दुःखको जन्म

जब मेरो दुःखको जन्म भयो, मैले यसलाई धेरै सावधानीपूर्वक पालनपोषण गरें, ठूलो माया र लगनले हेरचाह गरें।

र मेरो दुःख सबै जीवित चीजहरूको जस्तो बढ्न थाल्यो, बलियो र सुन्दर हुँदै र अनौठो आनन्दले भरिएको।

हामी एक अर्कालाई माया गर्थ्यौं, मेरो दुःख र म, र हामी आफू वरपरको संसारलाई माया गर्थ्यौं, किनकि दुःखको मनमा दया थियो र मेरो मनमा दुःखको लागि दया थियो।

जब हामी कुरा गर्थ्यौं, मेरो दुःख र म, हाम्रा छिमेकीहरू आफ्ना झ्यालहरूमा बसेर हाम्रो गीत सुन्थे; किनकि हाम्रा गीत सागरभन्दा गहिरो हुन्थ्यो र हाम्रो स्वरहरू विचित्र स्मृतिहरूले भरिएका थिए।

जब मेरो दुःख र म सँगै हिँड्थ्यौं, , त मानिसहरूले हामीलाई माया भरिएका दृष्टिले हेर्थे र अत्यन्त मीठो स्वरमा कुरा गर्थे। र त्यस्ता मानिसहरू पनि थिए, जसले हामीलाई ईर्ष्याले भरिएका दृष्टिले हेर्थे, किनकि दुःख एक असल कुरा थियो र मलाई दुःखप्रति अभिमान थियो।

तर पछि मेरो दुःख मर्‍यो, जस्तो सबै जीवित चीजहरू मर्छन्, र अब म सोच-विचार गर्नको लागि एक्लो बनेको छु ।

आज जब म आफ्ना गीत गाउँछु, मेरा छिमेकीहरू सुन्न आउँदैनन्।

 जब म सडकमा निस्कन्छु, त मलाई कोही पनि हेर्दैन।

खालि, आफ्नै निद्रामा म आवाजहरू सुन्छु, जसले दया देखाएर भन्छ, “हेर्नुहोस्, ऊ त्यो हो मानिस, जसको दुःख मरेको छ।”

 

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार