१९ औ शताब्दीका दुई प्रतिभाशाली-मस्तिष्कहरु: मार्क्स र डार्विन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Marx%2520and%2520darwin_0PZHqPHcoK_e2aovrksg58blxdvniowumaee4klwntq9aouavjfsl08ihge7ekn7ssvy2zb_pub8Fvn9vM_7qruxmxtbanwgltykgwudtw6rni9wdzabn2dmzjk0gm3intsv0rsgeqy1oyd.jpg)
१९ औ शताब्दीका दुई प्रतिभाशाली-मस्तिष्कहरु कार्ल मार्क्स र चार्ल्स डार्विन समकालीन पनि थिए। वास्तवमा १८५९ सालमा जब डार्विनको युगान्तकारी किताब 'ओरिजिन अफ स्पिसिज' प्रकाशित भयो, त्यही साल मार्क्सको पनि महत्त्वपूर्ण पुस्तक 'क्रिटिक अफ पोलिटिकल इकोनोमी' निस्केको थियो। मार्क्सले तुरुन्त पत्ता लगाए कि डार्विनले आफ्नो सिद्धान्तमा द्वंद्वात्मक, वैज्ञानिक र भौतिकवादी विधिको परिचय दिएका छन् र एंगेल्सलाई चिट्ठी लेखेर उनले भने–यो थेसिस हाम्रो समाज विज्ञानको लागि काम लाग्न सक्छ।
डार्विनले सृष्टिवादलाई खण्डन गरेका थिए। उनले साबित गरिदिएका थिए कि शताब्दिऔंदेखि मानिँदै आइएको जस्तो ईश्वरले मानिसहरुको 'रचना' गरेका होइनन्, बरु समयको लामो अवधि, ढिलो प्रक्रियाबाट क्रमिक रुपमा मानिस विकसित भएका हुन्। मानिस आज जस्तो देखिन्छन्, सधैँ त्यस्तो थिएनन्। इभोलुसन (उद्विकास) को जाँतोले ज्यादै ढिलो तर मिहिन रुपमा पिस्ने गर्छ। यसैको कारणले संसारको सबै जैविक प्रक्रियाहरु परिवर्तनशील छन्, उत्परिवर्तीत हुन्छन् ।
डार्विनले सृष्टिवादलाई खण्डन गरेका थिए। उनले साबित गरिदिएका थिए कि शताब्दिऔंदेखि मानिँदै आइएको जस्तो ईश्वरले मानिसहरुको 'रचना' गरेका होइनन्, बरु समयको लामो अवधि, ढिलो प्रक्रियाबाट क्रमिक रुपमा मानिस विकसित भएका हुन्।
उता सृष्टिवादको विचार थियो कि ईश्वरले मानिसलाई आफ्नै रुपमा, आफ्नै श्रेष्ठ र पूर्ण कृतिको रुपमा रचेको छ। र, एक अर्थमा मानिस यो पृथ्वीमा ईश्वरको स्वघोषित प्रतिनिधि हो। उसलाई प्रकृतिका अरु संशाधनहरु, प्राणीहरु माथि स्वाभाविक रुपमा अधिकारको बोध प्राप्त थियो। डार्विनले आफ्नो गहन खोजद्वारा यो मनगढन्ते विचारको धज्जी उडाए। ईश्वरको पुत्र बाँदरको पुत्र साबित भयो। चर्चको जग नै खल्बलियो।
यहाँ चर्चलाई दुनियाको तमाम धर्महरुको प्रतिनिधि संस्थाहरुको रुपमा हेरौं (राज्य विरुद्ध चर्चको परिप्रेक्ष्यमा, जो प्रकारान्तरमा राजनीति र धर्मको युग्म हो ), किनकि एउटा श्रष्टाको रुपमा ईश्वरको विचार सबै धर्महरुको मूलस्थानमा छ।
यो धर्ममा निहित बौद्धिक आलस्यको परिणाम हो कि उल्लङ्घन गर्न नसकिने नियमहरुबाट सञ्चालित हुनेवाला सृष्टि चाहिँ उनीहरुले देख्छन् तर त्यसको अन्तरक्रियाहरुलाई परिक्षण गर्नुको साटो यो ठान्छन कि सृष्टिको रचना कुनै श्रष्टाले गरेको हो। यति मात्र होइन, उनीहरु त्यो कपोलकल्पित स्रष्टाको रुप-स्वरुप, आकार-प्रकार, नियम-कानून र उसका दूत-प्रतिनिधिहरुहरुको पनि कल्पना गर्छन्। वैज्ञानिक बुद्धिबाट अनुशासित मस्तिष्कले यो तरिकाबाट कहिले पनि सोच्न सक्दैन। उसले त सृष्टिलाई सञ्चालित गर्नेवाला नियमहरु दृढ़तापूर्वक खोजतलास गरेपछि मात्र कुनै निष्कर्षमा पुग्न चाहन्छ र त्यस बेलासम्म आफ्नो निर्णयलाई स्थगित राख्छ।
सृष्टिलाई सञ्चालित गर्ने यिनै नियमहरु मध्येको एक - 'इभोलुसन' वा 'नेचुरल सेलेक्सन' लाई डार्विनले पत्ता लगाएका थिए। यो अकाट्य थियो। वर्षौंपछि कार्ल सेगनले यसमाथि चर्चा गर्दै भनेका थिए- हामी कति मुर्ख थियौं कि हामीलाई यो कुरा पहिला सोचेनौं !" किनकि यो यति स्पष्ट थियो। यति धेरै तार्किक !
