गुणकारी फल आँप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mango-tree-with-nature_d9twmTF3BW_cmsggh0r6ldmaxy6bmi9wmjlrxehuzdhmimrppw8vktkycc0ihpd1xh3xg7c_q29qq3AQCJ_kanirf2lqqhwgxtz4dvbqsgea9hm9gfl966koleo1m9gwnjt3lpnddopwnsr.jpg)
आँपको करीब ३५ प्रजातिहरु छन् । ती प्रजातिहरुबाटै पनि हालसम्म १२०० भन्दा बढी उपप्रजातिका आँपहरु फेला परिसकेका छन् । तीमध्ये हजार प्रजातिहरु त भारतमा मात्रै पाइन्छन् । भारतमा वार्षिक २० मिलियन टनभन्दा बढी आँप उत्पादन हुने गर्छ । यो संसारभरि नै सर्वाधिक आँप उत्पादन गर्ने मुलुकमा पर्दछ । भारतको आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटका, उत्तर प्रदेश, बिहार, महाराष्ट्र आँपका प्रमुख उत्पादक क्षेत्रहरु हुन् ।
भारतपछि चीन (ताइवानसमेत मिलाएर), थाइल्याण्ड, मेक्सिको, इण्डोनेशिया, पाकिस्तान, ब्राजिल, इजिप्ट, बंगलादेश, नाइजेरियाहरु सर्वाधिक बढी आँप उत्पादन गर्ने देशमा पर्दछ ।
संसारको सबैभन्दा बढी उत्पादन हुने फलफूलमा आँप तेस्रो नम्बरमा आउँछ । आँपको उत्पत्ति थलो दक्षिण एशिया, अझ विशेष गरेर भारत, बर्मा, श्रीलंका र बंगलादेश हो । त्यहीँबाट यो मलाया, पूर्व एशिया र पूर्वी अफ्रिकामा फैलिँदै संसारभरि पुगेको हो ।
एउटा मध्यम खालको आँपमा औसत रुपमा १३५ क्यालोरी शक्ति हुन्छ । त्यसमा कार्बोहाइड्रेट १७ ग्राम, भिटामिन सी ५७.३ मिलिग्राम पाइन्छ । त्यसै गरी, यसमा भिटामीनहरु ए, बी१, बी२, बी३, बी६, मिनरल र एन्टिअक्सिडेन्ट पनि पर्याप्त मात्रामा हुन्छ । आँपमा कोलेस्ट्रोल वा जम्ने चिल्लो हुँदैहुँदैन । यसमा करीब ०.६ ग्राम नजम्ने चिल्लो पदार्थ हुन्छ । आँपमा सुगर १५ प्रतिशत, फाइबर ३.७ ग्राम, पोटासियम ३२२.९२ मिलिग्राम, म्याग्नेसियम ९ मिलिग्राम, सोडियम ४ मिलिग्राम, क्याल्सियम २०.७ मिलिग्राम र आइरन ०.२७ मिलिग्राम र थोरै मात्रामा जिंक हुन्छ ।
भारतमा आँपलाई रगत बढाउने फल मानिन्छ । आँपमा आइरन पनि पाइने हुनाले रक्तअल्पता (anemia) का विरामी, गर्भवती महिला र रजस्वला भएकी महिलालाई आँप खुवाउने सल्लाह दिइन्छ । आँपमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता तत्वहरुले गर्दा मांसपेशी बाउँडिँदा, तनावको बेला, मुटुको समस्या, एसिडोसिसको समस्यामा पनि यो फल उपयोगी हुन्छ । आँपमा एक विशेष किसिमका इन्जायम (शरीरको लागि उपयोगी तत्त्व) पाइन्छ, जुन इन्जायम मेवामा पाइने पापेन जस्तै खानेकुरा पचाउनको लागि उपयोगी हुने गर्छ । विशेष गरेर यी इन्जायमहरुले मासुको प्रोटिनलाई राम्ररी टुक्राएर शरीरले पचाउन सक्ने बनाइदिन्छ । त्यसैगरी, आँपमा पाइने magneferin, katechol oxidase, and lactase जस्ता रसायनहरुले हाम्रो पाचन प्रणालीको कामलाई बढाइदिनुका साथै आन्द्राका भित्ताहरुलाई सफा गर्न पनि सहयोग गर्छ ।
आँपको खेती ईशापूर्व २००० देखि नै गर्न थालिएको हो । चिनियाँ यात्री ह्वाङ सेनले सातौं शताब्दीतिर भारतको भ्रमण गरेपछि आँपलाई चीन पुर्याएको विश्वास गरिन्छ । युरोपमा सन् १३३८ मा आँप पुगेको थियो । सोह्रौं शताब्दीतिर पोर्तुगिजहरुले आँपलाई पूर्व र पश्चिम अफ्रिका तथा ब्राजिल पुर्याएका थिए । सोह्रौं शताब्दीतिर आँपले तत्कालीन सामन्त, राजा र नवाबहरुले खाने विशेष फलको दर्जा पाएको थियो ।
