लेनिनको कला र साहित्यबारेको दृष्टिकोण हेर्दा उहाँको राजनीतिक सपनासँग गाँसेर हेर्नुपर्छ
साहित्यमाथि लेनिनको शास्त्रीय अध्ययन धेरै नै राम्रो थियोः नारायण ढकाल
क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर, हङ्गी जेनेरेसनका बीट कवि एलेन्स जिन्सवर्गले Howl and other poems मा संकलित ‘अमेरिका’ भन्ने कवितामा ‘म गाँजा खाइरहेको छु र मार्क्स पढिरहेको छु’ भन्ने पढेपछि यहाँ काउन्टर कल्चर भनेर चलेको आन्दोलनसँग जोडिएको मान्छे हुँ म । आफूलाई मन परेको कविले म मार्क्स पढिरहेको छु भनेको पढेर अलि सजग भएर मार्क्स पढेको हुँ ।
मार्क्स पढिसकेपछि लेनिन नपढ्ने हो भने धेरै कुराले अपूरो हुँदो रहेछ ! मार्क्सको विचारधारालाई विश्वमा सबैभन्दा पहिले महापुरुष लेनिनलाई नपढ्ने त कुरै भएन ।
३६ सालमा जेलमुक्त भएर निस्कँदा पनि लेनिन अझै मेरो दिमागमा राम्रोसँग थिएन । १९८१ मा हङ्गी जेनेरेसनका चर्चित कवि कञ्चन कुमारले सम्पादन र अनुवाद गर्नुभएको ‘बंगाल की क्रान्तिकारी कविताओं का संकलन’ मा छापिएको ‘जेलखाना, गोलिओं का बौछार और पत्रकार’ मा छापिएको अब्दुल गोस्वामीको कविता ‘लेनिन सोती है लेनिन के बगल मे’ पढिसकेपछि अब म लेनिनतिर गएँ । मैले लेनिनको सबैभन्दा बढी पढेको ‘ध्जबत ष्क तय दभ मयलभरु’ हो ।
म झोंछेको गाँजा खाने आन्दोलनमा लाग्दा पश्चिमा मानिसहरु पनि आउँथे । उनीहरुमाझ वोस्वाल्ड स्पेङगरको ‘Decline of the West’ पुस्तक निक्कै चर्चित थियो । पहिलो विश्वयुद्धमा जर्मनीको हारपछिको निराशाबाट प्रभावित भएर आएका साथीहरुको कुरा सुन्थें ।
Decline of the West मा सभ्यताको जीवनचक्र हुन्छ, हरेक सभ्यता ९ सयदेखि हजार वर्षसम्ममा सकिन्छ । पश्चिमा सभ्यता पनि ९ सय– हजार वर्ष पुगिसकेको छ, त्यसकारण यो सकिएर अर्को सभ्यता आउँछ भनेर लेखिएको थियो ।
धेरैले लेनिनलाई साहित्य नै पढ्नु हुन्न, उहाँ सुख्खा मानिस हुनुहुन्छ भनेर आरोप लगाउने गर्थे तर वास्तवमा साहित्यमाथि लेनिनको शास्त्रीय अध्ययन धेरै नै राम्रो थियो । नाटक राम्रो लेख्नुहुन्थ्यो । पुस्किनलाई धेरै मन पराउनु हुन्थ्यो । उहाँले त्यसबेलाका क्लासिकल रचनाहरु धेरै पढ्नु भएको बुझिन्छ ।
लेनिनको कला र साहित्यबारेको दृष्टिकोण हेर्दा उहाँको राजनीतिक सपनासँग गाँसेर हेर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसरी गाँसेर हेरिएन भने लेनिनको साहित्य र कलाबारेको दृष्टिकोण बुझिन्न ।
साहित्य र कलामा मार्क्स र एङ्गेल्सको परम्पराभन्दा लेनिनको दृष्टिकोण अलि फरक देखिन्छ ।
साहित्यकार लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले माघ ११ गते राजधानीमा आयोजना गरेको ‘लेनिन स्मृति शतवार्षिकी समापन समारोह’मा साहित्यकार नारायण ढकालले व्यक्त गरेका विचार भिडियोमा हेर्नुहोस् ।
सरकार कि विनिर्माणको प्रयोगशाला ?
क्युबाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
सुधार र खुलापनको नीतिदेखि यता चीनको शीर्ष नेतृत्वले चिनियाँ भाष्यलाई कसरी न…
उपभोक्ता शक्तिको भ्रम: खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो?
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
प्रतिक्रिया