के विदेशिनु नराम्रो हो ?

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

अर्थात् जन्म दिने आमा र  आफू जन्मेको जन्मभूमि स्वर्गभन्दा  पनि महान हुन् । सुन्नुभएको हो नि हैन ? विद्यालय स्तरदेखि नै होस् या जागिर खान योग्य लोकसेवा तयारी गर्नेसम्मको युवा उमेर भइसक्दासम्म बुढापाका, शिक्षक, बुर्जुवाहरुबाट सुन्दै आइएको एकदमै प्रचलित राष्ट्रवादी भनाइ हो यो ।

यस्तै राष्ट्रवादी भावनाले ओतप्रोत भएका आमाबाबुहरु फेरि आफ्ना छोराछोरीलाई  समेत रुखमा भोट नहाले, सुर्यमा भोट नहाले या भनुँ न तेजप्रसादलाई भोट नहाले बमबहादुरलाई भोट नहाले मरेपछि नर्कै पुगिन्छ जस्तो गरेर आफ्नो, छोराछोराछोरीको र नाति पुस्तासम्मैको भविष्यमाथि पटकपटक खेलवाड गरिसकेका पटकपटक टेस्ट लिएर फेल भैसकेकाहरुलाई नै भोट हाल्न लगाउँछन् ।

लेखे-बोलेकै भरमा, देशमै केही गर्नुपर्छ, विदेश जानू हुँदैन भनेकै भरमा डलरमा पैसा आउन मानिलिउँ कुनै दिन बन्द भयो भने भोलिपल्टै कन्सल्टेन्सी धाउने फेरि उनीहरु नै हुन्छन् । हामी सजिलै गफ दिन्छौं अब विदेश पलायन हुने ट्रेण्डलाई रोक्नुपर्छ । कुरो सुन्दा मीठो पनि लाग्छ– स्वदेशमै केही गरौं । तर गर्ने कसरी ?

अनि नेपालीहरुलाई राष्ट्रवादी बन्न पनि केही गार्हो छैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद ! Back off America / Back off india नाराबाजी  गर्दिए सामाजिक सञ्जाललाई प्रभावित तुल्याउन सक्ने महान व्यक्ति भइहालिन्छ । त्यति लेखे-बोलेकै भरमा, देशमै केही गर्नुपर्छ, विदेश जानू हुँदैन भनेकै भरमा डलरमा पैसा आउन मानिलिउँ कुनै दिन बन्द भयो भने भोलिपल्टै कन्सल्टेन्सी धाउने फेरि उनीहरु नै हुन्छन् । हामी सजिलै गफ दिन्छौं अब विदेश पलायन हुने ट्रेण्डलाई रोक्नुपर्छ । कुरो सुन्दा मीठो पनि लाग्छ– स्वदेशमै केही गरौं । तर गर्ने कसरी ? केही गर्नका लागि धेरैथोरै पुँजीको आवश्यकता त पर्दछ नै, त्यो पुँजी कहाँबाट जम्मा गर्ने? कुनै व्यापार व्यवसाय गर्छु भन्दा हाम्रो समाजले ऋण दिन हिच्किचाउँछ तर विदेश जान्छु भन्दा लाखौँ रकम दिन तयार हुनेको भीड लाग्छ ।  फेरि पुँजी नै भएपनि लगानी गरेर  आयआर्जन गर्ने विश्वासको वातावरण नै पनि छैन । बरु त्यति पैसा वैदेशिक रोजगारीमा लगानी गर्दा भविष्य सहज र सुरक्षित हुन्छ भन्ने तितो नियति छलर्ङ्गै छ ।

दैनिकजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक अध्यन र रोजगारको लागि विदेश जाने युवा र तिनका आफन्तले खचाखच भरिएको हुन्छ । विदेश जान तम्तयार भएका फ्लाइट पर्खिरहेका युवाहरु खादा माला लगाएर आफन्तहरुसँग विदाइका फोटोहरु क्यामरामा कैद गरिरहेका देखिन्छन्  । दैनिकजसो १५०० देखि १८०० युवा त्रिभुवन विमानस्थलबाट सुटकेसमा आफ्ना आफ्ना सपनाहरु पोको पारी समुन्द्रपारी उडिरहेका हुन्छन् । (विं स २०८०) अघिल्लो एक वर्षमा मात्र ९ लाख नेपाली युवाहरुले देश छोडेका छन ।

आजको समयमा चालीस लाखभन्दा बढी  नेपालीहरु अध्यन र रोजगारीको सिलसिलामाविश्वभर छरिएर रहेका  । देशको एक चौथाई अर्थतन्त्र ( २५%) उनीहरुले पठाउने रेमिट्यान्सले धानिरहेको छ ।नेपाल सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रूपमा १११  र व्यक्तिगत रूपमा १७८  देश खुला गरेको छ ।

युवाहरु स्वदेशमा बेरोजगार समस्याको कारणले विदेश पलायन हुन बाध्य छन् । बिदेशिनु रहर नभएर बाध्यता बनिसकेको छ ।

देशमा राजनीतिक परिवर्तनपछि पटकपटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । मुलुकमा व्याप्त गरिबी, बेरोजगारी, अशान्ति अर्थात् द्वन्द्वको प्रभाव, रोजगारीका नयाँ अवसरको कमी, रोजगारीको क्षेत्रमा उपलब्ध अवसरको असमान वितरण, श्रमको अत्यधिक शोषण, कृषि क्षेत्रमा विविधता र व्यवसायीकरणको अभावले कृषिमा युवाको कम आकर्षण इत्यादि कारणहरुले गर्दा युवाहरुले देशमा आफ्नो सुरक्षित भविष्य देख्न सकिरहेका छैनन् । युवाहरु स्वदेशमा बेरोजगार समस्याको कारणले विदेश पलायन हुन बाध्य छन् । बिदेशिनु रहर नभएर बाध्यता बनिसकेको छ ।जागिर र काम पाउन कठिन छ । स्वदेशमा योग्यता, क्षमता र सिप अनुसारको जागिर पाउन निकै गाह्रो छ । जागिर पाइहाले पनि तलब न्यून छ । हामी आजै पनि ८-१० हजारमा बजारका विभिन्न लुगा पसल, होलसेल, लगायत विभिन्न अस्थायी कामहरुमा कलेज पढदै गरेका १८ देखि २०-२२ बर्षका युवायुवतीहरु  काम गरिरहेको देख्न सक्छौ ! जबकि सरकारले तोकेको न्युनतम तलब नै १५,५००/- छ । दैनिक श्रम गरे वापतको ज्यालाले श्रमिकहरुलाई बाँच्न सकश छ । विदेशमा जति दुःख गरेपनि तुलनात्मक रुपमा तलब राम्रो छ । नेपालमा जागिर गरेर घर गाडी जोड्न सम्भावना छैन ।  बिदेश मोहले प्रभावित नभएको कुनै क्षेत्र छैन ! विदेश मोहको प्रभावमा चिकित्सकदेखि, इन्जिनियर शिक्षक, खेलाडी, नर्स, कर्मचारी, सुरक्षाकर्मी सबै छन् । सरकारी जागिरको पनि चित्तबुझ्दो तलब स्केल छैन । छोराछोरीलाई राम्रो स्कुलमा राम्रोसँग पढाउन सक्ने अवस्था छैन । स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन । जागिरको पैसाले घर खर्च सञ्चालन गर्न सक्ने अवस्था छैन् । बजारमा महँगीले आकाश छोएको छ । देशमा गरेको जागिरबाट प्राप्त आम्दानीले खर्च धान्न पुग्दैन । परिवार पाल्न नै मुश्किल छ ।

