कोशी नाम खारेजीको आन्दोलन केन्द्रीकृत नश्लीयता थोपर्नेहरूका विरुद्ध !

पूर्वी नेपाल यतिखेर आन्दोलित छ । सम्भवतः नेपालको इतिहासमै सबैभन्दा निरन्तर लामो पहिचानको आन्दोलन यतिखेर पूर्वमा चलिरहेको छ । आन्दोलनको मूल मुद्दा प्रदेशको पुनःनामाकरण गरेर ऐतिहासिक भूमि, सभ्यता र सांस्कृतिक पहिचानको आधारमा नामाङ्कन गरिनुपर्छ भन्ने हो ।
मुलुक गणतन्त्रमा गएको झन्डै डेढ दशक पुग्दैछ । तर यति लामो समयावधिपछि पनि पहिचानको लागि संघर्ष गर्नुपर्ने अवस्था आउनु निक्कै अपसोचको कुरा हो । गणतन्त्रका लागि लडेकाहरू, जनताका पहिचान, संस्कार र संस्कृतिहरूलाई सम्मान गर्छु भन्नेहरूबाटै त्यसलाई मेट्ने, भत्काउने र अस्तित्वविहीन बनाउने काम भएपछि जनता त्यसका विरूद्ध उठ्नु र लड्नुको विकल्प नै छैन ।
लोकतान्त्रिक गणतन्त्र र संघीयताको सुन्दर पक्ष भनेकै सीमित मुठ्ठीभर हुने खाने एकल जाति, समूह वा समुदायको सबैखाले हालहुकुम र वर्चस्व ध्वस्त हुनु हो; सबै जाति समूह वा समुदायका धर्म, संस्कार, संस्कृति र पहिचानहरूको समान महत्व र सम्मान स्थापित हुनु हो । तर अहिले पूर्वमा त्यसलाई नकार्ने काम भइरहेको छ ।
लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको रक्तरञ्जित संघर्षले प्राप्त उपलब्धि हो । लोकतान्त्रिक गणतन्त्र र संघीयताको सुन्दर पक्ष भनेकै सीमित मुठ्ठीभर हुने खाने एकल जाति, समूह वा समुदायको सबैखाले हालहुकुम र वर्चस्व ध्वस्त हुनु हो; सबै जाति समूह वा समुदायका धर्म, संस्कार, संस्कृति र पहिचानहरूको समान महत्व र सम्मान स्थापित हुनु हो । तर अहिले पूर्वमा त्यसलाई नकार्ने काम भइरहेको छ । हिजोको एकतन्त्रमा जस्तै अहिले पनि एकलजाति, धर्म वा सम्प्रदायको हालहुकुमबमोजिम १ नम्बर प्रदेशको नामाकरण ‘कोशी' लादिएको छ । त्यसले प्रदेशको नामाकरण संघीयताको मर्मअनुकूल स्थानीय वासिन्दाहरूको मान, सम्मान र भावनालाई समेट्ने गरी हुनुपर्छ भन्ने जायज मागलाई कोशीमा लगेर बगाइदिने काम गरेको छ । सबैभन्दा दुःखको कुरा के छ भने, त्यस कार्यमा वर्तमान व्यवस्था र प्रणालीका विरूद्ध आवाज उठाउने राप्रपाजस्ता दलहरू मात्रै हैन, आम जनताको पहिचान र सम्मान स्थापनाका लागि लड्ने–लडेका र हिजो सबैभन्दा चर्को आवाज उठाएका नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादीजस्ता दलहरू नै पनि एकमत भएर बहुपहिचानको विरूद्ध लागीपरेका छन् र कोशीकै पक्षमा उभिएका छन् । योभन्दा विडम्बनाको कुरा के हुन सक्छ ?
हिजो प्रदेशको चुनाव हुँदा ती दलका प्रतिनिधिहरूले जनताको भावनाअनुकूल प्रदेशको नामाकरण गरिने, जनताका भावनाविरूद्ध गएर कुनै पनि काम कारवाही नहुने–नगर्ने वाचा कसम खाएका थिए । तर अहिले उनीहरूले ती प्रतिबध्दताहरू सबै भुलेका छन् । एकाध बाहेक करिब-करिब सबै प्रदेश सांसदहरु प्रदेशको नामाकरणमा एकमत भएर ‘कोशी प्रदेश’लाई अनुमोदन गरेका हुन् । त्यसका लागि उनीहरूले आफ्नो बुद्धि, विवेक र पदीय मर्यादालाई समेत ख्याल गरेनन्। पार्टी नेतृत्वले आफ्ना सांसदहरूलाई सल्लाह-सुझावसम्म दिन सक्ला तर प्रदेश सांसदको पदीय अधिकारलाई समेत भुलेर उनीहरूले पार्टीको उपल्लो नेतृत्वले दिएको आदेश–निर्देशनलाई आँखा चिम्लेर, निरीह भएर पालना गर्ने काम गरेका छन् । यसले प्रदेश संसद–सांसदको आफ्नो प्रदेशको निर्णय आफैं गर्न पाउने आत्मनिर्णयको अधिकारको समेत हनन् भएको छ ।
