सुरक्षा निकायको निगरानीमा ३०० माओवादी

सुरक्षा निकायले चार वरिष्ठ कमान्डर सहित करिब ३०० माओवादीहरूलाई आफ्नो कडा निगरानीमा राखेको छ। भारत सरकारले मार्च २०२६ सम्ममा नक्सलवादलाई पूर्ण रूपमा उन्मूलन गर्ने समयसीमा तोकेको छ । त्यसलाई पूरा गर्न सुरक्षा बलले अहिले आफ्नो कारबाहीलाई तीव्र बनाएको सुरक्षा अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

त्यसरी निगरानीमा पर्नेहरुमा प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष चार केन्द्रीय समिति सदस्यहरूमा मिसिर बेसरा (उर्फ भास्कर), देवजी (उर्फ कुम्भा दादा उर्फ चेतन), रमण (उर्फ गणपथी उर्फ लक्ष्मण राव) र मल्लाह राजा रेड्डी (उर्फ सागर) समेत  रहेका छन्।

गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा देवजी र उनका दोस्रो कमान्डर केसा सोधी त्यस क्षेत्रमा रहेको खबर पाएपछि मंगलबार छत्तीसगढ-तेलंगाना सीमामा ठूलो सैन्य कारबाही सुरु गरिएको थियो।

अधिकारीहरूका अनुसार, ओडिसामा लुकेर बसेको भनिएका रेड्डी बाहेक अन्य सबै वरिष्ठ कमान्डरहरू यसै क्षेत्रमा सक्रिय रहेका छन्। सुरक्षा बलले खोजिरहेका नक्सलवादीहरूमध्ये यी चार वरिष्ठ कमान्डरसहितका करिब ३०० जना अन्तिम समूह हुन्। अधिकारीहरूले कि त उनीहरूले आत्मसमर्पण गर्नुपर्ने, अन्यथा मार्च २०२६ को समयसीमाभित्र सुरक्षा बलले तीव्र अपरेशनमार्फत उनीहरूलाई सिध्याउने बताएका छन्।

गृह मन्त्रालयले अक्टोबर २०२५ मा नक्सलवादबाट अति प्रभावित जिल्लाहरू घटेर तीनवटामा (छत्तीसगढका बीजापुर, सुक्मा र नारायणपुर) सीमित भएको जानकारी दिएको थियो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नक्सलवादी प्रभावित जिल्लाहरूको संख्या १८ बाट घटेर ११ मा झरेको बताएको छ।

नरेन्द्र मोदी सरकार ३१ मार्च, २०२६ सम्ममा नक्सलवादी समस्यालाई पूर्ण रूपमा उन्मूलन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्रोत: https://www.telegraphindia.com

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग