हिटलरको जीवनका नाटकीय दश दिन: विक्षिप्तता, महत्वाकांक्षा, र मानवीय त्रासदीको विशाल रङ्गमञ्च

यूरोप जित्न निस्किएका योद्धाहरू आत्महत्या गरेर मरे!

संसारमा सायद अरू कुनै व्यक्तिको अन्तिम दिनहरू यति नाटकीय भएका थिएनन् जति कि एडोल्फक हिटलरका थिए!

२० देखि ३० अप्रिल १९४५— यी दश दिनमा हिटलरले आफ्नो अन्तिम जन्मदिन मनाए, युद्ध हारे, सत्ता हस्तान्तरण गरे, विवाह गरे, र आत्महत्या गरे! र यो सबै बर्लिनको त्यो निस्सासिने बंकरभित्र भयो, जहाँ कङ्क्रिटको मात्र आकाश थियो!

हग ट्रेभर रोपरको एउटा पुस्तक नै छ: 'द लास्ट डेज अफ हिटलर'। युद्ध समाप्त भएलगत्तै, अर्थात् १९४७ मा प्रकाशित यो पुस्तकले त्यसबेलादेखि नै हिटलरका ती पागलपनले भरिएका अन्तिम दिनहरूको लेखाजोखा विश्वलाई बताइरहेको छ। त्यसो त 'इनसाइड हिटलर्स बंकर' पनि छ। हिटलरकी सेक्रेटरी ट्रोडल युङ्गेको संस्मरण छ, जसमा आधारित भएर 'डाउनफॉल' नामक चर्चित फिल्म बनाइएको छ। तर, मेरो जानकारीको आधार विलियम शिररको पुस्तक 'द राइज एन्ड द फॉल अफ द थर्ड राइख' हो, र मेरो विचारमा प्रत्येक मानिसले १२०० पृष्ठको नात्सी जर्मनीको त्यो विस्तृत इतिहास अनिवार्य रूपमा पढ्नुपर्छ! कुनै फ्यान्टसी, कुनै उपन्यासले यसको बराबरी गर्न सक्दैन!

२० अप्रिल १९४५ हिटलरको जन्मदिन थियो। उनको अन्तिम जन्मदिन। उनका भूतपूर्व मित्र जोसेफ स्टालिनले यस अवसरमा उनका लागि विशेष 'उपहार' पठाए! त्यस बिहान हिटलरको आँखा बर्लिनमा भएको बमबारीको आवाजबाट खुल्यो। फ्युररलाई जानकारी गराइयो कि लाल सेना बर्लिनबाट मात्र १२ किलोमिटरको दूरीमा छ! यस्तो स्थितमा कसैले आफ्नो जन्मदिनको उत्सव कसरी मनाओस् ?

मेरो जानकारीको आधार विलियम शिररको पुस्तक 'द राइज एन्ड द फॉल अफ द थर्ड राइख' हो, र मेरो विचारमा प्रत्येक मानिसले १२०० पृष्ठको नात्सी जर्मनीको त्यो विस्तृत इतिहास अनिवार्य रूपमा पढ्नुपर्छ! कुनै फ्यान्टसी, कुनै उपन्यासले यसको बराबरी गर्न सक्दैन!

यो १९४१ को त्यो अवस्थाको 'प्रतिबिम्बित' तस्वीर जस्तै थियो, जब 'नात्सी-सोभियत प्याक्ट' लाई रद्दीको टोकरीमा मिल्काउँदै  हिटलरको फौजले मास्कोमा प्रवेश गरेका थिए र क्रेमलिनको मीनारहरू उनीहरूको दृष्टिमा परिसकेको थियो ! त्यसपछि लाल फौजले आक्रामक प्रतिकार गरे र नात्सी फौजले मास्को छाडेर स्टालिनग्रादतर्फ बढ्नुपर्‍यो, जहाँ एउटा कठोर पराजय र निराशा हिटलरको प्रतीक्षामा थियो।

https://i.pinimg.com/

लाल फौजले आक्रामक प्रतिकार गरे र नात्सी फौजले मास्को छाडेर स्टालिनग्रादतर्फ बढ्नुपर्‍यो, जहाँ एउटा कठोर पराजय र निराशा हिटलरको प्रतीक्षामा थियो।

के त्यतिबेला हिटलरलाई नेपोलियनको नियति याद आएन होला, जब ठ्याक्कै १२९ वर्ष पहिले १८१२ मा फ्रेन्च साम्राज्यले रूसमा आक्रमण गरेको थियो र मस्कोको 'सैकिंग' को बावजुद लज्जास्पद पराजित भएको थियो? त्यतिबेला नेपोलियनले आफ्ना सम्झनायोग्य शब्दहरूमा भनेका थिए, "फ्रान्सले देखायो कि ऊ जितको हकदार थियो र रूसले देखायो कि ऊ अपराजेय छ!" नेपोलियन त्यसपछि कहिल्यै उठ्न सकेन। हिटलर पनि स्टालिनग्रादको हारले टुटेको थियो!

१९४१ को त्यो साँझ नात्सी फौजले मास्कोमा कब्जा जमाउन सफल भएको भए आज संसारको इतिहास केही फरक हुनेथियो। साथै, यो पनि पहिलो पटक हुनेथियो जब पेरिसदेखि मस्कोसम्म यूरोपमा एउटै शक्तिको शासन हुनेथियो!

तर त्यो सम्भव भएन। र २० अप्रिल १९४५ मा आफ्नो अन्तिम जन्मदिन हिटलरले युवा सैनिकहरूलाई पदक बाँडेर बिताए। ती नौजवान रंगरूटहरू हिटलरसँगै केही दिनभित्र मारिनेवाला थिए। हामीले देख्ने गरेको हिटलरको जुन अन्तिम तस्वीर त्यसै अवसरको हो।

२३ अप्रिलमा हिटलरका तीन प्रमुख सेनापतिहरूले उनलाई धोका दिए!

