तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’

"जङ्क" शब्दको उत्पत्ति बेलायतमा भएको भए तापनि पुरानो फ्रान्सेली शब्द "JUNC जन्स" बाट आएको हो। जुन ल्याटिन शब्द "JUNCUS"  जन्कसबाट आएको हो। जन्कस शब्दको अर्थ ढुवानीको क्रममा प्याकिङ सामग्रीको रूपमा प्रयोग हुने पुरानो डोरी, कागज आदिको टुक्रा हो। समयको बित्दै जाँदा पुरानो, काम नलाग्ने बेकारका वा थोरै मूल्यको कवाडी समानलाई "जङ्क" भनियो।  १९ औँ शताब्दी पुग्दै गर्दा फोहोरहरू लाई "जङ्क" भन्न थालियो। २० औँ शताब्दीको मध्यतिर कवाडी वा पत्रु खानाको अर्थ दिने गरी "जङ्क फुड" शब्दको प्रयोग हुन् थालेको भेटिन्छ। जसले खानको लागि सुविधायुक्त, अधिक प्रशोधित, कम पोषणयुक्त, स्वास्थ्य अमैत्री खाना जनाउने शब्दको रूपमा प्रयोग भएको देखिन्छ।

१९५० को दशकमा सुपर मार्केट र फास्ट फुड रेस्टुरेन्टहरूमा सजिलो पहुँच, व्यापार मैत्री प्याकेजिङ्ग रहेको कम मूल्यको तर सरल रूपमा उपभोग गर्न सक्ने खाना भारतीय बजारमा प्रवेश गरे सँगै 'बेकार खाद्य' वा 'कवाडी खाद्य' रूपको अस्वस्थ तमोगुणी जङ्क फुड भारत प्रवेश गरेको देखिन्छ।  सन् १९८० को दशकमा नेपालमा  इन्सट्याण्ड नुडल वा चाउचाउले प्रवेश गर्‍यो।  त्यसपछिका दशकहरूमा नेपालमा चाउचाउ र बिस्कुट देशको मुख्य खाजा  बन्यो। नेपालको चौधरी समूहको पहिलो स्थापित चाउचाउको प्रमुख ब्रान्ड बाईँ बाईँको सन् १९८४ मा उत्पादन लगतै १९८६  देखि नेपाली बजार चाउचाउ निकै लोकप्रिय बन्यो। नेपाली बजार चाउचाउ लोकप्रिय हुनु अगावै  १९८० को दशक देखि दालमोठ, चिप्स, कोला ड्रिंक्स, जेरी, लालमन आदि जस्ता जङ्क फुड मैत्री बनी सकेको थियो। 

नाम जे दिइए तापनि अधिक अजिनामोटो प्रयोगले बजारलाई एडिक बनाएको  स्वस्थ, धर्म र कर्म अमैत्री जङ्क फुडको बजार माग नेपाली बजारमा कहिल्यै घट्न सकेन।

बजारको प्रशोधित जङ्क फुड स्वस्थ र धर्ममैत्री नभएको कारण नेपाली बजारमा  त्यसलाई "रड्डी खाना" वा " पत्रु खाना" भन्ने गरियो। नाम जे दिइए तापनि अधिक अजिनामोटो प्रयोगले बजारलाई एडिक बनाएको  स्वस्थ, धर्म र कर्म अमैत्री जङ्क फुडको बजार माग नेपाली बजारमा कहिल्यै घट्न सकेन।  तुरुन्तै खान सकिने, प्रशोधित र प्याकेज गरिएका अस्वस्थ तमोगुणी  खाद्य वस्तुहरू मुलुक  २१ सौ शताब्दीमा पुग्दै गर्दा  लोकप्रिय जङ्क फुडको रूपमा स्थापित बन्यो।

