भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना
गत शुक्रबार राति ११:४७ मा आएको ६.४ म्याग्नेच्यूटको विनाशकारी जाजरकोट भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने निर्णय सरकारले गरेको छ ।
भूकम्प पीडितहरुलाई राहत दिनेबारे छलफल गर्न कात्तिक १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले 'सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनःनिर्माण कार्य अघि बढाउने र पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने' समेत निर्णय गरेको छ ।
उक्त बैठकले गरेको निर्णयहरुमा भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरू निर्माण गर्ने; खोज, उद्धार, तत्काल राहत र घाइतेहरूको निःशुल्क उपचारमा प्राथमिकता दिने र भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने; मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने; भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।
; ; ; ;
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह
प्रतिक्रिया