सजिलो थिएन आदिम मानवको जीवन !

पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– १

पृथ्वीको स्वरूप कस्तो छ?

पृथ्वीको स्वरूप कस्तो छ? – प्रश्न अनौठो छ, हैन र? सबैलाई थाहा छ कि पृथ्वी गोलो छ। हामी बीसौं शताब्दीका मानिसहरूको लागि पृथ्वीको गोलो आकार आकाशको नीलो रंग, घाँसको हरियो रंग जत्तिकै स्वाभाविक छ । यो किनभने हामीले बाल्यकालदेखि नै सबैको मुखबाट सुन्दै आएका छौं, “पृथ्वी गोलो छ!” तर के यो कुरा यति सजिलै स्पष्ट छ त?

बाहिर खेतहरूमा जानुहोस्। यति टाढा जानुहोस् कि चारैतिर क्षितिजसम्म मात्र घाँस, पात र रंगीन पत्रहरु भएका फूलहरू देखियोस्। अब यताउता हेर्नुहोस्– के देख्नुभयो ? के पृथ्वी कुनै गोला जस्तो उठेको देखिन्छ? देखिन्न त ! कतै कुनै गोलो भाग उठेको देखिँदैन। क्षितिजसम्म फैलिएको समथर जमिन मात्र देखिन्छ। त्यसमा हरेक चट्टान, हरेक झाड़ी, र हरेक रूख स्पष्ट देखिन्छ। त्यसो भए, पृथ्वी गोलो छ भनेर कसले भन्यो?

पृथ्वीलाई भूमध्यरेखामा दुई भागमा काटियो भने पनि त्यो पूर्ण गोलाकार बन्दैन, बरु त्यो अलिकति तन्किएको जस्तो देखिन्छ। साँच्चै भन्ने हो भने यो "नाशपाती" जस्तै छ, त्यो पनि उठेको–बसेको ।  त्यसो भए यस्तो आकारलाई के नाम दिने त?

जब कम्प्युटरहरूले कृत्रिम भू-उपग्रहहरूबाट प्राप्त तथ्यांकको आधारमा पृथ्वीको सतहको गणना गरे, तब थाहा भयो कि हाम्रो ग्रहको आकृति जटिल छ – केही नाशपाती जस्तो। उत्तरी गोलार्द्ध ध्रुव नजिक अलिकति तन्किएको छ भने दक्षिणी गोलार्द्ध अलि च्यापिएको छ। जमीनमा कतै धँसिएका ठाउँहरू छन् र कतै उठेका ठाउँहरू पनि छन्। यो मात्र होइन, यदि पृथ्वीलाई भूमध्यरेखामा दुई भागमा काटियो भने पनि त्यो पूर्ण गोलाकार बन्दैन, बरु त्यो अलिकति तन्किएको जस्तो देखिन्छ। साँच्चै भन्ने हो भने यो "नाशपाती" जस्तै छ, त्यो पनि उठेको–बसेको ।  त्यसो भए यस्तो आकारलाई के नाम दिने त?

वैज्ञानिकहरू लामो समयसम्म सोचिरहे, धेरै नामहरूबारे विचार गरे, र अन्ततः उनीहरुले ‘जियोइड’ (geoid) नाम रोजे । यो शब्द ग्रीक भाषाको geo अर्थात् ‘पृथ्वी’ र eidos अर्थात् ‘दृश्य’बाट लिइएको हो । यसको अर्थ हुन्छ– पृथ्वीजस्तै  । अर्थात्, पृथ्वी पृथ्वी जस्तै नै छ। वास्तवमा, हाम्रो पृथ्वी गोलो त छ, तर पूर्ण रूपमा गोलो छैन।

 मानिसहरूले पृथ्वीको रूप कसरी पत्ता लगाए - यो कथा धेरै लामो छ र धेरै रोचक पनि। यही कुरा म यस पुस्तकमा बताउन चाहन्छु।

