मार्क्सवादको व्यवहारिक प्रयोगमा लेनिनबाट प्रतिपादित सिद्धान्त र त्यसका आधारहरू

लेनिनले मार्क्सवादलाई रूसी परिस्थितिमा अनुकूल बनाउन धेरै परिवर्तनहरू गरे तर उनले मार्क्सवादको आत्मालाई नष्ट हुन दिएनन्।

socialist.net

भी. आइ. लेनिन (२२ अप्रिल १८७० – २१ जनवरी १९२४) ले मार्क्सवादी सिद्धान्तहरूको विहंगम व्याख्या मात्र गरेनन् उनले ती सिद्धान्तहरूलाई व्यवहारिक रूप पनि दिए।उनले रूसमा क्रान्तिद्वारा कम्युनिष्ट व्यवस्थाको स्थापना पनि गरे।लेनिनले मार्क्सवादलाई व्यवहारिक नवीनतामा जोडे।मार्क्सले पूँजीवादी व्यवस्थाको जसरी व्याख्या गरेका थिए त्यसरी नै लेनिनले साम्राज्यवादी व्यवस्थाको व्याख्या गरे।यसरी लेनिनले मार्क्सवादी सिद्धान्त एवं व्यवहारलाई अगाडि बढाए।

सन् १९२४ मा लेनिनको मृत्युपछि, लेनिनवादलाई बोल्सेभिक पार्टीले एक सिद्धान्तको रूपमा पेश गरेको थियो। यो साम्राज्यवादको विश्लेषण, पूँजीवादको उच्चतम र अन्तिम चरण, साम्राज्यवादी युगमा मजदूर वर्गको सङ्घर्षको नेतृत्व गर्न मार्क्सवाद लागू गर्ने अनुभव र सोभियत गणतन्त्र र समाजवाद निर्माणका लागि अक्टोबर क्रान्तिको अनुभवमा आधारित थियो। स्टालिनको नेतृत्वमा रहेको सोभियत संघको कम्युनिष्ट पार्टीले यस मूल्याङ्कनपछि मार्क्सवादको विज्ञान लेनिनवादमा थप विकसित भएको निष्कर्षमा पुग्यो । यसरी लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवादको रूपमा परिभाषित गरिएको छ। यो सामान्यतया सर्वहारा क्रान्तिको सिद्धान्त र रणनीति तथा विशेषगरी सर्वहारा वर्गको अधिनायकवादको सिद्धान्त र रणनीति हो। साम्राज्यवादको विरोध गर्न र शोषण र उत्पीडनबाट मजदूर वर्ग र उत्पीडित जनताको मुक्तिको लागि लड्न चाहनेहरूका लागि लेनिनवादको सिद्धान्त र अभ्यास आवश्यक छ। सर्वहारा वर्गद्वारा संघर्षरत किसान र अन्य उत्पीडित वर्गहरूलाई परिचालन गरेर पूँजीपति वर्गको अधिनायकवादलाई परास्त गर्ने र सर्वहारा वर्गको अधिनायकत्वमा समाजवादी व्यवस्थाको निर्माण गर्ने अक्टोबर क्रान्तिको बाटो नै सम्पूर्ण समाजले भोगिरहेका सबै समस्याहरूको एक मात्र समाधान हो र विश्वव्यापी रूपमा यही नै समाधानको बाटो हो।

लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवादको रूपमा परिभाषित गरिएको छ। यो सामान्यतया सर्वहारा क्रान्तिको सिद्धान्त र रणनीति तथा विशेषगरी सर्वहारा वर्गको अधिनायकवादको सिद्धान्त र रणनीति हो।

लेनिनवाद रूसी मार्क्सवादी क्रान्तिकारी भ्लादिमिर लेनिनद्वारा विकसित राजनीतिक विचारधारा हो, जसले साम्यवादको स्थापनाको राजनीतिक प्रस्तावनाको रूपमा क्रान्तिकारी अग्रदस्ताको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने प्रस्ताव गर्दछ। लेनिनवादी अग्रदस्ता पार्टीको कार्य भनेको मजदूर वर्गलाई राजनीतिक चेतना (शिक्षा र संगठन) र रुसी साम्राज्य (१७२१–१९१७) मा पूँजीवादलाई परास्त गर्न आवश्यक क्रान्तिकारी नेतृत्व प्रदान गर्नु हो। लेनिनवादी क्रान्तिकारी नेतृत्वको आधारमा, कम्युनिष्ट घोषणापत्र (१८४८) ले कम्युनिष्ट पार्टीलाई “हरेक देशका मजदूर वर्ग पार्टीहरूको सबैभन्दा उन्नत पार्टीको रूपमा चिनाएको छ; जुन वर्ग अरू सबैभन्दा अगाडि छ।” अग्रगामी पार्टीको रूपमा, बोल्सेभिकहरूले द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक ढाँचाबाट इतिहासलाई हेरे, जसले पूँजीवादलाई सफलतापूर्वक उखेल्ने र समाजवाद स्थापना गर्ने राजनीतिक प्रतिबद्धतालाई पुष्टि गर्यो । र, क्रान्तिकारी राष्ट्रिय सरकारको रूपमा, सामाजिक-आर्थिक रूपान्तरणलाई सबै माध्यमबाट साकार पार्ने काम गरिदियो। लेनिनवादले पूँजीवादलाई अस्वीकार गर्ने चेतना फैलाउने काम गर्यो। लेनिनको समाजवादको अवधारणा दीर्घकालीन सोचमा आधारित थियो, जुन वर्तमानको यथार्थसँगको व्यावहारिक समन्वयमा आधारित थियो । यसमा किसानहरूप्रति सहानुभूति र तानाशाही शासन प्रणालीका त्रुटिहरूलाई हटाउने कुरा समावेश थियो।

पूँजीवादी साम्राज्यवादको सिद्धान्त

लेनिनले साम्राज्यवादको विहंगमम व्याख्या गरेका छन्। सन् १९१६ मा लेनिनले पूँजीवादको अन्त्यको बारेमा ‘साम्राज्यवाद : पूँजीवादको उच्चतम अवस्था (Imperialism: The Highest Stage of Capitalism)  नामक पुस्तक लेखे । कार्ल मार्क्सले पूँजीपति वर्ग र मजदूर वर्गबीचको सङ्घर्षमा पूँजीपति वर्गको विनाश हुने भविष्यवाणी गरेका थिए । तर धेरै देशमा पूँजीपति र मजदूर वर्गबीच शान्तिपूर्ण सम्बन्ध विकास भयो र पूँजीपति वर्गको विकास हुन थाल्यो । यो अवस्था देखेर धेरै चिन्तकहरूले मार्क्सका सिद्धान्तहरूमा आपत्ति जनाउन थाले। मार्क्सको एक सच्चा अनुयायी भएकाले  लेनिनले मार्क्सलाई यो आलोचनाबाट बचाउने काम गरे। लेनिनले पूँजीवाद एउटा नयाँ र अन्तिम चरणमा पुगिसकेको छ, जसलाई यसले साम्राज्यवादको रूपमा पोषण गरिरहेको छ भन्ने कुरा बताए । लेनिनले सन् १९१४ को प्रथम विश्वयुद्धमा सहभागी सबै देशका विभिन्न वर्गले आपसी मतभेद र द्वन्द्व बिर्सेर राष्ट्रिय एकताका लागि काम गरेको कुरा स्पष्ट पारे । सबै देशका मजदूरले आफ्नो कुनै देश हुँदैन भन्ने कुरा बिर्सेका छन् । त्यसैले मार्क्सको वर्गसंघर्षको अवधारणा कार्यान्वयन हुन सकेन र मार्क्सका अन्य भविष्यवाणीहरू पनि असत्य प्रतीत हुनलागे । लेनिनले बेलायतजस्तो पूँजीवादी वर्गको अवस्था नबिग्रनुको कारण उपनिवेशवाद र साम्राज्यवादबाट प्राप्त हुने धन हो भनेका छन् । साम्राज्यवादले सर्वहारा वर्ग र शोषणको प्रकृति परिवर्तन गरेको छ । लेनिन भन्छन्, मार्क्सका सिद्धान्तहरूमा साम्राज्यवादको कुनै विरोध छैन, बरु तिनलाई बलियो बनाइनेछ। यद्यपि यो सत्य हो कि साम्राज्यवादको अन्तिम चरणमा पुगेर पूँजीवादको विनाश हुन्छ भन्ने अवस्था मार्क्सले कहिल्यै सोचेका थिएनन् । यसै कारण मार्क्सको सिद्धान्तको आलोचना गरिएको हो।

कार्ल मार्क्सले पूँजीपति वर्ग र मजदूर वर्गबीचको सङ्घर्षमा पूँजीपति वर्गको विनाश हुने भविष्यवाणी गरेका थिए । तर धेरै देशमा पूँजीपति र मजदूर वर्गबीच शान्तिपूर्ण सम्बन्ध विकास भयो र पूँजीपति वर्गको विकास हुन थाल्यो । यो अवस्था देखेर धेरै चिन्तकहरूले मार्क्सका सिद्धान्तहरूमा आपत्ति जनाउन थाले।

लेनिनका अनुसार पूँजीवादी विकासले राष्ट्रिय सीमा पार गरी अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवादको रूप धारण गर्दछ।त्यसकारण साम्राज्यवाद पूँजीवादको उच्चतम् अवस्था हो।जसरी पूँजीवाद आफ्ना अन्तर्विरोधहरूको कारण नष्ट हुन्छ, त्यसरी नै साम्राज्यवाद पनि आफ्ना अन्तर्विरोधको कारणले नै नष्ट हुनेछ र यसरी अन्तर्राष्ट्रिय स्तरमा साम्यवादको स्थापनाको लागि मार्ग प्रशस्त हुनेछ भन्ने कुरा लेनिनले सिद्ध गर्ने प्रयास गर्दछन्। ‘साम्राज्यवाद :पूँजीवादको उच्चतम् अवस्था’ ग्रन्थमा उनले सन् १९१४ को युद्ध दुवैतर्फबाट साम्राज्यवादी युद्ध थियो भन्ने कुरा सिद्ध गर्ने प्रयास गरेका छ्न्।अर्कोतिर, साम्राज्यवाद सामान्यतः पूँजीवादका आधारभूत तत्वहरूको रिहाई हो भन्ने कुरा उनी यसमा स्पष्ट पार्न चाहन्छन्।लेनिनको साम्राज्यवादको व्याख्यालाई मार्क्सवादी दर्शनको एक मौलिक व्याख्याको रूपमा कम्युनिष्टहरूले लिने गरेको पाइन्छ।लेनिनको यो सिद्धान्त मार्क्सको पूँजीवादको विश्लेषणको एक योग्य पूरक एवं विस्तार थियो।लेनिनले पूँजीवाददेखि साम्राज्यवाद र साम्राज्यवाददेखि समाजवादसम्मको विकासको सैद्धान्तिक स्तरमा व्याख्या गरे, जुन अवश्य नै एक मौलिक कार्य हो।लेनिनले पूँजीवादको विकासको द्वन्द्वात्ममक प्रणालीको आधारमा व्याख्या गरे। उनका अनुसार पूँजीवादको अन्तर्विरोधले साम्राज्यवादलाई जन्म दिन्छ र साम्राज्यवाद आफ्नो अन्तर्विरोधको परिणामस्वरूप चकनाचुर भएर विश्वस्तरमा साम्यवादको स्थापना गर्नेछ।निश्चय नै यो लेनिनको एक मौलिक सैद्धान्तिक एवं व्याख्यात्मक धारणा हो।मार्क्सले पूँजीवादको विश्लेषणलाई जहाँ छोडे, लेनिनले यस सूत्रलाई साम्राज्यवादको विश्लेषणसम्म पुर्याएका छन्।

पूँजीवादी साम्राज्यवादमा धेरै देशहरूले आफ्नो स्वार्थ सुरक्षित गर्नका लागि बजार र उपनिवेशहरू प्राप्त गर्न एक-अर्कासँग लड्न थाल्छन्। जसका कारण धेरै युद्ध भइरहेका छन् ।

लेनिनले साम्राज्यवादको सिद्धान्त प्रस्तुत गर्दा साम्राज्यवाद पूँजीवादको अन्तिम चरण हो भने । पूँजीवादको विकाससँगै केन्द्रीकरणको प्रवृत्ति पनि बढ्दै जान्छ र विभिन्न उद्योगका ठूला संस्था, ट्रस्ट, आदि बन्न थाल्छन् । मुट्ठीभर पूँजीपतिहरूले सबै उद्योगहरूलाई एकाधिकार गर्न थाल्छन्। वित्तीय क्षेत्रमा पनि यस्तै अवस्था हुन्छ । बैंकहरूमा उद्योगपतिहरूको नियन्त्रण कायम गरेर केन्द्रीकरणलाई प्रोत्साहन गरिन्छ। यस्ता उद्योग र वित्तीय पूँजीको स्वाभाविक प्रवृत्ति विस्तारात्मक हुन्छ । पूँजीपतिहरूले आफ्नो देश र अन्य देशहरूमा आफ्नो पूँजी लगानी गरेर उद्योग स्थापना गर्छन्।यिनीहरूले यति ठूलो नाफा कमाउन चाहन्छन् कि यसले पूँजी र वस्तुको निर्यातलाई निम्त्याउँछ। यसका तीनवटा सम्भावित परिणामहरू हुन्छन् – यसको पहिलो परिणाम भनेको पूँजीपतिहरूले आफ्नो पूँजी लगानी गर्ने देशहरूमा आफ्नो नाफा बढाउन कच्चा पदार्थ प्राप्त गरी तयार वस्तुको रूपमा बेचेर आफ्नो लक्ष्य हासिल गर्न चाहन्छन्। यसका लागि उनीहरूले त्यहाँ आफ्ना उपनिवेशहरू स्थापना गर्न विभिन्न प्रयासहरू गरेर त्यहाँका जनतालाई औपनिवेशिक रूपमा शोषण गर्ने प्रयास गर्छन्। यसको दोस्रो परिणाम युद्ध हो। यस प्रकारको पूँजीवादी साम्राज्यवादमा धेरै देशहरूले आफ्नो स्वार्थ सुरक्षित गर्नका लागि बजार र उपनिवेशहरू प्राप्त गर्न एक-अर्कासँग लड्न थाल्छन्। जसका कारण धेरै युद्ध भइरहेका छन् । पूँजीवादी साम्राज्यवादका कारण युद्धहरू यसरी जन्मिन्छन्।यसको तेस्रो परिणाम साम्राज्यवादको अन्तर्विरोधको जन्म हो। पूँजीपति वर्गले आफ्नो स्वार्थका लागि लडेको साम्राज्यवादी युद्धमा मजदूर वर्गलाई आफ्नो बलिको बोका बनाउन खोज्छन् । आवश्यक शस्त्र शिक्षा दिएर राष्ट्रको नाममा लड्न अन्य देशमा पठाउँछन् । तर यो वर्गले चाँडै नै आफ्नो वास्तविक शत्रु को हो भन्ने कुरा बुझ्छ र पूँजीवादविरुद्ध संगठित भई र विद्रोह गर्छ। यसमा वर्ग संगठनका कारण मजदूरको विजय अपरिहार्य हुन्छ । यसरी राष्ट्रवादको नाममा लडिएको युद्धले वर्गयुद्धको रूप लिएर पूँजीवादलाई नष्ट गर्छ ।

मार्क्सले पूँजीको दोस्रो भागमा ती सिद्धान्तहरूको विश्लेषण गरेका छन्, जसले सम्पूर्ण सामाजिक पूँजीको संग्रहलाई नियन्त्रित गर्दछन् र ती परिस्थितिहरूको पनि अध्ययन प्रस्तुत गरिएको छ, जसको अधीनमा उपभोक्ता वस्तुको विस्तारित पुनरुत्पादन प्राप्त हुन्छ।मार्क्सका अनुसार पूँजीवादी समाजमा पूँजीको निरन्तर संग्रह भइरहन्छ,अत्याधिक उत्पादनबाट आर्थिक संकट उपस्थित हुन्छ र त्यसपछि वर्गसंघर्ष तीव्र हुनजान्छ।तर सन् १८७१ देखि १९१४ सम्मका घटनाहरूले मार्क्सका यी भविष्यवाणीहरूलाई पुष्टि गरेनन्। यस कालमा बुर्जुवा र श्रमिकमा संघर्ष हुनुका अलावा पूँजीपति वर्गले सर्वहारा वर्गलाई राजनीतिक एवं सामाजिक अधिकार प्रदान गर्र्यो, श्रमिकको आर्थिक स्थितिमा उन्नति भयो र सन् १९१४ मा युद्ध आरम्भ हुँदा समाजवादी नेता र समर्थकहरूले पूँजीवाद एवं युद्धको भर्त्सना गरेनन्, उनीहरू देशभक्तिको धारामा बगे र उनीहरूले राष्ट्रिय सरकारको समर्थन गरी श्रमिक आन्दोलनसँग विश्वासघात गरे।त्यसकारण लेनिनले विकासको द्वन्द्वात्मक प्रणालीको आधारमा व्याख्या गरी भविष्यको विकासको दिशालाई स्पष्ट पार्ने कुरा आवश्यक ठाने। यही पृष्ठभूमिमा लेनिनले साम्राज्यवाद पूँजीवादको उच्चतम् अवस्था हो भन्ने कुरा पुष्टि गर्ने प्रयास गरे।लेनिनले यो सिद्धान्तलाई साम्राज्यवादी पूँजीवादको नामले संबोधन गरेका छन्। उनले मार्क्सको पूँजीवादको सिद्धान्त पूर्णतः सही भएको र त्यसमा कुनै पनि परिवर्तन अथवा संशोधन गर्ने आवश्यकता नभएको कुरा दृढतापूर्वक व्यक्त गरे। लेनिन यो स्थितिबाट दुई कदम अगाडि बढेर के भन्दछन् भने मार्क्सले पूँजीवादको विकास सम्बन्धी जुन निष्कर्ष निकालेका थिए, ती मूल रूपमा सही छन्, केवल केही घटनाहरूको कारण ती परिणाम फरक परेका हुन्।एकाधिकारवादी वित्तीय पूँजीवाद र साम्राज्यवादको उत्पत्ति यसप्रकारका घटना हुन्।लेनिनका अनुसार साम्राज्यवाद अन्तत्वगत्वा पूँजीवादकै विस्तार हो र पूँजीवाद जस्तै त्यसको विनाश पनि अनिवार्य छ तथा जुन विनाशपछि समाजवादको उदय हुनेछ।लेनिनले पूँजीवादबाट साम्राज्यवादको आविर्भाव कसरी र कुन प्रकारले हुन्छ भन्ने कुरा विस्तारपूर्वक वर्णन गरेका छन्। पूँजीवादबाट साम्राज्यवादको विकासलाई लेनिन निम्न शब्दमा प्रस्तुत गर्दछन्  – “साम्राज्यवाद विकासको स्थितिको त्यो पूँजीवाद हो, जुन स्थितिमा एकाधिकारवादी आधिपत्य एवं वित्तीय पूँजीको प्रादुर्भाव हुन्छ, जसमा अन्तर्राष्ट्रिय ट्रष्टहरूद्वारा विश्वको विभाजन प्रारम्भ हुन्छ र जसमा संसारका समस्त भूप्रदेशहरूलाई ठूला-ठूला पूँजीवादी देशहरूद्वारा विभाजन गरिन्छ।”

लेनिनका अनुसार साम्राज्यवाद अन्तत्वगत्वा पूँजीवादकै विस्तार हो र पूँजीवाद जस्तै त्यसको विनाश पनि अनिवार्य छ तथा जुन विनाशपछि समाजवादको उदय हुनेछ।लेनिनले पूँजीवादबाट साम्राज्यवादको आविर्भाव कसरी र कुन प्रकारले हुन्छ भन्ने कुरा विस्तारपूर्वक वर्णन गरेका छन्।

यसको आशय के हो भने ‍औद्योगिक अथवा प्रकाशोन्मुख पूँजीको प्रथम चरणले आफ्नो अन्तर्निहित विरोधको कारण द्वितीय मरणोन्मुख चरणलाई स्थान दिन्छ, जसमा उद्योगपतिहरूको हातबाट ठूला-ठूला बैंकहरू र वित्तीय समुदायहरूको हातमा जान्छ। विकासको पहिलो अवस्था स्वतन्त्र प्रतियोगिताको हुन्छ।तर दोस्रो अवस्थामा कार्टेल, सिन्डिकेट तथा ट्रस्टहरूको हातमा एकाधिकारी नियन्त्रण जान्छ।लेनिनका अनुसार पूँजीवादी विकासमा यस्तो अवस्था आउँछ, जब पूँजीको देशबाहिर निर्यात हुनु अनिवार्य हुन्छ।त्यसपछि पूँजीपति मिलेर ट्रष्ट, कार्टेल र सिन्डिकेटहरूको निर्माण गर्दछन् र संसारका पिछडिएका देशहरूलाई आफ्नो उपनिवेश बनाएर ती देशहरूमा पूँजी निर्यात गर्दछन्।प्रारम्भमा यी एकाधिकारी नियन्त्रण भएका आर्थिक शक्तिहरूले दुनियालाई सौहार्द भावले आपसमा बाँड्न शुरु गर्दछन् तर अन्तमा उनीहरू पारस्परिक कलहमा अल्झिन्छन्।त्यसपछि केवल युद्धद्वारा त्यो विभाजनमा उलटफेर गरिन्छ।यसरी साम्राज्यवाद अथवा एकाधिकारी पूँजीवादको जन्म हुन्छ।लेनिनका अनुसार साम्राज्यवादको यसप्रकारको विकास पूँजीवादको अन्तिम खुड्किलो हो, जसको अगाडि उसको अरु विकास संभव हुँदैन।

 

लेनिनले पूँजीवादी साम्राज्यवादमा यस्ता धेरै अन्तरविरोधहरू पाइन्छ भनेका छन् । सारा विश्व पूँजीवादी साम्राज्यवादीबीच विभाजित हुँदा यी अन्तरविरोधका कारण पूँजीवादको विनाश हुनु स्वाभाविक हो । यस प्रणालीमा विभिन्न अन्तरविरोधहरू भेटिन्छन्। पूँजी र श्रमबीचको अन्तरविरोध एक अन्तर्विरोध हो ।यसमा  लेनिनले पूँजीवादी व्यवस्थाको पहिलो अन्तरविरोध श्रम र पूँजीको रूपमा पाइन्छ भनेका छन् । पूँजीपतिको लक्ष्य श्रम नाफा कमाउनु हो। यसका लागि उनीहरूले कामदारलाई कम पारिश्रमिक दिएर नाफा बढाउँछन् । यसरी श्रमिकहरूको शोषणले गर्दा उनीहरू क्रान्तितर्फ लाग्न थाल्छन् ।अर्को हो – साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोध । लेनिनका अनुसार हरेक साम्राज्यवादी शक्ति नयाँ बजार, नयाँ भूभाग र कच्चा पदार्थको स्रोत खोज्ने प्रयासमा लागिरहेको हुन्छ । राष्ट्रिय स्तरमा यो सङ्घर्ष पूँजीपतिहरूबीच चल्छ र अन्तराष्ट्रिय स्तरमा यसको स्वरूप साम्राज्यवादी बन्दै जान्छ। त्यसैगरी औपनिवेशिकता र शासक वर्गबीचको विरोध पनि अर्को अन्तर्विरोध हो । लेनिनका अनुसार औपनिवेशिक नियन्त्रणमा रहेका क्षेत्रका जनता सधैं औपनिवेशिक अत्याचारबाट मुक्त हुने अवसर खोजिरहेका हुन्छन् । अर्कोतर्फ औपनिवेशिक शक्तिहरूले आफ्नो पकड बलियो बनाउन खोज्छन्। यसकारण दुवैबीच संघर्ष शुरु हुनजान्छ।

