संसारभरिमा एक अर्बभन्दा धेरै मानिसहरू चरम गरिबी

संयुक्त राष्ट्रसंघले भर्खरै विश्वमा गरिबीको अवस्था बारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदन संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहलद्वारा द्वारा तयार पारिएको हो। संयुक्त राष्ट्र विकास कार्यक्रम र अक्सफोर्ड विश्वविद्यालय २०१० देखि नै प्रत्येक वर्ष बहुआयामिक गरिबी सूचकांक प्रकाशित गर्दै आएका छन्, जसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर सहित १० वटा सूचकहरूलाई आधार बनाइएको हुन्छ। यस वर्षको सूचकांकमा विश्वका ११२ देशका तथ्यांकहरूको विश्लेषण गरिएको छ, जहाँ विश्वको ६.३ अर्ब जनसंख्या बसोबास गर्छ।

रिपोर्टका अनुसार संसारभरिमा एक अर्बभन्दा धेरै मानिसहरू चरम गरिबीमा जीवनयापन गरिरहेका छन्, जसमध्ये आधाभन्दा धेरै बालबालिका छन्। ति मध्ये ४० प्रतिसत मानिसहरु द्वन्दग्रस्त र अस्थिर देशहरुमा रहने गरेका छन्। रिपोर्टका अनुसार ८३ प्रतिशतभन्दा बढी गरिब मानिसहरू ग्रामीण क्षेत्रहरूमा बस्छन्। त्यस्तै गरिवीको मुख्य केन्द्र सव-सहारा अफ्रिका र दक्षिण एसियामा रहेको छ। बिश्वमा १.१ अर्ब मानिसहरू चरम गरिबीमा जीवनयापन गरिरहेका छन्, जसमध्ये लगभग आधा मानिसहरु पाँच देशहरू– भारत (२३.४ करोड), पाकिस्तान (९.३ करोड), इथियोपिया (८.६ करोड), नाइजेरिया (७.४ करोड) र कंगो (६.६ करोड) मा बसोबास गर्छन्।

एजेन्सीहरूको सहयोगमा