प्राचीन इतिहास:  ऋग्वेद अध्ययनको टिपोट

भारतीय उपमहाद्वीपको सन्दर्भमा, मानवजातिले विकास गरेको आजसम्मको सभ्यताको अगुवाई समाजमा शासन गर्दै आएको मालिक वर्गले नै गर्दै आएको छ । यद्यपि कामदारको रुपमा आविष्कार गर्ने हात चाहिँ श्रमिक वर्गको हुने गरेको छ । स्वामी वर्गले आफ्नो उपभोगको लागि आविष्कारको अवधारणा अघि सार्ने गरेको छ ।

सभ्यताको प्रारम्भमा  भिन्न समुदायको उपभोग्यवस्तु खोस्ने लुट्ने युद्ध हुने गर्थे । भिन्न समुदायका मानिसप्रति गर्न हुने र नहुने कुराको कुनै मापदण्ड थिएन । जसको शक्ति उसको भक्ति भन्ने अवस्था थियो । ऋग्वेदको दशम मण्डलको ८७ सूक्तमा  मान्छेको मासुले भुँडी भर्दा रमाउने राक्षसको छाला काड्ने, टुक्रा टुक्रा पारेर ब्वाँसालाई ख्वाउने गरेको कुरा उल्लेख छ । २७औ सूक्तमा  शत्रुका खुट्टा समातेर घुमाइकान ढुङ्गमा पछारेर मारिन्थ्यो भनिएको छ ।  १०१औं सूक्तमा कृष्णासुरसँग गर्भिणी महिलालाई पनि इन्द्रले मारेको कुरा छ । क्रूर र बर्बर ढङ्गको व्यवहार हुन्थ्यो । शत्रुको समूल हत्या गरिन्थ्यो ।

यस्ता अनगिन्ती घटना पछि सैकडौं हजारौं वर्षपश्चात्  शत्रुसमुदायका मानिसलाई जित्नेले  मार्नुको सट्टा पक्रेर आफूले उपयोगको काममा लगाउने  वा उनीहरुले जीविकाका सिलसिलामा आर्जन गरेका पशु र अन्न धन आफ्नो आवश्यकता अनुसार लुटेर लगिदिने गर्न थाले । आवश्यकता पूर्तिका लागि अर्को समुदायमाथि आक्रमण, युद्ध आत्मसुरक्षाका लागि युद्ध– यही सभ्यता बन्यो र त्यो दासप्रथाको प्रारम्भिक अवस्था थियो । युद्ध र बर्बरता त्यसबेला मानव अस्तित्वको लागि अनिवार्य आश्यकता थियो  । जव युद्ध विजेताहरु स्थायी वसोवास गर्न थाले तिनले दस्यु या दासहरुबाट मानव सभ्यतामा त्यसबेलासम्म नदेखिएका अद्रभूत संरचनाको निर्माण हुनथाल्यो । नयाँ नयाँ अविष्कार हुन थाले । दास मालिकहरुका शक्तिशाली राज्यहरु बने । पहिले भिन्न समुदायका मानिसलाई दस्यु अर्थात् शत्रु भनेर युद्ध गर्ने समुदायकै मानिसहरु विभिन्न राज्यमा विभक्त भएर एक अर्कोलाई दस्युको रुपमा वर्णन गर्नथाले । राज्य बनेपछि शक्तिको अभूतपूर्व विकास भयो । धन र सुख सुविधाका साधन पनि आविष्कार हुन थाले  । हतियारमा विषालु धनुकाँण, आवागमनमा रथको आविष्कार दैनिक जनजीवनमा प्रभाव पार्ने साधन बन्यो । त्यसबेला देवताको नाममा देवदूत वनेर सर्वसाधारणलाई अधीनमा राख्ने स्वामी वर्गको परम्परा  लगायत सामान्य सोच र संस्कृतिको जग दासप्रथामै बसेको हो र अद्यापि प्रचलनमा छ ।

भारतमा प्रचलित यो संस्कृतिका प्रशंसकहरु अहिले पनि आधुनिक पूँजीवादी सभ्यताका धेरै आविष्कार भारतमा त्यो दासप्रथाका उत्कष्ट कालमा भैसकेका थिए, तिनलाई वेदमा उल्लेख गरिएको र त्यसै आधारमा पश्चिमा जगतमा नयाँ नयाँ अविष्कार हुनेगरेको दावी गर्छन् । पहिलो वेद ऋग्वेदमा यस्ता केही आविष्कारको चर्चा पहिलो मण्डलको सूक्त ११६मा यसरी गरिएको छ—

