माओ त्सेतुङ: आफ्ना छोरा र बुहारीको नजरमा
कोरियाली क्रान्तिको रक्षार्थ शहीद भएको आफ्नो छोराको मृत्युलाई माओले कसरी लिनु भएको थियो ?
चीनियाँ जनताका लागि माओ त्सेतुङ्ग त्यस्ता महान नेता हुनुहुन्थ्यो, जसले चीनियाँ क्रान्तिमा शानदार योगदान गर्नु भएको थियो । तर, हाम्रा लागि उहाँ एक जना दयालु पिता, कठोर शिक्षक र त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जो हामीसँग अत्यन्त घनिष्ट रुपले सम्बन्धित हुनुहुन्थ्यो ।
हामीलाई राम्ररी थाहा छ- हाम्रो पिता चिनियाँ जनताका त्यस्ता नेता हुनुहुन्थ्यो, जसको हृदय करोडौं-करोड जनतासँग सम्बन्धित ठूला-ठूला विषयहरूले सँधै भरिपूर्ण रहन्थ्यो । तर, हामीलाई यो पनि राम्ररी नै थाहा छ कि हाम्रो पिता कुनै अन्य व्यक्ति झैं एक जना मानिस नै हुनुहुन्थ्यो, जसको हृदय आफ्नो परिवारप्रति स्नेह र छोरा छोरीप्रति प्रेमले भरिएको थियो ।
४ अगस्त, १९४९ मा हूनान प्रान्तको छाङशा शहर मुक्त गरियो र हाम्रो जन्मस्थानबाट एउटा उत्साहबर्धक समाचार प्राप्त भयो- हाम्री हजूरआमा अहिले पनि जीवित र स्वस्थ्य हुनुहुन्छ ! पिताले तत्काल एउटा तार पठाएर उहाँलाई बधाई दिन भयो र उहाँप्रति आफ्नो हार्दिक सम्मान व्यक्त गर्नु भयो । त्यसै वर्ष ११ सेप्टेम्बरमा बुबाले हजुरआमाको उपयोगको लागि भनी फरको अस्तर पठाउनु भयो, जुन ओभरकोटमा लगाएर जाडोबाट आफूलाई बचाउन सकिन्छ ।
१९५० मा हाम्रा दाजु आनइङ्गलाई उहाँले तपाई स्वयं हुनान गएर हजुरआमाको हालचाल बुझेर आउनु होला भनी अहाउनु भयो र उहाँले हजुरआमाको स्थास्थ्य लाभको लागि केही "रनशन" पनि दाजुसँगै पठाउनु भयो ।
जब देशमा कर्मचारीहरूलाई आफ्नो आधारभूत आवश्यकताको पूर्तिको लागि वस्तुहरूको सप्लाई गर्ने व्यस्थाको सट्टामा तलब दिने व्यवस्था लागू गरियो, तब बुबाले हजुरआमाको जीवनयापनको लागि प्रत्येक महिना नगद राशी पठाउने व्यवस्था गर्नु भयो । यो सिलसिला कहिले पनि बन्द भएन ।
हजूरआमालाई आफ्नो जीवनको अन्तिम समयमा एक्लोपनको अनुभव नहोस् भनेर बुबाले हजुरआमाको हालचाल बुझ्नको लागि आनइङ्ग र आनछिङ्गलाई धेरै जसो हुनान पठाइरहनु हुन्थ्यो । उहाँहरूलाई बुबाले हाम्री दिवंगत आमाका चिहानमा गएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि र स्थानीय जनताप्रति पनि आफ्नो सम्मान व्यक्त गर्नको लागि भनीरहनु हुन्थ्यो ।
बुबा हामीलाई देखेर मुस्कुराउनु भयो र विनोदपूर्वक भन्नुभयो- "के हाम्री नवविवाहिता बुहारीले गाउँ गएर हाम्रो पुरानो घर हेर्नु पर्ने होइन र ? त्यहाँ हजुरआमा र अन्य नातेदारको दर्शन गर्नु पर्ने हो कि ?"
१९६२ को वसन्तमा, जब हामी दुबै परस्पर विवाह - सूत्रमा बाँधिएर पेकिङ्ग फर्क्यौं, तब बुबा हामीलाई देखेर मुस्कुराउनु भयो र विनोदपूर्वक भन्नुभयो- "के हाम्री नवविवाहिता बुहारीले गाउँ गएर हाम्रो पुरानो घर हेर्नु पर्ने होइन र ? त्यहाँ हजुरआमा र अन्य नातेदारको दर्शन गर्नु पर्ने हो कि ?"
