कामपाको विज्ञापन र सेवाशुल्कको सन्दर्भ

हामीकहाँ शुल्क शब्द चलन चल्तीमा आएको केही दशाब्दि अघिबाट नै हो । कति मानिस शुल्क भन्न नआएर आज पनि शुक्ल भन्छन् । हाम्रो चलनचल्तीमा ज्याला, मजूरी, निमेक, मोल, मूल्य जस्ता शब्दहरु थिए । अहिले पनि छन् । पारिश्रमिक शब्द पनि हाम्रो आकाशमा नयाँ हो । पारितोषिक त हामीले अझै प्रयोगात्मक रुपमा भन्न जानेका छैनौँ । शब्दहरु नभएर हामी भाषामा गरी  बनेका भने होइनौँ । बदलिँदो समय अनुकूल भाषा प्रयोगमा केही अलमलिएका हौँ ।

शुल्क र मूल्य समानार्थी शब्द हुन् । पर्यायवाची हुन् । तर पनि प्रयोगमा समानधर्मी छैनन् । आजको नयाँ चलनमा सेवाको शुल्क हुन्छ भने वस्तुको मूल्य हुन्छ । हामी निःशुल्क शिक्षा निःशुल्क स्वास्थ्य भनिएको सुन्छौँ । निःशुल्क भोजन पनि यदाकदा सुन्छौँ । सँगै सशुल्क भोजन भनिएको चाहिँ कतै सुन्दैनौँ । विनामूल्य शिक्षा, विनामूल्य स्वास्थ्य भनिएको पनि सुन्दैनौँ । लाग्छ, अझै भाषा प्रयोगमा कतै अलमल छ ।

सेवा वापत शुल्कको परिकल्पनासम्म पनि हाम्रो मान्यतामा थिएन । सेवालाई विनिमेय वस्तुको समकक्ष हामीले कहिल्यै ठानेनौँ । यसै भएर सेवालाई सशुल्क र निःशुल्क भन्न पनि हामीले जानेनौँ ।

परम्परा र संस्कृतिकै कुरा गर्ने हो भने हामी सेवालाई स्वैच्छिक र प्रदानात्मक सत्कार्य ठानिआएका हौँ । सेवाको पनि शुल्क लिन दिन सकिन्छ भन्ने सोच हाम्रो परम्रामा थिएन । सेवालाई सेवा मात्र ठान्थ्यौँ हामी । जस्तै गुरुको सेवा, मातापिताको सेवा, अतिथिको सेवा आदि । सेवा वापत शुल्कको परिकल्पनासम्म पनि हाम्रो मान्यतामा थिएन । सेवालाई विनिमेय वस्तुको समकक्ष हामीले कहिल्यै ठानेनौँ । यसै भएर सेवालाई सशुल्क र निःशुल्क भन्न पनि हामीले जानेनौँ । यो हाम्रो परम्परा र संस्कृतिको कुरा हो ।

 व्यापारीकरण हुनुअघि प्रचलित नागरिक भाषामा शिक्षालाई सेवा भनिन्थ्यो । स्वास्थ्यलाई सेवा भनिन्थ्यो । लेखापढी र कानूनी सरसल्लाहलाई पनि सेवा भनिन्थ्यो । व्यवसाय भनिन्थेन । सरकारी कर्मचारी भर्ना भएर गरिने कामलाई समेत पनि सेवा भनिन्थ्यो । कर्मचारीलाई देशसेवक भनिन्थ्यो । यसैले मेसो मिलाएर कर्मचारी छान्ने र सिफारिस गर्ने निकायलाई पनि लोक सेवा आयोग भनियो । सरकारी कामका लागि योग्य  उम्मेदवार छान्ने र सिफारिस गर्ने आयोग भन्न सकिन्थ्यो । भनिएन । सेवा हाम्रो रैथाने परम्परा हो । यसमा पूर्वीय संस्कृति र सभ्यताको सम्वेदनशीलता छ ।

शिक्षा र स्वास्थ्य पनि अव सेवा रहेनन् । नयाँ प्रचलित परिप्रेक्ष्यबाट नियाल्दा शिक्षासेवी स्वास्थ्यसेवी जस्ता शब्दहरु आडम्बरका आवरण जस्ता लाग्न थाले ।