अश्विनी कुमारहरु, तिमीहरु अति वेगले आकाशमा उड्ने, तीव्रगति भएका देवताका गतिमा हिँड्ने यानभन्दा पनि छिटो यात्रा गर्दछौ । तुग्र देशका भुज्यु नामका राजालाई अन्तरीक्ष यान र जलयानका सहायताले अश्विनी कुमारले रक्षा गरे । गहिरो सागरभन्दा धेरै टाढाको मरुस्थलबाट तीनदिन तीन रात हिडेर अति वेगवान सय पाङ्ग्रा र  ६ अश्वशक्तिले चल्ने यन्त्र भएको पक्षी झैँ उडेर  आकाश मार्गबाट गयौ । विना विश्राम टेक्ने समाउने नभएको, दुईसय पतवारले चल्ने नौकामा   चढाएर पुर्‍यायौ । स्वराज्यका लागि युद्धरत असुरहरु थुनेका अत्रि ऋषिलाई शक्तिबर्धक आहारा दिएर बलियो वनायौ । अश्विनी कुमारलाई दधिचि ऋषिले मधु विद्या सिकाएका थिए, ।नेत्रहीन कविलाई सुन्दर दृश्य देख्ने बनायौ ।खेल राजाको पक्षमा लागेर युद्धमा गएकी विक्ष्पला नामकी स्त्रीको गोडो काटिएर चराको प्वाँख झै झर्‍यो । तिनको लागि फलामको गोडा जोडेर अर्को पटक युद्धमा जानसक्ने बनायौ ।ऋज्राश्व भन्ने व्यक्तिलाई फुटेका आँखा देख्न सक्ने तुल्यायौ । नृषदका बहिरा छोरालाई कान सुन्ने गरायौ । शत्रुका सैनिकलाई विष भरिएका  बाण बनाएर विनास गर्‍यौ । सूक्त १२०मा भनियो विना घोडा नै चल्ने रथ अश्विनी कुमारले बनाए ।  यी कुरामा कति अतिशयोक्ति पनि होला तर घटना नभई कुनै कुराको ज्ञान हुदैन भन्ने विज्ञानलाई मान्ने हो भने अन्तरीक्ष यान , फलामको गोडा , अन्धोलाइृ दृष्टि दिनेकुरा कसरी आए अनुसन्धानयोग्य छ । महान अविष्कारहरु राजाहरुको आपसी युद्धबाट दासप्रथाको उत्कृष्टतासँगै विस्मृत हुदै गएका पनि हुन सक्छन् ।

ऋग्वेदको पहिलो मन्त्र नै  अग्निको बारेमा छ । यज्ञका देवता अग्नि, पुरोहित,  पाठगर्ने ऋत्विक,र होम गर्ने होतालाई सम्बोधन गरिएको छ । यसरी  यो वेद आगोमा होम गर्ने कर्मकाण्ड, खासगरी होम गर्दा गर्नुपर्ने  अमुक अमुक देवताको स्तुति पाठ, होमको कामसँग सम्बन्धित छ । ती स्तुति पाठमा यज्ञ गर्ने यजमानका सुख सुरक्षाका लागि पाठ गर्ने ऋत्विकहरुले अमुक देवतासँग  गरिएका प्रार्थना र यजमानको इच्छा पूरा गराइदिए वापत आफुहरुले दान दीक्षणामा पाउने  धनसम्पत्ति, खासगरी गाई, घोडा,  भेडा, दास—दासी, अन्न र सुनहरुको माग गरिएका छन् ।

दशवटा मण्डलको ऋग्वेदको पहिलो मण्डलको पहिलो सूक्तको ऋषिको नाम मधुच्छन्दा वैश्वामित्र र देवता अग्नि रहेका छन् । दोश्रो मन्त्रमा भनिएको छ— अग्नि: पूर्बेभिर्ऋषिभिरीड्: यो नूतनै रुत ।अर्थात् उहिले प्राचीन ऋषिहरु, जस्तै अङ्गिरा, अत्रि, भृगु आदिले पनि अग्निको स्तुति गरे, त्यसै गरी नूतनै भनेका आधुनिक ऋषिले पनि अग्निको स्तुति गरे भनिएको छ । यस भनाइबाट ऋग्वेदको स्तुतिको परम्परा प्राचीन हो तर अहिले नयाँले गरे भनेर नयान् भनिएका मधृच्छन्दा वैश्वामित्र ऋषि परम्पराका पुरोहितहरुले धेरै पछि पाठ गरेको यो मन्त्र घोकेर कण्ठ पारेका र पछिसम्मका पुरोहितले सोही श्रुतिपरम्पराको पाठ पढिरहे र  लिपी र लेखनकला विकास भएपछि त्यसलाई लिपिवद्ध गरियो र यो ऋग्वेद हामी समक्ष छ । भन्नाले सयौ हजारौं बष अघि शुरु भएको स्तुति पाठको परम्परा कायम त रह्यो तर स्तुति उही थिएनन् ,उस्तै तर समय र ऋषि सापैक्ष हुनगए । सूक्त ३० को मन्त्र ९मा पनि हाम्रा पुर्खाले पनि यसै गरेका थिए भनिएको छ । ऋग्वेदभरि नै ठाउँ ठाउँमा यस्तो लेखेको पाइन्छ ।

