हाम्रो समाजबारे सही विचार कसरी बनाउने ?
मानिसलाई मात्र थाहा छ कि-मानिसलाई थाहा छ !
हामी सबैजना सही विचारको मालिक बन्न चाहन्छौ । तर मूल प्रश्न के हो भने विचार नै के हो ? र, विचार कसरी सही बन्छ ? के सही विचार मानिसको दिमागमा आफ से आफ पैदा हुन्छ ?
हामी जब नूनिलो वस्तु खान्छौं, हाम्रो इन्द्रियले नूनको स्वाद चाल पाउँछ । अनिमात्र हाम्रो दिमागले विचार बनाउन सक्छ कि वस्तु नूनिलो छ । त्यसैले वस्तु नूनिलो छ भनेर हामीले जुन विचार बनाउँछौँ, त्यो विचार वस्तुको नूनिलोपनको हाम्रो दिमागमा परेको प्रतिविम्व अर्थात छायाँ हो । हाम्रो विचार वा चेतनाभन्दा बाहिर नूनिलो वस्तु स्वतन्त्र रुपमा अस्तित्वमा छ । जब नूनिलो वस्तुले हाम्रो इन्द्रियमा स्पर्श गर्छ, हामी बल्ल वस्तु नूनिलो छ भनेर थाहा पाउँछौं र विचार बनाउँछौं । त्यसैले वस्तु नूनिलो छ भन्ने विचार वस्तुको नूनिलोपनको उपज ही । नूनिलो वस्तु नै अस्तित्वमा नहुँदो हो त वस्तु नूनिलो छ भन्ने विचार कदापि उब्जने थिएन ।
विज्ञानले भन्दछ- मान्छेको दिमाग पनि एउटा वस्तु हो तर सबैभन्दा उन्नत र संगठित वस्तु । यसमा वस्तुको जुन प्रतिविम्ब उत्रिन्छ, त्यो ऐनामा अनुहारको प्रतिविम्व उत्रिएजस्तो वा क्यामेराको रीलमा रुखको चित्र उत्रिएजस्तो मात्र चाहिँ हुँदैन ।
यसरी कुनै पनि विचार भनेको वस्तुको हाम्रो दिमागमा पर्ने प्रतिविम्ब हो । फोटो जस्तो । हाम्रा इन्द्रियहरु वस्तुलाई विभिन्न ढंगले स्पर्श गर्ने साधनहरु हुन् । कानको स्पर्श गर्ने ढंग सुन्नु हो, नाकको स्पर्श गर्ने ढंग सुँघ्नु हो र आँखाको स्पर्श गर्ने ढंग देख्नु हो, त्यस्तै जिब्रोले स्वाद लिएर र छालाले छोएर वस्तुलाई स्पर्श गर्छ । स्पर्श गर्ने ढंग अलग अलग भए पनि सबै इन्द्रियले स्पर्श गर्ने नै काम गर्दछन् । स्पर्शबाट संवेदना पैदा हुन्छ, जस्तो नूनिलो वस्तु खाए पछि जिब्रोमा नूनिलोपनको संवेदना अनुभूति हुन्छ, त्यही संवेदना जब दिमागसम्म पुग्छ, वस्तु नूनिलो छ भनेर थाहा लाग्छ र विचार बन्छ ।
विज्ञानले भन्दछ- मान्छेको दिमाग पनि एउटा वस्तु हो तर सबैभन्दा उन्नत र संगठित वस्तु । यसमा वस्तुको जुन प्रतिविम्ब उत्रिन्छ, त्यो ऐनामा अनुहारको प्रतिविम्व उत्रिएजस्तो वा क्यामेराको रीलमा रुखको चित्र उत्रिएजस्तो मात्र चाहिँ हुँदैन । प्रतिविम्बन गर्ने साधारण क्षमता त ढुंगा, बालुवामा पनि हुन्छ । त्यहाँ पाइला टेक्नुहोस्, त्यसको छाप बस्छ । पानीमा पनि हुन्छ । त्यसमा मानिसको अनुहार देखिन्छ । तर तिनीहरुमा त्यो संवेदनशीलता हुँदैन, जुन रुख, पात र जनावरहरुमा हुन्छ । विरुवा र जनावरहरु सम्वेदनशील हुन्छन् र संवेदनाको प्रतिक्रिया पनि जनाउँछन् । तर तिनीहरु संवेदनालाई छानवीन गर्ने र संश्लेषण गर्ने क्षमता राख्दैनन् । तिनीहरुलाई यो थाहा हुन्न कि- उनीहरुलाई थाहा छ ।