नेपालको पब्लिक हेल्थ फाउन्डेसन जस्ता जनस्वास्थ्य सम्बन्धी संस्थाहरूले जङ्क फुडको स्वास्थ्यमा पर्ने असरबारे चिन्ता व्यक्त गर्दै त्यसको उपभोग कम गर्न उपायहरू तर्फ ध्यान दिन स्थानीय निकाय र नेपाल सरकार लाई समय समयमा अपिल गर्ने गरेको देखिन्छ। नेपालमा सञ्चालित  जनचेतना अभियानहरू र अस्वास्थ्यकर खाद्य पदार्थहरूको उपलब्धता र बजारीकरणलाई रोक्नको लागि नियामक निकायमा दिने गरिएको दबाबको  प्रयासहरू प्राय: प्रभावहीन बनेको देखिन्छ। सरकार र स्थानीय निकायको प्राथमिकतामा यस्ता कुरामा परेको छैन। राज्य मात्र मूकदर्शक बनिरहेको छ। चाहेर नचाहेर त्यस्ता गतिविधिको संरक्षक बनेको छ।

जङ्क फुड शब्दले अक्सर सुविधायुक्त किसिमले छिटो तयारी गरी खान सकिने कि त कम पोषण मूल्य भएको वा अत्यधिक क्यालोरीको दिने अस्वास्थ्यकर खानालाई सङ्केत गर्दछ।

विभिन्न शब्दकोशहरूमा "जङ्क फुड" शब्द फरक फरक रूपमा परिभाषित भएको छ। मरियौँ-वेबस्टर डिक्सनेरी अनुसार क्यालोरीमा उच्च तर पोषण सामग्री कम भएको खाना जङ्क फुड हो।  अक्सफोर्डको अनुसार सामान्यतया प्याकेज गरिएको खाजाको रूपमा उत्पादन गरिने, थोरै पकाएर वा नपकाइ खान सकिने कम पोषण मूल्य भएको खाना  जङ्क फुड हो। क्याम्ब्रिज शब्दकोशका अनुसार छिटो र सजिलै पकाएर वा नपकाएर खान मिल्ने अस्वस्थ्यकर खाना लाई जङ्क फुड भनिन्छ। फरक फरक शब्दकोशहरूमा दिइएको परिभाषाहरू जङ्क फुड शब्दले अक्सर सुविधायुक्त किसिमले छिटो तयारी गरी खान सकिने कि त कम पोषण मूल्य भएको वा अत्यधिक क्यालोरीको दिने अस्वस्थ्यकर खानालाई सङ्केत गर्दछ।

उदाहरणको रूपमा चाउचाउ; चिप्स; क्यान्डी; अत्यधिक चिनी र चिल्लोयुक्त  पेस्ट्री, केक; अधिक चिनी युक्त पेय जस्तै कोला, सोडा;  उच्च क्यालोरी, फ्याट, नुन आदि हुने बर्गर, फ्राइड चिकेन, पिज्जा, हट डग आदि जस्ता फास्ट फुडहरू। कानुनी रूपमा कुन खानालाई जङ्क फुड अन्तर्गत राख्ने र कुन खानालाई जङ्क फुड अन्तर्गत नराख्ने भन्ने प्रस्टसंग छुटाउन निकै गाह्रो हुने गर्दछ।

एकै खानाले फरक फरक प्रकृति र अवस्थाका व्यक्तिमा फरक फरक भूमिका छोड्ने गर्दछ। त्यसैले समग्रमा समाजको बहुसङ्ख्यक व्यक्तिमा सामान्यतया प्रतिकुल स्वस्थ अवस्था निम्त्याउने  छिटो र सजिलै पकाएर वा नपकाइकनै खान मिल्ने अस्वस्थ्यकर खानाहरू लाई जङ्क फुड अन्तर्गत राख्दा "जङ्क फुड" शब्दले दिने अर्थको नजिकको हुने गरी खानको सामाजिक न्याय पूर्ण वर्गीकरण हुने गर्दछ। 

जङ्क फुड जस्ता शब्दहरूलाई जबसम्म स्पष्ट रूपमा परिभाषित गर्न सकिँदैन, तबसम्म जङ्क फुड सम्बन्धमा ऐन, कानुन, निर्देशिका तथा मापदण्ड  बनाएर नियमन गर्न सम्भव रहँदैन। निर्देशित मापदण्ड प्रभावकारी रूपमा लागू गर्न ती मापदण्ड पूरा भएको वा नभएको सुनिश्चित गर्ने मापन प्रणाली विकास गर्न जङ्क फुड जस्ता शब्दहरूको सटीक परिभाषा आउन सक्नु पर्दछ।