सातौं मण्डलको २२औं सूक्तको  नवौ मन्त्र पनि यस्तो छ—ये च पूर्बे ऋषयौ ये च नुत्न इन्द्र ब्रह्माणि जनयन्त विप्रा । अस्मे ते सन्तु सख्या शिवानि यूयम्: पति स्वस्तिभिः सदा नः।। यसको नेपाली अर्थ यस्तो लगाइएको छ— हे इन्द्र ! प्राचीन र नवीन ऋषिहरुले रचना गरेका स्तुतिले आराधनाबाट खुसी पारिएका तिमीले जसरी उनीहरुको कल्याण गर्‍यौ, उसरी नै अहिले हामीलाई पनि कल्याण गर । यसरी वशिष्ठ मैत्राबरुणी परम्पराका ऋषिले ती ऋषिको समयभन्दा पनि पछि यो स्तुतिको मन्त्र वनाए , यो मन्त्र प्राचीन, नूतन र वशिष्ठ मैत्राबरुणीभन्दा धेरै पछि बनेको हो र यही नै अहिले हामीले सवभन्दा प्राचीन मानेको ऋग्वेद हो ।वशिष्ठ मैत्राबरुणीकै नामबाट सोही मण्डलको ३३औ सुक्तमा पनि भनिएको छ—गोरो वर्णका, टाउकाको दाहिनेतिर टुप्पी राख्ने बुद्धिमान वशिष्ठ गोत्रीयहरुका वंशज शिष्यहरु हामीबाट टाढा नजाऊन् ।यो भनाइबाट वशिष्ठको नामको परम्पराबाट धेरै पछिका पुरोहितले यो मन्त्र या स्तुति रचेका हुन् भन्ने प्रष्ट हुन्छ ।

पहिलो मण्डलको छैठौं मन्त्रमा नै  अग्निलाई अङ्गिर भनेर पुकार गरिएको छ । अर्थात् अग्नि प्रार्थनाको परम्परा  प्राचीन ऋषि अङ्गिराले गुफामा नै बसालेकोले आगोको उपयोगिता उनको अगुवाइमा शुरु भएकाले  आगो नै अङ्गिरा र अङ्गिरा नै आगो भन्ने ऋग्वेदले जताततै उल्लेख गरेको छ । ऋग्वेदले सवै प्राकृतिक शक्तिका रुपमा रहेका देवता र आफ्ना प्रभाशाली पितृलाई प्रतीकात्मक रुपमा एउटै सम्बोधन गर्दछ । जस्तै प्राचीन ऋषिहरुको रुपमा अग्निलाई वर्णन गरिएको छ भने प्राचीन सेनापतिलाई इन्द्र अर्थात् बर्षाको देवताका रुपमा प्रार्थना गरिएको छ । पहिलो सूक्तको छैठौ मन्त्रमै अग्निसँग  पुरोहितले प्रार्थना गर्दै भन्दछन् यजमानलाई  धन देऊ । यसरी धन नै स्तुतिको मूल ध्येय भएको जानकारी दिन थालिन्छ । पहिले आगो, चट्याङ्, सूर्य , वायु, पानी आदि प्राकृतिक शक्तिको उपासना गर्ने देवगण हरु पछि आफ्ना पितृ बनेका पुरोहित नै अग्नि हुन् र तिनकै उत्तराधिकारी अहिलेका पुरोहित पनि हुन्, यी देवदूत हुन् भन्ने ठान्थे र पुरोहित कस्ता? अग्निजस्ता, सेनापति कस्ता इन्द्रजस्ता अर्थात् इन्द्रका अवतार सेनापति, अग्निका अवतार पुरोहित इत्यादि सोच राख्दथे ।

छैटौ मण्डलको १६औ सूक्तमा  अग्निको स्तुति (ऋचा) पढ्दा ऋषि भारद्वाज बार्हस्पत्यले अग्निले वज्र प्रहार गरेर बृत्रलाई मारे भनिएको छ । तर धेरैजसो ठाउँमा बृत्रलाई इन्द्रले नै वज्रले हानेर मारे भनिएको छ । सामान्य जानकारीमा पनि इन्द्र नै बृत्रासुरका बधकर्ता हुन् । तर केही ठाउँमा अग्निबाटै बृत्रहत्याको उल्लेख गरेबाट इन्द्र देवताको उपासनाभन्दा अघि अग्निको उपासना हुने गरेको र  अग्निका रुपमा पितृभएका ऋषि पूजिन थालेपछि र गणदेवताको सुरक्षा कमाण्ड इन्द्रले लिन थालेको र पछि मात्रै अग्निको भूमिका देवदूतमा सीमित भएको अनुमान हुन्छ । अर्थात् गणहरु ससाना हुञ्जेल गण नायक नै देवदूत र युद्धका कमाण्डर पनि हुन्थे तर समाज ठूलो हुँदै गए पछि युद्धको कमाण्डका लागि इन्द्रपद खडा गरियो र उनी द्यूलोकका आदित्य अर्थात् सूर्य, भूमिमा अहिंसक अग्नि र अन्तरीक्षमा वायुका रुपमा चिनिन थाले भनेर पहिलो मण्डलको छैटौ सूक्तमै भनिएको छ ।  पुराना जमानाका ऋषिहरुले देवताको पद पाउँथे रे । कोही इन्द्र, कोही अग्नि (अङ्गिरा अदि) भए ।यसकुरालाई छैटौ सूक्तको छैटौ मन्त्र भन्दछ—देवयन्तो यथामतिमच्छा विदद्वसुं गिरःअर्थात् देवताको पद पाउने आशाले ऋचा पाठ गर्नेहरु  देवताको स्तुति गर्दछन् ।

