर्छ । उनीहरू राजीखुशीले बस्न चाहन्छन् भने हाम्रो आपत्ति पनि हँदैन । हामी त्यस्तो जवरजस्ती गर्ने थियौं भने म तँकहाँ नै आउने थिइँन । तलाई थाहै छ- अहिले हाम्रो सरकार छ । त्यो केटाको विरूद्ध हामी जे पनि गर्न सक्छौं । त्यसलाई एकै निमेषमा 'आतंककारी' पनि बनाउन सक्छौं । तर त्यो हाम्रो मानवता होइन । तँलाई यस विषयमा काम गर्न एक दिन समय दिन्छु । भोलि साँझसम्ममा हामीले जसरी पनि उनीहरूलाई भेट्नैपर्छ । हामी उनीहरूलाई खोजिरहेका छौं भन्ने कुरा खुल्यो भने उनीहरू त्यहाँबाट पनि भाग्न सक्छन् ।"
त्यो एकदमै जटिल र खतरनाक मामिला थियो । पहिलो, त्यो घटना उत्पीडित जातिसँग जोडिएको सम्वेदनशील विषय थियो । दोस्रो, मेरो महाप्रबन्धक साथीले भनेको जस्तो सजिलो थिएन, त्यो प्रकरण । दुईजनाको प्रेम- विवाहलाई ध्वस्त गर्नु साँच्चै नै एउटा जंगली न्याय प्रणालीको विशेषता र अवशेष हुन्थ्यो ।
यति भनेर महाप्रवन्धक हिंड्यो । म सोचाइको घना बादलमा हराउन थालें ।
त्यही दिउँसो भातसात खाएपछि म सुनाखरी टोलमा गएँ । र, अवकाश प्राप्त सिपाही तथा भागेर आएका केटाकेटीको घरबेटीलाई भेटें । शेरगम्भीर थापा- उसले आफ्नो नाम बतायो । मेरो ऊसित यसअघि चिनापर्ची भएको रहेनछ, तर उसले चाहिँ भन्यो- “म तपाईंलाई राम्ररी चिन्छु ।” आफूकहाँ भाडा तिरेर बस्ने केटाको बारेमा उसले भन्यो- “ केटो एकदमै सुशील, जेहन्दार र मेहनती देखिन्छ । बोलीचाली पनि एकदमै राम्रो छ । म हङकङमा तीस वर्ष बिताएर आएको मानिस । ब्रिटिसहरूको सभ्यता र शानशौकतको पनि मलाई राम्रो जानकारी छ । तसर्थ म उसको शालीनताबाटै सबै कुरा राम्ररी बुझ्छु । यदि म छुवाछुत मान्ने जमानामा हुन्थे भने पनि उसको व्यवहार देखेपछि म आफैं पनि उसलाई ज्वाइँ मानेर खुट्टामा ढोक्न हिच्किचाउने थिइँन ।”
ब्रिटिस लाहुरेको घरबाट निस्केर सडकमा आएपछि त्यो टोलको समाजसेवी राममानलाई भेट भयो । उसलाई भेटेपछि मलाई लाग्यो- दुड्गा खोज्दा देउता मिल्यो । मैले उसलाई यावत कथाको बेहोरा एकै सासमा भनें ।
ब्रिटिसहरूको सभ्यता र शानशौकतको पनि मलाई राम्रो जानकारी छ । तसर्थ म उसको शालीनताबाटै सबै कुरा राम्ररी बुझ्छु । यदि म छुवाछुत मान्ने जमानामा हुन्थे भने पनि उसको व्यवहार देखेपछि म आफैं पनि उसलाई ज्वाइँ मानेर खुट्टामा ढोक्न हिच्किचाउने थिइँन ।”