लेनिनका अनुसार हरेक साम्राज्यवादी शक्ति नयाँ बजार, नयाँ भूभाग र कच्चा पदार्थको स्रोत खोज्ने प्रयासमा लागिरहेको हुन्छ । राष्ट्रिय स्तरमा यो सङ्घर्ष पूँजीपतिहरूबीच चल्छ र अन्तराष्ट्रिय स्तरमा यसको स्वरूप साम्राज्यवादी बन्दै जान्छ।

यसरी साम्राज्यवाद द्वन्द्वात्मक रूपले नष्ट भएर समाजवादको स्थान प्रदान गर्नेछ।जब उद्योगको इकाइहरू स्वतः आकारमा बढ्दछ र एकाधिकारपूर्ण हुन्छ, तब एक यस्तो अवस्था आउँछ, जहाँ एकाधिकार सम्पूर्ण अर्थव्यवस्थामा महत्त्वपूर्ण रूपले छाउँदछ।यस समय बजार विश्वव्यापी हुन्छ र वस्तुहरूको तथा ज्यालाको मूल्य विश्वबजारमा निर्धारित हुन लाग्छ। राष्ट्रिय इकाइहरूभित्र प्रतियोगिताको प्रायः अन्त हुन्छ र स्वतन्त्र प्रतियोगिता भएको पूँजीवाद एकप्रकारले समाप्त हुन्छ।तर यसको साथै राष्ट्रिय एकाधिकारीहरूबीच अधिकाधिक प्रतियोगिता तथा प्रतिस्पर्धा हुन लाग्छ।आयात-निर्यात शुल्कले नवीन उद्योगहरूको पोषण गर्न बन्द गर्दछन् र तिनीहरू राष्ट्रिय वाणिज्य उद्योगहरूको काममा आउने शस्त्र बन्दछन्। औद्योगिक संघहरूको निर्माणसँगै उद्योगको नियन्त्रण वस्तुहरू उत्पादकको हातबाट निक्लिएर पूँजी लगानी गर्ने एवं बैंकहरूको हातमा जान्छ। वाणिज्यिक पूँजी अब बैंकिङ पूँजीसँग एकाकार भएर त्यसमा थोरै वित्तीय धनाढ्यहरूको एकाधिकार हुन्छ। पूँजी स्वयं निर्यातको एक महत्त्वपूर्ण वस्तु बन्छ। अब एकातिर कच्चा माल प्राप्त हुन आवश्यक हुन्छ।यी दुवै आवश्यकताहरूको पूर्ति पिछडिएका देशहरू तथा उपनिवेशहरूबाट मात्र संभव हुन सक्दछ। परिणामस्वरूप संसारका विभिन्न उन्नतिशील राष्ट्रहरूमा उनीहरूले अविकसित देश र पिछडिएका राष्ट्रहरूमाथि अधिकार जमाउने कुरामा होडबाजी हुन्छ।अब अन्तर्राष्ट्रिय राजनीतिको सबभन्दा महत्त्वपूर्ण प्रश्न शोषणयोग्य प्रदेशहरू तथा मानिसहरूको कसरी विभाजन गर्ने भन्ने हुन्छ।आन्तरिक राजनीतिमा पूँजीपति राजनीतिले संस्थाहरूको प्रत्यक्ष नियन्त्रण स्थापित गर्दछ र संसदीय उदारतावाद धोका मात्र हुन्छ।यस दृष्टिकोणबाट हेर्दा सन् १९१४ मा शुरु भएको साम्राज्यवादी युद्ध जर्मन पूँजीपतिहरूको सिन्डिकेट तथा फ्रान्स र इङ्ल्याण्डका सिण्डिकेटहरू बीच अफ्रिकाको नियन्त्रणको लागि संघर्ष थियो।एकाधिकार र वित्तीय पूँजीवाद स्वतन्त्र प्रतियोगितापूर्ण पूँजीवादको स्वाभाविक परिणाम हो।राजनीतिक साम्राज्यवाद एकाधिकारवादी पूँजीवादको नैसर्गिक परिणाम हो र युद्ध पूँजीवादको स्वाभाविक परिणाम हो।साम्राज्यवाद पूँजीवादको उच्चतम् अवस्था हो।यो त्यो प्रक्रियाको अंग हो, जसद्वारा एक अधिक उच्च पूँजीवादविहीन अथवा साम्यवादी समाजको एवं अर्थव्यवस्थाको निर्माण भइरहेको छ।

जसरी मार्क्सले पूँजीवादी विकासको सम्बन्धमा केही निष्कर्ष निकालेका थिए त्यसैगरी लेनिनले पनि साम्राज्यवादको सम्बन्धमा केही निष्कर्ष निकालेका छन्। लेनिनले पनि साम्राज्यवाद सम्बन्धी विचारहरूलाई प्रस्तुत गरी तिनीहरूको आधारमा केही प्रमुख निष्कर्ष निकालेका छन्।लेनिनको साम्राज्यवाद सम्बन्धी यी विचारहरूलाई यहाँ यसरी स्पष्ट पार्न सकिन्छ –

साम्राज्यवादमा पूँजीको अविरल संचय भइरहन्छ। यसको कारण के हो भने साम्राज्यवादी देश आफ्नो उत्पादित माल पिछडिएका देशहरूलाई बेच्छन् र साथसाथै यी देशहरूबाट सस्तो मूल्यमा कच्चा पदार्थ पनि प्राप्त गर्दछन्।यस अवस्थामा साम्राज्यवादी देशहरूमा श्रमिकहरूको आर्थिक अवस्था केही सुधार हुन्छ र यो मार्क्सको भविष्यवाणीको विरूद्ध हुन्छ।लेनिनका अनुसार पिछडिएका देशका जनताको शोषण गरी पूँजीवादले स्वदेशमा एक नवीन एवं समृद्ध सर्वहाराको निर्माण गर्दछ।यो वृद्धि सम्पूर्ण सर्वहाराको भाग्यमा हुँदैन तर थोरै कुलीन श्रमिकको भाग्यको कुरा हुन्छ। साम्राज्यवादी नाफाको लुटको केही हिस्सा यी श्रमिकहरूलाई अधिक ज्यालाको रूपमा दिइन्छ।जसको उद्देश्य यी समृद्ध श्रमिकले बुर्जुवासँग सन्धि गरी क्रान्तिकारी आन्दोलनबाट विमुख होउन् भन्ने नै हो।

साम्राज्यवादको सम्बन्धमा लेनिनको अर्को निष्कर्ष के हो भने यो अन्तर्विरोधले भरिएको हुन्छ र त्यसकारण यसको अन्त अझ शीघ्र हुनेछ। यसमा विश्व बजारको लागि संघर्ष हुन्छ।संसारका देशहरूलाई शोषक र शोषितमा विभाजित गरिन्छ।यसबाट उत्पादक शक्तिमा जुन नयाँ परिवर्तन हुन्छ, त्यसैको परिणामस्वरूप उत्पादक सम्बन्धमा पनि परिवर्तन आउँछ र पिछडिएका देशका श्रमिक मजदूरहरूमध्येबाट नयाँ सर्वहारा वर्गको उदय हुन्छ।यसको कारण क्रान्तिको संघर्ष एक देशमा मात्र सीमित नरहेर विश्वका शोषक र शोषित देशहरूको बीचमा फैलिन्छ।यसको अतिरिक्त कुनै पिछडिएको देशको औद्योगिक विकास परिपक्व स्थिति होस् वा नहोस् तर पनि पूँजीवादो शोषणबाट ग्रस्त त्यो देश क्रान्तिको लागि परिपक्व हुन्छ।

लेनिन के निष्कर्षमा पुग्दछन् भने साम्राज्यवादले युद्धलाई जन्म दिन्छ।उनका अनुसार युद्ध साम्राज्यवादको तार्किक परिणाम हो।लेनिनले प्रथम विश्वयुद्धको मूल्यांकन यसै दृष्टिकोणबाट गरेका थिए र उनका अनुयायी दोस्रो विश्वयुद्धलाई पनि साम्राज्यवादकै अनिवार्य परिणाम मान्दछन्।

सामाज्यवादमा असमान विकासको नियम अझ तीव्र हुन्छ।पूँजीवादमा उत्पादित वस्तुहरूको निर्यात हुन्छ, पूँजीको निर्यात हुँदैन।पूँजीवादी देशहरूको सापेक्ष शक्ति प्रायः स्थायी रहन्छ। तर वित्तीय पूँजीवादको उदयसँगै केही देश अन्य देशहरू भन्दा अधिक शक्तिशाली हुन्छन्।किनभने उनीहरूको अधिनमा उपनिवेश र नयाँ-नयाँ बजार हुन्छन्।यो प्रतिस्पर्धाको कारण पूँजीवादी खेमामा स्थायित्त्व रहँदैन र विश्वशान्ति खतरामा पर्नजान्छ।

उपर्युक्त विश्लेषणको आधारमा लेनिन के निष्कर्षमा पुग्दछन् भने साम्राज्यवादले युद्धलाई जन्म दिन्छ।उनका अनुसार युद्ध साम्राज्यवादको तार्किक परिणाम हो।लेनिनले प्रथम विश्वयुद्धको मूल्यांकन यसै दृष्टिकोणबाट गरेका थिए र उनका अनुयायी दोस्रो विश्वयुद्धलाई पनि साम्राज्यवादकै अनिवार्य परिणाम मान्दछन्।

यस विश्लेषणको आधारमा लेनिन साम्राज्यवादको अन्त हुने कुराको घोषणा गर्दछन्।जसरी पूँजीवादको अन्तर्विरोधले त्यसलाई अनिवार्य रूपमा ध्वस्त गरिदिन्छ, त्यसरी नै साम्राज्यवादलाई उसको अन्तर्विरोधहरूको कारण ध्वस्त बनाइदिन्छ।लेनिनले साम्राज्यवादका अन्तर्विरोधहरूको चर्चा गर्दै बताउँदछन् – यसमा पूँजी र श्रमको विरोध हुन्छ। साम्राज्यवादमा बैंक, ट्रष्ट र सिण्डिकेटहरूको एकातिर प्रभुत्व बढ्दछ भने अर्कोतिर श्रमिकको गरीबी र शोषण तथा साम्राज्यवादी औद्योगिक देशहरूको पारस्परिक प्रतिद्वन्द्विताले संघर्षलाई जन्म दिन्छ र यो साम्राज्यवादी युद्धको स्वाभाविक परिणाम हुन्छ। साम्राज्यवादको अर्को अन्तर्विरोध शोषक देश र शोषित देशको बीचमा हुन्छ।यसबाट पनि संघर्ष पैदा हुन्छ।उपनिवेशवादी शोषक देश आफ्नो उपनिवेशमा शोषणको लागि आवागमनका साधनहरू एवं कलकारखाना, इत्यादि स्थापना गर्दछन्।यी परिवर्तनहरूबाट उपनिवेशहरूमा राष्ट्रिय आन्दोलनलाई बल मिल्छ र साम्राज्यवादी देशहरूका विरुद्ध क्रान्तिको प्रार्दुर्भाव हुन्छ।लेनिनका अनुसार दुनियाँका मजदूर यसरी संगठित हुनेछन् र क्रान्तिद्वारा साम्राज्यवादलाई ध्वस्त पार्नेछन्।केवल साम्राज्यवाद ध्वस्त भएपछि मात्र अन्तर्राष्ट्रिय स्तरमा समाजवादको स्थापना हुनेछ।लेनिनका अनुसार समाजवादको स्थापना पूँजीवादको अन्तसँगै नभएर साम्राज्यवादको समाप्तिपछि हुनेछ।

यसरी लेनिनले पूँजीवादको आन्तरिक अन्तर्विरोधका कारण स्वतः विनाश हुनेछ भनी स्पष्ट पारेका छन्। पूँजीवादको साम्राज्यवादी चरणको लेनिनको वर्णन मार्क्सको पूँजीवादी सञ्चयको सिद्धान्तको विकास हो। मार्क्सले पूँजीवादबाट अपेक्षित नतिजाहरू वास्तवमा उनले अनुमान गर्न नसकेका केही घटनाहरूले हासिल गरेका थिए भनी लेनिनले यस सिद्धान्तद्वारा व्याख्या गर्ने प्रयास गरे। यी घटनाहरू एकाधिकारी पूँजीवाद, वित्तीय-पूँजीवाद र साम्राज्यवादको जन्म थिए। साम्राज्यवाद पूँजीवादी विकासको उच्चतम चरण हो। यो त्यस प्रक्रियाको एक हिस्सा हो, जसद्वारा थप उन्नत गैर-पूँजीवादी वा कम्युनिष्ट समाजको अर्थतन्त्र निर्माण भइरहेको छ। आज विश्वमा साम्राज्यवादी र क्रान्तिकारी सर्वहारा दुई विरोधी शक्तिहरूबीच संघर्ष चलिरहेको छ । स्रोतसाधनको दृष्टिकोणले पूँजीवादी र साम्राज्यवादी अगाडि छन्, तर उनीहरूबीच एकता हुन सक्दैन । बरु सर्वहारा वर्गमा एकता अवश्य स्थापित हुनेछ । यसले पूँजीवादी साम्राज्यवादको अन्त्य गरी समाजवादको स्थापना गर्नेछ । लेनिनको साम्राज्यवादका विशेषताहरू यसरी अझ स्पष्ट पार्न सकिन्छ –

एकाधिकारवादी प्रवृत्तिको जन्म – लेनिनले भनेका छन् –  पूँजीवादी साम्राज्यवादमा उत्पादनको केन्द्रीकरण र पूँजीको विस्तार यस्तो चरणमा पुग्छ कि एकाधिकारको जन्म हुन्छ र आर्थिक जीवनमा यसको हस्तक्षेप बढ्दै जान्छ । यस प्रणालीमा खुला प्रतिस्पर्धाका कारण पूँजीवादीहरू सधैं लाभान्वित हुन्छन्। साना पूँजीपतिहरू खुला प्रतिस्पर्धामा पछि परेका हुन्छन् । पूँजी बढेसँगै उत्पादन पनि बढ्न थाल्छ । जब पूँजीवादी शक्तिहरूले उत्पादन बेच्न अन्तर्राष्ट्रिय बजार खोज्न थाल्छन्, तब साम्राज्यवादी प्रतिस्पर्धा शुरू हुन्छ । यो प्रतिस्पर्धा पूँजी र उत्पादनका साधनहरूमा पूर्ण एकाधिकार भएका ठूला पूँजीवादी देशहरूबीच मात्र हुन्छ। बैंक पूँजी र औद्योगिक पूँजीको एकीकरण – लेनिन भन्दछन् – औद्योगिक पूँजीसँग विलय भएपछि वित्तीय पूँजीवाद र पूँजीपतिहरूको विकास हुन्छ । उद्योगपति र बैंकरहरू सबैभन्दा प्रभावशाली वर्ग भएकाले स्थानीय पूँजीपतिहरूलाई उनीहरूबाट सबै तयार वस्तु र मेसिनरी यन्त्रहरू किन्ने शर्तमा विदेशमा पूँजी ऋण दिन्छन्। यसरी दोहोरो नाफा कमाएपछि उद्योगपति र बैंकरले आपसमा बाँडफाँड गर्छन् । यसरी औद्योगिक पूँजी र बैंक पूँजीको एकीकरणका कारण पूँजीवादी साम्राज्यवादको व्यापक विकास भएको हुन्छ ।

पूँजीको निर्यात – लेनिनका अनुसार शुरुमा पूँजीपतिहरूले उत्पादित वस्तु मात्र निर्यात गर्छन् तर विस्तारै पूँजी पनि निर्यात गर्न थाल्छन् । विदेशमा पूँजी लगानी गरेर त्यहाँ उद्योग स्थापना गर्ने र त्यहाँबाट कच्चा पदार्थ पनि उत्पादन गर्ने गर्दछन् । लेनिनले लेखेका छन् – “पूँजीपतिहरूले एकातिर ब्याजबाट र अर्कोतिर आफ्नो पूँजीको लगानीबाट धेरै नाफा कमाउँछन् ।” युरोपेली मुलुकहरू –  इङ्गल्याण्ड, फ्रान्स र जर्मनीले पूँजी निर्यात गरेर आफ्नो पूँजीवादी साम्राज्यवाद स्थापना गरेका हुन् ।

पूँजीवादी समूहको गठन – लेनिनले ठूला उद्योगपतिहरूले मिलेर उत्पादनको प्रतिस्पर्धा घटाउने र विभिन्न वस्तुहरू उत्पादन गरेर कुनै विशेष वस्तुमा आफ्नो एकाधिकार स्थापना गर्ने कुरा बताएका छन्। यसरी धेरै नाफा कमाएपछि पुनः पूँजी लगानी गरेर अझ बढी नाफा कमाउँछन् । नाफा बढेसँगै पूँजी पनि बढ्छ र पूँजी बढ्दै जाँदा एकाधिकार पनि बढ्छ । यसरी एकाधिकारका कारण विश्व अन्तर्राष्ट्रिय बजारको रूपमा विभाजित हुन्छ ।

धेरै नाफा कमाएपछि पुनः पूँजी लगानी गरेर अझ बढी नाफा कमाउँछन् । नाफा बढेसँगै पूँजी पनि बढ्छ र पूँजी बढ्दै जाँदा एकाधिकार पनि बढ्छ ।

विश्वको आर्थिक र भौगोलिक विभाजन – लेनिनका अनुसार ठूला उद्योगपतिहरूले आपसी प्रतिस्पर्धा रोक्नको लागि भौगोलिक आधारमा आफ्नो बजार विभाजित गर्छन्। १९औं र २०औँ शताब्दीमा चीन, अफ्रिका र एसियाका राष्ट्रहरूलाई अमेरिका र रूसले यसैको आधारमा विभाजन गरेका थिए ।

यसरी लेनिनले पूँजीवादी साम्राज्यवादको यो व्यवस्था धेरै दिन टिक्नेछैन भनेर स्पष्ट बनाएका छन् । साम्राज्यवादको विपरीत परिस्थितिले पक्कै पनि एक दिन पूँजीवादलाई नष्ट गर्नेछ। पूँजीपतिहरूको अस्थायी एकताको अन्त्य हुनेछ र सर्वहारा वर्गले एकजुट भएर पूँजीवादलाई नष्ट गर्नेछ।

द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त

लेनिनले एक व्यवहारकुशल नेताको रूपमा विभिन्न सिद्धान्तहरूको प्रतिपादन गरेका छन्।उनले विभिन्न दार्शनिक प्रश्नहरूको पनि व्याख्या गरेका छन्। लेनिनले मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो पुस्तक ‘भौतिकवाद र अनुभवजन्य आलोचना’ ‘Materialism and Empiric Criticism’  मा पुनर्व्याख्या गरेका छन् ।यसमा उनले दर्शनका विभिन्न प्रश्नहरूको व्याख्या र विश्लेषण गरेका छन्। मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई लेनिनले नयाँ रूप दिएका छन् । लेनिनले मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई सबै विज्ञानका गहनतम् प्रश्नहरूलाई बुझ्ने क्षमता भएको उच्च ज्ञान बताएका छन्।लेनिन आफैले मार्क्सवादको दर्शन स्टिलको ठोस पिण्ड जस्तै हो, जसबाट त्यसको एउटा अंश पनि छुट्याउन सकिदैन भन्ने कुरा स्वीकार गरेका छन् । दर्शन या त आदर्शवादी वा भौतिकवादी हुनेछ भन्ने एंगेल्सको दृष्टिकोणसँग लेनिन सहमत थिए। उनले आदर्शवादी दर्शनलाई एक ढोंग भने र भौतिकवादी दर्शनको वास्तविकता दर्शाए। द्वन्द्वात्मक पद्धतिको व्याख्या गर्दै लेनिनले सत्य सापेक्षिक र निरपेक्ष पनि हो भनेका छन्। अर्थात् जे आंशिक सत्य हुन्छ त्यो पूर्ण सत्य होइन, तर सत्यको नजिक हुन्छ, निर्जीव वस्तुहरूसँग सम्बन्धित विज्ञानलाई पनि भौतिकवादी तरीकाले बुझ्न सकिन्छ। भौतिकशास्त्र जटिल देखिन्छ किनभने भौतिकशास्त्रीहरूले यसलाई भौतिक रूपमा बुझ्ने प्रयास गरेका छैनन्। द्वन्द्वात्मक विधि विज्ञानको हरेक क्षेत्रमा प्रयोग गर्न सकिने यस्तो विश्वव्यापी उपकरण हो। यसलाई सामाजिक विज्ञानमा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन ।

लेनिनका दार्शनिक तर्कहरू साधारण छन्।उनका अनुसार प्रत्येक दर्शनले कि त आदर्शवादी हुनुपर्छ कि त भौतिकवादी।यसबाहेक कुनै अर्को तेस्रो विकल्प छैन।

मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी प्रणाली अनुरूप नै लेनिनले द्वन्द्वात्मक प्रणालीको विवेचना गरेका छन्।द्वन्द्वात्मक प्रणाली के हो, यो पद्धतिले कसरी कार्य गर्दछ, त्यसको स्वरूप के हो, त्यसको सामाजिक र प्राकृतिक विज्ञानसँग के सम्बन्ध हुन्छ, आदि यस्ता दार्शनिक प्रश्नहरू हुन्छन्, जसको उत्तर लेनिनले उनको पुस्तकमा दिने प्रयास गरेका छन्।लेनिनले यसमा आफ्नो समयमा सैद्धान्तिक मतभेदहरूलाई स्पष्ट बनाएका छन्।

