फिलिपिन्सको कम्युनिष्ट आन्दोलनकी वीराङ्गना मारिया लोरेनो बारेस

"तपाईले आफ्नो कठीन परिस्थितिको
प्रथम क्षणलाई पार गरिसक्नु भएको छ,
यो कुरा मलाई संझना छ
कमरेड, प्रिय साथी
मलाई सिकाइ दिनुस्
कसरी म त्यसलाई पार गरुँ ? "

यो कविता फिलिपिन्सको कम्युनिष्ट आन्दोलनकी वीराङ्गाना कमरेड मारिया लोरेनो बारेसले आफ्नो जीवनको अन्तिम घडीमा, उहाँको हत्या हुनुभन्दा केही समय अगाडि लेख्नु भएको हो ।

आफ्नो जीवनको अन्तिम घडीसम्म पनि फिलिपिन्सको फाशिष्ट सरकारसँग डटेर लडिरहने कमरेड लोरी अहिले हामीबीच हुनुहुन्न । तर उहाँको संघर्षशील जीवनका पानाहरू सर्वत्र छरिएर रहेका छन् ।

फिलिपिन्सको राजधानी- मनिला शहरको मध्यम वर्गीय परिवारमा हुर्केकी क. मारिया लोरेनो बारेस, (छोटकरीमा लोरी) ले फिलिपिन्सको विश्व विद्यालयबाट उच्च डिग्री हासिल गर्नु भएको थियो । यो विश्व विद्यालय एशियाको लागि अमेरिकी सरकरले खोलीदिएको सांस्कृतिक केन्द्र थियो । तर फिलिपिन्समा सर्वहारा वर्गको राजनीतिले बलियोसँग जरो गाडिसकेको हुनाले यस्ता अमेरिकी केन्द्रहरूबाट पनि सर्वहारा वर्गका उदाहरणीय कार्यकर्ताहरू उत्पादन सम्भव हुन सक्यो ।

विश्व विद्यालयबाट स्नातक डिग्री हासिल गरी सकेपछि कमरेड लोरीले त्यहीं नै मानव विज्ञान विषयमा अध्यापन गर्नु भयो । १९६० र १९७० को दशकमा यो केन्द्र वामपन्थी विद्यार्थी आन्दोलनको पनि केन्द्र बनेको थियो । त्यसैले १९७२ मा फिलिपिन्सको प्रतिक्रियावादी सरकारले मार्शल ल (सैनिक कानून) लागू गरेपछि क. लोरी सहित सयौं प्राध्यापक र विद्यार्थीहरू भूमिगत हुन बाध्य भए ।

तानाशाह मार्कोसको प्रतिक्रियावादी सरकारको दमनको कारणले गर्दा, कुनै कार्यकर्ता पार्टी सम्पर्कको लागि शहरमै भूमिगत रुपमा बसे, कोही त मार्शल ल घोषणा हुनुभन्दा अगावै गिरफ्तार भइसकेका थिए । भूमिगत भएकाहरु मध्ये कोही मनिलामै बसेर खुला रुपमा कार्यरत कार्यकर्ताहरूसँग सक्रीय सम्पर्क राखेर पार्टी-साहित्य प्रकाशन गर्ने काममा संलग्न भए भने कोही टाढा-टाढाका गाउँहरूमा खटिएर गए । क. लोरीले भने अन्तिम बाटो अप्नाउनु भयो । अर्थात् उहाँ दुर्गम गाउँतिर पस्नु भयो ।

क. लोरी केन्द्रमा बस्दा फोहरबीच फुलेको कमलको फूल भैं स्वच्छ भएर कार्यरत रहनु भयो र, गाउँतिर पनि आफ्नो स्वच्छताको कठोर परीक्षा गर्नु भयो ।