सम्पूर्ण पृथ्वी - मेरो घर

दशौं लाख वर्ष पहिले पृथ्वीमा पहिलो मानवको उत्पत्ति भएको थियो। दस लाख भनेको धेरै ठूलो संख्या हो। यदि तपाईंले एक सेकेन्डमा एक अंक गन्नुहुन्छ भने दस लाखसम्म गन्नका लागि तपाईंले  रात-दिन, खानपिउन तथा पढाइ र आराम छाडेर नरोकिइकन ठीक ११ दिन १३ घण्टा, ४६ मिनेट र ४० सेकेन्डसम्म गन्नुपर्ने हुन्छ।
शुरूमा पृथ्वीमा मानिसहरू धेरै थोरै मात्र थिए। जंगल र मैदानका अरू बासिन्दाहरूको सामु उनीहरू असहाय देखिन्थे। मानिससँग हिंस्रक जनावरहरूबाट आफ्नो सुरक्षा गर्ने र आफ्नो लागि आहार जुटाउने कुनै बलियो नङ वा तीखा दाँत थिएनन्। चिसोबाट जोगिन उसको शरीरमा बाक्लो, न्यानो रौँ पनि थिएन। बाढीबाट बच्न भाग्न वा जंगलको आगो - दावानल-बाट बचेर भाग्न/उड्न उनीहरुसँग बलियो खुट्टा वा पखेटा पनि थिएन। तर उनीहरुसँग थोरै बुद्धि र अनुभव संचित गर्ने क्षमता थियो।

शुरूमा पृथ्वीमा मानिसहरू धेरै थोरै मात्र थिए। जंगल र मैदानका अरू बासिन्दाहरूको सामु उनीहरू असहाय देखिन्थे। मानिससँग हिंस्रक जनावरहरूबाट आफ्नो सुरक्षा गर्ने र आफ्नो लागि आहार जुटाउने कुनै बलियो नङ वा तीखा दाँत थिएनन्।

पृथ्वीमा पहिलेका मानिसहरूको जीवन कठिनाइहरूले भरिएको थियो। खानेकुराहरु पाउनु नै ठूलो समस्या थियो। महिलाहरू दिनभरि कन्द-मूल बटुल्दै बिताउँथे र पुरुषहरू माछा वा कुनै जनावर समात्ने प्रयास गर्थे। ती दिनहरूमा मानिसहरू गोत्रमा बस्दथे, अर्थात् निक्कै ठूलो परिवारमा - आमा-बाबु, बच्चाहरू, हजुरबुबा-हजुरआमा, मामा-माइजू, काका-काकी, भतिजा-भान्जाहरू। सबै एक अर्काका नातेदार हुन्थे। साँझसम्म उनीहरूले खानपिउनका लागि विभिन्न प्रकारका खानेकुराहरू जम्मा गर्थे र त्यही गुफामा लैजान्थे, जहाँ उनीहरू बस्दथे। त्यहाँ आगोको छेउमा बसेर खाना बाँड्दै खान्थे। बिहानै फेरि त्यही क्रम सुरु हुन्थ्यो। यस्तो अवस्थामा दिन बित्नु नै धेरै राम्रो कुरा हुन्थ्यो, भोलिको कुरा भोलि नै हेरौंला भन्ने हुन्थ्यो ।

विस्तारै विस्तारै आदिम मानवले श्रम र शिकारका उपकरण बनाउने कला सिके। लामो समयसम्म उसले ढुङ्गा, काठ र हड्डीका उपकरणहरू मात्र बनाइरहे। ढुङ्गाको बञ्चरो वा चक्कु बनाउनु सजिलो काम थिएन। यसका लागि चाहिने उपयुक्त ढुङ्गाको टुक्रा खोज्नमा नै धेरै समय खर्च गर्नुपर्ने हुन्थ्यो। यसका लागि आफ्नो बसोबास क्षेत्रबाट टाढा जानु पर्ने हुन्थ्यो। तर धेरै टाढा पनि होइन, ताकि बाटो नबिर्सियोस्। मानिसहरू चट्टानका कापहरुमा जान्थे, जहाँ तीब्र पानीका धाराहरू चट्टानहरूबाट टुटेका टुक्राहरूलाई घोटेर गोलो ढुङ्गा बनाउँथे। समुद्रको किनारमा, ढुङ्गा भएका तटहरूमा पनि मानिसहरूले आफ्नो लागि काम लाग्ने ढुङ्गाहरु खोज्थे।