 यग्यमा पाठ गर्ने पुराहित  भन्छन् हे इन्द्र , पृथ्वी, अन्तरीक्ष ,द्यूलोक जहाँबाट भए पनि हामीलाई धेरै धन दिलाऊ । छैटौ सूक्तको दशौ मन्त्र ।

सातौ सूक्तको नवौ मन्त्रमा छ— इन्द्र: पञ्च क्षितिनाम्: । अर्थात् पृथ्वीमा पाँच प्रकारका मानिस छन् रे । अनुवादकहरुले पाँच भनेका बाहुन,क्षत्रिय, वैश्य, शूद्र जनजाति –निषाद) हुन् भनेका छन् ।  यो निकै आधुनिक पुरोहितको धारणाजस्तो बुझिन्छ ।किनभने दशौ सूक्तको ११औ मन्त्रमा इन्द्र कौशिक भनिएको छ । कौशिक अथौत् कोशीकिनारतिर वस्ने विश्वामित्रका चेलाचपेटो कौशिकलाई नै इन्द्र बताए ।  यसैगरी उसना ऋषिलाई पनि कतै इन्द्र भनिएको छ ।यसरी युद्ध सरदारका रुपमा अलग अलग ऋषि या गणले अलग अलग इन्द्र चुन्दा रहेछन् भन्ने प्रतीत हुन्छ । अझ वामदेव ले त चौथो मण्डलको १८औ सूक्तमा भनेका छन्, हे इन्द्र तिम्रा पिताका खुट्टा समातेर फालेर तिम्री आमा अदितिलाई कुन देवताले विधवा वनायो ? तिमीलाई कुन देवताले मार्न खोजेको थियो ?  अदितिले देवताले  तिमीलाई त्याग्न लागेका छन् भनिन् । यसरी इन्द्र विस्तारै मूल्यहीन भएको पनि पाइन्छ । 

अलग ऋषिका अलग इन्द्र हुन्थे भन्ने कुरा  छैठौ मण्डलको २७औं सूक्त र सातौ मण्डलको अठारौ सूक्तले एतिहासिक महत्वको हडप्पा पुरातात्विक स्थलमा भएका दुई युद्धको बर्णन गरेबाट पनि बुझिन्छ । जस्तै—बधीदिन्द्रो बरशिखस्य शेषो भ्यवर्तिने चायमानाय शिक्षन् । वृचीवतो यद्धरियूपीयायाम् हन्पूर्बेअर्धेभियसापरो दर्त ।। भारद्वाज बार्हस्पत्यका नामको यो छैठौं मण्डलमा भनियो — इन्द्रले चायमानका छोरा अभ्यावर्तीलाई शिकाएर बरशिखका छोरा वृचिवानलाई हरियुपिया अर्थात् हडप्पाको पूर्बमा भएको युद्धमा मारे ।  उता सातौ मण्डलको १८औ सूक्तमा वशिष्ठ मैत्राबरुणीको नामबाट भनियो—इन्द्रले चायमानका छोरा (अभ्यावर्ती)  लाई धराशायी पारे पछि सुदासको कीर्ति झन् फैलियो ।

यस प्रकार भरद्वाजले भने इन्द्रले चायमानका छोरा अभ्यवर्तीका लागि बरशिखका छोरा वृचिवानलाई मारे ।  वशिष्ठ मैत्राबरुणीले भने इन्द्रले सुदासका लागि चायमान अभ्यवर्तीलाई मारे । उनै इन्द्रले कहिले यता कहिले उता गरेका हुन् वा भरद्वाज र वशिष्ठका इन्द्र अलग हुन् भन्ने प्रश्न यहाँ खडा हुन्छ । इन्द्र आफ् आफ्नाहुदारहेछन् । यसबाट महाभारत युद्ध गर्ने दासराज्यहरुका राजा परस्परमा एकले अर्कोलाई  असुर , दानव, राक्षस, दस्यु भनेर आफैलाईचाहिँ देवदूत पताउने गर्थे र यस कार्यमा पुरोहितहरु तिनलाई सघाउँथे र यज्ञ गरेर देवता खुसी पारी युद्ध जिताउने  आश्वासन दिन्थे भन्ने देखिन्छ ।