खाना निर्माणको क्रममा हुन सक्ने सानो सानो परिवर्तनको पोषण र खाद्य सुरक्षामा ठुलो प्रभाव रहने हुँदा सबैलाई एकै मापदण्डभित्र सबै फिट हुने गरी जङ्क फुड जस्ता खानाको परिभाषा विकास गर्न र त्यसलाई व्यवहारिक रूपमा सम्भव गर्न निकै ठुलो चुनौतीहरू देखिएको छ।

पोषणको दृष्टिमा खानाहरू आफैमा अत्यन्त जटिल प्रकृतिको हुने गर्दछ। नाम एकै हुने खानको पोषण सामग्रीमा समेत तिनीहरूको व्यापक रूपमा फरक फरक फर्मुलेसनका कारण भिन्न हुन सक्छ। एकै प्रकारको नाम हुने खानाको चिल्लो, चिनी र अन्य पोषक तत्त्वहरू तिनीहरूको  प्रशोधन विधि अनुरूप फरक-फरक स्तरको बन्ने गर्दछ। खाना निर्माणको क्रममा हुन सक्ने सानो सानो परिवर्तनको पोषण र खाद्य सुरक्षामा ठुलो प्रभाव रहने हुँदा सबैलाई एकै मापदण्डभित्र सबै फिट हुने गरी जङ्क फुड जस्ता खानाको परिभाषा विकास गर्न र त्यसलाई व्यवहारिक रूपमा सम्भव गर्न निकै ठुलो चुनौतीहरू देखिएको छ।

संसारभर आज पनि खाद्य क्षेत्रका वैज्ञानिक र विज्ञहरूले कस्तो मापदण्डको खानालाई जङ्क फुड भन्ने भन्ने स्पष्ट रूपमा व्यवहारिक परिभाषा दिन सकेका छैनन् । जङ्क फुड भन्ने  शब्दको आधिकारिक  सटीक परिभाषा स्थापित हुन नसकेको कारण संसारको कुनै पनि मुलुक र संयुक्त राष्ट्रसङ्घ समेतले आधिकारिक रूपमा जङ्क फुड भन्ने  शब्दलाई आफ्नो मापदण्ड वा आधिकारिक दस्ताबेजहरूमा समाहित गर्न सकेका छैनन्। उक्त शब्दको औपचारिक प्रयोगले निम्त्याउन सक्ने कानुनी विवाद र नियामक कार्यान्वयनमा हुने कठिनाइहरूबाट बच्न संसारका प्राय देशले  जङ्क फुड जस्ता शब्दहरू आफ्नो दस्तावेजमा राख्न निकै सचेत बन्ने गरेको देखिन्छ।

अमेरिकाको फुड लेवलिङ्ग र सुरक्षा नियमन गर्ने तथा उपभोक्ताहरूलाई पोषणसम्बन्धी पर्याप्त जानकारी उपलब्ध रहेको सुनिश्चित गर्ने खाद्य तथा औषधि नियामक संस्था एफडिएले जङ्क फुडको प्रस्ट परिभाषा दिएको छैन। बरु  "जङ्क फुड" शब्दले सामान्यतया चिनी वा फ्याटबाट बन्ने अधिक क्यालोरीयुक्त तर न्यून फाइबर, प्रोटिन, भिटामिन वा खनिजहरू भएको खानालाई बुझाउने एफडिएको अवधारणा रहेको उल्लेख गर्दछ। क्यानडा, युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घको समकक्षी निकायहरू समेतले जङ्क फुडको विशेष कानुनी परिभाषा दिएका छैनन्। फ्रान्सले अस्वस्थ्यकर खाना र पेय पदार्थहरूको विज्ञापनमा प्रतिबन्ध लगाएको छ। त्यहाँका स्कुलहरू बाट जङ्क फुड बेच्ने भेन्डिङ मेसिनहरू हटाइएका छन्। लाटभियामा नर्सरी  र  स्कुलहरूमा कृत्रिम एडिटिभ्स मिसाएको खानेकुरा र पेय पदार्थको बिक्रीमा प्रतिबन्ध छ। भारत र युनाइटेड किंगडम जस्ता मुलुकहरूमा स्कुलहरूमा र बच्चाहरूको लागि निर्मित टिभी कार्यक्रममा जङ्क फुड सम्बन्धको विज्ञापनमा कडाइ गरिएको छ।

