थुसिडाइड्स धराप र इतिहासको शिक्षा

थुसिडाइड्स धराप (Thucydides’ Trap) सन् २०१५मा हर्वड केनेडी स्कुलका  राजनीतिशास्त्री तथा प्राध्यापक ग्राहम एलिसन(Graham Allison) ले कुँदेको वाक्यांश । आजभोलि अन्तर्राष्ट्रिय सम्बन्धको चर्चामा अक्सर यसले स्थान पाउने गरेको छ । ग्रामले यो वाक्यांश उदीयमान चीन र प्रभुत्वशाली संयुक्त राज्य अमेरिकाबीच युद्धको अवश्यम्भावितालाई बताउन प्रयोग गरेका थिए ।

थुसिडाइड्स धरापले प्राचीन इतिहासको एउटा अध्यायलाई सम्झाउँछ । बुद्धभन्दा थोरै पछिको इतिहास हो । त्यसबेला एथेन्समा थुसिडाइड्स (460 B.C - 395 B.C) नाम गरेका एकजना सैनिक अधिकृत र इतिहासविद् थिए । उनले पेलोपोन्नेसियन युद्धको इतिहास (History of The Peloponnesian War) भन्ने किताब लेखेका छन् । त्यसबेला ग्रिक नगर राज्यमा अनेक राज्य थिए । तिनमा स्पार्टाको लकेडाइमन राज्य स्थापित र प्रभुत्वशाली थियो । अर्को एउटा उदीयमान  राज्य थियो एथेन्स । ती दुईका बीचमा लगभग २७ वर्ष लामो युद्ध (431–404 BC) भयो । यस युद्धको समीक्षा गर्दै थुसिडाइड्सले उक्त पुस्तकमा लेखेका छन्, ‘एथेन्सको उदय र यसले स्पार्टामा उत्पन्न भएको भयले गर्दा युद्ध अपरिहार्य बनायो ।’

प्रो. ग्राहमले प्रभुत्वशाली र उदियमान राष्ट्रको बीच युद्ध अवश्यम्भावी हुने निष्कर्ष निकाले । तर थुसिडाइड्सको इतिहासबाट सिक्ने यो अधकल्चो पाठ मात्रै हो । उनको इतिहासमा युद्धको विकल्पमा सह अस्तित्वको सम्भावनाको प्रसंग पनि उल्लेख गरिएका छन् ।

स्पार्टा आफ्नो वर्चश्व बनाई राख्न चाहन्थे । एथेन्सको उदयले उनीहरुको निद्रा भंग भयो । अन्ततः के थियो युद्ध भइछाड्यो, त्यो पनि त्यति लामो । यसरी प्रो. ग्राहमले प्रभुत्वशाली र उदियमान राष्ट्रको बीच युद्ध अवश्यम्भावी हुने निष्कर्ष निकाले । तर थुसिडाइड्सको इतिहासबाट सिक्ने यो अधकल्चो पाठ मात्रै हो । उनको इतिहासमा युद्धको विकल्पमा सह अस्तित्वको सम्भावनाको प्रसंग पनि उल्लेख गरिएका छन् ।

 एउटा घतलाग्दो प्रसंग के छ भने स्पार्टाका नरेश आर्किडमसले युद्धको पूर्वसन्ध्यामा युद्धमा जान नहतारिन अनुनय गर्दै भनेका थिए, ' यस्तो जटिल सवालमा अहिलेको  भरे निस्कर्षमा पुग्न हतार गरिनु हुँदैन । यसमा अनेकौं मानिसको जीवन र भाग्य तथा थुप्रै नगरहरुको  भविष्य गाँसिएको छ । यसमा गहिरो गरी उनको प्रतिष्ठा पनि गाँसिएको छ । त्यसैले हामीले यस बारे ठण्डा दिमागले सोच्नु पर्दछ ।'