'इभोलुसन'को महल धर्म, ईश्वर र मेटाफिजिक्सको खण्डहरमाथि बनाइएको थियो। यो कुरा कार्ल मार्क्सलाई रुचिपूर्ण लाग्यो। अर्ग्यानिक नेचरमा जुन म्यूटेबिलिटीको खोज डार्विनले गरेका थिए, त्यो उनलाई सामाजिक संरचनाहरुमा द्वन्द्वात्मकताको फलस्वरूप घटित हुनेवाला परिवर्तनहरुको विचार अनुकूल लाग्यो। तर डार्विन यो कुरा प्रति सतर्क थिए कि जैविक र सामाजिक दुई भिन्न क्षेत्रहरु हुन् र यसमा एउटाको नियम अर्कोमाथि लागु हुन सक्दैन। डार्विन स्वयं अनीश्वरवादी थिए तर उनी सार्वजनिक रुपमा ईश्वरको मुखर-निषेध गर्नबाट जोगिन्थे। डार्विनवादीहरुमा ईश्वरको प्रश्नमा यो नरम प्रवृत्ति अझैसम्म कायम रहेको छ। रिचार्ड डाकिन्स बाहेक-जो कट्टर नास्तिक हुन्। डार्विनको विपरीत मार्क्स कयौं गुणा उग्र नास्तिक थिए र योभन्दा पहिला कान्टको अज्ञेयवाद र हेगेलको अधिभौतिकवादको आलोचना गरिसकेका थिए।
डार्विन स्वयं अनीश्वरवादी थिए तर उनी सार्वजनिक रुपमा ईश्वरको मुखर-निषेध गर्नबाट जोगिन्थे। डार्विनवादीहरुमा ईश्वरको प्रश्नमा यो नरम प्रवृत्ति अझैसम्म कायम रहेको छ।
१८७३ मा जब "क्यापिटल"को पहिलो खण्ड प्रकाशित भयो तब मार्क्सले त्यसको एक सौजन्य-प्रति डार्विनलाई पठाए। त्यसप्रतिमा हस्ताक्षर गर्दै मार्क्सले भनेका थिए- "म तपाईंको ठुलो प्रशंसक हुँ।" जवाफमा डार्विनले चिट्ठी पठाए "सायद म तपाईंको यो उपहारको लागि योग्य हुन्थें, तर म तपाईंको पुस्तक पाएर धेरै सम्मानित भएको महसूस गरिरहेको छु।" यद्यपि डार्विनले "क्यापिटल" धेरै पढ्ने कष्ट गरेनन्। यसको दुईवटा कारणहरु थिए। पहिलो, उनी जर्मन भाषा राम्रोसंग जान्दैन थिए । दोश्रो, राजनीतिक-अर्थशास्त्रमा उनको खासै रुचि थिएन।
वर्षौंपछि कामरेड भ्लादिमीर ई. लेनिनले आफ्नो लेखमा मार्क्स र डार्विन दुबैको महत्वलाई समान रुपमा स्वीकार्दै लेखे– "जसरी डार्विनले जैविकीको भित्री प्रक्रियाहरुको खोज गरेर त्यसमा एउटा सोपानक्रम स्थापित गरेका थिए। त्यसै गरी मार्क्सले पनि हामीलाई भनेका छन् कि इतिहास मानिसहरुको जीवनको यान्त्रिक संकलन मात्र होइन। त्यसमा एउटा अन्तर्क्रिया छ र त्यसको आधार अनियमित तर अराजक होइन बरु पूर्णतया वैज्ञानिक र द्वन्द्वात्मक छ।'
-सुशोभितको फेसबुक वालबाट साभार अनुदित
Image source: https://www.thesun.co.uk/, https://i.pinimg.com/
![जनताका सामु भन्न नसकिने केही कुराहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Eduardo%2520Galeano_FTDOb7MWQI_gjddsiqc79c1alyim66f3fywegsj4sezg9i4obmsieqoltcn8rz0yzloqnra_G0Adqn2pyD_v4oa3bymzllg8vkyoduyvqyqzyvozjvzkzk2ny0cffknikphlrpuhwditmhl.jpg)
