पुस्तक- पूजाको विरोध गर

१.  जाँचबुझ नगरून्जेल बोल्ने अधिकार छैन ।

तपाईंले कुनै समस्यालाई जाँचबुझ गर्नु भएको छैन भने त्यस विषयमा बोल्ने अधिकार तपाईंलाई हुनेछैन । के यो निकै कठोर हैन त ? अलिकति पनि हैन । तपाईंले कुनै समस्याभित्र पस्नुभएको छैन, हालका तथ्यहरू र विगत इतिहासभित्र राम्ररी पस्नुभएको छैन र त्यसका आवश्यक कुराहरू बारे केही पनि जान्नुहुन्न भने त्यसबारे तपाईं जेसुकै भन्नुहुनेछ त्यो पक्कै पनि अर्थ न बर्थको हुनेछ । अर्थ न बर्थको कुरा गरेर समस्याहरू सुल्झिदैनन् भन्ने सबैलाई थाहै छ, यसकारण तपाईंलाई यस्तोमा बोल्ने अधिकारबाट बञ्चित गर्नु किन अन्यायपूर्ण भयो त ? एक दुई कामरेडहरू सँधै आफ्ना आँखा बन्द गरेर बस्छन् अनि अर्थ न बर्थका कुरा गर्छन् र यो यौटा कम्युनिस्टलाई सुहाउने कुरा होइन । यौटा कम्युनिस्टले कसरी आफ्ना आँखा बन्द गरेर बस्न र अर्थ न बर्थको कुरा गर्न सक्छ ?

यसरी हुँदैन ।

यसरी हुँदैन !

तपाईले जाँचबुझ गर्नैपर्छ !

तपाईंले अर्थ न बर्थका कुरा गर्ने हुदैन !

२. समस्याको जाँचबुझ गर्नु नै त्यसको समाधान गर्नु हो ।

तपाईंले समस्याको समाधान झिक्न सक्नु भएन, हैन ? ल त, आउनोस् हालका तथ्यहरू र त्यसको विगत इतिहासलाई जाँचबुझ गर्नोस् । समस्यालाई पूरै जाँचबुझ गरिसकेपछि त्यसको कसरी समाधान झिक्ने भन्ने कुरा तपाईंलाई थाहा हुनेछ । जाँचबुझ गरिसकेपछि अनिवार्य रूपमा निस्कर्षहरू निस्कने गर्छन्, त्योभन्दा अघि होइन । पटमूर्खले मात्रै कुनै जाँचबुझ नगरीकनै आफै वा आफ्ना दलसित मिलेर समाधान झिक्न' ‍वा 'विचारको विकास गर्न' मनपरी किसिमबाट आफ्नो थाप्लो खियाउँछ । के कुरा यहाँ ठोकुवासाथ भन्नैपर्छ भने यस किसिमको  तरिकाबाट न त कुनै पनि प्रभावकारी निस्कर्ष निकाल्न सकिन्छ न त कुनै राम्रो विचार नै पहिल्याउन सकिन्छ । आर्को शब्दमा, उस्ले गलत समाधान र गलत बिचारमा पुग्नै पर्ने हुन्छ ।

पटमूर्खले मात्रै कुनै जाँचबुझ नगरीकनै आफै वा आफ्ना दलसित मिलेर समाधान झिक्न' ‍वा 'विचारको विकास गर्न' मनपरी किसिमबाट आफ्नो थाप्लो खियाउँछ ।

निरीक्षणको काम गरिरहेका निक्कै जसो कामरेडहरू र भर्खरै बहाल गरिएका गुरिल्ला नाइकेहरू र कार्यकर्ताहरू माथि माथिबाटै चीजहरूलाई हेरेर वा सामान्य बयानहरूको आधारमा नै कुनै ठाउँमा पुग्ने बित्तिकै राजनैतिक वक्तव्यहरू दिन खोज्छन् र यसलाई खोट लगाउँदै र गाली गर्दै हिँड्छन् । यस्तो पूरापूर मनोगतवादी वाहियात कुरा पक्कै पनि निन्दनीय छ । यी मानिसहरूले सब कुरा भद्रगोल पार्नेछन्, जनसमूहको विश्वास गुमाउने छन् र कुनै पनि समस्या सुल्झाउने कुरामा बिलकुल नालायक साबित हुनेछन् भन्ने कुरा पक्कापक्की छ ।

अप्ठेरा समस्याहरू आइपर्दा नेतृत्वकारी स्थानहरूमा रहेका धेरै नै मानिसहरू तिन्को समाधान गर्न नसकेर साधारणतः लामो सुस्केरा हाल्छन् तिनीहरू प्रात्तिन्छन् र 'सामर्थ्य छैन र काम गर्न सक्तैनौं' भन्ने आधारमा सरूवा हुन खोज्छन् । यी कांथरहरूले गर्ने कुरा मात्र हुन् । आफ्ना दुई खुट्टाले हिँड्दै गर्नोस्, तपाईंको मातहतमा राखिएको हरेक शाखाको चारैतिर घुम्नोस् र कन्फ्युसियसले जस्तै ‘हरेक कुरामा सोधपूछ’ गर्नोस्, अनि तपाईको सामर्थ्य जतिसुकै थोरै भएतापनि त्यसपछि तपाईं समस्याहरूको समाधान झिक्न समर्थ हुनु हुनेछ, किनभने बाहिर निस्कनुभन्दा अघि तपाईंको थाप्लो रित्तो भएतापनि फर्केपछि त्यो अब रित्तो रहनेछैन, बरू समस्याहरूको समाधानका लागि सर्प किसिमका आवश्यक सामग्रीले भरिसकेको हुनेछ र यसरी नै समस्याहरूको समाधान झिकिन्छ । के तपाईंले बाहिर जान पर्छ त ? जानैपर्छ भन्ने छैन । तपाईंलाई अप्ठेरो लागेको समस्याको मुहानमा पुग्नका निम्ति तपाईं त्यो अवस्थालाई बुझेका मानिसहरूको तथ्य कुरा पत्ता लाउने सभा डाक्न सक्नुहुन्छ र अहिले स्थिति के कस्तो छ, त्यो थाहा पाउन सक्नुहुन्छ, अनि त्यसपछि तपाईंलाई प्रप्ठेरो समस्याको समाधान झिक्न सजिलो हुनेछ ।

आफ्ना दुई खुट्टाले हिँड्दै गर्नोस्, तपाईंको मातहतमा राखिएको हरेक शाखाको चारैतिर घुम्नोस् र कन्फ्युसियसले जस्तै ‘हरेक कुरामा सोधपूछ’ गर्नोस्, अनि तपाईको सामर्थ्य जतिसुकै थोरै भएतापनि त्यसपछि तपाईं समस्याहरूको समाधान झिक्न समर्थ हुनु हुनेछ

जाँचबुझ गर्नु लाई पेट बोकेका लामा महिनाहरूसित र समस्याको समाधान झिक्नलाई सुत्केरी भएको दिनसित दाँज्न सकिन्छ । समस्यालाई जाँचबुझ गर्नु पक्कै पनि त्यसको समाधान भिक्नु हो ।

३. पुस्तक - पूजाको बिरोध गर !

पुस्तकमा जे पनि लेखिएको हुन्छ त्यो सही हुन्छ- सांस्कृतिक रूपले पिछडिएका चिनियाँ किसानहरूको अझै यस्तै मनोवृत्ति छ । अझ उदेकलाग्दो त के भने कम्यु- निस्ट पार्टीभित्र पनि त्यस्ता मानिसहरू छन् जो छलफल - मा सँधै 'पुस्तकमा यो कहाँ नेर लेखिएको छ, मलाई देखाऊ त' भन्छन् । उपल्लो तहको नेतृत्वको अंगको निर्देशन सही छ भनी हामी भन्छौं भने त्यसको मतलब त्यो 'उपल्लो तहको नेतृत्वको अंग' बाट आएकोले होइन, बरु त्यसका विषयसूची संघर्षका वस्तुगत र मनोगत दुवै अवस्थाहरूसित मेल खान्छन् र त्यसका आवश्यकताहरूलाई पूरा गर्छन् भन्ने कारणले नैं हो। ‍औपचारिक दृष्टिकोण लिनु र उपल्लो तहको अंगबाट आएको भन्दैमा निर्देशनहरूलाई ठोस अवस्थाहरूको उज्यालोमा नजाँचिकन र छलफल नगरिकन आंखा चिम्लेर लागू गर्नु' बिलकुल गलत हुन्छ । यस औपचारिकतावादले गरेको हानीबाट नै किन पार्टीको कार्य दिशा र कार्यनीतिले जनसमूह बीच गहिरो जरा हाल्न सकेन भन्ने समस्या प्रष्ट हुनेछ । उपल्लो तहको अंगको निर्देशनलाई आँखा चिम्लेर र बाहिर देख्दा कुनै बिरोध बिना लागू गर्नुले त्यसलाई साँच्चिकै लागू गर्नु होइन, बरू त्यसको विरोध गर्ने वा त्यसलाई भित्रभित्रै भताभुङ्ग पार्ने सबभन्दा सिपालु तरीका हो ।

मार्क्सबादी पुस्तकहरू पढेका धेरै जना क्रान्तिको बाटोमा गद्दार निस्केका छन्, तर उता अनपढ ज्यामीहरू भने मार्क्सवादलाई प्रायः ज्यादै राम्ररी लिन्छन् । पक्कै पनि हामीले मार्क्सवादी पुस्तकहरूको अध्ययन गर्नु पर्छ, तर यस अध्ययनलाई हाम्रो मुलुकको ठोस अवस्थाहरूसित पनि मिलाउनै पर्छ ।