कलेज- क्याम्पसमा बसेर क्रान्तिकारी नारा लगाउनु, विद्यार्थीहरूलाई संगठित र प्रशिक्षित गर्नु र गाउँमा किसानहरूसँग बसेर काम गर्नुमा धेरै फरक छ । क. लोरी केन्द्रमा बस्दा फोहरबीच फुलेको कमलको फूल भैं स्वच्छ भएर कार्यरत रहनु भयो र, गाउँतिर पनि आफ्नो स्वच्छताको कठोर परीक्षा गर्नु भयो । उहाँले नराम्रो शिक्षा केन्द्रबाट स्नातक भइकन पनि त्यहाँका विद्यार्थीहरुलाई ठीक ढंगले राजनीतिक ज्ञान दिने, क्रान्तिप्रति समर्पित भएर, आवश्यक बेलामा मनिला शहरको मायालाई पनि चटक्कै बिर्सेर, आफ्ना सबै व्यक्तिगत इच्छा-आकांक्षा त्यागेर गाउँतिर काम गर्न थाल्नु भयो । गाउँको कठोर स्थितिमा पनि सफलतापूर्वक काम गर्न सक्नुले उहाँको क्रान्तिप्रतिको त्याग, तपस्या, लगनशीलता र साहसको परिचय राम्ररी नै दिएको छ ।

गाउँमा कठोर संघर्ष गर्नलाई सादा जीवन व्यवहारिक थियो । मनिला र गाउँ-गाउँमा केराको भण्डार नै थियो । एक पटक एक जना कमरेडले केराको बोक्रा मात्रै खाएर पनि धेरै दिनसम्म बाँचेको संस्मरण लेखेका थिए । कमरेड लोरी यस्ता गाह्रो साँगुरो, भोक प्यास आदि केहीबाट पनि डराउनु भएन । त्यसैले नै उहाँको हत्या गर्न गएका शत्रुहरूले समेत उहाँको बारेमा यसरी भन्न बाध्य भए- "उनी साँच्चिकै बहादुर
महिला हुन् ।"

पूँजीवादी पत्रिकाहरूले घोषणा गरे- "उनी भूमिगत आन्दोलनकी वीरांगना हुन् ।"

साँच्चै, कमरेड लोरी अर्थात् मारिया लोरेनो बारेस फिलिपिन्सको क्रान्तिमा जन्मेकी एउटी नयाँ उदाहरणीय महिला हुनुहुन्थ्यो ।

उहाँका श्रीमान् त्यही विश्व विद्यालयका प्राध्यापक थिए । उनी कम्युनिष्ट पार्टीका उच्चस्तरका कार्यकर्ता पनि थिए । तर भूमिगत जीवनको गाह्रो साँगुरोपन र क्रान्तिदेखि डराएर उनले तानाशाही |सरकारसमक्ष आत्मसमर्पण गरेर जनताको क्रान्तिप्रति गद्दारी गरे ।

 गाउँमा जाँदा क्रान्तिकारीहरूभित्र रहेका पुँजीवादी चिन्तनहरूलाई कसरी क्रान्ति अनुकूल फेर्ने भन्ने सम्बन्धमा फिलिपिन्स विश्व विद्यालयका प्राध्यापक इमानुयल नोको बानले एउटा दार्शनिक कविता लेख्नु भएको थियो । पछि उहाँ पनि गाउँमै नयाँ क्रान्तिकारी जीवन जीउन गाउँतिर पस्नु भएको थियो ।

"चालीस वटा पहाड र सयौं नदीलाई जोत्ने, बीऊ छर्ने, बाली काट्ने काममा जन-समुदाय नै मार्गदर्शक शिक्षक हो, दर्जनौ भाषा र भाषिकाले हाम्रो विदेशी भाषाको माध्यमलाई होच्याई दिएका छन् !"

कमरेड लोरी आफूलाई बाटो देखाईदिने शिक्षकसँग राम्ररी नै परिचित हुनुहुन्थ्यो, अतः उहाँ पनि त्यही क्रान्तिकारी बाटोमा लाग्नु भएको थियो ।

उहाँका श्रीमान् त्यही विश्व विद्यालयका प्राध्यापक थिए । उनी कम्युनिष्ट पार्टीका उच्चस्तरका कार्यकर्ता पनि थिए । तर भूमिगत जीवनको गाह्रो साँगुरोपन र क्रान्तिदेखि डराएर उनले तानाशाही सरकारसमक्ष आत्मसमर्पण गरेर जनताको क्रान्तिप्रति गद्दारी गरे ।

