अमेरिकाले इजरायललाई दिने हतियारको खेप रोक्यो !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Isreal%2520tank%2520in%2520rafah_7gzu7J7I4W_vikca3kvcla8dbnxwvg3aihwtosskarfoehg0qfofxulqeq7nyylzzmaxftr_QioiAkaU0t_duicm7nb942fgilulfrjbwxpsuq0xuf6ziqy9kj53odzyq3fioyigmrmquqg.webp)
अमेरिकी अनुरोध र चेतावनीलाई वेवास्ता गर्दै इजरायलले दक्षिण गाजापट्टीको राफाह शहरमा आक्रमण गरेको छ । फलतः अमेरिकाले इजरायललाई दिइदै आएको सैनिक सहायताको पछिल्लो खेपलाई रोकेको छ ।
यसरी रोकिएको हतियारको खेपमा हरेक ९०० किलो तौल भएका १८०० वटा र २२६ किलो तौल भएका १७०० बमहरु समेत छन् ।
हमासविरुद्धको आक्रमणको नाममा इजरायलले गाजा क्षेत्रमा नरसंहारको ताण्डव मच्चाउँदै आएको छ । यसक्रममा ३३ हजारभन्दा बढी सर्वसाधारण प्यालेष्टिनी नागरिकहरुको हत्या भइसकेको छ । त्यसरी हत्या हुनेहरुमा महिला र बालबालिकाहरुको संख्या पनि उल्लेख्य छ । खासगरी, अमेरिका र युरोपको समर्थन र सहायताको आडबलमा इजरायलले त्यसक्षेत्रमा विगत लामो समयदेखि आफ्नो मुल्याहा व्यवहार प्रदर्शन गर्दै आएको छ । त्यसैको पछिल्लो कडी हो अहिले उसले गाजा क्षेत्रमा चलाइरहेको नरसंहार ।
इजरायली नरसंहारको विरुद्ध विश्वजनमत व्यापक छ । तर इजरायलको व्यवहार कसैलाई नटेर्ने छाडा साँढेको जस्तो छ । त्यसो हुनुको सबैभन्दा बलियो कारण नै उसलाई अमेरिकाको साथसमर्थन नै हो ।तर अहिले अमेरिकाभित्र नै पनि इजरायलले चलाएइके नरसंहार र त्यसमा अमेरिकाको समर्थनलाई लिएर अमेरिकाभित्रनै पनि व्यापक असन्तोष र जनप्रदर्शनको लहर चल्न थालिसकेको छ । अमेरिकाका थुप्रै शहरहरुमा विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिरोधी प्रदर्शन गरिरहेका छन् । त्यसक्रममा हज्जारौं विद्यार्थीहरु पक्राउ पनि परिसकेका छन् । इजरायललाई समर्थन जारी राख्नु स्वयं अमेरिकाको लागि पनि कठिन बन्दै गइरहेको छ । अमेरिकाका मानवाधिकारवादी संघसंस्था तथा अभियन्ताहरुले पनि अमेरिकी राष्ट्रपति माथि इजरायललाई नरसंहार रोक्नका लागि दबाव दिन आवाज उठाउँदै आएका छन् । यस्तो स्थितिमा उसले आफ्नो अनुहारमा पोतिएको कालो दागलार्ई केही कम गर्न इजरायललाई गर्दै आएको सैनिक सहायतालाई रोक्न बाध्य भएको छ ।
त्यसो त यो अमेरिकाको देखावटी कदम मात्रै हो भन्ने कुरामा कुनै शंका छैन । उसले इजरायलले पश्चिम एशियामा अन्तर्राष्ट्रिय नियमकानूनहरुको धज्जी उडाउँदै मच्चाउँदै आएको ‘दादागिरी’लाई ‘इजरायलको आत्मरक्षाको अधिकार’को नाममा सधैं आँखा चिम्लँदै आएको छ । बरु त्यसकार्यमा उसले इजरायललाई आर्थिक एवं सैनिक सहायता दिएर उल्टै भरथेग पनि गर्दै आएको छ ।
![ट्रम्पको हत्या प्रयास !](https://snowberry.prixacdn.net/media/gallery_folder/Trump%2520murder%2520attempt_Bed79aW6r6_iauvm7axzguzmeo8qjvrswmzampeoncn22ayqd5rz4bgkeqlp0kkx4ebophf_t162shUhlN_3yudjr3fhtyitejclg7ed9qf8fauw7nkdhiec7ocnmnfxexbqq92pucwigwa.jpeg)
ट्रम्पको हत्या प्रयास !