मानिसको दिमाग मात्रै लामो श्रमपछि यस्तो वस्तु बनेको छ, जसले इन्द्रियमार्फत संवेदनाबाट प्राप्त अनेकौँ सूचनालाई एक साथ थुपार्न सक्छ, आवश्यकता परेजति निकालेर फेरि केलाउन सक्छ र संवेदनाबाट प्राप्त थुप्रै सूचनाहरुलाई समेटेर अर्थात संश्लेषण गरेर, वस्तुको जटील चित्र प्रतिविम्वित र पुनर्रचना गर्न सक्छ । मानिसलाई मात्र थाहा छ कि- उसलाई थाहा छ । यही मानव मस्तिष्कले गर्ने जटील प्रतिविम्बन, छानवीन, संश्लेषण, र पुनर्रचना गर्ने प्रक्रियाको नाम विचार हो ।
मानिसको दिमाग मात्रै लामो श्रमपछि यस्तो वस्तु बनेको छ, जसले इन्द्रियमार्फत संवेदनाबाट प्राप्त अनेकौँ सूचनालाई एक साथ थुपार्न सक्छ, आवश्यकता परेजति निकालेर फेरि केलाउन सक्छ र संवेदनाबाट प्राप्त थुप्रै सूचनाहरुलाई समेटेर अर्थात संश्लेषण गरेर, वस्तुको जटील चित्र प्रतिविम्वित र पुनर्रचना गर्न सक्छ ।
त्यसैले, विचारबारे धारणा बनाउँदा प्रष्ट हुनु पर्ने कुरा के हो भने, वस्तु-जगतको मानव मस्तिष्कमा हुने जटील प्रतिविम्बन, प्रतिविम्व- संश्लेषण र पुनर्रचना नै विचार हो । विचार भन्दा वस्तु जगत वाहिर छ र स्वतन्त्र रुपले अस्तित्वमा छ ! वस्तु नूनिलो छ भनेर हामी तब मात्र थाहा पाउँछौं जब हाम्रो इन्द्रियमा वस्तुको नूनिलोपनले स्पर्श गर्छ र त्यो संवेदना हाम्रो मस्तिष्कसम्म संचार हुन्छ । तर प्रश्न के हो भने, जबसम्म नूनिलो वस्तुसँग हाम्रो इन्द्रियको स्पर्श हुँदैन, के वस्तु जगतमा नूनिलो वस्तु भन्ने कुरा नै हुँदैन ? वैज्ञानिकहरुले माछामा भिटामिन “ए” हुन्छ भनेर पत्ता लगाए र माछाको लभरबाट भिटामिन “ए” बनाउन थाले । प्रश्न के हो भने- वैज्ञानिकहरुले माछामा भिटामिन "ए" छ भनेर थाहा पाउनु र विचार बनाउनु अघि माछामा भिटामिन “ए” थिएन ?
अवश्य थियो । त्यसैले त संवेदना र विचार भनेको वस्तुजगतको उपज हो त्यसकै दिमागमा पर्ने असर हो । र वस्तुजगत हाम्रो संवेदना र विचार भन्दा बाहिर स्वतन्त्र रुपमा अस्तित्वमा छ । माछामा भिटामिन “ए” भए जस्तो । हाम्रो विचारले त माछामा भिटामिन “ए” हुन्छ भनेर वास्तविकताको प्रतिविम्बन र प्रतिविम्व संश्लेषणसम्म गरेको हो । मानिसले यो प्रतिविम्बन गर्न नसकेको स्थितिमा पनि संसारमा माछाहरु थिए र माछामा भिटामिन “ए” थियो ।
सही र गलत विचार के हो ?