मुलुकमा प्रायः राजनीतिक नियत र धर्मपरिवर्तन लक्ष्यका विदेशी सोच संस्कृतिका गैरसरकारी संस्थाहरु भित्रिएपछि र मुलुकको सामाजिक सांस्कृतिक एवम् राजनीतिक नेतृत्वमा विदेशपरस्तता भित्रिएपछि परम्परागत  सेवा शब्दबाट क्रमशः सेवाभाव खुइलियो । देशभक्ति नै खुइलिएपछि देशसेवक शब्दको अभिप्रायार्थ पनि खुइलियो । अव बोलीका सेवाहरु व्यवहारमा सेवा रहेनन् ।

शिक्षा र स्वास्थ्य पनि अव सेवा रहेनन् । नयाँ प्रचलित परिप्रेक्ष्यबाट नियाल्दा शिक्षासेवी स्वास्थ्यसेवी जस्ता शब्दहरु आडम्बरका आवरण जस्ता लाग्न थाले । बरु शिक्षा व्यवसायी, स्वास्थ्य व्यवसायी, कानून व्यवसायी जस्ता शब्दसंयोजनहरु व्यवहारमा चरितानुकूल सुनिन थाले  । अव त राजनीति पनि साँच्चिकै व्यवसायमा रुपान्तरित भइदियो । व्यवसाय भनेपछि मोलमोलाई र नाफा घाटाका कुरा त हुने नै भए । व्यवसाय नाफाका लागि गरिन्छ, घाटाका लागि होइन भनिनु र मानिनु पनि स्वाभाविकै भयो ।

उहिले, उहिले शिक्षा गुरुकुलमा उपलब्ध गर्न सकिन्थ्यो । गृहस्थ गुरुका पिँडीमा उपलब्ध गर्न सकिन्थ्यो शिक्षा । शिक्षा निःशुल्क थियो । गुरुसुश्रूषया विद्या पुष्कलेन धनेन वा । अथवा विद्यया विद्या चतुर्थी नोपलभ्यते ।भन्ने धारणा धेरै पछिको हो । छिमेकी मुलुक इण्डियामा मेकाले नीति सफल भएपछिको । यो तथागत परम्परा र संस्कृति कतै हाम्फालेको परिणाम थियो । जहाँसम्म हाम्रो मुलुक नेपालको कुरा छ यहाँ गुरुका घरमा गएर पाठ लिने, पाठ बुझाउने परिपाटी आजभन्दा पचास,साठी वर्षअघिसम्म पनि चलनचल्तीमै थियो । पाठ लिनु र पाठ बुझाउनुको शुल्क लाग्थेन । गुरुहरु शिष्य आइदिएको र पढाउन पाइएकोमै खुसी हुन्थे । यो गुरुहरुबाट समाजलाई अर्पण गरिने सेवा नै थियो ।

त्यसताका सेवालाई जसकसैले पूरा गर्न नसकिने परम गहन धर्म मानिन्थ्यो । सेवा धर्मः परम गहनो योगिनामप्यगम्यः । सेवामा स्वार्थ परिकल्पना त थिएन भने शुल्कपरिकल्पना हुने कुरै थिएन । सेवा निःस्वार्थ निःशुल्क नै हुन्थ्यो । गाउँ बस्ती र शहरमा पनि बाटो निर्माण ममर्मत, धारा कुआ, पानी पँधेरो, पौवा पाटी हिटी, धर्मशाला, चौतारा, अदि निर्माण र व्यवस्थापन, मठमन्दिरहरुमा सदावर्त परिपाटी सवै सेवा भावका सृजन थिए । सेवामा सन्तोषको अनुभूति फल्थ्यो । आफुले जानेको ज्ञान सिप अरुलाई सिकाउँदा मानिसहरु सन्तुष्ठ र आनन्दित हुन्थे । कुनै बिरामीको उपचार गरेर निको पारिदिन पाउँदा वैद्यहरु कृतकृत्य हुन्थे । मेरो ज्ञान मेरोअभ्यास आज यी रोगपीडितलाई रोगमुक्त हुनमा काम लाग्यो म धन्य भएँ भन्थे । पढाकू शिष्य पाउँदा गुरुहरु त्यत्तिकै दङ्ग पर्थे ।