हडप्पामा भएको यो युद्धको बखानबाट एतिहास सम्बन्धमा पनि केही प्रश्न र केही निष्कर्श निकाल्न सकिन्छ । हडप्पाको नगर सभ्यता करीव ५ हजार बर्ष पुरानो भनेर पुरातत्वविदहरुले बताएका छन् र इतिहासकारहरुले स्थानीय द्रविड या अन्य जातिको विकसित शहरी सभ्यतालाई भारतमा आउँदै गरेका आर्यहरुले हमला गरेर नष्ट गरेका हुन् । आर्यहरु सहरका विरोधी भएर नै इन्द्रलाई पुरन्दर अर्थात् सय शहर ध्वस्त पार्ने देवता भन्दछन् । यी लडाकु र गाईपालक गोठाला थिए । धेरै भारतीय र पाश्चात्य विद्वानले पनि  ऋग्वेदलाई पनि त्यस्तै पुरानो र आर्यहरुले लिएर आएको भनेका छन् । तर ऋग्वेदमा उल्लेखित हडप्पाको उक्त युद्धमा बरशिख, अभ्यवर्ती, सुदास , वृचिवान आदि पात्रको नाम जोडिएको हेर्दा ती पात्र स्थानीय द्रविडजातिका होइनन् भन्ने प्रष्ट हुन्छ ।त्यसकारण मेरो अनुमानमा देहायको निश्कर्ष निस्कन्छ—

१ भारतमा आर्यहरुको वा मध्य एसिया र पश्चिम एसियाबाट आउनेहरुको  आगमन  हुनुअघि नै आपसी युद्धबाट सो नगर सभ्यता नष्ट भयो ।

२ भारतमा मध्य एसियातिरबाट आर्य आउनु अघि नै पश्चिमएसियालीहरु आएर सो सभ्यता विकास गरेका थिए जसलाई आर्यहरुले नष्ट गरे ।

३ आर्यहरु नै पनि हजारौ वर्षको अन्तरालमा पटकपटक हुरी हुरी गरेर भारत पसे र पहिले आएर बसेकाहरुलाई पछि आउनेले ध्वस्त पारे ।

४ विद्यमान ऋग्वेदमा उल्लेखित हडप्पा यद्ध  नगरसभ्यताको नभई आर्य जातिका दासराजाहरुले खडा गरेका राज्यवीचको युद्ध हो ।

५ ऋग्वेद आर्यले भारतमै आएर बनाएको पद्धतिको पुस्तक हो , यो महाभारत युद्धपछि संकलित हो ।

०००

 ऋग्वेदमा गोबध सम्बन्धमा अष्टम मण्डलको सूक्त २४  र १०१ मा चर्चा गरिएको छ ।गामा मावृक्त मत्र्यौ दभ्रचेता मत्र्य वा सर्वसाधारण जो हीनबुद्धिका छन्, गाईलाई हेला गर्छन् । गामनागमदितिम् बधिष्ट अर्थात् अदिति रुपकी गाइलाई नमार। उनलाई गाईको बध नगर्ने इन्द्र भनेर पुकारा गरिुएको छ ।अगोरुधाय गविषे भनेर इन्द्रलाई सम्बोधन छ ।सर्बसाधारणले गाई नमारुन् भनेर  मा बधिष्ट भनिएको छ । तर गाई मारेर अपराध  गरे दण्ड देऊ भनिएको छैन । ऋग्वेदको भाषा शैली अनुसार दण्डको माग गरिनुपर्ने हो । वेदमा नृमेध र अश्वमेधको उल्लेख गरिएको हुनाले  कसै कसैले गोमेध पनि गर्दा रहेछन् कि ? जसप्रति यी ऋषिले असहमति जनाएका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । त्यो समयमा थरी थरीका यज्ञ गरिन्थे भन्ने कुरा छैठौ मण्डलको ५२ सुक्तमा  ऋजिश्वा भारद्वाजको पहिलो मन्त्रमा भनिएको छ—  नतद्दिवा न पृथिव्यानु मन्ये  न यज्ञेन नोत शमीभिरभिः। उब्जन्तु तंसुभ्वःपर्वतासो  नि हीयतामतिर्याजस्य यष्टा ।। अर्थात्  यज्ञको मर्यादा अतिक्रमण गर्ने, अतियाज नामको यज्ञको कर्मकाण्ट  न त द्युलोक सुहाउँदो छ, नपृथ्वी कै लागि मान्य छ । त्यस्ता ऋत्विकलाई पछुतो होस् । फेरि गोबध नगर भनेर वेदमा उल्लेख गर्नुको तात्पर्य गोवध हुने गरेर नै हो भन्ने  त ऐन कानूनको नियमै हो । चोरी नहुने भए ऐनमा चोरसम्बन्धी दफा किन रखिरहनुपर्थ्यो र ?