खाद्य आहारको सन्दर्भमा केही खानाहरूको वर्णन गर्न "जङ्क फुड" शब्द प्रयोग गर्नु, जङ्क फुड शब्द सार्वजनिक बहस र मिडियामा प्रयोग गरिनु आज सामान्य बनिसकेको छ। तर जङ्क फुड शब्दको अर्थको परिशुद्धतामा रहेको कमीको कारण (Lack of precision) राज्यले जारी गर्ने नियामक दिशानिर्देशहरू र पोषण सम्बन्धका कानुन र निर्देशिकाहरूमा  जङ्क फुड शब्द प्रयोग गर्न असम्भव प्राय: बनेको अवस्था छ। 

खाद्य वैज्ञानिकहरूले गरेको आज सम्म सम्भव गर्न सकेको प्रविधिको दायरा अन्तर्गत कुन खाना जङ्क हुने र कुन जङ्क नहुने भनी व्यवहारिक निदान दिन असम्भव रहेको अवस्थामा जङ्क फुडको  सट्टा "उच्च फ्याट , उच्च चिनी र उच्च नुन (High Fat, Sugar, and Salt - HFSS) भएका खानाहरू भनी खानलाई  वर्गीकरण गर्ने र त्यसैलाई खाद्य सुरक्षा र पोषणको दृष्टिले खानको पोषण सामग्रीमा आधारित विशिष्ट मापदण्डहरू बनाउने तर्फ लाग्नु गर्न सकिने विकल्प तर्फ संसारको ध्यान खिचिएको छ।

उपभोक्ताले तैयारी पश्चात् खाने चाउचाउ सम्पूर्ण तौलको आधारमा हेर्दा  न उच्च फ्याट, न उच्च चिनी, न उच्च नुन भएको खानमा पर्ने छ। त्यसैले "जङ्क फुड" शब्द  आज संसार भर जति व्यापक भएको छ त्यति नै यसलाई सटीक शब्दावलीको रूपमा नियम र कानुनको दायरा भित्र ल्याउन असम्भव जस्तै देखिएको छ।

एचएफएसएस उपाय लागु गर्दा यिनीहरूमा आधारित  लागूयोग्य स्पष्ट, दिशानिर्देश मापदण्ड र नियमहरू सिर्जना गर्न मद्दत गर्ने छ। तर यसो हुँदै गर्दा समेत उपभोक्ताहरूलाई पोषणसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गर्ने नियतमा आउने यस्तो प्रकारको वैकल्पिक व्यवस्था अन्तर्गत समेत वास्तविक  जङ्क फुड त्यस अन्तर्गत त्यस अन्तर्गत तोक्न सकिने मापदण्ड बाहिर सहजै  पर्न सक्ने प्रशस्त आधार छन्।

जस्तै उपभोक्ताले तैयारी पश्चात् खाने चाउचाउ सम्पूर्ण तौलको आधारमा हेर्दा  न उच्च फ्याट, न उच्च चिनी, न उच्च नुन भएको खानामा पर्ने छ। त्यसैले "जङ्क फुड" शब्द  आज संसारभर जति व्यापक भएको छ त्यति नै यसलाई सटीक शब्दावलीको रूपमा नियम र कानुनको दायरा भित्र ल्याउन असम्भव जस्तै देखिएको छ।