रोजगारको अलावा अध्यनको लागि पनि नेपाली युवाहरु, अस्ट्रेलिया, अमेरिका, नर्वे, डेनमार्क, क्यानडा, युके, जापान   लगायत  विश्वका विभिन्न मुलुकमा जाने गरेका छन् ।

देशमा गरेको जागिरबाट प्राप्त आम्दानीले खर्च धान्न पुग्दैन । परिवार पाल्न नै मुश्किल छ ।

नेपालको शिक्षा प्रणाली अन्तराष्ट्रियस्तरको छैन । समयमा परीक्षा नै भइदिदैन । पाँच वर्षे पाठ्यक्रम सकाउन आठ वर्ष पनि लागिदिन सक्छ । करियरलाई लिएर चिन्तित हुने  विद्यार्थीहरुमा विदेश गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्न सजिलो हुन्छ भन्ने बुझाइ रहेको छ । विदेशमा गएर अध्ययन गर्दा लर्निङ र अर्निङ दुवै गर्न सकिन्छ भन्ने धेरै विद्यार्थीको बुझाइ छ । विदेशमा पढाइसँगै कमाई पनि छ ।विद्यार्थीहरुले पढाइको साथै काम गरेर पनि राम्रै आम्दानी गरिरहेका छन् । नेपालको सन्दर्भमा यो कठिन छ । नेपालमा लर्निङ गर्दा अर्निङ हुँदैन । अर्निङ गर्दा लर्निङ हुँदैन । अर्निङ पनि चित्त बुझ्दो हुँदैन् । पार्ट टाइम जागिर पाउँदैन । नेपालमा पढ्दा पढ्दै आधा जिन्दगी नै जान्छ । जीवनभर अध्ययन गरेर जागिर पाउने कि नपाउने हो ग्यारेन्टी छैन । यो यथार्थलाई अहिलेका विद्यार्थीले राम्ररी बुझेका छन् ।

अन्त्यमा, यो लेखको इन्टेन्सन  अध्यन र रोजगारीको लागि युवाहरुलाई विदेश पलायन हुन मोटिभेट गर्न होइन । पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, आफू जन्मे हुर्केको ठाउँ छोडेर  सकेसम्म विदेश पलायन हुन कमैलाई मन हुन्छ ।नेपालमै बसेर गर्नेहरुका सफलताका कथाहरु पनि  बेलाबेलामा सुन्न पाइन्छ ।तर आफ्नो करियर, चित्तबुझ्दो  जिवनशैली, सुनौला अवसरहरु, सुरक्षित भविष्य खोजेर विदेशिनु पनि नराम्रो चाहिँ होइन । यसैपनि आजको युग ग्लोबलाइजेसनको युग हो । विश्वका विभिन्न मुलुकमा आप्रवासी नेपालीहरुले व्यापार, व्यवसाय, राजनीति, प्रविधि, कर्पोरेट,  लगायत विभिन्न क्षेत्रहरुमा पाएको अन्तर्राष्ट्रिय सफलताका समाचारहरु पनि बेलाबखतमा देखिइरहेको हुन्छ  ।उनीहरुले उता रहुन्जेल देशलाई रेमिट्यान्स भित्राउने काम मात्रै गर्दैनन् कि कतिपयले स्वदेश फर्केपछि विदेशमा सिकेका ज्ञान र सीपमाथि लगानी गरी,उपभोग गरी अन्यलाई समेत विभिन्न रोजगारीका अवसरहरु सिर्जना गरेका उदाहरणहरु पनि थुप्रै देख्न सकिन्छ ।

हिन्दीमा एउटा भनाइ नै छ – "किरायाका मकान बुरा नही है जबतक अपना मकान नहि है" जब आफ्नो देशमा पर्याप्त  रोजगारी छैन, विश्वबजारमा बक्ने शिक्षाप्रणाली छैन तब वैदेशिक रोजगारी पनि नराम्रो होइन अर्थात् आफ्नो घर छैन भने भाडाको कोठा पनि नराम्रो होइन।