स्वामी देवीदास

बीचमा एउटा पोखरी पनि बनाएँ र प्रचार गराएँ- "यो देवी - पोखरी हो यसको पानीमा आफ्नो अनुहारको छायाँ जसले देख्छ त्यो मान्छे भाग्यमानी हुनेछ ।"

डेढ वर्ष अघिसम्म आर्थिक रुपले अत्यन्त कमजोर मान्छे म अर्थात् देवीप्रसाद कँडेल आज म लखपति भएको छु । दश बाह्र वर्षपछि त म करोड़पति नै भइसक्ने प्रष्ट सम्भावना छ ।

भाञ्जा ! यो कुरा सुन्दा तिमी छक्क पर्ला । तर यो बिलकूलै साँचो कुरा हो ।
सुन भान्जा, मेरो बढोत्तरीको रहस्य, यसको पृष्ठभूमि र यसपछाडि रहेको गुरु-योजना !

म बेरोजगारी र अभावले रन्थन्निएर घुमिरहेको बेलाबाट यो सिलसिला शुरू हुन्छ । अचानक मैले एउटा अखबारमा एउटा खबर पढ़ें- काठमाडौं उपत्यकाको लगनखेल भन्ने ठाउँनेरको कुसुन्ती भन्ने गाउँमा एउटी महिला अचानक ‘माताजी’ भएर निस्केको खबर! काम्ने र ठूला ठूला कुरा गर्ने, छिनमै अलप हुने, छिनमै प्रकट हुने उनीबारे यस्तो हल्ला चल्न थाल्यो। उनको दर्शन गर्न र उनलाई पूजा गर्न जाने भक्तजनहरुको विशाल भीड लाग्न थाल्यो। दक्षिणा, भेटी, प्रसादी भनेर पैसाको खोलो बग्न पाल्यो ।

खबरमा यो कुरा पढ्न नपाई मेरो चतुरो दिमागले तत्काल केही योजना बनायो कुसुन्तीकी "माताजी" का सबै चालचलनको अध्ययनपश्चात मेरो योजना झन् तगडा बन्न पुग्यो ।

योजना अनुसार, सर्वप्रथम त मैले काठमाडौंबाट भक्तपुर जाने बाटोको छेऊको मेरो सानो घरको आँगनमा बीस जना बेरोजगार केटाहरुलाई बोलाएर भनें "हेर केटा हो । मलाई धेरै दिन अधिदेखि नै सपनामा देवी भगवतीले दर्शन दिने गरेकी थिइन् । आज राती उनले मलाई भनिन्- "तेरो आँगननेरको हलुवावेदको बोटमुनि म छु । आजदेखि मेरो कीर्ति संसारमा फिंजाउने जिम्मा तेरो भयो।"

मैले थप भनें “मेरो सपना भंग भयो । अनि मैले गएर 'ऊ त्यो हलुवावेदको फेदमा दुई हात गहिरो खाडल खने। त्यहाँ देवीको एउटा सुन्दर मूर्ति फेला पर्यो । खन्दै जाँदा अलि पर चार पाथी रातो अबिर, चार पाथी पहेंलो केशरी, चार पाथी कालो तिल र दुई बटा मानव-हाडहरु फेला परे- नलीखुट्टे हाडहरु !"

केटाहरु ठूलो चाखसहित सुन्दै थिए । यो मूर्ति, अविर केशरी, तील र हाड मैले आफैले खाडल खनी पुरेको रहस्य चाहिँ उनीहरुलाई मैले खोलिनँ । उनीहरुलाई हलुवावेदको रुखमुनि लगेर यी सबै कुराहरु मैले देखाइदिए र भने- "हेर केटा हो, आज बिहान त देवीले मलाई विपनामै साक्षात् दर्शन दिइन् र भनिन्- "आजदेखि तेरो नाम 'देवीप्रसाद कॅडेल" हैन, 'स्वामी देवीदास' हुनेछ।
जसले यो मेरो मूर्तिको पूजा गर्ला र यो अवीर, केशरी निधारमा लगाउला उसको तुरुन्तै कार्यसिद्धि हुनेछ यो कालो तिलको एउटा दानालाई एक चिम्टी खरानीमा मिसाई पोको पारी पाखुरामा जसले बांधला, उसलाई रोगव्याधीले छुने छैन तर जसले मेरो निन्दा गर्ला, त्यसलाई भने यो नलीखुट्टे हाडबाट मसान जागेर आई त्यसको सत्यनाश हुनेछ यति भनेर देवी अन्तरध्यान भइन् !"

यति भनेर उनीहरु हरेकलाई दुई दुई सय रुपियाँको नोट दिँदै मैले भनें- "यो पैसा देवीको प्रसाद हो, यसलाई लिक र यसवापत तिमीहरु ठाउँठाउँमा गई देवीको अवतार उत्पन्न भएको प्रचार गर भोलि फेरि यहाँ आउन थप पैसा पाउने छौ।"

ती बेरोजगार केटाहरु चरेश, अफिमको लतमा पनि लागेका थिए । यी नशाहरु किन्नका निम्ति उनीहरुलाई पैसाको सख्त खाँचो थियो। पाए दंग परे र बीसजना बीसैतिर हिँडे ।

बस्, मेरो घर आँगनमा मान्छेहरुको अपार भीड लाग्न थाल्यो । त्यहाँ एउटा मन्दिर पनि बन्यो । भर्खर प्रकट भएकी शक्तिशाली देवी" को पूजा गर्न आउने र भेटी चढाई "अपूर्व अवीर, केशरी र तिलको दाना" प्राप्त गर्न आउनेहरुको होडबाजी नै चल्न थाल्यो । ती बेरोजगार अफिम्ची केटाहरुमध्ये पाँच जनालाई त मैले त्यहाँ रेखदेख गर्ने जागीर नै दिएँ। उनीहरुले पर्चा छापी टाढा टाढासम्म पुन्याई प्रचार पनि गरे ।

यसपछि मैले पैसाको बलमा एकजना पण्डितलाई हात लिए। उनले "यी देवी पौराणिक कथाहरुमा वर्णित साक्षात् देवीकै अवतार हुन् भनी संस्कृतमा श्लोक बनाए र व्याख्यान दिए ।

यसैगरी, केही पत्रिकाका संवाददाताहरुलाई 'प्रसाद' भन्दै केही हजार रुपियाँ दिई पत्रपत्रिकाहरुमा मैले खबर छपाएँ “लौ नयाँ देवी उत्पन्न भइन् !", "स्वामी देवीदासबाट आशीर्वाद प्राप्त गर्नेको भीड लाग्न थाल्यो ।" आदि
आदि !

यसबाहेक मैले केही थप हल्ला चलाएँ "नयाँ देवीलाई सपरिवार पूजा गर्न गएका कुनै सज्जनलाई त्यही दिन पाँच लाखको चिठ्ठा पर्‍यो रे ! देवीको निन्दा गर्ने व्यक्ति चाहिँ तुरुन्तै रगत छादेर मर्‍यो रे !" आदि आदि ।

यसमा थप केही अनौठा मनगढन्त नियम बनाइदिएपछि नयाँ देवी' झन् रहस्यमय र 'आकर्षक' बन्न पुगिन् । ती नियम हुन्- "नयाँ देवीलाई अक्षता चढाउने भए पनि दश दाना गनेरै चढाउनू, फूल पनि दश थुङ्गा नै र पैसा चढाए पनि दश वटा नोट चढाउनू !"

यो 'दशवटा नोट' वाला नियमले खुब फाइदा गन्यो । मालामाल भेटी ओइरिन थाल्यो। माडवारीहरुले चन्दा दिनमा पनि होडबाजी नै गरे ।

अब मैले मन्दिर वरिपरि सस्तो मोलमा दश रोपनी जग्गा किने र ठूलो कम्पाउण्ड पर्खाल लगाएं। बीचमा एउटा पोखरी पनि बनाएँ र प्रचार गराएं- "यो देवी पोखरी हो, यसको पानीमा आफ्नो अनुहारको छायाँ जसले देख्छ, त्यो मान्छे भाग्यमानी हुनेछ।"

यसले 'नयाँ देवी मन्दिर को आकर्षण नै बढायो, भीड ने बढायो ।

यसरी बुझ्यौ भाञ्जा! मेरो "भक्ति व्यवसाय अहिले मालामाल चलिरहेछ । अहिलेसम्म यसको आम्दानीबाट म लखपति भइसकेको हुनाले मैले म चाँडै नै करोडपति बन्छु होला भनी तिमीलाई भनेको हुँ ।

त्यसैले, भाञ्जा यसकारण मेरो हालखबर आजकाल एकदमै राम्रो छ । शहर तिमी पनि बेरोजगार छौ करोडपति बन्न चाहन्छौ । जाऊ, तिमी पनि तिम्रो पोखरानेर यही उपाय अपनाऊ ।

देशमा शिक्षाको प्रचार बढ्दै गए पनि रुढीवादी, अन्धभक्त र धर्मभीरुहरुको संख्या यहाँ घटेको छैन, त्यो झन् झन् बढ्दैछ । त्यसैले हाम्रो यो 'बिजिनेस को भविष्य राम्रै देखिन्छ। कुरो बुझ्यौ त भाञ्जा ?

–मूल्याङ्कन २०५५ मंसिरबाट