खाद्य पदार्थहरूको स्वास्थ्य रैंकिंग प्रदान गर्ने उद्देश्यले खानाले मानिसको स्वास्थ्य स्थितिमा दिएको असरको नतिजाको आधारमा मानव स्वस्थ प्रतिकुल गरिरहेको अस्वस्थ जङ्क फुडहरू तिनीहरूको जोखिमको आधारमा सूची बद्ध गरी सार्वजनिक रूपमा उपलब्ध गराउने केही महत्त्वपूर्ण श्रोतहरू हाल पब्लिक डोमेनमा उपलब्ध छन्। ईट दिस, नट दयाट ! (Eat This, Not That ! यो खानुहोस्, त्यो होइन !) ले पृथ्वीमा सबैभन्दा अस्वास्थ्यकर खाना र खाजाको रैंकिंग र विश्लेषण प्रदान गर्दछ। जसले ग्रहका १००  अस्वस्थ खानाहरू र ग्रहका ४० अस्वस्थ स्न्याक्सबारे लेखेको छ।  त्यस्तै मासड (Mashed) ले विभिन्न अस्वास्थ्यकर खानाहरूको सूची र छलफल गरी संसारमा सबैभन्दा अस्वस्थ ९८ खानाहरूको सुची दिएको छ। त्यस्तै हालै हेल्थशटहरू (HealthShots) मा स्वास्थ्यको लागि हानिकारक बनिरहेका खानेकुराहरू बारे "१० अस्वास्थ्यकर खानाहरू जुन तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक छन् " भन्ने शीर्षकको सूक्ष्म अन्तर्दृष्टि हाम्रा बजारमा उपलब्ध खाद्य पदार्थहरूको पोषण सामग्री र स्वास्थ्य प्रभावहरू वारेको तथ्य र विशेषज्ञहरुको आधिकारिक राय ठम्याउन मद्दत गर्दछ।

भर्खरै भएका अध्ययनहरूले दिएको खानको स्वास्थ्य रैंकिंगहरूको आधारमा नेपाल लगायतको विश्व बजारमा रहेका खानाहरूले समाजलाई हाल पुर्‍याइरहेको स्वस्थ जोखिमको यथार्थ तथ्यहरूलाई तौलिएर नेपाल फोकस मूल्याङ्कन गर्दा  यस प्रकार भेटिएको छ। जसमा  अधिक हानिकारक तथा जोखिम युक्त पहिलो र कम हानिकारक अन्तिम रहने गरी यहाँ उल्लेख गरिएको छ।

१) फ्राइड फुडहरू तिनीहरूमा रहेको अधिक क्यालोरी, अधिक फ्याट, उच्च  इन्फ्लेमेटरी यौगिकहरू, सूजन र अक्सिडेटिभ तनाव पैदा गर्ने तत्त्वहरूका कारण रोगको अधिक जोखिम बढाउने भेटिएकोले सबै भन्दा खराब जङ्क फुडको रूपमा रहेको भेटिएको छ (Eat This Not that)।

२) चिनीयुक्त पेय पदार्थको रूपमा रहेका सफ्ट ड्रिंक्स र अन्य चिनीयुक्त पेय पदार्थ समाजमा मोटोपना, टाइप - २ मधुमेह, र मेटाबोलिक सिनड्रोम निम्त्याउन जिम्मेवार रहेकोले दोस्रो नम्बरमा रहेको छ (Healthshots)।

३) उच्च प्रशोधित मासु जस्तै हट डग, ससेज र बेकन जस्ता वस्तुहरूमा उच्च मात्रामा रहेको सोडियम, नाइट्रेट र नाइट्राइटहरूका कारण क्यान्सरको जोखिम बढाउने प्रकृतिको रहेकोले तेस्रो जोखिम युक्त जङ्क फुडमा पर्दछ (Healthshots)।

४) ब्रेक फास्टमा खाइने चिनीयुक्त सिरियलमा रहेको अत्यधिक प्रशोधित कार्बोहाइड्रेट र उच्च मात्राको चिनीको कारण रगतमा छिटो चिनीको मात्रा बढाउने र मधुमेहको जोखिम बढाउन जिम्मेवार रहेको भेटिएकोले चौथो नम्बरमा रहेको छ (Eat This Not That)।

५) क्यान्डी र मिठाईहरूको रूपमा रहेको ट्विक्स (Twix) बारहरू, रक क्यान्डी आदि अधिक चिनीले भरिएका, अत्यन्त न्यून देखि शून्य पोषण मूल्यको रहेको कारण तौल बढाउने र अन्य स्वास्थ्य समस्याहरू विकास गर्न योगदान पुर्‍याउने भेटिएकोले पाँचौँ स्थान मा छ (Eat This Not That) (Mashed)।