  ऋग्वेदको पहिला मण्डलको  १२३ सूक्तको १० र ११  मन्त्रमा कक्षीवान दैर्घतमस ऋषिका नामबाट भनिएको छ—शरीर प्रदर्शन गर्ने कन्याजस्तै  देखिएकी उषा (विहानी)पतिरुपी सूर्यदेवका समीपमा जान्छिन् । यहाँ उषालाई सूर्यपत्नी भनियो ।छैठौ   सूक्तको पाँचौ मन्त्रमा  पुषादेवलाई उषाका पति भनियो । पहिलो मण्डलको ७१औं सूक्तको पाचौं मन्त्रमा देवो दुहितरित्विषिम्भनिएको, ११८   ५मा अश्विनीकुमारसित प्रेमगर्ने उषा भनिएको छ । पाचौ मण्डलको ७९औं सूक्तका २, ३ र ८ मन्त्रमा दुतिर्दिव: भनेर उनलाई सूर्यकी पुत्री भन्ने उल्लेख छ । दशम मण्डलको ६१औ सूक्तमा प्रजापति ब्रह्माको सन्तान उत्पादन गर्ने इच्छा भएपछि  उनले आफ्नो तेजलाई छोरी कन्या उषामा स्थापित गराए । प्राण अभिसिञ्चत भयो । दुवैको संगमबाट रुद्रको उत्पत्त भयो भनिएको छ । सातौ मण्डलको ७५औ सूक्तमा वशिष्ठ मैत्राबरुणीले भने उषालाई दिवो दुहिता अर्थात् देवलोककी छोरी भनेर अकौ मन्त्रमा सूर्यस्य योषा अर्थात् सूर्यकी पत्नी नै भनेका छन् ।  कुनलाई मान्ने ?  कुनलाई नमान्ने भगवानको वाणी ?

नारीका बारेमा ऋग्वेदमा धेरै लेखिएकोछ । कतै प्रशंसा, कतै प्रार्थना छ त कतै नारीका बारेमा तुच्छ शव्द पनि प्रयोग गरिएका छन् ।  घोषा त प्रसिद्ध महिला ऋषि नै हुन् । विस्पला नामकी एक युवतीले खेल राजाको पक्षबाट  युद्ध लडेर खुट्टा गुमाइन भनिएको छ । मनुपुत्री इडा शायद भारतकै पहिलो महिला शासक नै हुन् । दशौं मण्डलकै १०२औं सूक्तमा मुद्गल ऋषिपत्नी मुद्गलानी इन्द्रसेनाले शत्रुमाथि विजय पाएर गाई फिर्ताल्याइन् भनिएको छ । उनको चर्चा छ । तर दशम मण्डलको ९५ औं सूक्तमा  स्त्री र ब्वाँसको मुटु उस्तै हुन्छ भनिएको छ भने आठौ मण्डलको३३औं सूक्तको १७ र १९ मन्त्रमा इन्द्रको स्तुति गर्दागर्दै मेघातिथि कण्व ऋषि भन्छन् ,  स्त्रीका मनमा अधिकार जमाउनु साह्रै कठिन काम हो । उनीहरुको सङ्कल्प अदम्य हुन्छ भन्ने इन्द्र देवको भनाइ छ । हे नारी ! तिमी उँधोतिर दृष्टि राख, माथितिर नहेर । हिँड्दा गोडा नजिक नजिक राखेर हिँड । तिम्रो मुख र पिडौला खुला देखिनु हुँदैन । तिमी ज्ञानी छौ, कुरा बुझ्दछ्यौ भने पनि नजाने झै स्त्री भएर बस । सातौ मण्डलको ५५ सूक्तमा  नारीहरुको वर्गीकरण  मैत्राबरुणिले यसरु गरेका छन्—प्रोष्ठेशया,वह्येशयानारीर्यातल्यशीवरीः । स्त्रियो याः पुण्यगन्धास्ताः सर्वा स्वापयामसि ।।तात्पर्य, कुनै नारी आँगनमा सुत्छन्, कुनै बाटा हिँड्दा वाहनमै सुत्छन्, कुनै ओछ्यानमा सुत्छन्, कुनै उत्तम सुगगन्धयुक्त भएर पलङ्मा सुत्छन् । सवैलाई सुताउने वन्दोवस्त गरिन्छ ।

 सातौ मण्डलको ८३ सूक्तमा वशिष्ठ मैत्रावरुणि ऋषिका नाममा युद्धको वर्णन, युद्धमा पुरोहितको भूमिका र संलग्नता युद्धको हाहाकारमा शान्तिको इच्छा बडो मार्मिक ढङ्गले प्रस्तुत गरिएकोछ ।यत्रा नरः समयन्ते कृतभ्वजो...मानिसहरु आआफ्ना पक्षका झण्डा उचालेर युद्धको कोकोहोलो  मच्चाउन जम्मा भए ,यो युद्धले मानिसको अहित गर्दछ । युद्धमा सेनाले सबै अन्न नष्ट गर्दछन् । लडाइँका लागि तयार भएका सैनिकहरुको रुवावासीले आकाश गुञ्जायमान छ । त्यसैले हे इन्द्र र बरुण  हामीकहाँ आओ र  हाम्रो आह्वान सुनेर आओ र सुरक्षा गर । युद्धले मानिसको अहित गर्दछ । हामीलाई संग्रामबाट जोगाओ । युद्धका समयमा सुदास राजा र तृत्सुले  धन कमाउने इच्छाले इन्द्र र बरुणलाई आह्वान गरे।  तृत्सुको पुरोहित्याइँ सफल भयो । युद्धमा दशवटा राजा एकातिर हुँदा पनि सुदास र तृत्सुले जिते । यज्ञ नगरेकाले यज्ञ नगर्ने दशवटा राजा मिलेर पनि सुदासलाई हराउन सकेनन् । सुदास र तृत्सु पक्षबाट भएका हवन  स्तुतिपाठ सफल भए । देवताले हामीलाई विशाल आवास, धन र  सुख ऐश्वर्य प्रदान गरुन् ।