पुस्तकबाट मात्रै सामाजिक विज्ञानहरूको अध्ययन गर्ने तरीका पनि अत्यन्तै खतरनाक हुन्छ र यसले प्रतिक्रान्तिकारी बाटोमा पनि लैजान सक्छ । सामाजिक विज्ञानहरूको अध्ययनमा पुस्तकभित्रै रङमङिने चिनियाँ कम्युनिस्टहरूको जम्मै मण्डली प्रतिक्रान्तिकारीमा बदलिएको तथ्यबाट यस कुराको प्रष्ट प्रमाण मिल्छ । हामी मार्क्सवादलाई सही भन्छौं भने यो निश्चय पनि मार्क्स ‘भविष्यवक्ता’ भएकोले होइन, बरू उहाँको सिद्धान्त हाम्रो व्यवहार र हाम्रो संघर्षमा सही साबित भएकोले नै हो । हाम्रो संघर्षमा हामी मार्क्सवाद चाहन्छौं । उहाँको सिद्धान्तलाई हामीले स्वीकार्दा "भविष्यवाणी" जस्तो औपचारिक वा रहस्यवादी धारणा हाम्रो मनमा कहिल्यै घुस्दैन । मार्क्सवादी पुस्तकहरू पढेका धेरै जना क्रान्तिको बाटोमा गद्दार निस्केका छन्, तर उता अनपढ ज्यामीहरू भने मार्क्सवादलाई प्रायः ज्यादै राम्ररी लिन्छन् । पक्कै पनि हामीले मार्क्सवादी पुस्तकहरूको अध्ययन गर्नु पर्छ, तर यस अध्ययनलाई हाम्रो मुलुकको ठोस अवस्थाहरूसित पनि मिलाउनै पर्छ । हामीलाई पुस्तकहरू चाहिन्छ, तर पुस्तक - पूजा गर्ने प्रवृतिहरूमाथि हामीले बिजय पाउनु पर्छ, जुन ठोस अवस्थाबाट अलग्गिएको हुन्छ ।

हामी मार्क्सवादलाई सही भन्छौं भने यो निश्चय पनि मार्क्स ‘भविष्यवक्ता’ भएकोले होइन, बरू उहाँको सिद्धान्त हाम्रो व्यवहार र हाम्रो संघर्षमा सही साबित भएकोले नै हो ।

पुस्तक पूजा गर्ने प्रवृत्तिलाई हामी कसरी जित्न सक्छौं त ? यसलाई जित्ने एउटै मात्र जुक्ति ठोस अवस्थाको जाँचबुझ गर्नु हो ।

४. ठोस परिस्थितिको जाँचबुझ नगर्दा वर्ग-शक्तिहरू- को आदर्शवादी मूल्याङ्कन र काममा आदर्शवादी निर्देशन हुनजान्छ र यसबाट अवसरवाद अथवा पुत्स्कीवादको गल्ती हुन जान्छ ।

के तपाईं यो निस्कर्षमा शंका गर्नु हुन्छ ? तथ्यहरूले तपाईंलाई यो स्वीकार गर्न कर लाउनेछन् । एक पटक गरी हेर्नोस्, कुनै जाँचबुझ नगरिकनै राजनैतिक अवस्थाको मूल्यांकन गर्नोस् वा संघर्षलाई निर्देशन दिनोस्, अनि त्यस्ता मूल्यांकन अथवा निर्देशन आधारहीन र आदर्शवादी हुन्छन् हुँदैनन् र तिनले अवसरवादी अथवा पुत्स्कोपन्थी गल्तीहरूतिर लान्छन् लाँदैनन् भन्ने कुरा तपाईं थाहा पाउनु हुनेछ । अवश्य नै तिनले ती गल्तीहरू तर्फ लानेछन् । पाइला चाल्नुभन्दा पहिले होशियारीपूर्ण योजनाहरू बनाउन चुक्नाले त्यसो हुने होइन, बरू योजनाहरू बनाउनु भन्दा पहिले खास सामाजिक अवस्थालाई होशियारीसाथ अध्ययन गर्न चुक्नाले नै त्यसो हुने हो र धेरै जसो बेला हाम्रा लालसेना गुरिल्ला इकाईहरूमा यस्तो हुनेगर्छ । ली क्वी जस्ता खालका अफिसरहरूले अपराधहरूको निम्ति मानिसहरूलाई दण्ड दिदा ठीक बेठीकको फरक राख्तैनन् । त्यसो हुनाले अपराधीहरूले आफूमाथि अन्याय परेको छ भन्ने अनुभव गर्छन्, धेरै कचिङ्गलहरू निस्कन्छन् र नेताहरू आफ्नो सम्मान गुमाउँछन् । लाल सेनामा बेला बेला यस्तो भएको छैन र ?