![संघाई को-अपरेसनको सम्मेलनले गर्यो समकालीन विश्व व्यवस्थालाई नै नयाँ ढङ्गले अघि बढाउने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/SCO_Summit_2024_5GnfGAE8ge_1Dn1W4GUnO_b627xv2ec7ntkjzl2xs8w1khn6nnrzdlqkkbxo4nn4krt2rlmvbiqrxtwzya_MIphkBJOqe_txrb1kk8vrrqiwwdjtpmb7twqjmubspcvftcn08u3urnlskrtdhdni6ohqky.jpg)
संघाई को-अपरेसनको सम्मेलनले गर्यो समकालीन विश्व व्यवस्थालाई नै नयाँ ढङ्गले अघ…
![नयाँ रूसी समाजको लागि एक आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/Dugin-Main_uhkKH3SsaI_upxer9czne1irbxluhybqlqsu7vcgwq9kk3nkw0zs10wilqm6b8ee8wnf4dt_QAZP6zIYMY_ijoxi4xodkiuxiymfawraxj694nvtxpwm0hohvhpy69uf8wpjxcfqlblupld.jpg)
नयाँ रूसी समाजको लागि एक आह्वान
!['सामूहिक सजाय' र छियाछिया पारिएको युद्ध–नैतिकता !](https://snowberry.prixacdn.net/media/gallery_folder/susobhit%2520gaja_XbFd3h4EjJ_1fgimnytymjalgts8elcb3rondiggjaa3bd57paaw44a53l4tbhrvqoc70yl_0psjZRz3ce_jzao1y4k1yddjqbbqbsxuq9jcoagcngat7fqaqkip84g1ppdy3nfn7sxlr7j.jpg)
'सामूहिक सजाय' र छियाछिया पारिएको युद्ध–नैतिकता !
![गोलाबारुद, उत्प्रेरणा र सैनिकको अभावः इजरायली सेना गाजामा युद्धविराम चाहन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/IDF%2520Isreale%2520force_li8Gig39dC_vis0uarzkbqrvlwod3zi8ns2hvqjhh7z3oxn3cjimpel99kqxjfesva0ujvs_PHaeO7wab5_acfqjqif91xqgfzaxj3xp5kejadijmtlzkgixzuks6bhuj22dbl4gadgpi08.jpeg)
गोलाबारुद, उत्प्रेरणा र सैनिकको अभावः इजरायली सेना गाजामा युद्धविराम चाहन्छ
![सोभियत संघजस्तै विघटनको दु:खान्तबाट बच्न चीनले के गर्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/kishore-mahbubani-Main_QLyIIUHVki_njeozxhgpw4pfxlayf3gdtkaniifoiisbl9dswa3sxw89wyboc8mmkkf10w7_3Oz5nzIeT0_poaayt43mpolew16xjtxfmifuc5wm1ufydnzfhxf3tauoihm9wwlhmyior5p.jpg)
सोभियत संघजस्तै विघटनको दु:खान्तबाट बच्न चीनले के गर्यो ?
![जब लुलाले चोम्स्कीलाई भने– तपाईंले मानवताको विकासको लागि अझै पनि धेरै देन दिन सक्नु हुन्छ!](https://snowberry.prixacdn.net/media/gallery_folder/lula%2520and%2520chomsky_dznGCq5Ws1_6awhctkmxfidpuhxbmziaqsngo5i1uwr5pt7t5lxjlzayliybv9gcga8zfx5_7UIQmIfEge_ntirapkmb0unr0brbw0xdsg7cztpsumejpvd525p4sciuvclceqmw4yyebfq.jpg)
जब लुलाले चोम्स्कीलाई भने– तपाईंले मानवताको विकासको लागि अझै पनि धेरै देन …
![रुस र उत्तर कोरियाबीच रणनीतिक साझेदारी सम्झौता](https://snowberry.prixacdn.net/media/gallery_folder/Putin%2520north%2520korea%2520visit_W3KdVcBXsU_kt2s5c4k3181ftbzxfxwxpzv9xloh99znaecknduc3dxcxvyd9lp63sge70e_desqJabq6h_kh5w9nv3hyibjufzglmhoij8heqzcifal2ow9datf11kaku15xdkn4tscdfx.jpg)
प्रतिक्रिया