किवी फलः पोषण र भिटामीनहरुको खानी

पछिल्ला दिनहरुमा नेपालमा किवी फल पनि लोकप्रिय बन्दै गइरहेको छ । पूर्वी नेपालको इलाम जिल्ला किवि खेतीको लागि प्रमुख स्थल मानिन्छ । नेपालभरिमा सबैभन्दा बढी किवीको उत्पादन पनि इलाममा नै हुने गरेको पाइन्छ । इलामबाहेक काभ्रे, दोलखा, ललितपुर, संखुवासभा, काठमाडौं, मकवानपुर, सिन्धुपाल्चोक, म्याग्दी, सोलुखुम्बु लगायतका पहाडी भागहरुमा किवी खेती हुने गर्छ । काठमाडौं उपत्यकामा पनि कतिपय मानिसहरुले किवीलाई कौशीमा समेत रोपेर फलाउने गरेको पाइन्छ ।

किवी खाँदा भोक समेत मर्छ अर्थात् हामीलाई अघाएको अनुभूति हुन्छ । फलतः यस फलले खानेकुरा बढी खाने तथा खानेकुरा बढी भएकै कारण मोटाउने समस्याबाट पनि हामीलाई बचाउँछ ।

किवीको बारेमा एउटा भनाइ प्रचलित छ– यसलाई जुन फलसँग मिसाएर राखिन्छ, यसको स्वाद पनि त्यही फलको जस्तै हुने गर्छ । यो भनाइको सत्यताबारे अध्ययन हुन बाँकी नै छ । तर के कुरा चाहिँ सत्य हो भने किवी फल पोषण र भिटामीनहरुको खानी नै हो र यसले स्वास्थ्यमा निक्कै फाइदा पुर्याउने गर्छ । किवीमा प्रशस्त मात्रामा फाइबरहरु पाइने गर्छ । यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ र सही राख्नमा सहयोग गर्छ । यसले दिसा निस्कासनमा सहयोग गर्छ र पाचन प्रणालीमा सहयोगी हुने खालका व्याक्टेरियाहरुको उत्पादनमा समेत मद्दत गर्ने गर्छ । किवी खाँदा भोक समेत मर्छ अर्थात् हामीलाई अघाएको अनुभूति हुन्छ । फलतः यस फलले खानेकुरा बढी खाने तथा खानेकुरा बढी भएकै कारण मोटाउने समस्याबाट पनि हामीलाई बचाउँछ ।

किवीमा एक्टिनिडिन  (Actinidin)  नामक इन्जाइम पनि पाइन्छ । खानेकुराहरुलाई टुक्र्याउन मद्दत गर्ने यो इन्जाइले पाचन प्रणालीलाई सही ढंगले सुचारु राख्ने सहयोग गर्छ । कब्जियत, खानेकुरा नपच्ने तथा पेट कराइरहने जस्ता समस्याले ग्रसित व्यक्तिहरुले नियमित रुपमा किबी खाने हो भने त्यस्ता समस्याहरुबाट छुटकारा मिल्छ ।

किवीमा प्रशस्त मात्रामा भिटामीन सी पाइन्छ । यसमा एउटा सुन्तलामा भन्दा पनि बढी भिटामीन सी हुने गर्छ । सबैलाई थाहा भएकै कुरा हो, भिटामीन सीले हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । त्यसबाहेक, यस भिटामीनले थकानसँग लड्न साथ दिन्छ, खानेकुराका लौहतत्व (आइरन) सोस्न मद्दत गर्छ र हाम्रा छालाई स्वस्थ राख्न समेत सहयोग गर्छ । त्यसबाहेक, यो भिटामीनले शरीरमा लागेका चोटपटकहरु छिटो निको पार्न समेत मद्दत गर्छ ।

एउटा मध्यम आकारको किबी फलले भिटामीन सीको हाम्रो दैनिक आवश्यकतालाई सजिलै पूर्ति गरिदिन्छ ।

किवीमा पाइने अर्को प्रमुख भिटामीन ई हो । यो भिटामीन मुटु स्वस्थ रहनका लागि अपरिहार्य भिटामीन मानिन्छ । प्रशस्त मात्रामा भिटामीन सी र ई र पोलिफेनोल्स जस्ता तत्वहरु पाइने हुनाले किवी फल एन्टिअक्सिडेन्टको राम्रो स्रोत समेत हो । ज्ञात रहोस्, एन्टिअक्सिडेन्टले हामीलाई शरीरमा उत्पन्न हुने विकारको खराबीबाट बचाउँछ नै यसले मुटुका समस्या तथा केही खालका क्यान्सरबाट समेत बचाउने काम गर्छ ।

किवीमा प्रशस्त मात्रामा पोटासियम पनि पाइन्छ । पोटासियम शरीरका विभिन्न कार्यहरु सही ढंगले सम्पादन गर्नका लागि अति आवश्यक तत्व हो । त्यसबाहेक, पोटासियम मुटु स्वस्थ राख्न तथा तरल पदार्थको सन्तुलन बनाइराख्नका लागि समेत अति उपयोगी मानिन्छ ।