लेनिनका दार्शनिक तर्कहरू साधारण छन्।उनका अनुसार प्रत्येक दर्शनले कि त आदर्शवादी हुनुपर्छ कि त भौतिकवादी।यसबाहेक कुनै अर्को तेस्रो विकल्प छैन। तेस्रो विकल्प केवल बाहाना वा भ्रम मात्र हुन्छ। आदर्शवाद धर्मवादको दोस्रो नाम हो किनभने पारलौकिक कल्पनाहरूको रचना धर्मगुरुहरूद्वारा जनतालाई धोका दिनको लागि गरिएको हुन्छ।लेनिनको उद्देश्य वैज्ञानिक दार्शनिक अर्नेष्ट माखको वैज्ञानिक प्रत्यक्षवादको खण्डन गर्नु थियो।त्यसैगरी भौतिकवाद र आदर्शवादलाई भिन्न सिद्धान्त सिद्ध गर्नु थियो।लेनिनले वैज्ञानिक प्रत्यक्षवादलाई ह्यूम र कान्टको परम्पराको अनुशरण गर्ने दर्शन घोषित गरे।यी विचारधाराको खण्डन गरी लेनिनले भौतिकवादको थप विकास गरे। लेनिनको विचार अनुसार यथार्थता अथवा भौतिक शक्ति हाम्रो बोधशक्तिबाट स्वतन्त्र हुन्छ। भौतिक पदार्थले हाम्रा इन्द्रियहरूमा प्रभाव पार्दछ।हाम्रो विचारलाई भौतिक पदार्थले प्रतिबिम्बित गर्दछ अर्थात् भौतिक पदार्थको छाया वा त्यसको चित्र हाम्रो मस्तिष्कमा पैदा हुन्छन्।भौतिक पदार्थ प्राथमिक हो र मानिसको चेतना त्यो भौतिक पदार्थको छायाँ मात्र हो।लेनिनका अनुसार जुनसुकै दर्शनले भौतिक पदार्थको वस्तुगत अस्तित्त्वमा बल दिँदैन, त्यो दर्शन कहिल्यै पनि पूर्णतः भौतिकवादी हुनसक्तैन। भौतिक पदार्थको अस्तित्त्वलाई अस्वीकार गर्नुको अर्थ सत्यलाई अस्वीकार गर्नु हो।लेनिनका अनुसार मानवीय चेतना चित्तको उत्पत्ति होइन, यस्तो मान्दा आत्म-तत्त्वलाई अनावश्यक प्रधानता मिल्नेछ। यथार्थता के हो भने मानिसको चेतना भौतिक तत्त्वको प्रतिबिम्ब मात्र हो।सारांशमा लेनिनको के मत थियो भने मार्क्सको भौतिकवादी सिद्धान्तको अनुशरण गर्दा हामी वस्तुनिष्ट सत्यको निकट पुग्न सक्दछौं।कुनै अर्को मार्गको अनुशरण गर्दा असत्य र भ्रम मिल्नेछ।

द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रयोग मार्क्सले सामाजिक अध्ययनको लागि गरेका थिए।लेनिनले पनि यही गरे तर एक अन्तरसँगै। उनले द्वन्द्वात्मक भौतिकवादलाई विज्ञानसँग सम्बन्ध प्रदर्शित गर्ने नवीन प्रयास गरे।

यसप्रकार के स्पष्ट हुन्छ भने लेनिनको भौतिकवादमा मार्क्सको भौतिकवादको पुनरावृत्ति भएको छ।केही क्षेत्रमा भने लेनिनले यो द्वान्द्वात्मक भौतिकवादको विस्तार एवं नवीनतासँगै प्रयोग गरेका छन्। द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रयोग मार्क्सले सामाजिक अध्ययनको लागि गरेका थिए।लेनिनले पनि यही गरे तर एक अन्तरसँगै। उनले द्वन्द्वात्मक भौतिकवादलाई विज्ञानसँग सम्बन्ध प्रदर्शित गर्ने नवीन प्रयास गरे।अर्नेष्ट माखका सिद्धान्तहरूको आलोचना गर्दा लेनिनलाई नवीन भौतिकशास्त्र, गैरन्यूटनीय विज्ञान र गैरयूक्लिडियन ज्यामितीलाई पनि ध्यान दिनु आवश्यक भएको थियो।लेनिनको तर्क अनुसार यी विज्ञान त्यसकारण जटिल लाग्दछन् किनकि भौतिकशास्त्री एवं गणितज्ञहरूले आफूलाई द्वन्द्वात्मक भौतिकवादी प्रणालीबाट शिक्षित-दीक्षित गरेका छैनन्।यदि ती वैज्ञानिकले द्वन्द्वात्मक प्रणालीले सबै अन्तरहरूलाई सापेक्ष सिद्ध गर्दछ भन्ने कुरा सिक्ने हो भने उनीहरूलाई कहिले पदार्थ ऊर्जामा र कहिले ऊर्जा पदार्थमा परिणत हुन्छ भन्ने कुरा जान्दा आश्चर्य एवं भ्रम हुँदैन।संक्षेपमा लेनिनको द्वनद्वात्मक भौतिकवादी धारणालाई उनका अनुयायीहरूले विज्ञानको प्रत्येक क्षेत्रमा एक स्वीकृत सार्वजनिक पद्धतिको रूपमा मार्गनिर्देशनको रूपमा स्वीकार गर्दछन्।द्वन्द्वात्मक भौतिकवादले एक गणितज्ञको यूक्लिडियन एवं गैरयुक्लिडियन ज्यामितिको ज्ञानलाई ठीक गर्न सक्दछ र एक भौतिकशास्त्रीलाई पदार्थ र विद्युतको सही सम्बन्धको बारेमा शिक्षित गर्न सक्दछ।लेनिनको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई जीवशास्त्रका नियमहरूमाथि लागू गरियो एवं कला र साहित्यको सौन्दर्यात्मक गुणहरूसम्मको मूल्यांकन गर्नको लागि त्यसलाई मापदण्डको रूपमा स्वीकार गरियो। द्वन्द्वात्मक भौतिकवादको सम्बन्ध सामाजिक विषयहरूको अध्यनको धेरै निकट हुन्छ।लेनिनका अनुसार दर्शन एवं समाजशास्त्र अनिवार्य रूपमा पक्षपाती हुन्छन्।उनका अनुसार अर्थशास्त्रका प्राध्यापक पूँजीवादी वर्गका विचारहरूका र दर्शनशास्त्रका प्राध्यापक धर्मशास्त्रका कुशल विक्रेता हुन्। समाजको वैज्ञानिक सिद्धान्तले धेरै भन्दा धेरै यति मात्र गर्न सक्दछ कि त्यसले आर्थिक एवं ऐतिहासिक विकासका नियमहरूको सामान्य रूपरेखा प्रस्तुत गर्दछ।

लेनिननका अनुसार द्वन्द्वात्मक भौतिकवादको सामाजिक विज्ञानसँग भन्दा प्राकृतिक विज्ञानसँग घनिष्ट सम्बन्ध हुन्छ। दर्शन र समाजशास्त्र एकपक्षीय हुन्छन् । अर्थशास्त्रका शिक्षक पूँजीपति वर्गका वैज्ञानिक विक्रेता मात्र हुन् र दर्शनका शिक्षक धर्मशास्त्रका हुन् । धेरैभन्दा धेरै समाजको कुनै पनि वैज्ञानिक सिद्धान्त निरूपित गर्न सक्ने आर्थिक र ऐतिहासिक विकासको खोज हो। यो सबै गर्न सक्ने क्षमता द्वन्द्वात्मक भौतिकवादमा मात्र छ । दर्शन, अर्थशास्त्र र राजनीतिमा वैज्ञानिक यर्थाथता र निष्पक्षता एकमात्र बहाना हो, जसद्वारा सुरक्षित हितहरूको पूर्ति हुन्छ। द्वन्द्वात्मक भौतिकवाद अन्तर्गत सामाजिक विज्ञानका दुई प्रणालीहरू छन् – एउटा मध्यम वर्गको हितको लागि र अर्को सर्वहारा वर्गको हितको लागि हो। सर्वहारा वर्गको श्रेष्ठता यस तथ्यमा निहित छ कि द्वन्द्ववादले सर्वहारा वर्ग जागृत वर्ग र सामाजिक प्रगतिको बाहक हो भनेर प्रमाणित गर्छ। यसको विपरीत पूँजीवादलाई समाजवादमा परिणत हुनबाट रोक्ने यस्ता कार्यहरूको प्रतिपादक मध्यम वर्ग हो।द्वन्द्वात्मक पद्धतिमा विकास तल्लो तहदेखि उच्च तहसम्म समरसतापूर्ण तरीकाले हुँदैन । यो वस्तु र संस्थाहरूमा निहित आपसी अन्तर्विरोधहरूको परिणाम हो। त्यसैले प्रत्येक व्यक्तिले श्रमजीवी वर्ग र पूँजीपति वर्गको हितको विकासका लागि समन्वय र सम्झौताको नीति अवलम्बन गर्नुको सट्टा समाजवादको विकास गर्न सदैव सम्झौता नगर्ने नीति अवलम्बन गर्नुपर्छ ।यसरी लेनिनले यही सिद्धान्तमार्फत मार्क्सका सिद्धान्तलाई जोगाउने प्रयास गरेका छन् ।

द्वन्द्ववादले सर्वहारालाई अग्रदस्ता वर्ग र सामाजिक प्रगतिको क्षेत्रमा अग्रणी वर्गको रूपमा प्रमाणित गर्दछ। यसको विपरीत मध्यमवर्गले पूँजीवादको सहारा लिएर समाजवादको प्रगतिचक्रलाई रोक्दछ।त्यसकारण मध्यमवर्गको विज्ञान गतिहीन, पतनशील र प्रतिक्रियावादी हुन्छ।

अर्थशास्त्र, दर्शनशास्त्र र राजनीतिशास्त्रमा वैज्ञानिक तटस्थता अथवा निषपक्षता संभव छैन।तिनीहरूले केवल स्वार्थी हितहरूको पुष्टि गर्दछन्।द्वन्द्वात्मक भौतिकवाद अन्तर्गत सामाजिक विज्ञानका दुई प्रणालीहरू हुन्छन्, पहिलो प्रणाली मध्यम वर्गको हितका लागि निर्मित गरिन्छ र अर्को प्रणाली सर्वहारा वर्गको हितको लागि।यसैप्रकारको विभाजन पूँजीवादी एवं सर्वहारावादी कलाको बीचमा पनि पाइन्छ। सर्वहारा वर्गीय सामाजिक विज्ञान एवं कला बुर्जुवाको सामाजिक विज्ञानभन्दा श्रेष्ठ एवं निश्चित हुन्छन्। यसको कारण के हो भने द्वन्द्ववादले सर्वहारालाई अग्रदस्ता वर्ग र सामाजिक प्रगतिको क्षेत्रमा अग्रणी वर्गको रूपमा प्रमाणित गर्दछ। यसको विपरीत मध्यमवर्गले पूँजीवादको सहारा लिएर समाजवादको प्रगतिचक्रलाई रोक्दछ।त्यसकारण मध्यमवर्गको विज्ञान गतिहीन, पतनशील र प्रतिक्रियावादी हुन्छ।

क्रान्तिको सिद्धान्त र रणनीति

लेनिनले आफ्नो प्रसिद्ध पुस्तक ‘राज्य र क्रान्ति’ (State and Revolution) मा क्रान्तिसँग सम्बन्धित विचारहरू दिएका छन्। मार्क्सका एक सच्चा अनुयायी भएर पनि लेनिनले समाजवादको विकासवादी सिद्धान्तको फरक धारणा राखेका छन् । मार्क्सवादको विपरीत काम गर्दा पनि उनले आफ्नो विचारमा मार्क्सको भावनालाई कायम राखेका छन् । उनको क्रान्तिको सिद्धान्त एक व्यावहारिक पक्ष हो। लेनिनले बर्नस्टिन र बेलायतको फेबियन पार्टीको विकासवादी प्रक्रियाबाट क्रमशः समाजवाद स्थापना गर्न सकिन्छ भन्ने कुरालाई अस्वीकार गरेका छन्। लेनिनले क्रान्तिको सिद्धान्तको व्याख्या गर्दै क्रान्तिबाट मात्रै समाजवाद स्थापना गर्न सकिने कुरा स्पष्ट पारे ।लेनिनले आफ्नो पुस्तक ‘राज्य र क्रान्ति’ मा लेखेका छन्, ‘अहिले श्रमिक वर्गको आन्दोलनमा मार्क्सका सिद्धान्तका क्रान्तिकारी पक्षलाई बिर्सिएको छ । यसले मार्क्सवादको क्रान्तिकारी भावनालाई धूमिल बनाइदिएको छ। यस्तो अवस्थामा मार्क्सवादको क्रान्तिकारी पक्षसहितको मौलिक शिक्षालाई पुनर्स्थापना गर्नु हाम्रो पहिलो कर्तव्य हो ।”  राज्यको क्रमशः अन्त्यको मार्क्सको विचारलाई केही व्यक्तिले गलत व्याख्या गरेका छन्, मार्क्सले यसो भन्नुको अर्थ पूँजीवादी राज्यको क्रमशः अन्त्य होइन, सर्वहारा अधिनायकत्वको अन्त्य हो। एङ्गेल्सले भनेका थिए –  पूँजीवादी राज्यलाई बिस्तारै नभई क्रान्तिद्वारा बलपूर्वक ध्वस्त पार्नुपर्दछ। त्यसकारण मार्क्सका शिक्षाको सही व्याख्या भनेको क्रान्तिद्वारा राज्यको अन्त्य गरिनु हो।

लेनिनले आफ्नो कृति ‘दुई कार्यनीति’ मा सर्वहारा एवं कृषकहरूको एक क्रान्तिकारी जनवादी अधिनायकत्वको प्रतिपादन गरेका थिए।लेनिनका अनुसार जोकसैले राजनीतिक जनवादविना समाजवादको मार्ग अपनाउँदछ, त्यो अनिवार्य रूपले अनुपयुक्त एवं प्रतिक्रियावादी निष्कर्षमा पुग्नेछ।लेनिनका अनुसार बुर्जुवावादी प्रजातान्त्रिक क्रान्तिलाई सर्वहारा वर्गीय क्रान्तिमा बदल्ने शीघ्रातिशीघ्र अवसर खोज्नुपर्दछ।सन् १९०५ को क्रान्तिको असफलतापछि लेनिनले त्यसको महत्त्वलाई स्वीकार गरे।आफ्नो कृति ‘वामपंथी साम्यवाद’ मा उनले के घोषणा गरे भने, १९०५ को पूर्वाभ्यास बिना अक्टुवर क्रान्तिको सफलता असंभव हुन्थ्यो।त्यसकारण सन् १९०५ को क्रान्तिबाट महत्त्वपूर्ण पाठ सिकेर त्यसको आधारमा भविष्यको मार्गदर्शनको लागि केही निष्कर्षको निरुपण गरे।उनको निष्कर्ष अनुसार केवल जनताको क्रान्तिकारी संघर्षद्वारा मात्र केही प्राप्त गर्न सकिन्छ, क्रान्ति कालमा सर्वहारा वर्गको कार्य उत्कृष्ट थियो, तर पनि कम थियो।विकसित श्रमिकको आवश्यकता के थियो भने जारशाहीलाई दुर्बल बनाउनु मात्र पर्याप्त थिए, त्यसको विनाश गर्नु परम आवश्यक थियो। कृषकहरूले पनि क्रान्तिमा सहयोग गरे तर यो ढीलो भयो र उनीहरूको यो दुर्बलता थियो, उदारवादीहरूले दुवै शिविरप्रति आफ्नो निष्ठा कायम राखे तर लडाइँको अवसरमा उनीहरूले श्रमिकलाई धोका दिए।तर अन्तमा सर्वहारा वर्गको शक्ति जागृत हुन्छ र उसलाई समुचित सहयोग प्राप्त हुन्छ, तब संसारको कुनै पनि शक्तिले उसको प्रतिकार गर्न सक्दैन।

लेनिनले संसदीय प्रणालीको पूर्ण विरोध गरे भने ‘सम्पूर्ण शक्ति सोभियतहरूलाई’ सुम्पिने सिद्धान्तको प्रतिपादन गरे।पछि सन् १९१७ को छैठौं पार्टी महाधिवेशनमा भने लेनिनले यसलाई बदलेर सर्वहारा वर्ग एवं गरीब किसान वर्गको अधिनायकवादको नारा दिए।

मार्च १९१७ को क्रान्तिपछिको अस्थायी सरकारबाट बोल्सेभिकहरूले २५ अक्टुवर १९१७ (नयाँ मितिअनुसार ७ नोभेम्बर १९१७) मा सत्ता आफ्नो हातमा लिएका थिए र यसको अधिक श्रेय लेनिनको दाउपेचलाई दिइन्छ। अप्रिल १६ सन् १९१७ मा निर्वासनबाट पेट्रोग्राद आएर लेनिनले अप्रिल थेसिसद्वारा –  क्रान्तिकारीहरूलाई अस्थायी सरकारको समर्थन नगर्ने र सोभियत गणतन्त्रको स्थापना गर्ने, जुन अन्तमा सर्वहारा वर्गको सरकार बन्नेछ, जसले कृषकहरूको लागि भूमिको राष्ट्रियकरण गर्नेछ – भन्ने निर्देशन दिए। यस निर्देशनद्वारा लेनिनले संसदीय प्रणालीको पूर्ण विरोध गरे भने ‘सम्पूर्ण शक्ति सोभियतहरूलाई’ सुम्पिने सिद्धान्तको प्रतिपादन गरे।पछि सन् १९१७ को छैठौं पार्टी महाधिवेशनमा भने लेनिनले यसलाई बदलेर सर्वहारा वर्ग एवं गरीब किसान वर्गको अधिनायकवादको नारा दिए।लेनिनले के घोषणा गरे भने क्रान्ति तब संभव भयो, जब निम्न वर्ग पुरानो तरीका चाहँदैनथिए र उच्च वर्ग पुरानो तरीका अनुसार चल्न सक्दैनथिए। यो स्थिति २५ अक्टुवर १९१७ मा आइसकेको थियो, जबकि लेनिनको नेतृत्वमा अस्थायी सरकारको हातबाट बोल्सेभिकहरूको हातमा राज्यसत्ता रक्तहीन क्रान्तिद्वारा आयो।

यो घटनाको क्रममा लेनिनले आफ्ना सिद्धान्त प्रतिपादन गर्दै रूसमा मार्क्सवादको मौलिक सिद्धान्तलाई साकार रूप दिने सैद्धान्तिक स्थिति निर्माण गरे। मार्क्सका अनुसार आधुनिक सामाजिक र आर्थिक व्यवस्थाको पहिले पूर्ण विनाश गरिनुपर्दछ र त्यसपछि सर्वहारा वर्गको अधिनायकत्व स्थापित गरिनुपर्दछ।मार्क्सको लक्ष्य पाश्चात्य औद्योगिक समाजमा पूँजीवादलाई नष्ट गर्ने थियो भन्ने आधारमा लेनिनले आफ्नो विचार पुष्टि गरे।लेनिनका अनुसार मार्क्सले भिन्न परिस्थितिमा क्रान्ति गर्न मनाही गरेका थिएनन्।

मार्क्सले सबै देशमा क्रान्ति आवश्यक ठानेनन् तर लोकतान्त्रिक मुलुकमा क्रान्ति आवश्यक छैन भन्ने उनको मान्यता थियो । तर लेनिनले एकाधिकारवादी पूँजी, साम्राज्यवाद र विश्वयुद्धले परिस्थिति परिवर्तन गरेको  कुरा बताए । आज बेलायत र अमेरिका जस्ता लोकतान्त्रिक देशहरू पनि साम्राज्यवादी र सैन्यवादी बनेका छन् । त्यसैले यी देशका मजदूरहरू क्रान्तितर्फ अघि बढ्नु नै उनीहरूको एकमात्र उपाय हो ।

सन् १९०५ र १९१७ को विशिष्ट क्रान्तिको सन्दर्भमा लेनिनले आफ्ना जुन विचारहरूको प्रतिपादन गरेका छन्, तिनीहरूको आधारभूमि क्रान्तिसँग सम्बन्धित सैद्धान्तिक धारणाहरू हुन्। एक व्यवहारिक राजनीतिज्ञको नाताले उनले अवसर र परिस्थिति अनुकूल सैद्धान्तिक धारणाहरूमा परिवर्तन गर्दै सदैव मौलिक मार्क्सवाद नछोडेको कुरा देखाउने प्रयास गरिरहे। लेनिनका अनुसार पूँजीवादी व्यवस्थाको बलपूर्वक क्रान्तिद्वारा नष्ट गरिनेछ। राज्यको अन्त क्रान्तिद्वारा हुनेछ, विकासको प्रक्रियाबाट होइन। यदि श्रमिक आन्दोलन क्रान्तिकारी भएन भने त्यो केही पनि होइन। केवल क्रान्तिद्वारा मात्र पूँजीवाद नष्ट हुन्छ र श्रमिकद्वारा समाजवादको स्थापना हुनेछ।लेनिनका अनुसार जो समाजवादी क्रान्ति परिपक्व हुने कुराको प्रतीक्षा गर्दछ, उसले अवसरलाई हातबाट गुमाउनेछ। यसकारण लेनिनवादलाई सर्वहारावर्गीय क्रान्तिका साधनहरू र पद्धतिको सिद्धान्त भनिन्छ।मार्क्सका क्रान्तिका सिद्धान्त संक्षीप्त थिए भने लेनिनले ती सूत्रहरूलाई विशद व्याख्या गरे।  

लेनिनको क्रान्तिको सिद्धान्तको व्यावहारिक पक्ष – लेनिनले आफ्नो क्रान्तिका सिद्धान्तलाई व्यवहारिकता दिन सन् १९०५ मा ‘सामाजिक जनवादका दुई रणनीति’ ‘Two tactics of Soical Democracy in Democratic Revolution’  र सन् १९१७ मा ‘राज्य र क्रान्ति’ जस्ता पुस्तकहरू लेखेका हुन्। लेनिनले सन् १९०५ को मजदूर क्रान्तिको पनि नेतृत्व गरेका थिए । यसको असफलतामा उनले 1917 को क्रान्तिको लागि आधार तयार पारेका थिए। जारको अधिनायकवादबाट पीडित जनतालाई संगठित गरेर लेनिनले जारलाई सत्ताच्युत गरे। लेनिनले शान्तिवादी मार्क्सवादीहरूलाई विकासवादी तरीकाले समाजवाद स्थापना गर्नुको सट्टा उनीहरूले पनि क्रान्तिलाई समर्थन गर्नुपर्छ भनेर चुनौती दिए। सन् १९१७ को क्रान्तिमा यस्ता धेरै मार्क्सवादी पनि सहभागी थिए, जसले शान्तिपूर्ण ढंगले समाजवाद ल्याउने कुरा गर्थे । उनले आफ्नो क्रान्तिको सिद्धान्तलाई ‘पार्टी सिद्धान्त’ प्रस्तुत गरेर व्यापक आधार प्रदान गरे। उनले सर्वहारा वर्गमा वर्ग-चेतना जगाउन, क्रान्तिको लागि तयार पार्न र क्रान्तिको आह्वान गर्न केही सक्षम र दक्ष क्रान्तिकारीहरूको समूह तयार गरे। आवश्यक संगठनले मात्र रूसमा जारशाही शासनलाई पल्टाउन सक्छ र यहाँ श्रमिक वर्गको अधिनायकवाद स्थापना गर्न सकिन्छ भन्ने विश्वास लेनिनलाई थियो। त्यसैले उनले सन् १९१७ को क्रान्तिमार्फत जारशाहीको अन्त्य गरी रूसमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरे ।