कतिपयले भन्ने गर्छन् प्रदेशको नाम ‘कोशी’ राख्दैमा के बितिहालेको छ, आकाश नै खसिहालेको त छैन नि ! यो एकदमै काइते तर्क हो । यो एकल नश्लीय, जाति, भाषा, धर्म र संस्कृति अरूमाथि थोपर्ने कुरालाई जानीनजानी आत्मसात गरेकाहरूले गर्ने तर्क हो । यो तर्कले गणतन्त्र, संघीयता र समावेशीताको मर्मलाई बोल्दैन, बोक्दैन ।
प्रदेश नामाकरणको सवालमा जबर्जस्ती लादिएको नामकाविरूद्ध त्यस भूगोलमा ९ महिनाभन्दा लामो समयदेखि चलिरहेको प्रतिरोधी आन्दोलन त्यसैको उपज हो । परिवर्तनका लागि लडेका र त्यसको स्वामित्व लिन अग्रसर हुने नेपालका राजनीतिक दलहरूले पूर्वमा जारी आन्दोलनको मागलाई गम्भीरतापूर्वक लिएर सुन्ने र सम्बोधन गर्ने काम अझै गरिरहेका छैनन् ।
प्रदेशको नामाकरण लोकतान्त्रिक गणतन्त्र र संघीयताको मर्मसँग जोडिएको छ । प्रदेशको नामाकरणमा जनताका भावना, त्यस क्षेत्रका जाति, संस्कृति र संस्कारको पहिचान र अपनत्व गाँसिएको हुन्छ । त्यसलाई वेवास्ता गरेर जब हिजोको एकल केन्द्रीकृत पञ्चायती राज्यसत्तामा जस्तो एकल जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई नै लाद्ने र अनुमोदन गर्ने काम हुन्छ भने त्यो कुरा त्यस भूगोलका लागि कदापि स्वीकार्य हुन सक्दैन । आम जनताले त्यसलाई कदापि अनुमोदन गर्न सक्दैन । प्रदेश नामाकरणको सवालमा जबर्जस्ती लादिएको नामकाविरूद्ध त्यस भूगोलमा ९ महिनाभन्दा लामो समयदेखि चलिरहेको प्रतिरोधी आन्दोलन त्यसैको उपज हो । परिवर्तनका लागि लडेका र त्यसको स्वामित्व लिन अग्रसर हुने नेपालका राजनीतिक दलहरूले पूर्वमा जारी आन्दोलनको मागलाई गम्भीरतापूर्वक लिएर सुन्ने र सम्बोधन गर्ने काम अझै गरिरहेका छैनन् । बरू उल्टै दमनमा उत्रिएका छन् र बदनाम गर्न प्रयत्नशील देखिन्छन् । आन्दोलनको क्रममा लाजेहाङले सहादत प्राप्त गर्नुभएको छ । केही साथीहरू धाइते भएर उपचारत हुनुहुन्छ भने केही साथीहरू मुद्दा खेपिरहनुभएको छ । पछिल्लो समय ताप्लेजुङमा दुइ जना साथीहरूलाई षड्यन्त्रपूर्वक हिरासतमा राखियो र आन्दोलनले बाध्यतावश बन्दको कडा कार्यक्रम गरेपछि मात्रै जनदबाबको कारण सरकार छोड्न विवश भयो । आन्दोलनमा महिला, युवाहरू सक्रियतापूर्वक फ्रन्टलाइनमा छन् । जसले आन्दोलनलाई विस्तार र दिगो बनाइरहेको छ ।
आन्दोलनको एउटै बटमलाइन भनेको प्रदेशको हालको नाम खारेजी र जनताको भावनालाई प्रतिनिधित्व हुने गरी पुन:नामाकरण । त्यो नाम के हुने भन्ने कुरा अहिले दम्भमा लादिएको नाम कोशी खारेज गरिएपछि पुनःबहस, छलफल र जनअनुमोदनपछि राख्ने कुरा हो ।
भन्नलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भनिएको छ, तर संघीयताको अभ्यासमा राजनीतिक दलहरूले बेइमानी गरिरहेका छन् । उनीहरूले नाम मात्रैको गणतन्त्र तर संरचना र कानूनहरुको हिसाबमा हिजोकै जस्तो केन्द्रीकृत सत्ताको अभ्यास गरिरहेका छन् ।
प्रदेश नामकरणसँग जोडिएको मुख्य कुरा भनेको गणतन्त्र, समावेशीता, संघीयताको मर्मअनुसार चल्ने कि नचल्ने भन्ने हो । भन्नलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भनिएको छ, तर संघीयताको अभ्यासमा राजनीतिक दलहरूले बेइमानी गरिरहेका छन् । उनीहरूले नाम मात्रैको गणतन्त्र तर संरचना र कानूनहरुको हिसाबमा हिजोकै जस्तो केन्द्रीकृत सत्ताको अभ्यास गरिरहेका छन् । संघीयताको मर्मअनुसार, जनताका अधिकारहरूलाई तल्लो तहसम्म विकेन्द्रित गरेर सबैलाई सबल र सक्षम बनाउने कुरामा उनीहरूले बोलीमा त भन्ने गरेका छन् तर व्यवहारमा पूरै वेवास्ता गर्दै आएका छन् । अहिले नाम मात्रै फेरिएको एकल केन्द्रीकृत राज्यसत्ताको अभ्यास भइरहेको छ । भन्नलाई धर्मनिरपेक्षता भनिएको छ । तर अझै पनि हिजोको जस्तै एकल जाति, भाषा, संस्कार र संस्कृतिको बर्चस्व अरू जाति, भाषा, धर्म, संस्कार, संस्कृतिमाथि थोपर्ने काम भइरहेको छ । अहिले पनि एक भाषा र धर्मको बर्चस्वको आधारमा मुलुकलाई सञ्चालन गर्ने काम भइरहेको छ । गैरहिन्दू जातीय संस्कार, संस्कृतिअनुसार चलिरहेका समुदायहरूलाई अझै निषेध गरिएको छ । उदाहरणको लागि, कतिपय जातीय संस्कारअनुसार आफ्ना रीतिथिति, चालचलनहरूमा गोरूको मासु चढाउने प्रचलन पितापुर्खाको पालादेखि चल्दै आएको कुरा हो । तर अझै पनि हिन्दू मान्यताअनुसार गाईलाई राष्ट्रिय जनावर घोषित गर्ने र तिनका शाखा–सन्तानहरू समेतको बधलाई निषेध गरिएको छ । गाई हैन, संस्कार–संस्कृतिअनुसार अनिवार्य रूपमा पितृहरूलाई चढाउनुपर्ने गोरूको मासुको सवालमा गैरहिन्दूका नागरिकलाई कानूनको डण्डा बर्साउने काम भइरहेको छ । कतिसम्म भने, जिउँदो गोरू काटेको सवाललाई त परै छाडौं, गोरूको मासु खाएको निहुँमा समेत अझै पनि पक्राउ गर्ने मुद्दा चलाउने काम रोकिएको छैन । यो भनेको फेरि पनि एकल जाति, धर्म र सम्प्रदायको संस्कार–संस्कृति अरूमाथि थोपर्नु नै हो । यसरी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सही अभ्यास हुनै सक्दैन र जनताको त्याग, योगदानबाट स्थापित गणतन्त्र, संघीयतालाई बलियो बनाउँदैन ।
अहिले पूर्वमा चलेको आन्दोलनलाई कतिपयले साम्प्रदायिक आन्दोलनको रूपमा अपव्याख्या गर्ने गरेको, त्यसमा हिन्दू धर्म मान्नेवालाहरूले खासै समर्थन नगरेको जस्ता कुराहरू पनि राख्ने गरेको देखिन्छ । यो अल्पबुझाइ हो । वास्तवमा, त्यस भेगका हरेक धर्म–संस्कृति मान्ने जातजातिहरूले आन्दोलनलाई समर्थन गर्ने क्रम बढ्दो छ । राजनीतिक दलकै स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूले समेत माथिल्लो नेतृत्वले गल्ती-भूल गरेको बताउँदै आन्दोलनलाई सहयोग र समर्थन गर्दै आइरहेका छन् । बृहत् नागरिक आन्दोलनले समेत पूर्वमा चलेको आन्दोलनलाई सामाजिक न्यायको आन्दोलनको रूपमा लिएर सक्रिय साथ, सहयोग, समर्थन जनाउँदै आइरहेको छ । यस अर्थमा पूर्वमा अहिले प्रदेश पुन:नामाकरणको सवालमा चलिरहेको आन्दोलन कुनै विशेष जात, जाति अझ विशेष गरेर भनौं सीमान्तकृत आदिवासी जनजातिहरुको मात्रै एकल चासो र चिन्ताको आन्दोलन नभई समग्रमा साझा राष्ट्रिय आन्दोलनको रूपमा विकसित एवं स्थापित हुँदै गइरहेको छ । यो हाम्रो लागि सुखद् कुरा हो ।