हामीले जनसमूहलाई आफूपट्टि तान्न र दुश्मनलाई हराउन सफल हुनु अगावै आदर्शवादलाई खत्तम गर्नु पर्छ र सबै किसिमका अवसरवादी र पुत्स्कीपन्थी गल्तीहरूका विरूद्ध होशियार रहनुपर्छ । आदर्शवादलाई खतम पार्ने एउटै मात्र बाटो हो — त्यसको लागि प्रयासगर्नु र ठोस अवस्थाको जाँचबुझ गर्नु ।

५. सामाजिक र आर्थिक जाँचबुझको उद्देश्य वर्ग- शक्तिहरूको सही मूल्याङ्कनमा आइपुग्नु र संघर्ष को निम्ति सही कार्यनीति बनाउनु हो ।

हामीले किन सामाजिक तथा आर्थिक अवस्थाहरूको जाँचबुझ गर्नु पर्छ ? भन्ने सवाललाई हाम्रो जवाफ यही हो । त्यसै हुनाले हाम्रो जाँचबुझको उद्देश्य सपै सामा- जिक वर्गहरू हुन्, सामाजिक क्रियाकलापका अंश मात्र होइनन् । हालसालै लाल सेनाको चौथो पल्टनका कामरेडहरूले जाँचबुझको कामलाई साधारणतः ध्यान दिएका छन्, तर तीमध्ये घेरैले प्रयोग गर्ने तरीका भने गलत छ । त्यसकारण तिनीहरूको जाँचबुझका नतीजाहरू यौटा खुद्रा बेपारीको हिसाब-किताब जस्तै साधारण हुन्छन्, अथवा यौटा गाउँले लाटोले सहरमा आएर सुन्ने धेरै अनौठा कथाहरू जस्तै हुन्छन् अथवा यौटा पहाडको चुचुरोबाट देखिने बाक्लो बसाई भएको सहरको टाढाको दृश्य जस्तै हुन्छन् । यस किसिमको जाँचवुझ कम उपयोगी हुन्छ र यसले हाम्रो मुख्य उद्देश्य प्राप्त गर्न सक्तैन । हाम्रो मुख्य प्रयोजन विभिन्न सामाजिक वर्गहरूको राजनैतिक र आर्थिक अवस्था जान्नु हो । हाम्रो जाँचबुझको नतीजामा प्रत्येक वर्गको वर्तमान अवस्था र त्यसको विकासको उत्थान र पतनको चित्र हुनुपर्छ । उदाहरणका लागि, हामी किसान समुदायको बनौटको जाँचबुझ गर्छौं भने हामीले मोहियानी संवन्धहरू अनुसार छुट्टिने बिर्ता- वाल किसानहरू, अर्ध-बिर्तावाल किसानहरू र मोही किसानहरूको संख्या मात्रै थाहा पाउने होइन, अझ खास गरेर वर्ग वा तह अनुसार छुट्टिने धनी किसानहरू, मध्यम किसानहरू र गरीव किसानहरूको संख्या पनि थाहा पाउन पर्छ । हामी महाजनहरूको बनौटको जाँचवुझ गछौं, भने हामीले अन्नपात, लत्ताकपडा, जडीबुटी आदि हरेक
बेपारमा लागेकाहरूको संख्या मात्रै जानेर पुग्दैन, अझ खासगरेर हामीले साना महाजनहरू, मझौला महाजनहरू र ठूला महाजनहरूको संख्या पनि जान्नै पर्छ । हामीले प्रत्येक पेशाको अवस्था मात्रै जाँचबुझ गर्ने होइन, अझ खास गरेर त्यसभित्र पाइने वर्ग-संम्बन्धहरूको जाँचबुझ गर्नु पर्छ । हामीले विभिन्न पेशाहरू बीच पाइने संम्बन्धहरूको मात्रै जाँचबुझ गर्ने होइन, अझ खास गरेर विभिन्न वर्गहरूका बीच पाइने संबन्धहरूको जाँचबुझ गर्नुपर्छ । विभिन्न सामाजिक वर्गहरूलाई छुट्याएर उनीहरूका अन्तर- संबन्धहरू बुझ्ने, वर्ग - शक्तिहरूको सही मूल्याँकनमा आइपुग्ने र त्यसपछि संघर्षको निम्ति सही कार्यनीति बनाउने आखिरी उद्देश्य राखेर क्रान्तिकारी संघर्षमा कुन वर्गहरू मुख्य शक्ति हुन्छन्, कुन वर्गहरूलाई सहयोगीको रूपमा आफूपट्टि मिलाउने र कुन वर्गहरूलाई मिल्काउने भन्ने हाम्रो जाँचबुझको मुख्य तरीका हुनु पर्छ । यही नै हाम्रो मूल उद्देश्य हो ।

हाम्रो मुख्य प्रयोजन विभिन्न सामाजिक वर्गहरूको राजनैतिक र आर्थिक अवस्था जान्नु हो । हाम्रो जाँचबुझको नतीजामा प्रत्येक वर्गको वर्तमान अवस्था र त्यसको विकासको उत्थान र पतनको चित्र हुनुपर्छ ।

जांचबुझ गर्नु पर्ने सामाजिक वर्गहरू कुन कुन हुन् तिनीहरू हुन् :-

औद्योगिक सर्वहारा

घरेलु शिल्पकार

खेतालाहरू

गरीब किसानहरू

सहरीया गरीवहरू

डुलुवा सर्वहारा (सुकुमबासी)

मालिक शिल्पकार

साना महाजनहरू

मध्यम किसानहरू

धनी किसानहरू जमिन्दारहरू

बेपारी पूँजीपति

औद्योगिक पूँजीपति

हाम्रा विगत जाँचबुझमा अर्को ठूलो कमी सहरहरूलाई वास्ता नगरेर गाउँघरमा बढी बल गर्नु रहेको छ, यसैले धेरै कामरेडहरू सहरिया गरीवहरू र बेपारी पूजीपतिहरू प्रति हाम्रो कार्यनीतिबारे सधैं अस्पष्ट रहेका छन्।