हुन त त्यसबेला उनीबाट कमरेड लोरीको एउटा बच्चा भईसकेको थियो । तापनि पार्टी र जनताको पक्ष लिएर क. लोरीले त्यस गद्दारसँग पारपाचुके गर्नु भयो । १९७३ मा क. लोरीलाई सरोसगन प्रान्तमा अचानक गिरफ्तार गरियो । त्यसबेला उहाँ दुई जीउकी हुनुहुन्थ्यो । तर प्रतिक्रियावादी कुकुरहरूले उहाँलाई अति नै कठोर यातना दिए, जसले गर्दा उहाँको गर्भपतन भयो । त्यसपछि उहाँलाई एउटा यातना शिविरमा
लगेर राखियो ।

तर केही समयपछि नै उहाँ र उहाँका अन्य तीन जना महिला कमरेडहरू दुश्मनको हातबाट भाग्न सफल हुनुभयो । फेरि जनताकै बीचमा काम गर्न पस्नुभयो । पार्टीले उहाँलाई लगुना क्विजोन प्रान्तको सचिवमा चुन्यो ।

तानाशाह मार्कोसको व्याधा- जोसेफ मालिले क. लोरीको गाउँ- ठाउँ पत्ता लगाउन एक जना भ्रष्ट किसानलाई समात्यो र त्यसलाई लोभ्याई तर्साइ धम्क्याई क. लोरीको ठेगाना पत्ता लगाउन ऊ सफल भयो ।

१९७४ को डिसेम्बरको शुरुमै तानाशाही सरकारका गुप्तचरहरूले उहाँ गाउँमा भूमिगत रहनु भएको तथ्य पत्ता लगाए । तर कत्ति खोज्दा पनि उहाँलाई उनीहरूले फेला पार्न सकेनन् । १९७४ को अन्ततिर ती व्याधाहरूले थुप्रै नै क्रान्तिकारीहरूलाई विभिन्न छलकपट र षडयन्त्रको जालो बुनेर गिरफ्तार गर्ने अभियान चलाए । यस अभियानको सफलताको कारण के थियो भने अमेरिकी साम्राज्यवादको पाल्तु कुकुर मार्कोसको तानाशाही सरकारबाट सैनिक प्रहरी र गुप्तचरहरूलाई लोभ्याउन थरी थरीका प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिएको थियो । यसै क्रममा मार्कोसको हातबाट विशिष्ट जुनियर अफिसरको पदवी प्राप्त गर्न सफल लेपटिनेन्ट जोसेफ मालिले क. लोरीलाई गिरफ्तार गर्न अनेकौं षडयन्त्रको जालो बुन्यो ।

तानाशाह मार्कोसको व्याधा- जोसेफ मालिले क. लोरीको गाउँ- ठाउँ पत्ता लगाउन एक जना भ्रष्ट किसानलाई समात्यो र त्यसलाई लोभ्याई तर्साइ धम्क्याई क. लोरीको ठेगाना पत्ता लगाउन ऊ सफल भयो । उसको नेतृत्वमा रहेको मार्कोसको प्रतिक्रियावादी सेनाले कसरी क. लोरीलाई गिरफ्तार गर्ने अभियान चलायो र अन्ततः उहाँको निर्मम हत्या गर्‍यो ?

यसको जवाफमा जोसेफ मालिले आफ्नो "पुरुषार्थ" को वर्णन गर्दै भनेको थियो- "हामी राती १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिंड्दै गयौं । फौजका एक जना जवानलाई पठाएर मैले उनीहरूको बाटो रोक्न पठाएँ ! अर्को एक जना जवानलाई उनीहरू बसिरहेको घरको वरिपरि रासायनिक पदार्थ छर्न पठाएँ । उनी ढोकामा देखिनासाथ हामीले गोली हान्न थाल्यौं । उनी ढलिन्, फेरि उठिन्, फेरि ढलिन्, फेरि उठिन् । पछि उनी यसरी ढलिन्, कि उठ्नै सकिनन् । त्यसपछि पनि हामीले ५ मिनेटसम्म गोली बर्साइरह्यौं । अन्तमा थाहा भयो- शिरमा लागेको गोलीको कारणले उनको मृत्यु भएको रहेछ ।”

