प्रकृतिको अनुपम खाद्य उपहार बदाम: जाडो महिनामा यस कारण खानुपर्छ !
जाडो मौसम शुरु भएको छ । यसका साथसाथै बजारमा ठेलाहरुमा तथा डालोहरुमा भुटेको बदाम पनि बेचिन थालेका छन् । वास्तवमै जाडो मौसममा बदाम प्रकृतिले मानव जातिलाई दिएको स्वस्थकर खाद्य उपहार हो । जाडो मौसममा बदाम खानुका धेरै फाइदाहरु छन् । आउनुहोस्, तिनका बारेमा सामान्य चर्चा गरौं ।
जाडो महिनामा बदाम खानु स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ। यसले हृदय, मस्तिष्क, र छालालाई फाइदा पुर्याउँछ। पोषणको सन्तुलन कायम राख्न बदामलाई आहारमा समावेश गर्नु बुद्धिमानी हो। तर, सावधानीका साथ सेवन गर्दा मात्र यसको अधिकतम लाभ उठाउन सकिन्छ।
जाडोमा शरीरलाई न्यानो राख्न आवश्यक फ्याट
जाडो महिनामा चिसो हावाले शरीरलाई ठण्डा बनाउँछ। यस्तो समयमा खानपानले शरीरलाई न्यानो बनाउने भूमिका खेल्छ। खासगरी, बदाममा मोनो-अन्स्याचुरेटेड र पोली-अन्स्याचुरेटेड फ्याट पाइने गर्छ । मुटुको लागि समेत स्वस्थकर मानिने यी तैलीय तत्त्वहरुले शरीरलाई चाहिने आवश्यक ऊर्जा दिन्छ र जाडोमा शरीरलाई न्यानो राख्न मद्दत पुर्याउँछ।
हृदयको स्वास्थ्य सुधार:
बदाममा मोनो-अन्स्याचुरेटेड फ्याट हुन्छ, जसले "खराब कोलेस्ट्रोल" (LDL) घटाएर "राम्रो कोलेस्ट्रोल" (HDL) को स्तर बढाउँछ। यसले हृदयघात र अन्य कार्डियोभास्कुलर रोगहरूको जोखिम कम गर्छ । त्यसै गरी बदाममा म्याग्नेसियम (Magnesium) उच्च मात्रामा पाइन्छ, यसले रक्तचाप नियन्त्रण र नसालाई स्वस्थ राख्न, तनाव कम गर्नु, मांसपेशीको संकुचन घटाउनु, र समग्रमा हृदयलाई स्वस्थ राख्नु सहयोग गर्छ । बदाममा पाइने मोनो-अन्स्याचुरेटेड फ्याट ले ‘खराब कोलेस्ट्रोल’ (LDL) घटाएर ‘राम्रो कोलेस्ट्रोल’ (HDL) को स्तर बढाउन सहयोग गर्छ । यस हिसाबले । यसले हृदयघात र अन्य कार्डियोभास्कुलर रोगहरूको जोखिम कम गर्छ
प्रोटिनको राम्रो स्रोत
जाडोमा थकान र अल्छी लाग्ने गर्छ । खासगरी, चिसोको कारण काम गर्ने जाँगर नै हराएर जाने गर्छ । यस्तो अवस्थामा हाम्रो शरीरलाई थकान घटाएर दिनभर ऊर्जाशील बनाइराख्न प्रोटिनयुक्त खाना आवश्यक पर्छ ।
बदाममा पर्याप्त मात्रामा प्रोटिन पाइने गर्छ । एक चौथाइ कप बदामले ६ ग्राम प्रोटिन दिन्छ, जुन मांसपेशी निर्माण, मर्मत, र शरीरको वृद्धि प्रक्रियाका लागि आवश्यक छ। बदाममा पाइने प्रोटिनले ऊर्जा दिन्छ र जाडोको दिनमा पनि थकान हटाउन तथा शरीरलाई उर्जाशील राख्न सहयोग गर्छ । त्यसैले पनि जाडो महिनाको आहारमा बदाम थप्नु एक राम्रो उपाय हो।
पाचनमा सुधार
बदाममा प्रशस्त मात्रामा फाइबर (Fiber): पनि पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो कि खाद्य फाइबर पाचन प्रणालीलाई सुधार गर्न र कब्जियतजस्ता समस्या कम गर्न महत्त्वपूर्ण हुन्छ। यसले कोलेस्ट्रोल घटाउन पनि मद्दत पुर्याउँछ ।
रोग प्रतिरोधात्मक क्षमतामा सुधार
मौसम परिवर्तनको समयमा चिसो लाग्ने वा एलर्जी हुने जोखिम बढ्छ। यस अवस्थामा बदामले रोग प्रतिरोधात्मक प्रणाली (immune system)लाई बलियो बनाउन मद्दत गर्छ।खासगरी, बदाममा उच्च मात्रामा पाइने भिटामिन ईले एन्टिअक्सिडेन्टको राम्रो स्रोतको रूपमा काम गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर फ्लु, चिसो र अन्य संक्रमणहरूबाट हुने मौसमी रोगहरू लाग्नबाट जोगाउँछ । बदाममा एन्टिअक्सिडेन्ट, भिटामिन ई, र जिंक हुन्छ। यी तत्त्वहरूले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछन् र चिसो मौसममा भाइरल संक्रमणहरूबाट जोगाउँछन् ।
छालाको सुरक्षा
जाडोमा छालामा सुख्खापन र चाउरीपनको समस्या बढ्छ। बदाममा पाइने बायोटिन (Biotin) जस्ता पोषकतत्त्वहरूले छालाको स्वास्थ्यलाई मजबुत बनाउँछ।त्यसले छालाको सुख्खापन हटाएर छालामा चमक र नमी ल्याउन सहयोग पुर्याउँछ । फलत: जाडोमा छालालाई स्वस्थ र सुन्दर राख्छ।
बदाम एन्टिअक्सिडेन्टको स्रोत हो। यसमा पाइने भिटामीन ई (Vitamin E) ले छालालाई नरम राख्छ र चाउरीपन घटाउन मद्दत गर्छ। यसले छालाका अलावा कपालको स्वास्थ्य सुधार गर्नुका साथै हृदयको स्वास्थ्य पनि कायम राख्छ।
मस्तिष्क स्वास्थ्य:
बदामको दैनिक सेवनले मस्तिष्कको स्मरण शक्ति बढाउनका साथै एकाग्रता सुधार गर्न मद्दत गर्दछ। यसमा पाइने रिबोफ्लाभिन र एल-कार्निटिनले न्यूरोलोजिकल समस्याबाट बचाउँछ। त्यसैले विद्यार्थीहरू र मानसिक श्रम गर्ने व्यक्तिका लागि बदाम खानु विशेष लाभदायक मानिन्छ।
हड्डी बलियो बनाउन
बदाममा पाइने क्याल्सियम म्याग्नेसियम, फस्फोरस, र जिंक जस्ता खनिजले हड्डीको स्वास्थ्य सुधारको काम गर्छ । बदाममा भएका यी महत्त्वपूर्ण खनिज तत्त्वहरूले जाडो महिनामा हड्डी बलियो र स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यसैगरी, हड्डीसम्बन्धी समस्याहरू (जस्तै, अस्थिसज्जा) रोक्न बदाम विशेष उपयोगी हुन्छ।
एक चौथाइ कप बदामले एउटा वयस्क मानिसको दैनिक क्याल्सियम आवश्यकता लगभग १०% पूरा गर्छ। त्यसैले बालबालिका, वयस्क र वृद्ध व्यक्तिहरूका लागि बदाम खानु हड्डी बलियो बनाउन फाइदाजनक मानिन्छ। बदाममा पाइने क्याल्सियमले हड्डीको संरचना बलियो बनाउन र अस्थिसम्बन्धी रोगहरू रोक्न मद्दत गर्छ । यसमा पाइने खनिज तत्त्व म्यान्गनीज (Manganese) ले शरीरको ऊर्जा उत्पादन र बोन म्याट्रिक्स (bone matrix) निर्माणमा भूमिका खेल्छ। यसले शरीरको एन्जाइमको कार्यमा सुधार ल्याउने र हड्डीलाई बलियो बनाउने काम गर्छ ।
तौल नियन्त्रण
बदाममा फाइबर र प्रोटिन उच्च मात्रा भए पनि यसले सन्तुलित स्न्याकको काम गर्छ। यसले अनावश्यक भोक कम गरी तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
मनोवृत्ति सुधार गर्ने ट्रिप्टोफान
जाडोमा धेरै कपडा लगाएर ओछ्यानमा बस्न मन लाग्नु स्वाभाविक हो, तर यसले कहिलेकाहीँ मानिसमा एकरूपता र उदासी महसुस गराउँछ।यस्तो समस्याबाट बचाउने काम बदामले गर्छ । खासगरी पाइने ट्रिप्टोफान नामक एमिनो एसिडले सेरोटोनिन उत्पादनमा सहयोग गर्छ, जसले मानसिक अवस्थामा सुधार ल्याएर जाडो महिनाको उदासीबाट बच्न मद्दत गर्दछ।
रगतमा चिनीको मात्रा नियन्त्रण
बदामको ग्लाइसेमिक सूचकांक (glycemic index) कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यसैले मधुमेह भएका व्यक्तिहरूका लागि बदाम एक सुरक्षित र स्वस्थ स्न्याकको रूपमा मानिन्छ।
अत्यधिक बदाम खाँदा हुने समस्याहरू