गुरुका घरमा गएर पाठ लिने, पाठ बुझाउने परिपाटी आजभन्दा पचास,साठी वर्षअघिसम्म पनि चलनचल्तीमै थियो । पाठ लिनु र पाठ बुझाउनुको शुल्क लाग्थेन । गुरुहरु शिष्य आइदिएको र पढाउन पाइएकोमै खुसी हुन्थे । यो गुरुहरुबाट समाजलाई अर्पण गरिने सेवा नै थियो ।

यो कुनै पौराणिक कथा होइन । ६/७ दशक अघिसम्मको  हाम्रो नेपाली समाजको जिउँदो इतिहास हो ।

अहिले नेपालमा त्यो पुस्ताको समाज  छैन । नयाँ पुस्ताले पुराना पुस्ताको सेवामूलक संस्कृतिको सार्थकता बोध गरेको छैन । जानी नजानी अनुशरण गरेको पनि छैन । केही अपवादलाई पर्गेल्नतिर नलागी भन्ज्याङ्मा उभिएर अगाडि पछाडि हेर्दा के देखिन्छ भने अव जीवनको पुरानो मूल्यबोध समाजका मनमस्तिष्कका लेखन पाटीहरुमा छैनन् । ती मेटिइसकेका छन् र त्यहाँ नयाँ मूल्य कोरिएका छन् । लाग्छ पूर्वीय जीवन दर्शन आज जीवन व्यवहारबाट पछाडि घँचेटिएको छ र अटेस मटेस गर्दै पाश्चात्य जीवन दर्शन त्यहाँ ढिम्किन आइपुगेको छ । त्यहाँ त्याग, योग, परहित, परउपकार, परार्थ, परमार्थ केही पनि छैन । स्वार्थ, केवल स्वार्थको दावानल चटचटाइरहेको छ । असीम वुभुक्षा छ । भष्मासुरी तृष्णा छ । जहाँ विवेक अनुपस्थित छ । यो नेपाली माटोको मौलिक उपज होइन र यही यस देशको इतिवृत्त पनि होइन ।

हो, वर्तमान भयावह छ । समाजमा जीवन दर्शनको लडाइँ छ । सभ्यताको लडाइँ छ । धेरै जटिलताहरु झाङ्गिएका छन् । विघटनमुखी हावाहुरी पनि चलेको छ । यति हुँदा पनि नेपालीहरुभित्र अन्तष्करणमा कतै परम्परागत सभ्यता र संस्कृतिको रेसमी धागो तरोताजा छ, हम्मेसि चुँडिने अवस्थामा छैन । नेपाली मन त्यहीँ उजिण्डिएर झुण्डिएको छ । साँच्चै नेपाली मन मुटू विघटनमुखी छैन । भस्मासुर प्रवृत्ति त्यहाँ प्रवेश गर्न सक्दैन । नेपालको भाग्य भविष्य पलाउने उर्बर माटो त्यही हो । नेपाली मन आशावादी छ ।

वर्तमान भयावह छ । समाजमा जीवन दर्शनको लडाइँ छ । सभ्यताको लडाइँ छ । धेरै जटिलताहरु झाङ्गिएका छन् । विघटनमुखी हावाहुरी पनि चलेको छ ।

हो, आज हामी रैथाने नेपालीहरु संस्कृतिगत बिचल्लीमा छौँ । यो बिचल्ली वहुआयामिक छ । यसैले जताततै आमनेसामने भइन्छ । जति सचेत हुँदा पनि अल्झिन र लडिन सकिन्छ । व्यवहारका पाठयपुस्तकहरुमा आज मान्छेका मोलका पाठहरु पढ्न पाइन्छन् मानवीय मूल्यबोधका पाठ्यहरु  पढ्न पाइँदैनन् । छैनन् । सचेत, स्वप्नशील, देशभक्त नागरिकका लागि आज पाइला पाइलामा अन्यौल छ ।

आज चलनचल्तीको व्यवहारमा सेवाशुल्कको संस्कृति क्रियाशील छ । भनिन्छ सेवा, लिइन्छ शुल्क । त्यो पनि सोभैm ठगीको शैलीमा । यो त ठगीलाई वैधानिकता दिने संस्कृति भएन र ? होटल व्याङ्क वा कार्यालय कतैको पनि जागीरे कर्मचारीले आफ्नो कर्तव्य अन्तर्गतको काम गरेबापत ग्राहकहरुबाट पनि सेवाशुल्क लिनु नीतिगत ठगी होइन र ? बिचौलियाका मायाजाल, कर्मचारीका घुस र नेतागणका कमिसन कथाका अन्धकारपर्बहरु त अझ बेग्लै छन् ।

यो यस्तो व्यापक ठगाठगको परिवेशमा हालैका दिनमा कामपाले गरेको एक विज्ञापनले सचेत जनताको ध्यानाकर्षण भएको छ ।

गरीब विपन्न असहाय हो भन्ने स्थानीय सरकारको सिफारिस लिएर आएका अवस्थामा विरामीलाई काठमाडौ नगरपलिकाका अस्पतालहरुमा निःशुल्क उपचार सेवा दिइन्छ भन्ने विज्ञापन पढ्न पाउँदा रमाइलो लाग्यो ।

विगत तीस वर्षमा बिचरा बुढा नेताहरुको वैदेशिक उपचारमा मात्र राष्ट्रिय ढुकुटीबाट अबौँ खर्च भएको छ । पछिल्लो कालमा  पनि राष्ट्रपति रामचन्द्र महोदयलाई रुघा लाग्दा र विदेशमा उपचार गर्दा लाखौँ रुपया सरकारी ढुकुटीबाट गएको पनि सुनिएको हो ।

यसैबीच मनमा तर्कहरु उठे । उपचार निःशुल्क कसरी सम्भव हुन्छ हँ ? औषधि किन्नुपर्छ । सरसामान किन्नुपर्छ ठाउँ किन्नुपर्छ । चिकित्सक र सेविकाहरुको समय किन्नुपर्छ । सेवा किन्नुपर्छ । सित्तै त केही नि पाइँदैन । अनि उपचार निःशुल्क कसरी हुन सक्छ ? यो शब्दसंयोजन नै भ्रामक छ । यो त हाम्रा फटाहा नेताहरुले राजनीति गर्दा प्रयोग गर्ने लवज जस्तै भएन र ? । उनीहरु आफू विदेशमा गएर उपचार गराउँछन् र सहयोग पाएको भन्छन् । निःशुल्क भन्छन् । जवकि तिनका उपचारवापत करोडौँ रुपया नेपाल सरकारको ढुकुटीबाट जान्छ । ओलीजीको उपचारमा मात्र पटक पटक गरी सोह्र सत्र करोड रुपया नेपाल सरकारको ढुकुटीबाट खर्च भएको सुनिएको हो । विगत तीस वर्षमा बिचरा बुढा नेताहरुको वैदेशिक उपचारमा मात्र राष्ट्रिय ढुकुटीबाट अबौँ खर्च भएको छ । पछिल्लो कालमा  पनि राष्ट्रपति रामचन्द्र महोदयलाई रुघा लाग्दा र विदेशमा उपचार गर्दा लाखौँ रुपया सरकारी ढुकुटीबाट गएको पनि सुनिएको हो । जसले उपचार पायो उसले उपचार बापत्को शुल्क तिर्नु नपर्दा त्यो उपचार निःशुल्क हुन्छ त ? पैसा नेताले तिरेनन् सरकारले तिर्‍यो । सरकारी पैसाको भाउ हुँदैन ?

यो त नेतागणका लीलासंस्कृतिका कुरा हुन् । नेताहरु सधैँ भ्रामक भाषा बोल्छन् । साँचो बोल्ने साहस नेपालका सत्तासीन नेताहरुमा छैन । बालेन नयाँ हुन् । अद्यावधि उनको अभिलेख राम्रो छ । बालेनले नेतृत्व गरेको महानगरपालिकाले जनतासँग  भ्रामक भाषा नबोल्नु राम्रो हुन्छ । हामी जनताका विचारमा आजको कामपाले सूचनामा स्पस्ट भनिदिनुपर्छ, “मुलुकभित्रका बिरामी गरीबले सिफारिस लिएर आएमा कामपाको पहलमा काठमाडौका अस्पतालमा उपचार पाउन सक्छन् । उपचारबापतको पैसा गरीब बिरामी आपैmले तिर्नु बेहोर्नु पर्दैन । जो लागेको खर्च महानगरपालिकाले बेहोर्छ । यसरी बिरामीका लागि उपचार निःशुल्क उपलब्ध गराइने छ ।

