प्रचण्डले रोल्पालाई ‘स्वईटो’ बनाइ दिन्छु भनेपछि...

तिमी नदी हौ भने सोच्नु
तिम्रो जीवनमा एकदिन बाढी आउछ
तिमी समुन्द्र हौ भने सोच्नु
तिम्रो जीवनमा एकदिन सुनामी आउँछ ।
तिमी तलाउ हौ भने सोच्नु
तिम्रो जीवनमा
न बाढ आउँछ
न सुनामी आउछ
तिमी को हौ ?
तिमी चङ्गेज हौ कि चे हौ
तिमी नायक हौ की खलनायक हौ ?
तिम्रो फैसला इतिहासले गर्छ ।
०००
वि स २०७१ सालमा म रोल्पा गएकी थिए। त्यहाँकी एकजना आमाले मलाई सुनाउनुभयो– ‘प्रचण्डले चुनावमा रोल्पा आएर भाषण गरे। रोल्पाली आमाहरु ! म रोल्पालाई स्वइटो बनाई दिन्छु ।प्रचण्ड फटाहाले रोल्पालीसँग झुठ बोले। प्रचण्डले फटाहाले हाम्रो रोल्पालाई स्वइटो बनाइ दिएनन् ।’
मैले स्वइटो शब्दको अर्थ बुझिनँ। अनि एकजना भाइले भन्नुभयो– ‘प्रचण्डले रोल्पालाई स्वीट्जरल्यान्ड बनाइ दिन्छु भनेका हुन्। आमाहरु स्वीट्जरल्यान्ड भन्न जान्नुहुन्न अनि स्वइटो भन्नुहुन्छ भने। ’
अनि सोचें– मान्छेहरुलाई झुठो सपना देखाएर भोट बटल्नु पनि त हत्याहिंसा नै हो। मान्छेभित्र विश्वास जगाएर मान्छेको विस्वासमा थुक्नु पनि त हिंसा नै हो। के छवाट्ट छिनाल्नु मात्र हिंसा हो र ? के बलात्कार गर्नु मात्र हिंसा हो र ? अरुको रगतले आफ्नो फूलबारी सिञ्चन गर्नु पनि त हिंसा हो। ‘प्रचण्ड कम्पनी’हरुले सोझा जनताको रगत बगाएर आफ्नो फूलबारी सिञ्चन गरिरहेछ्न। ‘प्रचण्ड कम्पनी’हरुले माओवाद जिन्दावाद भन्दै माओवादको दस्तावेजमा थुकेका छन् । यस्तै सोचीरहेकी थिएँ, ती रोल्पाली आमाले सोध्नुभयो– ‘स्वइटो पनि बुझीनउ त नानी !’ मैले भनें– ‘आमा बुझिने र नबुझिने कुराको बीचमा समयले धेरै नेटो काटने रहेछ !’
प्रचण्डजीको स्वइटो, बादलजीले जनयुद्ध हिंसा हो भन्नू ।यी सन्दर्भमा अचेल मलाई चङ्गेज खानको किस्सा याद आएको छ ।
एकजना आमाको बच्चा पोखरीमा डुबेछ । आमा रोएछिन् ।आमा रोएको देखेर चङ्गेजले सोधेछन्– ‘के भयो किन रोएको ।’
आमाले भनिछन्– ‘मेरो बच्चा डुब्यो।’
चङ्गेजले भनेछन्– ‘के भो त ? म डुबेको बच्चा निकाल्दिन्छु।’ यसो भन्दै चङ्गेजले भालाको नोकले बच्चा निकाले छन् ।
यस्तो पनि त हुँदो रहेछ। न बच्चाको आमाले चङ्गेज खानको नियत चिनिन्, न नेपाली जनताले जनयुद्ध हाक्छु भन्ने ‘लालख्वामित’हरुको ग्राइण्ड डिजाइनको चिनारी नै बुझे। सबैको चिनारी दिने त इतिहास रहेछ, को के हुन भनेर !
दास त स्पार्टाकस पनि दासै थिए
इतिहासले स्पार्टाकसको मुखमा थुकेन
इतिहासले दासहरुको मुखमा थुकेर
स्पार्टाकसलाई नायक घोषणा गर्यो।
इतिहास यस्तै निर्मम हुन्छ
नायक खलनायक भएपछि
इतिहासले खलनायकको मुखमा बेस्सरी थुक्छ !

एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

किताबका कुरा

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

प्रतिक्रिया