त्यसबेला हामी दुबै जन मुक्ति सेनाको जनरल स्टाफ हेडक्वार्टर्समा काम गर्दथ्यो । त्यसैले बबाले हामीलाई पहिले हामीले कमरेड ल्वो सुइछिङ्गबाट छुट्टी लिनका लागि र एक साथ छाङशा जानका लागि भन्न भयो ।
यसरी, बुबाको विदर्शन अनुसार, हामी पहिले आफ्नी आमाप्रति श्रद्धाञ्जलि अर्पित गर्नका लागि पानछाङ्ग गयौं । त्यसपछि आफ्ना नातदारहरूसंग भेटघाट गर्नका लागि शाओशान गर्यो । छाङशामा हामीलाई देखेर हामी १२ वर्षिया हजुरआमा यति प्रसन्न हुनुभयो कि उहाँको चाउरी परेको अनुहारमा पनि मुस्कुराहट फैलियो र आँखामा स्नेहको बाढी आयो । उहाँ जोड जोडले हाँसीरहनु भयो । उहाँले एक हातले आनछिङ्गलाई समाती राख्न भएको थियो र अर्को हातले शाओ हवालाई ।
उहाँले कयौं पटक हामीलाई शिरदेखि पाउसम्म हेर्नु भयो । उहाँ आफ्नो पकड़ मजबूत पारी राख्न चाहनु हुन्थ्यो । पछि उहाँको आँखा विस्तारै आँसुले भरिएर आयो ।
मामा खाएची र माइज्यू हुङतेले पनि प्रश्नमाथि प्रश्न गरिरहनु भयो । हामीले बुवाको तर्फबाट सबै परिवारजनलाई अभिवादन गर्यो । हरेक व्यक्ति खशीले ओतप्रोत भए।
नोभेम्बर १९६२ मा जब हाम्री हजुरआमाको निधनको दुःखद समाचार हाम्रो जन्मस्थानबाट आयो, तब बुवा गहिरो शोकमा डुब्नु भयो । उहाँले तुरुन्त लेख्ने कलम उठाउनु भयो र आफ्ना संवेदनाहरूले भर्दै एउटा पत्र लेख्नु भयो र हजुरआमाको अन्त्येष्टिको लागि खर्च गर्न ५०० यान पठाउनु भयो । आफ्नो पत्रमा उहाँले मामा र माइज्यूलाई हाम्री हजुरआमालाई "मेरी प्रिय पत्नी कमरेड याङ्ग काईहुईको नजिकै गाड्न पर्छ" भनेर अनुरोध गर्नु भएको थियो ।
जब हाम्री हजुरआमा जीवित हुनुहुन्थ्यो, तब उहाँ अक्सर गरेर हाम्रो बुबा दयालु हृदयका एक महान व्यक्ति हुनुहुन्छ भन्नु हुन्थ्यो ।
०००
हाम्रो बुबालाई अत्यन्त कम मात्र फुर्सद मिल्थ्यो, फेरि पनि उहाँ हाम्रो प्रगति र आकांक्षामा तीव्र रुचि राख्नु हुन्थ्यो । उहाले हामीलाई पढ्नका लागि स्वयंले पुस्तकहरूको सूचि बनाइराख्नु भएको थियो, उहा हाम्रो स्कूलका रिपोर्टहरू र अध्यापकहरूका टिप्पणीहरू धेरै ध्यान दिएर जाँच्नु हुन्थ्यो । हामीले जुनसुकै प्रश्न सोधे पनि उहाँ त्यसको सन्तोषजनक जवाफ दिनु हुन्थ्यो ।
जब हामी उहाँलाई कुनै सुखद् समाचार दिन्थ्यौ, तब उहाँको अनुहारमा मुस्कान फुल्थ्यो, जब हाम्रो अगाडि कुनै कठीनाई आउथ्यो, तब त्यसलाई हटाउनका लागि उहाँ सहायता गर्नु हुन्थ्यो । जब हामी चिन्ता र कठीनाइहरूमा अल्झिन्थ्यौ, तब उहाँ आफ्नो उत्साहवर्धक कुराकानीबाट हाम्रो चित्त बुझाउने र दिलबाट निराशा र
विपादको भावनालाई भगाउने काम गर्नु हुन्थ्यो ।
हाम्रो बुबालाई अत्यन्त कम मात्र फुर्सद मिल्थ्यो, फेरि पनि उहाँ हाम्रो प्रगति र आकांक्षामा तीव्र रुचि राख्नु हुन्थ्यो । उहाले हामीलाई पढ्नका लागि स्वयंले पुस्तकहरूको सूचि बनाइराख्नु भएको थियो, उहा हाम्रो स्कूलका रिपोर्टहरू र अध्यापकहरूका टिप्पणीहरू धेरै ध्यान दिएर जाँच्नु हुन्थ्यो ।
हाम्रो बुबा हामीबाट चाहे जत्ति नै टाढा रहनु भएको किन नहोस्, उहाँ हाम्रो कल्याणको लागि सधैं सधैं ध्यान राख्नु हुन्थ्यो । १९६० मा जब आनछिङ ताल्येनमा स्वास्थ्यलाभ गरिरहेका थिए, तब बुवाले उनलाई एउटा पत्र लेख्नु भएको थियो-
मेरो छोरा आनछिङ्ग,
अहिलेसम्ममा तिमीलाई मेरो पहिलेको पत्र प्राप्त भइसक्यो होला । तिम्रो स्वास्थ्य पहिलेभन्दा निकै राम्रो भइसकेको खबर सुनेर म अत्यधिक प्रसन्न भएँ । फेरि पनि तिमीले आफ्ना डाक्टरहरूको र तिम्रो सहायता र हेरचाह गर्ने कमरेडहरूको कुरामाथि अवश्य ध्यान दिनु पर्दछ, ता कि तिमी धैर्यपूर्वक स्वास्थ्य लाभ गर्दै पूर्णतः स्वस्थ्य हुन सक ।
आफ्नो धैर्य कहिले पनि नगुमाउनू... यदि तिमीलाई कुनै पत्र पठाउनु छ भने त्यो सिछि (सुङलिन) र शाओ ह्वालाई दिनू, जुन उनीहरू फर्कदा आफूसँगै लिएर आउन सक्छन् । भविष्यमा पनि यस्तै गरिरहनू । पत्र पठाउनका लागि अरु कसैलाई दुःख नदिनू । जहाँसम्म ताल्येन नगरपालिका समितिका कमरेडहरू र तिमीलाई हेरचाह गर्ने चिकित्सा दलका कमरेडहरूको कुरा छ, तिमीले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्नु पर्दछ । उनीहरू तिम्रो कल्याणको लागि सदैव अत्यधिक चिन्तित रहेका छन् र उनीहरूले तिम्रो लागि ती सबै काम- कुरा गरेका छन्, जुन उनीहरूको वशमा थियो । यो पत्र उनीहरूलाई पनि देखाउनू । म उनीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
तिम्रो मंगल कामना सहित,
तिम्रो बुबा
बुबा आनइङ्ग दाइलाई विशेष रुपले चाहनु हुन्थ्यो । उहाँ स्तालिनद्वारा बहुप्रशंसित चिनियाँ सोभियत लालसेनामा लेफ्टिनेन्ट हुनुहुन्थ्यो । उहाँले रणक्षेत्रमा वीरगति प्राप्त गर्नु भएको थियो । आनइङ्गको मृत्युपश्चात् बुबा धेरै लामो समयसम्म एक्लै गहिरो शोकमा डुबिरहनु भयो- प्यारो छोरा उनीबाट खोसिएको एउटा बूढो व्यक्ति झैं। उहाँले यो दुःखद समाचार हाम्री भाउजू सुङ्गलिङ्गबाट लुकाईराख्नु भएको थियो, ता कि उहाँले आफ्नो पूरा ध्यान आफ्नो अध्ययनमाथि केन्द्रित गरी राख्नसक्नुहोस् । यस अवधिमा उहाँ अक्सर गरेर शहीदहरूका वीरतापूर्ण काम कारवाहीहरूको उल्लेख गर्नु हुन्थ्यो । उहाँ हाम्रो परिवारका पाँच सदस्यहरूले कसरी कुन प्रकारले आफ्नो प्राण उत्स गरेका थिए भन्ने कुरा बताउनु हुन्थ्यो ।
बुबा आनइङ्ग दाइलाई विशेष रुपले चाहनु हुन्थ्यो । उहाँले रणक्षेत्रमा वीरगति प्राप्त गर्नु भएको थियो । आनइङ्गको मृत्युपश्चात् बुबा धेरै लामो समयसम्म एक्लै गहिरो शोकमा डुबिरहनु भयो- प्यारो छोरा उनीबाट खोसिएको एउटा बूढो व्यक्ति झैं।
त्यस बेला सुङ्गलिङ्ग भाउजू विल्कूल अन्धकारमा हुनुहुन्थ्यो र उहाँले हाम्रो बुबाका कुराकानीहरूको तात्पर्य के हो भन्ने कुरा बुझ्न सक्नु भएन । पछि जब यो दुःखद समाचार उहाँलाई सुनाइयो, तब उहाँ पनि गहिरो शोकमा डुब्नु भयो । उहाँ तथा दाइ आनइङ्ग आफ्नो विवाहको केवल एक वर्षभित्रै एक- अर्काबाट सदा-सदाका लागि विछोडिन भएको थियो ।
बुबालाई अरु बढी शोक नहोस् भनेर भाउजु आफ्नो कोठामा लुकी लुकी रुनु भयो । रातको भोजनको लागि उहाँ जब सबैसँग बस्नु भयो, तब बुबाले उहाँका राता र सुन्निएका आँखाहरू देखेर सत्य के हो, बुझी हाल्नुभयो । उहाँ हातमा च्यापस्टिकहरू लिएर धेरै समयसम्म विचारमा हराउनु भयो, र फेरि च्यापस्टिकहरू मेचमा त्यत्तिकै राखेर खाना नखाईकन नै उठ्नु भयो, त्यसपछि उहाँ भोजन कक्षबाट विस्तारै विस्तारै बाहिर निस्कनु भयो ।
'यो युद्ध हो र युद्धमा मानिसहरूको ज्यान त गईहाल्छ । आनइङ्ग मेरो छोरा भएकोले चीन र कोरियाका जनताका लागि आफ्नो प्राण दिन पर्दैन थियो भनेर कहिले पनि नसोच्ने छ्यौं ।'
त्यस घटनापछि भाउजू सङ्गलिङ्गले आफ्नो दुःखलाई भित्र-भित्रै दवाईराख्न भयो र आँसु पिएर हिँड्नु भयो । तर, बुबाले उहाँका भावनाहरू राम्ररी बुझ्नु भएको थियो । उहाँ भाउजू दिन-प्रतिदिन दुब्लो हुँदै गएको अनुहार हेर्नुहुन्थ्यो र उहाँलाई ढाडस दिएर भन्नु हुन्थ्यो- 'यो युद्ध हो र युद्धमा मानिसहरूको ज्यान त गईहाल्छ । आनइङ्ग मेरो छोरा भएकोले चीन र कोरियाका जनताका लागि आफ्नो प्राण दिन पर्दैन थियो भनेर कहिले पनि नसोच्ने छ्यौं ।'
जब आनइङ्ग दाइको मृत्युको समाचार सबैलाई थाहा भयो, तब बुवाले सुङ्गलिङ्गलाई भन्नु भयो- "अबदेखि तिमी मेरी सबैभन्दा ठुली छोरी हो।"
त्यस दिनदेखि उहाले विशेष रुपले सुङ्गलिङ्गलाई सधै स्नेहपूर्ण हेरचाह गर्नु भयो । उहाँ अक्सर उहाँका कपडाहरू, खाना तथा अन्य कुराहरूको बारेमा सोधपुछ गर्दै रहन् हुन्थ्यो र पत्रव्यवहारमा उहाँलाई “मेरी सबैभन्दा ठूली छोरी" को रुपमा सम्बोधन गर्नु हुन्थ्यो ।
जब आनइङ्ग दाइको मृत्युको समाचार सबैलाई थाहा भयो, तब बुवाले सुङ्गलिङ्गलाई भन्नु भयो- "अबदेखि तिमी मेरी सबैभन्दा ठुली छोरी हो।"
एक पटक सुङ्गलिङ्गले आनइङ्ग दाइका अवशेषहरू कोरियाबाट चीन ल्याउन लगाउनका लागि बुवासँग अनुमति माग्नु भयो । तर उहाले टाउको हल्लाएर आफ्नो असहमति जनाउनु भयो र भन्नु भयो- “शहीदहरूलाई जहाँ कहीं पनि गाड्न सकिन्छ । आखिर हामीले किन उनका अवशेषहरू यहाँ ल्याउने ? के चीनियाँ स्वयंसेवक दलका हजारौं शहीदहरूलाई कोरियामै गाडिएको होइन
र ?’’
बुवाको मन असीम सागर व्यापक थियो । उहाँ आफ्नो प्रेम र घृणाको कसी जन-समुदायका हितहरूलाई मान्नु हुन्थ्यो । अमेरिकी साम्राज्यवादीहरूले चिनियाँ राष्ट्रका हजारौं श्रेष्ठ छोरा-छोरीहरूलाई मार्यो, जसमा उहाँको आफ्नै प्यारो छोरा पनि समावेश थिए । तर चीनियाँ जनताका आधारभूत हितहरूका लागि र चीनियाँ जनता एवं अमेरिकी जनताको मैत्रीको लागि उहाँले अमेरिकाका अपराधहरुलाई एकातिर अलग्ग राखेर चीन र अमेरिकाबीच राजनैतिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्वयं आफ्नै हातले ढोका खोल्नु भएको थियो ।
उहाँ हाम्रो लागि एक जना नेता हुनुका साथसाथै एक जना दयालु पिता पनि हुनुहुन्थ्यो । दुःख र शोकसित सामना हुँदा उहाँको दयालु पिताको स्वरुप एउटा विरालाकोटीको शक्तिशाली व्यक्तिमा परिणत हुन्थ्यो । आफ्नो पतिको अचानक मृत्युभएपछि सुङ्गलिङ्गलाई कति गहिरो मानसिक आघात पर्यो होला, त्यो बुबालाई राम्ररी थाहा थियो ।
१९५९ मा भाउजू सुङ्गलिङ्गको अनुरोधमा उहाँले स्वयं आफ्नै तलबको पैसाले भाउजूलाई कोरिया पठाउने यात्राको व्ययको व्यवस्था गर्नु भयो र शाओ हवालाई सुङ्गलिङ्गसँगै पठाउने प्रबन्ध गर्नु भयो, ता कि उहाँले दाइ आनइङ्गको चिहानमा गएर एउटी पत्नीको नाताले उहाँलाई श्रद्धाञ्जलि अर्पित गर्न सक्नुहोस् । यसमा कोरियाली सरकारलाई कनै समस्या नहोस भनेर कमरेड रन रुङ्गको नेतृत्वमा एउटा प्रतिनिधि मण्डलको साधारण सदस्यको हैसियतले सुङ्गलिङ्ग र शाओ हवा कोरिया जानु भयो, उहाँहरू स्वयं हाम्रो राजदूतावासमा बस्नु भयो र केही दिनभित्रै देश फर्कनु भयो ।
१९५९ मा भाउजू सुङ्गलिङ्गको अनुरोधमा उहाँले स्वयं आफ्नै तलबको पैसाले भाउजूलाई कोरिया पठाउने यात्राको व्ययको व्यवस्था गर्नु भयो र शाओ हवालाई सुङ्गलिङ्गसँगै पठाउने प्रबन्ध गर्नु भयो, ता कि उहाँले दाइ आनइङ्गको चिहानमा गएर एउटी पत्नीको नाताले उहाँलाई श्रद्धाञ्जलि अर्पित गर्न सक्नुहोस् ।
कोरियाको प्योआन प्रदेशको हवेइछाङ्ग जिल्लामा निर्मित चीनियाँ जन-स्वयं सेवकहरूको शहीद समाधि- क्षेत्र पहाडहरूबीच अवस्थित थियो । त्यो ठाउँ अग्ला अग्ला देवदार र राइसल्लाका रुखहरूले घेरिएको थियो र पहाडहरूको बीचबाट निर्मल जलधाराहरू मन्द मन्द गतिमा बगिरहेका थिए, जसबाट त्यहाँको वातावरण विशेष रुपले शान्त र चित्ताकर्षक प्रतीत हुन्थ्यो ।
जब हामीले अग्ला अग्ला सिंढीहरू चढेर शहीद समाधिक्षेत्रमा प्रवेश गर्यो, तब हामीले लाइनमा गोलाकार चिहान देख्यौं । प्रत्येक चिहानको अगाडि एउटा- एउटा समाधि- पत्थरमा शहीदहरूको नाम लेखिएको थियो । कुल मिलाएर एक सयभन्दा बढी श्रेष्ठ चीनियाँ छोरा- छोरीहरू त्यहाँ चीर-निन्द्रामा शान्तिपूर्वक सुतिरहेका थिए– उनीहरूले स्वयं आफ्नो रगतले एउटा मैत्रीपूर्ण छिमेकी देशमा सर्वहारा अन्तर्राष्ट्रियवादको स्मारक निर्मित गरेका थिए ।