क. लोरीलाई ६ वटा गोली लागेको थियो । त्यस घरमा सेनाले घेरा हाल्नु अघि उहाँ अन्य तीन जना कमरेडहरूसँग कुराकानी गरिरहनु भएको थियो । सेनाले घेरेको सुइँको पाएपछि उहाँले आफू एक्लै मात्र सेनासँग भिडी अन्य कमरेडहरूलाई सेनाको हातबाट फुत्काई जनताबीच पुग्ने मौका प्रदान गर्नु भयो । अत्यन्त आश्चर्यको कुरा के भने, चारैतिरबाट घेरेर बसेका सेनाका जवानहरूलाई छलेर ती तीन जना कमरेडहरू भाग्न सफल भए र सेना हेरेको हेयै भयो ।

उनी ढोकामा देखिनासाथ हामीले गोली हान्न थाल्यौं । उनी ढलिन्, फेरि उठिन्, फेरि ढलिन्, फेरि उठिन् । पछि उनी यसरी ढलिन्, कि उठ्नै सकिनन् । त्यसपछि पनि हामीले ५ मिनेटसम्म गोली बर्साइरह्यौं । अन्तमा थाहा भयो- शिरमा लागेको गोलीको कारणले उनको मृत्यु भएको रहेछ ।”

आफ्ना कमरेडहरूसँग छुट्टिनुभन्दा केही समय अगाडि क. लोरीले ती कमरेडरूलाई भन्नुभयो- “मेरो छोरो त्यस गद्दार (आफ्नो पुरानो श्रीमान्) को हातमा नपरोस्, हैं ।"

आफ्नो मृत्यु नजिक आएको देखेर क. लोरी आफ्ना कमरेडहरू, आफ्नो छोरा र क्रान्तिप्रति बढी चिन्तित हुनुभएको थियो, आफ्नो ज्यानप्रति होइन । त्यसैले आफ्नो जीउ ज्यानको परवाह नगरी वहाँले आफ्ना कमरेडहरूलाई बचाउनु भयो र आफू चाँहि सैनिक हत्याराहरूको हातबाट मर्नु भयो ! मृत्युपछि उहाँको लाशलाई मनिला लगियो । त्यहाँको फिलिपिन्स विश्वविद्यालयको गिरिजा घरमा उहाँको लाश राखियो । मार्कोसको " मार्शल ल" को दमनदेखि अलिकति पनि भयभीत नभएका त्यहाँका हजारौं हजार विद्यार्थी, कर्मचारी र जनताले क. लोरीप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरे !

क. लोरीप्रति अन्तिम श्रद्धाञ्जलि दिन उम्लेको जनताको विशाल भीड देखेर आश्चर्य चकित भएका प्रतिक्रियावादीहरूले भयाक्रान्त भएर यसरी भन्दै हिंडेको सुनियो- "क्रान्तिकारी आन्दोलन सफल भएको भए उनी साच्चै नै शहीद हुने रहिछन् ।

क्रान्तिकारी आन्दोलन सफल भए पनि, नभए पनि उहाँ साँच्चैको क्रान्तिकारी शहीद हुनु हुन्थ्यो । उहाँ साँच्चै नै सक्रिय र समर्पित क्रान्तिकारी हुनुहुन्थ्यो ।

आफ्नो पहिलेको श्रीमानले पार्टी र क्रान्तिप्रति गद्दारी गरेपछि उहाँले त्यससँग पारपाचुके गरेर अन्य एक जना कम्युनिष्ट क्रान्तिकारीसँग विहे गर्नु भएको थियो । यो विवाह पनि धेरै दिनसम्म टिक्न सकेन । अर्थात् तानाशाह मार्कोसका हत्यारा सेनाले उहाँहरूलाई कहिले पनि मिल्न नपाउने गरी विछोड गराई दियो । क. लोरीका पछिल्ला श्रीमान्लाई सरकारले हत्या गरिदिएको थियो ।

उहाँले क. लोरीभन्दा केही महिना अगाडि मात्रै शहादत प्राप्त गर्नु भएको थियो । उहाँकै स्मृतिमा क. लोरीले यसरी आफ्ना भावनाहरू अभिव्यक्त गर्नु भएको थियो –

“हिजो मैले एक जना बूढा बासँग कुरा गरें

 उहाँको बोली- बचन तपाई कै जस्तो छ

त्यतिकै रुचिकर र चम्किलो छ

जसमा यस्तो सतर्कता लुकेको छ

मानौँ, त्यसले इन्द्रेणीका प्रत्येक रंगहरूलाई

एक एक गरी छुट्याइदिन सक्छ

उहाँले धैर्यको कुरा गर्नु भयो

उहाँका आँखाहरूबाट

बेदनाका रसहरू चुहिरहेका छन्

तपाईले आफ्ना कठीन परिस्थितिहरूका

प्रथम क्षणहरू पार गरिसक्नु भएको छ

तपाईले हाँस्नु भएको देखेरै

यी सब मलाई संझना हुन्छ

कमरेड, मरो प्रिय साथी

मलाई सिकाई दिनुस्

कसरी म त्यसलाई पार गरुँ ?"