मण्डल ७को  १८ सूक्तको ६ मन्त्र—पुरोडा इत्तुर्वसो यक्षुरासीद्रायो मत्स्यासो निशिता अपीव । श्रुष्टिम् चक्रुर्भृगवो द्रुह्यवश्च सखा सखायमातरद्विषूचो ।। तुर्वसहरुले यज्ञबाट प्रगति गर्न खोजे, तिनले मत्स्यहरुलेजस्तै धन ऐश्वर्य जुटाउन चाहेका थिए । भृगु र द्रुह पनि ऐश्वर्यकै लागि यज्ञादि होड गर्दे थिए । यस होडमा सुदास राजाका साथी बनेका इन्द्रले  तुर्वसलाई हराई सुदासको उद्धार गरे । सूक्त १९मा इन्द्रले तुर्वस र यदुलाई परास्त गरेर सुदासलाई इन्द्रले जिताए भन्ने छ । छैठौ मण्डलको ४५ सूक्तको पहिलै मन्त्रमा शंयु बार्हस्पत्य भन्छन् — य आनयत्परावतः सुनीति तुर्वसुम् यदुम् । इन्द्रः स नो युवा सखा । अर्थात् ्शत्रुहरुले पराजित गरिएका तुर्वस यदुलाई पुन शक्तिमा ल्याउने राम्रो काम इन्द्रले गरे भनिएको छ ।  यो भनाइबाट त्यसबेला भारतका विभिन्न ठाउँका राजाहरु  आआफ् पुरोहितबाट युद्ध र शक्तिका देवता इन्द्रादिको यज्ञद्वारा उपाशना गरी शक्ति र सम्पत्ति हत्याउन प्रतिस्पद्र्धा र युद्ध गरिरहन्थे । पुरोहितहरु द्येवदूत वनेर देवताको आह्वान गरी दशहजार ,६ण्हजारसम्म गाई दान लिन्थे । यहासम्म कि कुकुर, घाँस,छाला, बाँसुरी,पनि दान लिन्थे । (आठौ मण्डल ५५ सूक्त) सयकडौ घोडा , उँट, भेडा, दासदासी, ठूलठूला सुविधासम्पन्न घर पनि राजा वा यजमानले दान दिन्थे । रथ त्यसबेलको कारजस्तै सुविधाको साधन थियो ,त्यो र सुन पनि दान पाउँथे । सबै युद्ध लड्ने राजा आर्यजातिकै हिुन्थे । त्यसैले कुनै ऋषि कुनै राजाको पक्षमा त कुनै ऋषि कुनै अर्को राजाको प्क्षमा हुन्थे नै । त्यसैले एउटाले तुर्वस र यदुलाई इन्द्रले मदत गरे भने भने अर्कोले तुर्वस र यदुलाई हराएर सुदासलाई जिताए भनेका छन् । सातौं मण्डलको ८७ सूक्तमा इन्द्रले तृत्सु र सुदासलाई मदत गरेर युद्ध जिताए भनिएकोछ भने १९औ सूक्तमा  तृत्सुहरु इन्द्रका समु टिक्न सकेनन् भनिएको छ । मण्डल ६को ३घ सूक्तको तेश्रो मन्त्रमा भनिएको छ— दस्यु र आर्यहरु दुवै खालका शत्रुलाई तिमीले मारिदियौ । यी भनाइहरुबाट ऋग्वेद आर्य र अनार्यको युद्धको कथाहोइन आइजातिका दासमालिको सत्ताका राजाहरुको परस्पर धनलुट्ने युद्धको कथा मात्र हो  भन्ने पुष्टि हुन्छ । यस्तै इन्द्रले कुुत्सलाई मदत गरे भनिन्छ भने सूर्यले कुत्सलाई पराजित गरे भनेर इन्द्र र सूर्यको बैरभावका कुरा पनि ऋग्वेदमा उल्लेख छ । चतुर्थमण्डलको ३०औं सूक्तको चौथो मन्त्र—यत्रोत बाधितेभ्यश्चक्रं: कुत्साय युध्यते ।मुषाय इन्द्र सूर्यम्   ।। सूर्यबाट युद्धमा कुत्सलाई तिमीले जोगाएका थियौ हे इन्द्र !