"त्यो मान्छेको बारेमा जथाभावी कुरा गर्नु चाहिँ अपराध नै हुन्छ है वडा अध्यक्षज्यू । त्यो जुन स्कूलमा काम गर्छ, त्यो स्कूलको व्यवस्थापन समितिको सदस्य म पनि छु । ऊ कम्प्युटरको असाध्यै राम्रो शिक्षक हो । अरू स्वास्नी मानिसहरूको मामिलामा पनि ऊ स्पष्ट छ । उसको विषयमा त्यस्तो नराम्रो कुरा कसैले भन्दैन । फेरि अब यो बाह्र सत्ताइस कुरा पनि किन चाहियो र ? केटीपट्टिकाले खाली भेटघाट गर्नमात्र चाहेका रहेछन् । यो त राम्रै कुरा हो नि । उनीहरू भेटघाट गरून् । आखिर जस्तै भए पनि एक दिन त असल कुटुम्ब भएर बस्नु नै छ दुवैथरिलाई ।" राममानले भन्यो ।
यो शहरका अन्य टोलहरूजस्तै हो- यो सुनाखरी टोल पनि । संरचनाले शहर हो, तर सयौं वर्ष भइसक्दा पनि गाउँ गन्धले छोडेको छैन यो ठाउँलाई । खेती किसानी
गर्ने, विहान टोलको चिया पसलमा जम्मा भएर कुराकानी गर्ने, भाषा, भेष र खानपिनमा पनि गाउँले रहने यहाँको विशेषता देखिन्छ ।
शहरका अन्य टोलहरूजस्तै हो- यो सुनाखरी टोल पनि । संरचनाले शहर हो, तर सयौं वर्ष भइसक्दा पनि गाउँ गन्धले छोडेको छैन यो ठाउँलाई ।
हामी त्यहाँ पुग्दा साँझ पर्ने बेला भएको थियो । महाप्रबन्धक, उसको गोज्याङ्ग्रो टाइपको दाजु, उसकी चल्तापूर्जा भाउजूबाहेक हामी अरू दुईजना पनि सँगै थियौं । अर्थात् सजिलोको निम्ति मैले समाजसेवी राममानलाई पनि आफ्नो साथमा मिसाएको थिएँ ।
हामी त्यसरी त्यहाँ पुग्दा पसल वरिपरि बसेका मानिसहरूले निक्कै असजिलो किसिमले हामीलाई हेरे । हामी उनीहरूको असजिलोलाई थाहा नपाएझैं गरी शेरगम्भीर थापाको घरतिर लाग्यौं ।
छोरीलाई देख्नासाथ केटीकी आमा झम्टेर डाको छोडेर रून थाली । केटी पनि रून थाली । केटीको बाबुले कुनै सम्मेलनको पर्यवेक्षक टुलुटुलु हेरिरह्यो सबै स्थितिलाई । महाप्रबन्धक चाहिँ भारी विजयको मुद्रामा रूपान्तरिक भएको देखिन्थ्यो ।
केटा र केटी एकदमै सामान्य ढंगले बसेका देखिन्थे । भर्खरै शहर पसेको एउटा मजदूर अथवा गरीब विद्यार्थीको कोठाजस्तो थियो त्यो । खाटविनाको एउटा ओछ्यान र एकसरो अलमुनियमका भाडाकुँडाहरू । अर्को कुनामा रातो रंगको प्लाष्टिकको एउटा बाल्टिनी र एउटा टिनको स्टोभ । त्यस्तै थियो त्यहाँको रूप ।
केटा-केटी दुवैसित अचानक जम्का भेट भएपछि एकछिन असहज वातावरण उत्पन्न भयो । केटो रनभुल्ल देखियो । छोरीलाई देख्नासाथ केटीकी आमा झम्टेर डाको छोडेर रून थाली । केटी पनि रून थाली । केटीको बाबुले कुनै सम्मेलनको पर्यवेक्षक टुलुटुलु हेरिरह्यो सबै स्थितिलाई । उसको हृदयभित्र के हुँदैछ, बाहिरबाट हेर्दा मैले चाल पाउन सकिनँ । महाप्रबन्धक चाहिँ भारी विजयको मुद्रामा रूपान्तरिक भएको देखिन्थ्यो । अर्थात् उसले जितेको छ उसको युद्ध ।