विस्तारै विस्तारै आदिम मानवले श्रम र शिकारका उपकरण बनाउने कला सिके। लामो समयसम्म उसले ढुङ्गा, काठ र हड्डीका उपकरणहरू मात्र बनाइरहे। ढुङ्गाको बञ्चरो वा चक्कु बनाउनु सजिलो काम थिएन।

समय-समयमा आदिम मानिसहरूले ढुङ्गाहरूको बीचमा केही विशेष ढुङ्गाहरू पाउने गर्थे - यी ढुङ्गाहरू टुक्रिँदैन थियो, बरु दबिने गर्दथे। तिनलाई दुई ठूला ढुङ्गाहरूको बीचमा राखेर लामो समयसम्म कुट्दा, तिनबाट चक्कुका लागि पातला पत्र बन्थ्यो वा  वा बञ्चरोको लागि मोटा पाता तयार गर्न सकिन्थ्यो। यी उपकरणहरूको धारलाई धारिलो बनाउन सकिन्थ्यो।

तपाईंले बुझ्नुभयो होला कि त्यो तामा र सुनको धातुको पिण्ड थियो, कहिलेकाहीं चाँदी पनि फेला पर्थ्यो। यसरी शताब्दियौंपछि सयौं शताब्दीहरुका पछि अरु सयौं शताब्दीहरु बित्दै गए ।  आदिम मानवहरूको जीवन अत्यन्तै सुस्त गतिमा बदलिरहेको थियो। ती दिनहरूमा कसैले पनि पृथ्वी कति ठूलो छ भनेर सोचेका थिएनन्। चारैतिर सबै कुरा विशाल देखिन्थ्यो। नदी र तालहरू अपार थिए। आदिम मानिसहरूसँग नाउ थिएन। मैदान, जंगल र पहाडहरू अनन्त जस्तो लाग्थे, किनकि मानिसहरूले कुनै सवारी साधनको खोजी गरेका थिएनन्। घना जङ्गलमा पैदल हिँडेर कति नै टाढा जान सकिन्छ र ? डर पनि त लाग्छ! जंगल र मैदानमा हिंस्रक जनावरहरू बस्दछन्। ताल, समुद्र र महासागरहरूमा हिंस्रक माछाहरू हुन्छन्। सबैजना हिँडडुल गर्नेलाई  समात्ने प्रयासमा हुन्छ । समातिहालेनन् भने पनि तर्साउने गर्छन्। ती दिनहरूमा लामो यात्रा गर्ने कुरा कसैले पनि सोच्दैन थिए । त्यसैले आदिम मानिसहरूको आफू बसेको ठाउँ तर त्यस वरिपरिका जे छन्, त्यही नै सम्पूर्ण पृथ्वी हो।

(क्रमश:)

रादुगा प्रकाशन मास्कोद्वारा प्रकाशित ‘How People Discovered the Shape of the Earth’ पुस्तकबाट अनुदित । 

अनतोली तमोलिन

अनतोली निकोलाइविच तमोलिन (७ नोभेम्बर १९२७–१७ सेप्टेम्बर २०१५) सोभियत/ रूसी लेखक हुन्। वैज्ञानिकहरु तथा विज्ञानको इतिहासका बारेमा बालबालिका एवं किशोरहरुलाई लक्षित गरी थुप्रै विज्ञान पुस्तकहरु लेखेका तमोलिन विज्ञानलाई सर्वसाधारणहरु माझ लोकप्रिय बनाउने लेखकका रुपमा चर्चित छन् । यहाँ प्रस्तुत सामग्री रादुगा प्रकाशन मास्कोद्वारा प्रकाशित उनको लोकप्रिय पुस्तक ‘How People Discovered the Shape of the Earth’ बाट लिइएको हो । हामीले उनको उक्त पुस्तकलाई अनुवाद गरी धारावाहिक रुपमा प्रकाशित गरेका हौं ।