यसरी विचार भन्ने कुरा वास्तविकता र वस्तु जगतको मानव मस्तिष्कमा पर्ने प्रतिविम्बन, प्रतिविम्वको संश्लेषण र पुनर्रचना हो भने सही विचार भनेको सही प्रतिविम्बन र सही संश्लेषण र पुनर्रचनाको उपज हो । त्यस्तै गलत विचार गलत प्रतिविम्बन, गलत संश्लेषण र पुनर्रचनाको उपज हो । हामीले डोरीलाई डोरीकै रुपमा प्रतिविम्बन गयौ र विचार बनायौं भने त्यो सही प्रतिविम्बन भयो र त्यसैले हाम्रो विचार पनि सही हुने भयो । हामीले डोरीलाई सर्पको रुपमा प्रतिविम्बन गयौँ भने त्यो गलत प्रतिविम्बन भयो । त्यसैले डोरीलाई सर्प ठान्ने हाम्रो विचार सही हुने नै कसरी ? त्यसैले हाम्रा विचार सही हुन्छन् कि गलत, त्यो हाम्रो इच्छामा भर पर्दैन । हामी वस्तुजगतको कति दुरुस्त चित्र उताछौँ वा प्रतिविम्बन गछौं । हामी प्रतिविम्वको कति दुरुस्त संश्लेषण र पुनर्रचना गर्छौं, त्यो कुरा यसमा भर पर्छ ।
सही विचारको मुहान वस्तु जगतको सही र दुरुस्त प्रतिविम्बन, प्रतिविम्व संश्लेषण र पुनर्रचना गर्ने प्रयत्न हो, त्यो वस्तुजगत जुन हाम्रो चेतनाभन्दा बाहिर छ र, हरदम गतिशील छ ।
हामी नेपाली समाजबारे सही विचार बनोस् भन्ने चाहन्छौ भने सवभन्दा जरुरी कुरा हो- यसको यथासंभव दुरुस्त चित्र उतार्नु । यदि हामीले उतारेको चित्र नै गलत वा खोटपूर्ण भयो भने त्यो चित्रका आधारमा बन्ने विचार सही हुने कसरी ?
त्यसैले सही विचारको मुहान वस्तु जगतको सही र दुरुस्त प्रतिविम्बन, प्रतिविम्व संश्लेषण र पुनर्रचना गर्ने प्रयत्न हो, त्यो वस्तुजगत जुन हाम्रो चेतनाभन्दा बाहिर छ र, हरदम गतिशील छ । वस्तु जगतको सही वा दुरुस्त प्रतिविम्बन गर्ने सवालमा तीन वटा मुख्य प्रश्नहरुमा हाम्रो ध्यान जानु जरुरी छ ।
पहिलो सवाल हो- के मानिसले प्रयत्न गयो भने वस्तु जगतको प्रतिविम्बन सही वा दुरुस्त हुन सक्छ ? के मानिसले वस्तु जगतलाई जस्ताको तस्तै थाहा पाउन सक्छ ?