आफ्नो जीवनको कठीन परिस्थितिमा क. लोरीले पनि आफ्ना श्रीमानले जस्तै, आफ्ना सयौं कमरेडहरूले जस्तै शहादत प्राप्त गर्नु भयो । क. लोरी लगायत अन्य सैयौं कमरेडहरूको शहादत प्राप्तिले फिलिपिन्सको कम्युनिष्ट पार्टीलाई निश्चित रुपमै घाटा लाग्यो । तर यो घाटा पूर्ति गर्ने काममा कम्युनिष्ट पार्टीले कुनै ढीला सुस्ती र असचेतनता देखाएन । पूँजीवादी पत्रिकाहरूका अनुसार, फिलिपिन्सको कम्युनिष्ट पार्टी विकेन्द्रित छ, यसले आफ्ना शहीद कार्यकर्ताहरू र जेल परेका साथीहरूको ठाउँ सजिलैसँग भर्न सक्छ !

तिनीहरू नै वास्तविक कम्युनिष्ट हुन्, जसले जनताको सेवा गर्दछन्, तिनीहरूको पार्टी नै वास्तविक कम्युनिष्ट पार्टी हो, जसले मार्क्सवादलाई देश-काल-परिस्थिति अनुसार क्रान्तिका लागि राम्ररी प्रयोग गर्दछ ।

यसरी पार्टीलाई विस्तृत बनाउन त्यस पार्टीले नयाँ-नयाँ उत्तराधिकारीहरू जन्माउन सक्नुको रहश्य के हो त ? यसको रहश्य हो यो एउटा मार्क्सवादी पार्टी हो, मार्क्सवाद- लेनिनवादको सर्वोच्च रुप माओत्सेतुङ्ग विचार यसको कण-कणमा घुसेको छ ।

त्यसैले पुँजीवादी पत्रिकाहरू लेख्छन्- "फिलिपिन्सको कम्युनिष्ट पार्टीले आफ्ना आधार इलाकाहरू बनाउन माओ त्से तुङ्गको सिद्धान्तलाई प्रयोग गरिरहेको छ ।"

“वर्तमान विद्रोहको यस धार निरन्तर अगाडि बढिरहेको छ, किनकि फिलिपिन्स कम्युनिष्ट पार्टीले आफ्नो मजबूत मार्क्सवादलाई प्रयोग गर्न छोडेको छैन । "

साँच्चै, तिनीहरू नै वास्तविक कम्युनिष्ट हुन्, जसले जनताको सेवा गर्दछन्, तिनीहरूको पार्टी नै वास्तविक कम्युनिष्ट पार्टी हो, जसले मार्क्सवादलाई देश-काल-परिस्थिति अनुसार क्रान्तिका लागि राम्ररी प्रयोग गर्दछ । त्यसैले फिलिपिन्सको एउटा क्रान्तिकारी गीतका गेडा-गेडाहरूले भन्छन्-

‘‘कम्युनिष्ट हौ हामी

मानिसहरूले जस्तै जीवन जीउँछौं ।

आज विश्वमा साँच्चै नै जनताको सेवामा

खट्ने मानिस हुन कम्युनिष्ट हुनै पर्छ !"

 र यसरी नै, यही भावनालाई आत्मसात गरी शाहदत प्राप्त गर्नु भएकी फिलिपिन्सको कम्युनिष्ट आन्दोलनकी वीरांगना क. मारिया लोरिनो बारेस- अलविदा, लाल सलाम !

– श्रीलक्ष्मी श्रेष्ठ

(Far Eastern Economic Review मा प्रकाशित रिपोर्टको आधारमा लिखित, इनाप साप्ताहिकमा प्रकाशित लेखबाट साभार) । मूल्याङ्कन मासिक २०५१ असोज मा पुन:प्रकाशित ।

https://1.bp.blogspot.com/