६) सिनाबन रोल्समा रहेको अधिक क्यालोरी, अधिक फ्याट र अधिक चिनीका कारण यी पेस्ट्रीहरूमा उपभोक्ता लाई बारम्बार सेवन गर्ने लत विकास गरी स्वस्थ आहारमा बाधा पुर्‍याउने गुण भेटिएकोले छैटौँ नम्बरमा पर्दछ।

७) आलु क्रिस्प्स र चिप्स जस्ता स्न्याक्समा रहेका मनोसोडियम ग्लुटामेड, उच्च फ्याट, उच्च सोडियम र उच्च तापक्रममा तेलमा फ्राई गर्दा एक्रिलामाइड जस्ता क्यान्सर जन्य यौगिक बन्ने सम्भावनाका कारण सातौँ नम्बरमा पर्दछ (Healthshots)।

८) मार्जरीनमा अस्वास्थ्यकर ट्रान्स-फ्याट समावेश भएको र त्यसले खराब कोलेस्ट्रोलको स्तर बढाउन र हृदय रोगको जोखिम दिने हुँदा आठौँ नम्बरमा पर्दछ  (Healthshots)।

९) इन्स्ट्यान्ट नूडल्समा सोडियमको मात्रा उच्च हुने र प्रायः मानो सोडियम ग्लुटामेड युक्त युक्त हुने हुँदा इन्स्ट्यान्ट चाउचाउले स्नायु र प्रजनन स्वास्थ्यमा जोखिम निम्त्याउने सम्भावना रहेकोले नवौँ स्थानमा पर्दछ  (Healthshots)। स्मरण रहोस् स्नायु र प्रजनन स्वास्थ्यमा जोखिम मनोसोडियम ग्लुटामेडको भन्दा टेबल सल्टको अधिक हुने गर्दछ। 

उल्लेखित सुचीले तपाईँले सोच्नु भए भन्दा नितान्त विपरीत तथ्यहरूले तेलमा फ्राइड अनियन रिँग र  इन्स्ट्यान्ट नूडल्स (चाउचाउ) हाम्रो समाज र विश्व बजारमा समेत मानव प्रतिकुल स्वस्थ निर्माणमा तुलनात्मक रूपमा नितान्त कम जिम्मेवार रहेको प्रस्ट गर्दछ।

१०) तेलमा फ्राइड अनियन रिँग  खाना अधिक चिल्लो र अधिक क्यालोरीहरू युक्त हुने हुँदा त्यसको ब्याटर र फ्राइङ प्रक्रियाले प्याजको प्रायः पौष्टिक फाइदाहरू हटाएको भेटिएकोले यो दशौँ नम्बरमा परेको छ (Mashed)।

उल्लेखित सुचीले तपाईँले सोच्नु भए भन्दा नितान्त विपरीत तथ्यहरूले तेलमा फ्राइड अनियन रिँग र  इन्स्ट्यान्ट नूडल्स (चाउचाउ) हाम्रो समाज र विश्व बजारमा समेत मानव प्रतिकुल स्वस्थ निर्माणमा तुलनात्मक रूपमा नितान्त कम जिम्मेवार रहेको प्रस्ट गर्दछ। दालमोठ, कुरकुरे, जेरी आदि दशौँ स्थानमा समेत रहेको देखिँदैन। हालको वर्षहरूमा सामाजिक स्वास्थ्यको लागि अत्यन्त जोखिम युक्त जङ्क फुड उपलब्ध गर्ने निकायमा हाम्रा फास्ट फुड रेस्टुरेन्ट, सफ्ट ड्रिङ्क र चिनी अधिक हुने पेय बनाउने कम्पनी,  प्रशोधित मासु पसल, डिपार्टमेन्ट स्टोर, क्यान्डी र मिठाई पसल आदि रहेको प्रस्ट गर्दछ। यो तथ्यले हामी संग जङ्क फुड लाई नियन्त्रित बिक्री गर्ने सक्षम संयन्त्र समेत विकास नबनी सकेको तर्फ सङ्केत गर्दछ।