किवीमा प्रशस्त मात्रामा पोटासियम पनि पाइन्छ । पोटासियम शरीरका विभिन्न कार्यहरु सही ढंगले सम्पादन गर्नका लागि अति आवश्यक तत्व हो । त्यसबाहेक, पोटासियम मुटु स्वस्थ राख्न तथा तरल पदार्थको सन्तुलन बनाइराख्नका लागि समेत अति उपयोगी मानिन्छ । पोटासियमले रक्तचापलाई सही अवस्थमा राख्ने काम गर्छ भने यसमा पाइने फाइबरहरुले शरीरबाट खराब कोलेस्ट्रोल घटाउन समेत सहयोग गर्छ ।  यसमा भिटामीन के पनि पाइन्छ । भिटामीन के हड्डी र मुटुलाई स्वस्थ राख्न जरुरी भिटामीनहरुको सूचीमा अग्रपंक्तिमा आउँछ । साथै भिटामीन केले रगत जम्नमा पनि सहयोग गर्छ ।  त्यसैगरी, यसमा फोलेट नाम गरेको शरीरलाई आवश्यक पोषकतत्व पनि पाइन्छ । फोलेट शरीरका कोषहरुको विकास र बृद्धिका लागि आवश्यक तत्व हो ।

किवी फलमा क्यालोरी कम हुने गर्छ । प्रशस्त मात्रामा कार्बोहाइड्रेड, पानी र पोषकतत्व हुने किबीमा मस्तिष्कका लागि अति उपयोगी ओमेगा– ३ पनि पाइन्छ । फ्याट्टी एसिड, काराटेनोइड्स (Caratenoids)  जस्ता उपयोगी तत्वहरुले पनि भरिपूर्ण हुन्छ किवी फल ।

आँखाको स्वास्थ्यको लागि पनि किवी राम्रो फल मानिन्छ । यसमा पाइने लुटेइन र जिएजान्थिन (Zeaxanthin) आँखाको स्वास्थ्यको लागि उपयोगी मानिन्छ । यी एन्टिअक्सिडेन्ट तत्वहरुले बढ्दो उमेरसँगै देखापर्ने आँखाको देख्ने क्षमता धमिलो बन्दै जाने रोग (age-related macular degeneration (AMD)) तथा मोतियाबिन्दूबाट समेत बचाउने गर्छ । 

किवी फलमा क्यालोरी कम हुने गर्छ । प्रशस्त मात्रामा कार्बोहाइड्रेड, पानी र पोषकतत्व हुने किबीमा मस्तिष्कका लागि अति उपयोगी ओमेगा– ३ पनि पाइन्छ । फ्याट्टी एसिड, काराटेनोइड्स (Caratenoids)  जस्ता उपयोगी तत्वहरुले पनि भरिपूर्ण हुन्छ किवी फल ।

किवीमा सेरोटोनिन नाम गरेको तत्व पनि पाइन्छ । यो निद्रालाई नियमित गरिदिने एक किसिमको न्यूरोट्रान्समिटर हो । सुत्नुअघि किवीको सेवन गर्ने हो भने राम्रो निद्रा लाग्छ भने निद्रा नलाग्ने समस्याबाट पीडितहरुलाई पनि सही ढंगले निद्रा लाग्न सहयोग पुग्न सक्छ ।

एकताका किवी फललाई चाइनिज गुजबेरी पनि भनिन्थ्यो । यो फलको उत्पत्ति थलो चीनका पहाडी इलाकाहरु मानिन्छ । त्यहीँबाट यो फल युरोप, अमेरिका र न्यूजील्याण्डतिर पुगेको मानिन्छ ।

संसारमा किवी फलको सबैभन्दा ठूलो उत्पादक राष्ट्र चीन हो । स्टाटिस्टाको तथ्यांकअनुसार सन् २०२१ मा चीनले २३८०.७९ हजार टन किवी फल उत्पादन गरेको थियो । दोस्रो नम्बरमा न्यूजील्याण्ड आउँछ । न्यूजील्याण्डले ६२८.५ हजार टन उत्पादन गरेको थियो । तेस्रोमा इटालीले ४१६.०६ हजार टन किवी फल उत्पादन गरेको थियो ।

किवी फलको सबैभन्दा ठूलो उत्पादक चीन भए पनि सबैभन्दा ठूलो निर्यातक चाहिँ न्यूजील्याण्ड हो  । सन् २०२१ को तथ्यांकअनुसार न्यूजील्याण्डले संसारभरि निर्यात हुने किवीको ५०.९ प्रतिशत हिस्सा ओगट्छ ।

नेपालमा किवी खेती प्रमुख रुपमा इलाम, दोलखा र काभ्रे जिल्लामा गरिन्छ । दोलखा, कीर्तिपुर, सोलुखुम्बु र दामनमा रहेका सरकारी फार्महरुमा विशेष गरेर किविका विरुवाहरु तयार गर्ने र नेपालका पहाडी क्षेत्रहरुमा वितरण गर्ने काम हुन्छ ।

संसारमा किवी फल फैलाउने श्रेय न्यूजील्याण्डलाई दिइन्छ । सन् १९५० को दशकमा न्यूजील्याण्डले विश्वबजारमा किवीलाई परिचित गराएको थियो ।