“त्यस्तो केही डराउनु पर्दैन भाइ, खाली हामी यहाँ तिमीहरूको सम्बन्ध जवरजस्ती हो या राजीखुशीसित हो, त्यो बुझ्नमात्र आएका हौं ।” कोठामा सन्त्रस्त आँखाहरू बोकेर ठीड्न उभिएको केटोलाई सम्वोधन गर्दै मैले भनें ।
“म आफ्नै मर्जीले यिनीसित आएकी हुँ । यसमा मेरो एउटै भूल भयो कि मैले ड्याडी ममीसित यसबारे सल्लाह गर्न सकिनँ । मैले जानीजानी नै सल्लाह नगरेकी हुँ । हाम्रो प्रेम बिग्रने पो हो कि भन्ने डरले...’’
“त्यो कुरा त मैले भन्नुभन्दा हजूरहरूकै चेलीले भन्नु राम्रो हुन्छ, होइन र ?” केटोले निक्कै सन्तुलित र पाको जवाफ दियो । अब ऊ आफूलाई धेरै सामान्य तुल्याउन कोशिश गरिरहेको देखिन्थ्यो ।
“म आफ्नै मर्जीले यिनीसित आएकी हुँ । यसमा मेरो एउटै भूल भयो कि मैले ड्याडी ममीसित यसबारे सल्लाह गर्न सकिनँ । मैले जानीजानी नै सल्लाह नगरेकी हुँ । हाम्रो प्रेम बिग्रने पो हो कि भन्ने डरले...’’ त्यसपछि ऊ पुनः रून थाली ।
"कुरा ठीकै रहेछ त । अब हामीले यसमा अरू के नै भन्न सक्छौं र ? बलराम, तैले केटाको बारेमा उठाएको शंकाको कुरा पनि हाम्रो निर्णयको बलबुताभन्दा बाहिरको भयो । केटो चरित्रहीन हो होइन भन्ने कुरा आजै टुङ्गो लाग्न सक्दैन । ल अब हामी निस्कौं ।” मैले भनें ।
"अरू त अब केही कुरा बाँकी रहेन । खाली एक रातको निम्तिमात्र छोरीलाई यहाँबाट लान चाहन्छौं हामी ।" आँसु पुछ्दै आमाले भनी ।
‘‘अहिले यसरी साँझमा किन जाने र ? बरू भोलि विहानै म र निरू आउँछौं हुन्न र ?” केटोले अलि त्रसित हुँदै भन्यो ।
“हुन्छ नि मामी, म भोलि विहान आउँछु हुन्न र ?” केटीले पनि भनी ।
"अब आज र भोलिमा के फरक भयो र ? ज्वाँइ र छोरी भोलि ठाँटिएर गए भैहाल्छ नि ।” हाँस्दै राममानले भन्यो ।
शुरूमा केटीले पनि नजानलाई नै धेरै बल गरी । केटो पनि निक्कै डरायो यसरी एक्लै आफ्नी स्वास्नीलाई पठाउनमा । एक रातमा के के हुन्छ के के ? उसको निधारमा त्यस्तै भावहरू कुदेका देखिन्थे । तर आमा चाहिँको जिद्दी र रुवाइ अझै चर्किएर गयो ।
"यदि तिमी आज एक रातको निम्ति मसित जान्नौं भने म तिम्रो दैलोमा लम्पसार परेर मर्छु । भन त म तिमीलाई कति माया गर्थे ? मेरा अरू छोरा-छोरी एकातिर, तिमी एकातिर थियौ । मेरो प्राण नै तिमीमा थियो.... म तिम्रै अगाडि अब आफ्नो इहलीला समाप्त पार्छु ।”