ऋग्वेदको पहिलो मण्डलको सातौ सूक्तमा इन्द्र पञ्च क्षितीनाम् । भन्ने लेखिएको छ । त्यहाँ मात्र होइन प्रायः सवै मण्डलमा पञ्च मत्र्याः आदि भनेर पाँच किसिमका मान्छे भन्ने ठाउँ ठाउँ उल्लेख छ ।  नेपाली अनुवादक तिलकप्रसाद लुइँटेलले  यसको अनुवाद पाँच वर्गका मानिस भनेर गर्नु भएको छ । तिनमा ब्राह्मण, क्षत्रिय, वैश्य , शूद्र र निषद पर्दछन् भन्ने लेख्नु भएको छ । शायद यो भारतका लेखकहरुको विचार मिल्दो अनुवाद होला । तर मण्डल २ को दोश्रो सूक्तको दशौ मन्त्रमा अस्माकं द्युम्नमधि पञ्च कृष्टिषूच्चा स्वर्णशुशुचीत दुष्टरम् को अनुवाद उच्चस्तरीय, अनन्त, र अर्काले पाउन नसकेको धन समाजका  पाँच प्रकारका मानिसमा  सूर्यले किरण पुर्‍याई दिएझैं हामी पुर्‍याउन सकौं भनिएबाट र मण्डल ३ सूक्त ५९को आठौ मन्त्रमा  मित्राय पञ्च येमिरे  जना अभिष्टिशवसे को अनुवाद  मित्रदेवलाई पाँचै प्रकारका मानिसले आहुति प्रदान गर्दछन् भनिएबाट ठाउँ ठाउँमा जुन पाँच प्रकारका मानिस भनिएको छ  ती के कस्ता कुन कुन पाँच प्रकारका मानिस हुन् भनेर किटान गर्न अझै खोज्नुपर्ने आवश्यकता देखिन्छ । किनभने ऋग्वेद रचनाको समयमा यज्ञको काम पुरोहित, शासक र व्यापारीले मात्र गर्न पाउँथे । शूद्रले यज्ञ गर्न पाउँदैनथे । शूद्र सातप्रकारका मानिसलाई भनिन्थ्यो । तीमध्ये प्रमुख त दास नै हुन्थे । दासलाई ऋग्वेदले दस्यू भनेको छ । दस्यू भनेको चोर अपराधी हो । हो, दासप्रथाको अन्त्य भएपछि सामन्तवादी कालमा शूद्रले पनि यज्ञादि कार्य गरेको उल्लेख कतै कतै पाइन्छ । ऋग्वेद रचना कालमा यज्ञ अर्थात् देवताको आराधना गरेर देवताकहाँ धन चढाएको पुर्‍याइदेउ भनेर शासक वर्ग र धनी व्यापारीले  पुरोहितलाई दान दिने कार्य दस्यू अपराधी  दासले कसरी    गर्न सक्तथ्यो ? यस्तै निषद, म्लेच्छ हरु पनि यज्ञका अधिकारी हुदैनथे । यसैले ऋग्वेदमा उल्लेखित पञ्च जना भनेको बा्राह्मण, क्षत्रिय, वैश्य, शूदू एवम् निषद हुन् भन्नु गलत हो । पाँच वर्ग भनेका समान रुपले धन बाँड्न पाउने वर्गका मानिस हुन् । दास या शूद्रलाई सम्पत्तिको अधिार नै थिएन । वैश्य अर्थात् पणिहरु पनि पुरोहित बरावर हुन सक्तैनथे । पाँच भनेका आइजातिका पाँच पकारका वा पाँच गोत्रका वा पाँच भौगोलिक प्रदेशका , पाँच प्रकारका पुरोहित यस्तै समान स्तरका ५ समुदायलाई नै सङ्केत गरिएको हुनुपर्छ । दशम मण्डलको ९० सूक्तलाई आधार मानेर ब्राह्मणेस्य मुखमासीत् मनिएको कुरा अघि सार्ने हो भने पञ्च भनेका शूद्र पनि  आउलान् तर त्यो समय झन्ने छैठौ सातौं सदीतिर आईपुग्छ ।

ऋग्वेदमा त्वष्टा नमको  धेरै चर्चा छ ।  त्वष्टा असुर गणका मानिस हुन् तर उनले विभिन्न वस्तुको अविष्कार गरेर देवगणको लागि महत्वपूर्ण सेवा गरेका थिए । इह त्वष्टारमग्रियम् अर्थात् सबैभन्दा पहिले त्वष्टालाई भनेर पहिलो मण्डलको १३ औ सूक्तमा भनिएको छ । त्वष्टाले पनि यज्ञको समर्थन गरेका छन् । तर कतै कतै त्वष्टा र इन्द्रको वैरभावको चर्चा नभएको होइन । मण्डल २को १३औं सूक्तमा त  इन्द्रले त्वष्टाका छोरा विश्वरुपलाई मारेको वा नष्ट पारेको कुरा  १९औ मन्त्रमा छ ।  

–कौसलटार, फोन नं ९८४१२७३००६