सेवाको अनिकाल परेको आजको नेपालमा यथार्थमा कसका लागि निःशुल्क के छ र ? सरकारी विद्यालयहरुमा माध्यमिक कक्षासम्म शिक्षा निःशुल्क भन्नु पनि त्यस्तै भ्रामक अशुद्ध अभिव्यक्ति फिजाउनु हो । शिक्षक कर्मचारी सेवादायी कोही पनि स्वयम्सेवी पाइँदैनन् । चक डस्टर कलम कागत पुस्तक लगायत शैक्षिक सामग्री सित्तै पाइँदैन । किन्नुपर्छ । शिक्षक कर्मचारीलाई सरकारले जागीर दिन्छ । सहुलियत दिन्छ । आवश्यक सामग्री जुटाउन मसलन्दका शीर्षकमा बजेट दिन्छ । यसै त सरकारी ढुकुटीको पैसा सवै जनताले विभिन्न किसिमका प्रत्यक्ष अप्रत्यक्ष कर तिरेर थुपारेको खूद जनताकै सम्पत्ति हो ।  । त्यसरी जनताको पैसा सरकारी हातले खर्च भरेर दिइने शिक्षा निःशुल्क कसरी हुन्छ ? आम जनताका लागि आज मुलुकमा मूलको पानी त निःशुल्क पाउन सम्भव रहेन । धारामा आएको पानीको मात्र होइन नआएको पानीको पनि शुल्क तिर्नुपर्छ पानी अड्डामा ।

सिंहदरबार संस्कृतिमा त सर्वसाधारणलाई गेटबाट भित्र पस्नेसम्मको अनुमति पनि हुँदैन । सिंहदरबारहरुको धर्मले नै साँच्चिकै गरीब असहायलाई सिफारिस दिन मिल्दैन । दरबारका साहुजीहरुलाई त्यस्ता गरीब के काम लाग्छन् र ? समस्या यो पनि छ ।

यो यस्तो स्थितिमा पनि गरीब असहायको हितमा समर्पित महानगरको नियत र प्रयत्नलाई धन्यवाद छ । यहाँनिर एउटा गाँठो भने बडो खतरनाक छ । क्यान्सरजस्तै । गाँठो के हो भने हाम्रो मुलुकमा गरीबभन्दा पनि गरीब तन्नम दरिद्र बिचरा राजनेताहरु छन् । ती अशक्त बुढा समेत पनि छन् । त्यस्तै बिचरा हाकिमहरु छन् । भूमाफिया, शिक्षामाफिया, स्वास्थ्यमाफिया र बिचौलियाहरु सवै तन्नम गरीब छन् । दरिद्र छन् । ताततै पहुँच तिनैको छ । स्थानीय सरकारबाट प्रथमतः गरीब असहायको सिफारिस पाउने तिनै हुन्छन् । साँच्चिकै असहायलाई स्थानीय सरकारका साहुजीहरुले सिफारिसै किन दिन्छन् ? विना शुल्क, विना घुस सित्तै सिफारिस किन दिन्छन् ? गाउँ गाउँ पुगेका सिंहदरबार न हुन् । सिंहदरबार संस्कृतिमा त सर्वसाधारणलाई गेटबाट भित्र पस्नेसम्मको अनुमति पनि हुँदैन । सिंहदरबारहरुको धर्मले नै साँच्चिकै गरीब असहायलाई सिफारिस दिन मिल्दैन । दरबारका साहुजीहरुलाई त्यस्ता गरीब के काम लाग्छन् र ? समस्या यो पनि छ ।

जुन देशमा सरकारका उच्च पदस्थ भीआइपीहरु आफैं भिखारी मनोवृत्तिका छन् । सरकारी ढुकुटी रुपी खप्परुबाट जनताको रगत पसिना प्युन भनेपछि हुरुक्क हुन्छन् । त्यस देशमा गरीब निमुखा जनताले कुनै कुरा निःशुल्क पाउन सक्छ भन्ने कुरा मृगतृष्णा नै हो । वीर अस्पतालको निःशुल्क शैया व्यवसस्थाले पनि गरीब निमुखाहरुलाई अइना देखाइसकेको छ ।

सुरसातुल्य भोका छन् जहाँ नेताहरु स्वयम् ।

सामर्थ्य छ भने बाँच्छ जनता हनुमान् यहाँ ।।