आकाशको प्रतिविम्ब धर्तीमा देखिने अद्भूत स्थान

यस पृथ्वीमा धेरै नै विचित्रका स्थानहरु रहेका छन् । तीमध्येका एक हुन् सालार दे उयूनी । यो स्थानलाई आकाश र धर्तीको मिलनबिन्दू पनि भनेर भन्ने गरिन्छ । वास्तवमा यो नूनको एउटा विशाल मैदान यो । यो दक्षिण पश्चिम बोलिभियामा १०,५८२ वर्गकिलोमिटभन्दा बढी उचाईमा अवस्थित छ । यो एउटा प्रागऐतिहासिक तालको अवशेष हो । त्यहाँको पानी वाफ बनेर उडेपछि चम्किलो नुनको तह मात्रै बाँकी रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सालार दे उयूनीको निर्माण ४० हजार साल पहिले थुप्रै प्रागऐतिहासिक तालहरुको बीचमा आएको परिवर्तनको परिणामस्वरुप भएको थियो । समयक्रमा ती तालहरुबाट पानी उडेर गयो र बाँकी रह्यो त नूनको एउटा बाक्लो पत्र ।

यो स्थानको मुख्य विशेषता भनेको यस क्षेत्रमा आकाश र जमीन मिलेको जस्तो देखिन्छ ।खासगरी, यसमा ऐनाको जस्तो प्रभाव देखिन्छ । खासगरी, डिसेम्बरदेखि मार्चको बेलामा पानीको एउटा पातलो तहले त्यस नूनको मैदानलाई ढाक्छ । त्यसले गर्दा त्यहाँ ऐना जस्तो परावर्तक सतह बन्न पुग्छ । त्यसो समय फोटोग्राफरहरु तथा दृश्यावलोकन गर्न रुचाउनेहरुका लागि सबैभन्दा उत्तम समय हुन्छ । त्यसबेला आकाशका विचित्र प्रतिविम्बहरु त्यहाँ देख्न र खिच्न सकिन्छ ।

नूनको त्यस मैदानमा ठाउँ ठाउँमा चट्टानी भागहरु पनि फेला पर्छन् । तिनलाई इकास भन्ने गरिन्छ । त्यसमध्ये एउटा रमाइलो चट्टानी भाग इंकाहुआसी द्वीप हो । त्यस क्षेत्रमा ठूला ठूला क्याक्टस विरुवाहरु पाइन्छ ।

त्यहाँको कठोर वातावरणमा बन्यजन्तुहरु पाउनु दुर्लभ कुरा हो । तर त्यस्तो स्थानमा पनि फ्लेमिङ्गो नाम गरेको चरा विचरण गरिरहेको देख्न पाइन्छ ।

https://travel.aviastar.org/

सालार दे उयूनीको सबैभन्दा मुख्य विशेषता भनेको त्यस स्थान ताराहरु हेर्न तथा आकाशगंगाको दृश्यावलोकन गर्नको लागि संसारकै सबैभन्दा उत्तम स्थान मानिन्छ । उँचो स्थान, शुष्क जलवायु र न्यूनतम प्रकाश प्रदूषणका कारण त्यस स्थानलाई ताराहरुको अवलोकन गर्नका लागि सबैभन्दा सही स्थान ठानिएको छ । मौसम सफा भएको बेलामा त्यस स्थानबाट पूरै आकाशमा फैलिएको आकाशगंगालाई प्रष्टसँगै देख्न सकिन्छ ।

 

 

 

Image source: https://yesofcorsa.com