निषेधित क्षेत्र बढाएकोमा नागरिक विरोध
सरकारले निषेधित क्षेत्रहरु बढाउँदै लगेपछि त्यसको विरोधमा बृहत् नागरिक आन्दोलनले ‘नागरिक सर्वोच्चताका लागि विरोध मार्च’ गर्ने भएको छ ।
उक्त विरोध मार्च मंसिर २९ गते शुक्रबार दिउँसो रत्नपार्कसिथ्त शान्तिबाटिकाबाट शुरु हुने जनाइएको छ ।
त्यसबारे बृहत् नागरिक आन्दोलनले जारी गरेको पर्चामा भनिएको छ–
राज्यलाई खबरदारी गर्न नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई संकुचित गर्दै लैजानु लोकतन्त्र माथि खतराको सङ्केत हो । खुलामञ्च, माइतीघर र शान्तिवाटिका हाल नागरिक आवाज मुखरित गर्ने स्थलहरू हुन्। यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार हो । सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको छ। यो निरङ्कुश राज्यको चरित्र हो ।
दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ । सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध स्वरूप निषेधित क्षेत्र तोडेर नागरिक सर्वोच्चता कायम गर्न विरोध मार्चमा सहभागी बनौं।
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह
प्रतिक्रिया