फिडेलको गुरिल्ला बर्दी

क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो करिब पचास बर्ष सम्म सत्तामा रहे। तर उनले औपचारिक पोसाक टाई सुट एकदमै कम लगाउने गर्थे। फिडेलले जीवनभर सैनिक बर्दी लगाए। यहि प्रसंगलाई लिएर एक पटक इटालियन पत्रकार ज्यास ग्याब्रोनस्कीले क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलाई एउटा अन्तर्वार्ताको क्रममा सोधेका थिए- ‘‘तपाईं सधै आफ्नो गुरिल्ला बर्दी किन लगाउनु हुन्छ ? सियारा माइस्त्राका छोडेको पनि धेरै दिन भयो।’’

फिडेल क्यास्ट्रोले जवाफ दिए- ‘‘यी मेरा लुगाहरु हुन्। मैले यसलाई जीवनभर लगाएको छु। यी लुगाहरु आरामदायक र साधारण छन्। यिनीहरु सस्तो छन् र कहिले पनि आउट अफ फेसन हुँदैनन्।’’

फिडेलले थप प्रष्ट पार्दै अगाडि भने ‘‘मसंग अर्को सुट पनि छ, औपचारिक खालको टाईसहितको। तर यदि मैले तपाइलाई एउटा प्रश्न सोधे भने मलाई माफ गर्नुहोला: जब तपाईंले पोपसंग अन्तर्वार्ता लिनुभएको थियो के तपाईंले उनलाई सोध्नु भयो कि उनले सधैं त्यो सेतो पोशाक लगाउँछन भनेर ?’’

प्रस्तुति: केदार सिटौला

image: https://d.ibtimes.co.uk