परिवर्तनका एजेण्डाहरू भजाएर सत्ताको सिंहासनमा राज भएपछि सत्ताको फोहोरी आहालमा डुबेर जनताको भावनालाई वेवास्ता गर्नेहरुले याद गर्नुपर्छ– भोलि जनताले उनीहरूलाई दण्डित गर्नेछन् ।
हिजो जनताको पक्षमा खडा भएका भनिएका पार्टीहरु नामाकरणको सवालमा एकढिक्का भएर जनभावनाविरूद्ध जानु लाजमर्दो कुरा हो । अझ भनौं, प्रतिगमनकारी कार्य हो । एक नम्बरमा दुई नम्बरी काम भएको हो । यो उनीहरुले जनताविरूद्ध गरेको गद्दारी हो । जनतालाई सत्तामा जाने भर्याङको रूपमा प्रयोग गर्ने, अनि जनताको भावनाविरूद्ध नै जाने यो कदम भनेको राजनीतिलाई फोहरी खेल बनाउनु हो । लोकतन्त्रविरोधी कार्य हो । यो भनेको मुखले जतिसुकै अग्रगमन र प्रगतिशीलताको कुरा गरे पनि मनमस्तिष्क र संस्कारले उनीहरू आफूलाई बदल्न नसकेको, पुरानै विचार र संस्कृतिले थिचिएका छन् भन्ने कुराको द्योतक पनि हो । परिवर्तनका एजेण्डाहरू भजाएर सत्ताको सिंहासनमा राज भएपछि सत्ताको फोहोरी आहालमा डुबेर जनताको भावनालाई वेवास्ता गर्नेहरुले याद गर्नुपर्छ– भोलि जनताले उनीहरूलाई दण्डित गर्नेछन् । अहिले जनताका भावनाविरूद्ध लाग्ने, बोल्नेहरूलाई हामीले उनीहरूको क्षेत्रमा प्रवेश गर्न निषेध गरेका छौं । राज्यसत्ता यतिखेर आन्दोलनको मागलाई सम्बोधन गर्नेतिर लाग्नुको साटो दमनमा उत्रिएको छ । हाम्रा साथीहरू मारिएका छन्, घाइते भएका छन्, गिरफ्तारीमा परिहेका छन्, मुद्दा खेपिरहेका छन् । यो क्रम नरोकिएमा र जनताका आवाजलाई सुन्ने काम भएन भने आन्दोलन झन चर्केर जाने निश्चित छ । त्यसबेला हुने घटनाहरूको जिम्मेवारी अहिले जनताका विरुद्ध एकढिक्का भएका राजनीतिक दलहरू र राज्यसरकारले लिनुपर्नेछ ।
तसर्थ, पूर्वमा चलिरहेको पहिचानको आन्दोलन सामाजिक न्याय, समानता र राज्यसरकारबाट तिरष्कृतहरूको आन्दोलन हो । यो आन्दोलन शहर-बजारमा मात्रै नभई गाउँठाउँमा पुगेको छ र प्रत्येक जनतालाई छोएको छ, नागरिकलाई घच्घचाएको छ। तसर्थ, समावेशीता, गणतन्त्र, संघीयतालाई सबलीकरण बनाउने आन्दोलन हो- कोशी नाम खारेजीको जारी आन्दोलन ।
(निरन्ती तुम्बापो लिम्बू, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय समितिका महासचिव तथा नागरिक अभियन्ता हुन् । प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त सङ्घर्ष समितिको समन्वयमा पूर्वमा चलिरहेको 'कोशी' नाम खारेजी र नयाँ नामाकरणको आन्दोलनमा उनी सक्रिय छन् । प्रस्तुत लेख उनीसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।)

‘दिएको खाने, अह्राएको गर्ने’हरूको सांस्कृतिक उचाइ हुँदैन

‘बाँदरको हातमा गणतन्त्र’ का शासकहरु

समाजवादमा पुग्न पूँजीवादको बाटो

उडायो सबै हुरीले

घर जलाउने आगलागीका लागि पेट्रोल र मचिसको थुप्रो चाहिन्न, एउटा सानो झिल्को नै…

सही दर्शन र गलत दर्शन

समस्या उठाउने बेला हो अहिले, कुण्ठा सेक्ने बेला होइन !

प्रतिक्रिया