नयाँ कहानी आन्दोलन र सिनेमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Hindi-Cinema_8PRMHkhOdM_mfyuwae7slwmjoutnglzkenpyvtrvrn12wcc1fjc4o6yjo3y5orcowim7fg5_hMJhxPqYtw_plzjy9lxqcrldjrjiubx5b41gblrdxtyz4wky9ehxwvzg1birvdygyxttyuy.jpg)
नयाँ कथा (नई कहानी) आन्दोलनको सुरुवात भएको सम्भावित समय १९५६-५७ लाई मानिन्छ। यो समयमा कमलेश्वर, राजेन्द्र यादव, मन्नु भण्डारी, मोहन राकेश र निर्मल वर्माका रचनाहरु अगाडि आए। नामवर सिंहले निर्मल वर्माको कथा 'परिन्दा' लाई नयाँ कथाको पहिलो प्रतिनिधि रचना मानेका छन्। तर निर्मल वर्माले कहिलेपनि आफूलाई नयाँ कथा आन्दोलन संग जोडेनन्। यसको ठीक विपरीत कमलेश्वर, राजेन्द्र र मोहन राकेशको त्रिमूर्तिले घोषित रुपबाट नयाँ कथालाई एउटा आन्दोलन भने र आफ्ना रचनाहरुलाई त्यो आन्दोलनसंग जोडेर प्रस्तुत गरे।
आउने १० देखि १५ वर्षहरुमा साहित्य र सिनेमाको बीच एउटा सुखद अन्तरसम्बन्ध देखिन्छ। यसको एउटा ठुलो कारण यो थियो कि हिन्दी सिनेमा पनि आफ्नो चिर-परिचित बाटो छोडेर एउटा नयाँ परिवर्तनतिर बढिरहेको थियो। पुणेको फिल्म संस्थानबाट निक्लेका युवा निर्देशक विश्व सिनेमाको सानदार परम्पराहरुसंग परिचित थिए र केही नयाँ रचना गर्ने र भन्ने हिम्मत राख्थे। नयाँ कथा आन्दोलनको समानान्तर सिनेमामा भैरहेको यो परिवर्तनलाई ठीकसंग बुझ्नको लागि हामीले यसको पृष्ठभूमिमा जानु पर्छ।
१९७३ मा भारत सरकारले सूचना एवं प्रशारण मन्त्रालयको मातहत एउटा फिल्म समारोह निर्देशनालयको स्थापना गरेको थियो। त्यसको उद्देश्य फिल्म आधारित सांस्कृतिक आदान-प्रदानलाई बढावा दिनु थियो। यसको दुई वर्षपछि अर्थात १९७५ मा राष्ट्रिय फिल्म विकास निगम (एनएफडीसी) को स्थापना गरियो। त्यसको उद्देश्य थियो– सिनेमामा उत्कृष्टतालाई बढावा दिनु र देशमा फिल्म उद्योगलाई विकसित गर्नु।
सन् १९६० मा राष्ट्रिय फिल्म वित्त निगमको स्थापना भयो जसले फिल्महरुलाई वित्तीय संशाधन उपलब्ध गरायो। त्यसले गर्दा सार्थक सिनेमाहरुका निर्देशकहरुलाई व्यवसायिक दबाबहरु मुक्त रहँदै फिल्म निर्माण गर्न सजिलो भयो। यसै बीच एउटा बंगाली निर्देशक मृणाल सेनले हिन्दी फिल्म भुवन शोम बनाएर नयाँ सिनेमा आन्दोलनको सुरुवात गरिदिए।
एउटा बंगाली निर्देशक मृणाल सेनले हिन्दी फिल्म भुवन शोम बनाएर नयाँ सिनेमा आन्दोलनको सुरुवात गरिदिए।
यस प्रकारले नयाँ सिनेमा बनाउनेहरु जब अगाडि आए, तब नयाँ खालको कथाहरुको खोजी पनि सुरु भयो। यस्ता कथाहरु, जसको भावबोध नयाँ र आधुनिक होस्, र जसले वर्तमान समयका संघर्षहरु र उल्झनहरुलाई बयान गर्छन्। कार्टूनिस्टको रुपमा आफ्नो करियर सुरु गरेका बासु चटर्जीलाई यो कुराको श्रेय दिइन्छ कि उनले हिन्दीका नयाँ साहित्यलाई आधार बनाएर नयाँ सिनेमा बनाउने फैसला गरे। प्रचलित परिपाटीबाट अलग, जहाँ बङ्गालका भावुक उपन्यासहरु माथि अधिकांश हिन्दी फिल्महरु बन्थे र सफल हुन्थे, बासु दा ले फिल्म वित्त निगमको सहयोगबाट राजेन्द्र यादवका उपन्यास माथि फिल्म बनाउने फैसला गरे।
एउटा निम्न मध्यमवर्गीय परिवारमा नवदम्पतीको कथा बयान गर्ने फिल्म ‘सारा आकाश’ले अहिले सम्म स्क्रिनमा देखाइने बनावटी दुनियाभन्दा बिल्कुल अलग संसारको रचना गरेको थियो।