क्रान्तिको अपरिहार्यता – लेनिनलाई रूसको अवस्था फरक छ भन्ने कुरा स्पष्ट रूपमा थाहा थियो। रूसमा औद्योगिक विकास त्यति हुन सकेको छैन कि मजदूर वर्गले आफूलाई संगठित गरेर पूँजीपतिहरूका विरुद्ध आवाज उठाउन सकून्। मार्क्सवादी सिद्धान्त र शिक्षाको गलत व्याख्या गरेर मजदूरहरूले क्रान्तिको बाटो अवरुद्ध गरिरहेका छन् । समाजवाद विस्तारै स्थापित हुन सक्दैन । रूसको अवस्था हेर्दा त्यहाँको राजतन्त्रलाई क्रान्तिबाट हटाउनुपर्छ ताकि त्यहाँ श्रमिक वर्गको अधिनायकत्व स्थापना होस् । त्यसैले लेनिनले रूसमा कम्युनिष्ट क्रान्तिलाई अपरिहार्य ठानेर सन् १९१७ को रूसी क्रान्ति सफलतापूर्वक सञ्चालन गरे र जारशाहीलाई उखेलेर त्यहाँ मजदूर वर्गको अधिनायकत्व स्थापना गरे।

क्रान्तिको रणनीति –  विश्वका धेरै क्रान्तिहरू गहिरिएर अध्ययन गरेपछि लेनिनले क्रान्तिको रणनीतिबारे आफ्नो विचार प्रस्तुत गरेका हुन्। सन् १९०५ को रूसी क्रान्ति असफल भएपछि लेनिनले निरर्थक हिंसाको विरोध गर्न थाले । लेनिनले क्रान्ति एउटा कला हो र यसलाई सिकाउन सकिन्छ भन्ने स्वीकार गरे ।जसलाई क्रान्तिको कला थाहा हुन्छ, ऊ सफल क्रान्तिकारी बन्छ । सफल क्रान्तिको प्रविधि निम्न कुराहरूमा आधारित हुन्छ –  क्रान्तिलाई ख्याल-ख्याल ठान्नुहुँदैन, सोचेर मात्र शुरु गर्नुपर्छ र उद्देश्य पूरा नभएसम्म जारी राख्नुपर्छ। क्रान्तिलाई बीचमा छाड्दा क्रान्तिका सबै उद्देश्य स्वतः समाप्त हुन्छन् ।क्रान्ति शुरु गर्नु अघि  आफ्नो अवस्था र समयको सही अनुमान गर्नुपर्छ। सबै शक्ति एक निश्चित ठाउँमा र निश्चित समयमा प्रयोग हुन सकेन भने विपक्षी दलले क्रान्तिलाई दबाउन सक्छ ।क्रान्तिकारीहरूले शत्रु पक्षलाई यताउता तितरबितर भएको बेलामा अकस्मात् आक्रमण गर्नुपर्छ अर्थात् क्रान्तिकारीहरूले एम्बुसिङ गरेर मात्रै आक्रमण गर्नुपर्छ ताकि शत्रु पक्षलाई सम्हालिने मौका नमिलोस् ।

क्रान्तिलाई ख्याल-ख्याल ठान्नुहुँदैन, सोचेर मात्र शुरु गर्नुपर्छ र उद्देश्य पूरा नभएसम्म जारी राख्नुपर्छ। क्रान्तिलाई बीचमा छाड्दा क्रान्तिका सबै उद्देश्य स्वतः समाप्त हुन्छन् ।

क्रान्तिकारीहरूको संगठित पार्टीको महत्त्व – सन् १९१७ को रूसी क्रान्तिलाई व्यावहारिक र सफल बनाउन लेनिन आफैंले पेशागत क्रान्तिकारीहरूको समूह बनाए । क्रान्तिलाई सफल बनाउन पेसागत क्रान्तिकारीले मात्र नेतृत्वदायी भूमिका खेल्ने उनको मान्यता थियो । त्यसैले उनले पेशागत क्रान्तिकारीहरूको संगठित समूहको विचार प्रस्तुत गरेका छन्। लेनिनले क्रान्तिलाई सफल बनाउने आफ्नो व्यवसाय मान्ने व्यक्तिबाट व्यावसायिक क्रान्तिकारीको अर्थ लिएका छन् । जसरी प्रहरी र सेनालाई तालिम दिइन्छ, त्यसैगरी पेशागत क्रान्तिकारीहरूलाई पनि उचित शिक्षा र तालिम दिनुपर्छ । लेनिनका अनुसार मुट्ठीभर प्रशिक्षित क्रान्तिकारीहरूले हजारौं श्रमिकहरू भन्दा धेरै राम्रो काम गर्न सक्छन्। लेनिनले आफ्नो पुस्तक ‘के गर्ने ?‘ मा यो कुरा स्पष्ट पारेका छन्। उनले तालिमप्राप्त र संगठित क्रान्तिकारीहरूको समूहलाई कडा अनुशासनमा बाँध्नुपर्ने र यसका सबै गतिविधि गोप्य राख्नुपर्ने बताए । यो दललाई कम्युनिष्ट सिद्धान्तको गहिरो ज्ञान हुनुपर्छ । लेनिनले लेखेका छन्- “अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्र लडाकु अग्रदस्ताको भूमिका खेल्न सक्छ।” लेनिनले कम्युनिष्ट क्रान्तिलाई फलदायी बनाउन विशेष प्रकारको कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरा गरे र कम्युनिष्ट पार्टीलाई नै कडा अनुशासनमा बाँधेर १९१७ को कम्युनिष्ट क्रान्तिलाई सफल बनाएर पेशागत क्रान्तिकारीहरूको संगठित पार्टीको महत्त्व प्रमाणित गरे। प्रथम विश्वयुद्धको समयमा रूसको अनुकूल परिस्थितिको फाइदा उठाउँदै लेनिनले पूँजीवादको विकास नगरी कम्युनिष्ट क्रान्तिलाई सफल बनाएका हुन् । पहिलो विश्वयुद्धमा रूस पक्कै पराजय हुनेछ भन्ने विश्वास लेनिनलाई थियो । त्यसैले उनले बलियो कम्युनिष्ट पार्टी स्थापना गरेर क्रान्तिको मार्ग प्रशस्त गरे । यसरी लेनिनले औद्योगिक रूपमा पिछडिएको देश रूसमा पनि समाजवादी क्रान्तिको बाटो खोलेर ठूलो काम गरेका हुन् । त्यसैले लेनिनलाई क्रान्ति विज्ञानका गुरु समेत मान्ने गरिएको पाइन्छ । उनको क्रान्तिको सैद्धान्तिक र व्यवहारिक पक्षमा देखिएको समन्वय अन्यत्र विरलै पाइन्छ । व्यावसायिक क्रान्तिकारीहरूको दल सम्बन्धी उनको विचार राजनीतिक चिन्तनको इतिहासमा अमूल्य योगदान हो।

कम्युनिष्ट पार्टीको रणनीति

लेनिन क्रान्तिकारी विचारकको साथसाथै एक कुशल संगठनकर्ता पनि थिए।संगठनकर्ताको नाताले उनले कम्युनिष्ट पार्टीको रणनीति कस्तो हुनुपर्दछ भन्ने प्रश्नको व्याख्या राम्रोसँग गरे।लेनिनको उद्देश्य कम्युनिष्ट आन्दोलनको संगठन केवल रूसमा मात्र गर्ने थिएन।एक क्रान्तिकारी नेताको नाताले उनको दृष्टिकोण व्यापक थियो। त्यसकारण उनले संसारका अन्य देशहरूमा कम्युनिष्ट पार्टीको स्थापनाको योजना बनाए र त्यहाँ क्रान्ति सफल बनाउनको लागि पार्टीको रणनीति र कार्यनीतिको निर्देशन दिन आवश्यक ठाने।लेनिनको प्रसिद्ध कृति ‘राज्य र क्रान्ति‘ मा प्रस्तुत विचारद्वारा लेनिनको उद्देश्य दक्षिणपन्थीहरूमाथि प्रहार गर्नु नै थियो।तर ‘अप्रिल थेसिस‘ द्वारा उनले वामपन्थीहरूलाई पनि सम्हाले।लेनिनका प्रयासहरूबाट विश्वका कम्युनिष्ट पार्टी संगठनलाई ‘तेस्रो अन्तर्राष्ट्रिय’ को रूपमा स्थापना गरियो र त्यसको के मान्यता थियो भने विश्व-श्रमिक आन्दोलनका लागि एक सच्चा क्रान्तिकारी संगठनको आवश्यकता हुन्छ।लेनिनको अप्रत्यक्ष उद्देश्य के पनि थियो भने अन्तर्राष्ट्रिय क्रान्तिकारी संगठनको अभावमा रूसको क्रान्तिलाई प्रतिक्रियावादीहरूद्वारा दबाउने प्रयास गर्नेछन्।यद्यपि उनको प्रत्यक्ष उद्देश्य भने संसारमा फैलिएका कम्युनिष्ट पार्टीका नीतिहरू संचालन गर्ने र तिनीहरूलाई आफ्नो देशमा क्रान्ति सम्पन्न गर्नको लागि कसरी कार्य गर्ने भन्ने कुराको निर्देशन दिने थियो।

कम्युनिष्ट पार्टीले आफ्नो उद्देश्य प्राप्त गर्नको लागि त्यसको कार्यनीति र रणनीति कस्तो प्रकारको हुनुपर्दछ भन्ने प्रश्नमा लेनिनले पार्टी सदस्यहरूलाई अनेकौं प्रकारका निर्देशनहरू दिएका थिए।यसप्रकारका निर्देशनहरू दिँदै उनी भन्दछन् – कम्युनिष्टहरूले आफ्ना संकीर्णताहरूलाई छोड्नुपर्दछ।उनीहरूले हरेक अवसरको खोजीमा रहनुपर्दछ, जसबाट पार्टीको जनतासँग सम्बन्ध बढोस् र सत्ता प्राप्त गर्न सकियोस्।यो कार्य त्यतिबेला संभव हुन्छ, जतिबेला उनीहरू सरकारमा प्रवेश गर्दछन् र ट्रेडयूनियन जस्ता संगठनमा पस्दछन्। लेनिनका अनुसार कम्युनिष्टहरूले केवल अमूर्त कम्युनिष्टसम्म मात्र सीमित रहनु हुँदैन, बरु उनीहरूले बुर्जुवा राजनीतिमा प्रवेश गर्नुपर्दछ तथा उनीहरूको सरकारलाई आफ्नो हातमा लिएर बुर्जुवा वर्गलाई परास्त गर्नुपर्दछ।लेनिन सम्झौतावादको उपयोगितालाई स्वीकार गर्दछन्। उनी भन्दछन् – सम्झौताको सिद्धान्तको नाम अस्वीकार गर्नु बचपन हो।क्रान्ति निकट ल्याउनको लागि आन्दोलन र प्रचार मात्र पर्याप्त हुँदैन।जनतालाई राजनीतिक अनुभवको आवश्यकता हुन्छ।

लेनिनका अनुसार जो क्रान्तिकारी यी सम्झौताको लागि तत्पर हुँदैनन् उनीहरू धेरै खराब क्रान्तिकारी हुन्।क्रान्ति आरम्भ हुँदा क्रान्तिकारी बनेर आन्दोलनमा सम्मिलित हुन सजिलो हुन्छ तर क्रान्तिको परिपक्व परिस्थितिको निर्माण गर्नु कठिन कार्य हो र यसको लागि हरेकप्रकारको कार्य गर्नु आवश्यक हुन्छ।

त्यसकारण कम्युनिष्ट पार्टीले सत्ता प्राप्तिको लागि निरन्तर प्रयासमा रहनुपर्दछ र यो लक्ष्य प्राप्तिमा उनीहरूले कम्युनिष्ट विचारप्रति पूर्ण बफादारी राख्दै कसरी व्यवहारिक सम्झौता गर्ने योग्यता प्राप्त गर्ने, कसरी प्रहार गर्ने, कसरी सम्झौता गर्ने र बाङ्गोटिङ्गो बाटो अपनाउने तथा कसरी यिनीहरूबाट पछि हट्ने भन्ने जस्ता कार्यनीति र रणनीतिहरू जान्नुपर्दछ।लेनिनका अनुसार जो क्रान्तिकारी यी सम्झौताको लागि तत्पर हुँदैनन् उनीहरू धेरै खराब क्रान्तिकारी हुन्।क्रान्ति आरम्भ हुँदा क्रान्तिकारी बनेर आन्दोलनमा सम्मिलित हुन सजिलो हुन्छ तर क्रान्तिको परिपक्व परिस्थितिको निर्माण गर्नु कठिन कार्य हो र यसको लागि हरेकप्रकारको कार्य गर्नु आवश्यक हुन्छ। उपर्युक्त उद्देश्य प्राप्तिको लागि कम्युनिष्ट पार्टीले चुनावमा भाग लिनुपर्दछ, आफ्ना प्रत्यासीहरूलाई खडा गर्नुपर्दछ तथा संयुक्त मोर्चाको निर्माण गर्नुपर्दछ, जसबाट अन्य पार्टीका नेताहरू र अनुयायीहरूलाई पनि पार्टीको प्रभाव पार्न सकियोस्। आर्थिक क्षेत्रमा यसप्रकारको रणनीतिलाई अपनाउने सम्बन्धमा लेनिन के दिशानिर्देशन गर्दछन् भने कम्युनिष्ट कार्यकर्ताहरूले यथासंभव ट्रेडयूनियनमा संगठित भएर तिनीहरूको नियन्त्रण आफ्नो हातमा लिनुपर्दछ। ट्रेडयूनियनबाट श्रमिकका अधुरा मागहरूको पूरा फाइदा उठाउनुपर्दछ।यदि उनीहरूका माग तथा गुनासाहरू थोरै छन् भने पनि तिनीहरूलाई बढाएर सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्दछ र यदि छैन भने पनि निर्माण गर्नुपर्दछ। यदि अन्य पार्टीले उनीहरूको समर्थन गरेनन् भने जनतामा ती पार्टीलाई खराब देखाउनुपर्दछ।मोर्चाको संगठन गैरराजनीतिक क्षेत्रमा पनि गर्नु आवश्यक हुन्छ। लेखक, वैज्ञानिक, वकिल, स्त्री, युवा, आदि वर्गको बीचमा फ्रन्ट संगठनको गठन गर्नुपर्दछ, जसबाट समाजमा प्रगतिशील जनमत आकर्षित गर्न सकियोस्।

उपर्युक्त विचारले लेनिनको व्यवहारिक बुद्धिलाई दर्शाउँदछ।लेनिनले श्रमिकको स्थिति सुधार्नुको साथसाथै सबभन्दा जोड क्रान्तिकारी परिस्थिति निर्माण गर्नमा दिएका थिए। त्यसकारण लेनिनलाई श्रमिक नेताको साथसाथै क्रान्तिकारी सिद्धान्तकार पनि भन्न सकिन्छ।

पार्टी संगठनको सिद्धान्त

लेनिनको पार्टी संगठनको सिद्धान्त उनको कम्युनिस्ट क्रान्तिको सिद्धान्तको आधार हो। लेनिनले कम्युनिष्ट क्रान्तिको सफलताका लागि संगठित पार्टीको आवश्यकतालाई जोड दिएका छन् । मार्क्सवादलाई परिमार्जन गर्दा लेनिनले वर्गीय चेतनाभन्दा पार्टी संगठनलाई महत्वपूर्ण बताएका छन् ।उनका अनुसार बलियो र व्यवस्थित पार्टी बिना कुनै पनि क्रान्ति सफल हुँदैन । पूँजीवादले मजदूर वर्गको क्रान्तिकारी चेतनालाई बलपूर्वक दबाउन सक्छ, किनभने ऊसँग सशस्त्र बल छ भन्ने उनको मान्यता थियो। तसर्थ सर्वहारा क्रान्तिलाई सफल बनाउन, सर्वहारा वर्गलाई मार्गदर्शन गर्न, त्यसलाई क्रान्ति एवं सङ्घर्षको लागि तयार गर्न र त्यसलाई प्रशिक्षित गर्नका लागि केही व्यावसायिक व्यक्तिहरूको संगठन आवश्यक हुन्छ। पार्टी निश्चित बुद्धिजीवी र नैतिकता भएका व्यक्तिहरूको सुव्यवस्थित समूह हो।यो मार्क्सवादको ज्ञानले मार्क्सका सिद्धान्तहरूको शुद्धता कायम राख्छ र त्यसले पार्टीको नीतिलाई निर्देशित गर्छ भन्ने अर्थमा चुनिएका बुद्धिजीवीहरूको समूह हो। पार्टीले सत्तामा पुगेपछि राज्यको नीतिलाई निर्देशित गर्छ । चुनाव र कडा पार्टी अनुशासन र तालिमका कारण यी व्यक्तिहरू पार्टी र कम्युनिष्ट क्रान्तिप्रति पूर्णतया वफादार हुने अर्थमा यो छानिएका नैतिक व्यक्तिहरूको संगठन हो। लेनिनले अनुशासन, संगठन, नेतृत्व र शक्तिबिना पार्टीको विकास हुन सक्दैन भन्ने कुरा स्पष्ट पारे । क्रान्तिकारी लक्ष्यप्रति वफादार व्यक्तिहरूबाट मात्रै पार्टी गठन हुन सक्छ। जबसम्म पार्टी इच्छाशक्तिको एकता, कार्यको एकता र अनुशासनको एकताबाट संगठित हुँदैन, तबसम्म यसले मजदूर वर्गको अग्रणी शक्तिको भूमिका निर्वाह गर्न सक्दैन । यसरी लेनिनले आफ्नो पार्टीको सिद्धान्तलाई जनवादी केन्द्रीयतामा आधारित बनाएका छन् ।

लेनिन क्रमिकवादमा विश्वास गर्ने नेता थिएनन्।लेनिनका अनुसार क्रान्ति क्रमिक विकास अनुसार हुँदैन।क्रान्तिको लागि केन्द्रीकृत एवं अनुशासित पार्टीको आवश्यकता हुन्छ।

लेनिनले मार्क्सका विचारहरूलाई विकसित गर्दै तिनीहरूलाई नवीनतामा जोडेका हुन्। पार्टीको प्रश्न पनि उनका विशेष विचारहरूमध्ये एक हो।लेनिन क्रमिकवादमा विश्वास गर्ने नेता थिएनन्।लेनिनका अनुसार क्रान्ति क्रमिक विकास अनुसार हुँदैन।क्रान्तिको लागि केन्द्रीकृत एवं अनुशासित पार्टीको आवश्यकता हुन्छ।लेनिनका अनुसार पार्टी सर्वहारा वर्गको नेतृत्व गर्ने अग्रदस्ता हुनुपर्दछ।सर्वहारा वर्गको शक्ति प्राप्त गर्ने संघर्षमा पार्टीको केन्द्रीय स्थान हुन्छ।एक नेताको रूपमा लेनिन शुरुदेखि नै क्रान्तिकारी आन्दोलनको सफलताको लागि कठोर संगठन र सुस्पष्ट मार्क्सवादी विचारधाराको समन्वय हुनुपर्दछ भन्ने विश्वास राख्थे।आफ्नो कृति ‘एक पाइलो अगाडि, दुइ पाइला पछाडि’ मा लेनिनले पार्टीको आवश्यकता तथा त्यसको स्वरूपको बारेमा आफ्ना विचारलाई यसरी व्यक्त गरेका छन् – शक्ति प्राप्त गर्ने संघर्षमा सर्वहारा वर्गसँग संगठन बाहेक अरु कुनै हतियार हुँदैन।बुर्जुवा संसारको अराजकतापूर्ण प्रतियोगिताद्वारा विभक्त, पूँजीपतिद्वारा पूर्णतः प्रताडित, पूँजीको लागि दासतासँगै बाँधिएका, उद्योगपति तथा जंगलीपनको खाडलमा सदैव परेका श्रमिकले एक अजेय शक्तिको रूप धारण गर्न सक्दछन् र उनीहरूले निश्चित रूपले गर्नेछन्, जब मार्क्सवादका सिद्धान्तहरूको आधारमा उनीहरूको वैचारिक एकता पनि भौतिक एकताद्वारा दृढ हुनेछ र उनीहरूले असंख्य श्रमिकहरूको सेनाको रूप धारण गर्नेछन्।

यसरी कम्युनिष्ट अन्तर्राष्ट्रियको अधिवेशनमा पार्टी सम्बन्धी यो प्रस्ताव स्वीकार गरिएको थियो, जसबाट लेनिनको पार्टी सम्बन्धी विचारको भावना व्यक्त हुन्छ – कम्युनिष्ट पार्टी श्रमिक वर्गको एक अंग हो।यो उसको सबभन्दा धेरै प्रगतिशील, सर्वाधिक वर्ग-चेतनापूर्ण र यसकारण सर्वाधिक शक्तिशाली अंग हो।कम्युनिष्ट पार्टी सबभन्दा राम्रो, सबभन्दा बुद्धिमान, सबभन्दा धेरै आत्मत्यागी एवं दूरदर्शी कार्यकर्ताहरूको संगठन हो। कम्युनिष्ट पार्टी यस्तो राजनीतिक व्यवस्था हो, जसले श्रमिक वर्गको अधिक उन्नत भाग समस्त सर्वहारा वर्ग एवं अर्धसर्वहाराको ठीक दिशामा नेतृत्व गर्दछ।

यसबाट के स्पष्ट हुन्छ भने लेनिन पार्टीलाई क्रान्तिको लक्ष्य प्राप्त गर्ने आधार मान्दछन्। उनका अनुसार पार्टी सावधानीपूर्वक चुनिएका बौद्धिक एवं नैतिक वर्गमा मानिसहरूको संगठन हो। पार्टी संगठनको बारेमा उनको के मान्यता छ भने सदस्यता हरेकको लागि खुला नभएर सीमित हुनुपर्दछ। क्रान्तिको उद्देश्य सिद्ध गर्ने पार्टी सानो, बुद्धिमत्तापूर्ण एवं अनुशासनले ओतप्रोत हुनुपर्दछ।उसलाई क्रान्तिकारी आन्दोलनको नियन्त्रण एवं मार्गदर्शन गर्ने अधिकार हुन्छ। पार्टीले क्रान्तिको नेतृत्व गर्दछ र क्रान्तिका विचारहरूको प्रचारप्रसार गर्दछ। यसले क्रान्तिको कलाको शिक्षा दिन्छ र श्रमिकलाई आफ्नो उद्देश्य पूर्तिमा सफल बनाउँदछ। यति मात्र होइन, क्रान्तिपछि पनि उसलाई यो विशेषाधिकार प्राप्त हुनुपर्दछ।लेनिनको पार्टी सम्बन्धी विचारको आशय के हो भने कम्युनिष्ट पार्टीको स्वरूप कम्युनिष्ट अधिनायकवाद अन्तर्गत हुन्छ। लेनिनले कम्युनिष्ट पार्टीको अधिनायकवादको सिद्धान्तको जग खडा गरेका थिए।पार्टीको आन्तरिक संगठनको लागि लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिवादन गरे, जसको आशय पार्टीका तल्लो तहका अंगहरूले माथिल्लो स्तरका अंगहरूको अधिनस्थ रहनुपर्दछ।एक पटक पार्टी नीति निर्धारित भएपछि त्यसलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्दछ।

लेनिनको पार्टी सम्बन्धी विचारको आशय के हो भने कम्युनिष्ट पार्टीको स्वरूप कम्युनिष्ट अधिनायकवाद अन्तर्गत हुन्छ। लेनिनले कम्युनिष्ट पार्टीको अधिनायकवादको सिद्धान्तको जग खडा गरेका थिए।

लेनिनको के विचार थियो भने पार्टीको काम समाजवादी आन्दोलनको नेतृत्व गर्नु, सर्वहारा वर्गलाई समाजवादी सिद्धान्तहरूबारे सचेत गराउनु, क्रान्तिका विचारहरू प्रसारित गर्नु, क्रान्तिको प्रविधिको तालिम दिनु र सर्वहारा वर्गको नेतृत्व गर्नु हो। शक्तिशाली पार्टी संगठन एक अजेय शक्ति हुन्छ। यो क्रान्ति अघि मात्र होइन, पूँजीवादी राज्यलाई ध्वस्त पार्न र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न पनि आवश्यक हुन्छ । पार्टीले श्रमजीवी वर्गको नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो भने त्यसमा क्रान्तिकारी सिद्धान्त र क्रान्तिका नियमहरूको ज्ञान हुनुपर्छ । पार्टीको उद्देश्य सर्वहारा वर्ग र सम्पूर्ण जनताको भलाइ गर्नु हो, त्यसैले यसलाई कडा अनुशासनमा बाँध्नुपर्छ । यसको संगठन उत्कृष्ट, नि:स्वार्थ, लगनशील, चेतनाले पूर्ण र दूरदर्शी व्यक्तिहरूबाट गर्नुपर्छ। लेनिनले पार्टीका सदस्यहरु स्वेच्छाले एकअर्काका साथी बनेकोले र उनीहरूको विशेष लक्ष्य शत्रुलाई परास्त गर्ने भएकाले विवाद र विवादबाट टाढा रहनुपर्ने बताए । उनले पार्टीको सफलताका लागि पार्टीमा फलामे अनुशासन आवश्यक रहेको बताएका छन् । जीवनभर पार्टीको कडा अनुशासनमा बाँधिएर मार्क्सवादप्रति पूर्ण निष्ठा राख्ने र पार्टीका लागि सबै त्याग गर्न तयार हुने शुद्ध र उच्चस्तरका मानिसहरू पार्टी संगठनमा आबद्ध हुन सक्दछन्। निर्णय कार्यान्वयन गर्नु पार्टीका सबै सदस्यको परम कर्तव्य हुनजान्छ ।लेनिनले पार्टीको सदस्यताबारे आफूलाई कम्युनिस्ट साबित गर्न सक्ने र पार्टीका लागि सबै त्याग गर्न तयार हुनेहरूलाई मात्र सदस्यता दिनुपर्ने बताएका छन् । लेनिनले सैन्य अनुशासनमा आधारित र क्रान्तिको समयमा शत्रुलाई पूर्ण रूपमा नष्ट गर्ने पार्टीको निर्णयमा जोड दिएका थिए।

लेनिनले पार्टीलाई एक संकटपूर्ण र कठिन मार्गमा एक-अर्कोको हात पक्रिएर सुसंगठित समुदायको रूपमा हिँडिरहने संगठनको रूपमा चित्रण गरेका छन्।लेनिनद्वारा प्रस्तुत गरिएको कम्युनिष्ट पार्टीको धारणालाई रूस लगायत संसारका अनेक देशका कम्युनिष्ट पार्टीहरूले आदर्शको रूपमा माने र ती सिद्धान्तहरूको आधारमा कम्युनिष्ट पार्टी निर्माण गरे।लेनिनको पार्टी सम्बन्धी धारणा कम्युनिष्ट पार्टीको संगठनको आधार बन्यो। उनको पार्टी सम्बन्धी विचार मार्क्सवादको विचारको पूरक हो।लेनिनको पार्टी सम्बन्धी सिद्धान्तले सर्वहारा वर्गको अधिनायकत्वको राजनीतिक दर्शनलाई तय गरिदियो।

पार्टी सिद्धान्तको महत्व – लेनिनको पार्टी सिद्धान्त राजनीतिक चिन्तनको इतिहासमा महत्वपूर्ण योगदान हो। लेनिनको पार्टी सिद्धान्त उनको कम्युनिष्ट क्रान्ति र पार्टी अधिनायकवादको सिद्धान्तको आधार हो। रूसी क्रान्तिका प्रमुख नेताहरूले लेनिनको यही सिद्धान्तलाई अपनाए र कम्युनिष्ट पार्टीलाई संगठित गरे। समाजवादी क्रान्तिको सफलता संगठित कम्युनिष्ट पार्टीको प्रयासको परिणाम हो । यदि लेनिनले आफ्नो कम्युनिष्ट पार्टीलाई पार्टी अनुशासनमा नबाँधेको भए सन् १९१७ को सर्वहारा क्रान्तिलाई जारले सजिलै दबाउँदथ्यो ।आज लेनिनको पार्टी सिद्धान्त सबै कम्युनिष्ट देशहरूको शासन प्रणालीको मुख्य तत्व हो। माओले चिनियाँ कम्युनिष्ट पार्टीको नीतिलाई लेनिनको पार्टी अनुशासनसँग पनि जोडेका थिए। त्यसैले पार्टी सम्बन्धी कम्युनिस्ट विचारधारामा लेनिनको अमूल्य योगदान रहेको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्त र यसका आधारहरू

लेनिनले कम्युनिष्ट पार्टी संचालनको संगठनात्मक सिद्धान्तको निर्माण गरेका थिए। त्यही सिद्धान्तको आधारमा अहिले कम्युनिष्ट पार्टीहरु सञ्चालित र परिचालित भइरहेको पाइन्छ।यो संगठनात्मक सिद्धान्त वा विधिलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ ।त्यतिबेला लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तको आजसम्म पनि त्यतिकै महत्व रहेको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ ।लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरूको व्याख्यासहित कडाइपूर्वक कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रूपमा समेत हेर्ने गरिन्छ । लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयता यसरी अझ स्पष्ट हुन्छ – व्यक्ति संगठनको अधिनस्थ हुन्छ ।अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ।पार्टीका सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ।केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ ।

लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तको आजसम्म पनि त्यतिकै महत्व रहेको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ ।

लेनिनले संगठनात्मक सिद्धान्तका रूपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरू राखेका थिए। कडा तथा फलामे अनुशासनमा रहने भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो । कम्युनिष्ट पार्टीको सदस्यका लागि न्यूनतम् शर्तहरू रहेका छन् र यो अनुशासनसँग समेत जोडिन्छ।पार्टीको नीति तथा कार्यक्रम मान्ने, पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने र पार्टीलाई नियमित लेबी तिर्ने कुरा कम्युनिष्ट पार्टी सदस्यहरूको न्यूनतम् शर्त अन्तर्गत पर्दछन्।

लेनिनका अनुसार संगठनात्मक सिद्धान्तका आधारहरूलाई यसरी स्पष्ट पार्न सकिन्छ –

जनवादी केन्द्रीयताको सिद्धान्त –  यो लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रथम शर्त हो । यसमा मुख्यगरी जनवाद र केन्द्रीयता गरी दुई कुराहरू रहेका छन् ।जनवादविना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा फस्ने कुरामा यसले जोड दिन्छ । कम्युनिष्ट पार्टीको संगठनमा यी दुवै सिद्धान्तको उस्तै महत्व हुन्छ भन्ने कुरालाई यो सिद्धान्तले स्पष्ट पार्दछ । पार्टी संगठनहरू केन्द्रीयता बिना ठीक ढंगले परिचालित हुँदैनन्, किनभने केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासन पनि हो ।त्यसकारण स्वतन्त्रताको माग गर्दा अनुशासनको पालना पनि हुनुपर्छ भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग हुनु जरूरी हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त लागू हुन्छ।

जनवाद – कम्युनिष्ट पार्टी सदस्यहरूले आफ्ना विचार तथा अभिव्यक्तिहरूलाई ढुक्क भएर स्वतन्त्र रूपमा राख्नुछलफलको विषय बनाउनु जनवादी अधिकार हो । पार्टी संगठनमा सबै सदस्यहरूलाई आफ्नो विचार प्रकट गर्न पाउने अधिकार जनवादले प्रदान गर्दछ । आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार कम्युनिष्ट पार्टीको प्रत्येक सदस्यमा हुन्छ। आफूले प्रस्तुत गरेको विचार बहुमतले अस्वीकृत गरेको अवस्थामा फेरि पनि आफू रहेको कमिटी र आफूभन्दा माथिल्लो कमिटी वा राष्ट्रिय सम्मेलन या महाधिवेशनमा छलफलमा लैजाने पद्धति जनवादले प्रदान गरेको छ । तर पार्टीको निर्णय वा विशेष अवस्थामा बाहेक आफ्ना विचार आफू बसेको कमिटीभन्दा तल लैजानु भनेको पार्टी अनुशासनको उल्लंघन हो । यहाँ विशेष अवस्था भनेको पार्टीको महाधिवेशन नै हो ।जनवादले पार्टीको कुनै  पनि सदस्यलाई चुन्ने र आफैँ चुनिने अधिकार सुरक्षित गरेको हुन्छ । पार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलनमा पार्टी सदस्यहरुले खुलेर जनवादको अभ्यास गर्दछन् । पार्टीले खडा गरेका उम्मेदवारहरू आफूलाई चित्त नबुझेमा एउटा समर्थक र प्रस्तावक लिएर ऊ आफैँ चुन्ने र चुनिने अधिकार जनवादले प्रदान गरेको छ ।

केन्द्रीयता – अल्पमत बहुमतको अधिनस्थमा हुन्छ। पार्टीको बैठक या सम्मेलनमा सकेसम्म एकमतले निर्णय गरेर जाने प्रयत्न गर्नुपर्दछ । यदि सर्वसम्मत निर्णय हुन सकेन भने बहुमतले गरेको निर्णयलाई अर्को निर्णय नहुँदासम्म अल्पमत सदस्यहरुले मान्नुपर्ने हुन्छ। अल्पमतले आफ्नो मत सुरक्षित राख्ने गरी बहुमतका निर्णयहरू कार्यन्वयन गर्दै जानुपर्दछ । अहिलेको अल्पमत भोलि बहुमत पनि हुन सक्छ । अहिलेको बहुमत भोलि अल्पमत पनि हुन सक्दछ । तर पार्टीको बहुमतका निर्णयहरु सबैले मानेर जानुपर्दछ । बहुमतका विचार र लाईन नै सबैका विचार र लाइन हुन्छन् र व्यवहारमा पनि यसलाई लागू गरेर जानुपर्दछ । तल्ला कमिटीहरू माथिल्ला कमिटीका माहतमा हुन्छन् । माथिल्लो तहका समितिका निर्णय तल्ला समितिहरूले कार्यान्वयन गर्नुपर्छ । सबै समितिरू केन्द्रीय समितिको माहतहतमा हुन्छन् र केन्द्रीय समितिले गरेका निर्णयहरू सबै समितिले मान्नु पर्दछ । व्यक्ति संगठनको माहातत हुन्छ । प्रत्येक सदस्य भेला, सम्मेलन, ममहाधिवेशन वा पार्टी समितिले गरेका निर्णयहरुको अधिनस्थ हुन्छन् । पार्टीको निर्णय प्रत्येक सदस्यले बिनाशर्त पालना गर्नुपर्दछ र सक्रियतापूर्वक लागू गर्नुपर्दछ । कुनै बहानाबाजी गरेर पार्टी निर्णयहरू उल्लंघन गर्नुहुँदैन । पार्टीका निर्णयहरू आफूलाई चित्त नबुझेको खण्डमा आफू बसेको कमिटी र त्यो भन्दा माथिल्लो तहमा आफ्ना कुरा राख्दै पार्टीका निर्णयहरू बिना शर्त लागू गर्दै जानुपर्दछ। सबै सदस्यहरूले केन्द्रको नीति, निर्णय र निर्देशनको आधारमा बोल्नु र काम गर्नुपर्दछ । पार्टीले गरेका निर्णयहरूलाई पालना गर्नुपर्दछ । एक महाधिवेशनदेखि अर्को महाधिवेशन नहुँदासम्म बीचको अवधिसम्म पार्टीका सबै निर्णयहरू मानेर जानुपर्दछ । केन्द्रले गरेको नीर्णयमा ढिलासुस्ती गर्ने, विरोध गर्ने, कुनै सदस्यलाई अधिकार हुँदैन । केन्द्रीय समिति महाधिवेशनप्रति उत्तरदायी हुनुपर्दछ । महाधिवेशनले पारित गरेका नीति अनुसार नै केन्द्रीय समितिले काम गर्नुपर्दछ । महाधिवेशनको कुनै निर्णयलाई उल्लंघन गर्ने केन्द्रलाई अधिकार हुँदैन ।

अल्पमतले आफ्नो मत सुरक्षित राख्ने गरी बहुमतका निर्णयहरू कार्यन्वयन गर्दै जानुपर्दछ । अहिलेको अल्पमत भोलि बहुमत पनि हुन सक्छ । अहिलेको बहुमत भोलि अल्पमत पनि हुन सक्दछ ।

आलोचना र आत्मालोचनाको सिद्धान्त – कम्युनिष्ट पार्टी संगठन, नेता र कार्यकर्ताहरूको कमीकमजोरीलाई आलोचनाको विधिबाट सुधार्न सकिन्छ भन्ने मान्यतामा यसले जोड दिन्छ । आलोचना गर्दा रिसराग र प्रतिशोधपूर्ण रूपमा होइन, बरु कमजोरी सुधार्नका लागि उत्प्रेरणा बढाउनमा ध्यान दिनुपर्छ ।कम्युनिष्ट पार्टीमा पार्टी सदस्यहरूले आफ्ना कमजोरी र समस्याहरूको आफैले समीक्षा गरेर बैठकमा राख्ने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । आफ्ना कमजोरीहरू बैठकमा राखेपछि फेरि त्यस्तो कमजोरी नदोहोर्याउने र असल कम्युनिष्ट सदस्यको रूपमा अघि बढ्ने प्रतिवद्धता गर्ने कुरालाई यो मान्यताले जोड दिन्छ । आत्मआलोचना र आलोचना पार्टी कमिटीलाई फिल्टर गर्ने माध्यम पनि हो । पार्टीमा काम गर्ने क्रममा पार्टी सदस्य या पार्टी नेताहरूबाट गल्ती कमी-कमजोरी हुन सक्छन् । आफूले गरेका गल्ती कमीकमजोरीहरूलाई स्वीकार गर्नुलाई आत्माआलोचना भनिन्छ । आफूले गरेका गल्तीहरूलाई अन्य कुनै सदस्य वा सिंगो समितिले गर्ने आलोचनालाई आलोचना भनिन्छ । आत्मोआलोचना या आलोचना समिति सदस्यहरूको दृष्टिकोण मापन गर्ने एउटा मापदन्ड पनि हो ।कुनै व्यक्ति पार्टीप्रति कति बफादार छ या छैन भन्ने कुरा उसले गर्ने आत्मआलोचनाको शैलीले पनि प्रस्ट पार्दछ । पार्टी सदस्यले पार्टीको हितलाई मात्र नभएर आफ्नै हितको लागि पनि गल्तीहरू गर्नु हुँदैन ।कुनै व्यक्ति पार्टीप्रति कति बफादार छ या छैन भन्ने कुरा उसले गर्ने आत्मआलोचनाको शैलीले पनि प्रष्ट पार्दछ । पार्टी सदस्यले पार्टीको हितलाई मात्र नभएर आफ्नै हितको लागि पनि गल्तीहरू गर्नु हुँदैन ।आलोचना आत्मआलोचना ३ तहका हुन्छन् – मैत्री आलोचना, प्रतिआलोचना र प्रतिषोधात्मक आलोचना। मैत्रीपूर्ण आलोचना आफ्ना समिति या सदस्यहरूको लागि सुधार्न गरिने आलोचना हो । आलोचनाको स्तर हेरेर गर्नुपर्ने हुन्छ ।ध्यान दिनुपर्ने कुरा के हो भने आलोचना गर्न लागेको व्यक्ति कुन स्तरको हो र आलोचना उसले पचाउन सक्छ कि सक्दैन हेरेर मात्र स्तरअनुसारको आलोचना गर्नुपर्ने हुन्छ । आलोचनाले व्यक्ति सुध्रँदै जानुपर्ने पर्दछ ।प्रतिआलोचना भनेको आफ्ना कमजोरीहरु कसैले औँल्याइदियो भने स्वीकार गर्नुको सट्टा उल्टै उसको आलोचना गर्ने प्रवृति हो । प्रतिआलोचना पार्टी संगठनको लागि राम्रो होइन । पार्टी सदस्यहरूले आफ्ना कमजोरीलाई सहर्ष स्वीकार गर्दै जानुपर्दछ र प्रतिआलोचनातिर ध्यान दिनहुँदैन । यसले व्यक्ति स्वयम् र पार्टीको लागि समेत फाइदा गर्दैन । प्रतिशोधात्मक आलोचना परस्पर विरोधी शक्तिहरूलाई गरिने आलोचना हो । खास गरेर यो विरोधीहरुलाई गर्ने आलोचना हो । प्रतिशोधात्मक आलोचना आफू समकक्षका साथीहरूलाई कहिल्यै गर्नुहुँदैन । त्यसो भयो भने साथी या समितिमा यसले नकारात्मक असर पर्न सक्छ ।

अनुशासन र गोपनीयता – अनुशासन र गोपनीयता समय सन्दर्भमा अति सम्वेदनशील विषयहरू हुन् । एउटा व्यक्तिलाई उसको अनुशासनले कति प्रभावित पार्दछ त्यस्तै पार्टी संगठनमा पनि अनुशासन र गोपनीयताले धेरै महत्व राख्दछ । हामी के गरिरहेका छौँ भन्ने कुरा त्यो हाम्रो पार्टीका सदस्यले मात्र नहेरी अरुलेसमेत हेरिरहेका हुन्छन् । सानो अनुशासनको कमीले धेरै मेहनत गरेर बनाएको छवि एकै क्षणमा समाप्त हुन सक्दछ । यो कुरा पार्टीमा पनि लागू हुन्छ । त्यसकारण आफ्नो अनुशासन र पार्टी अनुशासनमा निरन्तर ध्यान दिन जरुरी हुन्छ । जहाँ जे मन लाग्यो त्यही बोल्नु हुँदैन ।गोपनीयता अझ महत्वपूर्ण विषय हो । पार्टीले बाहिर लाने भनेका निर्णय मात्र बाहिर लानुपर्दछ । बाहिर लैजान नमिल्ने पनि बाहिर लगियो भने पार्टीको गेपनीयता भंग हुन्छ । त्यसकारण पार्टीका सबैले तलबाट माथिसम्म अनुशासन र गोपनीयतालाई ध्यान राख्नु पर्दछ ।

पार्टीमा अन्तर्संघर्ष – एउटा जीवित पार्टीमा अन्तरसंघर्ष हुनु जरुरी हुन्छ । पार्टीमा अन्तरसंघर्ष भएन भने त्यो पार्टी जीवित रहन सक्दैन । यद्यपि पार्टीमा हुने अन्तरसंघर्ष पार्टीलाई गति प्रदान गर्ने उदेश्यसहित हुनुपर्दछ ।यसले पार्टीलाई समय सापेक्ष ढंगले रूपान्तरण गर्दै लाने काममा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।त्यसकारण अन्तर्संघर्षलाई पार्टीको जीवनको रूपमा हेर्ने गरेको पाइन्छ।

असल नेता छान्ने सिद्धान्त –  कम्युनिष्ट पार्टीका प्रत्येक सदस्यहरूले संगठनत्मक सिद्धान्तको पालना गर्नुपर्छ । त्यसमा असल नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादीत र सभ्य समाज निर्माणका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरूको छनौट हुनुपर्छ भन्ने यो सिद्धान्तको मूल मान्यता हो । पार्टी संगठनमा नेतृत्व चयनमा केही यस्ता कुराहरूमा ध्यान दिनुपर्दछ।जस्तो कि नेतृत्वमा इमान्दारिता हुनुपर्दछ।उसमा सक्रियता र निरन्तरताको आवश्यकता हुन्छ । नेतृत्वमा समर्पित भावना हुनुपर्दछ।उसमा रचनात्मक क्षमता र कार्यदक्षता हुनु अपरिहार्य हुन्छ।

यसरी जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, अनुशासन र गोपनीयता, पार्टीमा अन्तर्संघर्षनेतृत्व छनौट विधि, आदिको लेनिनवादी संगठनात्मक सिद्धान्तमा सन्तुलनकारी भूमिका रहन्छ ।लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनै पनि कम्युनिष्ट पार्टीलाई अनुशासित बनाउन सकिंदैन भन्ने कुरामा यसले जोड दिएको पाइन्छ।

सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त

लेनिनले आफ्नो क्रान्तिकारी सिद्धान्तमा सर्वहारा वर्गको अधिनायकवादलाई पटक-पटक उल्लेख गरेका छन् । क्रान्तिपछिको शासन व्यवस्थामा सर्वहारा वर्गको अधिनायकवाद स्थापना भएपछि मात्र क्रान्तिको स्थायी परिणाम प्राप्त हुने उनको विश्वास छ, सर्वहारा वर्गको अधिनायकवादबाट मात्र समाजवाद स्थापना हुन सक्छ । जब कम्युनिष्ट पार्टीले क्रान्तिपछि सत्ता हातमा लिन्छ, त्यसले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नेछ, उत्पादनका साधनहरू सार्वजनिक स्वामित्वमा राख्नेछ र आफ्नो सम्पूर्ण शक्ति र राज्यका सबै स्रोत साधनलाई पूँजीवादका सम्पूर्ण अवशेषहरू हटाउन सक्नेगरी प्रयोग गर्नेछ। यसो गरिएन भने परास्त पूँजीपति वर्गले संगठित भएर पुनः सत्तामा आउने प्रयास गर्न सक्छ । वर्गीय विभेद हटेपछि समाज वर्गहीन हुन्छ र राज्य पनि लोप हुन्छ ।

