नेपालमा आदिवासीको आत्मनिर्णित विकासको पुनरुत्थान
आदिवासी छैन, यदि पूख्यौली थातथलोको भूमि, भूभाग तथा स्रोतहरु को संरक्षक तथा प्रथाजनित स्वःशासित संस्थाहरु छैन भने ।
पूख्यौली थातथलोको भूमि, भूभाग तथा स्रोतहरुको संरक्षकत्व तथा प्रथाजनित स्वःशासित संस्थाहरु छैन, यदि आत्मनिर्णय छैन भने ।
त्यसैले, सामुहिक जीवनपद्दति सहितको आत्मनिर्णित विकास छैन, यदि आत्मनिर्णय छैन भने ।
त्यसैले, नेपालका हामी आदिवासी, आदिवासी महिला तथा किशोरी, अपांगता भएका आदिवासी, आदिवासी एलजिबिटीआईक्यूए प्लसका लागि, पुर्ख्यौली थातथलोको भूमि, भूभाग तथा स्रोतहरुको सामुहिक संरक्षकत्व, र जैविक विविधताका साथै आदिवासी विधिशास्त्र, प्रथाजनित कानून, आदिवासी स्वःशासित संस्थाहरु, आदिवासी ज्ञान, आदिवासी नारीवाद, स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी (एफपिक), र जीवित प्राणी तथा निर्जीव वस्तुलगायतका हाम्रो दैनिक जीवन र अन्तरपुस्तान्तरण हुने सामुहिक जीवनपद्दतिहरु आत्मनिर्णय तथा अविभेद केवल सिद्धान्त वा विचारधार वा दर्शन मात्र नभएर मूलतः सामुहिक जीवनपद्दति अन्तर्गतको दैनिक अभ्यास हो ।
हामी आादिवासी माछा हौं भने आत्मनिर्णय हाम्रो लागि पानी हो । त्यसैले, आत्मनिर्णय आदिवासीको मन्त्र हो, संजिवनी हो ।
हामी आदिवासीहरु, राज्यवाट औपचारिक मान्यता पाएका ५९ तथा पाउन वांकि अन्य केहीसमेत उपनिवशेवादी, नश्लवादी, बाहुनवादी बाहुन क्षेत्री अथवा खस आर्यको उपनिवेशमा पर्नुअघि पूर्ण सार्वभौम राष्ट्र, राज्य तथा सरकार थियो । कवि बिक्रम सुब्बाले लेखेको छोटो कविता “उहिले, उहिले, चोरहरु शासन गर्दैनथे’’ ले विगत दुई सय पचास वर्ष देखि शासन गर्दै आएका उपनिवशेवादी, नश्लवादी, बाहुनवादीहरु ‘चोर’ हुन् भनेर इंगित गरेको बुझ्न कठिन छैन ।
उनीहरुले विधिको शासन, संविधानवाद, कानून र व्यवस्था, सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रवाद र योजनावद्ध विकास लादेर हाम्रो आत्मनिर्णय अपहरण गर्यो ।
उपनिवेशकरण, सैन्यकरण, भूमण्डलीकरण, उदारीकरण, तथा वनउदारीकरण होस् वा पूँजीवाद, लोकतान्त्रिक समाजवाद, मार्क्सवाद, लेनिनवाद वा माओवाद होस् वा केही अघि प्रतिपादित विकासको सिद्धान्तहरु खास गरी आधुनिकता र निर्भरताको सिद्धान्तहरु, र हालैको आधारभूत आवश्यकताको सिद्धान्त, उत्तर–आधुनिक सिद्धान्त वा अधिनस्थ (सबआल्टर्न) सिद्धान्त वा उत्तरविकास सिद्धान्त वा दिगो विकास सिद्धान्त वा मानव विकास सिद्धान्त होस्, सबै नेपाललगायत विश्वका सबै आदिवासी चल्लाहरुको लागि वाज जस्तै भक्षक हुन् ।
उनीहरुले खाली भूमिको सिद्धान्त, राजकीय सिद्धान्त, र एमिनेण्ट डोमेनको सिद्धान्तहरुको आविष्कार तथा दुरुपयोग गरेर हाम्रो सम्मान, अस्तित्व, विशिष्ट सामुहिक जीवनपद्दति, र पूर्ख्यौली थातथलोको संरक्षकत्वमा धावा बोल्दै आइरहेका छन् । उपनिवेशकरण, सैन्यकरण, भूमण्डलीकरण, उदारीकरण, तथा वनउदारीकरण होस् वा पूँजीवाद, लोकतान्त्रिक समाजवाद, मार्क्सवाद, लेनिनवाद वा माओवाद होस् वा केही अघि प्रतिपादित विकासको सिद्धान्तहरु खास गरी आधुनिकता र निर्भरताको सिद्धान्तहरु, र हालैको आधारभूत आवश्यकताको सिद्धान्त, उत्तर–आधुनिक सिद्धान्त वा अधिनस्थ (सबआल्टर्न) सिद्धान्त वा उत्तरविकास सिद्धान्त वा दिगो विकास सिद्धान्त वा मानव विकास सिद्धान्त होस्, सबै नेपाललगायत विश्वका सबै आदिवासी चल्लाहरुको लागि वाज जस्तै भक्षक हुन् ।
हाम्रो मुलुकमा, ‘विकास’ को अवधारणा आफैँमा उपनिवेशवादी उत्पादन र पुनर्उत्पादन सवै उपनिवेशवादी कै उपभोगको लागि हो ।
विकास शब्दको अर्थ फरक ठाउँ र फरक संस्कृति भएका जनताहरु, तथा उही व्यक्ति र संस्कतिमा पनि फरक समयमा फरक फरक अर्थ लाग्न सक्छ भन्ने तथ्य आधुनिकता, र निर्भरताको सिद्धान्तहरु र यस्को उपथरी सिद्धान्तहरुको साथै हालैको दिगो विकासको सिद्धान्त यसको प्रमाण हो ।
हाम्रो मुलुकमा, ‘विकास’ को अवधारणा आफैँमा उपनिवेशवादी उत्पादन र पुनर्उत्पादन सवै उपनिवेशवादी कै उपभोगको लागि हो ।
आधुनिकताको सिद्धान्त र यस्को उपथरिहरु, जस्तै ढाँचा वदलाव दृष्टिकोण, अनुक्रमणिका विधि वा अन्तराल दृष्टिकोण, वृद्धि दृष्टिकोण, र मनोवैज्ञानिक दृष्टिकोण सवैले गोराजातिलाई सर्बोत्कृष्ट र अरुलाई निकृष्ट देख्दछ, जुन उद्विकास र प्रसार सिद्धान्तहरुको संश्लेषित रुप हुन् ।
विश्व–पद्दतिहरु सिद्धान्त वा निर्भरता सिद्धान्त र यस्को उपथरिहरु केन्द्र–परिधि वा महानगर–उपग्रह, कम–विकासको विकास, नयाँ निर्भरता वा प्रविधि र औद्योगिक निर्भरता, निर्भर विकास, र निर्भर तथा साम्राज्यवाद सवै प्रकारको विकासको सन्दर्भमा मार्क्सवाद र लेनिनवादको पुनरावृत्ति हुन् ।
विकासको माथि–बाट–तल वा थोपा वनेर तल झर्ने विकासको सिद्धान्त, संरक्षणको किल्ला मोडेल, र कृषि विकासको एकल–मोडेल वा द्वि–मोडेल, मानव विकास सिद्धान्त, दिगो विकास सिद्धान्तहरु सबै हामी आदिवासी विरुद्ध छन्...
हाम्रो दृष्टिकोणमा यी दुवै मूल सिद्धान्तहरुले नश्लवादी उपनिवेशवादी बाहुनवादीले हामीलाई उपनिवेश बनाउन र हाम्रो स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी विना हाम्रो भूमि, भूभाग तथा स्रोतहरु लुट्ने अपराधिक कार्यमा निरन्तरता दिन सहयोग तथा समर्थन गर्दछ ।
साथै, विकासको माथि–बाट–तल वा थोपा वनेर तल झर्ने विकासको सिद्धान्त, संरक्षणको किल्ला मोडेल, र कृषि विकासको एकल–मोडेल वा द्वि–मोडेल, मानव विकास सिद्धान्त, दिगो विकास सिद्धान्तहरु सबै हामी आदिवासी विरुद्ध छन्, आदिवासीको सार्वभौमिकता, सम्मान, भूमि, भूभाग तथा स्रोत, प्रथाजनित कानून र स्वःशासित संस्था, हाम्रो अस्तित्व आदि कै विरुद्ध छन् ।
हामी आदिवासीहरुले बुझ्दछौं कि अधिकारमा आधारित विकास आवश्यक छ तर यो हाम्रो लागि पर्याप्त भने छैन । किनभने, नेपालका कैयन मानव अधिकारवादी संस्थाहरु तथा मानव अधिकारवादीहरुले व्यक्तिगत अधिकारलाई मानव अधिकार मान्ने तर आदिवासीको सामुहिक अधिकारलाई मानव अधिकार नमानेर गल्ती गर्नेहरु पनि छन् ।
त्यसैले, हामी अधिकारमा आधारित विकासलाई आत्मनिर्णित विकाससंग लगनगांठो कस्न पर्नेमा विश्वास गर्दछौ ।
नेपालका कैयन मानव अधिकारवादी संस्थाहरु तथा मानव अधिकारवादीहरुले व्यक्तिगत अधिकारलाई मानव अधिकार मान्ने तर आदिवासीको सामुहिक अधिकारलाई मानव अधिकार नमानेर गल्ती गर्नेहरु पनि छन् ।
हाम्रो आत्मनिर्णित विकासको अवधारणा भित्र हाम्रो आधारभूत मूल्यहरुले गहिरो जरा गाडेको छ र ती मूल्यहरु हुन् – पृथ्वी आमा प्रति पूर्ण सम्मान, ब्रह्माण्डीय दृष्टिकोण (कस्मोभिजन), सबैको अन्तरसम्बन्ध तथा अन्तरनिर्भरता, सामुहिक सहभागिता र सामुहिक निर्णय, साझा भलाइ, अन्तरपुस्ता हस्तान्तरण, र ऐक्यबद्धता ।
यस्को ठिक विपरित, नश्लवादी, उपनिवेशवादी, र वाहुनवादीहरुको ‘विकास’को अवधारणा भने पैसाको लोभ वा व्यक्तिगत लाभको लागि पृथ्वी आमा, प्रकृति, वातावरण, तथा जीवित तथा निर्जीव सबैको विनासमा आधारित छ ।
हस्तक्षेपकारी विकासको सिकार भएर पनि बाँचेका लाखौं आदिवासीहरुलाई सोध्न सक्छौं – आदिवासीहरुबाट स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी प्राप्त नगरि लादिएको विकास जस्तै सन् १९५६ मा भएको वनको राष्ट्रियकरण, सत्तरीको दशकदेखिको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण आयोजना र सामुदायिक वनलगायतका संरक्षण क्षेत्रहरु, असीको दशक देखिको जलविद्युत परियोजना र हाईभोल्टेज विद्युत प्रशारण आयोजनाको निर्माण, र नव्वेको दशक पछिका सडक विस्तार, राजमार्ग, एअरपोर्ट, केवल कार, पर्यटन विस्तार, प्रशासनिक केन्द्रहरुको स्थापना, तथा सैनिक क्याम्प विस्तारलगायतले आदिवासीको विकास गरेको छ कि विनास?
नश्लवादी, उपनिवेशवादी, र वाहुनवादीहरुको ‘विकास’को अवधारणा भने पैसाको लोभ वा व्यक्तिगत लाभको लागि पृथ्वी आमा, प्रकृति, वातावरण, तथा जीवित तथा निर्जीव सबैको विनासमा आधारित छ ।
के आदिवासीहरुको मानव अधिकारको उल्लंघन, हस्तक्षेप, अस्विकृती, दुरुपयोग, गैरअनुपालन वा अज्ञानता विकास हो?
जे होस, नेपालमा अहिले हामी आत्मनिर्णित विकासको पुनरुत्थान हुन थालेको देखिरहेका छौं । हालै थारु, थाकथुङ (लिम्बू), किराँत खम्बू (राई), तामाङ, नेवा, मगरहरुको आन्दोलन यसैको कडी हो ।
‘मूलप्रवाह’को मानव अधिकारवादी संघ संस्थाका मानव अधिकारवादी अभियन्ताहरुलाई हामी आदिवासीको प्रश्न छः तपाईंहरुले कहिल्यै पनि आदिवासीको सामुहिक अधिकारलाई सम्मान गर्न, दस्तावेजीकरण गर्न, अवलोकन गर्न, माग राख्न वा जनवकालत गर्न नचुकेको क्षण छ? नश्लवादी, उपनिवेशवादी, बाहुनवादी र विभेदकारी कै अंश भएर पनि तपाईंहरु के, कसरी मानव अधिकारवादी?
त्यसैले, जलवायु संकट र यसले यो धरतीमा मानव जातीको अस्तित्व नै समाप्त पार्ने सक्ने देखिएको आजको घडीमा महत्वपूर्ण प्रश्न हो – तपाईं उपनिवेशवादी, नश्लवादी र बाहुनवादी हो भने तपाईं पृथ्बी आमाको स्वास्थ्य र भलाइको पक्षमा हो कि विपक्षमा हो? यदि तपाईंको उत्तर पक्षमा हो भने, तपाईं आदिवासीहरुको अधिकार र आधारभुत स्वतन्त्रताको पक्षमा कि विपक्षमा हो? तपाईंको उत्तर विपक्षमा हो भने, आदिवासीको आमसंहार गरेर के तपाईंको भावि पुस्ता र सवै मान्छेको अस्तित्व बचाउन सक्नु हुन्छ?
