ट्रम्पले चिनियाँहरुसँग लडाइँ रोजे हामी गम्भीर संकटमा फँस्नेछौं
ट्रम्प साँच्चै अचम्मको व्यक्ति !

ट्रम्प साँच्चै अचम्मको व्यक्ति हुन् । मैले यसलाई न त सकारात्मक तरिकाले न त नकारात्मक तरिकाले नै भनिरहेको छु । मैले उनी जस्तो व्यक्ति कहिल्यै देखेको छैन।
उनी यस्ता व्यक्ति हुन्, जसले जे सोच्छन्, त्यही भन्छन्। उनी आफूले बोलेका तर्कहरु उपयुक्त छ कि छैन भनेर गहिरोसँग सोच्नदैनन् । उनी बस् आफ्नो दिमागमा आएको कुरा बोल्छन्, र उनले बुझेका छन् कि यसरी गर्न सकिन्छ।
त्यसैले उनले धेरै आश्चर्यजनक बयानहरू दिन्छन् र त्यसको कति थोरै असर पर्छ भन्ने कुरा साँच्चै अचम्मको छ।
मलाई लाग्छ, क्यानडासँग सम्बन्धित विषयमा, क्यानडा ५१औं राज्य बन्नेछ भनी बोलेका कुरा गम्भीर तर्क होइन। तर यसले तपाईँलाई सोच्न बाध्य बनाउँछ कि उहाँले किन त्यस्तो बोले भनेर । निश्चित रूपमा, उनी जस्टिन ट्रुडोलाई अपमानित गर्न चाहन्छन्। र उनी क्यानाडेलीहरूलाई सम्झाउन चाहन्छन् कि हामी, संयुक्त राज्य अमेरिका, हामी मालिक हौं र जब हामी तपाईंलाई उफ्रन भन्छौं, त्यसबेला तिमीले सोध्ने एउटै प्रश्न "कति माथि?" भन्ने मात्रै हो ।
पानामासँग सम्बन्धित विषयमा, कसलाई थाहा छ ? पानामा नहरलाई लिएर चीनबाट कुनै खतरा छैन। तर उनी दक्षिण अमेरिका र मध्य अमेरिकाका सबैलाई भन्न चाहन्छन् कि हामी यहाँका हर्ताकर्ता हौं !
मलाई लाग्छ, ग्रीनल्यान्ड फरक विषय हो। सबैले यो कुरा बुझेका छन् कि आर्कटिक क्षेत्रमा सुरक्षा प्रतिस्पर्धा हुनेवाला छ । र धेरै हदसम्म, यो युक्रेन युद्धबाट उत्पन्न परिस्थितिको परिणाम हो। तपाईँले त्यहाँ यस्तो सुरक्षा प्रतिस्पर्धा गर्नुपर्नेछ, जसले महत्त्व राख्छ।
रुसीहरुले त्यहाँ ठूलो मात्रामा उपस्थिति जनाएका छन्। र यदि तपाईं आर्कटिक क्षेत्रको उनीहरूको विशेष आर्थिक क्षेत्र हेर्नुहुन्छ भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो छ। त्यहाँ संयुक्त राज्य अमेरिकासँग एक सानो विशेष आर्थिक क्षेत्र छ, मुख्य रूपमा क्यानडासमेतको सहभागिता गरी ।
हामीले ग्रीनल्याण्डलाई नियन्त्रण गरे आर्कटिक सुरक्षा प्रतिस्पर्धाका लागि यसले मद्दत गर्नसक्छ भन्ने देखिन्छ। त्यसैले तपाईं देख्न सक्नुहुन्छ कि यस विषयमा ट्रम्प कता जाँदैछन् भनेर ।तर उनी यसबारे जुन तरिकाले बोल्छन् र उनीसँग जे योजनाहरु छन्, ती साँच्चै अचम्मलाग्दा र सोच्नै नसकिने खालका छन् । खासगरी, संयुक्त राज्य अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने कुरा कल्पना गर्न गाह्रो छ ।
तर ट्रम्पले त्यसको लागि कोशिश गर्ने सम्भवना छ।
चीन र रुससँगको व्यवहारबारे
ट्रम्प, र जो बाइडेनले तीन ठूला समस्याहरू सामना गर्दै थिए। पहिलो हो मध्यपूर्व, दोस्रो हो रसिया, र तेस्रो हो चीन। किनभने बाइडेन प्रशासनले भोगेका र ट्रम्प प्रशासनले रसिया/युक्रेनमा ठूलो समस्या भोग्नुपर्ने छ । दोस्रो, मध्यपूर्वमा इरान, गाजा, हिजबुल्लाह आदिसँगको समस्याहरु ।
संयुक्त राज्य अमेरिका पूर्वी एसियामा रहेको समस्या र तनावलाई जति सक्दो कम गर्न चाहन्छ। तपाईं अहिले दक्षिण चीन सागरमा संयुक्त राज्य अमेरिका र चीनबीच द्वन्द्व सुरु हुने कुरा सोच्नुहुन्छ भने, त्यो संयुक्त राज्य अमेरिकाले चाहेको अन्तिम कुरा हुनेछ । किनभने मध्यपूर्व र युक्रेनमा अमेरिका पहिल्यै गम्भीर रूपमा घाँटीघाँटीसम्म फँसिसकेको छ।
त्यसैले ट्रम्प समझदार र रणनीतिक छन् भने उनले चीनसँग ठूलो टकराव गर्ने सम्भावना म देख्दिनँ।
तर ट्रम्प ट्रम्प हुन् । उनले चिनियाँहरुसँग लडाइँ रोज्न पनि सक्छन् । त्यो अवस्थामा हामी संसारका तीन फरक क्षेत्रमा गम्भीर संकटमा फँस्नेछौं, जुन अहिलेको समयमा हामीलाई आवश्यक छैन।

एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

किताबका कुरा

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

प्रतिक्रिया