लेनिनले आफ्नो कृति ‘राज्य र क्रान्ति’ मा सर्वहारा क्रान्तिपछिको व्यवस्थाको प्रारूप विस्तृत रूपले प्रस्तुत गरेका छन्। यस सन्दर्भमा उनले आफ्नो राज्य सम्बन्धी विचारहरूको विवेचना गरेका छन्। ‘राज्य र क्रान्ति’ मा क्रान्तिद्वारा बुर्जुवा राज्यलाई नष्ट गरी त्यसको स्थानमा सर्वहारा वर्गको अधिनायकवादी शासनको त्यस्तै रूप हुनेछ, जुन ‘पेरिस कम्युन’ को थियो भन्ने सिद्धान्तको प्रतिपादन गरिएको छ।अर्को शब्दमा भन्नुपर्दा सर्वहारा वर्गको अधिनायकवादी व्यवस्था पेरिस कम्युनको प्रतिलिपि हुनेछ।लेनिनका अनुसार यो व्यवस्थाको प्रतिपादन गर्नमा मार्क्स र एंगेल्सकै विचारको अनुशरण गरिन्छ।

‘राज्य र क्रान्ति’ मा क्रान्तिद्वारा बुर्जुवा राज्यलाई नष्ट गरी त्यसको स्थानमा सर्वहारा वर्गको अधिनायकवादी शासनको त्यस्तै रूप हुनेछ, जुन ‘पेरिस कम्युन’ को थियो भन्ने सिद्धान्तको प्रतिपादन गरिएको छ।

मार्क्सद्वारा प्रतिपादित सर्वहारा वर्गको अधिनायकवादको अवधारणालाई लेनिनले नयाँ रूप दिने प्रयास गरेका छन् । लेनिनले सर्वहारा वर्गको अधिनायकत्वको स्थानमा कम्युनिष्ट पार्टीको अधिनायकत्वको व्यवस्था गरेका छन् । लेनिनको विश्वास थियो कि मजदूरहरूमा न त क्रान्तिकारी भावना हुन्छ न त क्रान्ति आउँदा त्यसलाई नियन्त्रण गर्ने र सञ्चालन गर्ने क्षमता हुन्छ । व्यावसायिक क्रान्तिकारीहरूको सुव्यवस्थित, अनुशासित र क्रान्तिको जानकार अल्पसंख्यक समूहले मात्र यो काम गर्न सक्छ। यसका लागि पार्टीले अधिनायकवाद स्थापना गर्नुपर्छ । लेनिनले यसलाई सर्वहारा वर्गको अधिनायकवाद भनेका छन् तर यथार्थमा यो सर्वहारा वर्गमाथि स्थापित हुने कम्युनिष्ट पार्टीको अधिनायकत्व हो । लेनिनले श्रमजीवी वर्गको अधिनायकत्वलाई दुई भागमा बाँडेर दुवै चरणमा प्रयोग गरे ।लेनिनले सर्वहारा वर्गको अधिनायकत्वलाई सर्वहारा क्रान्तिको साधन र  संक्रमणकालीन राज्यको रूपमा प्रस्तुत गरेका छन्। सर्वहारा वर्ग वा सर्वहारा क्रान्तिको साधनको रूपमा सर्वहारा वर्गको अधिनायकत्व नै क्रान्तिको प्रगति र सफलताको आधार हो। सर्वहारा वर्गको अधिनायकत्वलाई औजारका रूपमा स्वीकार गर्दै लेनिनले यसको उद्देश्य सबैभन्दा पहिले शोषक (पूँजीवादी) लाई परास्त गर्नु र श्रमिक क्रान्तिलाई प्राप्त र पूरा गर्नु हो भनी बताएका छन् । लेनिनले भनेका छन् – “श्रमिक वर्गको अधिनायकत्व त्यो शक्ति हो, जसले सर्वहारा वर्गमा पूँजीवादी शक्तिलाई जाँच्छ र आफ्नो विजय सुनिश्चित गर्छ ।” लेनिनले थप भनेका छन्– “सर्वहारा वर्गको अधिनायकत्व सर्वहारा क्रान्तिहरूमध्येको एउटा औजार हो । यसको उद्देश्य भनेको शोषकहरूको प्रतिरोधलाई दबाउनु र श्रमिक क्रान्तिलाई सफल बनाउनु र त्यसलाई पूरा गर्नु हो।”  लेनिनका अनुसार श्रमजीवी वर्गको अधिनायकत्वबिना पूँजीवादी वर्गलाई परास्त गरेर क्रान्तिको स्थायी परिणाम दिन सकिंदैन। यस्तो अवस्थामा पूँजीपति वर्गले अवसर पाउने बित्तिकै सर्वहारा शासनलाई पल्टाउन सक्छ । त्यसैले क्रान्तिको परिणामलाई स्थायी बनाउन सर्वहारा वर्गको अधिनायकत्व आवश्यक छ ।लेनिनले सर्वहारा वर्गको अधिनायकत्व क्रान्तिको साधन मात्र नभएर मजदूर वर्गलाई शक्तिशाली पूँजीवादी वर्गको विरुद्धमा संगठित गर्नु पनि यसको कार्य हो भनी बताउँछन् । लेनिनले लेखेका छन् – “सर्वहारा वर्गको अधिनायकत्व पुरानो समाजको शक्ति र परम्परा विरुद्धको निरन्तर संघर्ष हो, जुन हिंसात्मक र अहिंसात्मक, आर्थिक र सैन्य, शैक्षिक र प्रशासनिक पनि छ, जुन पूँजीवादको पूर्ण विनाश र साम्यवादको स्थापना हुने ऐतिहासिक युग हो ।

लेनिन के स्पष्ट गर्न चाहन्छन् भने क्रान्तिसँगै राज्यको अन्त हुनेछैन।र, साम्यवादको स्थापना हुने बेलासम्मको संक्रमणकालीन अवस्थामा राज्यलाई सर्वहारा वर्गको अधिनायकत्वको व्यवस्थाका रूपमा स्थापित गर्नुपर्दछ।

लेनिन क्रान्तिपछिको व्यवस्थाको सम्बन्धमा दुइवटा कुरा मुख्य रूपले स्पष्ट गर्न चाहन्छन् – सर्वहाराद्वारा बुर्जुवा राज्यको अन्त क्रान्तिसँगै सम्पन्न हुन्छ। लेनिनका अनुसार ‘राज्यको विलोप’ क्रान्तिको तुरुन्तै पछि संभव छैन। यसको लागि अझ धेरै समयको आवश्यकता हुन्छ। अर्को कुरा के हो भने बुर्जुवा राज्यको अन्त र साम्यवादी समाजको स्थापनाको बीचको स्थितिमा सर्वहारा वर्गको अधिनायकवादी शासन स्थापित गरिनेछ।मार्क्सले पनि गोथा कार्यक्रमको आलोचनामा यसैप्रकारको संक्रमणकालीन व्यवस्था अर्थात् सर्वहारा वर्गको अधिनायकत्वको प्रतिपादन गरेका हुन्।

यसरी लेनिन के स्पष्ट गर्न चाहन्छन् भने क्रान्तिसँगै राज्यको अन्त हुनेछैन।र, साम्यवादको स्थापना हुने बेलासम्मको संक्रमणकालीन अवस्थामा राज्यलाई सर्वहारा वर्गको अधिनायकत्वको व्यवस्थाका रूपमा स्थापित गर्नुपर्दछ।लेनिनका अनुसार सर्वहारा वर्गको अधिनायकवादी शासनको आफ्ना विशेषताहरू हुन्छन्।यो शासन अस्थायी हुनेछ।यसमा मानिसद्वारा मानिसको शोषणको अन्त हुनेछ। राज्यको बाध्यकारी शक्तिको अझै पनि प्रयोग गरिनेछ, अब केवल यति अन्तर हुन्छ कि यो शक्तिको प्रयोग अल्पसंख्यक शोषक वर्गद्वारा नगरेर बहुसंख्यक सर्वहाराद्वारा गरिनेछ। सम्पत्तिको भेदभाव अझै पनि समाजमा रहिरहनेछ र व्यक्तिलाई उसको कार्यअनुसार पारिश्रमिक दिइनेछ, उसको आवश्यकता अनुसार होइन।लेनिनकै शब्दमा, संक्रमणकालीन राज्य एक बुर्जुवा राज्य नै हुनेछ, जसमा बुर्जुवा वर्गको अस्तित्त्व हुनेछैन।सर्वहारा वर्गको अधिनायकत्वले जनताको लागि पहिलो पटक जनतन्त्रको स्थापना गर्नेछ। यो जनतन्त्र संसदीय प्रणालीको हुनेछैन किनकि संसदीय शासन बुर्जुवा प्रजातन्त्रकै अर्को नाम हो।बुर्जुवा लोकतन्त्र झुटो र पाखण्डी हुन्छ।यो धनीहरूलाई स्वर्ग तर गरीबहरूको लागि बन्धन एवं धोका हो।तर सर्वहारावर्गीय शासन जनतन्त्रकै अर्को नाम हो।

लेनिनले सन् १९१७ को क्रान्तिलाई आधार बनाएर सर्वहारा वर्गको अधिनायकवादलाई साधनको रूपमा प्रयोग गरेका थिए । केरेन्स्की सरकारको पतनपछि सर्वहारा वर्गको अधिनायकत्व स्थापित नभएको खण्डमा विदेशी पूँजीपतिहरूको सहयोगमा रूसमा प्रतिगामी शक्तिहरूले पुरानो पूँजीवादी सरकारको पुन: स्थापना गर्न सक्थे। सन् १९१७ को सर्वहारा क्रान्तिपछि पनि रूसमा लामो समयसम्म सर्वहारा वर्गको अधिनायकत्व कायम रह्यो र पूँजीवादी शक्तिहरूले शिर उठाउन सकेनन् ।सर्वहारा वर्गको अधिनायकवादलाई संक्रमणकालीन राज्य वा पूँजीपति वर्गमाथि शासन गर्ने राज्यको रूपमा व्याख्या गर्दै लेनिनले भनेका थिए – श्रमजीवी वर्गको अधिनायकत्व भनेको यस्तो संगठन हो, जसमा एउटा वर्ग (श्रमिक वर्ग) ले अर्को (पूँजीपति वर्ग) माथि आफ्नो नियन्त्रण स्थापित गरेर हावी हुन्छ। त्यसैले यो पूँजीवादी व्यवस्थासँग मिल्दोजुल्दो छ । तर यी दुईबीचको भिन्नता के हो भने पूँजीवादी व्यवस्थामा अल्पसंख्यक वर्ग (पूँजीवादी वर्ग) ले बहुसंख्यक वर्ग (श्रमिक वर्ग) को शोषण गर्दथे, तर सर्वहारा वर्गको अधिनायकत्वमा बहुसंख्यक वर्ग (श्रमिक वर्ग) ले अल्पसंख्यक वर्ग (पूँजीवादी वर्ग) माथि शासन गर्दछन्। यो संक्रमणकालीन अवस्थामा श्रमिक सर्वहारा अधिनायकत्व बल प्रयोग गरेर यसको प्रतिरोधी शक्तिहरूलाई कुल्चन बाध्य हुन्छ। हारेको पूँजीपतिको मन घाईते सर्पको जस्तै हुन्छ । अवसर पाए लगत्तै आफ्नो हराएको शक्ति र प्रतिष्ठा प्राप्त गर्न उनीहरू आतुर छन् । त्यसैले यो सङ्क्रमणकालीन अवस्थामा सर्वहारा वर्गले पूँजीपतिहरूको शक्तिलाई दबाउन र नयाँ समाज निर्माण गर्न आफ्नो शक्ति प्रयोग गर्नुपर्छ। लेनिनले यो चरण लामो चरण हो भनेका छन् । यसमा मजदूर वर्गले आफ्ना विरोधीहरूलाई दबाउन लामो सङ्घर्ष गर्नुपर्छ। उसले आफ्नो निरंकुश शक्तिलाई वास्तविक साम्यवादतर्फ अघि बढाउन प्रयोग गर्नुपर्नेछ। यो व्यवस्था सर्वहारा वर्गको अधिनायकत्व हो । तसर्थ  श्रमिक वर्गको अधिनायकत्व प्रत्यक्ष रूपमा शक्तिमा आधारित हुन्छ र पूँजीवादको विनाशको लागि प्रयोग गरिन्छ।

वास्तविक जनतन्त्र र यसको माध्यमबाट नै पूँजीवादी अवस्थाको समाप्तिबाट साम्यवादको स्थापनाको लागि बीचको संक्रमण काल पार गर्न सकिन्छ। लेनिनका अनुसार श्रमिकको लागि पूँजीपतिहरूबाट मुक्ति पाउने संघर्षमा जनतन्त्रको धेरै महत्व हुन्छ।तर जनतन्त्र त्यस्तो सीमा होइन, जसको सीमा उल्लंगन नगरियोस्, सामन्तवादबाट पूँजीवाद र पूँजीवादबाट समाजवादको मार्गमा आउने विकासको अवस्थामा जनतन्त्र एक अवस्था हो।सर्वहारा अधिनायकत्व त्यो शक्ति हो, जसले सत्ता बुर्जुवा वर्गबाट जितेर आफ्नो हातमा लिन्छन् र जसको प्रयोग उनीहरू बुर्जुवा वर्गको विरुद्ध गर्दछन्।लेनिनका अनुसार सर्वहारा वर्गको अधिनायकत्व पुरानो समाजको शक्ति र परम्पराको विरूद्ध एक निरन्तर चल्ने संघर्ष हो।यो संघर्ष रक्तपातपूर्ण र रक्तपातविहीन, हिंसात्मक र शान्तिपूर्ण, आर्थिक र सैन्यवादी तथा शिक्षात्मक र प्रशासकीय पनि हुनसक्दछ। यो शक्ति विधिबाट अनियन्त्रित हुन्छ।लेनिनका अनुसार सर्वहारा वर्गीय जनतन्त्रलाई चलाउनको लागि एकदलीय व्यवस्था आवश्यक हुन्छ। संक्रमणकालीन समाजमा र त्यसपछि पनि एकभन्दा बढी दलको आवश्यकता रहँदैन, किनभने परस्परविरोधी राजनीतिक दल विभिन्न आर्थिक वर्गहरूका प्रतीक हुन्छन्।लेनिनका अनुसार जसरी एउटा व्यक्तिको लागि एउटै शिर आवश्यक हुन्छ, त्यसैगरी समाजमा एकै दलको आवश्यकता हुन्छ, योभन्दा बढी होइन।

लेनिनले क्रान्तिपछि सर्वहारा वर्गको अधिनायकवादको शासन हुने कुरा प्रतिपादनपछि संक्रमणकालीन राज्यको प्रशासन संचालनका विभिन्न व्यवस्थाहरूको पनि वर्णन गर्दछन्। सन् १९१७ को क्रान्तिको अवसरमा लेनिनले ‘सोभियतहरूलाई सम्पूर्ण शक्ति’ को जुन नारा लगाएका थिए, पछि सोभियतलाई पछाडि धकेलेर उनी दलीय शासनलाई अगाडि ल्याउँदछन्।क्रान्ति पहिले लेनिन प्रशासनको खासै आवश्यक ठान्दैनथिए र सामान्य मान्छेले पनि यो संचालन गर्न सक्दछ भन्ने ठान्थे।तर संक्रमणकालीन राज्यको व्याख्या गर्दा लेनिनका विचारमा परिवर्तन देखियो।समाजवादको संक्रमणको लागि विशेषज्ञहरूको आवश्यक पर्ने देखियो।विशेषज्ञ मूलतः बुर्जुवावादी हुन्छन् तर पनि संक्रमण कालमा उनीहरूको आवश्यकता हुनेछ।लेनिनका अनुसार राज्यको संगठनको कार्यको लागि राज्य र व्यवसायको अनुभव भएका मानिसहरूको आवश्यकता हुन्छ ।

लेनिन सर्वहारा वर्गको अधिनायकवाद सम्बन्धी विचारको विश्लेषणपछि निम्न निष्कर्ष निकाल्न सकिन्छ – जब पूँजीपति वर्गलाई सत्ताहीन गरिन्छ, तब उसको प्रतिरोधको शक्ति कैयौं गुना बढ्दछ र त्यसपछि यो शोषक वर्गलाई नियन्त्रण गर्नु र यिनीहरूको क्रान्तिविरोधी चेष्टालाई रोक्नु आवश्यक हुन्छ।सर्वहारा वर्गको अधिनायकत्वको उद्देश्य नवीन सामाजिक एवं आर्थिक व्यवस्थाको संगठन गर्नु हो।यो उद्देश्य पूर्तिको लागि एक कठोर, सुसंगठित दलको आवश्कयता हुन्छ। लेनिनको यो सिद्धान्तले एकातिर सर्वहारा वर्गको नाममा बुर्जुवा दमनको लागि दलको असीम शक्ति प्रदान गरेका छन् भने अर्कोतिर श्रमिक वर्गका सदस्यहरूमाथि पनि अधिनायकवादी शक्तिको प्रयोग गर्ने अधिकार पार्टी नेताहरूमा प्रदत्त गरेका छन्।लेनिनका अनुसार सर्वहारा वर्गको अधिनायकत्व एक राज्य हो र राज्य भएको नाताले त्यो एउटा वर्गको हातमा अर्को वर्गको साधन हो – श्रमिक वर्गको हातमा बुर्जुवा दमनको साधन हो र जबसम्म सर्वहारा वर्गीय अधिनायकत्व एक राज्य हो, तबसम्म स्वतन्त्रता र प्रजातन्त्रको प्रश्न नै खडा हुँदैन।

मजदूर-किसान गठबन्धन

मजदूर-किसान गठबन्धन सोभियत राज्य र सर्वहारा वर्गको अधिनायकत्वको मेरुदण्ड थियो।सन् १९०५ देखि फेब्रुअरी १९१७ सम्मको अवधिमा रूसमा क्रान्तिकारी आन्दोलनको मुख्य उद्देश्य जारको राजतन्त्र र कुलीन जमिनदारहरूद्वारा किसानमाथिको सामन्ती दमनको अन्त्य गर्नु थियो। त्यस अवधिमा बोल्सेविक पार्टीको रणनीति पूँजीवादी वर्गलाई अलग पार्दै जमिनदार र जारशाही राज्यका विरुद्धमा सबै किसानहरूसँग मिलेर सर्वहारा वर्गको गठबन्धन बनाउने थियो।जारको राजतन्त्रको पतन पछि  फेब्रुअरीदेखि अक्टोबर १९१७ सम्मको अवधिमा वर्ग संघर्षको मुख्य उद्देश्य रूसको साम्राज्यवादी वर्चस्वको अन्त्य गर्नु र पहिलो विश्वयुद्धबाट देशलाई फिर्ता लिनु थियो। पार्टीको रणनीति गरीब किसानहरूसँग हात मिलाएर पूँजीपति वर्गको विरुद्धमा उनीहरूसँगको गठबन्धनलाई बलियो बनाउने थियो। साथै साम्राज्यवादसँगको सम्झौता स्वीकार गर्न किसानलाई परिचालन गर्न खोज्ने निम्न पूँजीपति वर्गका दलहरूलाई अलग गर्नु पनि थियो।

जबसम्म गृहयुद्ध चलिरह्यो, गरीब र मध्यम किसानहरूले राज्यबाट आफ्नो सम्पूर्ण अतिरिक्त उत्पादन लिने राज्य-विनियोजनको नीतिलाई स्वीकार गरे । एक पटक शान्ति पुनर्स्थापित भएपछि, तिनीहरूबीच मतभेद देखा पर्न थाल्यो।

अक्टोबर क्रान्तिको विजयपछि साम्राज्यवादी सशस्त्र हस्तक्षेपको अवधिमा मजदूर–किसान गठबन्धन निश्चित समझदारीमा आधारित थियो । किसानहरूले सोभियत सरकारबाट जमिन  साथै जमिन्दारहरू र कुलकहरूबाट संरक्षण पाएका थिए र मजदूरहरूले अतिरिक्त-विनियोजन प्रणाली अन्तर्गत किसानहरूबाट खाद्य पदार्थ प्राप्त गर्थे।जबसम्म गृहयुद्ध चलिरह्यो, गरीब र मध्यम किसानहरूले राज्यबाट आफ्नो सम्पूर्ण अतिरिक्त उत्पादन लिने राज्य-विनियोजनको नीतिलाई स्वीकार गरे । एक पटक शान्ति पुनर्स्थापित भएपछि, तिनीहरूबीच मतभेद देखा पर्न थाल्यो। सन् १९२० को दशकको उत्तरार्धमा जब गृहयुद्ध समाप्त भयो र जमिन्दारहरू फर्कने खतरामा थिएनन्, धेरै किसानहरूले आफ्नो सम्पूर्ण अतिरिक्त उत्पादन राज्यलाई हस्तान्तरण गरेकोमा असन्तुष्टि व्यक्त गर्न थाले।

बोल्सेभिक पार्टीले अतिरिक्त-विनियोजन प्रणाली र “युद्ध साम्यवाद” को शासनलाई करको रूपमा प्रतिस्थापन गर्ने समय आएको महसुस गर्यो। अतिरिक्त-उत्पादनको एक अंश राज्यले लिने भएकोले, किसानहरूलाई उनीहरूको इच्छाअनुसार आफ्नो अतिरिक्त उत्पादनको ठूलो हिस्सा प्रयोग गर्न अनुमति दिइयो। यो कदम किसानहरूलाई उनीहरूको उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने योजनालाई सुदृढ पार्ने दिशामा एक अर्थपूर्ण कदम थियो। यसरी नयाँ प्रणालीले कृषिलाई पुनरुत्थान गर्ने, उद्योगको विकासका लागि आवश्यक अनाज र औद्योगिक बालीहरूको विस्तार गर्ने, सामानको आवतजावतलाई पुनर्जीवित गर्ने र शहरहरूमा खाद्यान्न आपूर्तिमा सुधार गर्ने लक्ष्य राखेको छ। सन् १९२१ को मार्चमा सम्पन्न पार्टीको दशौं महाधिवेशनले अनुमोदन गरेको नयाँ आर्थिक नीति (NEP) को मुख्य विशेषताहरूमध्ये यो एउटा थियो।यो नयाँ आर्थिक नीतिले शहर र ग्रामीण इलाकाबीचको व्यापारमा निजी उद्यमको विकासमा डोर्‍याउनेछ र त्यस हदसम्म पूँजीवादविरुद्धको सर्वहारा सङ्घर्षको रूपमा काम गर्नेछ भनी बोल्सेभिक पार्टीलाई थाहा थियो र यसलाई खुलेर स्वीकार गरिएको थियो। लेनिनले पार्टीको लागि, सर्वहारा अग्रदस्ताको लागि यो आर्थिक नीतिलाई सुनियोजित रूपमा व्यवस्थित गर्न आवश्यक छ भनेर व्याख्या गरे ताकि मध्यम किसानहरूमा समर्थन गुमाउने जोखिम नहोस्।

