संगठित अपराध र ठगीको जालो: रवि लामिछानेसहित पाँच जनामाथि मुद्दा दायर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
प्रहरीले पुस ८ गते आइतबार लामिछाने लगायत ५ जनालाई कास्की जिल्ला अदालतमा बयानका लागि उपस्थित गराएको छ । त्यसरी अदालतमा उपस्थित गराइएकाहरुमा लामिछाने, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा उपस्थित गराइएको हो ।
आजबाटै उनीहरुको बयान हुने र त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने कुराको निर्क्यौल हुनेछ ।
रवि लगायतको समूहमाथि एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरिएको छ । उनीहरूमाथि संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा संगठित अपराधको अभियोग पनि छ । त्यसमाथि थप, सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोप समेत उनीहरुमाथि छ ।
सम्पत्ति सुद्धिकरणको मुद्दाका कारण लामिछानेको सांसद पदसमेत निलम्बन भएको छ ।
|
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ २७. स्वतः निलम्बन हुने: प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ । |
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
डा. सङ्ग्रौला भन्छन्– राजनीतिमा बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न मेरो उ…
रामचन्द्र भट्टराईको निधन
माइकल प्यारेन्टीको ९२ वर्षको उमेरमा निधन
भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना …
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
प्रतिक्रिया