जनताका सामु भन्न नसकिने केही कुराहरु
![नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Shattered%2520communist%2520flag_a3vM2nJjdP_cfzohzaqfegqvvc9u3prfhrqdtvozikdq4heozthfoufhydrphp6dd3fj9t2_N56Fa0cYtx_ursn8mmgviqhvzzpgwlxlcqqmo0sqp0skvhon1rj0rxmszyyc9rg423y06tp.jpg)
नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु
![नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)](https://snowberry.prixacdn.net/media/gallery_folder/Communist%252520flag%252520F_uMWqLEsHiY_a6dpnwqbfd9ltc9yniycegapjyltlivudhmfsd9540wpkvlxcrg3xtkoamjb_ZQkRzqLdof_pdc4v4vud9omox5oude4ex5titixpml22pyvl8moaopyt9rq56l0fr3wfiex_7ftnf1Y2ou_artohy2pao4yghzxdoutuug8ted3xzr9clijdq7donhgocuuoee9taebselv.jpg)
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)
![यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/Subarna%2520Samser_9ufTyERXAf_1896gg3n6hejvvkzshydr2z1cdj4vgkyfpjc62gqwod7i5vaxk4tadlvquje_jrk06DqwCl_tsnubgvkndzd8bnwvgzacx4bvulil55vennihvrn6nosjhagcgeowb9hfif1.jpg)
यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)
![गणतन्त्रवादी बुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Buddha-Gadatantrabadi_aitB7lRjMc_vp1iumfwp8pcjohcg3kkeae9e9k4scujpywlkmysnzo479rlbce6jesmwprq_N9Dc36qtjP_94qhqjaey1c2asvtyquycudrmm1mlk2i6tpczygqf95kplmfk0l5kxtnzuoe.jpg)
गणतन्त्रवादी बुद्ध
![साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह](https://snowberry.prixacdn.net/media/gallery_folder/Ho-Chi-minh-F_cSgxc6NlQ7_b46tvn2mqglk3gvjdsns905e4wy7bfha2nbighdrsjpfuoo0lpnhi5dl28qj_1ucSjibCY5_8yl6y6kx7j7nzu8cqkvai789237g17wnyi1jtmqsgdi1j7x2k0lzgowpl2it.jpg)
साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह
![दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/madan%2520asrit_n2ewSf4UYI_jof0colxcsktyk5zgodjvas0ck6xjt9pfbhbbt1dzlrm8psyspeam27wlmku_GmJLG2GLKE_1susiu5tsvaj0omfyvr0wlhcupe2wwbky1qyywes0vmhe8l3ffuf9hkqbjpu.jpg)
दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?
![बलियो प्रतिध्रुवमा बदलिँदै ग्लोबल साउथ !](https://snowberry.prixacdn.net/media/gallery_folder/Global%2520south_V71G0Bctgg_pjraaqrmjifiz5vejobtgrlpa5caccgivsfnpwhzefyyxpmiwwhbybret7a2_gY2ixuoybS_mwrrdhrv6q1yiygiwa73xfrmhvebh2caosl2jsaynj1rujeif3ppgpmny3ec.webp)
प्रतिक्रिया