कोभिडबारे पुस्तकको लोकार्पण
पत्रकार दीपा दाहालद्वारा लिखित पुस्तक कोभिडः नसोचेको–नभोगेको सङ्कट पुस्तकको आज लोकार्पण गरिएको छ ।
सङ्घीय राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन प्रसिद्ध नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, संस्कृतिकर्मी गणेश रसिक र अभियन्ता मोहना अन्सारीले संयुक्त रुपमा गरेका थिए ।
पुस्तकको विशेषज्ञ सल्लाहकारमा डा. अनूप सुवेदी रहेका छन् ।

उक्त अवसरमा कोभिडका कारण आफ्ना जीवनसङ्गीनी गुमाएका गणेश रसिकले आफूले देखे भोगेका मार्मिक अनुभूतिहरुलाई साझेदारी गरेका थिए ।

सोही अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा डा. अनुप सुवेदी र डा. अर्जुन कार्कीले कोभिडको व्यवस्थापनको क्रममा देखे भोगेका अनभूति र कमी कमजोरीहरुबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पुस्तकका मूल प्रकाशक बारबरा फाउण्डेसनका अध्यक्ष समेत रहेका डा. सन्दुक रुइतले पुस्तक प्रकाशन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै बारबरा फाउण्डेसनले गरेका र आगामी दिनमा गर्न गइरहेका गतिविधिहरुबारे छोटकारीमा प्रकाश पारेका थिए ।

त्यस अवसरमा पुस्तकका लेखक दीपा दाहालले पुस्तक प्रकाशनका पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमका रोचक पक्ष सभापति, अतिथिहरुलाई मञ्चासन गराउने र लम्बेतान भाषण गराएर दर्शकश्रोतालाई दिक्क पार्ने परम्परागत ढर्रालाई अपनाइएको थिएन । सोही सन्दर्भमा डा. रुइतले उपस्थित सबै कार्यक्रमका अतिथि रहेको बताउँदा हलमा मज्जाले ताली बजेको थियो ।
उक्त पुस्तकको सहप्रकाशकमा फाइनप्रिन्ट रहेको छ ।
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह
प्रतिक्रिया