डा. सङ्ग्रौला भन्छन्– राजनीतिमा बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न मेरो उम्मेदवारी
यस पटकको चुनावमा सदाझै विभिन्न पार्टीका पक्षधर उम्मेदवारहरु उठेका छन् । त्यसबाहेक कतिपयले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । यसरी उम्मेदवारी दिनेहरुमा झापा २ बाट उम्मेदवारी दिएका प्राडा युवराज सङ्ग्रौला यतिखेर चर्चामा छन् !
प्राडा युवराज सङ्ग्रौला स्वतन्त्र उम्मेदवार हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना मगर, एमालेका देवराज घिमिरे, काङ्ग्रेसका सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीका धर्मशीला चापागाई र राप्रपाका स्वागत नेपालसँग प्रतिस्पर्धा गर्दैछन् ।
राजनीतिक दलहरुले विगत लामो समयदेखि दिँदै आएका आश्वासनमुखी ‘नाराबाजी‘ भन्दा फरक ढङ्गले डा. सङ्ग्रौला देश बनाउने चिन्ता र चिन्तनका साथ चुनावमा खडा भएका छन् ।
"नागरिक देशका मालिक हुनुपर्छ" अभियान अन्तर्गत आफ्नो उम्मेदवारी रहेको दावी गर्ने डा. सङ्ग्रौला ‘राष्ट्रले "भुराजनीतिको चंगुलमा अस्तित्वको संकट"को सामना गरिरहेको बताउछन् । उनका अनुसार नागरिकहरुमा निरासा छ, अर्थतन्त्रमा लुटेराहरुको नियन्त्रण छ, शिक्षा निकम्मा छ, कृषि उत्पादन बिसर्जन भएको छ, उद्योग खोल्नुको साटोमा सरकारले युवाश्रम निर्यात गरिरहेको छ, लोकतन्त्रका नाममा राजनीतिमा अराजक भांडभैलो निर्माण भएको छ र
समग्रमा देशमा पराइको अधीन निर्माण हुदैंछ। रास्ट्रले भोगेको यो संकटलाई तोडन तगा राजनीतिमा बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न आफूले उमेदवारी दिएको सङ्ग्रौला बताउँछन् ।
आफ्नो अभियानलाई साथ दिन आव्हान गर्दै डा. सङ्ग्रौलाले ‘आफ्नो जितले निरासाबाट ग्रस्त बिसर्जनवादी दोग्ला बौद्धिकहरुलाइ झुठ साबित गर्दै, र राजनीतिलाई पेशा मान्ने र राजनीतिलाई अराजक भांडभैलो मान्ने दुवै प्रवृत्तिलाई परास्त गर्न देशभक्त बौद्धिकहरुलाइ राजनीतिक नेतृत्वको लागि प्रेरणा दिने’ बताउँछन् । डा. सङ्ग्रौलाको भनाइमा उनको जित व्यक्तिको होइन, एउटा अभियानको जित हुनेछ।
यसपटकको निर्वाचन ‘मुद्दामा बहसहीन’ भएकोमा चिन्ता व्यक्त गर्दै डा. सङ्ग्रौलाले
निर्वाचन "सत्ताको प्रतिस्पर्धामा लिप्त रहेको" कुरा नागरिकहरुले बुझ्नुपर्ने र पत्रकारहरुले पनि मुद्दामा आधारित सार्वजनिक बहस चलाउनुपर्ने बताउछन् । डा. सङ्ग्रौला भन्छन्– देश पहिलो हो, पार्टी होइन।
स्मरण रहोस्, नेपाली बौद्धिक क्षेत्रमा आफ्नो हक्की स्वभाव र निर्धक्कसँग कुरा राख्न सक्ने स्वभावका डा. सङ्ग्रौला पूर्व महान्यायाधिवक्ता पनि हुन् । उनी नेपालको कानूनी शिक्षामा ख्याति कमाएका काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक समेत रहिसकेका छन् ।
उनको चुनावी घोषणापत्र तलको पिडिएफमा पढ्न सकिन्छ ।
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
प्रतिक्रिया