विशालकाय ब्लु ह्वेलको साँघुरो घाटी !

पृथ्वीको सबैभन्दा ठूलो जनावर हो ब्लु ह्वेल (Balaenoptera musculus) । यो यति विशाल हुने गर्छ कि यसको मुखभित्र मात्रै करिब १०० जनाजति मानिस अटाउन सक्छ । त्यसमा एकै पटक १०० टन पानी र खाना अटाउन सक्छ ।

तर विशालकाय शरीर र मुख मात्रै त्यत्रो ठूलो भएको यो जीवको घाटी र भोजननली भने अत्यन्तै साँघुरो हुने गर्छ । त्यसको घाटीको चौडाइ लगभग १०–१५ इन्च (२५–३८ सेन्टिमिटर) मात्र हुन्छ। फलत: संसारकै सबैभन्दा विशालकाय शरीर भएको यो जीवले ठूला प्राणी वा भोजनहरु भने निल्न सक्दैन ।

घाटी किन यति सानो छ?

ब्लु ह्वेल ‘फिल्टर फिडर’ हुन् । क्रिल नामक साना समुद्री जीवहरू यसको मुख्य आहार हुन् ।  क्रिल झिँगा माछा जस्ता साना करिब १–२ इन्च लामो क्रस्टेशियन हुन्। भोजनको क्रममा ब्लु ह्वेलले एकै पटक धेरै मात्रामा पानी र क्रिल मुखभित्र हुल्ने गर्छ, त्यसपछि पानीलाई बलिन प्लेट (baleen plates) मार्फत बाहिर फाल्छन् र मुखभित्र क्रिल मात्र बाँकी रहन्छ। तिनै क्रिललाई ब्लु ह्वेलले खाएर पेट भर्ने गर्छ । सानो घाटी भएको कारण यसले ठूलो शिकार निल्न सक्दैन । प्रकृतिको विकासक्रमले तिनको घाटीलाई फराकिलो बनाएको छैन।

यो शारीरिक सीमितताले गर्दा ब्लु ह्वेलले  विशाल आकारको शरीर भए पनि  मानिस वा उनीहरूको सामान्य आहारभन्दा ठूलो माछाजस्ता वस्तु निल्न सक्दैनन्।  सानो घाटी हुने हुनाले तिनीहरूले केही गरी खानाको खोजी गर्ने क्रममा गल्तीले  फोहोर वा प्लास्टिकजस्ता समुद्री अवशेषहरू निल्न पुगे भने निसासिन सक्ने जोखिम पनि रहन्छ ।

वास्तवमा, उनीहरूको आकार र घाटीको संरचना, उनीहरूको विशिष्ट पारिस्थितिक भूमिकामा फल्ने-फूल्ने गरी विकास भएको एक अद्भुत उदाहरण हो।यसले कुनै पनि प्राणी सर्वगुण सम्पन्न हुने हुँदैन भन्ने कुरा हामीलाई स्मरण गराउँछ ।