सारा आध्यात्मवादीहरु भन्छन्- यो थाहा 'पाउन सकिन्न ।
तर वस्तुवाद र विज्ञानले भन्छ- यो थाहा पाउन संभव छ । वस्तु जगतको प्रतिविम्बन सही वा दुरुस्त पार्न संभव छ ।
लाखौं वर्षको यो अवधिमा मानिस जनावरबाट भिन्न विचारशील प्राणी हुन सकेको नै लगातार श्रम, लगातार प्रयोग र व्यवहारबाट प्राप्त ज्ञान र अनुभवहरुको संश्लेषणले गर्दा हो ।
अर्को, के हाम्रो प्रतिविम्बन र प्रतिविम्व- संश्लेषण एवं पुनर्रचना पूर्णतया दुरुस्त र अन्तिम हुन्छ ? विज्ञानले भन्छ- यो पूर्णतया दुरुस्त र अन्तिम भने हुँदैन । किनकि हाम्रो ज्ञान र क्षमताको सीमाले गर्दा वस्तु जगतका थुप्रै पक्षहरु अझै हाम्रो जानकारीबाट छुट्न सक्छन् । त्यसैले मानव-ज्ञान जहिले पनि अपूर्णताबाट पूर्णतातिर र अज्ञातबाट ज्ञाततिर बढ्छ । मार्क्सको पालासम्म अणु पनि विभाजित हुन सक्छ भनेर मानिसले सकेको थिएन । तर लेनिनको पालामा यो पत्तो लाग्यो
। लेनिनको पालामा अणुबाट एटम बम जस्तो अपार विध्वंशकारी शक्ति पैदा हुन सक्छ भने थाहा थिएन । तर स्टालीनको पालामा यो पनि पत्तो लाग्यो । त्यसैले वस्तु जगतको हाम्रो प्रतिविम्बन, त्यसको संश्लेषण र पुनर्रचना पूर्णतया दुरुस्त वा अन्तिम भने हुँदैन । हाम्रो ज्ञान- क्षमताको सीमाले गर्दा यो दुरुस्तको नजीक वा करीव दुरुस्तै मात्र हुन्छ । त्यसैले, कुनैपनि विचार अन्तिम वा अपरिवर्तनीय भन्ने हुँदैन ।
लेनिनको पालामा अणुबाट एटम बम जस्तो अपार विध्वंशकारी शक्ति पैदा हुन सक्छ भने थाहा थिएन । तर स्टालीनको पालामा यो पनि पत्तो लाग्यो । त्यसैले वस्तु जगतको हाम्रो प्रतिविम्बन, त्यसको संश्लेषण र पुनर्रचना पूर्णतया दुरुस्त वा अन्तिम भने हुँदैन ।
विचार सही कि गलत, त्यसको: नापजोख गर्ने आधार के ? कुनै पनि विचारको सहीपनाकी कसी वा आधार व्यवहार नै हो । जुन विचार सामाजिक व्यवहारमा उतार्दा वास्तविक्तासित मेल खान्छ, त्यो सही विचार हो । जुन विचार सामाजिक व्यवहारमा उतार्दा वास्तविकतासित मेल खाँदैन, त्यो गलत विचार हो । जुन विचार सामाजिक व्यवहारमा लागू गर्दा अपेक्षित नतीजा निकाल्छ, त्यो सही विचार हो । जसले त्यस्तो नतीजा निकाल्दैन, उल्टो वा अरु नतीजा निकाल्छ, त्यो गलत विचार हो । मानिस आफ्नो काममा सफल हुने हो भने उसले हरहमेशा, आफ्नो विचारलाई वस्तु जगतसित मेल खान्छ या खान्न होशियारीपूर्वक निरीक्षण गरिरहनु पर्छ र आफ्ना विचारहरुलाई, वाह वस्तु-जागतसित मेल खाने पार्नु पर्छ । अनि मात्र उसले अपेक्षित नतीजा पाउन सक्छ । नत्र उसको असफलता निश्चित छ ।
लाखौं वर्षको यो अवधिमा मानिस जनावरबाट भिन्न विचारशील प्राणी हुन सकेको नै लगातार श्रम, लगातार प्रयोग र व्यवहारबाट प्राप्त ज्ञान र अनुभवहरुको संश्लेषणले गर्दा हो । त्यसैले विचार विकासको मूल कडी व्यवहारमा त्यसको प्रयोग र प्रयोगबाट प्राप्त ज्ञान र अनुभवको संश्लेषण हो ।
मूल्याङ्कन मासिक २०४९–५०, चैत/वैशाख अंकमा प्रकाशित
प्रतिक्रिया