गेस्टापो प्रमुख हरमन ग्योरिङले तार पठाएर भने, "चान्सलर महोदय, तपाईं आफ्नो बंकरमा आराम गर्नुहोस्, म जर्मनीको कमान आफ्नो हातमा लिदैछु !"

थर्ड राइखका मुख्य आर्किटेक्ट अल्बर्ट श्पीयरले भने, "माई फ्युरर, म तपाईंको यो आदेश पालन गर्न तयार छैन कि 'अपरेशन स्कोर्च्ड अर्थ' अन्तर्गत हामीले बर्लिनलाई आफ्नै हातले भग्नावशेषमा बदल्नुपर्छ"।

र रातको भोजनको समयमा कमाण्डर हाइनरिख हिमलरको चिठी हिटलरलाई प्राप्त भयो। ल्यूबेकमा हिमलरले 'एलाईज' सँग सम्झौताको प्रस्ताव गरेका थिए र आश्चर्य व्यक्त गर्दै भनेका थिए, "जब आइजनहावरसँग मेरो भेट हुन्छ, मैले उनलाई हात मिलाउनुपर्छ कि 'नात्सी सैल्यूट' गर्नुपर्छ!"

२८ अप्रिलमा जब हिटलरलाई भनियो कि श्नाइडर र वेन्कका टुकडीहरू आक्रमण गर्न असफल भएका छन् र लाल फौजहरू अब 'डिस्ट्रिक्ट क्यापिटल' बाट मात्र एक दिनको दूरीमा छन्, उनले आत्महत्या गर्ने निर्णय गरे।

उनले मध्यरातमा आफ्नी सेक्रेटरी ट्रोडल युङ्गेलाई निद्राबाट जगाएर आफ्नो 'विल'  (इच्छापत्र) लेखाए। त्यसपछि उनले आफ्नी प्रेमिका इभा ब्राउनसँग विवाह गरे। वर्षौं लामो प्रेमसम्बन्धपछि त्यो अभागी महिला एक दिनकी पतिव्रता भइन्। नात्सी प्रचार मन्त्री जोसेफ गोएबल्सकी पत्नी माग्दालाई हिटलरले आफ्नो 'ब्याच' उपहार दिए र आफ्नो कोठामा गएर पिस्तोलले आफैंलाई गोली हाने।

हिटलरले चाहँदैनथिए कि मुसोलिनीको जस्तै उनको लाशको सार्वजनिक निकालेर त्यसलाई पिटेर अपमान गरियोस् वा लेनिनको जस्तै उनको शवलाई सोभियतहरूले कुनै संग्रहालयमा राखेर प्रदर्शन गरुन्। त्यसैले उनले मर्नुअघि गोएबल्सलाई आफ्नो अन्त्येष्टि गर्न आदेश दिएका थिए। यो 'आर्य रीतिको' पनि अनुरूप हुने थियो!

तर हिटलरको लाश कहिल्यै फेला परेन । त्यसैले आजसम्म यो 'षड्यन्त्र सिद्धान्त' चलिरहेछ कि कतै हिटलरले भेष बदलेर त्यहाँबाट भागेको त थिएन! युद्ध पछि हिटलरले सायद अर्जेन्टिनामा गएर बस्यो भन्ने हल्ला बेला बेलामा सुन्ने गरिन्छ।

https://winstonchurchill.hillsdale.edu

युद्ध जितेपछि पनि हिटलरलाई जीवित वा मृत रूपमा पक्राउ गर्न नसकिएको अफसोस मित्र राष्ट्रहरूको अनुहारमा स्पष्ट देखिएको थियो। उनीहरू न्यूरेमबर्ग अदालतमा हिटलरविरुद्ध मुद्दा चलाउन आतुर थिए!

मलाई हिटलरको बंकर बाहिर विन्स्टन चर्चिलको त्यो तस्वीर बारम्बार याद आउँछ, जहाँ उनी एउटा भाँचिएको कुर्सीमा बसेका छन्। युद्ध जितेपछि पनि हिटलरलाई जीवित वा मृत रूपमा पक्राउ गर्न नसकिएको अफसोस मित्र राष्ट्रहरूको अनुहारमा स्पष्ट देखिएको थियो। उनीहरू न्यूरेमबर्ग अदालतमा हिटलरविरुद्ध मुद्दा चलाउन आतुर थिए! तर ग्योरिङ, श्पीयर, र रुडोल्फ हेसलाई भने उनीहरुले पक्रन सफल भए। ग्योरिङले न्यूरेमबर्गमा आत्महत्या गरे। हिमलरले पनि। गोएबल्सले पनि। यी योद्धाहरू यूरोप जित्न निस्किएका थिए र आत्महत्या गरेर मरे!

नात्सी जर्मनीको इतिहाससँग सम्बन्धित हरेक सम्भाव्य फिल्म, पुस्तक, दस्तावेज, वृत्तचित्र, गल्प, तथ्य, प्रवाद, फ्यान्टसीसम्म पुग्ने कोशिश मैले विगतमा गरेको छु । विक्षिप्तता, महत्वाकांक्षा, र मानवीय त्रासदीको त्यो विशाल रंगमञ्चले मलाई बारम्बार आफूतिर तान्छ! हिटलरको जीवनका यी दश दिन आफैंमा एक सनसनीपूर्ण कथाको सामाग्री हुन्!

सुशोभितको फेसबुक पेजबाट साभार अनुदित