मध्यम किसानहरूमाथि विजय

मार्क्सवादको विज्ञानद्वारा निर्देशित बोल्सेविक पार्टीले उत्पादनको सम्बन्धमा उनीहरूको स्थानको आधारमा किसानका विभिन्न तहहरूबीचको भिन्नतालाई मान्यता दियो। विशेषगरी बहुसंख्यक मेहनती किसान र अल्पसंख्यक धनी किसानबीचको भिन्नता रहेको तथ्यलाई लेनिनले स्वीकार गरे। त्यस्ता धनी किसानहरू, जो धेरै जग्गाको स्वामित्वमा छन् र खेतीपातीका लागि कामदारहरूमा निर्भर छन् – तिनीहरूको सोच अन्य गरीब किसानहरूको मानसिकता भन्दा फरक थियो।अधिकांश मजदूर किसानहरू मध्यम वर्गका किसान र गरीब किसानहरू थिए। गरीब किसानहरू ती थिए, जसले आफ्नो परिवारको पालनपोषण गर्न परिवारको सदस्यले कमाएको ज्याला आम्दानीसँग आफ्नो थोरै कृषि आम्दानी जोड्नुपर्थ्यो। मध्यम किसानहरू उनीहरू थिए, जसले आफ्नो परिवारको श्रमबाट आफ्नो परिवारको आवश्यकताहरू पूरा गर्न सक्षम थिए।समाजवाद निर्माणको प्रारम्भिक चरणमा बोल्सेभिक पार्टीले आफ्नो कार्यक्रमलाई सफल बनाउन मध्यम किसानको समर्थन जित्ने कार्यमा विशेष ध्यान दिएको थियो। मार्च १९१९ मा दिएको भाषणमा लेनिनले मध्यम किसानको बारेमा निम्न कुरा भनेका थिए: “यदि हामीले आजको पूँजीवादको युगसँग तुलना गर्ने हो भने यस प्रकारको मध्यम किसान कम थियो, किनभने पूँजीवादको युगमा अधिकांश किसान गरीबको वर्गमा थिए र अहिलेको जस्तै थोरै अल्पसंख्यकहरू मात्र थिए। कुलक, शोषक, धनी किसानको वर्गमा थियो। “जमिनको निजी स्वामित्वको उन्मूलन भएपछि मध्यम किसानहरूको संख्या बढ्दै गएको छ, र सोभियत सरकारले उनीहरूसँग पूर्ण शान्ति र सद्भावको सम्बन्ध स्थापना गर्न कुनै पनि हालतमा दृढतापूर्वक संकल्प गरेको छ। मध्यम किसानले तुरुन्तै समाजवादलाई स्वीकार गर्न सक्दैन भन्ने तथ्यलाई पनि नकार्न सकिँदैन, किनभने उसले आफूलाई अभ्यस्त भएको कुरा दृढतापूर्वक धारण गर्छ। उनीहरू सबै नयाँ विचारहरूप्रति सजग हुन्छन्। उनीहरू सबै नयाँ विचार र आविष्कारहरूको तथ्यपरक, व्यावहारिक परीक्षण खोज्छन् – परिवर्तन जीवनको लागि लाभदायक हुनेछ भनेर विश्वस्त नभएसम्म उनीहरू आफ्नो जीवनको मार्ग परिवर्तन गर्ने निर्णय गर्दैनन्।’‘त्यसैले हामी कम्युनिष्टले मजदूरहरू ग्रामीण जिल्लामा जाँदा मध्यम किसानसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्ने प्रयास गर्नुपर्छ, सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्नु उनीहरूको कर्तव्य हो भन्ने नियम हामीले जान्नुपर्छ, बुझ्नुपर्दछ र व्यवहारमा उतार्नुपर्छ । अरूको श्रमको शोषण नगर्ने मेहनती किसानहरू शहरी मजदूरका साथी हुन् र हामीले उनीहरूसँग इमान्दारी र विश्वासबाट प्रेरित स्वैच्छिक गठबन्धन स्थापना गर्नुपर्छ र यो सम्भव छ भन्ने कुरा उनीहरूले बुझ्नुपर्दछ। कम्युनिष्ट सरकारले प्रस्ताव गरेको हरेक उपायलाई मध्यम किसानहरूका बीचमा सल्लाह, सुझाव, नयाँ व्यवस्थालाई स्वीकार गर्ने निमन्त्रणाका रूपमा मात्र लिनुपर्छ।”यी उपायहरूलाई व्यवहारमा परीक्षण गर्ने काममा सहकार्य गरेर, तिनीहरू कसरी गलत धारणाबाट प्रेरित छन् भन्ने पहिचान गरेर, सम्भावित त्रुटिहरू सच्याउन र औसत कृषकसँग साझा समझदारी निर्माण गर्ने उद्देश्यका साथ काम गरेर मात्र यसरी श्रमिकहरू बीचको गठबन्धन र किसानको सहयोगले मात्रै किसानलाई बलियो र सुनिश्चित गर्न सकिन्छ । यो गठबन्धन मुख्य शक्ति र सोभियत शक्तिको बलियो आधार हो। यो गठबन्धनबाट समाजवादी रूपान्तरण सफल हुन्छ, पूँजीको विजय हुन्छ र सबै प्रकारका शोषणको अन्त्य हुन्छ ।

सर्वहारा वर्ग र श्रमिक किसानबीचको भरपर्दो दीर्घकालीन गठबन्धनको विरोध गर्ने अवसरवादीहरूको नेतृत्वमा रहेका गुटहरू विरुद्ध पार्टीभित्रको लामो सङ्घर्षपछि मात्र यो नयाँ आर्थिक नीति अपनाइएको थियो। 1921 मा भएको पार्टीको दशौं महाधिवेशनपछि नयाँ आर्थिक नीतिको शुद्धता पहिलो वर्षमै प्रमाणित भयो । यसको ग्रहणले मजदूर र किसानहरू बीचको गठबन्धनलाई नयाँ आधारमा निर्माण र सुदृढ गर्न धेरै मद्दत मिल्यो। मजदूर वर्गको अधिनायकत्व बलियो र शक्तिशाली हुँदै गयो । मध्यम किसानहरूले सोभियत सरकारलाई कुलकहरूको गुट विरुद्ध लड्न मद्दत गरे। कृषि क्षेत्रमा निरन्तर विकास भयो । उद्योग र रेलवेले आफ्नो पहिलो सफलता दर्ता गर्न सके। आर्थिक पुनरुत्थान शुरु भयो। मजदूर र किसानहरूले पार्टी सही बाटोमा छ भन्ने कुरा बुझे र अगाडि बढे।

विश्व क्रान्तिको आधार

लेनिन र बोल्सेभिक पार्टीले सधैं रूसमा सर्वहारा क्रान्तिको विजयलाई विश्व मञ्चमा समाजवाद र साम्यवादको प्रगति र अन्तिम विजयको सङ्घर्षको एउटा पाइलाको रूपमा लिएका थिए।साम्राज्यवादको परिस्थितिमा विभिन्न पूँजीवादी देशहरूको असमान विकास, सबै ठूला अन्तरविरोधहरूको तीव्रता र सबै देशहरूमा क्रान्तिकारी आन्दोलनहरूको विकासले हरेक देशमा सर्वहारा वर्गको विजय सम्भव बनाएको हो। विजयी देशका मजदूर वर्गले श्रमजीवी बहुसंख्यक जनतासँग गठबन्धन गरेर आफ्नो शक्तिलाई सुदृढ गर्न र समाजवादको निर्माण गर्न सक्छन् । साथै पूँजीवादको पुनर्स्थापना विरुद्ध सुनिश्चित रूपमा समाजवादको पूर्ण र अन्तिम विजयका लागि कम्तीमा धेरै देशहरूमा सर्वहारा क्रान्तिको विजय आवश्यक छ। यी सैद्धान्तिक निष्कर्षहरूको आधारमा  लेनिनले विजयी क्रान्तिको कार्यलाई यसरी व्यक्त गरे – “सबै देशमा क्रान्तिको विकास, समर्थन र जागरण गर्न एउटै देशमा सम्भव भएसम्म गर्नुपर्दछ ।” सोभियत संघ पूँजीपति वर्ग विरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको स्वतन्त्र आधारको रूपमा उभिएको छ। यो साम्राज्यवाद विरुद्धको संघर्षमा सबै उत्पीडित राष्ट्र र जनताको सबैभन्दा भरपर्दो समर्थकको रूपमा उभिएको छ।

मार्क्सवाद-लेनिनवादको विज्ञानद्वारा निर्देशित मजदूर वर्गको संघर्षलाई अगाडि बढाउन एउटै लाइनको समर्थनमा धेरै देशका कम्युनिष्ट पार्टीहरूको वैचारिक-राजनीतिक एकताको विकासमा कोमिन्टर्नले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

समाजवादी सोभियत संघले विश्व क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिकाहरू मध्ये एक मार्च १९१९ मा तेस्रो कम्युनिस्ट इन्टरनेशनल, जसलाई कोमिन्टर्न पनि भनिन्छ, गठन गर्नु थियो। यो समय थियो, जब रुसी क्रान्तिको विजयले अन्य यूरोपेली देशका मजदूर वर्गलाई विशेष गरी प्रथम विश्वयुद्धमा पराजित भएका मजदूर वर्गलाई प्रेरित गरेको थियो। जर्मनी, अस्ट्रिया र हंगेरीमा क्रान्तिकारी आन्दोलन चर्किरहेको थियो। बिभिन्न देशमा नयाँ कम्युनिष्ट पार्टीहरू बनिरहेका थिए । साम्राज्यवादको प्रतिक्रियावादी आक्रमणको सामना गर्न सबै देशका मजदूर वर्गको परामर्श र समन्वयात्मक कार्यको तत्काल आवश्यकता थियो । कोमिन्टर्नको पहिलो महाधिवेशनमा विभिन्न १९ देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । लेनिनले पूँजीवादी जनवाद र सोभियत व्यवस्थाको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कंग्रेसले सबै देशका मजदूर वर्गका लागि एउटा घोषणापत्र पारित गर्‍यो र उनीहरूलाई सर्वहारा वर्गको अधिनायकत्व र विश्वभर सोभियतहरूको विजयको लागि दृढ सङ्घर्ष गर्न आह्वान गर्‍यो। सन् १९२० मा बोलाइएको कोमिन्टर्नको दोस्रो महाधिवेशनमा ३७ देशका प्रतिनिधिहरूले भाग लिएका थिए।

मार्क्सवाद-लेनिनवादको विज्ञानद्वारा निर्देशित मजदूर वर्गको संघर्षलाई अगाडि बढाउन एउटै लाइनको समर्थनमा धेरै देशका कम्युनिष्ट पार्टीहरूको वैचारिक-राजनीतिक एकताको विकासमा कोमिन्टर्नले महत्त्वपूर्ण भूमिका खेलेको थियो। समाजवादका लागि सर्वहारा वर्गको अन्तर्राष्ट्रिय सङ्घर्षको विकासलाई सरांश पेश गर्दै लेनिनले अप्रिल १९१९ मा लेखे – “पहिलो अन्तर्राष्ट्रियले समाजवादका लागि सर्वहारा, अन्तर्राष्ट्रिय सङ्घर्षको जग बसायो।”दोस्रो अन्तर्राष्ट्रियले एक यस्तो अवधिलाई चित्रित गर्यो, जसमा धेरै देशहरूमा आन्दोलनको व्यापक विस्तारको लागि आवश्यक अवस्थाहरू सिर्जना गरिएको थियो। “तेस्रो इन्टरनेशनलले दोस्रो इन्टरनेशनलको कामको परिणाम एकत्रित गरेको छ, आफ्नो अवसरवादी, सामाजिक-अन्धराष्ट्रवादी, पूँजीवादी र निम्न-पूँजीवादी फोहोरलाई त्यागेको छ र सर्वहारा वर्गको अधिनायकत्व लागू गर्न थालेको छ।”विश्वको सबैभन्दा क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने दलहरूको अन्तर्राष्ट्रिय गठबन्धन, पूँजीको दासत्व र बोझलाई हटाउन मजदूर वर्गको आन्दोलन, अब अभूतपूर्व रूपमा बलियो आधारमा टिकेको छ।”

मार्क्सवादको विकासमा लेनिनको योगदान 

मार्क्सवादलाई समकालीन र सान्दर्भिक बनाउन लेनिनले धेरै प्रयास गरे। उनले रूसी परिस्थिति अनुसार मार्क्सवादलाई परिमार्जन गरे। लेनिनको सिद्धान्तलाई रूसी संस्करणको मार्क्सवाद भन्ने गरेको पाइन्छ। उनी मार्क्सका सच्चा अनुयायी भएकाले मार्क्सवादको सिर्जनात्मक विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले यसरी मार्क्सवादको विकास गर्दा मार्क्सवादी सिद्धान्तको आत्मालाई मर्न दिएनन्। मार्क्सवादमा उनले गरेका परिमार्जनहरूलाई यसरी पनि उल्लेख गर्न सकिन्छ –

क्रान्तिको सिद्धान्तमा संशोधन – लेनिनले मार्क्सको क्रान्तिको सिद्धान्तमा पनि केही परिवर्तन गरेका छन् । पूँजीवादी व्यवस्थाको विकास भएको अवस्थामा मात्र क्रान्ति सम्भव छ भन्ने मार्क्सको विश्वास थियो । तर लेनिनले रूस जस्तो पिछडिएको देशमा पनि क्रान्ति हुनसक्छ भनेर प्रमाणित गरे । लेनिनले सन् १९१७ को क्रान्तिलाई सफल बनाएर रूसजस्तो औद्योगिक रूपमा पिछडिएको मुलुकमा क्रान्तिको सिद्धान्त लागू गरे ।त्यसैगरी लेनिनले क्रान्तिको माध्यममा पनि परिवर्तन ल्याए । मार्क्सका अनुसार श्रमिक वर्गले पूँजीवाद विरुद्ध क्रान्तिको हतियारको रूपमा काम गर्नेछ भन्ने थियो । तर लेनिनले यसको बदला सफल क्रान्तिको लागि अनुशासित र प्रशिक्षित कम्युनिष्टलाई महत्त्व दिए। पूँजीपतिले आम मजदूरलाई प्रलोभनमा पार्न र किन्न सक्ने र समाजवादको बाटो अवरुद्ध गर्न सक्ने उनको भनाइ छ । पूँजीपतिहरूसँग राज्यको सशस्त्र बल छ त्यसकारण उनीहरूले क्रान्तिलाई दबाउन सक्छन्। त्यसैले क्रान्तिलाई सफल बनाउन व्यावसायिक (पेशेवर) क्रान्तिकारी हुनु आवश्यक छ ।

 

सर्वहारा वर्गको अधिनायकत्व – लेनिनले मार्क्सको सर्वहारा वर्गको अधिनायकत्वको स्थानमा कम्युनिष्ट पार्टीको अधिनायकत्व स्थापना गरेका छन् । श्रमिक क्रान्तिपछि सरकार र सत्तामा सर्वहारा वर्गको अधिनायकत्व कायम हुनुपर्छ भन्ने मार्क्सको विचार थियो । लेनिनले मजदूरमा क्रान्तिकारी भावनाको अभाव भएको बताए । उनीहरूलाई संगठित गर्न पेशेवर क्रान्तिकारीहरूको कम्युनिष्ट पार्टीले उचित मार्गदर्शन दिएर नियन्त्रण गर्न सक्छ । सन् १९१७ को क्रान्तिपछि लेनिनले सर्वहारा वर्गको अधिनायकवादको स्थानमा कम्युनिष्ट पार्टीको अधिनायकत्व स्थापना गरे ।

आर्थिक निर्धारणवादको विरोधाभास – मार्क्सले विश्वको हरेक घटनाको पछाडि द्वन्द्वात्मक प्रक्रियामा विश्वास गर्थे।उनले आर्थिक निर्धारणवादमा जोड दिएर भने कि हामीले प्रयास गरौं वा नगरौं, पूँजीवादको आन्तरिक अन्तरविरोधका कारण यसको पतन अपरिहार्य छ।तर लेनिनले मानव प्रयासलाई महत्व दिए।उनका अनुसार मानवीय प्रयासले मात्र हामीले इतिहासको लहरलाई मोडेर अपेक्षित परिणाम प्राप्त गर्न सक्दछौं । लेनिनका अनुसार पूँजीवाद आफैं ध्वस्त हुँदैन। यसका लागि सशस्त्र र संगठित क्रान्तिको माध्यमबाट प्रयास गर्नुपर्छ । लेनिनले रूसमा पूँजीवादको अन्तरविरोधका कारण अन्त्य हुने कुरा गरेका थिएनन्, बरू उनले सर्वहारा क्रान्तिको माध्यमबाट पूँजीवादको अन्त्य गरेर मार्क्सको आर्थिक निर्धारणवादको थप विकास गरे।

मार्क्सले पूँजीवादको बारेमा मात्र आफ्नो विचार राखेका थिए। पूँजीवादको अन्त्य हुनुअघि यसको नयाँ रूप पनि देखा पर्नेछ भन्ने उनले कहिल्यै सोचेका थिएनन् । लेनिनले पूँजीवादको बारेमा मार्क्सको भविष्यवाणीलाई असत्य हुनबाट जोगाउन पूँजीवादी साम्राज्यवादको सिद्धान्त प्रस्तुत गरे।

किसान वर्गको लागि महत्त्व – क्रान्ति पछि मार्क्सले सम्पूर्ण भूमिमा सर्वहारा राज्यको नियन्त्रणमा जोड दिएका थिए। तर लेनिनले क्रान्ति पछि भूमिको अधिकार छोटो समयका लागि किसानहरूमा छोड्नुपर्छ भने। सन् १९१७ को सर्वहारा क्रान्तिपछि लेनिनले देशको आर्थिक प्रणालीमा कृषिलाई महत्व दिए । तर मार्क्सले किसानको कुरा उठाएका थिएनन्।

पूँजीवादमा संशोधन – मार्क्सले पूँजीवादको बारेमा मात्र आफ्नो विचार राखेका थिए। पूँजीवादको अन्त्य हुनुअघि यसको नयाँ रूप पनि देखा पर्नेछ भन्ने उनले कहिल्यै सोचेका थिएनन् । लेनिनले पूँजीवादको बारेमा मार्क्सको भविष्यवाणीलाई असत्य हुनबाट जोगाउन पूँजीवादी साम्राज्यवादको सिद्धान्त प्रस्तुत गरे। लेनिनले भनेका थिए कि साम्राज्यवाद पूँजीवादको अन्तिम र उच्चतम चरण हो। मार्क्सले साम्राज्यवादको बारेमा कहिल्यै सोचेनन् ।

द्वन्द्वात्मक भौतिकवादको पुनर्व्याख्या – मार्क्सको द्वन्द्वात्मक भौतिकवाद सामाजिक दर्शनमा सीमित थियो। यसलाई नयाँ रूप दिने काम लेनिनले गरे। लेनिनले आफ्नो पुस्तक ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ मा मार्क्सको भौतिकवादको वैज्ञानिक विश्लेषण गरेका छन् । लेनिनले द्वन्द्वात्मक विधिलाई प्राकृतिक विज्ञानमा पनि प्रयोग गर्न सकिन्छ भनेका छन्। यसरी लेनिनले द्वन्द्वात्मक पद्धतिलाई विश्वव्यापी बनाए ।लेनिनले द्वन्द्वात्मक भौतिकवादलाई सबै विज्ञानका गहन प्रश्नहरू बुझ्न सक्ने उच्च ज्ञान बनाए।

यसरी लेनिनले मार्क्सवादको समयसापेक्ष ढंगले धेरै परिमार्जन र विकास गरेका थिए ।उनले मार्क्सवादलाई समसामयिक बनाउन र रूसको परिस्थिति अनुकूल बनाउने महत्वपूर्ण काम गरे । मार्क्सवादको विकास तत्कालीन रूसी अवस्थाका माग थिए र मार्क्सवादका आक्षेपहरूबाट जोगाउनु पनि थियो। त्यसैले मार्क्सवादलाई परिमार्जन गर्नु उनका लागि अपरिहार्य भएको थियो । उनले मार्क्सवादलाई जीवन्त र विकासशील दर्शन बनाएर महत्वपूर्ण काम गरेका छन् ।त्यसकारण लेनिनले मार्क्सवादमा गरेका परिवर्तनहरू सान्दर्भिक छन् भन्न सकिन्छ।

लेनिनका सिद्धान्त र मार्क्सवादको तुलना

मार्क्सका विचारहरूलाई व्यवहारिक राजनीतिक एवं अर्थव्यवस्थामा लागू गर्ने सैद्धान्तिक स्तरमा तिनीहरूको पुनर्व्याख्या गर्ने श्रेय लेनिनलाई दिइन्छ। लेनिनवादलाई साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगको मार्क्सवाद भन्ने गरेको पाइन्छ। मार्क्सवादलाई आजको युगसम्मको विकाससँग सम्बन्धित गर्ने काम लेनिनले नै गरेका थिए।मार्क्सपछि पूँजीवादमा जुन विकास भयो, त्यस सन्दर्भमा मार्क्सवादको पुनर्व्याख्या गर्ने कार्य लेनिनद्वारा सम्पन्न गरिएको हो।लेनिनमा मार्क्सवादी सिद्धान्तकार र पार्टी संगठनकर्ताको अद्वितीय सम्बन्ध थियो।अझ गहिराइपूर्वक हेर्दा लेनिन पहिले संगठनकर्ता थिए र त्यसपछि सिद्धान्तरकार।मार्क्सवादी दर्शनमा उनले नवीन सिद्धान्तहरू समावेश गरेका छन्।

मार्क्सपछि पूँजीवादमा जुन विकास भयो, त्यस सन्दर्भमा मार्क्सवादको पुनर्व्याख्या गर्ने कार्य लेनिनद्वारा सम्पन्न गरिएको हो।लेनिनमा मार्क्सवादी सिद्धान्तकार र पार्टी संगठनकर्ताको अद्वितीय सम्बन्ध थियो।

मार्क्सवादको आधारशिला द्वन्द्वात्मक भौतिकवादमा लेनिनले कुनै नवीनता थपेनन् तर त्यसको प्रयोगको दायरालाई विस्तृत गरिदिए। उनी एक संगठनकर्ता, क्रान्तिकारी र समयानुकूल परिवर्तनकारी नेता थिए।लेनिनवाद व्यवहारिक परिस्थितिको प्रतिक्रियास्वरूप उत्पन्न एक राजनीतिक दर्शन हो। लेनिनले क्रान्ति, संगठन, सर्वहारा वर्गको अधिनायकत्व र विश्व क्रान्तिको लागि आवश्यक रणनीति सम्बन्धी यस्ता विचारहरू दिएका छन्, जुन सिद्धान्त भन्दा पनि संगठनका समस्यासँग बढी जोडिएका छन्।लेनिनको साम्राज्यवाद सम्बन्धी सिद्धान्त भने सैद्धान्तिक मौलिकताको उच्चतम् नमूना मान्न सकिन्छ।