हाम्रो जाँचबुझमा हामीले यी सबै वर्गहरू वा तहहरूको अवस्थामा ध्याउन्ना दिनुपर्छ । हामीहरू अहिले कामगरिरहेका क्षेत्रहरूमा खालि श्रौद्योगिक सर्वहारा र औद्यौगिक पूँजीपति पाइँदैनन्, तर यहां अरू बाँकी सबैलाई भने हामी भेट्छौं । यी सबै वर्गहरू र तहहरूसित संबन्धित रहेका कार्यनीतिहरू नै हाम्रा सङ्घर्षका कार्य नीतिहरू हुन् ।

हाम्रा विगत जाँचबुझमा अर्को ठूलो कमी सहरहरूलाई वास्ता नगरेर गाउँघरमा बढी बल गर्नु रहेको छ, यसैले धेरै कामरेडहरू सहरिया गरीवहरू र बेपारी पूजीपतिहरू प्रति हाम्रो कार्यनीतिबारे सधैं अस्पष्ट रहेका छन्। संघर्षको विकासले हामीलाई मैदानहरूका लागि पहाड- हरू छोड्न समर्थ पारेको छ । शारीरिक रूपले हामी तल झरिसकेका छौं, तर मानसिक रूपले हामी प्रभु पनि पहाडमा नै छौं । हामीहरूले गाउँहरूका साथसाथै शहर- हरूलाई पनि बुझ्नु पर्छ, नत्रभने हामीहरू क्रान्तिकारी संघर्षका खांचोहरूलाई टार्न सक्नेछैनौं ।

६. चीनमा क्रान्तिकारी संघर्षको विजय चिनियाँ स्थितिबारे चिनियाँ कामरेडहरूको गहिरो ज्ञानमा भर पर्छ ।

हाम्रो संघर्षको ध्येय जनवादको चरण हुँदै समाजवादलाई प्राप्त गर्नु हो । यस काममा, पहिलो पाइला जमिन्दार वर्ग, साम्राज्यवाद र कुमिन्ताङ शासनलाई उखेलेर फ्यांक्नका लागि ज्यामी वर्गको बहुसंख्यालाई आफूपट्टि पार्टी र किसान जनसमूह तथा सहरिया गरीवहरूलाई जगाउँदै जनवादी क्रान्ति पूरा गर्नु हो । अर्को पाइलो चाहिँ समाजवादी क्रान्ति पूरा गर्नु हो, जुन यो संघर्षको विकास भएपछि आउनेछ । यस महान् क्रान्तिकारी कार्यलाई पूरा गर्ने काम चानचुने अथवा सजिलो काम होइन र यो सर्वहारावादी पार्टीको सही र दृढ कार्यनीतिमा पूरापूर भर पर्नेछ । यसका संघर्षका कार्यनीतिहरू गलत वा खुकुला र ढुलमुल छन् भने क्रान्तिले पक्कै पनि क्षणिक हार खानु पर्नेछ । के कुरा सम्झिराख्नु पर्छ भने पूँजीवादी पार्टीहरूले पनि आफ्ना संघर्षका कार्यनीतिहरूबारे लगातार छलफल गर्छन् । ज्यामी वर्गमा सुधारवादी प्रभावहरू कसरी फिँजाएर त्यसलाई कुबाटोमा लैजाने र कम्युनिस्ट पार्टीको नेतृत्वबाट त्यसलाई फुट्टा पार्ने, गरीव किसानहरूका बिद्रोहहरूलाई दबाउन धनी किसानहरूलाई कसरी हात लिने र क्रान्तिकारी संघर्षहरूलाई दबाउन कसरी हुल्याहाहरूको संगठन गर्ने भनेर तिनीहरू बिचार गरिरहेका हुन्छन् । ज्यादै नजीकबाट वर्ग संघर्षहरू झनझन चर्किदै र बढ्दै गएको बेलामा सर्बहाराले आफ्नो जीतको निम्ति आफ्नै पार्टी कम्युनिस्ट पार्टीको संघर्षको सही र दृढ कार्यनीतिमा पूरा भर पर्नुपर्छ । कम्युनिस्ट पार्टीको संघर्षका सही र अटल कार्यनीतिहरू अफिसमा बस्ने केही मानिसहरूद्वारा कुनै हालतमा पनि सिजिन सकिंदैनन्, ती त जनसंघर्षको क्रमबाट अर्थात् ठोस अनुभवबाटै निस्कन्छन् । त्यसैले हामीले जहिले पनि सामाजिक अवस्थाहरूको अध्ययन र व्यावहारिक जाँचबुझहरू गर्नेपर्छ । खुकुलो हुनुपर्नेमा खुकुलो नहुने, अनुदारवादी, औपचारिक र आधारहीन रूपले आशावादी भएका कामरेडहरू के सोच्छन् भने संघर्षका वर्तमान कार्यनीतिहरू सही छन्, पार्टीको छैठौं राष्ट्रिय अधिवेशनको “दस्ताबेजहरूको पुस्तक " ले स्थायी विजयको जिम्मा लिन्छ र एक पल्ट स्थापना गरिसकेका पद्धतिहरूलाई मान्ने बित्तिकै कोही पनि संधै भरि विजयी भइहाल्छ । यी विचारहरू एकदम गलत हुन् र कम्युनिस्टहरूले सघर्षबाट मिल्दो जुल्दा नयाँ परि- स्थितिहरुको सिर्जना गर्नु पर्छ भन्ने विचारसित पटक्कै मेल खाँदैन । तिनीहरूले एकदम कट्टरपन्थी दिशाको प्रतिनि- धित्व गर्छन् । यसलाई पूरा तबरले न हटाइन्जेल यस कार्यदिशाले क्रान्तिलाई ठूलठूला हानिहरू पुयाउने छ र स्वयं ती कामरेडहरूलाई समेत नोक्सान गर्नेछ । हाम्रो लाल सेनामा प्रस्ट रूपले त्यस्ता कामरेडहरू छन् जो यथास्थि- तिलाई कायम राखेर संतुष्ट मई बस्छन्, जो कुनै कुरो पनि पूरा मात्रामा बुझ्न खोज्दैनन् र आधारहीन रूपले आशाबादी छन् र तिनीहरूले " यो सर्वहारावादी हो" भनेर भूम फैलाउँछन् । तिनीहरू पेटभरी खान्छन् र एक पोइला पनि नचालिकन जाँचबुझ गर्न जनसमूह बीच नगइकन दिनभरी आफ्ना अफिसमा उँघेर बस्छन् । जुनबेला तिनीहरू आफ्नो मुख खोल्छन्, तिनीहरूको अर्थनबर्थको कुराले मानिसहरूलाई दिक्क तुल्याउँछ । यस्ता कामरेडहरूलाई ब्यूझाउन हामीले आफ्नो आवाज उठाउनै पर्छ र तिनीहरूको कानमा गएर चिच्याउनै पर्छ :

संघर्षका कार्यनीतिहरू गलत वा खुकुला र ढुलमुल छन् भने क्रान्तिले पक्कै पनि क्षणिक हार खानु पर्नेछ । के कुरा सम्झिराख्नु पर्छ भने पूँजीवादी पार्टीहरूले पनि आफ्ना संघर्षका कार्यनीतिहरूबारे लगातार छलफल गर्छन् ।

तपाईंहरू आफ्ना कट्टरपन्थी विचारहरूलाई तुरून्तै फेरिहाल्नोस् !

तिनीहरूको ठाउँमा प्रगतिशील र जुझारू कम्युनिस्ट विचारहरू राखीहाल्नोस् !

संघर्षमा पस्नोस् !

जनसमूहका माझ जानोस् र तथ्यहरूको जाँचबुझ गर्नोस् !

७. जाँचबुझ गर्ने बिधि

(१) तथ्यकुरो पत्ता लगाउने बैठकहरू गर्नोस् र छलफलहरूबाट जाँचबुझ थाल्नोस् ।

सत्यको नजीक पुग्ने यही मात्र एउटा बाटो हो, यो निस्कर्षहरू झिक्ने एउटै मात्र बाटो हो । जाँचबुझको निम्ति छलफलहरूबाट तथ्य पत्ता लगाउने बैठकहरू गर्नु भएन र यौटा व्यक्तिले बताएको आफ्नो अनुभवमा मात्र भरपर्नु भयो भने तपाईं बाट सजिलै गरी भूलहरू हुन जानेछन्। छलफलको निति महत्वपूर्ण सवालहरू उठाउनु सट्टा अपर्झट रूपले तपाईं सवालहरू सोध्नुहुन्छ भने तपाईंले यस्ता बैठकहरूमा धेर वा थोर सही निस्कर्षहरू संभवत: निकाल्न सक्नुहुनेछैन ।

(२) तथ्य कुरो पत्ता लगाउने बैठकहरूमा कस्ता मानिसहरूले सामेल हुनु पर्छ ?

तिनीहरू आर्थिक तथा सामाजिक अवस्थाहरूसित राम्ररी परिचित भएका हुनुपर्छ । उमेरको खण्डमा बूढा मानिसहरू सबभन्दा बेस हुन्छन्, किनभने तिनीहरू अनुभवमा धनी हुन्छन् र के भैरहेको छ त्यो मात्र जान्दैनन् साथै त्यसका कारणहरू र असरहरू पनि राम्ररी बुझ्दछन् । संघर्षको अनुभव भएका तन्नेरीहरूलाई पनि त्यसमा लिनुपर्छ किनभने तिनीहरूसित प्रगतिशील विचारहरू र तीखा आँखाहरू हुन्छन् । रोजगारको खण्डमा, ज्यामीहरू, किसानहरू, महाजनहरू, बुद्धिजीवीहरू र कहिलेकाहीं सिपाईहरू र कहिले काँही काम नपाएर चहारी हिँड्नेहरू समेत पनि हुनुपर्छ । कुनै खास विषयमा छलफल भैराखेको छ भने त्यससित सम्बन्ध नहुनेहरू त्यस्मा उपस्थित हुनु पर्दैन भन्ने कुरा स्वतः सिद्ध नै छ । उदाहरणका लागि, जाँचवुझको विषय बेपार छ भने ज्यामीहरू, किसानहरू र विद्यार्थीहरू उपस्थित हुनु पर्दैन ।