जलवायु संकट र यसले यो धरतीमा मानव जातीको अस्तित्व नै समाप्त पार्ने सक्ने देखिएको आजको घडीमा महत्वपूर्ण प्रश्न हो – तपाईं उपनिवेशवादी, नश्लवादी र बाहुनवादी हो भने तपाईं पृथ्बी आमाको स्वास्थ्य र भलाइको पक्षमा हो कि विपक्षमा हो?
हामी आदिवासी, आदिवासी राष्ट्र, आदिवासी राज्य, र आदिवासी सरकार सवैले हाम्रो आफनो सामुहिक भविष्य निर्धारण हामी आफैले सामुहिक छफल र सामुहिक निर्णयबाट गर्ने हो । बाह्य पक्षहरु, विशेष गरेर राज्य, सरकार, बजार, गैरसरकारी संस्थालगायतको नागरिक समाज, र अन्तर्राष्ट्रिय विकास साझेदारहरुले हामी आदिवासीको भविष्य निर्धारण गर्नु भनेको हाम्रो मानव अधिकारको ठाडो उल्लंघन हो ।
हाम्रो पुस्ता आत्मनिर्णय र आत्मनिर्णित विकासको संरक्षण र सम्बर्धनको लागि जुनसुकै मूल्य चुकाउन दृढ्निश्चित छ ।
हामी आदिवासीहरु यो धरतीको पहिलो राष्ट्र हो भने भविष्यमा अन्तिम राष्ट्र पनि हुने छ ।
लोभ, पैसा, पूँजी, अनावश्यक आवश्यकताको परिपूर्ति, र व्यक्तिवादिता हामी आदिवासीहरुको दृष्टिकोणमा विकास होइन ।
सन् १८५४ मा जारी भएको मुलुकी ऐनका हस्ताक्षरकर्ताहरु मध्ये ९८ प्रतिशत बाहुन क्षेत्री थिए भने नेपालको पहिलो नेपाल मानव विकास प्रतिवेदन १९९८ सार्वजनिक हुँदा निजामती सेवाका उच्च पदहरुमा ९२ प्रतिशत बाहुन क्षेत्री भएको तथ्य तथ्यांकले यो बीचको १४४ वर्षको अवधिमा बाहुन क्षेत्रीले ६ प्रतिशतमात्र स्थान छाडेको हिसावले जनसंख्याको आधारमा वरावरीमा आउन १२८८ वर्ष लाग्ने देखिन्छ, जुन अत्यन्त कहाली लाग्दो छ । साथै, नेपालसंग सन्धि गरी आफनो स्वायत्तता र स्वःशासन कायम राखी सामेल भएको थाकथुङ (लिम्बू)हरुको किपट राजा महेन्द्रले सन् १९६३ मा अपहरण गरेपछिको परिणाम नेपाल मानव विकास प्रतिवेदन १९९८मा याकथुङ (लिम्बू)हरुमा निरपेक्ष गरिवीको अवस्था २५ प्रतिशत रहेकोमा देखिन्छ, जुन अत्यन्त दुखदायी छ ।
निष्कर्षमा, नेपाल सरकारले आदिवासीको अधिकारसम्बन्धी एक्ट (विधेयक, कानून) ल्याउनमा एक्ट (अभिनय) गर्छ र ल्याउने एक्ट (कार्य) गर्दैन । नेपालको संविधान, ऐन कानूनले, नीति नियम, योजना तथा कार्यक्रम आदिको वक्स भित्र आदिवासीको लागि रित्तो भएको र सवै बाहिर राखिएको अवस्थामा वक्स भित्र खोज्नुको साटो वक्स बाहिर खोज्नुको विकल्पहीन विकल्प मात्र बाँकी रहेकोले आदिवासीहरुले निर्णायक एक्ट (कार्य) गर्ने समय आइसकेको छ ।
(प्रस्तुत सामग्री आदिवासीको अधिकारसम्बन्धी विशेष समाधिक्षक होजे फ्रान्शिस्को कालित्जेको नेपालमा प्राज्ञिक भ्रमणको अवसरमा १० सेप्टेम्बर २०२३ मा मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंमा आयोजना गरेको ‘नेपालमा आदिवासी र विकासको सवालहरु‘ विषयक विचार गोष्ठीमा डा. कृष्ण भट्टचनले अंग्रेजीमा प्रस्तुत गर्नु भएको ब्रिफिङ पेपरको खस नेपाली अनुवाद हो ।)
भारतको गहिरो सामाजिक-आर्थिक समस्याहरूलाई सम्बोधन नगरी माओवादलाई उन्मूलन गर्न …
राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
के युद्ध अन्य माध्यमबाट राजनीतिको निरन्तरता हो?
प्रतिक्रिया