यो उपन्यास थियो "सारा आकाश" र सन् १९६९ मा यसै शीर्षक बाट फिल्म बन्यो। एउटा निम्न मध्यमवर्गीय परिवारमा नवदम्पतीको कथा बयान गर्ने यो फिल्मले अहिले सम्म स्क्रिनमा देखाइने बनावटी दुनियाभन्दा बिल्कुल अलग संसारको रचना गरेको थियो।
निक्कै कम बजेटको यो ब्ल्याक एंड व्हाइट फिल्म सफल भएको थियो र निर्देशकको रुपमा बासु चटर्जी यस्तो रुपमा स्थापित भए कि उनले लामो समय सम्म भारतीय मध्यम वर्गीय जीवनलाई आफ्नो फिल्मको माध्यमबाट प्रस्तुत गरिरहे। हिन्दीको साहित्यिक रचनामाथि बनेको "रजनीगंधा" उनको दोश्रो उल्लेखनीय फिल्म थियो। मन्नू भंडारीको रचना "यही सच है" माथि आधारित विद्या सिन्हा, अमोल पालेकर र दिनेश ठाकुर अभिनित 'रजनीगंधा' पनि सफल रह्यो र आज पनि यसलाई कल्ट क्लासिकको रुपमा मानिन्छ।
त्यहि समयमा शिवेन्द्र सिन्हाले नयाँ कथाका एउटा अर्को प्रमुख लेखक कमलेश्वरको कथा माथि फिल्म बनाउने फैसला गरे। शिवेन्द्रले लन्डन युनिभर्सिटीबाट ड्रामेटिक आर्टमा डिप्लोमा गरेका थिए र त्यसपछि रोयल एकडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका थिए। उनले बर्लिनमा र साथै युरोपको धेरै ठाउँहरुमा रेडियो, टिवी र फिल्मको लागि थिएटरको अध्ययन र प्रशिक्षण लिएका थिए। उनले १९७१ मा 'फिर भी' भन्ने फिल्म बनाए जसलाई थुप्रै पुरस्कारका साथै राष्ट्रीय पुरस्कार पनि प्राप्त भएको थियो।
यो फिल्ममा निर्देशक शिवेन्द्र सिन्हाले धेरै खालका प्रयोग गरेका छन्, जसको मध्यमबाट सिनेमाको परम्परागत ‘न्यारेटिभ’लाई तोडिएको छ।
यो फिल्ममा निर्देशकले धेरै खालका प्रयोग गरेका छन्, जसको मध्यमबाट सिनेमाको परम्परागत ‘न्यारेटिभ’लाई तोडिएको छ। फिल्मको अन्त्य पनि यो हिसाबले अरु फिल्महरु भन्दा धेरै फरक छ। यसमा बेर्टोल्ट ब्रेष्टको एलियनेशन शैलीको प्रयोग गरिएको छ। सुमनकी आमा अन्त्यमा सिधै दर्शकहरुलाई सम्बोधन गर्छिन्। शिवेंद्र सिन्हाले सिर्फ एउटा मात्र फिल्म बनाए, जो अविस्मरणीय बनेको छ।
यस्तै खालको प्रयोग गर्ने निर्देशक थिए अवतार कौल, जसले रमेश बक्षीको उपन्यास '१८ सूरज के पौधे' माथि '२७ डाउन'को नाम बाट फिल्म बनाए। रमेश बक्षीको यो उपन्यासलाई प्रयोगात्मक मानिन्छ। त्यसमाथि फिल्म बनाउने मुस्किल मात्रै होइन परंपरागत निर्देशकहरुका लागि असंभव जस्तै थियो। तीब्र गतिमा गुडिरहेको रेलहरुको बीचमा लुकाइएको क्यामेराबाट जुन तरिकाले छायांकन गरिएको छ, त्यसैको कारणले यो फिल्म स्मरणीय बनेको छ।
नयाँ कथाका तेश्रा लेखक मोहन राकेशको कथा 'उसकी रोटी' आफ्नो न्यारेटिभमा त सरल थियो तर मणि कौलले त्यो कथालाई आधार बनाएर एउटा अलग खालको प्रयोगात्मक फिल्म बनाए। आधाकारिक नयाँ कथा आन्दोलन भन्दा बाहिर बसेर सृजनरत निर्मल वर्माको कथा 'माया दर्पण' माथि यसै शीर्षक बाट कुमार शाहनीले फिल्म बनाए। यी दुवै फिल्महरुलाई आज पनि हिन्दी सिनेमामा पहिलो पटक सिनेमाको सृजनात्मक भाषा, परम्परागत न्यारेटिभलाई तोड्ने, क्यामेरा र अभिनयको प्रयोगहरुको कारण सम्झिने गरिन्छ। मणि कौलले हिन्दी साहित्य माथि आधारित फिल्महरुको निरन्तरता लाई कायम राखे।
उनले पछि विजयदान देथाको कथा माथि 'दुविधा', मुक्तिबोधको कथा माथि ‘सतह से उठता आदमी', मोहन राकेशको नाटक माथि ‘अषाढ़ का एक दिन' र विनोद कुमार शुक्लको उपन्यास माथि 'नौकर की कमीज़' फिल्म बनाए। यो हिसाबले हेर्दा सातौं दशकमा हिन्दी साहित्यले सिनेमामा एउटा प्रमुख पहिचान बनाएको थियो।