उमेरको खण्डमा बूढा मानिसहरू सबभन्दा बेस हुन्छन्, किनभने तिनीहरू अनुभवमा धनी हुन्छन् र के भैरहेको छ त्यो मात्र जान्दैनन् साथै त्यसका कारणहरू र असरहरू पनि राम्ररी बुझ्दछन् । संघर्षको अनुभव भएका तन्नेरीहरूलाई पनि त्यसमा लिनुपर्छ किनभने तिनीहरूसित प्रगतिशील विचारहरू र तीखा आँखाहरू हुन्छन् ।

(३) तथ्य कुरो पत्ता लगाउने बैठक ठूलो बेस हुन्छ कि सानो बेस हुन्छ ?

त्यो कुरा जाँचबुझ गर्ने मानिसको बैठक चलाउने सामर्थ्यमा भरपर्छ । उ यो कुरामा सिपालु छ भने एक दर्जन वा बीस जनासम्म अथवा बढी मानिसहरूको बैठक बोलाउन सकिन्छ । ठूला बैठकहरूका आफ्नै फाइदाहरू हुन्छन्, त्यसमा टिपेका जवाफहरूबाट तपाईले राम्ररी ठीक तथ्याङ्क (अर्थात् कुल किसान प्रावादीमा गरीव किसानहरूको प्रतिशत पत्ता लगाउने कुरामा ) र राम्ररी सही निस्कर्षहरू (अर्थात् जग्गाको पुनर्वितरण गर्ने काम समान वा असमान कुन चाहिँ बेस भनी पत्तालगाउने कुरामा) पाउनु हुन्छ । निश्चय नै यसका आफ्नै बेफाइदाहरू पनि हुन्छन् तपाई बैठकहरू संचालन गर्न सिपालु हुनुहुन्न भने बैठकलाई शान्तिपूर्वक चलाउन तपाईंलाई गाह्रो पर्नेछ। यसकारण बैठकमा कति मानिसले भाग लिने भन्ने कुरो जाँचबुझ गर्नेको सामर्थ्यमा भर पर्छ । जे होस् थोरैमा तीन जना हुनुपर्छ नत्र त टिपेका खवरहरू वास्तविक स्थितिको विषयमा सही जानकारी दिन ज्यादै श्रसमर्थ हुनेछन् ।

(४) जाँचबुझको निम्ति विस्तृत रूपरेखा तयार पार्नोस् ।

यौटा विस्तृत रूपरेखा अगाडिनै तयार पार्नु पर्छ, र जाँचबुझ गर्नेले बैठकमा भेला भएर जवाफहरू दिइरहेकाहरूसित त्यही रूपरेखा अनुसार सवालहरू सोध्नु पर्छ । प्रस्ट नभएका अथवा शंका लाग्दो हरेक कुरा छलफलको निम्ति राखिनुपर्छ । विस्तृत रूपरेखामा मुख्य विषयहरू र उप–शीर्षकहरू र विस्तृत भिन्दाभिन्दै विषयहरू हुनुपर्छ । जस्तै, बेपारलाई मुख्य विषय लिने हो भने लत्ताकपडा, अनाज, अरू आवश्यक वस्तुहरू तथा जडीवुटीहरू जस्ता यसका उप- शीर्षकहरू हुन सक्छन्, फेरि, लत्ताकपडा अन्तर्गत दरेस, घरबुना, साटन जस्ता विस्तृत भिन्दा भिन्दै वस्तुहरू हुन सक्छन् ।

प्रस्ट नभएका अथवा शंका लाग्दो हरेक कुरा छलफलको निम्ति राखिनुपर्छ । विस्तृत रूपरेखामा मुख्य विषयहरू र उप–शीर्षकहरू र विस्तृत भिन्दाभिन्दै विषयहरू हुनुपर्छ ।

(५) व्यक्तिगत रूपले भाग लिने

नेतृत्व प्रदान गर्ने जिम्मेदारी भएका सपैले जिल्ला सरकारको अध्यक्षदेखि लिएर केन्द्रीय सरकारको अध्यक्षसम्म, दलनेतादेखि लिएर प्रधान सेनापतिसम्म, पार्टी शाखाको सचिवदेखि लिएर महामन्त्रीसम्म- विशिष्ट सामाजिक र आर्थिक अवस्थाहरूको जाँचबुझ आफैँले गर्नु पर्छ र खालि रिपोर्टहरू पढ्नमा भर पर्नु हुँदैन ।