तमिल भाषामा आँपलाई mancay वा mangay भनिन्छ । पोर्तुगिजहरुले त्यसलाई Manga भने । यही शब्दबाट नै आँपको नाम अंग्रेजी भाषामा Mango भयो । यसको वैज्ञानिक नाम चाहिँ Mangifera indica हो । आँप संसारकै सबैभन्दा पुरानो फलहरुमध्येको पनि एक हो । यस फलको २५ देखि ३० मिलियन वर्षअगाडिको जीवाशेष पनि फेला परेको छ ।
![यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/itching_7zomnwzvVi_0y10nmtcptnanzfrcycdzlvdzijxsaaxdyfxzbup8ot6mriwbpwcin31sdy5_YDxd4XrTbu_rdxg0nzaghald8wp8ws1u89h1dtpzfmutflgowk4nafq4xrdhh0izkwjtfvc.jpg)
यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु
![शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/muscle%2520cramp_pLt9ui9ZSE_n41x4tteiubf074mlekofqhv6nprdroglklomvfsl32zmdfhik3nxkugq8hm_d4Ix4cNYst_spurzr6eb7rjcxjegzvxevc9kl1cun3modculjkwf0omnbiake85thyzcgst.jpg)
शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !
![धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !](https://snowberry.prixacdn.net/media/gallery_folder/tired_F7u9yLAfZO_fhalhjfdbjcctxrpjxrovxstipay2uy14uab44zcxk4miferlkujboalmj1c_wPcFyhNbm7_xkcculnvedekixu40li5omitzkkhz2yidtvaommhwmquf7si9ljxhjondzpv.jpg)
धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !
![फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन](https://snowberry.prixacdn.net/media/gallery_folder/turmeric-powder_McFuvdYPYF_rr0nmpv6iw0q32z5t1pw2xy59exnesqkf8xuct8nfwojjhdqmmerpzib0hy0_JL1b4E1blv_20cnpdpfmmt2o5qp0mu38xsgqsgdcelvvay4j3ciffanptww8gwvgpprlgiz.jpg)
फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन
![तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan-Ghimire-junk-food_zgAZtFOjni_hy9mqpfvbuzcq0cloyifoq7azlefxnofuenwsghbioa0izrhgtqxzobcljva_hjCBl4o3RT_clrdmgxyih1v1fmwu5ltxzfb2isptflxekics06m8bjxvs4znvlgyu3tqhxq.jpg)
तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’
![घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/snoring2_HKKi0UmYpX_frztrobbbmccacty7gnefbyg18qsearvteufj7adosezwrmv21yvtgjekwnn_pwwYI1gVtn_sqi5zesamxhp3koj2hwz6u5osuiyzlg4kzc1cmxtnrhljltcivu6ikvn7chm.jpg)
घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !
![रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता](https://snowberry.prixacdn.net/media/gallery_folder/ayurved_LlJ2zeHgU7_psshtthjxnz5qz3zqphigr6r7uavu8nw3ib3lh80lwk1zmsd6s2vi8sucwtv_I9SfCaf7yu_ntr2x0h0qqqsdlozzl7n0jo3dlh4tvfb3zswoy53n6ryo6lfqaepbmd9wuuk.jpg)
रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता
![सयपत्री फूल: कसरी स्याहार्ने र हेरचाह गर्ने?](https://snowberry.prixacdn.net/media/gallery_folder/sayapatri_Awu66NLziw_ym47m45f81ffsucpj64ovp5vln4zbfvj5mykz0m0mn7sibeoa7xqlrcmg5qy_4paaSdzz2h_waq3lwzyhcpnzcnhqwixfwgbpel7dbxkpsjsdyeawtnwh3o5byhdqr0pz865.jpg)
प्रतिक्रिया