कमलेश्वरले अरु लेखकहरुको तुलनामा सिनेमाको भाषा र आवश्यकतालाई अझ राम्रो संग बुझे । उनले गुलजारको लागि 'आँधी' र मौसम' फिल्महरु लेखे र दुईवटै फिल्महरु एकदम सफल भए। यो त्यसै जमानाको असर हो कि सत्यजित रे र मृणाल सेन जस्ता बंगाली फिल्म निर्माताहरुले मुंशी प्रेमचंदको 'शतरंज के खिलाड़ी', 'सद्गति' र 'कफन' जस्ता कथाहरुलाई आफ्नो रचनात्मकताको आधार बनाए ।
साभार: https://www.facebook.com
![बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’](https://snowberry.prixacdn.net/media/gallery_folder/Downfall_JfZeTVdcR5_xdg8vaf7gjlaqegm4leqwmpzz0aq6smidsr84kpv5pbsi4iu0ouczmhgeemm_uZCW8goJrA_dgn3oqqpjz1kzoxbqfhhzeptmzkikgsflg7mpasraoxwjbtmkxctyqchmfms.jpg)
बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’
![आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो?](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishna-bhattachan-sir_kNfBStYu0f_fhhav0azqokd3go9hjn3s9rlbdhm3fdzumwulmr0badp8qzod24uzk0tpqyg_uLtH0gKtqm_pndeim8qyi4qqtzomt69nhmu3v2rbja5ebkliquuma8oavh7dm2t9okoj619.jpg)
आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो?
![हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520wave%2520main_muIRriC0Tg_bxekecakwqcidzrecbupeyebpsrgqsafakstqfsj3ktgjhf5jg4cqbwwfwxb_nn4HYSAZSb_j8kfkiy7aps1wv6ht1ivimkco9wwgct8gyeiufd5n1knzodcz6tk5np0n8xo.jpg)
हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?
![चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie%2520Chaplin%25206_zfuVvilOEC_hrgxayhhl2nzmz4ruhbml9amnsrlpduovriidmamnghbdgsvcin92aeztkds_UmqHdNyOm6_zvbeeoto4gio0yvrkbidkmdbvmobbfqziych7uwoplgdmnqbbaeekfsnhtcc.jpg)
चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा
![सङ्गीत अन्वेषणमा गहकिलो पाइला](https://snowberry.prixacdn.net/media/gallery_folder/Sursudha-Main_ATcr8Swu4L_38yl1nmwdps19jomc1mlltjgqnkgaewxjywurtfakoyuudzsrxyagmy3vxbs_K09yRtcEc8_ncxnajtugwzrhasn4jxt6kghllrxfy1evibaw3j0hvcqsthfwd84q7mnexut.jpg)
सङ्गीत अन्वेषणमा गहकिलो पाइला
![छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie-Chaplin-main_UYlsIOOh8K_mq9kanacn6iwwelmoop6jayfwaqd2xmykhz7vl2pcsetum3g9jnpnlty76gr_F3nuFJF7o1_xhccxnfqgxaaw6ypbbcj9hyjbkm7eojt6uxwzhd6tjazt0r3hjiplsw46cei.jpg)
छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !
![नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...](https://snowberry.prixacdn.net/media/gallery_folder/Dilmaya-Khati_AG45i7MPNt_aymepe4wdkm3vvfss7vwq74cc44ajogx4netzcivqmdctovh2nhonk3lunn5_WnVhaFREHy_tsojtlbm2gipny67dxrnxutdx2mlps4dqlee2ugexdpqotrhqlqmhppxgxbh.jpg)
नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...
![गाईप्रति प्रेमको मार्मिक कहानी, जब गाई हराउँदा पात्रले आफैलाई आफ्नो गाई ठान्न थाल्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520cow_KylnLHSI5h_hg6swachgucizpb3tv0emqvbxqnsshrzydwfcqceojwqbp36zqlpmgn25vrw_ja6gU2PmqP_qw5ugtnosctejt0adthksivemcu4b4nbj5iriqvi7qglqync7tv8ghzowyz7.webp)
प्रतिक्रिया