कुरा एकदमै जटिल भएपछि छोरीले आमासामु आत्मसमर्पण गरी । “तिमी केही आत्तिनु पर्दैन सरोज । म भोलि विहानै फर्केर आउँला ।" केटीले भनी ।
त्यसपछि केटो पनि निरूत्तर भयो । जसरी किसानको बारीमा राखिएको बुख्याँचाले सम्वेदनशील ढंगले वरिपरिको वातावरणलाई हेर्छ, ऊ त्यसरी नै हेर्न थाल्यो हामीलाई ।
000
त्यो एक रातको घटनाले कथामा यस्तो नाटकीय मोड आउला भनेर मैले सोच्नै सकेको थिइँन । तर त्यो त्यस्तै भयो, जुन सैद्धान्तिक हिसावमा अप्रत्यासित थिएन ।
“त्यो केटी त बाबुको घरमा गएपछि फर्केरै आइनछ नि त ?" एक हप्तापछि राममानले एक भेटमा मलाई भन्यो ।
“के उसलाई बाबु आमाले घरमा लगेपछि कोठामा कैद गरेछन् कि कसो ?” मैले सोधें । म निक्कै उत्तेजित हुन पुगेको थिएँ ।
“त्यो केटी त बाबुको घरमा गएपछि फर्केरै आइनछ नि त ?" एक हप्तापछि राममानले एक भेटमा मलाई भन्यो ।
“त्यस्तो होइन, केटी आफैंले आफ्नो निर्णय बदलिछ । मेरो विचारमा वर्ग भनेको यही हो । सस्ता सिनेमाहरूमा जस्तो कहाँ हुन्छ र जीवनमा ?” समाजसेवी राममानले भन्यो ।
“यो कुरा कसरी थाहा पाउनुभो तपाईंले ?” मैले अझै कौतुहलता प्रदर्शन गर्दै उसलाई सोधें ।
“ केटीले सुनाखरी टोलमा आएर केटालाई आफ्नो नयाँ निर्णय सुनाइछ र आफ्नो सामान र गरगहनाहरू पनि लिएर गइछ ।”
"अनि त्यस्तो बेलामा टोलमा कुनै प्रतिक्रिया भएनछ त ?"
"अब केटी नै बेराजी भएपछि टोलको के लाग्छ ?” राममानले बुजुक पारामा भन्यो ।
ooo
राममानबाट प्राप्त सूचनाको ज्ञानपछि निक्कै महिनासम्म मेरो मनस्थिति ठीक भएन । वास्तवमा त्यो घटनापछि नै मैले आफ्नो न्यायप्रणालीमा सर्वप्रथम अविश्वासी आँखाले हेर्न थालें । प्रेमको त्यो वियोगान्तमा व्यक्तिगत रूपमा मेरो कुनै हात थिएन । तथापि मेरो मनमा सदासर्वदा सुनाखरी टोलमा एक्लिएको त्यो दमाई केटोको बिम्वले ठाउँ बनाइरह्यो । कहिलेकाहीँ सपनामा समेत आएर उसले मलाई गिज्याउन थाल्यो- “के तिम्रो समाजको मूल्य र आधार अझै त्यति थोत्रो र मक्किएको छ ?"
त्यसपछि एक वर्ष भयो, म त्यो टोलतिर फर्केर जान सकेको छैन ।
मूल्याङ्कन २०५९ कात्तिकबाट

बर्बरताको ताण्डव !

मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

सबैभन्दा राम्रो शिक्षक भनेको अमेरिकी साम्राज्यवाद हो: माओ त्से–तुङ

नयाँ कानून

डोनाल्ड ट्रम्पको ‘रिभर्स’ किसिन्जर रणनीति

मार्क्स आफ्नै युगका सबैभन्दा बढी ‘घृणित’ र निन्दित व्यक्ति थिए !

पारिजात नेपालमा यो युगको एक्लो व्यक्ति हुन्, उनी बराबरका अहिलेसम्म जन्मिएका पन…

प्रतिक्रिया