लेवनानमाथि इजरायली हमलाले पश्चिम एशियामा युद्धको आगो सल्कने खतरा
गत अक्टोबर ७ को घटनापछि शुरु भएको इजरायलको सैनिक कारवाही गाजापट्टीबाट सरेर लेवनानतिर फैलिएको छ । विगत केही दिनदेखि इजरायलले लेवनानमा हवाइ आक्रमण बढाएको छ । इजरायलविरुद्ध संघर्ष गरिररहेका हिजबुल्लाहलाई लक्षित गरेर गरेको सो आक्रमणमा हताहती हुनेहरुको संख्या दिनानुदिन बढेर गइरहेको छ । यसै क्रममा पछिल्लो पटक इजरायली आक्रमणबाट कम्तीमा ४९२ जनाको मृत्यु भएको छ, जसमा ३५ बालबालिका पनि छन्। कम्तीमा १,६४५ जना घाइते भएका छन्।
यस आक्रमणको प्रतिकारमा लेबनानको हिजबुल्लाहले इजरायली वायुसेनाका आधारहरूमा मिसाइल प्रहार गरेको छ। विश्व नेताहरू र संयुक्त राष्ट्रसंघले तत्काल तनाव घटाउन आह्वान गरेका छन्। इजरायलको लेबनानमाथिको आक्रमणले "पूरै क्षेत्रलाई अराजकतातर्फ लैजान सक्ने" टर्कीले चेतावनी दिएको छ ।
उता गाजापट्टीमा, इजरायली हवाई आक्रमणले एकै दिनमा कम्तीमा २४ जनाको हत्या गरेको छ, जसमा मध्य देइर अल-बालाहमा एकजना महिला र उनका चार बच्चाहरू पनि परेका छन्।
इजरायलको गाजामा जारी युद्धमा हालसम्म कम्तीमा ४१,४३१ जनाको मृत्यु भएको छ र ९५,८१८ जना घाइते भएका छन्। इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १,१३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको थियो।
युरोपको नयाँ ध्रुवीकरण: ‘रिमाइग्रेसन’ को राजनीति र जर्मनीको बदलिँदो दिशा
आत्म-निर्णयको अधिकारका लागि पुनः आह्वान: पोलिसारियो फ्रन्टले सहरावी गणतन्त्रको …
वार्ता असफल: स्ट्रेट अफ हर्मुज र लेबनानमा तनावपूर्ण अवस्था
इरानद्वारा ‘ऐतिहासिक विजय’ को दाबी; वार्ताअघि अमेरिकाले सर्तहरू स्वीकार गरेक…
भियतनामका शीर्ष नेता टो लाम राष्ट्रपति पदमा निर्वाचित
इरानको सहनशीलता र गौरव: हजारौं वर्षको सभ्यतादेखि आधुनिक प्रतिरोधसम्म
तेस्रो विश्वयुद्धका धुरीहरू
प्रतिक्रिया