लेनिनवाद मूलतः मार्क्सको मृत्युपछि यूरोप र रूसमा भएका घटनाक्रम र विकासहरूको आधारमा गरिएको सैद्धान्तिक व्याख्याअनुरूपको मार्क्सवाद हो। जुन सिद्धान्त मार्क्सले सूत्रात्मक रूपमा गरेका थिए, लेनिनले त्यसलाई व्यवहारिक रूपमा प्रदान गरे।रूसको क्रान्तिको अनिवार्यताको कारण लेनिनले मार्क्सवादमा जुन परिवर्तन गरे, त्यसलाई उनले मार्क्सवादकै अनुशरण हो भन्ने स्पष्ट पारे। यसरी लेनिनले मार्क्वादका धारणाहरूमा व्यवहारिक स्तरमा परिवर्तन ल्याए।लेनिनले मार्क्सवादमा गरेको विकासलाई निम्नानुसार स्पष्ट पार्न सकिन्छ –

पूँजीवादी क्रान्तिद्वारा लोकतान्तिक स्वतन्त्रता प्राप्त हुने मार्क्सको धारणा थियो तर लेनिनले सर्वहारा वर्गीय जनवादको नाममा श्रमिक वर्गको अधिनायकवाद स्थापना गरे।मार्क्स पहिले पूँजीवादी क्रान्तिको र त्यसपछि सर्वहारा वर्गको क्रान्तिको कुरा गर्छन् तर लेनिनको विचार र प्रयासको परिणास्वरूपमा रूसमा सर्वहारा वर्गको क्रान्ति एवं पूँजीवादी क्रान्ति एकसाथ भयो।यति मात्र नभएर पहिलो क्रान्तिले दोस्रो क्रान्तिलाई अल्पकालीन समयमै आफूमा आत्मसात गरिदियो।मार्क्सका अनुसार श्रमिकको कुनै देश हुँदैन र समाजवादी दलमा संसारका श्रमिक सम्मिलित हुन्छन्।तर लेनिनले दललाई एकान्तिक, गुप्त एवं पेशेवर क्रान्तिकारीहरूको संगठन बनाए र जनवादी केन्द्रीयताको नाममा यसको नेतृत्व केही अग्र र चिरस्थायी नेताहरूको हातमा सुम्पिए।मार्क्सका अनुसार आर्थिक व्यवस्थाको विकास उत्पादक शक्तिहरूको आन्तरिक विकासको परिणामस्वरूप हुन्छ र यो प्रक्रिया व्यक्तिको इच्छाबाट स्वतन्त्र हुन्छ ।तर लेनिनका अनुसार आर्थिक व्यवस्थालाई श्रमिकको इच्छा अनुकूल क्रमबद्ध आयोजनाद्वारा रूसजस्ता औद्योगिक दृष्टिले पिछडिएका देशमा विकसित गर्न सकिन्छ।

निष्कर्ष

लेनिनका विचारहरू मार्क्सका विचारबाट पूर्ण रूपमा प्रभावित थिए। लेनिनले रूसको अवस्था अनुसार मार्क्सको विचारलाई व्यावहारिक रूप दिए। लेनिनले शोषण अन्त्य गर्न क्रान्ति आवश्यक छ भनी विश्वास गरे र त्यसलाई व्यहारिक रूप प्रदान गरे। लेनिन रूसको इतिहासमा मात्र नभई विश्व इतिहासका कम्युनिष्ट नेतामध्ये एक अग्रणी नाम हो। उनले रूसलाई कायापलट गरी सम्पूर्ण विश्वलाई चकित पारे ।उनको प्रयासले रूसमा समाजवादको स्थापना भयो । मार्क्सको सपना साकार पार्ने श्रेय पनि लेनिनलाई जान्छ । लेनिनले पार्टीलाई समान विचारधाराका सदस्यहरूको एकता खलबल्याउने निकाय बनाउन चाहनेहरूका विरुद्ध कठोर वैचारिक सङ्घर्ष चलाए। पूँजीपति वर्गलाई परास्त गर्न आवश्यक पर्ने मजदूर वर्गभित्रको अटल एकता हासिल गर्नका लागि पार्टीका सदस्यहरूले पार्टीको कार्यक्रममा सहमत भएर नियमित योगदान दिनु मात्र पर्याप्त नभएको उनले स्पष्ट पारे । पार्टीका सदस्यहरूले पार्टीको कुनै पनि संगठनको अनुशासनमा रहेर काम गर्नुपर्ने कुरामा जोड दिए । उनले कम्युनिष्ट पार्टीको सांगठनिक सिद्धान्तको रूपमा  – जनवादी केन्द्रीयता, सामूहिक निर्णय लिने र व्यक्तिगत उत्तरदायित्व – स्थापना गरे।

मार्क्सको सपना साकार पार्ने श्रेय पनि लेनिनलाई जान्छ । लेनिनले पार्टीलाई समान विचारधाराका सदस्यहरूको एकता खलबल्याउने निकाय बनाउन चाहनेहरूका विरुद्ध कठोर वैचारिक सङ्घर्ष चलाए।

लेनिन कार्ल मार्क्सबाट धेरै नै प्रभावित थिए। उनी कार्ल मार्क्स तथा फ्रेडरिक एङ्गेल्सका विचार, कार्य तथा शिक्षाका अनुयायी थिए। रूसी भूमिमा समाजवादको प्रयोग गरेर उनी सफल पनि भए। मार्क्सवादका नीतिहरूलाई उनले आफ्नो हतियार बनाएर अगाडि बढे ।लेनिनले मार्क्सवादका तीनै संघटक अंगहरू दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित गरे। विश्व इतिहासमा लेनिनको अलग्गै पहिचान छ । लेनिनले रूसमा साम्यवाद प्रतिष्ठापित गर्ने संकल्प पूरा गर्नको लागि लेखेका धेरै पुस्तकहरूको पनि महत्त्वपूर्ण भूमिका रह्यो।लेनिनद्वारा लेखिएका कैयौं पुस्तकले उनको राजनीतिक दर्शनलाई स्पष्ट पार्दछ।समाजवादी क्रान्तिको तयारी र पूर्णताको समयमा होस् वा समाजवादको निर्माणका लागि संघर्षको समयमा लेनिन पार्टीको प्रतिभाशाली नेतृत्वकर्ता थिए। महान् अक्टोबर क्रान्ति र सोभियत राष्ट्रमा समाजवादको निर्माण गर्ने योजनाकार लेनिन नै थिए। पहिलो कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्ने र पहिलो मार्क्सवादी राज्यको सिर्जना गर्ने व्यक्ति भ्लादिमिर इलिच लेनिनको जीवन र कार्य जत्तिको शक्तिशाली कार्य कुनै पनि भएको पाइँदैन।उनले कहिल्यै युद्ध लडेनन् न त कुनै सेनाको कमाण्ड नै दिए । बरु  उनले आफ्नो जीवनको अधिकांश समय विभिन्न सार्वजनिक पुस्तकालयको पठन कक्षमा बिताए।कैयौं सभाहरूमा भाषण र प्रशिक्षणमा बिताए। उनले आफ्नो चालीस वर्षको अन्त्यसम्म आफ्नो सम्पूर्ण जीवन श्रमिकहरूको हितको निम्ति नै केन्द्रित गरिरहे।1917 भन्दा पहिले उनले आफ्नो वयस्क जीवनको लगभग आधा राजनीतिक शरणार्थीको रूपमा रूस बाहिर नै बिताए। विभिन्न यूरोपेली सहरहरूमा निर्वासनमा रहँदा लेनिनले नै क्रान्तिकारी शिक्षाहरू लिएका थिए।उनको नेतृत्वमा क्रान्तिको विजय भएको एक शताब्दीपछि पनि लेनिनको धेरैजसो राजनीतिक शैली अझै जीवित छ।

लेनिन एक सर्वोच्च चतुर रणनीतिकार थिए। आफ्नो दाजुलाई मृत्युदण्ड (जार अलेक्जेण्डरको हत्याको षड्यन्त्रको आरोपमा) दिएपछि त्यसको बदला लिने उनको तिर्खाले लेनिनलाई कुनै पनि विचारधाराको रूपमा उत्प्रेरित गरिरह्यो। उनको दाजुको मृत्युदण्ड पछि उनको सम्पूर्ण परिवारलाई प्रान्तीय रूसको उदार समाजले त्यागेको थियो। यसले लेनिनमा गहिरो प्रभाव पारेको थियो ।पूँजीपति वर्गप्रतिको घृणाले उनलाई उत्तेजित गर्‍यो, जसले उनलाई कहिल्यै छोडेन। मार्क्सवाद लेनिनको लागि सर्वोपरी सिद्धान्त थियो, जसरी धेरै प्रारम्भिक अनुयायीहरूको हुन्छ। तर लेनिन फरक थिए। उनी एक व्यावहारिकतावादी र आशावादी थिए। समाजवादी क्रान्ति यहाँ र अहिले हुनसक्छ, धेरै टाढाको भविष्यमा वा पछिको जीवनमा होइन भन्ने कुरामा उनी विश्वस्त थिए। उनले मार्क्सवादी सिद्धान्तलाई निरन्तर दोहोर्‍याए – क्रान्तिकारी सिद्धान्त बिना कुनै क्रान्तिकारी पार्टी हुन सक्तैन। अवसरवादसँग विचारधाराको भिडन्त हुँदा उनले सधैँ वैचारिक शुद्धताभन्दा माथि रणनीतिक बाटो रोजे । उनले आफ्नो बोल्सेविक पार्टीलाई अनुशासित, चुस्त, संगठित, निर्विवाद रूपमा वफादार साथीहरूको समूहमा परिणत गरे। उनीसँग एक सूक्ष्म रणनीतिक स्वभाव र समयको भावना थियो र उनले शक्तिको प्रकृति, यसलाई कसरी प्राप्त गर्ने र यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर बुझेका थिए। त्यसैकारण लेनिन सफल भए। लेनिनको विजयमा महत्त्वपूर्ण भूमिका खेल्ने तत्कालीन केही परिस्थितिहरूमध्ये एक पहिलो विश्वयुद्धको प्रकोप थियो, जसले रूसमा अराजकता सिर्जना गर्यो र जारवादी शासनमा संकट उत्पन्न भयो।जर्मनीले पनि अप्रत्यक्ष रूपमा साथ दियो।रूसमा फर्केर लेनिनले चतुरतापूर्वक आफ्नो क्रियाकलाप अगाडि बढाए। लेनिन एक कुशल रणनीतिकार थिए।त्यसकारण रूसको क्रान्ति सम्पन्न भयो।

मार्क्सवाद लेनिनको लागि सर्वोपरी सिद्धान्त थियो, जसरी धेरै प्रारम्भिक अनुयायीहरूको हुन्छ। तर लेनिन फरक थिए। उनी एक व्यावहारिकतावादी र आशावादी थिए। समाजवादी क्रान्ति यहाँ र अहिले हुनसक्छ, धेरै टाढाको भविष्यमा वा पछिको जीवनमा होइन भन्ने कुरामा उनी विश्वस्त थिए।

सुतेका मजदूर र किसानलाई जगाउन लेनिनजस्तो पराक्रमी व्यक्तिको आवश्यकता थियो । लेनिनको भीष्म प्रतिज्ञा, दृढ इच्छाशक्ति र कार्यशैलीले ती श्रमिकहरूलाई उठाउन सफल भयो।लेनिन सदैव मजदूरहरूसँगै रहे र उनीहरूलाई संगठित गरिरहे। उनले मजदूरहरूलाई भने – “तिमीहरू नै जमिनको मालिक हौं !” लेनिनको यो नारा जनतामाझ गुन्जियो । सम्पूर्ण रूसका सर्वहारा वर्गले आशापूर्वक लेनिनलाई हेरे । उनले तीस वर्षभित्र आफ्नो तीक्ष्ण बुद्धि र शक्तिले जारशाहीलाई ध्वस्त पारेर मजदूरको कम्युनिष्ट सोभियत शासन व्यवस्था यसरी स्थापित गरे, जुन आज सबै दमित राष्ट्रका लागि अधुरो आदर्श बन्दै गएको छ ।नोभेम्बर १९१७ मा जब बोल्सेभिकहरू विजयी भए, लेनिनले चाहेको खण्डमा सम्पूर्ण रूसको सम्राट बन्न सक्थे र यस्तो सम्राट, जसलाई रूसी जनताले खुसीसाथ स्वीकार गर्थे, तर लेनिन स्वार्थी वा लोभी थिएनन् ।उनले सत्ताको लागि साम्यवादी सिद्धान्तलाई धोका दिएनन्। इतिहासमा यसअघि कुनै पनि मानवले यति उदारतापूर्वक जनताको राज्य जनतालाई सुम्पेको थिएन । निस्सन्देह लेनिन यस युगका एक सफल नेता, सुधारक र क्रान्तिकारी थिए। धनी शासकहरूलाई ध्वस्त गरी गरिब मजदूरको राज्य स्थापना गरेर इतिहासमा नयाँ पाना रचना गरेका थिए। यसरी उनले सन् 1917 देखि 1924 सम्म सोभियत रूस र 1922 देखि 1924 सम्म सोभियत संघको सरकारको पहिलो र संस्थापक प्रमुखको रूपमा सेवा गरे। उनी विश्व इतिहासमा सबैभन्दा महत्त्वपूर्ण र प्रसिद्ध नेताहरू मध्ये एक थिए।

यसरी लेनिन विश्वकै महान् व्यक्तित्व हुन् । उनी रूसको शिखर राजनेता मात्र नभई मानवजातिको महान् सन्तान पनि हुन्। उनको नेतृत्वमा विश्वको पहिलो पूँजीवाद विरोधी समाजवादी क्रान्ति रूसमा सफल भयो । उनले रूसबाट शोषणकारी पूँजीवादी व्यवस्थालाई जनशक्तिबाट उखेलेर श्रमजीवी किसानलाई शासनको लगाम सुम्पेर समाजवादको स्थापना गरे ।उनले वैज्ञानिक समाजवादको सिद्धान्त काल्पनिक नभई विश्वको भविष्य हो भनी प्रमाणित गरे ।उनले रूसबाट गरिबी, भोकमरी, बेरोजगारी, लागुऔषध दुर्व्यसनजस्ता डरलाग्दो विकृतिको अन्त्य पनि गरे । सबैलाई रोजगारी, रोटी, लत्ताकपडा, घर, शिक्षा र उपचारको ग्यारेन्टी गरियो । धर्म, जाति, भाषिक क्षेत्रका आधारमा हुने भेदभाव अन्त्य गर्ने काम गरे । उनले संसारका सबै श्रमजीवी जनताको मुक्तिको लागि मार्ग प्रशस्त गरे।

कम्युनिस्ट संसारमा लेनिनले मार्क्सको जस्तै स्थान ओगटेका छन् । लेनिनले मार्क्सवादलाई व्यावहारिक आधारमा स्थापित गरेका छन् । लेनिनले मार्क्सवादलाई रूसी परिस्थितिमा अनुकूल बनाउन धेरै परिवर्तनहरू गरे तर उनले मार्क्सवादको आत्मालाई नष्ट हुन दिएनन्। लेनिनले मार्क्सको क्रान्तिको सिद्धान्तलाई व्यापक र नयाँ रूप दिए। उनले पेशागत क्रान्तिकारीको विचार दिएर क्रान्तिको सिद्धान्तलाई थप सान्दर्भिक र मूल्यवान बनाएका छन् । व्यवस्थित र तार्किक चिन्तक भएकाले उनले पूँजीवादको साम्राज्यवादी सिद्धान्त प्रस्तुत गरे । सन् १९१७ को बोल्सेभिक क्रान्तिलाई सफल बनाउनमा लेनिनको ठूलो हात थियो । क्रान्तिपछि उनले किसानलाई महत्व दिएर महत्वपूर्ण काम गरे ।लेनिनले शोषित जनतालाई जारशाहीको अधिनायकवादबाट मुक्त गराएर महत्वपूर्ण काम गरे । उनले कम्युनिस्ट क्रान्तिलाई व्यावहारिक रूप दिए । उनले व्यावसायिक क्रान्तिकारीहरूको विचार दिएर मार्क्सको आत्मालाई समृद्ध बनाए। उनले मार्क्सवादका सिद्धान्तहरूलाई आलोचनाबाट जोगाएर रूसी परिस्थितिसँग सान्दर्भिक बनाए। त्यसैले आधुनिक साम्यवाद उनीप्रति धेरै ऋणी छ। मार्क्सवादमा उनले दिएको योगदान महत्त्वपूर्ण छ र कम्युनिस्ट विचारकहरूमा लेनिन एक उच्च व्यक्तित्व हुन्। राजनीतिक विचारको इतिहासमा उनको स्थान मार्क्सको समान छ ।

सन्दर्भ ग्रन्थहरू

१) भौतिकवाद और अनुभसिद्ध आलोचना -लेनिन, नेपाली संस्करण, अनुवाद – रमेश सुनुवार र नारायण गिरी, सृजना पब्लिकेसन

२) मार्क्सवादी-लेनिनवादी दर्शनशास्त्र प्रशिक्षण विधि, नेपाली संस्करण, प्रगति प्रकाशन मास्को

३) लेनिन – मार्क्स एंगेल्स, प्रगति प्रकाशन मास्को

४) वामपंथी साम्यवाद एक वालरोग – लेनिन, नेपाली संस्करणप्रगति प्रकाशन मस्को

५) मार्क्सवादी लेनिनवादी  दशर्नशास्त्र – नारायणप्रसाद शर्मा,नेपाली भाषा एवं व्याकरण संरक्षण प्रतिष्ठान

६) लेनिन एक अध्ययन – प्रदीप गिरि, दिशाबोध प्रकाशन

७) साहित्य और कला – लेनिन, हिन्दी संस्करणपिपुल पब्लिसिंङ हाउस

८) राज्य र क्रान्ति – लेनिन, नेपाली संस्करणप्रगति प्रकाशन मास्को

९) पेरिस कम्युन – लेनिन, प्रगति प्रकाशन मस्को

१०) लेनिन – मार्क्स–एंगेल्स– मार्क्सवाद – प्रगति प्रकाशन मास्को

११) धर्म के बारे मे – लेनिन, हिन्दी संस्करण, राहुल फाउण्डेसन

१२) लेनिन की जीवनी – राहुल सांकृत्यायन, लेनिन, हिन्दी संस्करण, राहुल फाउण्डेसन

१३) धर्म बारे – मार्क्स, एंगेल्सलेनिन, हिन्दी संस्करण, प्रगति प्रकाशन मास्को

१४) लेनिन कथा, प्रगति प्रकाशन मास्को

१५) राज्यबारे – लेनिन, अनुवादक कृष्ण प्रकाश श्रेष्ठ, जनस्रष्टा प्रकाशन

१६) मार्क्सवाद र विद्रोह – लेनिन, प्रगति प्रकाशन मास्को

१७) गाउँका गरीबहरूलाई – लेनिन, विविध पुस्तक भण्डार

१८) अक्टुवर क्रान्ति ‌और लेनिन – हिन्दीएल्बर्ट रीस विलियम्सराहुल फाउण्डेसन

१९) लेनिन संकलित रचनाहरू, नेपाली संस्करण, अनुवादक राजेन्द्र मास्के, भाग १–८, प्रगति प्रकाशसन मास्को

२०) मार्क्सवादी लेनिनवादी दर्शनशास्त्र– भिक्टर आफानाशेयभ,  प्रगति प्रकाशन मास्को

२१) टेड यूनियन लेनिन  – अनु रमेश सुनुवार र नारायण गिरीअखिल नेपाल यातायात मजदूर संघ

२२) माक्सवाद लेनिनवाद माओवाद – केशवराज देवकोटा

२३) लेनिन संकलित रचनाएँ, हिन्दी, १० खण्डोंमे (खण्ड १ – १०), प्रगति प्रकाशन मास्को

२४) मार्क्सवादी–लेनिनवादी सिद्धान्त के मूल तत्त्व, हिन्दी संस्करण, प्रगति प्रकाशन मास्को

२५) लेनिन जीवनवृत्त, हिन्दीप्रगति प्रकाशन मास्को

२६)लेनिन – अन्तर्राष्ट्रिय कम्युनिष्ट और मजदूर आन्दोलन, हिन्दी प्रगति प्रकाशन मस्को

२७)लेनिन संकलित रचनाएँ, हिन्दी चार खण्डों मे, खण्ड १–४प्रगति प्रकाशन मास्को

२८) क्रान्तिका साधनहरू – नेपाली, अनुवाद – रमेश सुनुवार

२९) अराजकतावाद और अराजकतावादी संघाधिपत्यवाद, हिन्दी – हिन्दी, मार्क्स–एंगेल्स–लेनिन, प्रगति प्रकाशन, मास्को

३०) सर्वहारा अधिनायकत्व – हिन्दी, मार्क्स–एंगेल्स–लेनिन, प्रगति प्रकाशन, मास्को

३१) What Is to Be Done? Burning Questions of Our Movement

३२) lenin Two tactics of Social-Democracy in the Democratic Revolution

३३)lenin capitalism and agriculture

३४)A caricature of Marxism & Imperialist Economism

३५)Capital in Agriculture – Lenin

३६)Krupskaya Reminiscences of Lenin

३७)Lenin – On the Dictatorship of the Proletariat

३८) Lenin 2nd All Russia Congress of Workers & Soldiers Deputies

३९) lenin 1902 what is to be done

४०) lenin 1905 socialism and religion

४१)lenin 1917 nov-dec report on peace

४२)lenin 1917 state and revolution

४३)lenin 1919 the land revolution in russia

४४)lenin 1920 left wing communism-an infantile disorder

४५)lenin 1930 the teachings of karl marx

४६)Lenin Imperialism the Highest Stage of Capitalism

४७)Lenin Last Testament

४८)lenin materialism-and-empirio-criticism

४९)lenin on literature and art

५०)lenin on organization

५१)lenin on state capitalism during the transition to socialism

५२)lenin on the struggle against revisionism

५३)Lenin The Military Programme of the Proletarian Government

५४)Lenin The Tasks of the Proletariat in our Revolution

५५)Lenin Two Tactics of Social Democracy

५६)Lenin War & Revolution

५७)On Youth,Lenin

५८)Philosophical Notebook of Lenin

५९)Vladimir Lenin,April Thesis

६०)Vladimir Lenin,One stape forward Two stape Back

६१)Between the two revolution – Lenin

६२)The Proletarian Revolution And The Renegade Kautsky

६३) Lenin – Party Organization and Party Literature

६४) Lenin Sellected Works, Vulume 1-3, Progress Publishers, moscow

६५)Lenin – Socialist Economic Organization, Progress Publishers

६६)Lenin – What the “Friends of People” are and how they fight social-democrats, progress publishers

६७)Lenin – Party work in the masses, Rahul foundation

६८) Lenin and Revolutionary Russia  Questions and Analysis in History

६९) Lenin in action  The early days of soviet power

७०) Lenin – Collected Work volume 1-45, progress pbulishers, Moscow