भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना मारिए
भारतीय प्रहरीका अनुसार बिहीबार झारखण्डको पश्चिम सिंहभूम जिल्लामा भएको ‘मुठभेड’मा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता पाटीराम माझी उर्फ अनल दा सहित १५ जना माओवादी विद्रोहीहरु मारिएका छन्।
किरिबुरु प्रहरी चौकीको सीमाभित्र पर्ने साराण्डा वनको कुमडी क्षेत्रमा मुठभेड भएको हो। जारी माओवादीविरुद्धको अभियानमा केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) को कोब्रा (CoBRA) इकाइका करिब १,५०० सुरक्षाकर्मी संलग्न छन्।
एक प्रहरी अधिकारीले भने, “हामीले शीर्ष नेता पाटीराम माझी उर्फ अनल दा सहित १५ जना माओवादीको शव बरामद गरेका छौं। ठूलो परिमाणमा हतियार र गोलीबारुद पनि फेला परेको छ। बिहान ६ बजे सुरु भएको मुठभेड अझै जारी छ।”
प्रहरीका अनुसार मंगलबारदेखि नै साराण्डा वन क्षेत्रमा माओवादीविरुद्धको अभियान सञ्चालनमा थियो, तर गोली हानाहान बिहीबार बिहान सबेरै सुरु भएको हो।
प्रहरी महानिरीक्षक (अपरेसन) माइकल राज एसले पीटीआईलाई बताएअनुसार, साराण्डा वन क्षेत्रमा अनल दा आफ्ना दस्तासहित रहेको विशिष्ट गुप्तचर सूचनाका आधारमा सुरक्षाबलले उक्त अभियान सुरु गरेका हुन्।
गिरिडीह जिल्लाको पिर्टान्ड निवासी अनल दा सन् १९८७ देखि माओवादी गतिविधिमा सक्रिय थिए। प्रहरीले उनलाई धेरै वर्षदेखि खोजी गर्दै आएको थियो।
अधिकारीहरूका अनुसार सीआरपीएफका महानिर्देशक ज्ञानेंद्र प्रताप सिंहले सोमबार पश्चिम सिंहभूम जिल्लाको मुख्यालय चाइबासाको भ्रमण गरेका थिए।
कोल्हान र साराण्डालाई झारखण्डका अन्तिम प्रमुख माओवादी गढका रूपमा लिइन्छ। अधिकारीहरूले थपेअनुसार, सुरक्षा बलले बुढा पहाड, चत्रा, लातेहार, गुमला, लोहरदगा, राँची र परसनाथजस्ता क्षेत्रमा माओवादी गतिविधि उल्लेख्य रूपमा नियन्त्रणमा ल्याइसकेका छन्।
Source: https://www.indiatoday.in/
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया