ब्रम्हाण्डमा मानिसको हैसियत !
पृथ्वीको जनसंख्या करिब ८ अरब २० करोड पुगिसकेको छ । यति जनसंख्या हाम्रो धर्तीमा अटाएको छ ।
हाम्रो सौर्यमण्डलको ज्ञात ८ वटा ग्रहहरुमध्ये तेस्रो ग्रह हो पृथ्वी । पृथ्वीले आफ्नो माउतारा सूर्यलाई परिक्रमा गर्ने गर्छ । फेरि सूर्य आफैं चाहिँ हाम्रो आकाशगंगाको एउटा मध्यम खालको तारा हो । हाम्रो आकाशगंगामा मात्रै पनि ३०० अरबभन्दा बढी ताराहरु रहेको अनुमान गरिएको छ ।
फेरि हाम्रो आकाशगंगा ब्रम्हाण्डको एक्लो तारापुञ्ज भने होइन । हाम्रो आकाशगंगा जस्ता, योभन्दा साना वा अत्यन्तै ठूला तारपुञ्जहरु अहिलेसम्मको ज्ञात ब्रम्हाण्डमा २०० अरबदेखि ३००० खरबसम्म रहेको वैज्ञानिक अनुमान छ ।

अब एकछिन गमौं त ! संख्याको हिसाबले पृथ्वीको जनसंख्या निक्कै ठूलो हो । तर यो संख्या आफैं पनि हाम्रो आकाशगंगामा रहेका ताराहरुको संख्याको तुलनामा अति कम हो । अझ समुच्च ज्ञात ब्रम्हाण्डमा रहेका ताराहरुको संख्याको मात्रै अनुमान गर्ने हो भने त यो धूलोको कण बराबर पनि होइन ।
अब फेरि गमौं ! यस विशाल र नाप्न–अनुमान गर्न नसक्ने ब्रम्हाण्डको एउटा तारा परिवारको सदस्य पृथ्वीमा रहेका ८ अरब २० करोड जनसंख्याको एउटा ‘तुच्छ’ हिस्सा रहेका केही मानिसमा किन आफू सर्वश्रेष्ठ, बाहुबली रहेको घमण्ड पलाउँछ होला ?
उमेर बढ्दै जाँदा महिलाको भन्दा पुरुषको मस्तिष्क छिटो सुक्छ !
किन कफी चिया खाँदा तरोताजापन महसूस हुन्छ ?
विगतका सबै कुरा सम्झन सक्ने अनौठो क्षमता !
अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल
र्यालले घाउ निको पार्ने काम पनि गर्छ !
क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल
पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?
प्रतिक्रिया