प्रमुख राष्ट्रहरु बीच सुलहको महत्ता

सन् १९६२को प्रसंग हो । सोभियत संघले क्युवाको प्रतिरक्षा भनेर धमाधम ब्यालिस्टिक मिसाइल क्युवा पठाउन थाल्यो । आफ्नै करेसाबारी नजिक आफ्नो प्रतिद्वन्दीको यो हर्कत देखेर संयुक्त राज्य अमेरिका क्रोधित नहुने कुरो भएन ।
कुरो के थियो भने अमेरिकाले अघिल्लो वर्ष मात्रै इटली र टर्कीमा आणविक मिसाइल राखी सकेको थियो । यसले, खास गरी टर्कीमा राखिएको मिसाईलले गर्दा सोभियत संघ आफ्नो सुरक्षामा खतरा उत्पन्न गराएको महसुस गर्न पुग्यो । अनि उसले पनि प्रत्युत्तरमा क्युबामा त्यस्तै मिसाइल राख्ने चाँजोपाँजो मिलायो ।
क्युवामा अलिक अघि मात्रै क्रान्तिमार्फत सोभियत मैत्री शासन प्रणाली स्थापना भएको थियो, जो अमेरिकाको निम्ति सुखद थिएन । त्यसैले सोभियत चाललाई रोक्न अमेरिकाले क्युबामा नाकाबन्दी लगायो । अनि भने आणविक शक्ति सम्पन्न यी दुई राष्ट्र आमुन्ने सामुन्ने हुन पुगे, तिनिहरु बीच झडप हुने संकट उत्पन्न भयो । यस संकटलाई टार्न दुवै देश गंभीर भएर कुटनीतिक पहल गरे । अन्तत: सोभियत संघ क्युबाबाट पछि हट्ने र अमेरिका टर्कीबाट पछि हट्ने अर्थात त्यहाँबाट मिसाइल हटाएर संकटमोचन गर्न सहमत भए । यो दुवैको निम्ति ‘विन विन’ अवस्था थियो ।
यस्तो समझदारीमा किन आउनु थियो ? यसको भेउ सन १९६३ मा तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी युनिभरसिटीमा दिएको एक भाषणमा पाउन सकिन्छ । त्यसमा उनले भनेका थिए :
क्युवामा अलिक अघि मात्रै क्रान्तिमार्फत सोभियत मैत्री शासन प्रणाली स्थापना भएको थियो, जो अमेरिकाको निम्ति सुखद थिएन । त्यसैले सोभियत चाललाई रोक्न अमेरिकाले क्युबामा नाकाबन्दी लगायो । अनि भने आणविक शक्ति सम्पन्न यी दुई राष्ट्र आमुन्ने सामुन्ने हुन पुगे, तिनिहरु बीच झडप हुने संकट उत्पन्न भयो ।
"आणविक शक्ति सम्पन्न राष्ट्रहरुले आफ्ना विरोधीलाई अपमानजनक ढंगले पछि हट्नु पर्ने वा आणविक युद्धको छनौट गर्नु पर्ने स्थितिमा धकेल्ने गरी द्वन्द कदापि भड्किन दिनु हुँदैन । आणविक जमनामा त्यस्तो दिशा लिनुको भनेको या त हाम्रा नीतिमा दिवालियापन छ या त हामी आफू विश्वको नै सामुहिक आत्मदाहको मनोकामना राख्दछौं भन्ने दशी मात्रै हो ।"
"यतिबेला पुर्ण युद्धको कुनै अर्थ छैन जतिखेर प्रमुख राष्ट्रहरु ठुला र तुलनात्मक कमसल आणविक शक्ति सम्पन्न छन् र यिनको प्रयोग नगरी आत्मसमर्पण गर्न राजी भई हाल्ने वाला पनि छैनन् । दोश्रो विश्वयुद्धमा संयुक्त गठबन्धनको वायु सेनाले जे जति विष्फोटक शक्ति प्रयोग गरेको थियो, त्यो भन्दा दशौं गुणा बढी विस्फोटक शक्ति अहिले एउटै आणविक हतियारमा हुने गरेको छ । यस्तो बेला त्यस्तो युद्धको कुनै अर्थ छैन । एक अर्काले आणविक हतियार प्रयोग गर्दा त्यसबाट उत्सर्जन हुने अत्यन्त घातक विषालु ग्याँस र विकिरण जल, थल र भुमण्डल हुँदै संसारको दुरदराजसम्म पुग्छ र पींडी दर पींडी र अहिले जन्मी नसकेको भवी पींडीलाई समेत सताउँछ । त्यस्तो युद्धको कुनै अर्थ छैन ।"
केनेडी भन्दै थिए, शान्ति रक्षाको नाममा आणविक हतियार निर्माणमा अरवौं डलर खर्च भई रहेको छ, त्य्सको के अर्थ छ ?! बरु त्यस्तो फजुल खर्चलाई दुनियाँमा शान्ति कायम गर्न र अरु मानवीय कल्याणका काममा खर्च गर्न सकिन्छ ।
आणविक शक्ति सम्पन्न राष्ट्रहरुले आफ्नो अस्तित्वको खतरा देखे भने आफूसंग भएको आणविक हतियार प्रयोग गरी छोड्छन् । मरता क्या नहिं करता ! यो अवस्था भनेको भयानक हो, जसको कल्पनासम्म गर्न सकिँदैन । केनेडीले त्यस भाषणमा आणविक युद्धको विभत्सता र भयानकतालाई आँकेर त्यसलाई भड्किन नदिने पक्षमा थिए ।
आणविक शक्ति सम्पन्न राष्ट्रका आपसी सम्बन्धमा हुने द्वन्दको उचित व्यवस्थापन हुन सकेन भने 'विश्वकै सामुहिक आत्मदाह' जस्तो घोर अनिष्टकारी परिणाम निस्कन बेर छैन भनेर उतिखेर यस्तो सुझबुझ राख्नु, जतिखेर शीतयुद्धमा दुइटै शक्ति बडोजोडतोडले लागेका थिए, लरतरो कुरा थिएन । दुवै राष्ट्रले साझा मानवीय भविष्य प्रति जिम्मेवारी बोध गरे ।
आणविक शक्ति सम्पन्न राष्ट्रका आपसी सम्बन्धमा हुने द्वन्दको उचित व्यवस्थापन हुन सकेन भने 'विश्वकै सामुहिक आत्मदाह' जस्तो घोर अनिष्टकारी परिणाम निस्कन बेर छैन भनेर उतिखेर यस्तो सुझबुझ राख्नु, जतिखेर शीतयुद्धमा दुइटै शक्ति बडोजोडतोडले लागेका थिए, लरतरो कुरा थिएन ।
आज सोभियत संघ अस्तित्वमा छैन तर उसको आणविक शक्तिको बिंडो रुसले संहालेको छ । सोभियत संघको विघठन र पुर्वी युरोपमा समाजवदको अवसान हुँदा सम्म १२ वटा मुलुक रहेको नाटो अहिले आएर रुसको युरोपीय मुखको सामुन्ने बिस्तार हुँदै ३२ वटा पुगेका छन् । नाटोलाई युरोपमल मात्र होइन, इण्डो प्यासिफिक क्षेत्रमा पनि नाटो प्लसको अवधारणामा विस्तार गर्न कोशिस भई रहेका छन् । उल्टी गंगा जबकि दुनियाँ बहुध्रुवीय विश्व संरचनामा रेसेटिङ हुँदैछ ।
त्यतिमात्र होइन, आज फेरि अमेरिका समेतका नाटो मुलुक र रुस बीच उक्रेनमा छद्म युद्ध चलिरहेको छ । उनीहरु बीच आणविक हतियारको प्रयोग नभए पनि घातक मारक क्षमता भएका हतियारले विनास लिला मचाइरहेको छ । उक्रेनको त बर्बाद भइरहेको छ रुसको भित्री भागमा सम्म पुग्ने लंग रेंज मिसाइल प्रयोग हुन थालेका छन् । अनि भने रुसले आफ्नो आणविक सिद्धान्तलाई नै फेरबदल गरेर आणविक हतियार प्रयोग गर्ने चेतावनी दिइसकेको छ । साँच्चै नै आणविक हतियारको प्रयोग भयो भने ?! के हविगत होला ?! दुनियाँ सन्त्रस्त छ । कृया प्रतिकृयामा हुने आणविक हातहतियारको प्रयोग, त्यसले सृजना गर्ने विश्व युद्ध र अन्तत: त्यसले विश्वको विनास बाहेक अरु के नै गर्दछ र ?! यो सन्त्रास र संभाव्य विनासलिलाबाट मानव जातिलाई जोगाउन प्रमुख राष्ट्रहरु साझा सहमतिमा अत्यन्त जरुरी भएको छ र त्यसको विकल्प छैन ।
उक्रेनको त बर्बाद भइरहेको छ रुसको भित्री भागमा सम्म पुग्ने लंग रेंज मिसाइल प्रयोग हुन थालेका छन् । अनि भने रुसले आफ्नो आणविक सिद्धान्तलाई नै फेरबदल गरेर आणविक हतियार प्रयोग गर्ने चेतावनी दिइसकेको छ । साँच्चै नै आणविक हतियारको प्रयोग भयो भने ?! के हविगत होला ?!
आज केनेडी त छैनन् तर उनको माथिको भनाइको मर्म आज झन सान्दर्भिक भएको छ र उनको भवधारामा सहमत ठूलो विश्व जनमत छ र त्यसैको साझा प्रयत्नमा मात्रै त्यस्तो दुर्घटना नआउने बारेमा ढुक्क हुन सकिन्छ । राम्रो र सहज उपाय त प्रमुख राष्ट्रहरु बीच बेलैमा साझा सहमतिमा आउनु, सुलह हुनु हो । हामी विश्व शान्ती, सुरक्षा र साझा मानवीय हितको निम्ति कामना गर्न सक्छौं, आवाज दिन सक्छौं र आफ्नो औकातमा योगदान दिन सक्छौं ।

आर्थिक संकटको संघारमा नेपाल

पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो

विद्यादेवी भण्डारीको पुनरागमनः पदको विखण्डन र पुस्तान्तरण

पश्चिम एशियामा अमेरिकी उपस्थिति: विश्व शान्तिको पहरेदारी कि साम्राज्यवादको स्वा…

इरानको सम्भावित जवाफ: स्ट्रेट अफ हर्मुज नाकाबन्दी र परमाणु बमको परीक्षण?

मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

प्रतिक्रिया