तर युद्धले एथेन्ससलाई पाठ सिकाउन ढिठ गरेका मन्त्री स्थेनेलाइड्स(Sthenelaidas)को अघिल्तिर नरेशको दाल गलेन । परिणाम उल्टो भयो । एथेन्सले सुरुमै युद्धमा भारी विजय हात पार्‍यो । सुलहको निम्ति आएका स्पार्टाका दूतलाई झन् ठूलो दावी बोकाएर फर्काइदिए । त्यस पछि पनि २०/२५ वर्ष सम्म युद्ध जारी रह्यो । धन्न त्यो बेला आजको जस्तो सुपरसोनिक गतिमा प्रक्षेपण गर्न सकिने मिसाइल या आणविक हतियार बनिसकेका थिएनन् । अन्तत: युद्ध जित्न त स्पार्टाले जिते, तर पनि खासमा स्पार्टा  र एथेन्स दुवैले युद्ध हारेका थिए । त्यस पछि स्पार्टा ग्रीस दुनियाँको कुनै पनि किसिमको नेतृत्वमा देखिँदैन । पछिल्लो शताब्दीमा एथेन्स पनि कमजोर भयो । 

धन्न त्यो बेला आजको जस्तो सुपरसोनिक गतिमा प्रक्षेपण गर्न सकिने मिसाइल या आणविक हतियार बनिसकेका थिएनन् । अन्तत: युद्ध जित्न त स्पार्टाले जिते, तर पनि खासमा स्पार्टा  र एथेन्स दुवैले युद्ध हारेका थिए । त्यस पछि स्पार्टा ग्रीस दुनियाँको कुनै पनि किसिमको नेतृत्वमा देखिँदैन ।

राजकुमार सिद्धार्थ गौतमको पालामा रोहिणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर कोलिया र कपिलवस्तु बिचको झगडामा युद्धमा गई हाल्न नहुने भनी सिद्धार्थले पनि स्पार्टाका नरेश आर्किडमसले जस्तै तर्क गरेका थिए, तर सेनापतिको हठ र युद्ध उन्मादको अगाडि सिद्धार्थको दाल गलेन ।(बौध धर्म र राजनीति, टंक कार्की, नेपाल रिडर्स, चैत्र १६, २०७९) 

सन् १८१४-१६को नेपाल-अङ्ग्रेज युद्धको पुर्व सन्ध्यामा बसेको भारदारी सभामा अमरसिंह थापाले भनेका थिए, 'म सैनिक मानिस राजनीतिको मेलोमेसो मलाई थाहा छैन । मैले जानेको सैनिक विज्ञान अनुसार युद्धको परिणाम आंकलन नगरी युद्धमा होमिनु हुँदैन ''(भावार्थ मात्रै) ।

रोहिणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर कोलिया र कपिलवस्तु बिचको झगडामा युद्धमा गई हाल्न नहुने भनी सिद्धार्थ गौतमले पनि स्पार्टाका नरेश आर्किडमसले जस्तै तर्क गरेका थिए, तर सेनापतिको हठ र युद्ध उन्मादको अगाडि सिद्धार्थको दाल गलेन ।

आज शक्ति सम्पन्न राष्ट्रहरुबीच नै छद्म युद्ध चलिरहेको छ र मत्थर हुनुको सट्टा उग्र रुपमा विस्तार भइरहेको छ । उनीहरुका साथ यति विध्वंशकारी शस्त्रास्त्र जम्मा भा'को छ कि त्यो पृथ्वीको समग्र जीवन नष्ट गर्न पर्याप्त छ । यदि यसलाई यसरी नै आगोमा घिऊ थप्दै जाने हो भने अन्ततः आफै समेत सारा जीवनको बरबादी ल्याउने प्रलयको उ क्षण टाढा छैन भनेर गंभीर  चिन्तकहरु सचेत गराई रहेका छन्  । त्यो शठबुद्धिमा फस्नु हुँदैन । अकलमन्दी त वर्चश्वको ढीट होइन, सहअस्तित्वको उपाय खोज्नु पो हो त ! साझा मानवीय हितका खातिर वार्ता र कुटनीतिक उपकरणको प्रयोगको विकल्प छैन ।

थुसिडाइड्स धरापमा फस्नु हुन्न ।

Image source: https://warfarehistorynetwork.com/