किनभने जाँचबुझ गर्नु र रिपोर्टहरू पढ्नु दुई बिलकुलै बेग्लाबेग्लै कुरा हुन् ।

(६) गहिरिएर जाँच्नोस्

जाँचबुझ गर्ने काममा सिकारू जोसुकैले पनि कुनै खास ठाउँ (भनौं, यौटा गाउँ वा सहर) अथवा कुनै खास समस्या (भनौं अनाज वा मुद्राको समस्या) को पूरा ज्ञान पाउनका निम्ति एक या दुई पूर्ण जाँचबुझहरू गर्नै पर्छ । कुनै खास ठाउँ अथवा समस्यालाई गहिरिएर जाँच्नाले अरू ठाउँहरू अथवा समस्याहरूलाई भविष्यमा जाँचबुझ गर्न झन् सजिलो पर्नेछ ।

(७) तपाईंको आफ्नै टिपोट बनाउनोस्

जाँचबुझ गर्नेले तथ्य पत्तालगाउने बैठकहरूको संचालन गर्ने र भेला भएकाहरूलाई उचित निर्देशन दिने मात्र होइन, साथै उसले आफ्नो टिपोट पनि बनाउनु पर्छ र नतीजाहरूलाई आफैँले टिप्नु पर्छ । आफ्ना लागि ग्रहहरूलाई त्यो गर्न लगाउनु राम्रो होइन ।


टिप्पणी
१. कन्फ्युसियसका विश्लेषणहरू हेर्नु होस्, भाग - ३, ‘पायी’ जसै कन्फ्युसियस पैतृक मन्दिरभित्र पसे, उनले हरेक कुरामा सोधपुछ गरे’ ।

२. ली क्वी, उत्तरी सुंग राजवंशको अन्त्यतिर
भएको किसान युद्धको वर्णन गर्ने नामी चिनियाँ उपन्यास शुई ह्य चुवान ( धापका वीरहरू) का प्रमुख नायक थिए । उनी सादा, प्रष्टवक्ता, किसानहरूको क्रान्तिकारी लक्ष्यप्रति ज्यादै वफादार थिए तर उनी व्यवहारमा ठाडा र होस्ल्यांगे थिए ।

३. सामाजिक जाँचबुझलाई नै सबभन्दा महत्वपूर्ण कार्य र नेतृत्वको काममा नीति बनाउने आधार मानेर कामरेड माओ त्सेतुङले जाँचबुझ गर्ने काममा सधैं ठूलो बल दिनुभएको छ । कामरेड माओ त्सेतुङकै तत्परतामा लाल सेनाको चौथो
पल्टनमा जाँचबुझ गर्ने कामको विस्तारै विकास गरिएको थियो । वहाँले के नियम बाँधिदिनुभयो भने सामाजिक जाँचबुझ दैनिक कार्यको एक भाग हुनुपर्छ, अनि लालसेनाको राजनैतिक विभागले जनसंघर्षको अवस्था, प्रतिक्रियावादीहरूको अवस्था, जनताको प्रार्थिक जीवन र गाउँले इलाकाहरूमा प्रत्येक वर्गले श्रोगटेको जमीनको परिमारग जस्ता विवरणहरू भएका विस्तृय फारामहरू तयार पारोस् । लाल सेना जहाँ पनि जान्थ्यो त्यसले पहिले त्यो ठाउँको वर्ग-अवस्थासित आफलाई परिचित पार्थ्यो अनि जन- समूहका खाँचोहरूसित मिल्दाजुल्दा नाराहरू बना- उँथ्यो ।

४. यहाँ ‘पहाडहरू’ भनेको क्याङ्सी र हुनान प्रान्तका सीमास्थित चिङकाङ पहाडी क्षेत्र हो, ‘मैदानहरू’ चाहिँ दक्षिणी क्याङ्सी र पश्चिमी फुकिएन प्रान्तका भागहरू हुन् । जनवरी १९२९ मा कामरेड माओ त्सेतुङले दुइटा ठूल्ठूला क्रान्तिकारी आधार इलाकाहरूको थापना गर्न लाल सेनाको चौथो पल्टनको मुख्य सेनालाई चिङकाङ पहाडहरूदेखि दक्षिणी क्याङ्सी र पश्चिमी फुकिएनसम्म नेतृत्व
गर्नुभयो ।

५. ‘दस्तावेजहरूको पुस्तक’ मा राजनैतिक प्रस्ताव, किसान समस्याबारे प्रस्तावहरू, भूमि समस्या, राजनैतिक सत्ताको संगठन लगायत जुलाई १९२८ मा चीनको कम्युनिस्ट पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनले पारित गरेका प्रस्तावहरू थिए । १९२९ को शुरूमा लाल सेनाको चौथो पल्टनको मोर्चा समितिले लाल सेनाका पार्टी संगठनहरू र स्थानीय पार्टी संगठनहरूका माझ वितरण गर्नका निम्ति तो प्रस्तावहरूलाई पुस्तकको आकारमा छाप्यो ।

–नेपाल चीन मैत्री संघद्वारा २०२६ सालमा प्रकाशित तथा जगतमानद्वारा अनुदित ‘माओ त्सेतुङ: पुस्तक–पूजाको विरोध गर’ बाट साभार