हरेक कुराको फाइदा हुन्छ तर त्यसको मात्रा र परिमाण बढी भयो भने त्यसले फाइदा मात्रै हैन, बेफाइदा पनि गर्न सक्छ । यो कुरा बदामको हकमा पनि लागू हुन्छ ।
तौल बढ्ने जोखिम
बदाम धेरै खाँदा हुने एउटा समस्या भनेको तौल बढ्ने जोखिम हो । बदाममा उच्च फ्याट हुने भएकाले यसको अत्यधिक सेवन गर्दा अनावश्यक तौल बढ्न सक्छ।
एउटा सानो मुट्ठी (लगभग २८ ग्राम) बदाममा १७० क्यालोरी हुन्छ। हाम्रो शरीरलाई दैनिक १६००–२४०० क्यालोरी आवश्यक हुन्छ। बदाम जस्तै क्यालोरीयुक्त स्न्याक धेरै खाँदा दिनभरको आवश्यक क्यालोरी सीमा पार गर्न सक्छ, जसले वजन बढाउँछ।
खनिज तत्वहरूको अवशोषण रोकावट
बदाममा विविध खालका पोषक तत्त्वहरु मात्र पाइँदैन, बढी हुँदा शरीरलाई भार पार्न सक्ने केही तत्त्वहरु पनि पाइने गर्छ । खासगरी, हामीले अत्यधिक रुपमा दिनहुँ बदाम खायौं भने त्यसमा पाइने फाइटिक एसिड (Phytic Acid) ले शरीरमा फलाम, जिंक, क्याल्सियम, र म्याग्नेसियम जस्ता खनिजहरूको अवशोषणमा बाधा पुर्याउन सक्छ। लामो समयसम्म अत्यधिक बदाम सेवन गर्दा शरीरमा खनिजको कमी, आन्द्रामा जलन, र एलर्जी हुन सक्छ।
उच्च रक्तचापको सम्भावना
बदाम प्राकृतिक रूपमा सोडियमको मात्रा कम हुने खाद्य पदार्थ हो। तर, बजारमा तयारी खाद्य वा स्न्याक्सको रुपमा पाइने बदाममा नुनको मात्रा अत्यधिक हुने गर्छ । खासगरी, त्यस्ता तयारी स्न्याक्समा नुनको मात्रा स्वादको लागि मात्र हैन, खाद्य सुरक्षाका लागि पनि अत्यधिक बढी नै राखिएको हुन्छ । त्यस्ता नुनिलो बदाम स्न्याकको बढी मात्राले रक्तचाप बढाउन सक्छ।
सुन्निने समस्या
बदाममा ओमेगा-६ फ्याटी एसिड उच्च र ओमेगा-३ कम हुने गर्छ । त्यसैले शरीरमा बदामको मात्रा आवश्यकताभन्दा बढी भयो भने त्यसले असंतृप्त फ्याटहरूको अनुपातमा असन्तुलन ल्याउन सक्छ। त्यसरी ओमेगा-३ र ओमेगा-६ को अनुपात असन्तुलित हुँदा शरीरमा सुन्निने समस्याहरु देखापर्न सक्छ।
एलर्जीको समस्या
बदाम मीठो र राम्रो खानेकुरा त हो तर यसले कतिपयलाई एलर्जीको समस्या पनि गर्न सक्छ । त्यसैले बदाम खाँदा शुरुमा थोरै परिणाममा खाने र त्यसले एलर्जीको समस्या पैदा गर्छ कि गर्दैन हेर्ने गर्नु राम्रो हुन्छ । पश्चिमा मुलुकहरुमा त बदामबाट हुने एलर्जी निकै सामान्य छ। त्यसैले कतिपय देशहरुमा त खानेकुराहरुमा बदाम छ भने त्यसको जानकारी प्याकेजमै उल्लेख गर्नुपर्ने नियम नै पनि बनेका हुन्छन् ।
त्यसैगरी खानेकुराहरु पकाउँदा बदामको तेल रुचाउनेहरुले त्योसँग अरु तेलहरु मिसाउनु हुँदैन । त्यसरी बदामको तेलमा अर्को तेल मिसाएर प्रयोग गर्दा क्रस-कन्ट्यामिनेसन भएर एलर्जी हुने जोखिम रहन्छ।
सामान्यत: बदामको एलर्जीमा अरु एलर्जीहरुमा जस्तै छालामा खटिरा आउनु, स्वासप्रश्वासमा कठिनाइ, र पखाला लाग्ने लक्षणहरु देखापर्न सक्छ । त्यस्तो अवस्था आएमा तुरुन्तै चिकित्सकको सहायता लिनुपर्छ ।
सारांशमा भन्दा ‘कुनै पनि कुरा आवश्यकताभन्दा धेरै हुँदा हानिकारक हुन्छ" भन्ने भनाइ बदामको हकमा पनि लागू हुन्छ। त्यसैले स्वास्थ्यको लागि फाइदा गर्ने बदामलाई सन्तुलित मात्रामा खाने हो भने मात्र यसका पोषक तत्त्वहरूको फाइदा लिन सकिन्छ।
प्रतिक्रिया