दायित्वबोधका सम्पादकलाई मातृशोक
काठमाडौं– मन्थन प्रकाशन प्रालिद्वारा संचालित ई–म्यागजिन (अनलाइन पोर्टल) दायित्वबोध डटकमका प्रधान सम्पादक चन्द्र खाकीलाई मातृशोक परेको छ ।
शनिबार खाकीकी आमा दीलकुमारी खाकीको ९१ वर्षको उमेरमा इलाममा निधन भएको हो । उनको इलाम नगरपालिका ८, तिल्केनीस्थित निवासमै निधन भएको हो ।
मृतक दीलकुमारी खाकीको ५ छोरा र २ छोरी (एक छोरीको यसअघि नै निधन भइसकेको छ) छन् । उनको आइतबार नै अन्तिम संस्कार गरिएको छ ।
दायित्वबोध डटकम दिवंगत दीलकुमारी खाकीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी
सार्वजनिक पुस्तकालय स्थापना
विज्ञानको दर्शनबारे छलफल
राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान
नेकको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त
प्रतिक्रिया