दाजु आनइङ्गको समाधि- पत्थरमा यी शब्दहरू लेखिएका थिए- “कमरेड माओ आनइङ्गको चिहान ।"
त्यसको पछाडि नै यो अभिलेख अंकित थियो- “कमरेड माओ आनइङ्ग हुनान प्रान्तको श्याङ्गथान काउन्टीको शाओशान गाउँका मूल निवासी हुनुहुन्थ्यो, चीनियाँ जनताका महान नेता कमरेड माओ त्सेतुङ्गको सबैभन्दा ठूला छोरा हुनुहुन्थ्यो । १९५० मा उहाँले चीनियाँ जन स्वंय सेवक दलमा शामेल हुने दृढ संकल्प गर्नु भयो र उहाँले अमेरिकी आक्रमणको प्रतिरोध तथा कोरियाको सहायता गर्नका लागि युद्धमा लड्दै वीरगति प्राप्त गर्नुभयो । कमरेड माओ
आनइङ्गको देशभक्ति र अन्तर्राष्ट्रियवादको भावनाले भावी पिढीलाई सदा शिक्षित र प्रेरित गरिरहेने छ । शहीद माओ आनइङ्गको गौरव अनन्त कालसम्म कायम रहनेछ ।”
कोरियाली जनताद्वारा दाजु आनइङ्ग र अन्य शहीदहरूको चिहानलाई सावधानीपूर्वक हेरचाह गरिंदै छ भन्ने कुरा देखेर उनीहरूका निकटतम सम्बन्धीहरूलाई अत्यन्त सन्तोष मिल्यो ।
कोरियाका सबै जनतालाई थाहा छ–
अध्यक्ष माओत्सेतुङ्गका सबैभन्दा ठूला छोरा माओ आनइङ्गले आफ्नो राष्ट्रिय मुक्तिको कार्यको लागि आफ्नो प्राण नै आहूति गर्न भएको थियो । उनीहरू वर्षमा दुई पटक शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दछन् ।
कोरियाली जनताद्वारा दाजु आनइङ्ग र अन्य शहीदहरूको चिहानलाई सावधानीपूर्वक हेरचाह गरिंदै छ भन्ने कुरा देखेर उनीहरूका निकटतम सम्बन्धीहरूलाई अत्यन्त सन्तोष मिल्यो ।
सङ्गलिङ्ग र शाओ ह्वाले समाधि क्षेत्रमा केही फोटोहरू खिचे, त्यसपछि उनीहरू चीन फर्किए । तथा उनीहरूले आफ्नो यात्राको वृत्तान्त बुबालाई सुनाए ।
दाजु आनइङ्गको मृत्यपछि बुबा अक्सर गरेर उहाँको बारेमा चर्चा गर्नु हुन्थ्यो । उहाँको भनाइ थियो- आनइङ्ग त्यस्तो नवयुवक हुनुहुन्थ्यो, जो समस्याहरूको स्वतन्त्र रुपले विश्लेषण गन सक्नुहुन्थ्यो तथा उहाँको आफ्नै धारणाहरू थिए । बुबाले धेरै पटक हामीलाई भन्नु भयो- ‘हामीले आनइङ्गवाट सिक्नु पर्दछ र उहाँलाई याद गर्नु पर्दछ ।’ हाम्रो बुबाका यी स्नेहपूर्ण शब्दहरू हामीलाई अहिले पनि राम्ररी याद छ ।
बुवा हरेक त्यस्ता व्यक्तिहरूको स्मृतिलाई आफ्नो हृदयमा सजाएर राख्नु हुन्थ्यो, जसले क्रान्तिका लागि आफ्नो प्राण उत्सर्ग गरेका थिए ।
१९८३ मा लिखित । (मूल्याङ्कन मासिक माघ २०५१ मा प्रकाशित)
image: https://i.ytimg.com/vi/MMl4wjQFDQA/maxresdefault.jpg
प्रतिक्रिया